Tuesday, November 18, 2008

"नेपालीले के गरेको"

सकारात्मक राम्रो कुरा कसैले जान्दैनन
एकअर्कामा सहयोग गर्न कुनै मन खाँदैनन्
सकारात्मक आँखा कसैले देख्दैनन
नसेक्नेलाई सेक्छन्, सेक्नेलाई सेक्दैनन्
निर्दोषीलाई बरु दोषी मान्दछन्
दोषीलाई यहाँ निर्दोषी मान्दछन्
अगाडी सवै कुरा ठिक्क पार्दछन्
पछाडी नभएको जुका पनि झार्दछन्
नेपालमा त एकअर्को लड्छन् लड्छन्
विदेशमा समेत खुट्टा तान्न पछि पर्छन्
कोही राम्रो भएको निको मान्दै मान्दैनन्
कुरा काट्न शिवाय अरु केही जान्दैनन्
केही नगरे विग्रियो फलानो भन्छन्
केही गरे, त्यसले जस्तो अरुले गर्‍या छैनर ! भन्छन्
राम्रो गरे, खै के के गर्छ कुन्नी ! भन्छन्
अलि माथि पुगे, सिध्याउने लिष्टमा गन्छन्
देशमा केही गरौं भने हुतिहारा ठान्छन्
देश बाहिर केही गर्न खोजे "पलायन" भयो भन्छन
खुट्टा तान्ने काममै आनन्द मान्छन
किन हो कुन्नी हाम्रा नेपाली दाजुभाई यत्तिमात्र जान्छन्
मानवाधिकार र स्वतन्त्रताका कुरा गर्छन्
मानवाधिकार विरोधी र पक्षपातले पेज भर्छन्
केही भएको, गरिखाने नेपाली जहाँ पनि दिक्क छ
हाम्रा नेपाली एक अर्कोमा उडाउँदै ठिक्क छ
खुट्टा तान्ने खेलले कोही माथि जाँदैन
आफुमा केही नभए, अरुले मात्र माथि लाँदैन
देश कहाँबाट कहाँ पुग्यो अझै पनि थाहा छैन
वास्तवमा अव नेपालीले नबुझी भा छैन

- रामप्रसाद खनाल, भर्जिनिया अमेरिका