Friday, November 21, 2008

माया हाम्लाई बराबरी

म हुँ एक बालक पढ्ने मेरो काम
पढी गुनी ठूलो भई राख्छु देशको नाम ।
दिनभरि स्कुल अनि एकछिन खेल्छु साँझमा
पढ्न बस्छु बिहान-राति आमा बाका माझमा ।
कुनै बेला हजुरबाको बन्छु सानो साथी
गाला छुँदै भन्नुहुन्छ बालख नै जाति ।
दिदी मेरी एउटी मात्रै संगै हामी पढ्छौँ
माया हाम्लाई बरबारी दुवै अगि बढ्छौं ।
पढ्ने स्कुल टाढा हाम्रो त्यसकै लाग्छ पीर
बाटो पनि खतरनाक वरिपरि भीर ।
कुनै दिन हाम्रो पनि बाटो पिच होला
मोटरले बोकिदेला किताबको झोला ।