माओवादीले जतिसुकै ठूलो क्रान्तिकारी र परिवर्तनको नारा दिए पनि उसका व्यवहार मध्ययुगीन बर्बरता सम्झाउने खालका छन् । हिजो जनयुद्धका नाममा थुप्रै अक्षम्य अपराध भए । तिनका दोषीलाई न कुनै कारबाही गरिएको छ, न त पीडितलाई उचित राहतको व्यवस्था नै । शान्ति प्रक्रिया हुदै सत्तारोहण भइसक्दा पनि उनीहरूको कार्यशैलीमा परिवर्तन आएको पाइएन । रामहरि श्रेष्ठ प्रकरण सेलाउन नपाउदै र त्यसका दोषीलाई कारबाही नहुदै फेरि कलंकीका दइ युवाको निर्मम, क्रूर र अमानवीय ढंगबाट हत्या भयो । वाईसीएल राजनीतिक विचार र दर्शनबाट अभ्रि्रेरितभन्दा पनि आपराधिक मानसिकता बोकेका केही अराजकको भीड भएको छ । उनीहरू राजनीतिक संरक्षणको आडमा अपराध गरिरहेछन् । र गर्वसाथ उनीहरू संगीन अपराधहरू स्वीकार्दै र दोहोर्यादै जान्छन् । तर कहिल्यै सच्चिदैनन् । के वाईसीएल अपराध गर्ने वैधानिक लाइसेन्स बोकेको जत्था हो् - होइन भने उनीहरूको व्यवहार लोकतान्त्रिक र कानुनसम्मत हुनुपर्यो ।
सरकारको नेतृत्व गरिरहेको पार्टर् नारा अग्रगमनकारी देखिए पनि व्यवहार उग्रवादी नै रहिरह्यो । एकपटक माओवादीलाई पनि हेरां भनेर भोट दिएका जनताको नै बारम्बार अपहरण-हत्या हुन थालेको छ । जबसम्म पार्टर्ी कार्यकर्तालाई जिम्मेवार बनाउदैन, तबसम्म माओवादी व्यवहार र्सवसाधारणलाई भ्रातृ संगठन वाईसीएलको कामले माओवादीको हिंसात्मक चरित्र फेरि उदांगिएको छ । बाराका पत्रकार वीरेन्द्र शाह र कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याले माओवादी पार्टर्ीीथि जनताको आस्था घट्दै गइरहेका बेला कंलकीका पुष्कर डंगोल र निर्मल पन्तको हत्याले एकपटक फेरि माओवादी उदांगिएको छ ।
वाईसीएलले अराजक व्यवहार र उद्दण्डता किन छाड्न सक्दैन - वाईसीएलकै व्यवहारले माओवादीप्रति जनताको विश्वास गुम्दै गइरहेछ । यस्तो अवस्थामा माओवादीले उसको अराजक व्यवहार रोक्न कडा कदम चाल्नर्पर्छ । अन्यथा माओवादीलाई वाईसीएलले नै भष्म गर्ने छ । माओवादी नेतृत्वले गम्भीर भएर सोचोस् ।