Wednesday, November 19, 2008

युथ फोर्स र वाईसीएलको आतंक

अहिले जताततै युथ फोर्स र वाईसीएलको प्रतिस्पर्धा देख्न सकिन्छ । उनीहरू प्रत्यक्षरूपमा जनतालाई आक्रमण गरेको देखाउँदैनन् । तर, आन्तरिक तवरबाट धम्की, डर र त्रास अनि तनाव दिएर जनतालाई भित्रभित्र आतंकित पार्न पहिलेभन्दा पनि खप्पिस भएका छन् ।
विभिन्न भागमा शिक्षक, प्रधानाध्यापकहरूको राजीनामा गराएर आफ्नो पक्षको नियुक्ति गराउने र विद्यालय व्यवस्थापन समितिमा पनि परिवर्तनको नाममा आफ्नो पक्षमा रहेका तर 'क' को अक्षरसमेत नजानेकाहरू जसले शिक्षाको महत्त्व नै बुझेको छैनन्, त्यस्तालाई पदमा स्थापित गराउने काम अहिले ग्रामीण तहका विद्यालयहरूमा भएको छ । जहाँ फरक मत राख्नेहरूलाई गाउँका माओवादीको वाईसीएल तथा एमालेको युथ फोर्सले निलम्बन गराउने, जरिवाना तिराउने तथा आतंकित पार्ने गरेको पाइन्छ । निर्वाचनमार्फ अनुमोदित भएको जिम्मेवार दल जसले सरकारको समेत नेतृत्व गर्दैै गरेको समयमा आफ्नै भ्रातृसंगठनहरूले केवल एकाधिकारवादी सोचबाट प्रेरित हुँदै जनताबाट प्राप्त बललाई दुरुपयोग गर्दै विचारको भिन्नताको आधारमा वा फरक मत राख्दैमा त्यसलाई फेरि पनि आतंकित पारेर जनताको मनोबललाई कमजोर पार्ने जुन दुष्प्रयास भएको छ यो अति नै विडम्बना र स्वयं माओवादीलाई नै घातक हुनेछ ।
यसले राम्रा विचार बोक्ने र स्वच्छ छवि भएका माओवादी कार्यकर्ताहरूको मुखमा बुझो लगाउने काम भएको छ । यस प्रकारका गतिविधिवाट माओवादीलगायत कुनै पनि दलका संगठनहरू दिगो हुन सक्दैन भन्नेमा नेतृत्व तहले बुझ्न जरुरी छ । अन्यथा, माओवादीले अहिले सत्तामा पुगेर जितेको अनुभव गरे पनि भविष्यमा राजनीतिक पराजयको सम्भावनाहरू बढ्दै गएमा कुनै शंका नै छैन ।
फरक मत र फरक विचार राख्नेले पिटिनै पर्ने, अन्यायमा पर्नै पर्ने वा जागिरबाट वञ्चित हुनै पर्दछ भने किन गर्ने लोकतन्त्र र गणतन्त्रको बखान -
गहिरिएर माओवादी सरकारको व्यवहार हर्ेर्ने हो भने कहाँ छ लोकतान्त्रिक गणतन्त्र - मेरो आफ्नै गृहजिल्लामा हिजो निर्वाचनमा जसले विचार र सिद्धान्त फरक भए पनि त्वलाई आफ्नो प्रतिनिधि बनाउन चाहँदै आफ्नो राजनीतिक परम्परा नै त्यागेर ऐतिहासिक संविधानसभा निर्वाचनमा धेरै मत ल्याउन सहयोग गरेका थिए । तिनै जनता आज पिटिनुपर्ने, धम्कीका आधारमा आफ्नो पेसाबाट समेत हात धुनपर्ने वा माओवादीमा नै प्रवेश गर्नपर्ने बाध्यातात्मक परिस्थिति बनेकोमा के जनताको यस्ता पीडालाई उजागर कसैले गरेको छ -
के यहाँ मिडियाहरू पुग्न डराएका हुन् - यदि हुन् भने हामीहरूबाट बुझियोस् । के लोकतान्त्रिक गणतन्त्र नेपालमा यस्तो वातावरण सिर्जना हुनु लज्जास्पद होइन - र्सवसाधारणले सुरक्षाकै अनुभूति झलक्क देख्न पाए पनि तनावबाट मुक्त हुन पाएका छैनन् । अब यो सरकारबाट जनताले के आश्ा गर्ने -