Wednesday, November 11, 2015

“यसपाली नि आउन पाइन तिहारमा”

करेसाबारिमा लहलह मखमली फुल्यो होला।
आगनीको वरिपरि सयपत्री झुल्यो होला।।
कोसेलिको पोको बोकी दिदी माइत आउँदै होली।
परदेसी दाई आउला कि भन्दै बहिनी बाटो हेर्दै होलि।।
पुरानो टाइचिनको नयाँ चिउरा दशै अघी कुटेको रे।
सेल पकाउन पाथी चामल हिजो मात्रै भुटेको रे।।
कौवा,कुकुर,गाइ,गोरु सबैतिर झिलिमिली।
खुशी होलान दिदिबहिनी हासखेल मिलिजुलि।।
साथीभाइ छिमेकका देउसिभैली खेल्दै होलान।
नाच्दा गाउदा भट्ट्याउदा मेरो नाम नि लिदै होलान।।
देउसिको जम्मा पैसा भाईले तासमा हार्‍यो होला।
जागिर खाइ दिउला भन्दै उधारोमा टार्‍यो होला।।
बिना आफन्त बिदेशमा कुन दसैं के तिहार।
पोहोर जस्तै भाईटिकामा यसपाला नि खाली निधार।।
मेरो फोटो वरिपरि तेलको धारा कोरे होलान।
पिरबाधा सारा शत्रु ओखरमा फोरे होलान।।
यसपाली नि यस्तै भयो आउन पाइन तिहारमा।
अर्को साल लाउन पाऊ सप्तरङ्गी टिका निधारमा।।
मखमली फुलजस्तै हासिरहुन दिदिबहिनी।
सप्तरङ्गी टिका सँगै खुशी रहुन दिदिबहिनी।। ​ramkrishna2038@gmail.com