सर्बोच्च शिखर सगरमाथा भएको हाम्रो देश ,गौतम बुध्द जन्मेको,विश्वमा पानीमा दोश्रो ठुलो मूलुक हाम्रो नेपाल,प्रकृतिले दिएको उपहार- अनुपम सन्दौर्यता,वर्णन गर्दा नथाकिने त्यो हाम्रो संकृति आदि,आदी र अहिले समस्याले ग्रसित मूलुक,दोश्रो गरिव मूलुक,बिधिको बिधान अनुसार शासन नचल्ने मूलुक,र हाल प्राय: यूवा पुस्ता बिदेसिन मन पराउने मूलुक आदी इत्यादी। साधारण लेमाइन हिसावले मैले नेपालबारे बुझेको यत्ती हो। हामी बिदेसमा बस्नेहरु देशप्रती अगाध माया छ ,तर आफ्नो देशको परिस्थिति,अबसरको कमि र कसैको बाध्यताले गर्दा बिदेसिनु परेको छ यो कुरा हाम्रो देशका राजनीतिक पार्टीका नेताहरुले कहिले वुझ्ने हुन कुन्नी? खास गरि विदेशमा बस्नेहरुलाई कहिलेकाही आफ्नो देशको बर्णन गर्नु पर्ने अबसर पनि आउदो रहेछ र म त्यसमा गर्व गर्न सकिन। यसै सद्रर्भमा मेरो एक साथी(जीन)ले तेरो मुलकको समस्या के हो भनेर सिधा प्रश्न गर्यो म अक्कन बक्क भए,प्रश्न सोधाईको हिसावले मलाई लाग्यो उसलाई नेपालबारे धेरै ज्ञान छ अनी सोचे के भनौ भनौ गरिबी, अशिक्षा, बेरोजगारी,पछौटेपन आदी भन्दिउ भने, राजनीतिक हिसाबले समस्यालाई केलाउने ऊ मान्छे परेछ भने उसले अराजकता, अन्यौल, अस्थिरता भन्ला कानुनी दृष्टिले हेर्दा दण्डहीनता नै प्रमुख समस्या देखाउला तर हाम्रो मुख्य समस्या त्यो हुँदै होइन । मैले उसको प्रश्नको उत्तर दिनै सकिन र उसलाई जबाफ फर्काए तेरो प्रश्नको उत्तर हाम्रो देशका प्रम प्रचन्डले त दिन सग्दैनन म जाबो नाथे। यो पनि होइन, त्यो पनि होइन भन्ने हो भने हाम्रो समस्या चाहिँ के हो त ? कि हामी समस्यामुक्त छौं । अहँ, त्यो पनि होइन । संसारमा त्यस्तो कुनै मान्छे छैन जो समस्याबाट सम्पूर्ण रुपले मुक्त होस् । त्यस्तो मुलक पनि छैन जहाँ कुनै समस्यै नहोस् । त्यसो भए हाम्रो समस्या चाहिँ के हो त ? यो अत्यन्तै गम्भीर प्रश्न हो, जसको प्रत्येक नेपालीले उत्तर नखोजी धरै छैन । भनिन्छ, समस्याको सही पहिचान नै त्यसको आधा समाधान हो । तर हामीले अहिलेसम्म हाम्रो समस्या के हो भनेर खोतल्ने प्रयास नै गरेका छैनौं । त्यो चाहिँ हाम्रो देशको दुर्भाग्य हो । मेरो विचारमा हाम्रो देशको समस्याको जरो चाहिँ हाम्रो परम्परा,राजनीतिक पार्टिहरु,शिक्षा, संस्कार र प्रवृत्तिमा छ । अहिलेका राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक यावत समस्या त्यसैका उपज हुन् । हाम्रो प्रवृत्ति उक्त समस्यालाई समाधान गर्न पनि हामीले प्रवृत्ति नै फेर्नु पर्छ वा सच्चाउनुपर्छ । अहिले मुलुकमा एउटा त्यस्तो व्यक्ति छैन जो उत्तरदायी होस्, एउटा त्यस्तो पार्टी छैन जसले आफूलाई जिम्मेवारीपूर्वक प्रस्तुत गरोस् । एउटा त्यस्तो संस्था छैन जसले दायित्वोध गरोस् । हामी जहाँतहीँ देख्छौं उत्तरदायित्वबाट पन्छने, बोलेको कुरामा नबाँधिने, गर्छु भनेको कुरा पूरा नगर्ने ।यी हुन हाम्रा देशका प्रमुख समस्या। अबको बेला भनेको सम्पूर्ण राजनीतिक पार्टी तथा नेताहरु आफूलाई सच्याउने र मुल्यांकन गर्दै नयाँ आधारमा सहमति र सहकार्यको मार्गमा जाने अनि सबै मिलि देश र जनताको पक्षमा लाग्ने बेला हो। हालका पार्टिहरुले,जनचाहना भन्दा ठूलो कुनै एजेण्डा हुदैन भन्ने बुझुन् र नयाँ संस्कार निर्माण गर्दै अघि बढुन् । यतार्थमा, मुलुकमा आम परिवर्तनको खाचो छ तर यी सवका लागि कमिशन,चुहावाट नियन्त्रण ,लोभ,लालच राष्ट्रपती,प्रधानमन्त्री देखी पियन सम्म सबैले त्याग्नसक्नु पर्छ। यो परिवर्तनले मात्र यथास्थितिमा रहेको नेपाली समाजलाई रुपान्तरण गर्दछ । हाल हाम्रो नेपालमा सत्तामा बस्ने हुन् वा सत्ता बाहिर, राजनीतिज्ञ हुन् वा समाजसेवी जो सुकैमा पनि एउटै प्रवृत्ति पाइन्छ । त्यो हो गैरजिम्मेवारीपन र छाडापन । हामी नेपालीको यो मूल प्रवृत्ति रहँदासम्म कुनै पनि क्षेत्रमा परिवर्तनको आशा गर्न सकिँदैन । परिवर्तन भनेको एउटा पार्टीको ठाउँमा अर्को आउनु वा एउटा नेतालाई विस्थापित गरेर अर्को स्थापित हुनु होइन । नयाँ नेपालका लागि नेतृत्वमा नयाँ अनुहार हैन, नयाँ विचार र दृष्टिकोण चाहिएको हो । नयाँ शैली, कामको नयाँ तरिका, नयाँ सोच र विचार अनि त्यसलाई आफनो कर्ममा ढाल्ने नेतृत्व जनताले खोजेका हुन् । जबसम्म हामी आफ्नो दायित्ववोध गर्दैनौं, आफूले पूरा गर्नुपर्ने अभिभारा बुझ्दैनौं र मन, वचन र कर्मले त्यसलाई पूरा गर्नेतर्फ लाग्दैनौं तबसम्म नेपालको तस्वीर बदलिँदैन । योजना बनाउने, कार्यक्रम र नीति निर्माण गर्ने गरेर मात्रै कार्य सम्पादन हुने भए त हामी उहिल्लै सिगापूर,स्विजरल्यान्ण भइसकेका हुने थियौं । राणा शासनको पतन भएर प्रजातन्त्र स्थापना भएको छ दशक पूरा भइसक्दा पनि हामी जहाँको तहीँ छौं भने त्यसको पछाडि केही न केही कारण त अवश्य छ । हुन त शिक्षा, सञ्चार, यातायात, भौतिक पूर्वाधारलाई आधार बनाएर हामीले फड्को मारिसकेको दलिल पेश गर्न नसकिने होइन तर त्यो समयक्रममा हुने स्वभाविक घटनाकै उपज हो र हामीले बुझ्नु जरुरी छ रामपिथेकस हुँदै मानिसको यात्रा प्रारम्ब भएको हो।अन्तमा,सबभन्दा पहिले त हाम्रो मूख्य समस्या शिक्षा पद्धति नै त्रुटिपूर्ण रहेको स्वीकार गर्नेपर्छ र त्यहीबाट जिम्मेवार नागरिक उत्पादन गर्न प्रारम्भ गरिनुपर्छ । हालका हाम्रा सभासद भनाउदाहरुनै अशिक्षित छन्,दीर्घकालिन सोचाइको अभाव छ। त्यसैले लाजै नमानि उनिहरुलाई शिक्षित बनाउन सरकार अग्रसर हुनुपर्छ। राजनीतिक क्षेत्र बिग्रिएर नै सबै क्षेत्र लथालिङ्ग भएको हो-नेपालमा। त्यसैले सबभन्दा पहिले शिक्षा पद्धतिमा सुधार अनि राजनीतिक क्षेत्रमा आमूल परिवर्तन गरिनुपर्छ । राजनीतिक कार्यकर्ता, नेता, शासक-प्रशासक गैरउत्तरदायी कुरा गर्दै हिँड्ने परम्परालाई पूर्णतः नियन्त्रण गरिनुपर्छ । यसलाई परिवर्तन नगर्ने हो भने नेपाली जनतालाई गणतन्त्र 'कागलाई बेल पाके' सरी हुनेछ। भाषण र बोली अनुसार काम भए विकास असम्भव भने छैन। जनताले महशुश गर्ने परिवर्तन आजैबाट चाहिएको छ,न कि दुइ वर्ष भित्र बन्ने भनिएको संविधानमा लेखिने अक्षर मात्र ।
कमल भट्टराई- मनासस,USA
No comments:
Post a Comment