Tuesday, November 18, 2008

सालिक समस्या होइनन्

नेपालमा सालिक भत्काउने नराम्रो अभियान चलेको छ केही वर्षयता । सालिक तोड्ने यो हुण्डरीमा खाली राजा-महाराजाका सालिक मात्र तोडिएनन्, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ, प्रथम सहिद लखन थापासमेतका सालिक तोडफोड भएका छन् । त्यसैले हालहुलमा खाली राजाका सालिक मात्रै तोडिन्छन् भन्ने भ्रम कसैले पाल्नुहुँदैन । सालिक एकातिर व्यक्तिसँग सम्बन्धित हुन्छ भने अर्कातिर कलाकारसँग, मुलुकको संस्कृतिसँग पनि सम्बन्धित हुन्छ । त्यो मुलुकको इतिहाससँग पनि सम्बन्धित हुन्छ । त्यसैले सालिक भत्काउने होइन, तिनलाई सडक र चोकबाट उखेल्ने र सालिक संग्रहालयमा लगेर राखियोस् जसले कलाकारको सम्मान पनि हुन्छ, राष्ट्रले चारपैसा आम्दानी पनि बढाउँछ । संग्रहालय लोकतान्त्रिक या जनवादी हुँदैनन् । चीनमा पनि दरबारलाई संग्रहालय बनाइएको छ भने पहिलो प्रजातान्त्रिक राज्यक्रान्ति भएको पmान्समा पनि राजारानीका विशाल दरबार तथा मूर्ति संग्रहालयमा सजाइएको छ ।
गृहमन्त्री वामदेवका अहिलेसम्मका सबै काम तारिफयोग्य छन् । तर, सालिक तोड्नु राम्रो होइन । त्यसमा जनताकै पसिना लगानी भएको छ । त्यो ठाउँमा अर्काे सालिक बनाउन झन् धेरै खर्च हुन्छ ।यो त अति नै भयो । हुँदाहुँदा वामदेवजीले सालिकलाई पनि नछाड्ने हुनुभयो । उहाँलाई बढी क्रान्तिकारी देखिन भोलि मुलुककै नाम फेर्ने जङ चल्न के बेर ?सालिक तोड्दैमा निरंकुशता जरैसमेत ढल्दैन । त्यसका निम्ति त सबैका चिन्तन र व्यवहारमा निरंकुशताको अन्त्य हुनुपर्छ ।