Tuesday, November 18, 2008

मेरो गणतन्त्रसम्मको यात्रा र नयाँ नेपाल

देश आज परिवर्तनको संघारमा उभिएको छ वा भनौं परिवर्तनको ढोका अलि अलि उघ्रेको छ । यो मेरो सोचाइ हो, यो मेरो नितान्त व्यक्तिगत धारणा हो भन्दा पनि हुन्छ । अमेरिकामै बस्ने धेरै महानुभावहरुको मुखारविन्दबाट देश डुबेको, खत्तम भएको, सिक्किम जस्तो हुदै गएको, कहिल्यै माथि नउठ्ने जस्ता साह्रै नकारात्मक धारणाहरु व्यक्त भएको पाउँछु । यस्तो धारणा राख्नुहुने व्यक्तिहरु प्राय मभन्दा अग्रज, जान्नेसुन्ने, राजनितिक पृष्ठभूमी भएका र दाह्रीकपाल फुलेका व्यक्तित्वहरु हुनुहुन्छ । यहाँ नेपाल छोडेर प्रवासमा आउनेहरुमा प्राय पढेलेखेका मानिसहरु नै बढि छन् । यस्तै जनसमूहको विचमा प्राय म प्राय एक्लै केहि हुन्छ भन्ने दृढ आशा र भरोसा पालेको मान्छे छु । मलाई कता कता अब देशमा केहि हुन्छ भन्ने आशा छ । देश र जनताले भोग्दै आएका धेरै विकराल समस्याहरुको समाधान हुन्छ भन्ने आशा छ । अझ प्रष्ट भन्ने हो भने माओवादीले केहि गर्छन् भन्ने आशा छ । नेपाली काँग्रेस समर्थित परिवारमा जन्मेको, त्यहि वातावरणमा हुर्केको र सधै रुख भन्दा अन्त भोट कतै नहालेको यो मान्छे विभिन्न बहस, छलफल र वादविवादमा फरक र परिवर्तनको पक्षमा विचार राखेकै भरमा माओवादी भएको वा त्यो भन्दा चर्को भएको आरोप खेप्दै छु । म अहिले पनि प्रजातान्त्रिक समाजवादमा विश्वास राख्छु । जनतालाइ प्रजातन्त्रद्धारा स्वतन्त्रता र समाजवादद्धारा सहयोग दिनुपर्छ भन्ने मान्यता राख्छु ।
मलाइ ठ्याक्कै दिन र बर्षयाद छैन । केहि बर्षपहिले पन्चायत कालमा राजा विरेन्द्र हाम्रो जिल्ला बाग्लुंग गइबक्सेको थियो । गाउँमा राजा आउने रे भन्ने हल्ला चल्यो । स्कुलमा र्सार्वजनिक विदा घोषणा भयो । राजा आउने गाउँ र ठाउँ हाम्रो घरबाट करिब २ घण्टाको उकालो र आधा घण्टा जतिको तेर्र्सो वाटो हिँडेपछि पुगिन्थ्यो । सायद म त्यतिवेला कक्षा पाँच तिर पढ्दो हूँ । सबै साथिहरुसंग उत्साहका साथ त्यतातिर दौड्यौं । त्यतिवेला हामी शिरमा नेपाली टोपी लगाउँथ्यौं । हावाजातको हावाले टोपी उडाउँछ रे टोपी च्याप्प समात्नुपर्छ भनेर बुवाले भनेको सम्झिदै एउटा हातले जाँगे र अर्को हातले टोपी समाएर खाली खुट्टा रिघा पुग्यौं जहाँ राजा आउने वाला होइसिन्थ्यो । राजा आउनुभयो, हामीलाई करिव २०० मीटर टाढा नै रोकिएको थियो । पुरै अनुहार राम्रोसंग नचिने पनि कितावका पान्नामा देखेको भरमा राजा रानी ठम्याएँ । राजा त कति राम्रा । रानी झन् राम्री डल्ली डल्ली गोरी र डोलो र्सलक्क परेको अनुहार । हामीलाइ साच्चै त्यहाँ साक्षात भगवानले दर्शन दिएको अनुभुति भयो । पन्च, अन्चलाधिस र अन्य ठूलाबडाबाट स्वागत पाएर राजा दंग परे । हामी टाढैवाट ताली बजाएर स्वागत गर्यौं । काम सिद्धियो । सरहरुले हामीलाइ घर जान भने । मनमा अचम्मको आनन्द मान्दै, साक्षात विष्णु भगवानको दर्शन पाएको ठान्दै साथीहरुलाई भोलि स्कुलमा गफ दिने सोच्दै उफि्रदै घर तिर आएँ । हेर्नुहोस् राजा प्रतिको मेरो त्यो धारणा, विश्वास र भक्ति ।
त्यसपछि पढाइमा व्यस्त भएँ । राजनिति पनि गाउँमा खुबै हुन्थ्यो । हाम्रो गाउँ सानो थियो तर नाम बडगाउँ । पहिले त्यहाँ ठुलो बरको रुख थियो रे त्यसैले बरगाउँबाट अप्रभंस हुदै बडगाउँ कहलिएको । त्यहाँ सबैजना काँग्रेस समर्थित परिवारको बसोवास थियो । अर्को गाउँ अलि पर थियो गल्यांग । त्यो मसालका नेता चित्रबहादुर केसीको गाउँ थियो । उहाँको प्रभावले गल्यांग मसालमय थियो । पारी पचुवा कडेलहरुको वस्ती थियो । त्यो काँग्रेस गाउँ थियो । हामी कहिले काहि केटाकेटि मिलेर पन्चायत र मसालविरोधी नारा घन्काउँथ्यौं । पन्चायती व्यबस्था मुर्दाबाद, मसाल मुर्दाबाद, नेपाली काँग्रेस जिन्दावाद, प्रजातन्त्र जिन्दावाद । वास्तवमा हामी राजनितिक रुपमा राम्ररी सचेत नभएपनि हामीमा अचम्मको प्रजातन्त्र प्रेम थियो र राजा प्रेम थियो । हामीले राजतन्त्र मुर्दाबाद कहिल्यै भनेनौं । त्यसपछि ३६ सालको अलि अलि सम्झना छ । मसालका एकजना नेता हाम्रो गाउँमा आएका थिए । हामीले त भोट हाल्न पाउँदैन्थ्यौं तर बुवा आमालाइ निलोमा भोट हाल्नुपर्छ भनेको कुनातिरबाट कान थापेर सुने । लाग्यो निलो रंग प्रजातन्त्रको, स्वतन्त्रतको अनि हाम्रा समस्याहरुको समाधान गर्ने जादुछडी हो । मसालै भएपनि उनलाइ त्यो अबोध बालक मनले स्यालुट गर्यो ।

दिनहरु विते । देशमा प्रजातन्त्रको आन्दोलन शुरु भयो । संवैधानिक राजतन्त्रको लागि मानिसहरु सडकमा उत्रिए । म त्यतिबेला पढ्नको लागि चितवनको विरेन्द्र क्याम्पसमा भर्ना भएको थिएँ । क्याम्पसमा पनि राजनिति हुन्थ्यो वा भनौं वाहिर प्रतिवन्ध भएकोले राजनिती गर्ने ठाउँ नै क्याम्पसहरु थिए । मलाइ प्रजातन्त्र प्रति आस्था भए पनि आन्दोलनमा म त्यति सक्रिय रुपमा लागिन । किनभने चितवनमा त्यति चिनजान थिएन । कलेजमा पनि अलि पढ्नुपर्छ भन्ने साथीहरुको संगत भयो । राजनिति गर्ने साथीहरुको संगत नभएको र बुबाले दुःख गरेर कमाएर बचाएको पैसाले चितवन पढ्न आएको अल्मलिएर त्यता लाग्नु हुदैन र पढ्नै पर्छ भन्ने चेतनाले गर्दा म सक्रिय रुपमा आन्दोलनमा लागिन । कलेजका भाषणमा सहभागि हुने, पन्चायत विरोधी कुरा गर्दा ताली बजाउने काम गरियो, हड्ताल गर्दा खुरुक्क बाहिर निस्कियो, घरमा बत्ति निभाइयो व्ल्याकआउट गर्दा बस् । आन्दोलन चर्कियो । खासगरी चैत्र २४ गतेको बन्द पछि त राजाले नियन्त्रण गर्नै सकेनन् । प्रहरीको केहि चलेन तर विरेन्द्रले आर्मी नलगाइ २६ गते बहुदल घोषणा गरे । २७ गते म जुलुसमा सहभागी भएँ । जुलुसमा लाखौं सहभागी थिए । अघिल्लो दिन राजाले प्रजातन्त्र घोषणा गरिसकेपछि निस्केको स्वतस्फुर्त जुलुसमा गोली हानेर चितवनमै नारायण दहालको हत्या गरिएको थियो । उनकै सवयात्रा र विजय जुलुमा दिनभर दौडिरहें । संवैधानिक राजतन्त्र जिन्दावाद, प्रजातन्त्र जिन्दावाद । प्रजातन्त्रको उदय भयो । हाम्रो बषौंको पर्खाइले त्यसदिन मुर्तरुप लियो । गणेषमान सिंहले प्रधानमन्त्री पद अस्वीकार गरे र कृष्णप्रसाद भट्टराइलाइ सुम्पिए । एकबर्षनवित्दै संविधान बन्यो, चुनाव भयो र नेपाली काँग्रेस प्रचण्ड बहुमत सहित सत्तामा आयो । गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री बने ।
त्यसपछि पनि देशमा खासै केहि भएन । समस्या बल्झिदै गए । भ्रष्टाचार, ढिलासुस्ती, नातावाद र कृपावादको नांगो अभ्यास कायमै रह्यो । जनताले चाहेको परिवर्तन कतै देखा परेन । पन्चायतको ठाउँमा प्रजातन्त्र, सुर्यवहादुरको ठाउँमा गिरीजा र शेरवहादुर भन्दा देशले तातोभुत्लो केहि पाएन । धमिजा काण्डले सानेवानि डुवायो । टनकपुर काण्डले राष्ट्रियता संकटमा पर्यो । त्यहि अस्तव्यस्ता र निरासाको उर्वर भुमीमा माओवादी जन्मे । नारा सहि तर कार्यान्वयन गर्ने प्रक्रिया उनीहरुले गलत प्रयोग गरे । राजतन्त्रको अन्त्य उनिहरुको अभिष्ट । त्यसलाइ पुरा गर्न थुप्रै निर्दोष शिक्षक, गाविस अध्यक्ष र गाउँका टाँठाबाठाहरुको नरवलि चढाउन थालियो । त्यतिवेलासम्म विए पास गरिसकेको र स्कुलमा शिक्षकको रुपमा काम गर्ने भएकोले उनीहरुको ज्यादती सहनै सक्दैनथें । वादविवाद त कति हुन्थे कति । स्कुलमै पनि माओवादी समर्थित शिक्षक साथीहरुसंग मेरो सधै विवाद पथ्र्यो । चोकहरुमा चिया पसलमा झनै ठुलो बहस हुन्थ्यो । माओवादीको कटु आलोचना गर्दा त्यहाँ कतिपटक जनकार्वाहीको चेतावनी पाइन्थ्यो । वास्तवमा अहिले सम्झदा डर लाग्छ उनीहरुले चाहेको भए त्यतिबेलै सिध्याइदिन सक्थे । तर त्यतिबेला जोसमा होस नै थिएन । उनीहरुको धज्जी उडाइन्थ्यो । तर यतातिर सत्तासिनहरुको ताल भने गजबकै थियो । गाउँमा काँग्रेसी भएको नाममा कोहि मारिदै, कोहि विस्थापित हुँदै त कोहि मानसिक रुपमा त्रसित हुँदै गाउँमा जिउँदै मरेर बाँच्न विबश थिए भने उता राजधानीतिर गिरीजा र शेरबहादुरहरु भ्रष्टाचारीहरुलाइ काखी च्यापेर सत्ताको फोहोरी खेलमा व्यस्त थिए । लाग्थ्यो उनीहरुलाई केहि फरक परेको थिएन । कार्यकर्ताको शवमा पार्टिको झण्डा ओढाएर मात्र आफ्नो कर्तव्य पुरा भएको ठान्थे । गाउँ जादैनथे । अम्रीका, विलाइत तीर घुमेर नेपालमा द्धन्द समाधान गरिदिन आग्रह गर्थे ।
यसरी राजनिती प्रति, राजनितिक दलहरुप्रति र कालान्तरमा राजतन्त्र प्रति नै आम जनताको वितृष्णा पैदा हुन थाल्यो । राजा र राजपरिवारका सदस्यहरुको आचरण, आय व्यय र जीवन शैली संचारको विकास संगै जनतामा पुग्न थाले । अनि राजदरवार हत्याकाण्ड भयो । सबैले मनका राजा गुमाए । मैले पनि मेरो मनको त्यो राजा गुमाएँ जो प्रति मेरो अगाध श्रद्धा थियो, विश्वास थियो । ज्ञानेन्द्र आए तर उनले आफुप्रति जनतामा रहेका थुप्रै आरोपहरुको खण्डन गर्ने कहिल्यै प्रयास गरेनन् । उनी कहिल्यै जनताका भएनन् । भन्न सधै जनता भने पनि जनता मर्दा सहानुभुतिका एक शव्द प्रकाशित गर्न उनले कहिल्यै जरुरी ठानेनन् । उनले जहिले पनि आफू भगवान भयको भ्रम पालेर बसिरहे । राजनितिक चेतनाको विकास, गाउँमा माओवादीहरुको स्कुलिंग र राज परिवारका सदस्यहरुको विलासी स्वभावको कारण हामीमा एक किसिमको बिद्रोही मानसिकता बन्दै गयो । राजपरिवारका सदस्यहरुनै हत्या र गुण्डागर्दीमा संलग्न हुनु र त्यसको कार्वाही नहुनुले राजा राजतन्त्र प्रति धेरैमा अविस्वास पैदा भयो । अलि अलि जनाधार भएका र माओवादी संग गाउँमा अझै लड्दै रहेका काँग्रेसी र एमालेहरु विरुद्ध राजाले कू गरेपछि उनको पक्षमा रहेका अर्को जनाधार फुस्कियो । राजा नै बदमास भन्ने आम धारणा व्याप्त भयो । म एक पढेलेखेको मान्छे त्यसरी सतही धारणामा नबगेर मनमनै प्रश्न गरें, के राजा दोषी हुन् त ?
मलाइ जति इतिहासको जानकारी छ त्यस अनुसार हेर्ने हो भने नेपालमा सधै राजा नै छन् । अस्ति जेठ १५ गते मात्र राजा विदा भएका हुन् । त्यसभन्दा अघि पनि राजा नै थिए प्रधानमन्त्री जो भएपनि । पन्चायती व्यवस्थाको ३० बर्षपनि राजा नै थिए । उनले चाहेको भए वा भनौं गर्न सकेको भए त्यहाँ कुनै तगाराहरु थिएनन् । सैनिक आफ्नै थिए जनता पनि आफ्नै थिए । तर उनले केहि गरेनन् । जति गरे त्यो भन्दा बढी लिए । भन्सारमा, सेनाको हतियार खरिदमा होस् वा विमानस्थलमा नै किन नहोस् राजाको भाउ लगाउनै पर्ने बाध्यता अस्ति सम्म थियो । बाषिर्क करोडौंले नपुगेर कमिसन र भाउ नभइ हुदैन्थ्यो । वास्तवमा राजाहरु सामन्ती हुन् । यीनिहरुले जनतालाइ पशु ठान्थे । तर समयको बेगलाइ पछ्याउन नसकेर उनी गए । कसैले उतिसारो पिर मान्नु पर्दैन ।
यसरी म एक राजतन्त्रवादी गणतन्त्रवादी भएँ । अहिले देश साँच्चै भन्ने हो भने बडो जटिल तर अनगिन्ति सम्भावनाहरुको मोडमा छ । यसलाई सही दिशातर्फअगाडि लैजान सकेको खण्डमा देशले काँचुली फेर्नेछ भन्नेमा म बढी आशावादी छु । काँग्रेसी राज हामीलाइ त्यति फलिफाप भएन । जनताको पक्षमा सुध्रेका र दृढ इच्छाशक्ति भएका बुद्धिमान माओवादी राज अहिलेको जनचाहना हो । उनीहरु संग आम जनता तर्सिनु पर्ने कुनै कारण छैन किनभने उनीहरु जनताविरोधी भएर धेरै दिन टिक्न पक्कै सक्दैनन् । राजनितिशास्त्र र भौतिकशास्त्र पढेका माओवादीहरुलाइ यो कुराको पक्कै ज्ञान हुनुपर्छ । अब पछाडि फर्केर होइन अगाडि बढेर सोच्नु पर्छ । देशलाइ गणतन्त्रै चाहिन्छ, देशलाइ लोकतन्त्रै चाहिन्छ, देशलाइ परिवर्तन नै चाहिन्छ । अब राजाभन्दा राणा शासन शान्त थियो भनेर राणा शासनको कल्पना गर्ने होइन । हामीले शान्ति यहि खोज्नुपर्छ । हामीले उन्नति गणतन्त्रमै खोज्नुपर्छ । राष्टियता हामीले यही गणतन्त्रमा बचाउनुपर्छ । हामीविचका लेण्डुप दोर्जे र च्यांग काइ सेकलाई हामीले चिन्नुपर्छ । राम्रा मान्छेहरु चिन्नुपर्छ । भ्रष्टाचारी र अत्याचारीलाइ हामीले नै सजाय दिनुपर्छ । हाम्रो नेता हामीले नै चुन्नु पर्छ । अब कोहि नाता वा रगतको आधारमा हाम्रो शिरमा बस्न सक्ने छैन । उसको योग्यता र जनसेवाको आधारमा पद प्राप्त गर्ने आधारहरु बनाइनुपर्छ । अनि त्यो सबै हामीले बनाउँछौं । हामी अब बल्ल र्सार्बभौम भएका छौं । त्यसैले अव पहिले भन्दा देश अझ एकिकृत हुनुपर्छ । जनता अझ मिलेर बस्नुपर्छ ।
यसकारण मलाइ लाग्छ देश अव केहि बन्छ । नयाँ नेपाल पक्कै बन्छ । तराइ पहाड मधेश फेरी एकढिक्का हुन्छन् । समानताको र भाइचाराको सन्देस अव गाउँ गाउँमा पुग्नेछ । काम गरेर खान पाउने अवस्था छिट्टै सिर्जना हुनेछ । मेरो यहि आशा छ भरोसा छ । म भनेको एकजना मात्र होइन करोडौं मुक्तिकामी नेपाली जनताहरुको हो जो आजसम्म हिंसा, अत्याचार, उत्पीडन, असमानता, भ्रष्टाचार, राष्टघात जस्ता दिर्घरोगबाट पिडित छन् । नयाँ नेपालको जय होस् । जनताहरु त्यो दिन हेर्न पर्खिबसेका छन् र त्यसको लागि चाहिएमा फेरी रगत दिन तयार छन् । नयाँ नेपाल बनाउने यस अभियानमा सबैजना आफ्नो आफ्नो क्षेत्रबाट सहभागी बनौं । निराशाहरु त्यागौं । नयाँ नेपालको निर्माणमा आउने तगाराहरु भत्काइनेछन् । नयाँ नेपाल बन्नेछ, बन्नेछ, बन्नेछ । अब यसलाइ रोक्ने तागत कसैसंग छैन ।
यसरी राजनिती प्रति, राजनितिक दलहरुप्रति र कालान्तरमा राजतन्त्र प्रति नै आम जनताको वितृष्णा पैदा हुन थाल्यो । राजा र राजपरिवारका सदस्यहरुको आचरण, आय व्यय र जीवन शैली संचारको विकास संगै जनतामा पुग्न थाले । अनि राजदरवार हत्याकाण्ड भयो । सबैले मनका राजा गुमाए । मैले पनि मेरो मनको त्यो राजा गुमाएँ जो प्रति मेरो अगाध श्रद्धा थियो, विश्वास थियो । ज्ञानेन्द्र आए तर उनले आफुप्रति जनतामा रहेका थुप्रै आरोपहरुको खण्डन गर्ने कहिल्यै प्रयास गरेनन् । उनी कहिल्यै जनताका भएनन् । भन्न सधै जनता भने पनि जनता मरî
Provided By : Lekh Nath (lekhnathg1@hotmail.com)

No comments: