Saturday, October 31, 2015

== शुभ बृद्ध-दिवस ! ==

बृद्ध भनेको सभ्य भाषामा बुढो
 अरुलाई बुढो, बुढो भनेर जिस्क्याइन्थ्यो ...
 अहिले आफै बुढो !
 दांत गइ सके, कानले सुन्नै छोड्यो
 कपाल खुइलिन थाल्यो, आँखाले देख्न छोड्यो
 बुढो भएकै त होला नि ...
 रहरले बुढो भएको हो र?
 आफु त सित्तैमा बुढो! --
 जिउ बुढो भए नि मन बुढो नहुने
 अझैं नि रेखा थापाको नाम सुन्नै नहुने
 तिन्को नाम सुन्दा अहिले नि रौँ ठाडो हुने
 तीन नेत्र खुलेर आउने, कान टाठो हुने मुखमा
दांत नभए नि, मुस्कान भरेर आउने बुढो भएर के ...
 रहरले बुढो भएको हो र? आफु त सित्तैमा बुढो !
-- http://kantipath.com/np/?p=27450#sthash.HXJNpYEF.dpbs -


== दर खाने हैन? ==
एक हप्ता पहिले सीता दिदी कहाँ दर
त्यसको भोलि पल्ट गीता दिदीकोमा दर
एक महिना दिन पहिल्यै देखि 
पार्टी हुन लाग्यो घर घर 
खोइ, दर त खान हुन्थ्यो, बैनी
छेरपाटी लाग्ने डर !
-
अस्तिका दिन साँइली कहाँ दर
हिजो मात्रै माइलीको घरमा दर
अधिकारी दिदीले पनि साह्रै गरिन कर
राख्दै गरिन तरै माथि तर
खोइ, दर त खान हुन्थ्यो, बैनी
छेरपाटी लाग्ने डर !
-
तीजको त आएको छ लहर
बेस्सरी कम्मर भाँच्दै नाच्ने छ रहर
नाच्नु अघि खान मन छ दर
तर यो पेटको अब केहि छैन भर
खोइ, अँझैँ पनि दर त खान हुन्थ्यो, बैनी
छेरपाटी लाग्ने डर !
-----------j.r joshi

Friday, October 30, 2015

जिन्दगीको

ध्यानपुर्वक दुईपटक पढ्नुहोस । जिन्दगीको दिमाग हल्लाइदिने खालको सत्य !! दोश्रो पटक प्रकाशित - जुनदिन हाम्रो मृत्यु हुन्छ , हाम्रो पैसा बैंकमा नै रहन्छ । हामी जिउँदो हुँदा लाग्छ हामिसित खर्च गर्न पर्याप्त धन छैन। जब हामी जान्छौ तब धेरै धन बिना खर्च नै बचेर जान्छ । एकजना चिनियाँ बादशाह को मृत्यु भयो । उ आफ्नो विधवाको लागि बैंकमा 1.9 मिलियन डलर छोडेर गयो । विधवाले जवान नोकरसित विवाह गरिन । त्यो नोकरले भन्यो " म हमेशा सोच्थे कि म आफ्नो मालिकको लागि काम गर्थे , तर अब दिमागमा आयो कि मालिक नै हमेशा मेरो लागि काम गर्थ्यो " यसबाट के सिक्न सकिन्छ ? * धेरै आवश्यक छ कि अधिक धन आर्जन गर्नुभन्दा अधिक जीवन बाँच्न सिकौ । * राम्रो र स्वस्थ शरीरको लागि लागि प्रयास गर्नुस । * महंगो फोनको 70% फंकशन अनुउपयोगी रहन्छ । * महंगो कारको 70% गतिको उपयोग हुदैन । * पुरै अलमारी दराजमा 70% कपडा त्यतिकै राखिएको हुन्छ । * पुरै जिन्दगीको 70% कमाई अरुको उपयोग को लागि छुट्ने गर्छ । * 70% गुणहरुको उपयोग हुदैन भने 30% गुणहरुको उपयोग कसरी हुन्छ । * स्वस्थ भएर पनि निरन्तर चेक अप गर्नुस । * प्यास नलागे पनि पानी अधिक पिउनुस । * हरेक पल मा आफ्नो अहम त्याग्नुस । * शक्तिशाली भएर पनि सरल हुनुस । * धनी नभएर पनि परीपुर्ण हुनुस , सुन्दर जीवन जिउनुस । काबुमा राख्नुस - प्राथनाको समयमा आफ्नो दिललाई । काबुमा राख्नुस - खाना खाने समयमा पेटलाई । काबुमा राख्नुस - कसैको घर जादा आँखालाई । काबुमा राख्नुस - कार्यक्रममा जादा आफ्नो बोलिलाई । काबुमा राख्नुस - अर्काको धन देख्दा लोभलाइ । भुलिदिनुस - आफ्नो राम्रो कर्मलाई । भुलिदिनुस - अर्काको गल्तिलाई । भुलिदिनुस - अतितको तितो संस्मरणलाई । छोडीदिनुस - अरुलाई तल देखाउन । छोडीदिनुस - अर्काको धनमाथी चाहना राख्न । छोडीदिनुस - अरुको सम्वृद्धी देखेर जल्न । छोडीदिनुस - अर्काको चम्चागीरी गर्न । छोडीदिनुस - अरुको सफलतामा दुखी हुन । मन परे शक्दो शेयर गर्नुस ।

यस्ता केही भोग्न नपरोस्

युद्ध भोगियो, नाकाबन्दी भोगियो, भुईचालो भोगियो, म्याच फिक्सिङ भोगियो। जे जे भोग्नु पर्ने हो, हाम्लाई नि भोग्छौं, अब पछिकाले यस्ता केही भोग्न नपरोस्। यो श्रीमान्‌लाई 'बाबा' भनेर संवोधन गर्ने चलन कहिलेदेखि सुरु भएछ? छोराछोरीको नि 'बाबा', श्रीमतीको नि 'बाबा', अझ कतिपय श्रीमान्‌ले नि श्रीमतीलाई 'बाबा' नै भनेको सुन्छु। जय बाबा श्रीमान् श्रीमती जस्तै डिभोर्स गर्न मिल्ने भए कति जना बाबुनानीले आफ्ना आमा बाबुसँग डिभोर्स गर्दा हुन्, दिक्क मानेर...। मेरा छोरीका अनुसार Almost 90% teenagers. यो परफ्युम कि सेन्ट भन्ने जात पनि पुरानो भएपपछि रक्सी जस्तो गन्हाउने हो कि रुघा/पिनासले आफ्नो नाक बिग्रेको हो? एक दशक जति अघि एक जना मित्रले उपहार दिएको अत्तर वर्षमा मुश्कीलले दुई तीन चोटि जति छर्किदो हुम्। आज बास्नादर भ'र अफिस जान पर्‍यो भनेर छर्कदाँ पुरै रक्सी जस्तो गन्हाएको महसुस पो भइरहेको छ । बाटामा अर्को अत्तर किनीवरी छर्किएर अफिस जान पर्ला । के के झ्याङ्लो आइलाग्छ, आइलाग्छ जीवनमा। यो अलि पुरानो जिन्स पेन्ट लाउँदा अलिक होस गर्नै पर्ने रहेछ। लगाइरहेको जिन्स पेन्ट कमाकिइसकेको (मक्किइसकेको) रहेछ, पत्तो भएन। मोटरसाइकबाट ओर्लदाँ जाँघमा तीन इन्च जति च्यातिई त गो। आफू भने कार्यक्रमको अतिथी बन्न हिंडेको। पाइन्ट भित्र घुसारेको लामो सर्टलाई बाहिर ल्याएर, छोपेर काम चलाइयो। हास्नुपर्ने कारण धेरै छन् हा हा हा... एउटा महायज्ञमा जान सात सात वटा हेलिकप्टर प्रयोग गर्छन्, प्रधानमन्त्री, मन्त्रीहरु र ठूला भनिएका दलका नेताहरु। अनि दुर्गममा सुत्केरी व्यथा लागेका महिलाहरु बेलामा हेलिकप्टर पुर्‍याउन नसक्दा मर्छन्। ती सात मध्ये एउटा ठूलोमा यी सबै कोचिएर महायज्ञ गए भो, बाँकी ६ वटा हेलिकप्टर पुस्तक नपुगेका विद्यालयमा पुस्तक पुर्‍याउन यी नेताहरुलाई के के ले छेक्छ ? त्यस्सै रिस उठ्ने त होइन के नागरिकलाई ? i) गरिब घरपरिवार पहिचान र परिचय पत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डको कार्यकारी उपाध्यक्षमा दुर्गा भट्टराई* नियुक्त । (चैत २६, २०६८। *बाबुराम भट्टराईकी भाइ-बुहारी) ii) गरिब घरपरिवार पहिचान र परिचय पत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डको कार्यकारी उपाध्यक्षमा चिन्तन पौडेल* नियुक्त । (कात्तिक २१, २०७१। *रामचन्द्र पौडेलका छोरा) गरिबी निवारण गर्न बनेको कोषले नेताहरुको गरिबी निवारण गरिदेओस्, प्रभु। फेसबुक चलाउनेहरुको त जेनतेन चलेकै छ, अरु नेपालीको त आजभोलि कतिलाई पो मतलब होला र? श्रीमती, साली, भाइ, बहिनी र परिवार अथवा आफन्तका एक जनालाई पनि सभासद वा मन्त्री बनाउन नसक्ने नेतालाई कति टेन्सन भइरा'होला। छिमेकी नि भन्दाहुन्- फुँई नगरे भो। बिचरा.....दिपक भट्ट्राईबाट https://www.youtube.com/watch?v=JnWyiChMn5c

Thursday, October 29, 2015

आफ्नै कुरा-भर्जिनिया

५ बर्ष भैसकेछ लेख्ने बानि छूटेको अबचाहि आफुलाइ मनपरेका आफ्नै आदि इत्यादि अनि कपि पेस्ट... गणतान्त्रिक नेपालको इतिहासमा पहिलो महिला राष्ट्रपतिमा निर्वाचित विद्यादेवी भण्डारी:हार्दिक बधाई !(३सय२७ मत,कांग्रेसका कुलबहादुर गुरुङलाई २सय१४ मत प्राप्त) राष्ट्रपतिय चुनावको अचम्मैको परिणाम ! आठ मत बदर । यस्ता त छन सासद ! ड्राइभर लाइसेन्सको लागि योग्यता खोज्ने मन्त्री,सभासद बन्नको लागि औथाछाप भएपनी हुने र यिनिहरुले मात्रै अबसर पाउने देशमा बदर हुनु नौलो लागेन मलाइ।- @ektarey ती "गँवार" लोकतन्त्रका भेडाहरूका सांसद पद खोसे नि पाप लाग्दैन ।"हुड्के दाई ~ती आठजनाको नाम के हो...थाहा चाहियो! राम्रो नेपाली फुटाउदी रहिनछन् सभामुख,घरमा पढ्न परो !चुरो एत्ती! हाम्लाई असजीलो लाग्ने! नेवाङको बोली सुनेकालाई त खल्लो लाग्ने!भैरे नेपालमा भारत फेरि पनि असफल-नारायन अधिकारि –––––––––––––––––––––––– अध्यक्ष र उपाध्यक्ष दुवै प्रधानमन्त्री र राष्ट्रपति ––––––––––––––––––––––––––––––––– देशमा राष्ट्रपति एवम् प्रधानमन्त्री दुवै पदमा एमाले अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् । दुवैलाई हार्दिक बधाई एवम् कार्यकाल सफलताको शुभकामना छ । यो घटनालाई कसैले कम्युनिस्ट आन्दोलनको सफलतासँग जोडेर हेरेका छन् । तर यो भ्रममा नपरौं यो कम्युनिस्ट आन्दोलनको सफलता होइन र हो भन्ने प्रयास नगरे पनि हुन्छ किनभने नेपालमा अहिले कुनै कम्युनिस्ट आन्दोलन चलिरहेको छैन र एमाले कुनै कम्युनिस्ट वाद बोकेर कहीं पुग्न आन्दोलनरत छैन । देशका आवश्यकता र घटनाक्रमले यो संयोग जुटाएको हो । अलि फरक कुरा– नेपालमा फेरि पनि भारत असफल –––––––––––––––––––––––––––––––––– – भारत नेपालमा संविधान तत्काल जारी नहोस् भन्ने चाहन्थ्यो तर जारी भयो । – भारत सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन चाहन्थ्यो तर भए केपी ओली । – भारत महन्थ ठाकुरलाई राष्ट्रपतिमा बनाउन चाहन्थ्यो तर भइन् विद्या भण्डारी । अचम्म तर सत्य ––––––––––– प्रचण्डले एमालेलाई यति ठूलो सफलता दिलाए जति एमाले स्वयमले आफ्नो जीवनकालमा प्राप्त गर्न सक्दैनथ्यो । – चुनाव हारेर ढोकाबाट छिर्न नसकेका माधव कुमार नेपाललाई प्रचण्डले झ्यालबाट तानेर प्रधानमन्त्री बनाइदिए । – भारत चाहन्थ्यो झलनाथ खनाल प्रधानमन्त्री नहून् तर प्रचण्डले झलनाथ खनाललाई पनि प्रधानमन्त्री बनाइदिए । – प्रचण्डले भद्र सहमतिको सबैभन्दा ठूलो वकालत गरे । भद्र सहमति लागू नभएपछि प्रचण्डले केपी ओलीलाई आफ्नौ पूर्ण समर्थन दिएर प्रधानमन्त्री बनाइदिए । – प्रचण्ड कै बलमा विद्या भण्डारी राष्ट्रपति बनिन् । कसैलाई यो कुरा पूर्वाग्रह लाग्न सक्छ तर तथ्यले देखाउँछ यथार्थ यही नै हो । Sujan Pandit एकदमै सही कुरा भन्यौ मित्र।एमालेको अहिलेको सबै सफलतामा सबभन्दा ठूलो सहयोग प्रचण्डबाट नै भएको हो।अब एमालेले एमाआोवादीसंग पार्टी एकता गरे हुन्छ र प्रचण्डलाई अध्यक्ष मानेर गए हुन्छ। (Kedar Sharma हार्ने डरले चुनाव नलड्ने र मिलेमतो गर्दै हिँड्ने हो भने लोकतन्त्र हैन मिलेमतोतन्त्र हुन्छ। पराजय र लाञ्छनाको हलाहल निल्न तयार नेका,धन्यवाद!) टि.भि.बाट साभार-राष्ट्रपति निर्वाचनमा पराजित भएपछि नेपाली कांग्रेसका पुराना नेता कुलबहादुर गुरुङले आफु प्रजातान्त्रिक प्रणलीलाई स्विकार गर्ने नेता भएको बताएका छन् । उनले चुनावमा एक जना मात्रै विजयी हुने भएकाले आफ्नो हार विद्याको जितकालागि भएको बताए । गहभरी आँशु पार्दै बयोबृद्ध नेता गुरुङले नेपालमा गणतन्त्र घोषणा गर्दाको क्षण सम्झदै महिला राष्ट्रप्रमुख भएकाले आम नेपालीको जित भएको बताए । उनले आफु राष्ट्रपतिकालागि सबैभन्दा उपयुक्त पात्र भएको तर, राजनीतिक रुपमा आफुहरुको मत कमजोर भएकाले पराजीत हुनुपरेको बताए । नयाँ राष्ट्रपतिले संविधान कार्यान्वयन गर्न अभिभावकीय भुमिका खेल्नुपर्ने भन्दै भण्डारीले उक्त भुमिका निभाउन सक्ने उनको भनाई थियो । Chandra Bhandari-कांग्रेस भित्रका केही सीमित व्यक्ति जसले काग्रेसको इतिहास, मूल्य र मान्यताको सघै अपमान गर्दै आए । आफनो व्यक्तिगत स्वार्थका लागि निर्लज्ज भक्तिभाव र सत्तालिप्सामा आफनो अस्तित्व समर्पण गरी काग्रेसलाई सघै असफलताको बाटो हिडाए । त्यही प्रवृतिको निरन्तरताको पीडापूर्ण उपहार हो - "एउटा निष्ठावान राष्ट्रवादी व्यक्ति काग्रेसको राष्ट्रपतिका उमेध्दार के.वि.गुरुड.को पराजय " । अब कांग्रेसका युवा पिडीको विकल्प काग्रेसको निर्मम शुध्दीकरण हो । (Shankar Pokhrel-महिला राष्ट्रपतिका रुपमा इतिहास रच्न सफल हुनुभएकोमा विद्यादेवी भण्डारीज्यूलाई वधाई । मातृशक्ति अव राष्ट्र शक्ति पनि।)सफल कार्यकालको शुभकामना!!!!! जएे नेपाल !!! "सुशिल कोइरालाको शासनकालमा सत्तासिन भतुवाहरूलाइ गरीव राष्ट्रको ढुकुटीबाट २ अर्ब ८४ करोड ७० लाख रुपियाँ 'सहयोग' वितरण ।"-देवेन्द्र कोइराला तितो सत्य !भैरे नेकाका सत्य, निस्ठावान कोङ्रेशले सेर बहादुर , राम चन्द्र र सुशिललाई आजैका मिती देखी अबकास दिनुपर्छ ! हरी लम्फु काम छैन ! अरुबाट चल्नेको के काम? Kedar Sharmaबा भन्नु हुन्थ्यो,"पढे जे पनि हुन सक्छौ, नपढे पुलिस, अञ्चलाधीश वा मन्त्री मात्र हो!" अहिले प्रहरी हुन पढ्नै पर्छ,अञ्चलाधीश हटे, बाँकी...!