Tuesday, November 25, 2008

बालबालिकासँगको साक्षात्कारमा राष्ट्रपति

राष्ट्रपति डा. रामवरण यादवले सबैले आपसी मिलमिलाप र सहकार्यका साथ अघि बढ्दै नयाँ संविधान लेखनको कामलाई सघाउनुपर्ने बताउनु भएकोछ ।
बिहान आफ्नै निवासमा बालबालिकासँगको साक्षात्कारमा राष्ट्रपति यादवले सहमतिका साथ अघि बढे समयमै नयाँ संविधान बन्ने र बालबालिकाको अधिकारको पनि संरक्षण हुने बताउनुभयो ।
बालबालिकाको संरक्षण र अधिकारका लागि सरकारले उचित ध्यान पुर्‍याउनुपर्ने भन्दै राष्ट्रपति यादवले बालअधिकार रक्षाका लागि आफू जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने वचन दिनुभयो ।
नेपाल बालमजदुर सरोकार केन्द्र (सिविन) को आयोजनामा देशभरिका करीव एक सय बालबालिकाले बिहान ४५ मिनेटजति राष्ट्रपति यादवसँग साक्षात्कार गरे ।
सिविनको २१ औँ वार्षिकउत्सवका अवसरमा आयोजित साक्षात्कारमा राष्ट्रिय बाल भेलाले तयार गरेको १५ बुँदे अपिल राष्ट्रपतिलाई बुझाइएको सिविनका प्रवक्ता तारक धितालले जानकारी दिनुभयो ।