Friday, October 30, 2015

यस्ता केही भोग्न नपरोस्

युद्ध भोगियो, नाकाबन्दी भोगियो, भुईचालो भोगियो, म्याच फिक्सिङ भोगियो। जे जे भोग्नु पर्ने हो, हाम्लाई नि भोग्छौं, अब पछिकाले यस्ता केही भोग्न नपरोस्। यो श्रीमान्‌लाई 'बाबा' भनेर संवोधन गर्ने चलन कहिलेदेखि सुरु भएछ? छोराछोरीको नि 'बाबा', श्रीमतीको नि 'बाबा', अझ कतिपय श्रीमान्‌ले नि श्रीमतीलाई 'बाबा' नै भनेको सुन्छु। जय बाबा श्रीमान् श्रीमती जस्तै डिभोर्स गर्न मिल्ने भए कति जना बाबुनानीले आफ्ना आमा बाबुसँग डिभोर्स गर्दा हुन्, दिक्क मानेर...। मेरा छोरीका अनुसार Almost 90% teenagers. यो परफ्युम कि सेन्ट भन्ने जात पनि पुरानो भएपपछि रक्सी जस्तो गन्हाउने हो कि रुघा/पिनासले आफ्नो नाक बिग्रेको हो? एक दशक जति अघि एक जना मित्रले उपहार दिएको अत्तर वर्षमा मुश्कीलले दुई तीन चोटि जति छर्किदो हुम्। आज बास्नादर भ'र अफिस जान पर्‍यो भनेर छर्कदाँ पुरै रक्सी जस्तो गन्हाएको महसुस पो भइरहेको छ । बाटामा अर्को अत्तर किनीवरी छर्किएर अफिस जान पर्ला । के के झ्याङ्लो आइलाग्छ, आइलाग्छ जीवनमा। यो अलि पुरानो जिन्स पेन्ट लाउँदा अलिक होस गर्नै पर्ने रहेछ। लगाइरहेको जिन्स पेन्ट कमाकिइसकेको (मक्किइसकेको) रहेछ, पत्तो भएन। मोटरसाइकबाट ओर्लदाँ जाँघमा तीन इन्च जति च्यातिई त गो। आफू भने कार्यक्रमको अतिथी बन्न हिंडेको। पाइन्ट भित्र घुसारेको लामो सर्टलाई बाहिर ल्याएर, छोपेर काम चलाइयो। हास्नुपर्ने कारण धेरै छन् हा हा हा... एउटा महायज्ञमा जान सात सात वटा हेलिकप्टर प्रयोग गर्छन्, प्रधानमन्त्री, मन्त्रीहरु र ठूला भनिएका दलका नेताहरु। अनि दुर्गममा सुत्केरी व्यथा लागेका महिलाहरु बेलामा हेलिकप्टर पुर्‍याउन नसक्दा मर्छन्। ती सात मध्ये एउटा ठूलोमा यी सबै कोचिएर महायज्ञ गए भो, बाँकी ६ वटा हेलिकप्टर पुस्तक नपुगेका विद्यालयमा पुस्तक पुर्‍याउन यी नेताहरुलाई के के ले छेक्छ ? त्यस्सै रिस उठ्ने त होइन के नागरिकलाई ? i) गरिब घरपरिवार पहिचान र परिचय पत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डको कार्यकारी उपाध्यक्षमा दुर्गा भट्टराई* नियुक्त । (चैत २६, २०६८। *बाबुराम भट्टराईकी भाइ-बुहारी) ii) गरिब घरपरिवार पहिचान र परिचय पत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डको कार्यकारी उपाध्यक्षमा चिन्तन पौडेल* नियुक्त । (कात्तिक २१, २०७१। *रामचन्द्र पौडेलका छोरा) गरिबी निवारण गर्न बनेको कोषले नेताहरुको गरिबी निवारण गरिदेओस्, प्रभु। फेसबुक चलाउनेहरुको त जेनतेन चलेकै छ, अरु नेपालीको त आजभोलि कतिलाई पो मतलब होला र? श्रीमती, साली, भाइ, बहिनी र परिवार अथवा आफन्तका एक जनालाई पनि सभासद वा मन्त्री बनाउन नसक्ने नेतालाई कति टेन्सन भइरा'होला। छिमेकी नि भन्दाहुन्- फुँई नगरे भो। बिचरा.....दिपक भट्ट्राईबाट https://www.youtube.com/watch?v=JnWyiChMn5c