Sunday, November 30, 2008

मनासस भर्जिनियाका नेपालीहरुको भेला सम्पन्न

थ्याँक्स गिभिङका दिन स्थानिय ब्यक्तिहरुको आयोजनामा मनासस स्थित वेष्ट वेष्टर्न होटलमा एक जमघट कार्यक्रम सम्पन्न भयो।उपस्थित ब्यक्तिहरुको परिचयात्मक कार्यक्रम बाट सुरु भएको सो भेलाले सागर कडेलको अध्यक्षतामा आगामी डिसेम्बरको मध्यसम्म एक नयाँ सस्था खोलिने र संगठन निर्माणलाई अभियानको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।सो सस्थाको मुख्य उधेस्य नेपालीहरु बिच आपसी भाईचारा अभिब्रिद्धी,स्थापित अन्य सस्था सँग आपसी सहयोग,दसैंमा सामुहिक टिकाटालो र अमेरिकामा हाम्रो पहिलो परिचय-नेपाली भन्ने उद्घोस लिएको छ।
कार्यक्रम उपस्थित सबैलाई स्वागत गर्दै जीवन तिवारीले अमेरिकामा विभिन्न संघसंस्थाहरु रहेका र जति धेरै संघसंस्था भयो त्यति नै धेरै काम गर्न सकिने र हामी सबै नेपालीहरुलाई एकताको सूत्रमा बाध्न यस्ता सस्था सहयोगि हुन्छन भन्नुभयो। प्रमुख अतिथीको आसनबाट बोल्नु हुदै समाजशास्त्री डा. अनुप पहाडीले नेपालको प्रचार प्रसार तथा कला संस्कृतिलाई बचाई राख्न बिभिन्न सामाजिक संघ संस्था खोली सोही मार्फत बिभिन्न सामाजिक कार्यहरु गरिनु, जसले बिदेशमा अलपत्र परेका नेपालीको उद्धार, दैवी प्रकोपमा आर्थिक सहयोग, सामुहिक लगानीको अवधारणको बिकाश तथा बिभिन्न सामाजिक क्षेत्रमा काम गर गर्ने जुन प्रण तपाईंहरुले देखाउनुभएको छ सो ज्यादै सर्हारनिय छ भन्नुभयो।बाराक ओबामाको बिगतको चर्चा गर्दै उहाले हामी नेपालीले राम्रो कुराको अनुसरण गर्नुपर्ने,नेपालीहरुलाई आइपर्ने आकस्मिक कठिनाई ,वैधानिक वसोवासका लागि कानूनी प्रक्रियामा सहयोग, नेपालको प्रचार प्रसार तथा कला संस्कृतिलाई भुल्न हुँदैन भन्नुभयो।सो अबसरमा विजय थापा,मधु पन्थी,राम प्रसाद खनाल,लक्ष्मी भट्टराई,टेकराज ज्ञवाली र ठाकुर पुडासैनिले सस्थाले भविस्यमा गर्नुपने कामबारे आ-आफ्ना मनमा लागेका कुराहरु बताउनुभयो।
समारोहमा उपस्थित सबैको लागि ठुलो कोठा,कफी र पानीको ब्यवस्था सागर कडेलले गर्नु भएको थियो भने डोनटको प्रायोजन राजिव मैनालिले। साझको ६ बजे कार्यक्रम समापन गरिएको थियो । कार्यक्रम कमल भट्टराईले संचालन गर्नु भएको थियो।सो भेलामा ९५जना(बाल-बालिका बाहेक) स्थानीय नेपालीहरुको उपस्थिति हस्ताक्षर गरिएको थियो ।