Sunday, November 30, 2008

मनासस भर्जिनियाका नेपालीहरुको भेला सम्पन्न

थ्याँक्स गिभिङका दिन स्थानिय ब्यक्तिहरुको आयोजनामा मनासस स्थित वेष्ट वेष्टर्न होटलमा एक जमघट कार्यक्रम सम्पन्न भयो।उपस्थित ब्यक्तिहरुको परिचयात्मक कार्यक्रम बाट सुरु भएको सो भेलाले सागर कडेलको अध्यक्षतामा आगामी डिसेम्बरको मध्यसम्म एक नयाँ सस्था खोलिने र संगठन निर्माणलाई अभियानको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।सो सस्थाको मुख्य उधेस्य नेपालीहरु बिच आपसी भाईचारा अभिब्रिद्धी,स्थापित अन्य सस्था सँग आपसी सहयोग,दसैंमा सामुहिक टिकाटालो र अमेरिकामा हाम्रो पहिलो परिचय-नेपाली भन्ने उद्घोस लिएको छ।
कार्यक्रम उपस्थित सबैलाई स्वागत गर्दै जीवन तिवारीले अमेरिकामा विभिन्न संघसंस्थाहरु रहेका र जति धेरै संघसंस्था भयो त्यति नै धेरै काम गर्न सकिने र हामी सबै नेपालीहरुलाई एकताको सूत्रमा बाध्न यस्ता सस्था सहयोगि हुन्छन भन्नुभयो। प्रमुख अतिथीको आसनबाट बोल्नु हुदै समाजशास्त्री डा. अनुप पहाडीले नेपालको प्रचार प्रसार तथा कला संस्कृतिलाई बचाई राख्न बिभिन्न सामाजिक संघ संस्था खोली सोही मार्फत बिभिन्न सामाजिक कार्यहरु गरिनु, जसले बिदेशमा अलपत्र परेका नेपालीको उद्धार, दैवी प्रकोपमा आर्थिक सहयोग, सामुहिक लगानीको अवधारणको बिकाश तथा बिभिन्न सामाजिक क्षेत्रमा काम गर गर्ने जुन प्रण तपाईंहरुले देखाउनुभएको छ सो ज्यादै सर्हारनिय छ भन्नुभयो।बाराक ओबामाको बिगतको चर्चा गर्दै उहाले हामी नेपालीले राम्रो कुराको अनुसरण गर्नुपर्ने,नेपालीहरुलाई आइपर्ने आकस्मिक कठिनाई ,वैधानिक वसोवासका लागि कानूनी प्रक्रियामा सहयोग, नेपालको प्रचार प्रसार तथा कला संस्कृतिलाई भुल्न हुँदैन भन्नुभयो।सो अबसरमा विजय थापा,मधु पन्थी,राम प्रसाद खनाल,लक्ष्मी भट्टराई,टेकराज ज्ञवाली र ठाकुर पुडासैनिले सस्थाले भविस्यमा गर्नुपने कामबारे आ-आफ्ना मनमा लागेका कुराहरु बताउनुभयो।
समारोहमा उपस्थित सबैको लागि ठुलो कोठा,कफी र पानीको ब्यवस्था सागर कडेलले गर्नु भएको थियो भने डोनटको प्रायोजन राजिव मैनालिले। साझको ६ बजे कार्यक्रम समापन गरिएको थियो । कार्यक्रम कमल भट्टराईले संचालन गर्नु भएको थियो।सो भेलामा ९५जना(बाल-बालिका बाहेक) स्थानीय नेपालीहरुको उपस्थिति हस्ताक्षर गरिएको थियो ।

Friday, November 28, 2008

राजधानी झन्झन् असुरक्षित


नयाँ किनेको मोबाइलसेट चित्त नबुझेपछि फिर्ता गर्न घरबाट हिँडेका दुइ स्कुले बालकको १२ दिनपछि शव फेला परेको छ। केही दिन अगाडि वाइ सि एल बाट दुई जनाको हत्या गरिएको बिरोधको आगो सेलाउन नपाउदै काठमाडौं मा फेरी अर्का दुई जना युबकको निर्मम हत्या भएको छ । उनिहरुको हत्या गरिएको सब काठमाडौं महादेवस्थान ४ स्थित गुमाली सामुदायिक बनको खोचमा फेला परेको महानगरिय प्रहरी कालिमाटीले जनाएको छ । कार्तिक ३० गते हराएपछी अर्को दिन प्रहरिमा खबर गरेपनी प्रहरिले उचित ध्यान नदिदा उनिहरुको हत्या भएको म्रितकका आफन्तहरुले आरोप लगाएका छन् ।दुवैका मुख चिन्नै नसकिने गरी काटिएका छन् भने शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार गरिएको छ। बुधबार बिहान ९ बजे घटनास्थल पुगेका प्रहरीले शवनजिक थ्रीनटथ्री राइफलको एक थान गोली फेला पारेका थिए। त्यस्को बिरोधमा काठमाडौंमा विद्यार्थीहरुले क्याम्पस अघाडी प्रदर्शन गरेका छन् । सरकारले शान्ति सुरक्षा सुध्रिढ बन्दै गएको बताउदै गएको बेला यस्तो बिभत्स हत्या भएको छ । देशको राजधानी मै यसरी हत्या हिन्सा बढ्दै जादा सरकारको शान्ति सुरक्षा कायम गर्ने नारा र बाम्देव गौतमको प्रतिबद्दता गफ साबित हुने लक्ष्यण देखिएको छ ।हत्या गरिएका बालकमध्ये मानन्धर बाफलस्थित न्यु जेनिथ बोर्डिङ स्कुल र रौनियार विल्सन एकेडेमीमा कक्षा ९ मा पढ्दै थिए।

Thursday, November 27, 2008

माओवादी भविष्य र वाईसीएल

भनिन्छ, नानीदेखि लागेको बानी छुट्न गाह्रो हुन्छ । जनयुद्ध र्सवसाधारणको अपहरण, हत्या, घरजग्गा तथा सम्पत्ति कब्जा र धम्की दिदै सुरु भएको हो । जंगलदेखि सदन हुदै सरकारसम्म पुग्दा पनि चरित्र र व्यवहारमा सुधार आउन सकेको छैन । वाईसीएलद्वारा गरिने हत्या र हिंसालाई जनयुद्धको धङधङीका रूपमा व्याख्या गरि“दै आए पनि निरन्तर भइरहने यस्तो अमानवीय कार्यलाई जनयुद्धको धङधङी मात्र भन्न मिल्दैन । वाईसीएल कानुन मान्न तयार छैन वा एकतन्त्रीय तानाशाही चाहन्छ भन्ने स्पष्ट हुन्छ ।
हत्या गरिएका रामहरिका नातागोतालाई अझै धम्की आइरहेको छ भने भर्खरै कलंकीका युवा निर्मल पन्त र पुष्कर डंगोलको वाईसीएलले अपहरणपछि हत्या गरेका छन् । उल्टै हत्या विरोधीलाई सरकारद्वारा परिचालित सुरक्षाकर्मीद्वारा जथाभावी लाठी प्रहार गरियो । यसको अर्थ व्यक्ति हत्या सरकारका लागि जायज थियो भन्ने बुझिन्छ ।
अर्कोतर्फवाईसीएलले तर्ईमा किसानका धान लुटिरहेका छन् । यो वाईसीएल ज्यादतीको पराकाष्ठा होइन - यी सब कुकृत्यहरू निरीह गृह प्रशासनले टुलुटुलु हेरिरहेको छ । वाईसीएलकै कारण कतै माओवादी पतन हुने त होइन ?

Wednesday, November 26, 2008

सहिद र राज्यकोषको दुरुपयोग

कसैले केही कसुर गर्‍यो भने गाउँका भद्र भलाद्मीले मुद्दाको छिनोफानो गर्ने र निमुखालाई न्याय दिने चलन समाजमा थियो। त्यसलाई पञ्चायती बोलाउने भनिन्थ्यो र पञ्चायतीमा सहभागी हुनेहरूलाई पञ्च भनिन्थ्यो। अर्थात् पञ्चायती र पञ्च शब्द न्यायको प्रतिमूर्ति मानिन्थ्यो, तर समयक्रममा यही शब्द गालीगलौजका लागि प्रयोग हुन थाल्यो। तँलाई पञ्चायती लागोस्, कस्तो पञ्चे जस्तो रहेछ? भनेर अपराधीहरूलाई भन्न थालियो। निरंकुश राजा महेन्द्रले आफ्नो अधिनायिकवादी शासनलाई दैवी आवरण दिन जब पञ्चायत र पञ्च शब्दको प्रयोग गरे, तब यसको परिभाषा नै परिवर्तन हुन थाल्यो। मण्डल शब्द पनि आफैंमा नराम्रो होइन। जब स्वतन्त्र विद्यार्थी मण्डल नाम दिएर एउटा जत्थालाई मार्ने, कुट्ने काममा प्रयोग गरियो, तब मण्डल शब्दको परिभाषा बद्लिएर हुल्याह, छुल्याह र आवाराहरूको जमात बन्न पुग्यो। ठीक यसैगरी अहिले सहिद, विभूति जस्ता अलंकारहरूको पनि लगातार मानमर्दन हुँदै गइरहेको छ। सहिद र विभूति शब्दको विपरीत अर्थ दिने अर्को शब्द छैन, न त यी शब्दको पर्यायवाची अन्य शब्दहरू नै छन्। तर राजा महेन्द्रदेखि शंखधर साख्वासम्म र राजा त्रिभुवनदेखि पासाङ ल्हामु शेर्पासम्मका व्यक्तिहरूलाई कुनै झुण्ड तथा समुदायको स्वार्थमा बगेर राष्ट्रिय विभूतिको अलंकार प्रदान गर्न जब थालियो, तब स्वतः भानुभक्त आचार्य, पृथ्वीनारायण शाह, गौतम बुद्धलगायतका वास्तविक विभूतिहरूको उचाइ घट्न पुग्यो। सरकारले हालै माओवादीको भ्रातृसंगठन वाईसीएलद्वारा मारिएका दुईजना कराते खेलाडीहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर देश तथा समाजका लागि महान् काम गर्न लाग्दा अर्को पक्षद्वारा मृत्युदण्ड पाएका सपुतहरू सहिदको परिभाषाभित्र पर्दथे। जसका कारण सहिदको नाम सम्झनेबित्तिकै शिर निहुर्‍याएर नतमस्तक हुने परम्परा छ। तर तरकारी किन्न बजार जाँदा बसको ठक्करबाट मारिएका, ग्याङफाइटमा सहभागी हुँदा बलियो पक्षद्वारा मारिएका, रक्सी खाएर घर फर्कंदा भीरबाट लडेर मरेकाहरूको परिवार तथा जमातले राज्यलाई थोरैमात्र पनि दबाब दिन सामर्थ्य भयो भने ऊ सहिद घोषणा भइहाल्ने अवस्था मुलुकमा आयो। जसरी पञ्च, मण्डले, राष्ट्रिय विभूति भन्ने सुन्नासाथ नाक खुम्च्याउनुपर्ने अवस्था आएको छ, ठीक त्यस्तै हालतमा सहिद अलंकारलाई पुर्‍याइएको छ। राणाविरुद्ध विद्रोह गर्ने अछाम बाँकावीरदेखि गोरखाका लखन थापासम्म, बैतडीका दशरथ चन्ददेखि पाटनका शुक्रराज शास्त्रीसम्मका थुपै्र सपुतहरूले देश र समाजको स्वार्थका लागि लड्दै गर्दा ज्यान गुमाएका थिए। जसको पुरस्कारस्वरुप उनीहरू सहिद अलंकारले विभूषित छन्। तर अब भने सहिद अलंकार गर्व गर्नलायक रहेन, तुच्छ शब्दका रुपमा प्रयोग हुने खतरा बढ्दै गएको छ। मृतक शब्दको पर्यायवाचीका रुपमा सहिद शब्दलाई स्थापित गर्ने प्रयास गरिएको छ। यसैगरी निमुखालाई न्याय र गरिबलाई बास दिनका लागि राज्यको पादुर्भाव भएको हो। आफ्नो जीउधन सुरक्षाको ग्यारेन्टी गरिदिएबापत सम्पन्न नागरिकहरूबाट प्रदान हुने करले राज्य संयन्त्र सञ्चालन भएको हुन्छ। जब राज्य संयन्त्रबाट आफ्नो जीउधन सुरक्षाको प्रत्याभूति हुँदैन, निमुखाले न्याय र गरिबले बास पाउँदैन, तब राज्य विघटनको दिशातिर पुग्छ। अहिले मुलुक ठीक त्यही दिशा पक्डेर अगाडि बढिरहेको छ। जसलाई जनताले आफ्नो अभिमत दिएर सरकारमा पुर्‍याएका छन्, त्यही राजनीतिक दलका कार्यकर्ताहरू जनताको जीउधन लुट्न व्यस्त छन्। राज्यले यस्ता अपराधीहरूलाई दण्ड सजाय गर्नुको सट्टा झन् प्रोत्साहन गरिएको छ। माओवादीको भ्रातृसंस्था वाईसीएल धमाधम मान्छे मार्दैछ, तर सरकार ज्यानमाराहरूलाई राज्यका अंगको रुपमा मान्यता दिने घोषणा गर्दै हिँडेको छ। वाईसीएलले जनताको धनसम्पत्ति लुटिरहेको छ। त्यसको क्षतिपूर्ति जनताले तिरेको करबाट दिने घोषणा सरकारले गरेको छ। वाईसीएलका आपराधिक गतिवधि प्रोत्साहन गर्ने कोष सञ्चालनका लागि जनताले कर तिरेका हुन् या आफ्नो जीउधनको सुरक्षा एवं निमुखालाई न्याय र गरिबलाई बासको लागि? भन्ने प्रश्नमा प्रतिपक्षी दलहरू तमासे बनिरहेका छन्। लामो समयसम्म प्रजातान्त्रिक सत्ता सञ्चालन गरेकेा अनुभव बोकेको नेपाली कांगे्रससमेत जनताको कर आपराधीकरणका लागि प्रयोग गरिएको कदमको साक्षी बनेर बस्नुलाई सर्वसाधारणले राम्रो मानेका छैनन्। सत्तामा रहेको दललाई निरंकुश बन्न नदिने र त्यसले गरेका गलत कामलाई सच्याउन बाध्य पार्ने, आवश्यक परे सरकारलाई दबाब दिने भूमिका भनेको प्रमुख प्रतिपक्षको हो। जनताले सुम्पेको यो भूमिकाप्रति प्रमुख प्रतिपक्षी नेपाली कांगे्रस कत्तिको इमानदार छ? भन्ने आजको ज्वलन्त प्रश्न हो। अहिले निरंकुश बन्दै गइरहेको माओवादी सच्चिन चाहिरहेको छैन। उसको देखासिखी गर्दै थुपै्र आपराधिक समूहहरू राजनीतिको खोल ओढेर मुलुकलाई तहसनहस गर्दैछन्। त्यस्ता समूहलाई कारबाही गर्ने हैसियत सरकारको छैन। किनकि यो सरकार भनेको पनि राजनीतिको खोल ओढेर अपराध गर्ने समूहकै हो भन्ने आभास उसका गतिविधिले देखाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो पार्टीलाई विशुद्ध राजनीतिक बनाउनेतर्फ प्रयात्नशील नभएको छनकसमेत मिल्न थालेको छ। माओवादी पार्टीको जारी राष्ट्रिय भेलामा उनले जनगणतन्त्रलाई नछाड्ने प्रतिबद्धता जाहेर गरेर पुष्टि गरेका छन्। अर्का नेता मोहन वैद्यले जनगणतन्त्रका लागि तत्काल विद्रोह सुरु गर्नुपर्ने अवधारणा पेस गरेका छन् भने प्रधानमन्त्री दाहालले केही समयपछि सुरु गर्ने अवधारणा राखेका छन्। फरक त्यत्ति हो। जनवादी गणतन्त्र भनेको कस्तो शासन व्यवस्था हो भन्ने कुरा क्युवा, उत्तर कोरिया तथा चीनको विगत र वर्तमान अध्ययन गर्नेहरू जोसुकैलाई थाहा छ, जहाँ कम्युनिस्ट पार्टीको स्वीकृतिबिना कसैले राजनीतिक दल खोल्न पाउँदैन। कम्युनिस्ट पार्टीको स्वीकृति लिएर खुलेका राजनीतिक दलहरूले स्थानीय तहमा चुनाव लड्न पाए पनि सरकार सञ्चालन गर्ने चुनावका लागि उनीहरूले उम्मेदवारी दिन पाउँदैनन्। ठीक त्यही खालको शासन व्यवस्था नेपालमा कायम गराउने कुरामा माओवादीभित्र कुनै मतभेद देखिएको छैन। कहिलेदेखि यो शासन लागू गर्ने (?) भन्ने मुद्दामा मात्र विवाद हो। त्यसैले माओवादी नसच्चिएसम्म जतिसुकै राम्रो संविधान बने पनि, जतिसुकै विकास निर्माणको काम एवं गरिबी निवारणका गफ भए पनि वा विभिन्न आपराधिक समूहसँग जस्तोसुकै सम्झौता गरिए पनि मुलुकमा हत्याहिंसाको राजनीति समाप्त नहुने देखिन्छ। यो प्रवृत्तिले नयाँ संविधान बनाउने होइन, राज्य विघटनको अवस्थामा पुर्‍याउने छ।

विवाद, बहस र दुई लाइन

सकारात्मक संघर्ष कम्युनिजमका आधार हुन् । तर, प्रचण्ड कमरेडलाई आफ्नो धरातल नबिर्सन सुझाव छ । अहिले प्रचण्ड जहाँ हुनुहन्छ, त्यो केवल माओवादी मतले मात्र होइन, आमजनताको भोटले उहाँ सत्ताको नेतृत्वमा पुग्नुभएको हो ।प्रचण्ड र किरण दुवैले आफूहरू सच्चा नेपाली कम्युनिस्ट नभएको प्रमाणित गरिदिएका छन् । उनीहरू दुवै अवसरवादी रहेछन् । अध्यक्षपद किरणलाई छाड्दा प्रचण्डको के जान्थ्यो ? क्रान्तिकारी भन्ने, दुवै पद आफै राख्ने । चिल्लो गाडी र महँगो पलङ प्रयोग गर्ने, छोराछोरी, ज्वाइँ सबैलाई विदेश सयर गराउने, यसबाटै प्रस्ट हुन्छ- प्रचण्ड पनि अवसरवादी नै रहेछन् । प्रचण्डले यति चाँडै कांग्रेस र सत्ता साझेदार पार्टीको आलोचना नगरेकै भए राम्रो हुने थियो । माओवादीलाई जंगलबाट फर्काएर संविधानसभा चुनाव गराउने कांग्रेस र एमालेको भूमिका अहिल्यै बिर्सनु मूर्खता हो । सत्ता सञ्चालनमा सबैको सहयोग पाए मात्र माओवादी सफल हुन सक्छ । भनिन्छ, नेपाली राजनीतिको मुख्य लगाम नेपाली नेताको हातमा हुँदैन, उनीहरू 'भारतीय'ले जे भन्यो, त्यही गर्न विवश हुन्छन् । यो भनाइ धेरै हदमा सत्य साबित हुँदै आएको पनि छ । त्यति मात्र होइन, नेपालमा जुन पार्टी सत्तामा पुग्छ, उसलाई भारतीय खुफियाले फुटाइछाड्छन् भन्ने भनाइले पनि पटकपटक यथार्थमा रूपान्तरण हुने मौका पाइरहेको छ । एमाले, कांग्रेस, राप्रपा, सद्भावनासमेत यस भनाइका उदाहरण बनिसकेका पार्टी हुन् । अब पालो माओवादीको छ । अहिले माओवादीमा देखिएको विवादको कडी कतै यही त होइन ? नेतृत्वले विश्लेषण गरोस् ।

प्रधानमन्त्रीलाई खुल्ला पत्र

सम्माननीय प्रधानमन्त्रीज्यू !
नेपाल सरकार
नयाँ नेपाल निर्माणका लागि सिंगो मुलुक जुर्मुराइरहँदा हामी विदेशमा रहेका नेपालीहरुमा उत्साहको सीमा छैन । देश दिगो शान्तिको दिशामा अगाडि बढ्नु र लोकतान्त्रिक संविधान निर्माण प्रारम्भ हुनुले नयाँ नेपाल टाढा छ जस्तो लाग्दैन । तर पछिल्लो समयमा देशमा बढेको हत्या-हिंसा, अपहरण, घरजग्गा कब्जाका घटनाले हामीलाई चिन्तित तुल्याएको छ । त्यसमा पनि सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी प्रत्यक्ष-परोक्ष रुपमा त्यस्ता घटनाहरुमा संलग्न हुनुले नयाँ नेपाल निर्माणको नारामा सन्देह पैदा भएको छ ।
माओवादीले सरकारको नेतृत्व गरेको अवस्थामा धादिङमा निर्मल पन्त र पुष्कर डंगोलको शव गाडिएको अवस्थामा फेला परेको छ । उक्त घटनामा नेकपा माओवादीनिकट योङ कम्युनिष्ट लिग वाईसीएलको संलग्नता रहेको पुष्टि भइसकेको छ । जनताको सुरक्षाको ग्यारेन्टी लिनुपर्ने दलको भ्रातृ संगठनबाट भएको जघन्य अपराध अक्षम छ । नेपाली जनसम्पर्क समिति हङकङ, घटनाका दोषीमाथि कडाभन्दा कडा कारबाहीका लागि सरकारले जिम्मेवारी देखाओस् भन्ने ध्यानाकर्षण गराउँदछ । वाईसीएलको बर्बरतापूर्ण कार्य रोकिएको छैन । उसले विभिन्न जिल्लामा घरजग्गा कब्जा गर्ने र सरकारी स्वामित्वका कार्यालयहरुमा कब्जा जमाएर बसिरहेको छ । उसले चन्दा आतंक पनि कायमै राखेको छ ।
तराईका जिल्लाहरुमा दिनप्रतिदिन असुरक्षा बढेकोछ । जनताहरु मारिने, अपहरित हुने क्रम बढ्दो छ । सशस्त्र समूहका नाममा अपराधिक गतिविधि गर्नेहरु मौलाउन थालेका छन् । छ महिनाभित्र शान्ति सुरक्षा बहाल गर्ने सरकारको दाबी हावादारी सावित हुँदै गएको छ । सशस्त्र समूहसँग गर्ने भनिएको वार्ता पनि हल्लामा मात्र सीमित भएको छ । देशमा असुरक्षाको वातावरणका कारण हामीलाई चिन्तित बनाएको छ । यसले नेपालमा लगानीका लागि इच्छुक हामी प्रवासी नेपालीलाई सतर्क गराएको छ । विदेशमा आर्जन गरेको सम्पत्ति स्वदेशमा लगानी गर्ने हाम्रो उत्साह सेलाएको छ । यसले नेपालमा आर्थिक क्रान्ति गर्ने सरकारको नारा नारामा मात्र सीमित हुने खतरा बढेको छ ।
नेपाली जनसम्पर्क समिति देशमा शान्ति-सुरक्षाको ग्यारेन्टी गरी मानवाधिकारको सुनिश्चिततामा जोड दिन चाहन्छ । साथै राजनीतिक आडमा हुने अपराधिक कार्यहरुलाई निरुत्साहित पार्न कडाभन्दा कडा कदम चाल्न सरकारसँग जोडदार माग गर्दछ ।

Tuesday, November 25, 2008

बालबालिकासँगको साक्षात्कारमा राष्ट्रपति

राष्ट्रपति डा. रामवरण यादवले सबैले आपसी मिलमिलाप र सहकार्यका साथ अघि बढ्दै नयाँ संविधान लेखनको कामलाई सघाउनुपर्ने बताउनु भएकोछ ।
बिहान आफ्नै निवासमा बालबालिकासँगको साक्षात्कारमा राष्ट्रपति यादवले सहमतिका साथ अघि बढे समयमै नयाँ संविधान बन्ने र बालबालिकाको अधिकारको पनि संरक्षण हुने बताउनुभयो ।
बालबालिकाको संरक्षण र अधिकारका लागि सरकारले उचित ध्यान पुर्‍याउनुपर्ने भन्दै राष्ट्रपति यादवले बालअधिकार रक्षाका लागि आफू जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने वचन दिनुभयो ।
नेपाल बालमजदुर सरोकार केन्द्र (सिविन) को आयोजनामा देशभरिका करीव एक सय बालबालिकाले बिहान ४५ मिनेटजति राष्ट्रपति यादवसँग साक्षात्कार गरे ।
सिविनको २१ औँ वार्षिकउत्सवका अवसरमा आयोजित साक्षात्कारमा राष्ट्रिय बाल भेलाले तयार गरेको १५ बुँदे अपिल राष्ट्रपतिलाई बुझाइएको सिविनका प्रवक्ता तारक धितालले जानकारी दिनुभयो ।

आठ सय जिल्ला???

संस्कृति तथा राज्य पुनःसंरचनामन्त्री गोपाल किरातीले आठ सय जिल्लासहित नया राज्य संरचनाको खाका प्रस्तुत गरेका छन् । उनले आफ्नो राज्य संरचनाको खाका शनिबार पुल्चोकस्थित मन्त्री निवासमा सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको खाकामा सहमत हुनु वा नहुनु एउटा पाटो हो । तर उनले प्रस्ताव जुन ढंगले जुन हैसियतमा सार्वजनिक गरे, त्यसले विधि र प्रक्रियामा प्रश्न उब्जाएको छ । यो अन्तरिम संविधानले स्पष्ट उल्लेख गरेको प्रावधानविपरीत छ । प्रस्तावपत्रको आवरणमा नेकपा -माओवादी) पा हसिया-हथौंडा अंकित झन्डा राखिएको छ । त्यसको तल आफ्नो नामसगै संस्कृति तथा पुनःसंरचनामन्त्री, नेपाल सरकार लेखिएको छ । यसले नेपाल सरकारको चिह्न के हो भन्नेसम्मको प्रश्न गर्न बाध्य तुल्याउछ ।
उनकै भनाइमा प्रस्ताव विभागीय मन्त्रीको हैसियतमा सार्वजनिक गरिएको हो र त्यसमा प्रधानमन्त्रीको समेत अनुमति छ । त्यसो भए त्यसमा पार्टीले प्रतिनिधित्व गर्ने हसिया-हथौंडा झन्डा किन राखियो?मुलुक चल्दै आएको अन्तरिम संविधानबाट हो । संविधानमा नयाराज्य संरचनाको खाका प्रस्ताव गर्न प्रक्रिया तोकिएको छ । संविधानसभाले नया संविधान बनाउने र त्यो नया संविधान लेखनका क्रममा राज्य पुनःसंरचनाको खाका सुझाउनका लागि राज्य पुनःसंरचना आयोग गठन गर्न सकिने संवैधानिक व्यवस्था छ । यसभन्दा बाहिर कसैले खाका कोर्छ भने त्यो व्यक्तिगत हुन्छ । सरकारको कुनै निकाय वा अंगले आफूले कोर्ने दाबी गर्छ भने त्यो अनधिकृत हुन्छ । किरातीको प्रस्तावले मुलुक विधि र प्रक्रियामा होइन, लहडमा चल्न थालेको अनुभूति गराएको छ । एकजना मन्त्रीको लहडमा राज्य पुनःसंरचनाको खाका तयार हुन्छ, प्रधानमन्त्रीले त्यसलाई सार्वजनिक गर्न स्वीकृति दिन्छन् र त्यसलाई सरकारको तर्फाट प्रस्तुत गराउनका लागि मन्त्रीले मन्त्रिपरिषद्मा लैजाने दाबी गर्छन्, जुन कानुनतः वैधानिक छैन ।

गोपाल किराती भन्ने एकजना नेपाली नागरिकसग आफूलाई लागेको खाका प्रस्तुत गर्ने अधिकार छ । तर राज्य पुनःसंरचनामन्त्रीलाई सरकारी कोषको रकम प्रयोग गरेर खाका कोर्ने, त्यसलाई सरकारी कोषबाटै छापेर सार्वजनिक गरी राय संकलन गर्ने र मन्त्रिपरिषद्मा पेस गरेर सरकारी खाकाका रूपमा प्रस्तुत गर्ने अधिकार छैन । नयाराज्य संरचनाको खाका नया संविधानले दिने हो । संविधान निर्माणका लागि संविधानसभा नियमावलीले विभिन्न समितिहरूको व्यवस्था गरेको छ । त्यसमध्ये एउटा राज्य पुनःसंरचना समिति पनि हो । समितिले आफ्नो कार्य पूरा गर्नका लागि विभिन्न चरणमा विभिन्न व्यक्ति वा समूहसग सुझाव लिनसक्छ, छलफल गर्नसक्छ । राज्य पुनःसंरचनाका सम्बन्धमा समिति वा अरू कुनै आधिकारिक निकायले गर्न लागेको कामलाई सघाउने, बन्दोबस्ती मिलाउने काम मन्त्रालयको हो, न कि आफैं नया राज्य संरचनाको खाका कोरेर प्रस्तुत गर्ने । मन्त्री किरातीको प्रस्तावले पहिलो त विधि र प्रक्रियाको उल्लंघन गरेको छ । दोस्रो त्यसको आवरणमा राखिएको माओवादी झन्डाले अराजकताको आभास दिएको छ । त्यसैले यस्ता गैरजिम्मेवार र अनधिकृत काम मन्त्रीहरूले गर्न बन्द गर्नुपर्छ । टोली नेताका हिसाबले यस्ता कार्यहरू रोक्नु प्रधानमन्त्रीको जिम्मेवारी पनि हो कि होइन??

Saturday, November 22, 2008

एउटै देवीका थरीथरी नाम, थरीथरी नामका थरीथरी अर्थ

जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः
श्री दुर्गासप्तशती ।
अर्थात् जयन्ती, मंगला, काली, भद्रकाली, भद्रकाली, कपालिनी, दुर्गाक्षमा, शिवा धात्री, स्वहा, स्वधा नामले प्रशिद्ध तपाईंलाई नमस्कार छ । उपरोक्त श्लोक आद्यशक्ति महामाया भगवतीको स्तुतिका क्रममा वाचन गरिन्छ । साथै विजयादशमीका दिन टीका लगाई आशीर्वाद दिँदा पनि उक्त श्लोकको उच्चारण गर्दै शक्ति स्वरुपिणी भगवती दुर्गाको स्मरण गर्ने परम्परा छ । श्लोकमा उल्लेखित देवीका ११ नामको अर्थ पनि बेग्लाबेग्लै छन् । यी नामहरूका सन्दर्भमा धार्मिक विश्वास र आस्थाअनुरूपको किंवदन्तीहरू प्रचलित छन् ।
जयन्ती- सबैभन्दा उत्कृष्ट एवं विजयशालिनी ।
मंगला- जो आˆनो भक्तलाई जन्ममरण आदि संसार बन्धन दुर गर्छिन् उनै मोक्षदायिनी मंगलमयी देवीको नाम 'मंगला' हो ।
काली- जो प्रलयकालमा सम्पूर्ण सृष्टिलाई ग्रास गर्दछिन् उनै 'काली' हुन् ।
भद्रकाली- जो आˆनो भक्तलाई दिनका लागि भद्र, सुख वा मंगल स्वीकार गर्दछिन्, उनै 'भद्रकाली' हुन् ।
कपालिनी- हातमा कपाल तथा गलामा मुण्डमाला धारण गर्ने ।
दुर्गा - जो अष्टाङ्ग योग, कर्म एवं उपासना रूप दुःसाध्य साधनद्वारा प्राप्त हुन्छिन्, उनै जगदम्बिका 'दुर्गा' कहलाउँछिन् ।
क्षमा- सम्पूर्ण जगत्की जननी भएर अत्यन्त करुणामय स्वभाव हुनका कारण जो भक्तको सारा अपराध क्षमा गर्दछिन्, उनको नाम 'क्षमा' हो ।
शिवा- सबका शिव अर्थात् कल्याण गर्ने जगदम्बालाई 'शिवा' भनिन्छ ।
धात्री- सम्पूर्ण प्रपञ्चको धारणा गर्ने भएका कारण भगवतीको नाम 'धात्री' हो ।
स्वहा- स्वहारूपले यज्ञभाग ग्रहण गरेर देवतालाई पोषण गराउने वाली ।
स्वधा- स्वधारूपले श्राद्ध र तर्पण स्वीकार गरेर पितृलाई पोषण -पुष्टि) प्रदान गराउने वाली ।
नव दुर्गाका अर्थ
शैलपुत्री- गिरिराज हिमालयकी पुत्री पार्वती देवी । जो हिमालयको तपस्या तथा प्रार्थनाद्वारा प्रशन्न भएर कृपापूर्वक उनको पुत्रीको रूपमा प्रकट भइन् ।
ब्रहृमचारिणी- सच्चिदानन्दमय ब्रहृमस्वरूपको प्राप्ति गर्नु जसको स्वभाव छ उनै ब्रहृमचारिणी
हुन् ।
चन्द्रघण्टा- अल्हादकारी चन्द्रमा जसको घण्टामा स्थित छ, उनै देवीको नाम 'चन्द्रघण्टा' हो ।
कूष्माण्डा- त्रिविध तापयुक्त संसार जसको उदरमा स्थित छ, उनै भगवती 'कूष्माण्डा' कहलाउनुहुन्छ ।
स्कन्दमाता- छान्दोग्य श्रुतिअनुसार भगवतीको शक्तिद्वारा उत्पन्न सनत्कुमारको स्कन्द हो । उनको माता भएकीले वहाँ 'स्कन्दमाता' कहलाउनुहुन्छ ।
कात्यायनी- देवताको कार्यसिद्धि गर्नका लागि देवी महषिर् कात्यायन आश्रममा प्रकट भएकी र महषिर्ले उनलाई आˆना कन्या बनाएका कारण कात्यायनी नामद्वारा वहाँ प्रशिद्ध हुनुभयो ।
कालरात्री- सबलाई मार्ने कालको रात्री -विनासिका) भएकीले उनको नाम 'कालरात्री' हो ।
महागौरी- आˆनो तपस्याद्वारा महान् गौरवर्ण प्राप्त गरेकी देवी ।
सिद्धिदात्री- सिद्धि अर्थात् मोक्ष दिने वाली भएकीले उनको नाम 'सिद्दिदात्री' हो ।
आरवी बस्नेत

लुट्ने माओवादी, क्षतिपूर्ति राज्यबाट!

माओवादीले आफ्नो नेतृत्वमा सरकार बनाएको तीन महिना पुगेको छ। तर प्रतिपक्षी दलहरुले माओवादीले कब्जा गरेको सम्पत्ति फिर्ता गराउन आन्दोलन गर्नुपर्ने स्थितिचाहिं यथावत् छ। संविधानसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसले गतसाता ९ बुँदे अल्टिमेटम नै दिएर जनताका सम्पत्ति फिर्ता गराउन सडक आन्दोलन नै गर्ने घोषणा गर्‍यो। प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसको आन्दोलन रोक्न मात्रै सम्पत्ति फिर्ता गरिने प्रतिबद्धता जनाए। प्रधानमन्त्रीले प्रतिबद्धता जनाइसकेपछि पनि जनताका सम्पत्ति फिर्ता भएका छैनन्। विगतमा दर्जनौँपटक माओवादीले लिखित र मौखिम रुपमा यस्ता प्रतिबद्धता जनाउँदै त्यसको पालना भने नगरेको स्थितिमा प्रधानमन्त्रीको प्रतिबद्धतामाथि आम नागरिकले विश्वास गर्न सकेका छ्रैनन्। सत्तारुढ दलले नै जनताका सम्पत्ति कब्जामा लिनु र त्यसलाई फिर्ता गराउन प्रतिपक्षले आन्दोलन गर्ने स्थिति आउनु सम्भवतः यो भन्दा अर्को दुःखद् पक्ष नहोला। आतंककालबाट देश मुक्त भएको तीन वर्ष पुग्दा पनि जनताले सत्तारुढ दलबाट आफ्ना सम्पत्ति फिर्ता मागिरहनुपर्ने र सत्तारुढ दलले सम्पत्ति फिर्ता त होइन, झन् थप कब्जा गर्दै जानु सरकारबाट सर्वसाधारणको सुरक्षा नभएको प्रमाण नै हो। यस्तो सरकारले जनजीविकाको ग्यारेन्टी गर्ला भनी पत्यार गर्न सकिँदैन। यो बेलासम्म सम्पत्ति जफत भएका र विस्थापित जीवन बिताइरहनुपरेका नागरिकहरुको संख्या लाखमा नै गणना भैरहेको छ। क्षतिपूर्ति राज्यले दिने भन्ने कुरा प्रधानमन्त्री आफैंले बोलेका छन्। यसको अर्थ हो माओवादीका ज्यादतीलाई छुट र त्यसको दण्डचाहिँ राज्यले भोग्नुपर्ने। यो भन्दा अचम्मको अर्को विषय हुँदैन। प्राकृतिक प्रकोपबाट पीडितहरुलाई त राज्यले क्षतिपूर्ति दिन सकेको छैन भने माओवादीले उत्पन्न गरेको विपत्तिलाई राज्यले कसरी धान्ला? यसको एउटा निचोड आउँछ यी कुरा बोलिदिनका लागि मात्र बोल्छन् भने त्यो सरकारबाट जनताले अपेक्षा गर्ने विषय नै बाँकी रहँदैन। पछिल्ला घटनाक्रमहरुले यही कुरा पुष्टि गरिरहेका छन्। जनतालाई लुट्नु एउटा अपराध नै हो। माओवादी कार्यकर्ताले त्यो अपराध गरेबापत ऊ सरकारमा पुगिसकेपछि पनि दण्डित हुन नपर्ने मान्यता प्रधानमन्त्रीका अभिव्यक्तिबाट स्थापित भएका छन्। पार्टीका अध्यक्ष र प्रधानमन्त्रीको हैसियतबाट दाहालले यसअघि पनि धेरैपटक सम्पत्ति फिर्ताको घोषणा गरिसकेका थिए। उनका यस्ता अभिव्यक्ति आउनासाथ माओवादी कार्यकर्ताबाट सामन्ती वा यस्तै निहुँ झिकेर सम्पत्ति फिर्ता नगरिने घोषणा हुँदै आएका छन्। यसले दाहालका अभिव्यक्तिहरु त थोपोसम्म पनि कार्यान्वयन भएका छैनन् भने सम्पत्ति जफतलाई कायम राख्ने कुरा भने झन्–झन् बलियोसँग स्थापित हुँदै गएको छ। माओवादीका मन्त्री आफैं गएर सम्पत्ति जफत गरिरहँदा त्यो सार्वजनिक अपराधको विषयमा त्यस्ता व्यक्ति दण्डित भएनन्। त्यसपछि माओवादी कार्यकर्ता झन् उत्साही भएर जनताका जमिन जफत गर्ने, बालीनाली लुट्ने जस्ता काम भइरहे। पछिल्लो साता बर्दियामा मात्रै ४० विघाभन्दा बढीको जमिन जफत गरेर त्यहाँको बाली लुटिएको विवरण सार्वजनिक भएको छ। त्यसबापत माओवादी दलले कसैलाई कुनै कारवाही गरेन। सरकार चलाउने दलले नै जनताका जमिन र बाली–नाली लुटिरहँदा त्यहाँ कुनै कानुनी उपचार हुँदैन भने लुटिएको त्यो नागरिकले कहाँ, कसलाई गुहारेर न्याय पाउने? यसैबीच ओवादीले सम्पत्ति फिर्ता गराउने त होइन, फिर्ता नभएका सम्पत्तिबापत राज्यकोषबाट क्षतिपूर्ति दिने कुरा अघि सारेको छ। प्रधानमन्त्री आफैंले संविधानसभामा यस्तो घोषणा गरेका छन्। जसले नागरिकका सम्पत्ति लुटे र लुटिरहेका छन्, त्यो सम्पत्ति लुट्नेले नै उपभोग गर्न पाइरहने र लुटिएको सम्पत्ति फिर्ता नभए राज्यले क्षतिपूर्ति दिने भएपछि स्वाभाविक देशमा लुटपाटको घटनामा झन् वृद्धि हुनेछ। यो स्थिति भनेको कानुनी राज्य विधिवत् समाप्त हुनु हो। सरकारले नै कानुनी राज्यको मान्यताविपरीत यस्तो बहुलठ्ठीपन देखाउँछ भने जनताका पक्षमा कानुनी लडाइँ गर्नेहरुका लागि आन्दोलनबाहेक अर्को विकल्प रहँदैन। विपक्षी मात्र होइन, सत्तारुढ अन्य दलहरु पनि माओवादीको यस्तो रवैयाप्रति गम्भीर हुनैपर्ने भएको छ। तर दुःखद् कुरा सत्तारुढ अन्य घटक यसप्रति यो बेलासम्म बेखबर जस्तै छन्। यसरी राज्य सञ्चालन हुँदा जतिदिन बित्दै जान्छन् जनताका लागि ती दिनहरु झन्–झन् कष्टकर हुने पक्का छ, सम्बद्ध पक्षहरु समयमै सतर्क होइन।

Friday, November 21, 2008

माया हाम्लाई बराबरी

म हुँ एक बालक पढ्ने मेरो काम
पढी गुनी ठूलो भई राख्छु देशको नाम ।
दिनभरि स्कुल अनि एकछिन खेल्छु साँझमा
पढ्न बस्छु बिहान-राति आमा बाका माझमा ।
कुनै बेला हजुरबाको बन्छु सानो साथी
गाला छुँदै भन्नुहुन्छ बालख नै जाति ।
दिदी मेरी एउटी मात्रै संगै हामी पढ्छौँ
माया हाम्लाई बरबारी दुवै अगि बढ्छौं ।
पढ्ने स्कुल टाढा हाम्रो त्यसकै लाग्छ पीर
बाटो पनि खतरनाक वरिपरि भीर ।
कुनै दिन हाम्रो पनि बाटो पिच होला
मोटरले बोकिदेला किताबको झोला ।

शीर्षक के हो ?

पुतली भुर्र उड्दाउड्दै तल झर्‍यो । उसको पखेटामा चोट लागेको थियो । भुइमा सर्प घिसि्रादै थियो । पुतली सर्पको ढाडमा खस्यो ।
सर्पले मनमनै भन्यो -"मेरो ढाडमा के बस्यो हा ?" सर्पले टाउको फर्काएर हेर्‍यो । उसले आप\mनो ढाडमा पुतली देख्यो । उसले पुतलीको पखेटामा रगत पनि देख्यो
रङ्गीचङ्गी पुतली देख्दा सर्पलाई रमाइलो पनि लाग्यो ।
सर्पले पुतलीलाई सोध्यो -"तिम्रो पखेटामा रगत देखिएको छ । के भएको हो, हा ?"
पुतलीले भन्यो -"एउटा किराले मलाई टोक्यो । म उड्दाउड्दै तपाईंको ढाडमा पो खस्न पुगे ।"
पुतलीको कुराले सर्पलाई दया जाग्यो । ऊ पुतलीलाई ढाडमै राखी अस्पतालतिर लाग्यो ।
सर्पले डाक्टरलाई परैबाट भन्यो -"डाक्टर, यो पुतली सिकिस्त बिरामी छ । यसलाई उपचार.........।"
डाक्टरले चिच्याउदै भन्यो -"नाइ.......नाइ !" डाक्टर भाग्दै थियो ।
सर्प नर्सको छेउमा पुग्यो । नर्स पनि डराइन् । उनी भाग्न खोज्दा चिप्लेर बल्र्याङ्ग पछारिइन् ।
सर्प निराश बन्यो । ऊ अस्पतालबाट बाहिर निस्कियो । उसले पुतलीलाई उपचार गराउन सकेन । उसले पुतलीलाई भन्यो -"अब के गर्ने पुतली ? उपचार गराउने डाक्टर पनि सबै भाग्छन् । तिमीलाई उपचारको आवश्यकता छ । तिमी पनि सल्लाह देऊ न ।"
पुतलीले भन्यो -"अब जङ्गलतिरै जानुपर्छ होला । औषधी त त्यहा पनि त पाइन्छ नि !"
सर्पले भन्यो -"तिमीले ठीक भन्यौ है । अस्ति मलाई पुच्छरमा घाउ भएको थियो । जङ्गलकै एक किसिमको झार पिसेर लगाउदा ठीक भएको थियो । म तिमीलाई पनि जङ्गलमै लैजान्छु ।"
पुतली सर्पकै ढाडमा झोक्राएर बसेको थियो । सर्प १० मिनेटमै जङ्गलभित्र पस्यो ।
पुतलीले भन्यो -"पर्खनुस् ! औषधी झार त यहीा छ । तर यसलाई पिस्ने कसरी ?"
सर्पले भन्यो -"म बिस्तारै मुखले ढुङ्गामा पिसुला नि ।"
'..........तर तपाईंसाग त मुखमा विष पनि छ । मलाई विष लाग्दैन ?' पुतलीले भन्यो ।
'लाग्दैन, म विष निकाल्दिन नि !" सर्पले भन्यो ।
सर्पले पुतलीको पखेटामा झारको रस लगाइदियो । पुतलीलाई तुरुन्त आराम भयो । पुतली उड्न सकेको भने थिएन ।
केही समयपछि नै पुतली उड्न सक्ने भयो । दुवै जङ्गलकै फूलबारीमा रमाएर बस्न थाले ।

बालगीत

सुन सुन नानीहरू
खानेकुरा सुन
के के खानुहुन्छ अब
के के खान हुन्न ।
दुःख खान हुन्छ बाबा
हरेस खान हुन्न
दुःख सुख जे परेनि
चरेस खान हुन्न ।
मीठो पीठो जे खाए पनि
सफा खाना खाऊ ।
च्यातिएको लाए पनि
सफा नाना लाऊ ।
फोहोर पानी मिसिएको
जुस खान हुन्न ।
भोकै मर्न परे पनि
घूस खान हुन्न ।
टाढा टाढा जाऊ तिमी
मीठो मीठो खाऊ
जाँ गएनि फर्किएर
नेपालमा आऊ ।
क्षेत्रप्रताप अधिकारी

रक्सीको मात

मात्तिनु राम्रो हो वा होइन यो अनुसन्धानकै विषय हो । कसैले मात्तिनुलाई राम्रो कुराको रूपमा पनि लिएका छन् । एकछिन हल्का मात्तिएर आफैभित्र हराउदा मान्छेले संसारिक दुःख भुल्छ रे तर सगसगै आˆनो दुःख भुल्ने बहानामा परिवार वा समाजलाई दुःख दिनु भनेको चाहि झन् दुःखको भारी बोक्नु हो भन्ने कुरा पनि आउछ । हुन त मात मदिराको मात्र हुदैन । धन सम्पत्तिको मात पनि चानचुने हुदैन । किनकि ठूल्ठूला विश्वयुद्धको सुरुवात धन-दौलतले भरिपूर्ण देशहरूबाटै भएको थियो । साथै रूप र लावण्यको मातले पनि ठूला-ठूला युद्ध निम्ताएको छ । तर्क गर्नेहरू भन्छन्- द्रौपदीले दुर्योधनको सामु आˆनो रूपको मात प्रदर्शन नगरेकी भए सायद महाभारतको युद्ध हुदैन थियो कि ? तर हामी चल्तीको भाषामा मात्तिनु भनेको मदिरा सेवन गरी बहकिनुलाई नै लिन्छौं ।
फेरि अहिलेको आधुनिक जमानामा कसैको जीवनयापनको औकात नाप्नु पर्‍यो भने उसको भोजमा राखिएको रक्सीको स्तरबाट परिचान गर्ने गरिन्छ तर यही मदिराले हाम्रोजस्तो गरिब मुलुकमा कतिको घर बरवाद गरेको छ, त्यसको तथ्याङ्क कुनै सरकारी वा गैह्रसरकारी सङ्घ-संस्थाले आजसम्म अध्यावधि गरेको दृष्टान्त भने भेटिादैन । हाम्रै कवि भूपि शेरचनले भने नि-"मलाई पिएकोमा गाली गर्नेहरू, एक पटक पिएर त हेर पिउन कति गाह्रो छ ।" हुन पनि हो जब मान्छेले रक्सी सेवन गर्छ, ऊ मान्छे नै रहिरहन्छ तर जब रक्सीले मान्छे सेवन गर्न सुरु गर्छ, तब उसको इज्जत, प्रतिष्ठा, मानवता सबै दाउ लाग्छ । त्यसैले होला पिउन गाह्रो भएको तर मलाई भने पिउने मान्छेप्रति ईष्र्या जागेर आउाछ । किनकि उनीहरू आफूले गरेका गल्तीको दोष कमसेकम रक्सीमाथि थोपर्न सक्छन् । आफू सजिलै उम्कन सक्छन् ।
गएको दसैाअघिको कुरा हो, एक जना मनकारी साथीले उनको विवाहको वर्ष गााठको भोज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिए । थरीथरीका देशी-विदेशी रक्सीहरूको खोलो बगेको थियो । सङ्गीतको सुमधुर धुन बजिरहेको थियो- 'मुझे पिनेका सोख नही पिता हु गम भुला ने को .... ।' साथीहरू स्वाद लिदै पिइरहेका थिए । अब उनीहरू दुःख भुल्न पिइरहेका थिए वा दुःख दिन पिइरहेका थिए । त्यो त उनीहरूको कुरो भो । यत्तिकै एक जना साथी । कस्सिए... "हामीलाई हेप्ने ? के हाम्रो औकात छैन ? एउटा जाबो बिहे गर्दैमा यत्रो पार्टी दिनुपर्छ ? मैले चाहे भने काठमाडौका सम्पूर्ण भट्टी पसल किन्न सक्छु ।" अब उनलाई रोक्ने कसले । उनी झन् बम्किए- "मोफसलको मान्छे ठानेर मलाई हेप्ने ? के मेरो स्तर छैन ? लु जा, म ब्ल्याक लेभलभन्दा मुनिको रक्सी नै छुन्न । आज मलाई रोयल स्टागको गिलास थमाउने ।" उनले भोजमा राखिएको मदिराबाट नै तहसनहस पारे । उनकी श्रीमतीजी आखाभरि आसु भरेर सबै इज्जत माटोमै मिलिहाल्यो नि भनेझै गरी लाजले खुम्चिएर एक कुनामा बसिरहेकी थिइन् । भोज दिने साथीलाई पनि लाग्यो होला- "घाटी भरिन्जेल पियो । अनि मैसाग निहु खोज्न थाल्यो ।"
भोलिपल्ट अफिसमा सबैजना जम्मा भइयो । उनी दसैं पेश्की निकाल्न निवेदन लेखिरहेका थिए । मैले सोधे- "हैन हो, तपाईं त हिजो आधा काठमाडौ किन्ने कुरा गर्नु हुन्थ्यो । फेरि आज पेश्कीको निवेदन .... ?" उनले किञ्चित लाज नमानी भने- साथीहरूले पनि यसो विचार गर्नुपर्छ नि कसले कति पियो भनेर ... ।" "यसरी उनले सम्पूर्ण आˆनो क्रियाकलापको दोष रक्सीमाथि थोपरेर हामीप्रति पो गुनासो पोखे, पानीमाथिको ओभानोझै । भोज दिने साथी पनि त्यहीा थिए । हिजोको कुरो सबै बिर्सिएझै गरी उनी मुसुक्क हासे मात्र । ल अब हेरौ त, म उनको पिउने बानीप्रति ईष्र्या गरौ कि नगरौ । यदि रक्सी नपिउनेले हिजो यसरी आमा-चकारी गाली गरेको भए आज उसले प्रतिवादी लगाउनु पथ्र्यो होला अड्डातिर ।
मेरा एक जना मित्र छन् । उनी रक्सी त त्यति मात्तिने गरी पिउदैनन् तर उनी रक्सी भट्टी टोलटोलमा खुल्नुपर्छ, नभए सरकारी तवरबाटै व्यवस्थापन गर्नुपर्छ भन्ने दलिल ठाउ-ठाउमा पेस गर्छन् । उनको तर्कअनुसार रक्सी भट्टीमा जात-भात, उच-नीच, भाषा-भाषी, धर्म-सम्प्रदायको कुरो हुादैन । जो हुन्छन् ती सबै समग्रमा जड्याहाा हुन्छन् । जसले गर्दा राष्ट्रिय एकता बलियो हुन्छ । हुनत भारतीय कवि हरिवंश राय बच्चनले पनि लेखेका छन्- "बैर कराती मन्दिर-मस्जिद, प्रेम जगाती मधुशाला ।"
यो रक्सी पिउने तरिका पनि जात वर्णअनुसार फरकफरक हुन्छ कि क्या हो ? आजभन्दा आठ-दस वर्षअघि एक जना साथीको बिहेमा जन्त जानुपर्ने थियो पहाडतिर । हामी जन्तीहरू उकालो उक्लिादै थियौा । पछाडि पनि अर्को बिहेका एक हूल जन्तीहरू आउादै थिए । तिनीहरू पाखुरा सुर्की-सुर्की कराइरहेका थिए र बाजा पनि बजिरहेका थिए तर मान्छेहरूले कराउन भने छोडेका थिएनन् । एकछिनपछि त्यो बिहेका जन्तीहरूसाग भेट भयो । मैले अलि पाको देखिने एक जनासाग सोधे "हैन, कसको बिहे हो ? किन त्यस्तो हल्लाखल्ला गरेको हा ?" ती पाका भलाद्मीले भने "बिहे चाहि मेरो छोराको हो । त्यहा खाजा घरमा खाजा खादा बेहेलाले अलि बढ्तै पिएछ । त्यसै हामी मतवालीले विस्तार-विस्तार ठिक्क पो पिउनुपर्छ । बाहुन-क्षेत्रीले जस्तो ठाउ-कुठाउ ठाडै घुट्क्याउनु हुन्न लत्तो छाडेर भनेर सम्झाको पो त, कुनै झगडाको हल्लखल्ल हैन ।" त्यसपछि मलाई लाग्यो यो पिउने तरिका पनि जात-जाति र वर्ण व्यवस्थाअनुसार फरक हुादोरैछ ।
फेरि यो रक्सीमाथि जेब्रा क्रसिङ्गको ट्राफिक, रोकावट पनि छैन । यसलाई कसैले कहीा पनि रातो बत्ती बालेर रोक्दैन । रक्सी निषेधित क्षेत्रमा यसका अगुवा नै मातिएर ढलिरहेका भेटिन्छन् । अमेरिकी राष्ट्रपतिको हृवाइट हाउसदेखि रुवाण्डाको भोकमरी पीडित ठाउामा समेत बेरोकतोक यो पुगेकै छ । नेपालको प्रधानमन्त्रीको क्वाटरदेखि रोल्पाको गाउले बस्तीसम्म मान्छेलाई यसको मातले घुमाएको छ । होला, मान्छेको औकातअनुसार यसको स्तरमा फरक पर्ला तर यो सर्वव्यापी र सर्वसुलभ नै छ । बिरामी परे लौन औषधि खान दुई सय सापट देउन भन्दा दिने मान्छे भेटिदै तर तलतल लाग्यो रक्सी पिलाउन भन्यो भने दुई हजार नै खर्च गर्न मान्छे पछि पर्दैन । कस्तो मानव निर्मित मादक पदार्थ होला यो जसको अगाडि परिवार, इज्जत, धन-सम्पत्ति, सामाजिक मान मर्यादा केही होइन भन्ने सोच्छ मान्छे ।
यसको उत्पादन रोके राष्ट्रिय आयमा मात्र गिरावट आउने हैन घरेलु-ग्रामीण आयमा समेत असर पर्छ र धेरै गरिबका भट्टी पसलमा चुल्हो-चौको बल्न छोड्छ भन्छन् रक्सी अर्थ विज्ञहरू । भालुको कन्पटजस्तो रैछ यो रक्सी । छोडे पनि ज्यान धराप, नछोडे पनि ज्यान धराप । हुन पनि मान्छे मात्रले रक्सीलाई यस्तो अमूर्त परम्मित्रको रूपमा लिएको दुःख पर्दा दुःख भुल्न पिएा । सुख हुदा सुख बाड्न पिएा तर जस जसले जुन जुन हिसाबले पिएका हुन् त्यो भगवान् जानुन् तर हाम्रोजस्तो गरिब मुलुकका धेरै घर-परिवारलाई रक्सीको मातले घुमाएर उठ्ठविास चाहिा पारेको छ । त्यसैले पिउादै नपिउनु राम्रो । पिउनै परे औकातअनुसार पिएको राम्रो होला ।
- वसन्त

बालहितको सुनिश्चितता अपरिहार्य

संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८९, २० नोभेम्बरका दिन बाल अधिकारसम्बन्धी महासन्धि जारी गर्‍यो । विश्वका अधिकांश देशले यस महासन्धिमा हस्ताक्षर गरी प्रतिबद्धता जाहेर गरे । बाल अधिकार महासन्धि अन्तर्राष्ट्रिय मानव अधिकार कानुन हो । यसलाई विश्वका तमाम देशले पालना गर्नुपर्दछ । यस कानुनलाई स्वीकार्ने राष्ट्रहरूले आˆनो देशको घरेलु कानुनमा पनि सुधार गरी बाल अधिकारलाई पहिलो प्राथमिकता दिनुपर्दछ । सबै कुरालाई ख्याल गरी संयुक्त राष्ट्र सङ्घले सन् २००० को मे २५ का दिन बाल अधिकारका थप दुईवटा उपलेख जारी गरेको छ । ती उपलेख सशस्त्र द्वन्द्वमा बालबालिकाको संलग्नताका सम्बन्धमा व्यवस्था भएको स्वेच्छिक उपलेख र बालबालिकाको बेचबिखन, बाल वेश्यावृत्ति तथा बाल अश्लील चित्रण सम्बन्धमा व्यवस्था भएका स्वेच्छिक उपलेख छन् । नेपालले यससम्बन्धी तीनवटै महासन्धिमा आˆनो हस्ताक्षर गरिसकेको छ । यसरी बालअधिकार महासन्धिले बालबालिकाहरूमा शारीरिक तथा मानसिक अपरिपक्वता रहने हुनाले तिनीहरूलाई विशेष सुरक्षा र हेरचाहको आवश्यकता पर्ने विशेष कानुनी संरक्षण दिनु जरुरी छ ।
बाल अधिकारसम्बन्धी महासन्धिमा के छ ? बाल्यअवस्थामा विशेष स्याहार तथा सहयोग पाउनुपर्ने, बालबालिकाको विकास तथा कल्याणका लागि आवश्यक संरक्षण गरी सुरक्षा प्रदान गर्ने कार्यमा जोड दिइएको छ । साथै बालबालिकाको व्यक्तित्वको पूर्ण विकासमा बढी चासो राखिएको छ । यस महासन्धिको प्रयोजनका लागि बालबालिका भन्नाले १८ वर्षभन्दा कम उमेरका प्रत्येक मानव जातिलाई सम्झिन्छ । जन्मनासाथ बालबालिकालाई दर्ता गर्ने, स्याहार पाउने अधिकार, राष्ट्रियताको अधिकार सामान्यतया बाबु, आमाबाट उनीहरूको इच्छा विरुद्ध अलग नगरिने कुरामा समेत जोड दिइएको छ । बालबालिकाको पालनपोषण र विकासमा बाबु, आमा दुवैको साझा दायित्व ठानिएको छ । बालबालिकाको हितका प्रतिकूल कुनै पनि कार्य गर्न नपाइने कुरामा संलग्न राष्ट्रहरूले प्रतिबद्धता जाहेर गरेका छन् ।
यसै सन्दर्भमा नेपालले पनि बालबालिका राष्ट्रका भविष्य हुन् भनी यिनको हित हुने विभिन्न कार्य गर्दै आएको छ । सबैका लागि शिक्षा लगायतका कार्यक्रममा जोड दिँदै आएको छ । नेपालका लागि युनेस्को काठमाडौँलगायत युनेस्को सम्बद्ध स्कुल सहयोग परिषद् नेपालले पनि बालबालिका हितका विभिन्न कार्यक्रम सञ्चालन गर्दैर् आएका छन् ।
युनेस्को स्थापनाको ५० औँ वाषिर्क उत्सवको शुभ उपलक्ष्यमा २०५२ कात्तिक १८ गते तदनुसार ४ नोभेम्बर १९९५ का दिन युनेस्को सम्बद्ध स्कुल सहयोग परिषद् नेपाल स्थापना भयो । यस संस्थाले संयुक्त राष्ट्रसङघको बडापत्रको पालना र विश्व शान्तिको सम्बर्द्धनमा सघाउनुका साथै शिक्षाको माध्यमबाट सद्भावना जगाउन सक्दो योगदान पुर्‍याउँदै आएको छ ।
युनेस्कोसम्बद्ध स्कुल सहयोगपरिषद्ले आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको उपलक्ष्यमा आयोजित यस समारोहमा यसका केही मूलभूत उद्देश्य उल्लेख गरिनु सान्दर्भिक देखिन्छ ।
- नेपालको शिक्षा विकासमा योगदान पुर्‍याउने प्रयास गर्ने ।
- स्कुलहरूबीच आपसी समझदारी विश्वास तथा सद्भावना अभिवृद्धि गर्न कोसिस गर्ने ।
- संयुक्त राष्ट्रसङ्घ, युनेस्को, सार्क तथा विश्व शान्तिको आदर्श उद्देश्यहरूलाई परिपूर्ति गर्न योगदान पुर्‍याउन कोसिस गर्ने ।
- स्कुलहरुमा विश्व शान्ति, विश्व भ्रातृत्व अन्तर्राष्ट्रिय समझदारी तथा सद्भावना अभिवृद्धि गर्ने प्रकारका कार्य गर्न प्रयत्नशील रहने ।
- नेपालको पर्यावरणको संरक्षण गर्न कोसिस गर्ने ।
- राष्ट्रियता, प्रजातन्त्र मानवअधिकार तथा स्वतन्त्रताको संरक्षण र प्रवर्द्धन गर्न कटिबद्ध रहने ।
- नेपालको साहित्य, कला, संस्कृति तथा पुरातात्विक महत्वको वस्तुको संरक्षण र सम्बर्द्धन गर्न सहयोग पुर्‍याउने ।
- महिला तथा बाल हित र विकासका लागि कार्य गर्ने ।
- शिक्षक वर्गको बौद्धिक विकास र व्यक्तित्वको निर्माण गर्न योगदान दिने आदि ।
युनेस्कोसम्बद्ध स्कुल सहयोग परिषद्ले बाल अधिकार र मानव अधिकारको वकालत गर्दै आएको छ । मानव अधिकार भन्नाले व्यक्तिको राजनीतिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको समष्टिगत धारण हो । व्यवहार र सिद्धान्तको समन्वय हाम्रो प्रजातान्त्रिक आन्दोलनको सकारात्मक पक्ष हो । केही वर्ष अगाडि प्रकाशित संयुक्त राष्ट्र सङ्घीय प्रतिवेदनमा शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यक विषयमा भन्दा सेनामा बजेटको बढी अंश खर्च गर्ने राष्ट्रहरूलाई दिइने अन्तर्राष्ट्रिय संस्था वा दाता राष्ट्रहरूको सहायता कटौती गर्न आग्रहसमेत गरिएको थियो । यस्ता सकारात्मक पक्षलाई विश्वका तमाम ठूला साना राष्ट्रहरूले स्वागत गरी संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने राष्ट्रहरूबीच पारस्परिक सहयोग वृद्धि र समझदारीकायम गर्ने, विकसित मुलुकहरूले आˆनो कुल राष्ट्रिय उत्पादनको ०।७Ü विकास सहयोगका रुपमा छुटट्याउने र विकासोन्मुख मुलुकहरूले आˆनो कुल राष्ट्रिय उत्पादनको ६Ü शिक्षा विकासमा लगाउने पूर्व प्रतिबद्धतालाई अझै वृद्धि गरिनुपर्ने जस्ता सवाल उठिरहेका छन् ।
मानिसहरूको जुन मनमा युद्ध र हिंसा जन्मिन्छ त्यही मनमा शान्तिका रक्षात्मक स्तम्भको निर्माण हुनुपर्दछ भन्ने उद्देश्य अँगालेको युनेस्कोले विश्व शान्ति-सुरक्षाका लागि विभिन्न रणनीति अँगाल्दै आएको छ । विद्यालयका कलिला बालबालिकाको मनमा शान्तिप्रति आस्था, प्रतिबद्धता तथा मनमा बीजारोपण गर्ने, उनीहरूलाई संयुक्त राष्ट्रसङ्घीय प्रणाली र विश्व समस्याप्रति सजग र सचेत गराउने र विद्यालयमा शान्ति, समझदारी, अहिंसा र सहनशीलताको आदर्श प्रवर्द्धन गर्ने सन्दर्भमा शिक्षा एक सशक्त माध्यम हुनसक्ने मान्यता युनेस्कोले अँगालेको छ । शान्ति र समझदारीको विकासमा शिक्षाको महत्वपूर्ण भूमिका हुने हुँदा युनेस्को सम्बद्ध स्कुल सहयोग परिषद्ले नेपालका सन्दर्भमा यसले आˆनो दायित्व निर्वाह गर्न प्रयन्तरत रहनेछ । यसले विद्यालयमा शान्ति, सहयोग, समझदारी तथा शान्ति संस्कृतिको प्रवर्द्धन गर्न सशक्तता प्रदान गर्नेछ । परिषद्ले आˆनो तर्फबाट हुनेसम्म सबै तहका विद्यालयहमा विश्व शान्ति, विश्व, वन्धुत्व तथा अन्तर्राष्ट्रिय सहयोग, अन्तर्राष्ट्रिय समझदारीको सम्बर्द्धनमा संलग्न गराउन परिलक्षित हुनेछ ।
हुनत आज मानवसमाज विकृति र विसङ्गतिबाट आक्रान्त छ । विद्यार्थीकै आँगनबाट विद्यालयहरुमा आपसी समझदारी, सम्मान र सद्भावनाको अभिवृद्ध गर्दै विश्व शान्ति र अन्तर्राष्ट्रिय समझदारीको प्रवर्द्धनमा विद्यार्थीहरू सक्रिय रुपले सहभागी गराउनमा युनेस्को सम्बद्ध स्कुल सहयोग परिषद् नेपाल सहायक सिद्ध बन्नसक्दछ । शिक्षाको सशक्त माध्यमबाट एउटा सम्बद्ध, चेतनशील, एकीकृत शान्तिपूर्ण समाजको निर्माणमा विद्यार्थीहरू प्रतिबद्ध हुन पुग्दछन् । अतः शान्ति समझदारी र अन्य मानवीय मूल्य र मान्यतामा आधारित समाज निर्माण गर्न युवा सशक्तिकरण जस्ता प्रभावकारी संयन्त्रलाई अगाडी बढाउनुपर्दछ ।
अब बन्ने संविधानमा बालअधिकार सुनिश्चित हुनुपर्नेमा पक्कै कसैको विमति हुने छैन ।
-रमेशप्रसाद गौतम

अमेरिकामा राष्ट्रियताको पक्षमा फैसला

मार्टिन लुर्थर किङले “मसँग सपना छ” भन्ने बिषयमा दिएको भाषणमा अमेरिकामा हुने गरेको कालोजाती माथिको विभेदको अन्त्य गर्नु पर्ने माग राख्दा, सायदै उनले पनि सोचेका थिए कि एकदिन संसारको शक्तिशाली मुलुकको राष्ट्रपति कालो जातीको हुनेछ । तर डेमोक्रेट उम्मेदबार बाराक ओबामाले लुथरको सपनालाई अमेरिकाको ४४ औं निर्वाचित राष्ट्रपति भएर पुर्णता मात्र होइन त्यसलाई उत्कर्षमा पुर्याइ दिएका छन् । ओबामाको विजयले अमेरिकाको इतिहासमा सबै प्रकारका मान्छेलाई अमेरिकाले ठाउँ दिन्छ भनि लेख्न सहज र सजिव तुल्याएको छ । यो विजयले काला जातिमाथीको सबै किसिमको भेदभावलाई अन्त्य गरेको छ । अमेरिकी जनताले जातभन्दा माथि उठेर अमेरिकाको पक्षमा निर्णय गरेका छन् । उनीहरूले अमेरिकालाई परिवर्तन गर्ने मान्छेलाई सबैभन्दा माथी उठेर राष्ट्रियताको बारेमा सोच्न उत्साहित गरेका छन् । रंग, जात, सम्प्रदायको मुद्दामा अल्झिएका देशहरूलाई अहिलेको समयमा अमेरिकी जनताले महत्वपुर्ण सन्देश प्रवाहित गरेका छन् । यसका लागि उनीहरूलाई धन्यवाद दिनै पर्छ ।
“अमेरिकाको शक्ती भनेको बन्दुक र युद्ध होइन, प्रजातन्त्र, मानव अधिकार र आदर्श हो” विजयी भए लगत्तै ओबामाले दिएको यो अभिव्यक्तीले उनको शान्तिप्रतिको प्रतिवद्धता व्यक्त गर्दछ । उता पराजित रिपब्लिकन पार्टीका उम्मेदबार जोन मेक्केनले ओबामाको विजयलाई सहज रूपमा लिएर आफ्ना समर्थकलाई उनलाई सहयोग गर्न भन्नुले पनि राष्ट्रियताको कुरा सबैभन्दा माथी भएको प्रमाणित गरेको छ । जुन जहिले पनि दलगत मुद्दामा अल्झिरहेका र एकअर्काको कमजोरी देखाउन उधृत नेपाली राजनीतिज्ञलाई समेत गतिलो सन्देश हुन सक्छ ।
प्रतिद्वन्द्धी रिपब्लिकन उम्मेदबार जोन मेक्केनको तुलनामा युवा ओबामाको पक्षामा उर्लिएको जनलहरले अमेरिकीहरू इराक र अफगानस्तानको युद्धले धुमलिएको छवी सुधार्न चाहन्छन् भन्ने देखाएको छ । पछिल्को सर्वेक्षणमा अमेरिकाको लोकप्रियतामा कमी आएको छ । राजनीतिक विश्लेषकहरूले त ओबामाको विजयले सबै तह र तप्कमा परिवर्तन गर्ने टिप्पणी गरेका छन् । ओबामा आप्रवासी नितीमा लचक हुन्छन् भन्ने विश्वास गरिएको छ, त्यसैले पनि आप्रवासीहरूले ओबामाको पक्षमा खुलेर समर्थन गरेक थिए । अमेरिका बाहिर गरिएका सर्वेक्षणहरूमा पनि मेक्केनभन्दा ओबामा नै अगाडी थिए ।
अहिले अमेरिकाले भोगीरहेको वित्तिय संकट र आतंकवादको लडाई नै ओबामाको प्रमुख दुई चुनौती हुन् । ओबामाले परिवर्तनको नारा दिएका छन् र उनले सबै अमेरिकी जनताका साथसाथै विश्वलाई नै अमेरिकाको सुधारिएको छवीको विश्वास दिलाउनु पर्ने हुन्छ । अब अमेरिकाले आतंकवादको नाउँमा सार्वभौम सम्पन्न मुलुकमा हमला गर्न रोक्नुपर्छ र ओबामाबाट विश्व समुदायले गरेको प्रमुख अपेक्षा पनि यहि हो ।

१९ औं अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइँदै

काठमाडौँ, मङसिर ५- नोवेम्वर २०/'नयाँ नेपालको नयाँ संविधान बाल अधिकारको पूर्ण सम्मान' भन्ने मूल नाराका साथ आज १९ औं अन्तर्राष्ट्रिय बालअधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
बालअधिकार सम्बन्धी महासन्धी सन् १९९० मा अनुमोदन गरेपछि त्यसको कार्यान्वयनका लागी नेपालले पनि थुप्रै काम गरिरहेको नेपाल सरकारको दावी रहेको छ । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा बालअधिकारसँग सम्बन्धित सङ्घसंस्थाले आज बिहानैदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न ठाउँमा र्याली निकालिरहेका छन् ।
बालअधिकार दिवसकै सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगले विगतमा भएका बाल अधिकार सम्बन्धी प्रतिवद्धताहरूलाई यथाशीघ्र कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । आयोगले विज्ञप्ति निकालेर सरकारलाई संविधानमा व्यवस्था गरेअनुसारको बालअधिकार प्रत्याभूत गर्न आग्रह गरेको हो ।
बालअधिकार संरक्षण, प्रवर्द्धन र परिपूर्तिका लागि नेपाल सरकारलाई विभिन्न समयमा सिफारिसहरू गरिरहेको उल्लेख गर्दै आयोगले कार्यान्वयन हुन बाँकी रहेका सिफारिसको कार्यान्वयनका लागि नेपाल सरकारले तत्काल पहल गर्नु पर्ने समेत आवश्यकता औल्याएको छ । नेपालका हजारौं बालबालिकाहरूलाई राहत, पुन:र्स्थापना र सामाजिक पुन:एकिकरणको खाँचो रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालको नयाँ राष्ट्र गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरुका रगतले, स्वतन्त्र र अटल
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

- ब्याकुल माइला (प्रदिपकुमार राई)

वाईसीएलको लाइसेन्स

माओवादीले जतिसुकै ठूलो क्रान्तिकारी र परिवर्तनको नारा दिए पनि उसका व्यवहार मध्ययुगीन बर्बरता सम्झाउने खालका छन् । हिजो जनयुद्धका नाममा थुप्रै अक्षम्य अपराध भए । तिनका दोषीलाई न कुनै कारबाही गरिएको छ, न त पीडितलाई उचित राहतको व्यवस्था नै । शान्ति प्रक्रिया हुदै सत्तारोहण भइसक्दा पनि उनीहरूको कार्यशैलीमा परिवर्तन आएको पाइएन । रामहरि श्रेष्ठ प्रकरण सेलाउन नपाउदै र त्यसका दोषीलाई कारबाही नहुदै फेरि कलंकीका दइ युवाको निर्मम, क्रूर र अमानवीय ढंगबाट हत्या भयो । वाईसीएल राजनीतिक विचार र दर्शनबाट अभ्रि्रेरितभन्दा पनि आपराधिक मानसिकता बोकेका केही अराजकको भीड भएको छ । उनीहरू राजनीतिक संरक्षणको आडमा अपराध गरिरहेछन् । र गर्वसाथ उनीहरू संगीन अपराधहरू स्वीकार्दै र दोहोर्‍यादै जान्छन् । तर कहिल्यै सच्चिदैनन् । के वाईसीएल अपराध गर्ने वैधानिक लाइसेन्स बोकेको जत्था हो् - होइन भने उनीहरूको व्यवहार लोकतान्त्रिक र कानुनसम्मत हुनुपर्‍यो ।
सरकारको नेतृत्व गरिरहेको पार्टर् नारा अग्रगमनकारी देखिए पनि व्यवहार उग्रवादी नै रहिरह्यो । एकपटक माओवादीलाई पनि हेरां भनेर भोट दिएका जनताको नै बारम्बार अपहरण-हत्या हुन थालेको छ । जबसम्म पार्टर्ी कार्यकर्तालाई जिम्मेवार बनाउदैन, तबसम्म माओवादी व्यवहार र्सवसाधारणलाई भ्रातृ संगठन वाईसीएलको कामले माओवादीको हिंसात्मक चरित्र फेरि उदांगिएको छ । बाराका पत्रकार वीरेन्द्र शाह र कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याले माओवादी पार्टर्ीीथि जनताको आस्था घट्दै गइरहेका बेला कंलकीका पुष्कर डंगोल र निर्मल पन्तको हत्याले एकपटक फेरि माओवादी उदांगिएको छ ।
वाईसीएलले अराजक व्यवहार र उद्दण्डता किन छाड्न सक्दैन - वाईसीएलकै व्यवहारले माओवादीप्रति जनताको विश्वास गुम्दै गइरहेछ । यस्तो अवस्थामा माओवादीले उसको अराजक व्यवहार रोक्न कडा कदम चाल्नर्पर्छ । अन्यथा माओवादीलाई वाईसीएलले नै भष्म गर्ने छ । माओवादी नेतृत्वले गम्भीर भएर सोचोस् ।

Thursday, November 20, 2008

मेरो नेपाल

धेरै भयो, न लेखेको, देश सम्झि किन
के लेख्नु, मनै रुवाई, नेता देखी किन।
बहुदल आयो, बहुदल खायो, लुटे सबले देश
कोही तराई, कोही पाहाड, नरहने भो भेष।
हुटिटयाउ भई, देश थाम्ने, गिरिजा देशको नेता
गिद र ब्वासोको, लुछा चुडीमा, हुनेभो देश सुहा।
कहिले माओबादी,कहिले खाओबादी,सबले मारे जनता
गनतत्रको नाममा, खेल्नु खेले, देशै भयो गन्धा।
जनता मरे, देशको नाममा, नेताको भो चइन
बाडी चुडी, खाए देशको बजेट, बनाई आफै एन।
नाङो जनता, गरीब देश, राजा देसको धनी
बिष्नुको अबतार, घर न घाटको, गरे सि मन्परी।
कुर्सी प्यारो, पद राम्रो, लाचारी-बैमानी नेतालाई
देश बनाउ, लागेन कहिले, बादरे नितीको नेतालाई।
महङी बडाछ, आम्दानी छैन, जनताको भो बेहाल
कुर्सीको लागी, कुकुर झै लड्छ, नेता भो पागल।
बुदको देश, हिन्दु राष्ट्र, सबै भो चक्नाचुर
सत्यको सधै, बिजय हुन्छ, गरे नि अत्याचार।
सन्धि सम्झौता, थाहा नहुने, नेपालको बरिस्ट नेता
कहिले टिस्टा, कहिले टनक्पुर, सार्याछ देशको सिमाना।
नगर्नु भरोसा, नेपाली नेताको, बेच्या छ नदी नाला
होसियार हुनु, देशलाइ बेची, बिदेश पोइला जाला।
भाषन गर्छ, नकली नाटक, सधै जनता छकाउन
चुनाब आयो, जान्छ गाँउ, फटाहा जनतालाइ फकाउन।
झोला चपलमा, भेटिने नेताको, काठ्मा गाडी महल
देशको बजेट, भाग बन्डा लाए, नेता बनेर दलाल।
देशको लागी, सहिद भयो, भोक-भोकै बल-बच्चानपाउदा
खाना, बिधुवा बुढी, बेच्दैछ सहिदको सपना।
झुकाई जनता, लुटेर देशलाई, मनाउ खुब मज्जा
कुन दिन हान्छ, ज्ञानेलाई जस्तो, जनताले जोर लात्ता।
भना-भन, हाना थाप मै, अल्झियो देशको रजनिती
पद कै भोका, बदनामी नेताहरुले, गर्लार देशको प्रगती।
दिनमा यता, रातमा उता, फेर्नु फेर्यो नेताले रुपमद
भेद त्यागी, देश बनाउन, कहिले होला एकजुट।
नेता मिली, जनता लडाउ, अझै मार्नु मार पापी
देश जलाई, जनता रुवाई, गर्नु मोज गर जाली।
कहिले तराई, कहिले भ्याली, बन्द गर टाएर बाली
देश जलाई, आगो ताप्ने, नेता कती भाग्यमानी।
डुले पनि, देश बिदेश, फेरिएन कहिले नेताको गिह्दि
मेरै गोरुको, बारै ट्क्का, छोडेन भडुवाले लेडे ढिप्पी।
प्राडो पाजेरो, माडेको घरमा, नेता बिक्यो पैशाको लागी
लाज सरम, सबै चपाए, नेतालाई लाग्यो भोक मारी।
बनाउ नेपाल, सुन्दर सान्त, बिश्वमा नेपाली चिनाउन
नगरी युद, भैइ एक जुट, बनाउ हामीले नेपाल।
सबैले भनौ, जय २ नेपाल, नेपाली सब समान
हातमा हात राखी, कसम खाई, बनाउ हाम्रो नेपाल।
जय जय नेपाल।

दिलिप योन्जन

" नेताहरुले भाषण गरेकैछन "


नेताहरुले भाषण गरेकैछन
झुट्टा आश्वासन दिएकैछन्
नेताले चुनाबमा गर्छन् प्रतीज्ञा
जितेपछी गर्छन् अवज्ञा
तिमीहरुमात्र गणतन्त्र आएको छ
जे गरेको भएकै छ
काम नगरि तलब आएको आयै छ
संबिधान सशोधन भएको भयै छ
तिमीहरुकै दिन हुन जे मन लाग्छ गर
कुर्सिका लागी तछाडमछाड गर
अब कती सत्ता र कुर्सिमात्र
देशलाई पनि आ-आफ्नो भागमा लगाउ
छुट्टा छुट्टै प्रदेश बनाउ
वाइसे चौबिसे राज्यको याद दिलाउ
हामी सोझा साझा जनता थाहै छ
तिमीहरुले झोपडिको सट्टा महल पक्कै बनाउछौ
आफ्ना वा आफन्तमात्र विदेश पठाउछौ
नाताबाद,क्रिपावाद गरी कतिलाई जागिर खुवाउछौ
योग्य,इमन्दार कति मानिसलाई धोका दिलाउछौ
तिमीहरुकै कारणले देशमा
महङ्गीले चरमसिमा नाघेको छ
कुकर्म,अन्याय र अत्त्याचार ढाकेको छ
विश्वमा जलश्रोतको धनी देशमा
पीउने पानीको हाहाकार छ
लोड्सेड्ङ अपरिहार्य छ
सर्बशुलव भन्नु नेपालमा
मात्र फोहोर र बेरोजगार छ
हे नेताहरुहो सोच हो सोच
ब्यक्तिगत,पार्टिगत स्वार्थ त्यागी
देशको भलाई काम गर्न
अन्यथा,जनताले अर्को क्रान्ति गर्नछन
त्यसबेला तिमीहरुका दिन बितिसकेका हुनेछन
तिमीहरु दिन बितिसकेका हुनेछन

Wednesday, November 19, 2008

म हराएको सुचना

सन् २००४ फेब्रुअरी ५ तारिखमा अमेरिका आएदेखी म मेरो आफ्नो भूमिका, मेरो स्थान र मेरो धरातलको खोजिमा छु । तर मैले आफुलाई कहिल्यै भेट्टाउन सकिन । धेरै पैसा कमाउने ठुलो सपना छोडेर पनि म आफ्नो परिचयको खोजिमा अझै भौतारीइरहेको छु । खै मैले कहिले चिन्छु, कहिले पत्ता लगाउछु, यो संसारको भुमरिमा, यती सारा मान्छेहरुको भिड्मा । तर म आफ्नो खोजी जारी राखेको छु । यहाँहरुले पनि मलाई कतै भेट्टाउनु हुन्छ कि ?


धेरै महत्वाकाङ्क्ष्या नभएको
इक्ष्या धेरै भएको
आशा धेरै भएको
निराशा हुँदै नभएको तर दुनियाँ चिन्न नसकेको
धन चिन्न नभ्याएको
म हराएको छु भेट्टाएमा
मलाई नै बुझाई दिनु होला ।

गाउमा मास्टरी गर्दा गर्दै डि.भि चिट्ठा परेर
थोत्रो साईकल बेचेर
हावाजात चढेर
सरर अम्रिका छिरेको
डलर को भारी पुर्याउन कहिले उता
अनी कहिले यता गर्ने तर बैंक खातामा जीरो र
क्रेडिट कार्ड मा टन्न क्रेडिट भएको म हराएको छु
भेट्टाएमा मलाई नै बुझाई दिनु होला ।


सहयोग गर्न खोज्ने
असहयोग गर्नै नजान्ने
राम्रो गर्ने तर
जस कत्ती नपाउने
नराम्रो नगर्ने तर गाली पाउने
स्पस्ट बोल्दा गाली खाने
तर चाप्लुसी गर्नै नजान्ने
साचो बोल्ने बानी भएको
तर सबैलाई चित्त बुझ्ने कुरा नजान्ने
म हराएको छु भेट्टाएमा मलाई नै बुझाई दिनुहोला ।


दर्शन नपढेको तर दार्शनिक पढेको
सिद्धान्त नपढेको तर ज्ञान पढेको
धेरै जान्न खोज्ने तर केही थाहा नभएको
पढ्न खोज्ने तर पढेको बिर्सने बानी भएको
लेख्न खोज्ने तर लेख्न नजान्ने
हास्न खोज्ने तर रुन्चे कर्म भएको
पिर चिन्ता नभएको तर
पिरै पिर र चिन्तै चिन्ता आइलाग्ने
म हराएको छुभेट्टाएमा मलाई नै बुझाई दिनुहोला ।


अती देश प्रेमी तर बिदेसिएको
अती आफन्त प्रेमी तर बिछोडिएको
आदर्शबादी तर व्यबहारिकताले किचेको
ठुला सपना देख्ने तर बिपनामा केही नगर्ने
पैसो बिना नथुक्ने जमानामा जन्मेको
तर सित्तैमा जती पनि जोत्न सकिने
अर्काले उचाल्न पछार्न नसक्ने
तर आँफै उचालिने पछारिने म हराएको छु भेट्टाएमा मलाई नै बुझाई दिनुहोला ।

देश फर्कने चाहना भएको
तर बाटो खर्च जुटाउन नसकेको
योजना धेरै भएको तर कार्यन्वयन गर्न नसकेको
प्रगतिशिल सोचाइ भएको तर यथास्थितिमै रुमल्लिइरहेको
अगाडी बढ्न खोज्ने तर
बैशाखी नभै नहुने
सतहबाट माथि उठ्न खोज्ने
तर उठ्न खोइ के भको के भको
यस्तो म हराएको छु
कृपया भेट्टाउनेले मलाई नै बुझाई दिनु होला ।

Provided By : Lekh Nath Gautam

सविंधानसभा गफ होइन, काम गर

संविधानसभा निर्वाचन सम्पन्न भएको सात महिना बितेको छ । पहिलो बैठकले पारित गरेको राजनीतिक एजेन्डाबाहेक यसबीच बसेको प्रायः सबै बैठकहरू केवल व्यवस्थापिकाको हैसियतका छन् । इतिहासको अमूल्य ६ महिनाको समय केवल राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री चयन, सत्ता सन्तुलन मिलाउने, नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने काममा बितेको छ । अब संविधानसभाको आयु केवल डेढ वर्षात्र बाँकी छ । विशेष कारणले समय अपुग भए ६ महिना थप गर्नसकिने संवैधानिक व्यवस्था रहेकाले अबको दर्ुइ वर्षा मुलुकले नयाँ संविधान पाइसक्नुपर्नेछ । केवल संविधानसभा सञ्चालनको नियमावली तयार गर्न त दलहरूलाई महिनौं लाग्यो, त्यो पनि हि्वपको विवादास्पद विषय थाती नै राखिएको छ ।
दलीय शासन प्रणालीमा विश्वास राख्ने दलहरू स्वयं आफूद्वारा लगाइने हि्वपको प्रस्तावलाई स्थगन गर्न तयार हुनु भनेको आफैंमा लज्जाको विषय हो । ठूला दलहरू र अधिकांश सभासद्हरू हि्वपको पक्षमा रहँदा रहँदै पनि त्यसलाई स्थगन गर्न बाध्य हुनुपर्ने अवस्था कसरी सिर्जना भयो - समावेशी संविधानसभामा संविधान निर्माणको समयमा विवेकको मत प्रयोग गर्न पाउने व्यवस्था आफैंमा लोकतान्त्रिक त होला । यो अधिकारले सभासद्लाई आफ्नो जातीय, सामुदायिक र भौगोलिक अधिकारलाई सुरक्षित गर्नेतर्फमार्गप्रशस्त भएको बताइन्छ । तर, पार्टर्ीीे घोषणापत्रका आधारमा र पार्टर्ीीे चुनाव चिन्हबाट निर्वाचित भएर आउने सभासद्लाई व्यक्तिगत विवेकको मत प्रयोग गर्न पाउने अधिकार कसरी सुरक्षित रहन्छ, त्यो त भविष्यले पुष्टि गर्ला नै । यसले निश्चय पनि दलीय शासन र नियन्त्रणलाई कमजोर बनाउनेछ । यद्यपि, दलत्यागसम्बन्धी कानुन ल्याएर सभासद्हरूलाई आचारसंहितामा बाँध्ने प्रमुख दलका नेताहरूले बताइरहे पनि सबै दलहरू तथा संविधानसभाले त्यसै गर्ला भन्ने कुराप्रति सुनिश्चित हुन सक्ने कुनै आधार छैन ।
पछिल्लो राजनीतिक कालखण्ड नेपाली इतिहासका सबैभन्दा गौरवशाली दिनहरूको रूपमा अंकित रहने कुरामा दर्ुइमत छैन । विक्रमाब्द साठीको दशक नेपाली क्रान्ति र परिवर्तनको ऐतिहासिक दशकको रूपमा सावित हुँदैछ । त्यसका निम्ति एउटै पर्ूवर्सत बाँकी छ, आगामी दर्ुइ वर्षभत्र संविधान निर्माण भएर मुलुक स्थायी संरचनातर्फअगाडि बढनर्ुपर्दछ । तर, हाम्रा राजनीतिक पार्टर्ीी नेताहरूको दिनचर्या र कार्यशैली हर्ेर्ने हो भने पर्ूण्ारूपले आशावादी हुन सक्ने अवस्था छैन । विगत पनि त्यति सन्तोषजनक रहन सकेन, केवल १९ दिने महान् जनआन्दोलन र गणतन्त्र स्थापनाले ती असन्तोषहरूलाई ओझेलमा थाती राखेकोमात्रै हो । हाम्रो राजनीतिक व्यवस्थाले पुरानो सिद्धान्त र संरचनालाई तोड्दै हामीलाई नयाँ दिशामा अघि बढाए पनि चिन्तन र कार्यशैलीमा उही पुरानै र्ढरा यथावत् छ । परिणामतः मुलुकमा जे जति परिवर्तन भएका छन्, त्यसले कुनै नयाँ आशावादी चमक दिन सकेको छैन । निरंकुश राजतन्त्र ढलेको छ, गणतन्त्र आएको छ । जनताका लागि त्यो केवल आदर्श र नारामात्र सावित भएको छ । पार्टर्ीी नेताहरूमा देखिएको ढिलाढाला र मनोमालिन्यताका कारण मुलुक नयाँ दिशामा अघि बढ्ने सम्भावना क्षीण देखिएको छ । नयाँ नेपाल निर्माण केवल आदर्श र नारामा सीमित हुने खतरा बढ्दै गएको छ ।
संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेर सरकारको नेतृत्व गरिरहेको माओवादी र निर्वाचनमा पराजय खेप्न र आफूले भनेजसो नभएकै कारण प्रतिपक्षमा बस्न बाध्य कांग्रेसबीच चलिरहेको राजनीतिक ध्रुवीकरणका कारण मुलुकको अग्रगामी यात्रा धरापमा छ । सबै राजनीतिक पार्टर्ीीको एकता र पहलमा शान्तिप्रक्रिया संविधानसभा निर्वाचनको चरणमा आइपुगेको थियो । निर्वाचन परिणाम र दलहरूको आपसी हठका कारण सहमतिको अभ्यास समाप्त पारियो । राष्ट्रपति निर्वाचन र सरकार परिवर्तनको क्रममा माओवादी दम्भ र त्यसपछि कांग्रेसमा पलाएको प्रतिशोधको मानसिकताका कारण अनिवार्य रहेको सहमतिको राजनीति अघि बढ्न सकेन । विगतमा व्रि्रोही र सरकारको सहकार्यमा रहँदा पनि प्रतिपक्षी मानसिकतामा रहेको माओवादी सरकारको नेतृत्वमा पुगेपछि उसका क्रान्तिकारी नारा र भाषणहरू एकाएक ठण्डाए । प्रायः सत्ताको अधिपतिको रूपमा रहेको कांग्रेस प्रमुख प्रतिपक्षी दलको रूपमा उभिन र आफूलाई क्रान्तिकारी देखिन आन्दोलन र सरकारलाई अल्टिमेटम दिने तहमा पुग्यो । कांग्रेसले अल्टिमेटमसहित आन्दोलनको आह्वान गर्ने र माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल कांग्रेसको माग पूरा गर्न पुनः प्रतिबद्धता जाहेर गर्नुपर्ने स्थिति सिर्जना हुनु नेपाली राजनीतिमा कम रोमाञ्चकारी विषय होइन ।
अहिले एकाएक माओवादी लडाकू समायोजनको विषयले राजनीतिको बजार गर्माएको छ । प्रमुख राजनीतिक पार्टर्ीीे परिभाषा र विशेष समितिमा कांग्रेेसको असहभागिताका कारण सरकारद्वारा गठित विशेष समिति धरापमा परेको छ । क्यान्टोनमेन्टमा रहेका करिब उन्नाईस हजार माओवादी लडाकूलाई कहाँ र कुन रूपमा समायोजन गर्ने भन्ने अत्यन्त संवेदनशील विषयलाई ज्यादै महत्त्वका साथ उछाल्ने र कम आंकलन गर्ने प्रयास भइरहेको छ । माओवादी नेतृत्वको एउटा समूह संगठित रूपमै माओवादी लडाकू नेपाली सेनामा समायोजन चाहन्छ । अर्को समूह मापदण्ड र योग्यताका आधारमा केहीलाई सेना र बाँकीलाई अन्य सुरक्षा निकायहरूमा समायोजन चाहन्छ । कांग्रेस लडाकू समायोजनको विपक्षमा खडा छ, एमालेको स्पष्ट धारणा अझै आएको छैन, यद्यपि ऊ माओवादी लडाकूको मिश्रति समायोजन चाहन्छ । अर्को प्रमुख दल मधेसी जनअधिकार फोरम समायोजनको विपक्षमा रहेको छ । वास्तवमा समायोजनको विषयलाई सही ढंगबाट हल गर्नेभन्दा पनि यसलाई पार्टर्ीीवशेषको मुद्दा बनाएर गोलमोटल बनाउने कोसिस भएको छ । विशेष समिति सम्भावित पर्ुनर्गठनको प्रक्रियामा रहेको भए पनि समायोजन चाँडै निष्कर्षा पुग्न नसकिने र अत्यन्त गम्भीर र संवेदनशील विषय भएकाले संविधानसभाको आगामी कार्यतालिकालाई यसले प्रतिकूल असर नपुर्‍याउला भन्न सकिन्न ।
सामान्य हर्ेदा सहज जस्तो लागे पनि आगामी संविधान निर्माण प्रक्रिया अत्यन्त जटिल र चुनौतीपर्ूण्ा छ । कस्तो प्रकारको राज्यप्रणाली टुंगो लागेपछि संविधान बन्ने प्रक्रिया सहज होला । तर, यहाँ संविधान निर्माणभन्दा पनि मुलुकको राज्य पुनर्संरचना कुन रूपमा हुने भन्ने सवाल गम्भीर छ । राज्य पुनर्संरचना अनेकन मोडालिटीबाट संगठित असंगठित रूपमा आइरहेको भए पनि राज्य वा सरकारको तर्फाट कुनै पनि काम अगाडि बढेको छैन । मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, भौगोलिक धरातल बहुलतायुक्त भएका कारण राज्य पुनसंंरचना क्रममा त्यसलाई गम्भीरताका साथ केलाउनु आवश्यक छ । राजनीतिक प्रणाली कस्तो मोडालिटीमा हुने, संघीयता विभाजनका आधार के हुने, केन्द्र र संघबीचको सम्बन्ध कस्तो हुने, मुलुकको आर्थिक प्रणाली कस्तो हुने, निर्वाचन प्रणाली कुन प्रकारको हुने, राज्यका अन्य अंग र उनीहरूको कार्यक्षेत्रलगायत तमाम विषयहरूलाई राज्य पुनर्संरचना र संविधान निर्माणक्रममा निष्कर्षा पुग्नर्ुपर्दछ । संविधान लेखिरहँदा राज्यका स्रोत साधनलाई कसरी वितरण गर्ने, आम जनताबीच रहेका सबैखाले असमानतालाई कसरी हल गर्ने, मुलुकमा नयाँ रूपमा देखापरिरहेका द्वन्द्वहरूलाई कसरी हल गर्ने भन्ने विषयहरू पनि निरूपण हुनु आवश्यक छ । र्सवदलीय राज्य पुनर्संरचना आयोग गठन गर्ने भनिए पनि अहिलेसम्म त्यसको गृहकार्य भएको छैन । आधारभूत तहका जनतासम्म पुग्नुपर्ने यी अहं सवालहरूको बारेमा सरकार र संविधानसभा गम्भीर हुन नसकेका कारण समयमै संविधान बन्ने कुरामा गम्भीर आशंका पैदा भइरहेको छ ।
त्यसैले, अब विलम्ब गर्नेबेला छैन । धेरै पहिलादेखि नै संविधान निर्माण प्रक्रिया सुरु हुने भनिए पनि सभामुख सुवासचन्द्र नेम्वाङले यही १ मंसिरबाट सुरु गर्ने प्रतिबद्धतालाई समयमै कार्यान्वयन गरिनर्ुपर्दछ । दल तथा नेताहरू निहित लाभ हानीको निहित स्वार्थबाट माथि उठेर आगामी डेढ वर्षभत्र संविधान निर्माण गर्ने कुरामा उच्च प्रतिबद्धताका साथ लाग्नर्ुपर्दछ । स्वार्थको अनावश्यक खिचातानी, आपसी कलहमा गुज्रिरहने हो भने संविधान बन्नै नसक्ने खतरनाक अवस्था पनि आउन सक्छ । दल र नेताहरू अनावश्यक ढिलासुस्ती र गतिहीनतालाई त्यागेर सामूहिक स्वार्थ र मुलुकको उज्ज्वल भविष्य निर्माणका लागि विशाल छातीका साथ प्रस्तुत हुन जरुरी छ । आम नागरिक दल, सरकार, नेता र संविधानसभा गम्भीर भएको हर्ेन चाहिरहेका छन् ।
केवल खोक्रा भाषण र आदर्शमा होइन, कार्यान्वयनमा जिम्मेवार हुन आवश्यक छ । केवल सरकार बनाउने, भत्काउने वा कसैले कसैलाई निषेध र अवमूल्यन गर्ने काममा होइन, संविधान निर्माणको कामलाई प्राथमिकतामा राखेर जनताको र्सार्वभौमिकता र समृद्धिको खाकासहितको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुनिश्चित गर्ने संविधानको अपेक्षा पूरा गर्न संविधानसभा चुक्ने छैन । नेपाली जनताको सपना साकार पार्न संविधानसभा र माननीय सभासद्हरू हरेक दिनलाई परिणाममुखी बनाउनेतर्फगम्भीर हुन जरुरी छ । समस्या, आवेग रआवेश होइन, धर्ैयता, सहमति र सहकार्यका साथ अगाडि बढ्न र इतिहासको जिम्मेवारीलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नसकेमात्र नयाँ संविधान र नयाँ नेपाल निर्माणको कार्यभार पूरा गर्न सकिन्छ

युथ फोर्स र वाईसीएलको आतंक

अहिले जताततै युथ फोर्स र वाईसीएलको प्रतिस्पर्धा देख्न सकिन्छ । उनीहरू प्रत्यक्षरूपमा जनतालाई आक्रमण गरेको देखाउँदैनन् । तर, आन्तरिक तवरबाट धम्की, डर र त्रास अनि तनाव दिएर जनतालाई भित्रभित्र आतंकित पार्न पहिलेभन्दा पनि खप्पिस भएका छन् ।
विभिन्न भागमा शिक्षक, प्रधानाध्यापकहरूको राजीनामा गराएर आफ्नो पक्षको नियुक्ति गराउने र विद्यालय व्यवस्थापन समितिमा पनि परिवर्तनको नाममा आफ्नो पक्षमा रहेका तर 'क' को अक्षरसमेत नजानेकाहरू जसले शिक्षाको महत्त्व नै बुझेको छैनन्, त्यस्तालाई पदमा स्थापित गराउने काम अहिले ग्रामीण तहका विद्यालयहरूमा भएको छ । जहाँ फरक मत राख्नेहरूलाई गाउँका माओवादीको वाईसीएल तथा एमालेको युथ फोर्सले निलम्बन गराउने, जरिवाना तिराउने तथा आतंकित पार्ने गरेको पाइन्छ । निर्वाचनमार्फ अनुमोदित भएको जिम्मेवार दल जसले सरकारको समेत नेतृत्व गर्दैै गरेको समयमा आफ्नै भ्रातृसंगठनहरूले केवल एकाधिकारवादी सोचबाट प्रेरित हुँदै जनताबाट प्राप्त बललाई दुरुपयोग गर्दै विचारको भिन्नताको आधारमा वा फरक मत राख्दैमा त्यसलाई फेरि पनि आतंकित पारेर जनताको मनोबललाई कमजोर पार्ने जुन दुष्प्रयास भएको छ यो अति नै विडम्बना र स्वयं माओवादीलाई नै घातक हुनेछ ।
यसले राम्रा विचार बोक्ने र स्वच्छ छवि भएका माओवादी कार्यकर्ताहरूको मुखमा बुझो लगाउने काम भएको छ । यस प्रकारका गतिविधिवाट माओवादीलगायत कुनै पनि दलका संगठनहरू दिगो हुन सक्दैन भन्नेमा नेतृत्व तहले बुझ्न जरुरी छ । अन्यथा, माओवादीले अहिले सत्तामा पुगेर जितेको अनुभव गरे पनि भविष्यमा राजनीतिक पराजयको सम्भावनाहरू बढ्दै गएमा कुनै शंका नै छैन ।
फरक मत र फरक विचार राख्नेले पिटिनै पर्ने, अन्यायमा पर्नै पर्ने वा जागिरबाट वञ्चित हुनै पर्दछ भने किन गर्ने लोकतन्त्र र गणतन्त्रको बखान -
गहिरिएर माओवादी सरकारको व्यवहार हर्ेर्ने हो भने कहाँ छ लोकतान्त्रिक गणतन्त्र - मेरो आफ्नै गृहजिल्लामा हिजो निर्वाचनमा जसले विचार र सिद्धान्त फरक भए पनि त्वलाई आफ्नो प्रतिनिधि बनाउन चाहँदै आफ्नो राजनीतिक परम्परा नै त्यागेर ऐतिहासिक संविधानसभा निर्वाचनमा धेरै मत ल्याउन सहयोग गरेका थिए । तिनै जनता आज पिटिनुपर्ने, धम्कीका आधारमा आफ्नो पेसाबाट समेत हात धुनपर्ने वा माओवादीमा नै प्रवेश गर्नपर्ने बाध्यातात्मक परिस्थिति बनेकोमा के जनताको यस्ता पीडालाई उजागर कसैले गरेको छ -
के यहाँ मिडियाहरू पुग्न डराएका हुन् - यदि हुन् भने हामीहरूबाट बुझियोस् । के लोकतान्त्रिक गणतन्त्र नेपालमा यस्तो वातावरण सिर्जना हुनु लज्जास्पद होइन - र्सवसाधारणले सुरक्षाकै अनुभूति झलक्क देख्न पाए पनि तनावबाट मुक्त हुन पाएका छैनन् । अब यो सरकारबाट जनताले के आश्ा गर्ने -

असल साथी को?

साथीको बारेमा के लेखु भन्दा पहिला मलाई एउटा कुराको याद आयो।धैरै मिल्ने साथी भएको कारणले रामले आफ्नो साथी श्यामलाई घरमा बोलायो।उनिहरु तीजमा दिदीलाई लिनको त्यसतर्फ लागे।बाटामा धैरै ठुलो जङल पर्दथ्यो।त्यसपछी नदी पनि तर्नु पर्दथ्यो दिदीको घरमा पुग्नको लागि।नदी तर्नु पर्ने ठाउमा अचानक राम र श्याममा झगडा पर्‍यो हात हालाहालको स्थिती सेमत आयो।रामले श्याम लाई एक मुक्का हिर्कायो।श्यामले मुक्का फर्काएन र नदिको किनारको माटोमा आफ्नो साथीले आफुलाई बेइजेत गरायो भन्ने कुरा लेख्यो। दुबैजना नदिको किनरमा बसिरए।साझ पर्न थालिसकेको थियो।उनिहरुलाई जसरी भएपनि नदि पार गर्नु पर्ने थियो।यत्तिकैमा दुबैजना छुट्टाछुट्टै नदि तर्न तर्फ लागे।अली अलि अध्यारो भएको कारणले श्याम नदिको गहिर्याइ तर्फ गएछ अचानक त्यहा ठुलो माछो श्यामको नजिकै आएछ उ धैरै डराएर चिच्यायो बचाओ! बचाओ!! यो आवाजले तुरिन्तै राम श्याम भएको ठाउमा गयो र उसलाई सहयोग गर्‍यो।जसरी तसरी दुबैजना नदी पार गरे।यस घटनापछि श्यामले नदिको किनरको ढुङ्गामा लेख्यो-आज मेरो सबैभन्दा मिल्ने साथीले मेरो जीवनको रक्षा गर्‍यो।यसपछी रामले श्यामलाई भन्यो पहिला तहिले माटोमा र अहिले ढुङ्गामा यस्तो कुरा किन लेखेको?श्यामले जवाफ फर्कायो साथीले जव साथीलाई दु:ख पुर्याउछ उसलाई लेख्नु पर्दछ।ताकी उसले गल्ती गरेको कुरा विस्तारै महशुस गरोस। अव असल साथी हुनेबारे केही कुरा -

Take the initiative-
सर्वप्रथम आफुमा भूमिका ल्याउने।अर्कोले मात्र मित्रता गासोस भन्ने नसोच्ने।नडराइ आफ्नो कुरा अरुतर्फ राख्ने र असल साथीमा Egoको कुनै भूमिका हुँदैन भन्ने बुझ्ने।साथी हुन जति सजिलो छ निभाउन त्यतिनै गार्‍यो हुन्छ। असल साथी हुनको लागि मूख्यरुपमा म र मेरो साथी एक अर्कामा पूर्ण विश्वास हुनुका साथै एक अर्काका सीक्क्रेट पनि सेयर गर्नु पर्दछ भन्ने बुझ्नुप्रदछ। अझ नजिक हुनको लागि साथीको परिबारको बारेमा पनो पूर्ण रुपमा थाहा हुनु पर्दछ।लामो समयको असल साथीका लागि जसरी हुन्छ ती दुबैले एक आपसमा फिलिङको कदर गर्ने कुनै बिषयमा तर्क गर्दा उग्र नबन्ने साथीका कुनैपनि कमी कमजोरी छन भने सम्यमित तरिकाले फेस तो फेस सम्झाउने।साथिको पछडि कुरा नकाट्ने कसैले पनि साथीको बारे नेगेटिव कुरा गरेको छ भने नसुनेझै गर्ने ताकी फेरी उसले साथीको कुरा नकाटोस।मूख्यरुपमा असल साथी हुनको लागि आफु निकै समझदार बन्नु पर्दछ ।साना साना कुरामा एकले अर्कालाई होच्याउनु हुँदैन।हामीले देख्दै आएका छौ साना साना कुराको झगडाले कतिपय विद्यार्थिको एक आपसमा बोलचाल समेत हुँदैन। यसो हुनुमा आफु आफ्नो राम्रो चाहने साथी सेमत गुमाउन पुगिन्छ।


Tips for strong bond of friendship-

१. कसैले पनि साथीको लागि आँफै प्रस्तव राख्ने२. साथीको लागि साना साना सेक्रिफाइस गर्न राजी हुने३. साथी एउटा बाटो हो भन्ने बुझ्दै साथीको पूर्ण विश्वास गर्ने४. साथीको कुरा पछाडि कहिल्ले नकाट्ने५. साथीलाई आफ्ना कुरा बताउन हिचकिचावट नगरने


Alphabat's says-
f- Faithful
R- Reliable
I- In touch
E- Enduring
N-Needed
D- Devoted

How to recognized true friend

असल साथी हुनको लागि स्वयम सिध्द तथ्य त छैन तर आफुले आफ्नो exprience को आधारमा पत्ता लगाउन पर्छ कि को हो मेरो असल साथी? सुखमा सबैले सहयोग गर्छन् नै तर जव मलाई कुनै समस्या परेको छ त्यसबेला जसले हर तरिकाले मध्दत गर्छ त्यही हो तपाईंको असल साथी।त्यही भएरनै भनिएको होला Friend in need is a friend indeed.अव तपाईं र मपनि असल साथी बन्नेकी?

Tuesday, November 18, 2008

शाश्वत वाणी

हतार

प्रकृतिले केहीमा हतार गर्दैन । तैपनि, सबै कुरा चलिरहेकै छ । लावो तिज्वो
लड्दा उठ्न हामी किन हतार गर्छौं ? एकछिन भुइँमै बसेर थकाइ मार्दा हुन्न र ? म्याक्स इस्टम्यान
भगवान्ले समय बनायो, मान्छेले हतार । आइरिस उखान
असाध्यै हतारो र विभाजित लक्ष्य आधुनिक जीवनको रोग नै हो । म्याथ्यु आर्नेल्ड

नाम

बाघ मरेर छालाले बाँच्छ, मान्छे नामले । - जापानी उखान
मान्छेलाई यदी केहीले सयप्रतिशत गतल प्रतिनिधित्व गर्छ भने त्यो नाम हो ।- एलियस क्यानेटी
पूर्खाका कारण हामी नाम पाउँछौ । तर सम्मान पाउन आफै कर्म गर्नुपर्छ ।- विलियम शेक्सपियर
नाम सही छैन भने भाषा सत्यसँग तर्कन्छ । - कन्फ्यूसियस्

जोखिम

जे गर्न सक्दिनँ त्यही गरिरहेको छु, ता कि कसरी गर्ने भन्ने मलाई थाहा होस् । - पाब्लो पिकासो
म मेरो कलम कालो मसीमा यस कारण डुबाउँछु, मसीको भाँडोमा डुबिएला भन्ने खतरा मलाई छैन । - राल्फ वाल्डो इमर्सन
अन्डा खान त्यसको बोक्रो फोर्नैर्पर्छ । -जमैकाली उखान
कुनै अतिरिक्त विचार नै नभई सधैँ सही हुनुभन्दा प्रशस्त विचार भएर कहिलेकाहीँ गलत हुनु राम्रो हो- एडवार्ड डे बोनो
यदि संभावित वाधा पहिले नै झेल्नु पथ्र्यो भने हामीसँग नयाँ भन्ने केही हुने थिएन । - स्यामुअल जोनसन

सेवा

तिमी जति डिग्री सहयोगी छौ, त्यति नै खुसी रहन्छौ । कार्ल रिल्या
जीवनको असली अर्थ रूख रोप्नुमा छ जसको छायामा बस्ने आशा गरिन्न । नेल्सन हेन्डरसन
आफ्नो हात अँध्यारोमा घुसार्न नडराऊ ता कि अर्को हातलाई उज्यालोमा ल्याउन सकियोस् ।नर्मन बि. राइस
अरूलाई गर्ने सेवा तिमीले तिर्ने त्यो भाडा हो जो तिमी यो संसारलाई तिर्छौ ।मोहम्मद अली
म लेखिरहेका ईश्वरको हातको सिसाकलम हुँ जो संसारलाई प्रेमपत्र पठाउँदै छन् ।मदर टेरेसा

रात
पूणिर्माको रात मूर्तिजस्तै निर्दोष हुन्छ ।- नाथानियल हाउथोर्ने
म यदाकदा सोच्छु, दिनभन्दा धेरै जीवन्त र धनी हुन्छ ।- भिनसेन्ट भानरात चन्द्रमाको हात समातेर आकाशमा हिँड्छ । - फ्रेडरिख एल नोलासरात
वास्तवमै काम गर्न उपयुक्त समय हो । त्यहाँ सबै आइडिया तिमीले पाउन किन पनि सक्छौ भने अरू सबै सुतेका हुन्छन् । - क्याथोरिन ओहरा

आशा

आशामा नै माया फैलिन्छ । - जरेव टेग्यु
आशा सबैभन्दा ठूलो शत्रु हो । यसले नै मानिसको दुःख लम्ब्याउँछ ।- पmेडरिक नित्से
आशाले सबै असम्भवलाई सम्भवमा परि णत गर्छ ।- क्रिस्टोफर रिभ
जीवनमा तपाईंले आशा गरेका कुराभन्दा आशा नगरेका कुरा छिटो भइदिन्छन् ।- टिट म्याक्युस प्लाउटस
सबै कष्टको औषधि आशा मात्रै हो ।- विलियम सेक्सपियर
आशाले सबैभन्दा बढी मानिसलाई ढाँट्ने गर्छ ।- म्याभिनेरेगस

डर

जीवनमा केही कुराको पनि डर नमानी यसलाई बुझ्नुपर्छ । मेरी क्युरी
डर अँध्यारो कोठा हो जहाँ नकारात्मक चिन्तन विकास हुन्छन् । उसमान बि. असिफ
डर आर्फ}{सँग राख्नुहोस्, आँटलाई अरूसँग साट्नुहोस् । रोवर्ट लुइस स्टेभन्सन
डरसँग सल्लाह लिने समय हुन्छ तर मलाई उसका कुरा सुन्ने कहिल्यै फुर्सद छैन ।जर्ज एस. पाट्न
धेरैजसो डर टिस्यु पेपरजस्तै पातलो हुन्छ । एक आँटिलो कदमले सबै व्यवधानलाई सहजै पार गर्छ ।ब्रेनदान पmान्सिस







सालिक समस्या होइनन्

नेपालमा सालिक भत्काउने नराम्रो अभियान चलेको छ केही वर्षयता । सालिक तोड्ने यो हुण्डरीमा खाली राजा-महाराजाका सालिक मात्र तोडिएनन्, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ, प्रथम सहिद लखन थापासमेतका सालिक तोडफोड भएका छन् । त्यसैले हालहुलमा खाली राजाका सालिक मात्रै तोडिन्छन् भन्ने भ्रम कसैले पाल्नुहुँदैन । सालिक एकातिर व्यक्तिसँग सम्बन्धित हुन्छ भने अर्कातिर कलाकारसँग, मुलुकको संस्कृतिसँग पनि सम्बन्धित हुन्छ । त्यो मुलुकको इतिहाससँग पनि सम्बन्धित हुन्छ । त्यसैले सालिक भत्काउने होइन, तिनलाई सडक र चोकबाट उखेल्ने र सालिक संग्रहालयमा लगेर राखियोस् जसले कलाकारको सम्मान पनि हुन्छ, राष्ट्रले चारपैसा आम्दानी पनि बढाउँछ । संग्रहालय लोकतान्त्रिक या जनवादी हुँदैनन् । चीनमा पनि दरबारलाई संग्रहालय बनाइएको छ भने पहिलो प्रजातान्त्रिक राज्यक्रान्ति भएको पmान्समा पनि राजारानीका विशाल दरबार तथा मूर्ति संग्रहालयमा सजाइएको छ ।
गृहमन्त्री वामदेवका अहिलेसम्मका सबै काम तारिफयोग्य छन् । तर, सालिक तोड्नु राम्रो होइन । त्यसमा जनताकै पसिना लगानी भएको छ । त्यो ठाउँमा अर्काे सालिक बनाउन झन् धेरै खर्च हुन्छ ।यो त अति नै भयो । हुँदाहुँदा वामदेवजीले सालिकलाई पनि नछाड्ने हुनुभयो । उहाँलाई बढी क्रान्तिकारी देखिन भोलि मुलुककै नाम फेर्ने जङ चल्न के बेर ?सालिक तोड्दैमा निरंकुशता जरैसमेत ढल्दैन । त्यसका निम्ति त सबैका चिन्तन र व्यवहारमा निरंकुशताको अन्त्य हुनुपर्छ ।

गिरिजाबाबु अभिभावक बन्नुस्

गिरिजाबाबुले आफ्ना सभासदसामु उपस्थित भएर नेता भएन भन्ने को हात उठाउनुस् भन्ने आदेशका साथ भन्नुभएछ- 'नेता मै हु“ ।' एकछिन त सबै ट्वाल्ल परेछन् । हात उठाउने हिम्मत कसैले गरेनन् । के झोंक चलेछ कुन्नि । नरहरि आचार्यले हात उठाएर आधिकारिक संसदीय दलको नेता.... मात्र के भन्न भ्याएका थिए, फेरि गिरिजाबाबुले भन्ुनभएछ, 'नेता मै हु“ केही छ भन्नु - मस“ग को चुनाव लड्ने -'
यही सेरोफेरोभित्र घुमेर घुम्ने हो भने कांग्रेसको यो हविगत हुनुका सबै कारण भेटिन सक्छन् । कांग्रेस आफूलाई प्रजातान्त्रिक पार्टर्ीीन्छ, पार्टर्ीी कुनै पनि तहमा प्रजातान्त्रिक अभ्यास देखि“दैन । कुनै समस्याको, निर्ण्र्ााो बारेमा छलफल गरि“दैन । पार्टर्ीी यो गर्न हुन्छ हु“दैन भन्ने सीमा छैन । जसलाई जे गर्न र बोल्न पनि छुट छ । अनुशासन छैन । नीतिगत कुरा गर्नेहरू पछाडि पर्छन् । यही प्रवृत्ति गाउ“सम्म छ । कुरा नमिल्नेलाई खेदो गरिन्छ । गणेशमानजी, किशुनजीहरूले यही नियति भोगे, भोग्दैछन् ।
नेपाली कांग्रेस पार्टर्ीी धेरैको परिश्रम परेको छ । पसिना बगेको छ । रगत खर्चिएको छ । कांग्रेसको गुट, उपगुट, स्वार्थ र यो अवस्था हर्ेन हो - कदापि होइन । फेरि कांग्रेसले काम गर्ने मौका नपाएको पनि होइन । कांग्रेस शासनकालमा र्सवसाधारणस“ग के दिन
सकियो - के पाउनुभयो भनेर सोध्ने समय आएको होइन र - कि र्सवसाधारणलाई अझै पनि वास्तै नगर्दा हुन्छ भन्ने सोच छ - अर्कालाई गाली दिनुभन्दा आफ्नो अनुहार आफैं हर्ेनु राम्रँे हो । कांग्रेस अर्काको कारणले बिग्रिएको होइन ।
जे भए पनि देश पार्टर्ीी नेताहरूकै हातमा छ । नेतालाई मात्र दोष दिनुभन्दा सारा कार्यकर्ता एक भएर दबाब सिर्जना गर्ने समय आएको होइन र - देश युवाको हातमा छ । गल्ती नगर्नेले स्वार्थ नभए किन डराउनु - अब देश युवाले डोर्‍याउनर्ुपर्छ हा“क्नर्ुपर्छ । माल्दिभ्स र अमेरिकाले पनि त्यही देखाएका छन् । पहिलेका चुनावमा कांग्रेसी नेता कार्यकर्ताले ठाउ“ ठाउ“मा जे भने बोले ती पूरा भएका छैनन् । फेरिफेरि चुनावमा के भनेर भोट माग्न जाने -
अब त कांग्रेसी नेता कार्यकर्तामा चेत आयो कि - पार्टर्ीीई प्रजातान्त्रिक बनाउन आवश्यक छ । गिरिजाबाबुको उमेर र व्यक्तित्वले अब नेता होइन अभिभावक हुनर्ुपर्ने हो । अभिभावक बन्नुस् ।
गल्ती गर्नेलाई औंला उठाउनुस् । तब न तपाईंको जिम्मेवारी पूरा हुनेछ । पछिकाले पनि गर्वका साथ तपाईंलाई पढ्ने छन् ।
- कृष्णकान्त

"नेपालीले के गरेको"

सकारात्मक राम्रो कुरा कसैले जान्दैनन
एकअर्कामा सहयोग गर्न कुनै मन खाँदैनन्
सकारात्मक आँखा कसैले देख्दैनन
नसेक्नेलाई सेक्छन्, सेक्नेलाई सेक्दैनन्
निर्दोषीलाई बरु दोषी मान्दछन्
दोषीलाई यहाँ निर्दोषी मान्दछन्
अगाडी सवै कुरा ठिक्क पार्दछन्
पछाडी नभएको जुका पनि झार्दछन्
नेपालमा त एकअर्को लड्छन् लड्छन्
विदेशमा समेत खुट्टा तान्न पछि पर्छन्
कोही राम्रो भएको निको मान्दै मान्दैनन्
कुरा काट्न शिवाय अरु केही जान्दैनन्
केही नगरे विग्रियो फलानो भन्छन्
केही गरे, त्यसले जस्तो अरुले गर्‍या छैनर ! भन्छन्
राम्रो गरे, खै के के गर्छ कुन्नी ! भन्छन्
अलि माथि पुगे, सिध्याउने लिष्टमा गन्छन्
देशमा केही गरौं भने हुतिहारा ठान्छन्
देश बाहिर केही गर्न खोजे "पलायन" भयो भन्छन
खुट्टा तान्ने काममै आनन्द मान्छन
किन हो कुन्नी हाम्रा नेपाली दाजुभाई यत्तिमात्र जान्छन्
मानवाधिकार र स्वतन्त्रताका कुरा गर्छन्
मानवाधिकार विरोधी र पक्षपातले पेज भर्छन्
केही भएको, गरिखाने नेपाली जहाँ पनि दिक्क छ
हाम्रा नेपाली एक अर्कोमा उडाउँदै ठिक्क छ
खुट्टा तान्ने खेलले कोही माथि जाँदैन
आफुमा केही नभए, अरुले मात्र माथि लाँदैन
देश कहाँबाट कहाँ पुग्यो अझै पनि थाहा छैन
वास्तवमा अव नेपालीले नबुझी भा छैन

- रामप्रसाद खनाल, भर्जिनिया अमेरिका

बाँच्नको लागि


कोही बाँच्नको लागि खाने गर्छन् कोही खानको लागि बाँचेका हुन्छन्

मान्छेहरु कोही देशको लागि रुने गर्दछन् कोही पेटको लागि रोएका हुन्छन्

मान्छेहरु, जो बाँच्नको लागि खाने गर्दछन् ती साँच्चिकै मानव हुन्छन्

मान्छेहरु जो खानको लागि बाँचेका हुन्छन् ती त वास्तवमा नरभक्षी हुन्छन्
मान्छेहरु जो देशको लागि रुने गर्दछन् ती देशसँगै दुःख, सुख साट्ने गर्दछन्

मान्छेहरु जो पेटका लागि रुने गर्दछन् ती देशका अस्तित्व गुम्दा पनि हाँस्ने गर्दछन् मान्छेहरु जो देशसँगै दुःख, सुख साट्ने गर्दछन् ती देशको लागि मर्न पनि तयार हुन्छन् मान्छेहरु जो देशको अस्तित्व गुम्दा पनि हाँस्ने गर्दछन् ती यथार्थमा बाँचेर पनि मरेका हुन्छन्

मान्छेहरु जो देशका लागि मर्ने गर्दछन् ती मरेर पनि बाँचेका हुन्छन् मान्छेहरु जो 'नरभक्षी' हुन्छन्
ती त मरेर पनि 'किचकन्या' बन्दछन् साँच्चै मान्छेहरु बाहिर हेर्दा भद्र हुन्छन् भित्र चाहिं छुद्र हुन्छन्।

मेरो गणतन्त्रसम्मको यात्रा र नयाँ नेपाल

देश आज परिवर्तनको संघारमा उभिएको छ वा भनौं परिवर्तनको ढोका अलि अलि उघ्रेको छ । यो मेरो सोचाइ हो, यो मेरो नितान्त व्यक्तिगत धारणा हो भन्दा पनि हुन्छ । अमेरिकामै बस्ने धेरै महानुभावहरुको मुखारविन्दबाट देश डुबेको, खत्तम भएको, सिक्किम जस्तो हुदै गएको, कहिल्यै माथि नउठ्ने जस्ता साह्रै नकारात्मक धारणाहरु व्यक्त भएको पाउँछु । यस्तो धारणा राख्नुहुने व्यक्तिहरु प्राय मभन्दा अग्रज, जान्नेसुन्ने, राजनितिक पृष्ठभूमी भएका र दाह्रीकपाल फुलेका व्यक्तित्वहरु हुनुहुन्छ । यहाँ नेपाल छोडेर प्रवासमा आउनेहरुमा प्राय पढेलेखेका मानिसहरु नै बढि छन् । यस्तै जनसमूहको विचमा प्राय म प्राय एक्लै केहि हुन्छ भन्ने दृढ आशा र भरोसा पालेको मान्छे छु । मलाई कता कता अब देशमा केहि हुन्छ भन्ने आशा छ । देश र जनताले भोग्दै आएका धेरै विकराल समस्याहरुको समाधान हुन्छ भन्ने आशा छ । अझ प्रष्ट भन्ने हो भने माओवादीले केहि गर्छन् भन्ने आशा छ । नेपाली काँग्रेस समर्थित परिवारमा जन्मेको, त्यहि वातावरणमा हुर्केको र सधै रुख भन्दा अन्त भोट कतै नहालेको यो मान्छे विभिन्न बहस, छलफल र वादविवादमा फरक र परिवर्तनको पक्षमा विचार राखेकै भरमा माओवादी भएको वा त्यो भन्दा चर्को भएको आरोप खेप्दै छु । म अहिले पनि प्रजातान्त्रिक समाजवादमा विश्वास राख्छु । जनतालाइ प्रजातन्त्रद्धारा स्वतन्त्रता र समाजवादद्धारा सहयोग दिनुपर्छ भन्ने मान्यता राख्छु ।
मलाइ ठ्याक्कै दिन र बर्षयाद छैन । केहि बर्षपहिले पन्चायत कालमा राजा विरेन्द्र हाम्रो जिल्ला बाग्लुंग गइबक्सेको थियो । गाउँमा राजा आउने रे भन्ने हल्ला चल्यो । स्कुलमा र्सार्वजनिक विदा घोषणा भयो । राजा आउने गाउँ र ठाउँ हाम्रो घरबाट करिब २ घण्टाको उकालो र आधा घण्टा जतिको तेर्र्सो वाटो हिँडेपछि पुगिन्थ्यो । सायद म त्यतिवेला कक्षा पाँच तिर पढ्दो हूँ । सबै साथिहरुसंग उत्साहका साथ त्यतातिर दौड्यौं । त्यतिवेला हामी शिरमा नेपाली टोपी लगाउँथ्यौं । हावाजातको हावाले टोपी उडाउँछ रे टोपी च्याप्प समात्नुपर्छ भनेर बुवाले भनेको सम्झिदै एउटा हातले जाँगे र अर्को हातले टोपी समाएर खाली खुट्टा रिघा पुग्यौं जहाँ राजा आउने वाला होइसिन्थ्यो । राजा आउनुभयो, हामीलाई करिव २०० मीटर टाढा नै रोकिएको थियो । पुरै अनुहार राम्रोसंग नचिने पनि कितावका पान्नामा देखेको भरमा राजा रानी ठम्याएँ । राजा त कति राम्रा । रानी झन् राम्री डल्ली डल्ली गोरी र डोलो र्सलक्क परेको अनुहार । हामीलाइ साच्चै त्यहाँ साक्षात भगवानले दर्शन दिएको अनुभुति भयो । पन्च, अन्चलाधिस र अन्य ठूलाबडाबाट स्वागत पाएर राजा दंग परे । हामी टाढैवाट ताली बजाएर स्वागत गर्यौं । काम सिद्धियो । सरहरुले हामीलाइ घर जान भने । मनमा अचम्मको आनन्द मान्दै, साक्षात विष्णु भगवानको दर्शन पाएको ठान्दै साथीहरुलाई भोलि स्कुलमा गफ दिने सोच्दै उफि्रदै घर तिर आएँ । हेर्नुहोस् राजा प्रतिको मेरो त्यो धारणा, विश्वास र भक्ति ।
त्यसपछि पढाइमा व्यस्त भएँ । राजनिति पनि गाउँमा खुबै हुन्थ्यो । हाम्रो गाउँ सानो थियो तर नाम बडगाउँ । पहिले त्यहाँ ठुलो बरको रुख थियो रे त्यसैले बरगाउँबाट अप्रभंस हुदै बडगाउँ कहलिएको । त्यहाँ सबैजना काँग्रेस समर्थित परिवारको बसोवास थियो । अर्को गाउँ अलि पर थियो गल्यांग । त्यो मसालका नेता चित्रबहादुर केसीको गाउँ थियो । उहाँको प्रभावले गल्यांग मसालमय थियो । पारी पचुवा कडेलहरुको वस्ती थियो । त्यो काँग्रेस गाउँ थियो । हामी कहिले काहि केटाकेटि मिलेर पन्चायत र मसालविरोधी नारा घन्काउँथ्यौं । पन्चायती व्यबस्था मुर्दाबाद, मसाल मुर्दाबाद, नेपाली काँग्रेस जिन्दावाद, प्रजातन्त्र जिन्दावाद । वास्तवमा हामी राजनितिक रुपमा राम्ररी सचेत नभएपनि हामीमा अचम्मको प्रजातन्त्र प्रेम थियो र राजा प्रेम थियो । हामीले राजतन्त्र मुर्दाबाद कहिल्यै भनेनौं । त्यसपछि ३६ सालको अलि अलि सम्झना छ । मसालका एकजना नेता हाम्रो गाउँमा आएका थिए । हामीले त भोट हाल्न पाउँदैन्थ्यौं तर बुवा आमालाइ निलोमा भोट हाल्नुपर्छ भनेको कुनातिरबाट कान थापेर सुने । लाग्यो निलो रंग प्रजातन्त्रको, स्वतन्त्रतको अनि हाम्रा समस्याहरुको समाधान गर्ने जादुछडी हो । मसालै भएपनि उनलाइ त्यो अबोध बालक मनले स्यालुट गर्यो ।

दिनहरु विते । देशमा प्रजातन्त्रको आन्दोलन शुरु भयो । संवैधानिक राजतन्त्रको लागि मानिसहरु सडकमा उत्रिए । म त्यतिबेला पढ्नको लागि चितवनको विरेन्द्र क्याम्पसमा भर्ना भएको थिएँ । क्याम्पसमा पनि राजनिति हुन्थ्यो वा भनौं वाहिर प्रतिवन्ध भएकोले राजनिती गर्ने ठाउँ नै क्याम्पसहरु थिए । मलाइ प्रजातन्त्र प्रति आस्था भए पनि आन्दोलनमा म त्यति सक्रिय रुपमा लागिन । किनभने चितवनमा त्यति चिनजान थिएन । कलेजमा पनि अलि पढ्नुपर्छ भन्ने साथीहरुको संगत भयो । राजनिति गर्ने साथीहरुको संगत नभएको र बुबाले दुःख गरेर कमाएर बचाएको पैसाले चितवन पढ्न आएको अल्मलिएर त्यता लाग्नु हुदैन र पढ्नै पर्छ भन्ने चेतनाले गर्दा म सक्रिय रुपमा आन्दोलनमा लागिन । कलेजका भाषणमा सहभागि हुने, पन्चायत विरोधी कुरा गर्दा ताली बजाउने काम गरियो, हड्ताल गर्दा खुरुक्क बाहिर निस्कियो, घरमा बत्ति निभाइयो व्ल्याकआउट गर्दा बस् । आन्दोलन चर्कियो । खासगरी चैत्र २४ गतेको बन्द पछि त राजाले नियन्त्रण गर्नै सकेनन् । प्रहरीको केहि चलेन तर विरेन्द्रले आर्मी नलगाइ २६ गते बहुदल घोषणा गरे । २७ गते म जुलुसमा सहभागी भएँ । जुलुसमा लाखौं सहभागी थिए । अघिल्लो दिन राजाले प्रजातन्त्र घोषणा गरिसकेपछि निस्केको स्वतस्फुर्त जुलुसमा गोली हानेर चितवनमै नारायण दहालको हत्या गरिएको थियो । उनकै सवयात्रा र विजय जुलुमा दिनभर दौडिरहें । संवैधानिक राजतन्त्र जिन्दावाद, प्रजातन्त्र जिन्दावाद । प्रजातन्त्रको उदय भयो । हाम्रो बषौंको पर्खाइले त्यसदिन मुर्तरुप लियो । गणेषमान सिंहले प्रधानमन्त्री पद अस्वीकार गरे र कृष्णप्रसाद भट्टराइलाइ सुम्पिए । एकबर्षनवित्दै संविधान बन्यो, चुनाव भयो र नेपाली काँग्रेस प्रचण्ड बहुमत सहित सत्तामा आयो । गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री बने ।
त्यसपछि पनि देशमा खासै केहि भएन । समस्या बल्झिदै गए । भ्रष्टाचार, ढिलासुस्ती, नातावाद र कृपावादको नांगो अभ्यास कायमै रह्यो । जनताले चाहेको परिवर्तन कतै देखा परेन । पन्चायतको ठाउँमा प्रजातन्त्र, सुर्यवहादुरको ठाउँमा गिरीजा र शेरवहादुर भन्दा देशले तातोभुत्लो केहि पाएन । धमिजा काण्डले सानेवानि डुवायो । टनकपुर काण्डले राष्ट्रियता संकटमा पर्यो । त्यहि अस्तव्यस्ता र निरासाको उर्वर भुमीमा माओवादी जन्मे । नारा सहि तर कार्यान्वयन गर्ने प्रक्रिया उनीहरुले गलत प्रयोग गरे । राजतन्त्रको अन्त्य उनिहरुको अभिष्ट । त्यसलाइ पुरा गर्न थुप्रै निर्दोष शिक्षक, गाविस अध्यक्ष र गाउँका टाँठाबाठाहरुको नरवलि चढाउन थालियो । त्यतिवेलासम्म विए पास गरिसकेको र स्कुलमा शिक्षकको रुपमा काम गर्ने भएकोले उनीहरुको ज्यादती सहनै सक्दैनथें । वादविवाद त कति हुन्थे कति । स्कुलमै पनि माओवादी समर्थित शिक्षक साथीहरुसंग मेरो सधै विवाद पथ्र्यो । चोकहरुमा चिया पसलमा झनै ठुलो बहस हुन्थ्यो । माओवादीको कटु आलोचना गर्दा त्यहाँ कतिपटक जनकार्वाहीको चेतावनी पाइन्थ्यो । वास्तवमा अहिले सम्झदा डर लाग्छ उनीहरुले चाहेको भए त्यतिबेलै सिध्याइदिन सक्थे । तर त्यतिबेला जोसमा होस नै थिएन । उनीहरुको धज्जी उडाइन्थ्यो । तर यतातिर सत्तासिनहरुको ताल भने गजबकै थियो । गाउँमा काँग्रेसी भएको नाममा कोहि मारिदै, कोहि विस्थापित हुँदै त कोहि मानसिक रुपमा त्रसित हुँदै गाउँमा जिउँदै मरेर बाँच्न विबश थिए भने उता राजधानीतिर गिरीजा र शेरबहादुरहरु भ्रष्टाचारीहरुलाइ काखी च्यापेर सत्ताको फोहोरी खेलमा व्यस्त थिए । लाग्थ्यो उनीहरुलाई केहि फरक परेको थिएन । कार्यकर्ताको शवमा पार्टिको झण्डा ओढाएर मात्र आफ्नो कर्तव्य पुरा भएको ठान्थे । गाउँ जादैनथे । अम्रीका, विलाइत तीर घुमेर नेपालमा द्धन्द समाधान गरिदिन आग्रह गर्थे ।
यसरी राजनिती प्रति, राजनितिक दलहरुप्रति र कालान्तरमा राजतन्त्र प्रति नै आम जनताको वितृष्णा पैदा हुन थाल्यो । राजा र राजपरिवारका सदस्यहरुको आचरण, आय व्यय र जीवन शैली संचारको विकास संगै जनतामा पुग्न थाले । अनि राजदरवार हत्याकाण्ड भयो । सबैले मनका राजा गुमाए । मैले पनि मेरो मनको त्यो राजा गुमाएँ जो प्रति मेरो अगाध श्रद्धा थियो, विश्वास थियो । ज्ञानेन्द्र आए तर उनले आफुप्रति जनतामा रहेका थुप्रै आरोपहरुको खण्डन गर्ने कहिल्यै प्रयास गरेनन् । उनी कहिल्यै जनताका भएनन् । भन्न सधै जनता भने पनि जनता मर्दा सहानुभुतिका एक शव्द प्रकाशित गर्न उनले कहिल्यै जरुरी ठानेनन् । उनले जहिले पनि आफू भगवान भयको भ्रम पालेर बसिरहे । राजनितिक चेतनाको विकास, गाउँमा माओवादीहरुको स्कुलिंग र राज परिवारका सदस्यहरुको विलासी स्वभावको कारण हामीमा एक किसिमको बिद्रोही मानसिकता बन्दै गयो । राजपरिवारका सदस्यहरुनै हत्या र गुण्डागर्दीमा संलग्न हुनु र त्यसको कार्वाही नहुनुले राजा राजतन्त्र प्रति धेरैमा अविस्वास पैदा भयो । अलि अलि जनाधार भएका र माओवादी संग गाउँमा अझै लड्दै रहेका काँग्रेसी र एमालेहरु विरुद्ध राजाले कू गरेपछि उनको पक्षमा रहेका अर्को जनाधार फुस्कियो । राजा नै बदमास भन्ने आम धारणा व्याप्त भयो । म एक पढेलेखेको मान्छे त्यसरी सतही धारणामा नबगेर मनमनै प्रश्न गरें, के राजा दोषी हुन् त ?
मलाइ जति इतिहासको जानकारी छ त्यस अनुसार हेर्ने हो भने नेपालमा सधै राजा नै छन् । अस्ति जेठ १५ गते मात्र राजा विदा भएका हुन् । त्यसभन्दा अघि पनि राजा नै थिए प्रधानमन्त्री जो भएपनि । पन्चायती व्यवस्थाको ३० बर्षपनि राजा नै थिए । उनले चाहेको भए वा भनौं गर्न सकेको भए त्यहाँ कुनै तगाराहरु थिएनन् । सैनिक आफ्नै थिए जनता पनि आफ्नै थिए । तर उनले केहि गरेनन् । जति गरे त्यो भन्दा बढी लिए । भन्सारमा, सेनाको हतियार खरिदमा होस् वा विमानस्थलमा नै किन नहोस् राजाको भाउ लगाउनै पर्ने बाध्यता अस्ति सम्म थियो । बाषिर्क करोडौंले नपुगेर कमिसन र भाउ नभइ हुदैन्थ्यो । वास्तवमा राजाहरु सामन्ती हुन् । यीनिहरुले जनतालाइ पशु ठान्थे । तर समयको बेगलाइ पछ्याउन नसकेर उनी गए । कसैले उतिसारो पिर मान्नु पर्दैन ।
यसरी म एक राजतन्त्रवादी गणतन्त्रवादी भएँ । अहिले देश साँच्चै भन्ने हो भने बडो जटिल तर अनगिन्ति सम्भावनाहरुको मोडमा छ । यसलाई सही दिशातर्फअगाडि लैजान सकेको खण्डमा देशले काँचुली फेर्नेछ भन्नेमा म बढी आशावादी छु । काँग्रेसी राज हामीलाइ त्यति फलिफाप भएन । जनताको पक्षमा सुध्रेका र दृढ इच्छाशक्ति भएका बुद्धिमान माओवादी राज अहिलेको जनचाहना हो । उनीहरु संग आम जनता तर्सिनु पर्ने कुनै कारण छैन किनभने उनीहरु जनताविरोधी भएर धेरै दिन टिक्न पक्कै सक्दैनन् । राजनितिशास्त्र र भौतिकशास्त्र पढेका माओवादीहरुलाइ यो कुराको पक्कै ज्ञान हुनुपर्छ । अब पछाडि फर्केर होइन अगाडि बढेर सोच्नु पर्छ । देशलाइ गणतन्त्रै चाहिन्छ, देशलाइ लोकतन्त्रै चाहिन्छ, देशलाइ परिवर्तन नै चाहिन्छ । अब राजाभन्दा राणा शासन शान्त थियो भनेर राणा शासनको कल्पना गर्ने होइन । हामीले शान्ति यहि खोज्नुपर्छ । हामीले उन्नति गणतन्त्रमै खोज्नुपर्छ । राष्टियता हामीले यही गणतन्त्रमा बचाउनुपर्छ । हामीविचका लेण्डुप दोर्जे र च्यांग काइ सेकलाई हामीले चिन्नुपर्छ । राम्रा मान्छेहरु चिन्नुपर्छ । भ्रष्टाचारी र अत्याचारीलाइ हामीले नै सजाय दिनुपर्छ । हाम्रो नेता हामीले नै चुन्नु पर्छ । अब कोहि नाता वा रगतको आधारमा हाम्रो शिरमा बस्न सक्ने छैन । उसको योग्यता र जनसेवाको आधारमा पद प्राप्त गर्ने आधारहरु बनाइनुपर्छ । अनि त्यो सबै हामीले बनाउँछौं । हामी अब बल्ल र्सार्बभौम भएका छौं । त्यसैले अव पहिले भन्दा देश अझ एकिकृत हुनुपर्छ । जनता अझ मिलेर बस्नुपर्छ ।
यसकारण मलाइ लाग्छ देश अव केहि बन्छ । नयाँ नेपाल पक्कै बन्छ । तराइ पहाड मधेश फेरी एकढिक्का हुन्छन् । समानताको र भाइचाराको सन्देस अव गाउँ गाउँमा पुग्नेछ । काम गरेर खान पाउने अवस्था छिट्टै सिर्जना हुनेछ । मेरो यहि आशा छ भरोसा छ । म भनेको एकजना मात्र होइन करोडौं मुक्तिकामी नेपाली जनताहरुको हो जो आजसम्म हिंसा, अत्याचार, उत्पीडन, असमानता, भ्रष्टाचार, राष्टघात जस्ता दिर्घरोगबाट पिडित छन् । नयाँ नेपालको जय होस् । जनताहरु त्यो दिन हेर्न पर्खिबसेका छन् र त्यसको लागि चाहिएमा फेरी रगत दिन तयार छन् । नयाँ नेपाल बनाउने यस अभियानमा सबैजना आफ्नो आफ्नो क्षेत्रबाट सहभागी बनौं । निराशाहरु त्यागौं । नयाँ नेपालको निर्माणमा आउने तगाराहरु भत्काइनेछन् । नयाँ नेपाल बन्नेछ, बन्नेछ, बन्नेछ । अब यसलाइ रोक्ने तागत कसैसंग छैन ।
यसरी राजनिती प्रति, राजनितिक दलहरुप्रति र कालान्तरमा राजतन्त्र प्रति नै आम जनताको वितृष्णा पैदा हुन थाल्यो । राजा र राजपरिवारका सदस्यहरुको आचरण, आय व्यय र जीवन शैली संचारको विकास संगै जनतामा पुग्न थाले । अनि राजदरवार हत्याकाण्ड भयो । सबैले मनका राजा गुमाए । मैले पनि मेरो मनको त्यो राजा गुमाएँ जो प्रति मेरो अगाध श्रद्धा थियो, विश्वास थियो । ज्ञानेन्द्र आए तर उनले आफुप्रति जनतामा रहेका थुप्रै आरोपहरुको खण्डन गर्ने कहिल्यै प्रयास गरेनन् । उनी कहिल्यै जनताका भएनन् । भन्न सधै जनता भने पनि जनता मरî
Provided By : Lekh Nath (lekhnathg1@hotmail.com)

जीवनको अन्तिम सत्य र हाम्रा कर्महरु

मानिस जन्मे पछी मर्छ । यो ध्रुब सत्य कुरा हो । यस्लाई कुनै नियम वा बिधिले रोक्न सक्दैन । मानिस जङगली अवस्थाबाट बिकास हुँदै बर्तमान अवस्थासम्म आइपुग्दा उसका चाहना, बाध्यता र परिस्थिती पूर्ण रुपमा बदलिएको छ । जती जती समाज आधुनिक हुँदैछ त्यती त्यती मानिस स्वार्थी र एकलकाटे बन्दैछ । आफ्ना असिमित चाहना पुरा गर्न जुनसुकै मार्ग अपनाउन तयार छ । आफ्नो इक्ष्या पुर्तिको लागि अर्काको गला रेट्न कुनै अफ्ठ्यारो मान्दैन । दाजुभाइ, इस्टमित्र र सामाजिक बन्धनहरु उसको लागि फगत स्वार्थ पुर्तीको भर्र्याङ् बन्दछन् । एकदिन मर्नु नै पर्छ भन्ने कठोर सत्यलाई आत्मसात नगरि सदा अमर रहन्छु झै गरी कुकर्ममा लिप्त भइरहन्छ ।

संसारभरिको यो द्रब्य होड आधुनिक संसारमा उपलब्ध भएका अनेकौ सामाग्रीहरु र तिनिहरुको उपयोग गर्ने तिब्र आकान्क्ष्याको प्रतिफल हो । संसार घुम्ने देख्ने, बहुमुल्य बस्तुहरु प्रयोग गर्ने चाहना र प्राय पैसा भएमा सबै चिज प्राप्त गर्न सकिने परिस्थिती पनी यि याबत मानबिय कुकर्महरुको कारण हो । मान्छे जब मृत्‍यु सैयामा छट्पटाउछ उसले जिबनको अर्थ थाहा पाउछ तर त्यती बेला ढिला भइसकेको हुन्छ । जिन्दगी भर जीवनको अर्थ नखोजी संसारिक जीवनको क्ष्यणिक खुशीको लागि आफुले गरेका कुकर्महरुले उसलाई पोल्न थाल्छन् । आफ्नो निहित स्वार्थ पुर्तिको लागि आफ्ना इस्ट मित्र, बन्धु बान्धब र सम्बद्द सबैलाई प्रयोग गर्दै, उपयोगीता सिद्दिएपछी लात हान्दै गरेको झल्झल्ती याद आउछ जस्ले उस्लाई पोल्छ र नरकको अनुभुती गराउछ ।

कस्तो आयो जमाना यहाँ हेर मानवको बस्तिमा मानिस भुल्न थाल्यो दुनियाँमा अमृत छाडी रक्सिमा ।
नातागोता इस्टमित्र दाजु भाई लत्याउछन् है किन चाहिन्छ सबथोक यहाँ सबैलाई चाहे काढेर होस् रिन ।।

घुम्छन् दिनभर बजारमा यहाँ केही पाईन्छकी भनेर चाहेको चिज लिनै पर्दछ फेरी सबै आफ्नै ठानेर ।
घ्रिणा, लोभ द्वेश अनी क्रोध गहनामा गनिन्छ सारा पाप गरी धन कमाए पनि इज्जत त्यस्को मानिन्छ ।।

पैसाको लागि मानिस हेर यहाँ मारामार गर्दछन् इमान के हो हराइगयो दुनियाँमा धनकै लागि लड्दछन् ।
आफ्नो अर्को कोही छैन यहाँ द्रब्य बाहेक संसारमा लक्ष्य केही छैन जीवनको पनि बिते दिन बेकारमा ।।

हे मानव छोडिदेउ ब्यभिचार तिमीले सत्मार्गमा लागिदेउ बन्धुत्व मानवता अनी भाईचारा बाटो असल हो ठानिदेउ ।
तिम्रो जन्म किन भयो दुनियाँमा सोचेर बिचार गर सेवा गरी दिन दुखि जनको भवसागर पार गर ।।


त्यसैले हामी सबैले आज मेवाको लागि होइन निस्वार्थ सेवा गर्ने प्रण गरौ । द्रब्य सङ्कलन मात्र जीवनको लक्ष्य होइन भन्ने बुझौ । तेरो र मेरो भन्दै आफ्नो स्वार्थ पुरा गर्न जे पनि गर्ने बानी त्यागौ । अन्तिम सत्य मृत्‍यु हो भन्ने कुरा आत्मसात गरौ । अनी मात्र हाम्रो यो जीवन यात्रा सजिलो र कल्याणकारी हुनेछ । अनी मात्र हामी मृत्‍यु पर्यन्त संसारमा जिवित रहनेछौ ।

Provided By : Lekh Nath Gatuam

वास्तवमा जीवन के हो !

जीवन चुनौती हो, मुकाविला गर ।
जीवन वियोगान्त हो, सामना गर ।
जीवन बिषाद हो, विजय गर ।
जीवन संघर्ष हो, स्वीकार गर ।
जीवन कर्तव्य हो, पालना गर ।
जीवन रहस्य हो, उद्घाटन गर ।
जीवन सपना हो, प्राप्त गर ।
जीवन बरदान हो, खेर नफाल ।
जीवन संगीत हो, प्रशंसा गर ।
जीवन सौन्दर्य हो, पूजा गर ।
जीवन प्रेम हो, उपभोग गर ।
जीवन एउटा नर्क पनि हो निन्दा नगर ।

पारू शर्मा

समयको महत्व समयको महत्वसमयको महत्व

बाह्र बर्षको महत्व थाहा पाउन, मकर मेला भर्न प्रतिक्षारत तीर्थ यात्रीलार्इ सोध ।
पाँच बर्षको महत्व थाहा पाउन, आम निर्वाचनमा पराजित नेतालार्इ सोध ।
एक बर्षको महत्व थाहा पाउन, अन्तिम परिक्षामा सफल हुने बिद्यार्थीलार्इ सोध
एक महिनाको महत्व थाहा पाउन, महिना नपुग्दै आएको तलब सकिने कर्मचारीलार्इ सोध ।
एक हप्ताको महत्व थाहा पाउन, साप्ताहिक पत्रिकाको सम्पादकलार्इ सोध ।
एक दिनको महत्व थाहा पाउन, एक दर्जन बच्चा जन्मार्इ पाल्ने ज्यामीलार्इ सोध ।
एक घण्नाको महत्व थाहा पाउन, आपशमा भेट्न पर्खिबसेका प्रेमी प्रेमिकालार्इ सोध ।
एक मिनेटको महत्व थाहा पाउन, जहाज छुट्ने यात्रुलार्इ सोध ।
एक सेकेण्डको महत्व थाहा पाउन, दुर्घटनामा परी बाँच्न सफल यात्रुलार्इ सोध ।
एक निमेसको महत्व थाहा पाउन, वल्डकपमा गोल गर्ने खेलाडीलार्इ सोध ।

पारू शर्मा

ज्ञानविनाको जीवन बेकार

संसार नबुझ्नेका लागि जेल समान हुन्छ। कसै गर्दा पनि सन्तुष्टि मिल्दैन। जीवन बुझाउने गुरु हो। जीवनमा सही गुरुको आवश्यकता पर्छ। त्यसैले प्राचीनकालदेखि नै गुरुलाई सम्मानपूर्वक विष्णु, ब्रह्मा, महेश्वरसँग तुलना गरिएको हो। हामीले परमात्मालाई पनि त गुरुकै कारणले चिनेका हुन्छौं, त्यसैले गुरु ईश्वरको प्रतिनिधि हुन्। त्यसैले मैले भन्ने गरेको छु, शिक्षक बन्ने रुचि र गुण भएका व्यक्तिमात्र शिक्षक बन्नुपर्छ। जसले गर्दा विद्यार्थीको हृदयमा विनम्रता पैदा हुन्छ। गुरुको सेवा गर्नुपर्छ। यहाँ गुरुको सेवा भन्नाले शारीरिक सेवा भन्न खोजिएको कदापी होइन। गुरुले दिएका कार्यलाई प्रेमपूर्वक सुरु गर्नु र राम्रोसँग सम्पन्न गर्नु हो। पितामाताले जन्म दिन्छन्, गुरुले ज्ञान दिन्छन्। ज्ञानविनाको जीवन बेकार हुन्छ। उत्तम शिष्य नै पछि ज्ञान पाएर गुरु हुनसक्छ। गुरु कस्तो हुनुपर्छ भन्ने चलन छ। तर गुरुको उमेर हेर्नु जरुरी छैन। उमेरले गुरु हुने होइन, ज्ञानले हो। गुरुले कहिलेकाहीँ हामीलाई तिरस्कार पनि गर्नुहुन्छ । तर आजकाल विद्यार्थीहरु गुरुले सानो गाली गर्दा पनि रिसाउँछन्। गुरुले हामीलाई जीवन बुझ्न सहयोग पुर्‍याएका हुन्छन्। हामीबाट अहंकार नाश भएको छ कि छैन भनेर गुरुले परीक्षा लिएको पनि हुनसक्छ। आजकल थुप्रै गुरु भेटिन्छन्, तर को सही, को गलत भनेर कसरी छुट्याउने त? सही गुरुसँग मोह हुँदैन। उसँग प्रेम हुन्छ। विद्यार्थी र भक्तहरुप्रति मात्र नभइ समस्त जीवजगतप्रति नै उसको प्रेम प्रवाहित भइरहेको हुन्छ। जुन व्यक्तिसँग दया र प्रेम हुँदैन, त्यो व्यक्ति गुरु हुन सक्दैन। आध्यात्मिक गुरुले नाम र प्रतिष्ठा खोज्दैनन्। उनीहरु नाम र दामका लागि नभएर आनन्दसाथ कल्याण र कर्म गर्दछन्। त्यसैले गुरु अति आवश्यक छ। असल गुरु नभएमा समाजमा नैतिक र आध्यात्मिक तत्वहरु हराएर जान्छ।

क्रान्तिकारी हुँ भन्ने ?

मुलुकमा गणतन्त्र स्थापना भएपछि मलुकले गति लिन्छ होला भन्ने आशा गरिएको थियो। तर, त्यो आशा समयक्रमसँगै निराशामा परिणत भएको छ। जनता हिजोको भन्दा बढी कष्टकर जीवन जीउन बाध्य भएका छन्। महंगी, अभाव र कमजोर शान्तिसुरक्षाले मुलुकलाई आक्रान्त पारेको छ। तर, मुलुक हाँक्ने राजनीतिक दलहरू सत्ता बाँडफाँडको जोडघटाउमा मात्रै रमाइरहेका छन्। कहालीलाग्दो महंगीका कारण सर्वसाधारण जनताको जीवन कष्टकर बन्न पुगेको छ। खाद्यान्नदेखि लिएर जनताले उपभोग गर्ने सम्पूर्ण सामानहरूको मूल्य आकासिएको छ। दिनप्रतिदिन खाद्यसामानमा बढ्दै गएको मूल्यबृद्धिका कारण सर्वसाधारण जनताले साँझबिहान भोकभोकै बस्नुपर्ने अवस्था देखिँदै जान थालेको छ। कमजोर आर्थिक अवस्था भएका जनताले महंगीकै कारण सहरमा मात्रै होइन गाउँमा काम गरेर बिहानबेेलुकाको हातमुख जोर्न पनि धौ–धौ पर्न थालेको छ। महंगीको मारमा सर्वसाधारण जनता उठ्नै नसक्ने गरी थिचिएका छन्। तर, राजनीतिक दलका नेताहरू मौनता साँधेर बसिरहेका छन्। उनीहरूलाई महंगीको मारमा परेर पिल्सिएका जनताको पीरले छुनसमेत सकेको छैन। सर्वसाधारण जनतालाई सरकारले राहतको व्यवस्था नगर्ने हो भने कमजोर आर्थिक अवस्था भएका जनता यो मुलुकमा अब टिक्न सक्ने छैनन्। सर्वसाधारण जनतालाई नेपालमा क्रमिकरूपमा बढ्दै गएको महंगीले यहाँबाट विदेशिन बाध्य पार्नेछ। सर्वहारा जनताका लागि राजनीति गर्दै आएको भाषण ठोक्ने राजनीतिक दलका नेताहरूले चर्को महंगीका विषयमा गम्भीरतापूर्वक अब सोच्ने कि नसोच्ने? कि भाषणमा मात्रै चर्को क्रान्तिका कुरा गर्ने व्यवहारमा नउतार्ने? नेताहरू भने आरामदायी जीवन बिताउने, तर जनताको जीवनस्तर सुधार गर्ने विषयमा भने कुनै कार्यक्रम र योजना नल्याउने प्रवृत्ति अहिले आफूलाई एक नम्बरको क्रान्तिकारी हुँ भन्ने पार्टीमा समेत देखापरेको छ। क्रान्तिकारी पार्टीका नेताहरूमा पनि अहिले आरामदायी र सुखसयलपूर्ण जीवन बिताउने एकपछि अर्को होड नै चलेको छ। नयाँ र सुविधासम्पन्न चर्को भाडादरको घरमा क्रान्तिकारी पार्टीका नेताहरू बसोबास गर्ने थालेको समाचार आइरहेका छन्। यसले के स्पष्ट पारेको छ भने जनता एकपछि अर्को गर्दै महंगी र अभावको गहिरो खाडलमा भासिँदै जान थालेका छन् भने नेताहरू त्यसको विपरीत सुखसयलपूर्ण जीवन बाँच्न थालेका छन्।

मेरो बुझाईको नेपाल ,अमेरिका र डी. भी.‏

मेरो बुझाईको नेपाल ,

आज विहानै जुरुक्क उठें, ५ बजेको रहेछ। काममा जान तयार हुन लागे तर किन किन मेरो जीउ सार्है थकित थियो काममा सिक कल गरे अनी कम्प्युटर खोलें र सधै झै आफ्नो देशका समाचारका शीर्षकहरु तिर आँखा लगाएँ। सँधै एउटै खाले न्यूज देशमा शान्ती चाहिएको छ,बार्ता सम्पन्न तर बिफल ,आन्दोलन घोषणा गर्ने चेताबनि,पार्टिहरु बिच सम्झौता भयो तर कार्यन्वय भएन ,इन्धन अभाव,चक्का जाम आदि इत्यादि।मलाई लाग्छ किन- नेपालको राजनीतिमा कतिबेला के हुन्छ ठेगाना हुँदैन । बिहानको अनुमान बेलुकी फेल हुन्छ । आजको अनुमान भोली फेल हुन्छ । बिहान गरेको कुरा बेलुकी असान्दर्भिक हुन्छ । बेलुकी लेखेको समाचार बिहान पढ्दा हासो लाग्छ । बिहान बोलेको कुरा बेलुकी नेताहरुले भुलिसक्छन । बेलुकी गरेको सम्झौता रात रहे अग्राख पलाउछ भनेझै मसि सुक्न नपाउदै बिर्सिन थाल्छन नेताहरु । को कतीबेला को सँग मिल्छ ठेगान हुँदैन। यस्ता समाचारले विशेषगरि हामी बिदेशमा बस्ने जो कसैलाई साहै दु:ख लाग्दो रहेछ। हामी बिदेशमा भएपनि कुरा देशकै गर्छौ। देशप्रती अगाध माया छ ,तर आफ्नो देशको परिस्थिति,र बाध्यताले गर्दा बिदेसिनु परेको छ यो कुरा हाम्रो देशका राजनीतिक पार्टीका नेताहरुले बुझ्नु जरुरी छ। मेरो विचारमा अबको बेला भनेको सम्पूर्ण राजनीतिक पार्टी तथा नेताहरु आफूलाई सच्याउने र मुल्यांकन गर्दै नयाँ आधारमा सहमति र सहकार्यको मार्गमा आऔं सबै मिलि देश र जनताको पक्षमा लागौं । जनचाहना भन्दा ठूलो कुनै एजेण्डा हुदैन भन्ने बुझौं र नयाँ संस्कार निर्माण गर्दै अघि बढौं । यतार्थमा, मुलुकमा आम परिवर्तनको खाचो छ तर यी सवका लागि कमिशन,चुहावाट नियन्त्रण , लोभ, लालच राष्ट्रपती,प्रधानमन्त्री देखी पियन सम्म सबैले त्याग्नसक्नु पर्छ।यो परिवर्तनले यथास्थितिमा रहेको नेपाली समाजलाई रुपान्तरण गरोस् । ब्यक्तिगत स्वार्थ र पार्टी भन्दा देश लाई माया गर्ने राजनीतिक नेत्रित्वको बिकास होस्।जनताका आधाराभुत आवश्यकता स्वास्थ,शिक्षा,खानेपानी सर्बशुलभ तरिकाले प्राप्त होस्।नाताबाद -क्रिपाबाद ,छुवाछुद,भ्रष्ट्राचारको मलामी जान पाइयोस र समग्रमा बिधिको बिधान अनुसार चल्ने कानूनी राज्यको निर्माण होस्,हाललाई नयाँ नेपाललाई चाहिएको यत्ति हो । यसरी मात्र नयाँ नेपाल सम्भब छ ।

अमेरिका,

यस बिपरित सात समुद्रपारी हाल आफू रहेको मुलुक अमेरिकाबारे आफ्नो बुझाईको केही कोरौ भन्ने सोच आयो। सुखद समुन्नत जीवनको पारिकल्पना गर्दै बुन्दै,सात समुद्द्र पारी अमेरिका आउने क्रम तिब्र गतिमा बढीरएको छ। कसैको उच्च शीक्षा हाशिल गर्ने उद्धेस्व,कोहिकोचाही छोराछोरिको भबिश्य उज्वल हुन्छ भन्ने आशामा आफु नचाहादा नचाहादै पनि यहाँ काम गर्नु परेको छ र कोहिका अथाह धनार्जन गर्ने लालसा बोकेर अमेरिका उढने स्थिती केही बर्ष यता चुलिदै छ।यो कतै डिभिको नाममा भैरहेको र कतै गोश्ठि,सेमिनार,स्टेजशो वा अन्य कार्यक्रममा झुन्डिएको छ।अर्थात भनौ अमेरीकालाई आफ्ना स्वप्नहरु फुलाउने फुलबारिको रुपमा देख्ने जमातको हाम्रो नेपालमा मात्र होइन विश्वमानै अभाब छैन। म हाल अमेरिकामानै छु र यो मेरो बसाइ चौथो वर्षमा प्रबेश भएको छ।हालको परिस्थितीमा विश्वको शर्वशक्तिमान देश अमेरिकामा के छ र, नेपाल मात्र होइन सम्पूर्ण विश्वका मानिसहरु यहाँ आउन आतुर छन भनिन्छ, अमेरिकाको न्युयोर्क सहरमा कसैको पनि देश नसोध्नु रे! न्युयोर्क यस्तो भैसक्यो, जहाँ संसारका जुनसुकै देशका नागरिक पनि बस्न पाउँछन् र आफ्नो पेसा गरेर निर्धक्क गर्न सक्छन्, जहिलेसम्म उनीहरूले अमेरिकी कानुन उल्लंघन गर्दैनन्। जात र थर त परै छोडिदिउउकि तिमी कुन देशको समेत भन्न नपाइने कस्तो भ्रातृत्व विकास गर्न सफल भएका होलान् अमेरिकीहरू। न्युयोर्क मात्रै होइन अबको केही दशकभित्रै अमेरिकाका अन्य क्षेत्र पनि त्यसैगरी विकास हुनेछन्। त्यसैले त अमेरिकीहरू कहिले डीभी चिट्ठामार्फत त कहिले विभिन्न देशका शरणार्थीलाई अमेरिका भित्र्याइरहेका छन्। मान्छेहरू त्यसमाथि कम्युनिस्टहरू अमेरिकामाथि विभिन्न आरोप लगाउँछन् तर विश्वका कुनै पनि मानिस छैनन् जो अमेरिकाको अनुसरण नगरी बस्न सकून् वा अमेरिकाको सपना नदेखुन्। अमेरिका अबशरहरुको भुमी हो भन्दा अत्युक्ती नहोला यदी तपाईंमा जोष्,जागर काम गर्ने प्रतिभा अनी इमान्दार हुनुहुन्छ भने।यही भएरनै होला नेपाल लगायत विश्वका टिभि,रेडियो,पत्र पत्रीका जताततै अमेरिकाका ताजा समाचार देख्न वा सुन्न सकिन्छ।विश्व भात्त्रित्वका लागि अमेरिकाले यस्तो प्रयास गर्दैछ कसैलाई पनि जात,भात,नाताबाद-क्रिपाबाद,वर्ण,लींग,धनि-गरिब,सेक्सका आधारमा भेदभाब गरिनु हुँदैन र कानूनी राज्यको अबधारणा,बिधिको शासन अनी रूल र रेगुलेशन जो कसैले पालना गर्नु पर्छ र सैबैलाई समान हुन्छ। भ्रम नपरोस मैले अमेरिकाको गुनगान चाहेको पक्कै होइन यो यतार्थ हो यसलाई आत्मसात गर्नै पर्छ।अफ्नो स्वर्ग जस्तो देश नेपाल छोडेर आजभोलि प्राय सम्पूर्ण यूवा पुस्ताहरु अमेरिका वा विदेश जाने सपना देख्नु स्वभाभिक किन ठान्दछु भने नेपालमा रुलरेगुलेशन कमि,नाताबाद-क्रिपाबाद,भ्रस्ट्राचार गर्ने प्रबिर्तीको बिकास,योग्यताको कदर नगरिनु आदि आदि। आशा अनी पूर्ण विश्वास गरौ अबको सरकारले देशको आर्थिक,सामाजिक प्रगती गर्ने बातावरण स्रीजना गरोस ,बिधिको बिधान अनुसार चल्ने कानूनी राज्यको निर्माण एबम पालना गरोस तथा रोजगारिका प्रशस्त्त अबसरहरु स्रीजना गरोस यती भएमा मात्र बिदेश पलायन हुने मनसाय आम नागरिकमा पर्ने छैन।

र डी. भी.

हामी नेपालीहरुलाई अमेरिका आउनको लागि अहिले सबैभन्दा सजिलो माध्यम डी. भी. भएको छ। डीभी परेपछि सम्बन्धित दूताबासले खोजेको कागजपत्र दिनुभयो र डीभीको दायराभित्र पर्न सक्नुभयो भने तपाई अमेरिका आउनुहुन्छ । तपाईंहरु जो कोही डी.भी. वा अन्य कुनै माध्यमबाट अमेरिका आउँदै हुनुहुन्छ भने यी टिप्स अबस्य सहयोगि बन्नसक्नेछन। अमेरिका आएपछि पैसा कमाएर तुरुन्तै जिन्दगी बदलिहाल्छ भन्ने मानसिकता त्याग्दिनुहोस् । जीन्दगी अमेरिकामा त्यति सजिलो कहाँ छ र - तपाई नयाँ देश नयाँ ठाउमा तपाईले धेरै मेहनत गर्नैपर्छ । त्यसका लागि बुद्धि पुर्याएर धैर्यताका साथ काम गर्नुपर्छ अप्ठेरो अवश्य छैन । नेपालमा डी.भी. पीडितहरुले समेत राजनीतिक दलहरुकै जस्तो विरोध प्रदर्शन र बाटोमा टायर बालेर भोक हड्ताल बसेर विरोध जनाएको समाचार आयो । यो समस्याको जड अरु कोही नभएर डी.भी. पर्नेहरु आफैंले गर्दा समस्या उब्जेको हो भन्दा डीभी पीडितहरुलाई लेखाइले त बिझ्ला तर यथार्त त्यही नै हो । नेपालमा डीभी लोटरी पर्नुभनेको अमेरिकामा आएपछि अमेरिकी सरकारले नै सबै काम बसोबास खोजिदिन्छ भन्ने हल्लाको विश्वासमा समेत कतिपयहरु परेका पाइन्छन् । यथार्त नितान्त फरक छ, कामबसोबास सबै आफै खोज्नुपर्छ । त्यो पनि डीभी परेकाहरुका कोही आफन्तहरु अमेरिकामा छन् र तिनीहरुको राम्रो सहयोग पाइएमा नत्र त्यो नयाँ आउने व्यक्तिले आफू एक्लैले अमेरिकामा तुरुन्तै स्थापित हुन निकै धौधौनै पर्छ । त्यसैले तपाईंकै सजिलोको लागि अमेरिकी राजदूताबासले अमेरिकाको स्वागत पत्र कुनै आफन्त वा चिनेजानेको ब्यक्ती खोजिरहेको हुन्छ । तपाई गाडी चलाउन पर्फेक्ट भएर आउनुहोस् न कि लाइसन्स मात्र त्यसैमा कल्याण छ ,समय र पैसाको बचत हुन्छ।अंग्रेजीमा पोख्त नहुँदैमा तपाई आफूलाई नर्वस नबनाउनुहोस्। बिस्तारै बानी परिहाल्छ ।

कमल भट्टराई- मनासस

बाचौ सामाजिक प्राणी मानिस भएर

अमेरिकाको मेरिल्यान्डस्थित नेपाली मन्दिरको आढौ वार्षिकोत्सवमा सौभाग्यबस मपनि त्यहा पुगेको थिए। पन्डित क्षीधर ज्ञवाली तथा डा. प्रमिला आचर्यद्वारा वाचित धार्मिक प्रवचन सुनेपछि ममा पनि एक किसिमको उर्जा पैदा भयो।वहाँहरुका प्रवचनमा भगवान र जिन्दगी सम्बन्धी सहज,सटिक कुरा सुन्न पाउदा जो कसैलाई पनि वास्तममा जिन्दगी के रहेछ भन्ने अनुभूती हुन्थ्यो। सधैं राजनीति तर्फ हाम फाल्ने मेरो कलम किन किन आज त्यतातर्फ जानै मानेन।
हामी सबैलाई थाहा छ मानिस जन्मेपछी बेग्रेल्तै संघर्श झेल्दै रहनु प्रदछ।कहिले खुशीका क्षण त कहिले दु:ख,पास-फेल,धनि-गरिव,प्रमोसन-डिमोसन,सन्चो-बिसन्चो आदी आरोह अबरोह र परिबन्दको अनुभुती हामी जो कहिले पनि गरेकानै छौ।विश्वमा असख्य प्राणीहरु मध्ये सर्बोत्तम प्राणी मानिस मात्र उसलाई थाहा हुन्छ मैले राम्रो काम गरेको छु वा छैन,झुट बोलेर अरुलाई दु:ख वा गुमराहमा पारेको छु वा छैन,मैले आफ्नो देश र जनताको लागि वा आफ्नो निजी स्वार्थ लागी काम गरिरहेको छु। मानिसलाई मात्र सोच प्राप्त छ।विश्वका अरवौ प्राणीहरुले आफ्नो परिबारलाई माया गरेकै छन तर म एकमात्र सामाजिक प्राणी भएको नाताले आफू र आफ्नो परिबारमा मात्र बाचेर पुग्छ होला त?जन्मेर खाने,मोजमस्ती गर्ने,सन्तान पैदा गर्ने अनि मर्ने मात्र हो भने मान्छे भएर जन्मनु र कुकुर,बिराला वा मुसा भएर जन्मनुमा के फरक? जिन्दगी केलाई भन्ने?भनिन्छ जिन्दगी आनन्दको खोज हो,रमाउन भेट्न सके मोज हो होइन भने बोझ हो।प्रख्यात उखान-मरेर लानु के छ र दुई दिनको जिन्दगीमा। भन्ने कुरा हामीहरु बिर्सौ र प्रण गरौ भौतिक संसार जिन्दगी अलग भएपनि नाम कहिलै मर्दैन।तपाईं,म सबैले यो कुरा सोचौ- म जन्मिदा मेरो आगमनमा परिवार कति खुशी भयो होला, कति बधाई र उपहार पायो होला मेरो परिवारले तर म अहिले बाच्दैछु हारेर। त्यसैले मेरो अनुहार हारेको खेलाडीको जस्तो,सधैँ निहुरमुन्टी न भयो,राम्रो म हुनै सकिन। म जन्मिँदा बक्सियोस् भनेर जन्मिए पनि तीन वर्ष नपुग्दै तिमी भए,त्यसपछि सधैं डिमोसन भइरए, भइरए त्यसैले कसैलाई काम नलाग्ने जिन्दगी बाँचेर,वनको बनमाराजस्तै माटामै मिल्छु कि क्या हो?तर फेरी भएको सानो मेरो दिमाग खर्च गर्छु सोच्छु। महिले अबस्य केही राम्रो गर्नैपर्छ समाज वा देशका लागि ताकी म मर्दा केही सिमित मानिसहरु अथवा ज-जसलाई मैले चिनेको छु उनिहरुले यो खत्तम मानिस थियो मर्यो राम्रै भयो नभनुन।मेरो मरणमा खुशीयाली कसैले नमनाउन। त्यसैले मैले,तपाईंले जिन्दगीमा एउटा कसम खाऔ। कसैलाई लागि गल्ती सल्लाह नदिने, झुट नबोल्ने र सकेसम्म सहयोग गर्ने।
त्यसैले म अब अन्डाबाट पन्छी आकाशमा उडेझैँ उड्नुपर्छ, यो जिन्दगी अरूको लागि बाँच्नुपर्छ। तब म मरेर पनि बाँचिरहन्छु जस्तो लाग्छ। सोच्छु २५०० वर्षअघि जन्मेका बुद्ध हाम्रा छातीभित्र किन जिउँदै छन्, शेक्सपियर्,महत्मा गान्धि,मदर टेरेसा आदी नाम मैले किन बिर्सिन सग्दिन? तर हामीलाई हाम्रा बाजे बजैका बारेमा के थाहा छ र ! नढाँटी भन्नुपर्छ हामीले हाम्रा बाजेका बाजेको नामै बिर्सिसक्यौँ। तपाईँ-हाम्रा पनि त्यस्तै दिन आउनेछन्।हामीले हिजोसम्म बाघलाई हिंस्रक भन्यौँ । वास्तवमा बाघभन्दा हामी कता हो कता हिंस्रक रहेछौँ, किनकि बाघले बाघलाई मारेको सुनिएको छैन। तर मान्छे मान्छेलाई मार्ने खेती अझै रोकिएको छैन हाम्रो नेपालमा। अब हात छातीमा राखेर हामी नै बोलौँ त,बाघ हिंस्रक हो कि हामी ? अव हामी सबै स्तरका मानिसहरुले बुझ्नु जरुरी छ-जिन्दगीको परिभाषा। अब हामीले सङ्कल्प गर्नुपर्छ सुकामोहरको मात्र जिन्दगी बाँच्तिनँ भनेर। अर्थात् आज कम्मर कस्‍नुपर्छ बाँच्तैबाँच्तै बाँच्नलाई, र मरेपछि बाँच्नलाई। हिजोसम्म सय रुपियाँका लागि सय झूट बोले पनि, अलिकति फाइदाका लागि गधाको पाउ मोले पनि बिर्सिदिनोस् ती पुराना कुरा। अब हामीले हाम्रो एक रुपियाँको हैसियत भए पनि हजारसँग सङ्गत गरेर एक हजार हुने नयाँ जिन्दगी बाँच्नुपर्छ। अर्थात एक,दुई ,दस,पचास,सय र हजार हुदै हाम्रो यात्रा समृद्धिको शिखरतर्फ अग्रसर बनाउनपर्छ । किनकि हाम्रो जन्मदिनको शुभ उपलक्ष्यमा दयालु भगमानले यो संसार उपहार दिनुभएको हो।आजको विश्व यति सानो भैसक्यो कि कामको आधारमा मानिस विश्व प्रख्यात हुन रत्तिभर पनि लाग्दैन। तर हामीहरुले राम्रो काम गरेर नाम कमाउनुपर्छ। अब जिन्दगीलाई सफलताको न्यानो मोडतर्फ लगाउन रगत,पसिना चुहाउनुपर्छ- कडा परिश्रम गरेर।हामीभित्रै रामको राज्य छ, सुखको स्वर्ग छ भन्ने बुझौ। त्यसैले भित्री मन देखि लागौ र सेवा गरौ अरुका लागि राम्रो काम न कि आफ्नो मात्र।
(कमल भट्टराई मनासस-भर्जिनिया)
(bhattaraikamal1973@gmail.com)

कबिता - " राजनीति "

ह्स्त गौतम मृदल, भर्जिनिया
gautamhasta@gmail.com
नोभेम्बर १६, २००८
सरकार भित्र पातकी पसे पतीत पाराका।
हुर्मत लुटी हैरान पारे जनता साराका।
कोही छन दलाल सिद्धान्तका कोही छन शोषक।
शक्तिको संधै बाँडफाड गर्छन, यी पृष्ट पोषक।
सिमाना देखी अस्मिता सम्म कुल्चदा हास्दै छन।
उसैलाइ सुम्मी राष्टि्रयता सम्बन्ध गास्दै छन।
राष्ट्रका लागी सर्मपित हुने को छर बढेको।
आखिर यहां नेताहरु रहे छनी सडेको।
शक्तिले पेली शत्तामा बस्छन बिर्ता नै ठानेर।
निर्दोष जनता मार्छन यिनै बन्दुगले हानेर।
मुखमा राम राम बगलीमा छुरा बोकेर हिन्दछन।
बिकास जति लिलाम गरी बिकृति किन्दछन।
नक्कली जति सक्कली भए शत्तामा पुगेर।
राष्टि्रयता धरौटी राखे स्वार्थमा म्कुकेर।
लाटा जनता बाठा नेता भाषणमा सिपालु।
आसपासन दिन्छन सजिलैसंग उद्धेय बिषालु।
षडेन्त्रकारी, कपटीहरु श्ात्ताको हानाहान।
देशलाइ आज बर्बाद पारे यीनैले जानाजान।
उद्धेस्य बिहिन दर्शण यिन्को कर्म छ गतिहिन।
नाना थरी भाषण गर्छन आखिरमा मतिहिन।
सकुनी चालमा राजनीति चल्छ माफिया मौलाउछन।
कहिले निकै राम्रो हुन्छन, कहिले बहुलाउछन।
जहिले पनि हुर्मत लुटने सरकारको चलन।
कुन सपुत जन्मी समन गर्ला राष्टको जलन।

हाम्रो देशको समस्या के हो त ?

सर्बोच्च शिखर सगरमाथा भएको हाम्रो देश ,गौतम बुध्द जन्मेको,विश्वमा पानीमा दोश्रो ठुलो मूलुक हाम्रो नेपाल,प्रकृतिले दिएको उपहार- अनुपम सन्दौर्यता,वर्णन गर्दा नथाकिने त्यो हाम्रो संकृति आदि,आदी र अहिले समस्याले ग्रसित मूलुक,दोश्रो गरिव मूलुक,बिधिको बिधान अनुसार शासन नचल्ने मूलुक,र हाल प्राय: यूवा पुस्ता बिदेसिन मन पराउने मूलुक आदी इत्यादी। साधारण लेमाइन हिसावले मैले नेपालबारे बुझेको यत्ती हो। हामी बिदेसमा बस्नेहरु देशप्रती अगाध माया छ ,तर आफ्नो देशको परिस्थिति,अबसरको कमि र कसैको बाध्यताले गर्दा बिदेसिनु परेको छ यो कुरा हाम्रो देशका राजनीतिक पार्टीका नेताहरुले कहिले वुझ्ने हुन कुन्नी? खास गरि विदेशमा बस्नेहरुलाई कहिलेकाही आफ्नो देशको बर्णन गर्नु पर्ने अबसर पनि आउदो रहेछ र म त्यसमा गर्व गर्न सकिन। यसै सद्रर्भमा मेरो एक साथी(जीन)ले तेरो मुलकको समस्या के हो भनेर सिधा प्रश्न गर्यो म अक्कन बक्क भए,प्रश्न सोधाईको हिसावले मलाई लाग्यो उसलाई नेपालबारे धेरै ज्ञान छ अनी सोचे के भनौ भनौ गरिबी, अशिक्षा, बेरोजगारी,पछौटेपन आदी भन्दिउ भने, राजनीतिक हिसाबले समस्यालाई केलाउने ऊ मान्छे परेछ भने उसले अराजकता, अन्यौल, अस्थिरता भन्ला कानुनी दृष्टिले हेर्दा दण्डहीनता नै प्रमुख समस्या देखाउला तर हाम्रो मुख्य समस्या त्यो हुँदै होइन । मैले उसको प्रश्नको उत्तर दिनै सकिन र उसलाई जबाफ फर्काए तेरो प्रश्नको उत्तर हाम्रो देशका प्रम प्रचन्डले त दिन सग्दैनन म जाबो नाथे। यो पनि होइन, त्यो पनि होइन भन्ने हो भने हाम्रो समस्या चाहिँ के हो त ? कि हामी समस्यामुक्त छौं । अहँ, त्यो पनि होइन । संसारमा त्यस्तो कुनै मान्छे छैन जो समस्याबाट सम्पूर्ण रुपले मुक्त होस् । त्यस्तो मुलक पनि छैन जहाँ कुनै समस्यै नहोस् । त्यसो भए हाम्रो समस्या चाहिँ के हो त ? यो अत्यन्तै गम्भीर प्रश्न हो, जसको प्रत्येक नेपालीले उत्तर नखोजी धरै छैन । भनिन्छ, समस्याको सही पहिचान नै त्यसको आधा समाधान हो । तर हामीले अहिलेसम्म हाम्रो समस्या के हो भनेर खोतल्ने प्रयास नै गरेका छैनौं । त्यो चाहिँ हाम्रो देशको दुर्भाग्य हो । मेरो विचारमा हाम्रो देशको समस्याको जरो चाहिँ हाम्रो परम्परा,राजनीतिक पार्टिहरु,शिक्षा, संस्कार र प्रवृत्तिमा छ । अहिलेका राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक यावत समस्या त्यसैका उपज हुन् । हाम्रो प्रवृत्ति उक्त समस्यालाई समाधान गर्न पनि हामीले प्रवृत्ति नै फेर्नु पर्छ वा सच्चाउनुपर्छ । अहिले मुलुकमा एउटा त्यस्तो व्यक्ति छैन जो उत्तरदायी होस्, एउटा त्यस्तो पार्टी छैन जसले आफूलाई जिम्मेवारीपूर्वक प्रस्तुत गरोस् । एउटा त्यस्तो संस्था छैन जसले दायित्वोध गरोस् । हामी जहाँतहीँ देख्छौं उत्तरदायित्वबाट पन्छने, बोलेको कुरामा नबाँधिने, गर्छु भनेको कुरा पूरा नगर्ने ।यी हुन हाम्रा देशका प्रमुख समस्या। अबको बेला भनेको सम्पूर्ण राजनीतिक पार्टी तथा नेताहरु आफूलाई सच्याउने र मुल्यांकन गर्दै नयाँ आधारमा सहमति र सहकार्यको मार्गमा जाने अनि सबै मिलि देश र जनताको पक्षमा लाग्ने बेला हो। हालका पार्टिहरुले,जनचाहना भन्दा ठूलो कुनै एजेण्डा हुदैन भन्ने बुझुन् र नयाँ संस्कार निर्माण गर्दै अघि बढुन् । यतार्थमा, मुलुकमा आम परिवर्तनको खाचो छ तर यी सवका लागि कमिशन,चुहावाट नियन्त्रण ,लोभ,लालच राष्ट्रपती,प्रधानमन्त्री देखी पियन सम्म सबैले त्याग्नसक्नु पर्छ। यो परिवर्तनले मात्र यथास्थितिमा रहेको नेपाली समाजलाई रुपान्तरण गर्दछ । हाल हाम्रो नेपालमा सत्तामा बस्ने हुन् वा सत्ता बाहिर, राजनीतिज्ञ हुन् वा समाजसेवी जो सुकैमा पनि एउटै प्रवृत्ति पाइन्छ । त्यो हो गैरजिम्मेवारीपन र छाडापन । हामी नेपालीको यो मूल प्रवृत्ति रहँदासम्म कुनै पनि क्षेत्रमा परिवर्तनको आशा गर्न सकिँदैन । परिवर्तन भनेको एउटा पार्टीको ठाउँमा अर्को आउनु वा एउटा नेतालाई विस्थापित गरेर अर्को स्थापित हुनु होइन । नयाँ नेपालका लागि नेतृत्वमा नयाँ अनुहार हैन, नयाँ विचार र दृष्टिकोण चाहिएको हो । नयाँ शैली, कामको नयाँ तरिका, नयाँ सोच र विचार अनि त्यसलाई आफनो कर्ममा ढाल्ने नेतृत्व जनताले खोजेका हुन् । जबसम्म हामी आफ्नो दायित्ववोध गर्दैनौं, आफूले पूरा गर्नुपर्ने अभिभारा बुझ्दैनौं र मन, वचन र कर्मले त्यसलाई पूरा गर्नेतर्फ लाग्दैनौं तबसम्म नेपालको तस्वीर बदलिँदैन । योजना बनाउने, कार्यक्रम र नीति निर्माण गर्ने गरेर मात्रै कार्य सम्पादन हुने भए त हामी उहिल्लै सिगापूर,स्विजरल्यान्ण भइसकेका हुने थियौं । राणा शासनको पतन भएर प्रजातन्त्र स्थापना भएको छ दशक पूरा भइसक्दा पनि हामी जहाँको तहीँ छौं भने त्यसको पछाडि केही न केही कारण त अवश्य छ । हुन त शिक्षा, सञ्चार, यातायात, भौतिक पूर्वाधारलाई आधार बनाएर हामीले फड्को मारिसकेको दलिल पेश गर्न नसकिने होइन तर त्यो समयक्रममा हुने स्वभाविक घटनाकै उपज हो र हामीले बुझ्नु जरुरी छ रामपिथेकस हुँदै मानिसको यात्रा प्रारम्ब भएको हो।अन्तमा,सबभन्दा पहिले त हाम्रो मूख्य समस्या शिक्षा पद्धति नै त्रुटिपूर्ण रहेको स्वीकार गर्नेपर्छ र त्यहीबाट जिम्मेवार नागरिक उत्पादन गर्न प्रारम्भ गरिनुपर्छ । हालका हाम्रा सभासद भनाउदाहरुनै अशिक्षित छन्,दीर्घकालिन सोचाइको अभाव छ। त्यसैले लाजै नमानि उनिहरुलाई शिक्षित बनाउन सरकार अग्रसर हुनुपर्छ। राजनीतिक क्षेत्र बिग्रिएर नै सबै क्षेत्र लथालिङ्ग भएको हो-नेपालमा। त्यसैले सबभन्दा पहिले शिक्षा पद्धतिमा सुधार अनि राजनीतिक क्षेत्रमा आमूल परिवर्तन गरिनुपर्छ । राजनीतिक कार्यकर्ता, नेता, शासक-प्रशासक गैरउत्तरदायी कुरा गर्दै हिँड्ने परम्परालाई पूर्णतः नियन्त्रण गरिनुपर्छ । यसलाई परिवर्तन नगर्ने हो भने नेपाली जनतालाई गणतन्त्र 'कागलाई बेल पाके' सरी हुनेछ। भाषण र बोली अनुसार काम भए विकास असम्भव भने छैन। जनताले महशुश गर्ने परिवर्तन आजैबाट चाहिएको छ,न कि दुइ वर्ष भित्र बन्ने भनिएको संविधानमा लेखिने अक्षर मात्र ।

कमल भट्टराई- मनासस,USA