Friday, November 21, 2008

शीर्षक के हो ?

पुतली भुर्र उड्दाउड्दै तल झर्‍यो । उसको पखेटामा चोट लागेको थियो । भुइमा सर्प घिसि्रादै थियो । पुतली सर्पको ढाडमा खस्यो ।
सर्पले मनमनै भन्यो -"मेरो ढाडमा के बस्यो हा ?" सर्पले टाउको फर्काएर हेर्‍यो । उसले आप\mनो ढाडमा पुतली देख्यो । उसले पुतलीको पखेटामा रगत पनि देख्यो
रङ्गीचङ्गी पुतली देख्दा सर्पलाई रमाइलो पनि लाग्यो ।
सर्पले पुतलीलाई सोध्यो -"तिम्रो पखेटामा रगत देखिएको छ । के भएको हो, हा ?"
पुतलीले भन्यो -"एउटा किराले मलाई टोक्यो । म उड्दाउड्दै तपाईंको ढाडमा पो खस्न पुगे ।"
पुतलीको कुराले सर्पलाई दया जाग्यो । ऊ पुतलीलाई ढाडमै राखी अस्पतालतिर लाग्यो ।
सर्पले डाक्टरलाई परैबाट भन्यो -"डाक्टर, यो पुतली सिकिस्त बिरामी छ । यसलाई उपचार.........।"
डाक्टरले चिच्याउदै भन्यो -"नाइ.......नाइ !" डाक्टर भाग्दै थियो ।
सर्प नर्सको छेउमा पुग्यो । नर्स पनि डराइन् । उनी भाग्न खोज्दा चिप्लेर बल्र्याङ्ग पछारिइन् ।
सर्प निराश बन्यो । ऊ अस्पतालबाट बाहिर निस्कियो । उसले पुतलीलाई उपचार गराउन सकेन । उसले पुतलीलाई भन्यो -"अब के गर्ने पुतली ? उपचार गराउने डाक्टर पनि सबै भाग्छन् । तिमीलाई उपचारको आवश्यकता छ । तिमी पनि सल्लाह देऊ न ।"
पुतलीले भन्यो -"अब जङ्गलतिरै जानुपर्छ होला । औषधी त त्यहा पनि त पाइन्छ नि !"
सर्पले भन्यो -"तिमीले ठीक भन्यौ है । अस्ति मलाई पुच्छरमा घाउ भएको थियो । जङ्गलकै एक किसिमको झार पिसेर लगाउदा ठीक भएको थियो । म तिमीलाई पनि जङ्गलमै लैजान्छु ।"
पुतली सर्पकै ढाडमा झोक्राएर बसेको थियो । सर्प १० मिनेटमै जङ्गलभित्र पस्यो ।
पुतलीले भन्यो -"पर्खनुस् ! औषधी झार त यहीा छ । तर यसलाई पिस्ने कसरी ?"
सर्पले भन्यो -"म बिस्तारै मुखले ढुङ्गामा पिसुला नि ।"
'..........तर तपाईंसाग त मुखमा विष पनि छ । मलाई विष लाग्दैन ?' पुतलीले भन्यो ।
'लाग्दैन, म विष निकाल्दिन नि !" सर्पले भन्यो ।
सर्पले पुतलीको पखेटामा झारको रस लगाइदियो । पुतलीलाई तुरुन्त आराम भयो । पुतली उड्न सकेको भने थिएन ।
केही समयपछि नै पुतली उड्न सक्ने भयो । दुवै जङ्गलकै फूलबारीमा रमाएर बस्न थाले ।