दुइ मिनेट को समए निकालेर यो सानो म्यासेज पढ्ने प्रयत्न गर्नु होला
,,,
एकदिन श्रीमान घर आउँदा निक्कै अबेर भएछ ।
अनि घर आएर ढोकाबाट भित्र छिर्न नपाउदै श्रीमतीले भनीछिन.......
श्रीमती:- कहाँ जानू भएको थियो ? मैले हजुरको अफिसमा पनि फोन गरि सोधे । हजुर त आज अफिसपनि जानू भएन रे ! के हो यस्तो चाला ? अनि यो हातमा भएको झोला कस्तो गनाई रहेको छ । के हो यो ?
श्रीमान:- म.....म......म आमालाई लिन गएको थिए । आमा अब यहीँ बस्नु हुन्छ । यो झोला आमाको हो । यस्मा आमाको कपडाहरु छ ।
श्रीमती:- ( रिसले मुर्मुराउदै ) दिमाग त सहि छ हजुरको ? किन आमालाई यहाँ ल्याउन पर्यो र ? हजुर कै दाजुभाइले हेरि हाल्छ नि, त्यसै माथी हजुरको तलबले के नै हुन्छ र ? छोरा-छोरीलाई पढाउन त गाह्रो भैरहेको अबस्थामा अब यो बुढीलाई कसरी पाल्ने ?
श्रीमान:- त्यस्तो नभन, आमाको सेवा गर्न त हाम्रो धर्म र कर्तव्य हो नि ।
श्रीमती:- आफै बाच्न धौ-धौ परेको बेलामा म त सक्दिन ।
यति भन्दै श्रीमतीले श्रीमानको हातबाट झोला खोसेर बाहिर लगेर फ्यालिदिन्छ । अनि यसो बाहिर हेर्दा त आफ्नै आमा पो रहेछ । अनि हत्तनपत्त झोला उठाउदै आमालाई लिएर भित्र आउँछे र श्रीमानलाई भन्छे ।
श्रीमती:- अघि नै भन्न पर्दैन ? मेरो आमा हो भनेर !
श्रीमान:- तिमिले मलाई बोल्ने मौका कहाँ दियौ र ? एकोहोरो आफू मात्रै बोलेको बोलै । तिम्रो दाजु र भाउजुले तिम्रो आमालाई घरबाट निकाली दिएका रहेछन । अनि मैले थाहा पाए, म अफिस नगै कन आमालाई लिन गएको थिए ।
श्रीमती:- ( मुस्कुराउदै ) कत्ती जात्ती र बुझ्ने हुनुहुन्छ है मेरो प्यारो बुढो । ( यत्ती भन्दै उ आमालाई लिएर भित्र कोठामा जान्छे )
:
-यस्तै छ सन्सार, भनिन्छ घर बनाउनु र भत्काउनुमा आईमाईको ठुलो हात हुन्छ । जुन घरको नारी समझदार, दयालु र बुद्धिमानी हुन्छ । त्यो घर आफैंमा स्वर्ग हो । हरेक बिबाहित नारिले यो सानो लेख अबस्य पढिदिनु होला ।