Saturday, October 31, 2015

== शुभ बृद्ध-दिवस ! ==

बृद्ध भनेको सभ्य भाषामा बुढो
 अरुलाई बुढो, बुढो भनेर जिस्क्याइन्थ्यो ...
 अहिले आफै बुढो !
 दांत गइ सके, कानले सुन्नै छोड्यो
 कपाल खुइलिन थाल्यो, आँखाले देख्न छोड्यो
 बुढो भएकै त होला नि ...
 रहरले बुढो भएको हो र?
 आफु त सित्तैमा बुढो! --
 जिउ बुढो भए नि मन बुढो नहुने
 अझैं नि रेखा थापाको नाम सुन्नै नहुने
 तिन्को नाम सुन्दा अहिले नि रौँ ठाडो हुने
 तीन नेत्र खुलेर आउने, कान टाठो हुने मुखमा
दांत नभए नि, मुस्कान भरेर आउने बुढो भएर के ...
 रहरले बुढो भएको हो र? आफु त सित्तैमा बुढो !
-- http://kantipath.com/np/?p=27450#sthash.HXJNpYEF.dpbs -


== दर खाने हैन? ==
एक हप्ता पहिले सीता दिदी कहाँ दर
त्यसको भोलि पल्ट गीता दिदीकोमा दर
एक महिना दिन पहिल्यै देखि 
पार्टी हुन लाग्यो घर घर 
खोइ, दर त खान हुन्थ्यो, बैनी
छेरपाटी लाग्ने डर !
-
अस्तिका दिन साँइली कहाँ दर
हिजो मात्रै माइलीको घरमा दर
अधिकारी दिदीले पनि साह्रै गरिन कर
राख्दै गरिन तरै माथि तर
खोइ, दर त खान हुन्थ्यो, बैनी
छेरपाटी लाग्ने डर !
-
तीजको त आएको छ लहर
बेस्सरी कम्मर भाँच्दै नाच्ने छ रहर
नाच्नु अघि खान मन छ दर
तर यो पेटको अब केहि छैन भर
खोइ, अँझैँ पनि दर त खान हुन्थ्यो, बैनी
छेरपाटी लाग्ने डर !
-----------j.r joshi