Tuesday, November 18, 2008

मेरो बुझाईको नेपाल ,अमेरिका र डी. भी.‏

मेरो बुझाईको नेपाल ,

आज विहानै जुरुक्क उठें, ५ बजेको रहेछ। काममा जान तयार हुन लागे तर किन किन मेरो जीउ सार्है थकित थियो काममा सिक कल गरे अनी कम्प्युटर खोलें र सधै झै आफ्नो देशका समाचारका शीर्षकहरु तिर आँखा लगाएँ। सँधै एउटै खाले न्यूज देशमा शान्ती चाहिएको छ,बार्ता सम्पन्न तर बिफल ,आन्दोलन घोषणा गर्ने चेताबनि,पार्टिहरु बिच सम्झौता भयो तर कार्यन्वय भएन ,इन्धन अभाव,चक्का जाम आदि इत्यादि।मलाई लाग्छ किन- नेपालको राजनीतिमा कतिबेला के हुन्छ ठेगाना हुँदैन । बिहानको अनुमान बेलुकी फेल हुन्छ । आजको अनुमान भोली फेल हुन्छ । बिहान गरेको कुरा बेलुकी असान्दर्भिक हुन्छ । बेलुकी लेखेको समाचार बिहान पढ्दा हासो लाग्छ । बिहान बोलेको कुरा बेलुकी नेताहरुले भुलिसक्छन । बेलुकी गरेको सम्झौता रात रहे अग्राख पलाउछ भनेझै मसि सुक्न नपाउदै बिर्सिन थाल्छन नेताहरु । को कतीबेला को सँग मिल्छ ठेगान हुँदैन। यस्ता समाचारले विशेषगरि हामी बिदेशमा बस्ने जो कसैलाई साहै दु:ख लाग्दो रहेछ। हामी बिदेशमा भएपनि कुरा देशकै गर्छौ। देशप्रती अगाध माया छ ,तर आफ्नो देशको परिस्थिति,र बाध्यताले गर्दा बिदेसिनु परेको छ यो कुरा हाम्रो देशका राजनीतिक पार्टीका नेताहरुले बुझ्नु जरुरी छ। मेरो विचारमा अबको बेला भनेको सम्पूर्ण राजनीतिक पार्टी तथा नेताहरु आफूलाई सच्याउने र मुल्यांकन गर्दै नयाँ आधारमा सहमति र सहकार्यको मार्गमा आऔं सबै मिलि देश र जनताको पक्षमा लागौं । जनचाहना भन्दा ठूलो कुनै एजेण्डा हुदैन भन्ने बुझौं र नयाँ संस्कार निर्माण गर्दै अघि बढौं । यतार्थमा, मुलुकमा आम परिवर्तनको खाचो छ तर यी सवका लागि कमिशन,चुहावाट नियन्त्रण , लोभ, लालच राष्ट्रपती,प्रधानमन्त्री देखी पियन सम्म सबैले त्याग्नसक्नु पर्छ।यो परिवर्तनले यथास्थितिमा रहेको नेपाली समाजलाई रुपान्तरण गरोस् । ब्यक्तिगत स्वार्थ र पार्टी भन्दा देश लाई माया गर्ने राजनीतिक नेत्रित्वको बिकास होस्।जनताका आधाराभुत आवश्यकता स्वास्थ,शिक्षा,खानेपानी सर्बशुलभ तरिकाले प्राप्त होस्।नाताबाद -क्रिपाबाद ,छुवाछुद,भ्रष्ट्राचारको मलामी जान पाइयोस र समग्रमा बिधिको बिधान अनुसार चल्ने कानूनी राज्यको निर्माण होस्,हाललाई नयाँ नेपाललाई चाहिएको यत्ति हो । यसरी मात्र नयाँ नेपाल सम्भब छ ।

अमेरिका,

यस बिपरित सात समुद्रपारी हाल आफू रहेको मुलुक अमेरिकाबारे आफ्नो बुझाईको केही कोरौ भन्ने सोच आयो। सुखद समुन्नत जीवनको पारिकल्पना गर्दै बुन्दै,सात समुद्द्र पारी अमेरिका आउने क्रम तिब्र गतिमा बढीरएको छ। कसैको उच्च शीक्षा हाशिल गर्ने उद्धेस्व,कोहिकोचाही छोराछोरिको भबिश्य उज्वल हुन्छ भन्ने आशामा आफु नचाहादा नचाहादै पनि यहाँ काम गर्नु परेको छ र कोहिका अथाह धनार्जन गर्ने लालसा बोकेर अमेरिका उढने स्थिती केही बर्ष यता चुलिदै छ।यो कतै डिभिको नाममा भैरहेको र कतै गोश्ठि,सेमिनार,स्टेजशो वा अन्य कार्यक्रममा झुन्डिएको छ।अर्थात भनौ अमेरीकालाई आफ्ना स्वप्नहरु फुलाउने फुलबारिको रुपमा देख्ने जमातको हाम्रो नेपालमा मात्र होइन विश्वमानै अभाब छैन। म हाल अमेरिकामानै छु र यो मेरो बसाइ चौथो वर्षमा प्रबेश भएको छ।हालको परिस्थितीमा विश्वको शर्वशक्तिमान देश अमेरिकामा के छ र, नेपाल मात्र होइन सम्पूर्ण विश्वका मानिसहरु यहाँ आउन आतुर छन भनिन्छ, अमेरिकाको न्युयोर्क सहरमा कसैको पनि देश नसोध्नु रे! न्युयोर्क यस्तो भैसक्यो, जहाँ संसारका जुनसुकै देशका नागरिक पनि बस्न पाउँछन् र आफ्नो पेसा गरेर निर्धक्क गर्न सक्छन्, जहिलेसम्म उनीहरूले अमेरिकी कानुन उल्लंघन गर्दैनन्। जात र थर त परै छोडिदिउउकि तिमी कुन देशको समेत भन्न नपाइने कस्तो भ्रातृत्व विकास गर्न सफल भएका होलान् अमेरिकीहरू। न्युयोर्क मात्रै होइन अबको केही दशकभित्रै अमेरिकाका अन्य क्षेत्र पनि त्यसैगरी विकास हुनेछन्। त्यसैले त अमेरिकीहरू कहिले डीभी चिट्ठामार्फत त कहिले विभिन्न देशका शरणार्थीलाई अमेरिका भित्र्याइरहेका छन्। मान्छेहरू त्यसमाथि कम्युनिस्टहरू अमेरिकामाथि विभिन्न आरोप लगाउँछन् तर विश्वका कुनै पनि मानिस छैनन् जो अमेरिकाको अनुसरण नगरी बस्न सकून् वा अमेरिकाको सपना नदेखुन्। अमेरिका अबशरहरुको भुमी हो भन्दा अत्युक्ती नहोला यदी तपाईंमा जोष्,जागर काम गर्ने प्रतिभा अनी इमान्दार हुनुहुन्छ भने।यही भएरनै होला नेपाल लगायत विश्वका टिभि,रेडियो,पत्र पत्रीका जताततै अमेरिकाका ताजा समाचार देख्न वा सुन्न सकिन्छ।विश्व भात्त्रित्वका लागि अमेरिकाले यस्तो प्रयास गर्दैछ कसैलाई पनि जात,भात,नाताबाद-क्रिपाबाद,वर्ण,लींग,धनि-गरिब,सेक्सका आधारमा भेदभाब गरिनु हुँदैन र कानूनी राज्यको अबधारणा,बिधिको शासन अनी रूल र रेगुलेशन जो कसैले पालना गर्नु पर्छ र सैबैलाई समान हुन्छ। भ्रम नपरोस मैले अमेरिकाको गुनगान चाहेको पक्कै होइन यो यतार्थ हो यसलाई आत्मसात गर्नै पर्छ।अफ्नो स्वर्ग जस्तो देश नेपाल छोडेर आजभोलि प्राय सम्पूर्ण यूवा पुस्ताहरु अमेरिका वा विदेश जाने सपना देख्नु स्वभाभिक किन ठान्दछु भने नेपालमा रुलरेगुलेशन कमि,नाताबाद-क्रिपाबाद,भ्रस्ट्राचार गर्ने प्रबिर्तीको बिकास,योग्यताको कदर नगरिनु आदि आदि। आशा अनी पूर्ण विश्वास गरौ अबको सरकारले देशको आर्थिक,सामाजिक प्रगती गर्ने बातावरण स्रीजना गरोस ,बिधिको बिधान अनुसार चल्ने कानूनी राज्यको निर्माण एबम पालना गरोस तथा रोजगारिका प्रशस्त्त अबसरहरु स्रीजना गरोस यती भएमा मात्र बिदेश पलायन हुने मनसाय आम नागरिकमा पर्ने छैन।

र डी. भी.

हामी नेपालीहरुलाई अमेरिका आउनको लागि अहिले सबैभन्दा सजिलो माध्यम डी. भी. भएको छ। डीभी परेपछि सम्बन्धित दूताबासले खोजेको कागजपत्र दिनुभयो र डीभीको दायराभित्र पर्न सक्नुभयो भने तपाई अमेरिका आउनुहुन्छ । तपाईंहरु जो कोही डी.भी. वा अन्य कुनै माध्यमबाट अमेरिका आउँदै हुनुहुन्छ भने यी टिप्स अबस्य सहयोगि बन्नसक्नेछन। अमेरिका आएपछि पैसा कमाएर तुरुन्तै जिन्दगी बदलिहाल्छ भन्ने मानसिकता त्याग्दिनुहोस् । जीन्दगी अमेरिकामा त्यति सजिलो कहाँ छ र - तपाई नयाँ देश नयाँ ठाउमा तपाईले धेरै मेहनत गर्नैपर्छ । त्यसका लागि बुद्धि पुर्याएर धैर्यताका साथ काम गर्नुपर्छ अप्ठेरो अवश्य छैन । नेपालमा डी.भी. पीडितहरुले समेत राजनीतिक दलहरुकै जस्तो विरोध प्रदर्शन र बाटोमा टायर बालेर भोक हड्ताल बसेर विरोध जनाएको समाचार आयो । यो समस्याको जड अरु कोही नभएर डी.भी. पर्नेहरु आफैंले गर्दा समस्या उब्जेको हो भन्दा डीभी पीडितहरुलाई लेखाइले त बिझ्ला तर यथार्त त्यही नै हो । नेपालमा डीभी लोटरी पर्नुभनेको अमेरिकामा आएपछि अमेरिकी सरकारले नै सबै काम बसोबास खोजिदिन्छ भन्ने हल्लाको विश्वासमा समेत कतिपयहरु परेका पाइन्छन् । यथार्त नितान्त फरक छ, कामबसोबास सबै आफै खोज्नुपर्छ । त्यो पनि डीभी परेकाहरुका कोही आफन्तहरु अमेरिकामा छन् र तिनीहरुको राम्रो सहयोग पाइएमा नत्र त्यो नयाँ आउने व्यक्तिले आफू एक्लैले अमेरिकामा तुरुन्तै स्थापित हुन निकै धौधौनै पर्छ । त्यसैले तपाईंकै सजिलोको लागि अमेरिकी राजदूताबासले अमेरिकाको स्वागत पत्र कुनै आफन्त वा चिनेजानेको ब्यक्ती खोजिरहेको हुन्छ । तपाई गाडी चलाउन पर्फेक्ट भएर आउनुहोस् न कि लाइसन्स मात्र त्यसैमा कल्याण छ ,समय र पैसाको बचत हुन्छ।अंग्रेजीमा पोख्त नहुँदैमा तपाई आफूलाई नर्वस नबनाउनुहोस्। बिस्तारै बानी परिहाल्छ ।

कमल भट्टराई- मनासस

No comments: