Wednesday, November 4, 2009

आमाले छोडेर गएपछी !

सानो हुँदा पढेको,सुनेको थिए प्रत्त्येक ब्यक्तिको जन्म,विबाह र मृत्‍यु भाविले लेखेको हुन्छ। अहिले मलाई आफ्नी आमाको मृत्‍युबारे केही कुरा लेख्न मन लागेको छ। भाविले लेखेको कारण वा सम्योग म हाल अमेरिकामा छु। जीवन जिउन संघर्शरत छु अथवा म सार्ह्रै ब्यस्त भएको छु आजकाल। यस बिपरित आफू जन्मिएको देशमा नगएको दुई वर्ष भैइसकेको छ प्लान बनाउदैछु पक्कै अर्को वर्ष दसैंमा त सपरिबार आमाको हातको टीका थाप्न जसरी भएपनि जानैपर्छ। आफूले सोचेजस्तो कहाँ हुदो रहेछर। अक्टोवर ५मा आमा बिरामी पर्नु भएको खबर घरबाट आयो। अकस्मात मेरो दिमागमा अनेक किसिमका तरग्ग पैदा भए बुढी भएकी आमालाई सम्झिदा मनलाई थाम्न साह्रै गार्हो भयो। मुटुलाई दर्हो बनाउदै सोचे- म नेपाल जानै पर्छ। तुरुन्तै नेपाल ट्राभल्स हाउसमा फोन लगाए साथी मनोजजीले शुलभ दरमा भोलिकै टिकट मिलाइदिनुभयो। यस्तो परिस्थितीमा काममा पनि पक्कै बिदा पाईन्छ होला नत्र काम छोड्नै परेपनी भन्ने सोचेरनै टिकट कन्फर्म गरिसकेपछी काममा भने १५दिनको बिदा पनि मिल्यो। अक्टुबर ६मा साथी सागर र ॠषिले एयरपोर्टबाट मलाई नेपालको लागि बिदाइ गर्नु भयो।

एक किसिमको सन्तुस्टिको लामो सास फेरेर नेपालातर्फ मेरो यात्रा सुरुभयो। आफना दाजुभाइको घर काठमान्डु भएपनी एक मिनेट त्यहा रोकिन मलाई मन लागेको थिएन तर के गरौ गाडी नपाईएको कारणले दाइको कोठामा एकरात काठमान्डुमै बिताउनु पर्ने भयो। रातभरी निद्रानै परेन गुल्मी भएकी आफ्नी आमाको छाप दिमागमा थियो। अर्को दिन बिहानै डाकगाडी चढी मोहन दाजिका साथ गुल्मीतर्फ लाग्यौ। साझ त म पनि घर पुग्छु आमा,दाजुभाउजु, दिदिबहिनी ओहो कती रमाइलो होला दुखी मन भएपनी खुशीले झन्क्रित भए म। समयको रफ्तार बड्दै साझको ६बजिसकेको थियो। हामी घरको पेटिमा पुगिसकेका थियौ। बत्तिको मधुरो उज्यालो ढोकाको चेपबाट चियाइरहेको थियो मानिसहरु भित्र गुनगान बोलेको सुनिन्थ्यो। यत्तिकैमा म भित्र पसे आमा म हजुरको कान्छो छोरा अमेरिकाबाट आएको चिन्नुभयो? अ बाबु। आमाको अनुहार देखेर म किमकरत्ब्यमुढ भए। न मुहार खशि,न घरमा चमक,न रमाइलो कस्तो उदेक लाग्दो जन्मथलो मेरो घर। अरु केही बोल्न सक्ने सामर्थ आएन ममा एककोहोरो आमालाई हेरिरहे हेरिरहे। म झकाएजस्तो भएछु दाजुले बोलाउनु भयो। आमा ओछ्यानमा परेको ढेढ महिना भईसकेको रहेछ। दुई बर्षमै आमाको यस्तो अवस्था देख्दा मन दुख्नु स्वभाभिक थियो। काममा कल गरी अक्टोबर २८मा हाजिर हुने सुचना दिए बिदा पनि मिल्यो।

धेरै वर्षपछी दिदिबहिनीको हातबाट तिहारको टिका लगाउने सौभाग्य मिलेपनि मन चुस्त थिएन। माओबादिले तिहारपछी देशमा आधिबेहेरी ल्याउने कुरा गरिरहेका थिए। नेपाल बन्द,हडताल,चक्काजाम जे पनि हुन सक्ने खतराले तिहार पछी तुरुन्तै काठमान्डुतर्फ फर्किने निधो गरे। आमा लगायतका सम्पूर्ण आफन्तलाई आफ्नो ब्यथा बताइ घरबाट अमेरिकाको लागि बिदा भए दाजुका साथ। म उढ्नका लागि ४दिन बाँकी थियो। तर बिडम्बना आमालाई अलि बढीभएको खबर घरबाट आयो। सोही दिन पौनी ९बजे ७८वर्षैय मेरी आमा(रमादेवी भट्टराई)को देहान्त भयो हरे राम! बाहेक अरु केही भन्न अनि गर्न सकिएन। मनमा जताततै सन्नाटा छायो,अक्कनबक्क भैयो,हातखुट्टा सिथिल भए,दिमागले काम नगरेको अनुभब भयो तर पनि के गर्ने सृस्‍टिमा भैरहेको चलन सहन पर्दो रहेछ। जिन्दगीमा कहिल्यै नपरेको दु:ख एकादम्म बज्रपात पर्‍यो। एकातर्फ हातमा प्लेनको टिकट छ अर्कोतर्फ आमा गुमाइसकिएकोछ। विगत ६बर्षादेखि यता बसेको मैले परिवार काम पनि हेर्नुपर्ने जिम्बेबारी ,बाटो लागिसकेको म यता न उता स्थितिमा थिए। तैपनि मनलाई द्रिर्ण बनाइ अमेरिकातर्फ आउने निधो गरे। शायद मै हुला यस्तो अभागि आमाको मृत्‍यु भएको चौथो दिन परदेश तर्फ लाग्ने। परिबन्दमा फसिएपछी के गर्ने जिन्दगी जीउनु पर्दो रहेछ। आमाको आत्माको चिर शान्तीका लागि सक्दो किरिया कर्म यतै आएर गर्ने निधो गरे। दु:खमा दिन पनि सोझा हुँदा रहेनछन भन्ने कुरा एयर्पोर्टबाटै अनुभब हुन थाल्यो किनभने बसमा एउटै सिट दुई जनालाई काटेको धेरैचोटि मैले देखेको छु तर भरिभराउ कम्पुटराइज प्लेनमा पनि दुई जनाको बोडिङ पासमा एउटै सिट क्या नरमाइलो धेरैबेर पछी जनतन समस्या समाधान भयो। म अन्तत अमेरिकाको डलास एयर्पोर्टमा ओर्लिए। फ्लाइट र ट्रान्जिट गरी बिताएका ३२ घण्टा मेरालागी बर्षादिन भन्दा कम भएनन।


स्कूल पढ्दा साथीभाइ टुहुरका सन्तान भनि झगडा गरेको सम्झन्छु। अब म पनि पूर्ण रुपमा टुहुरो भएको छु। मेरो सृस्‍टिका बिधाता आमाबाबु कोही छैनन तर पनि दाजुभाइ दिदिबहिनीहरु,इस्टमित्र तथा साथीभाइहरुले यस दु:खद घडीमा दिएका सात्वना मैले जिन्दगीमा कहिलौ नभुल्ले गरी दिमागमा टाचा लगाएको छु यसका लागि तपाईंहरु सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु। विधिको बिधान यस्तो दु:ख तपाईं हामी सबैलाई पर्दो रहेछ,मन बुझाउनै पर्ने यही नोभेम्बर ५ बिहीवार आमाको तेह्रम गर्दैछु। अन्तमा आउदो दसैंमा आमाको हातबाट टिका थाप्ने मेरो प्लान................ अस्तु।

bhattaraikamal1973@gmail.com
(अमेरिका)

Saturday, June 20, 2009

के रहेछ जीवन ?

धनै धन को मात्र पनि - हैन रहेछ जीवन ।
साग सिस्नु खोले सँग - खेल्दो रहेछ जीवन ।।

घमन्ड र मुर्ख्याइ मा - एक्लो रहेछ जीवन ।
मेलमिलाप र सद्भाबको - साथी रहेछ जीवन ।।

सुखै सुखको मेसो पनि - ब्यर्थ रहेछ जीवन ।
दु:ख बिच जिऊनु पनि - अर्थ रहेछ जीवन ।।

हांसै हांसो मात्र पनि - हैन रहेछ जीवन ।
हांसो रोदन सँग बाच्नु - मज्जा रहेछ जीवन ।।

छांया सितल मात्र पनि - हैन रहेछ जीवन ।
चर्को घाम मा पसिना को - अर्थ रहेछ जीवन ।।

परापमान मात्र पनि - ब्यार्थ रहेछ जीवन ।
परमात्मा को संमान गर्नु - गौरब रहेछ जीवन ।।

ठुलो ठा-लु बन्न खोज्नु - ब्यर्थै रहेछ जीवन ।
सानो बिच बाँच्न सक्नु -यो पो रहेछ जीवन ।।

दिनै दिन को ऊज्वल पनि - ब्यर्थ रहेछ जीवन ।
अंधेरी मा बिस्राम को - अर्थ रहेछ जीवन ।।

बलियो- बाङो मात्रा पनि - हैन रहेछ जीवन ।
निर्धो दुब्लो सँग बाच्नु - मज्जा रहेछ जीवन ।।

भरी पेट मा एक्लो बाच्नु - ब्यार्थै रहेछ जीवन ।
आधा पेटमा तिमी सँग - बाच्नु रहेछ जीवन ।।-पुरुशोत्तम सुबेदी

यथार्थ

चुरोटको बट्टा बट्टामा

‘धूमपान स्वास्थ्यको लागी हानिकारक छ’

लेख्दा लेख्दै पनि

रक्सीको बोतल-बोतलमा

‘मदिरा नपिउनु नै बेस’

देख्दा देख्दै पनि

‘तान्ने’हरुको भीड नघटेपछि

‘पिउने’हरुको जमात झन् बढेपछि

‘उल्टो असरको सिद्धान्त’ले काम गरेको र

चेतावनिको बारम्बार पुन:उक्ति पनि

झन्-झन् बेमतलब बन्दै गएको देखेपछि

आजकल त यहाँ

अर्कै चलन चलेको छ रे

भ्रष्टाचारिहरु प्र्त्येक घोटालापछि

‘भ्रष्टाचार देशद्रोह हो’ भन्छन्

घुस्याहाहरु हरेक किस्ता बुझेपछि

‘घुस खानु महापाप हो’ जप्छन्

चेतावनि र विज्ञापन संगसंगै चलिरहेछन् ।

क्यान्सर र भ्रष्टाचार दिनदिनै बढिरहेछन् ।
- दिलीप( कान्तिपुर ०३-०६-२०५५)

चोरहरुको देवी --मां जोगणिया--

धनकोलागि लक्ष्मी, शिक्षाकोलगि, सरस्वती त बलकोलागी हनुमान त त्यस्तै भिन्न भिन्न ईच्छा र आकांक्षा पूर्तीको को लागी भिन्न भीन्न देवताको कल्पना र उपासना समाजमा ईतिहासपर्यन्त चल्दै आएको छ। तर चोरहरुको पनि छुट्टै भगवान र मन्दिर छ भन्ने हामिमध्य धेरैलाई थाहा नहुन सक्छ । हो, तपाईले ठीकै पढ्नु भएको छ, म आज चोरहरुको देवीको बारेमा चर्चा गर्दै छु ।

भारतको मध्य प्रदेशमा नीमचबाट नजीक एउटा अनौठो देवीको मन्दिर छ । मां जोगणिया देवी भन्ने नाम भएपनि यो मन्दिर ‘चोरों कि देवी’ नामले बढी चिनिन्छ । बिहडमा रहेको र कठीन बाटोबाट पुग्नु पर्ने यो मन्दिर किन चोरको देवी भनेर चीनिन्छ भन्ने बारेमा एउटा अपत्यारीलो तर रमाईलो किंवदन्ति छ:

किंवदन्तिका अनुसार परापूर्वकालमा एकजना हतकडी लगाईएको चोर, पुलिसबाट भाग्दै भाग्दै बिहडको बिकट बाटो हुँदै यो मन्दिरमा आईपुगेछ । जब चोर यो मन्दिरमा प्रवेश गरेछ तुरुन्तै उसका हतकडी आफैं खुलेछन र सांप बनेर पुलिसलाई लखेटेछन । यसरी चोर सुरक्षीत भएछ ।

त्यहि समयदेखी यो मन्दिर चोरहरुकोलागी लोकप्रिय भएछ । अनी चोरीलाई अन्जाम दिनु अगाडि चोरहरु यस मन्दिरमा सफलताकोलागी प्रार्थना गर्न जान थालेछन । तर किंवदन्तिका अनुसार देवीले केवल चोरलाई मात्रै संसक्षण र सफलता प्रदान गर्छीन अपराधीलाई होईन (स्थानिय व्यक्तिहरुको भनाई अनुसार धन‍-माल मात्रै चोर्नेहरु ‘चोर’ मा पर्छन भने अपहरण गर्ने, मार-काट गर्नेहरु भने ‘अपराधी’ मा पर्छन ) अपराधीलाई भने चोरको देवीले मानसिक वा शारीरिक सजाय दमेत दिने गर्छीन भन्ने जन विश्‍वास छ ।

रमाईलो कुरा के छ भने अहिले पनि चोरी गर्न जानु अगाडि चोरहरु यहाँ जाने र मांसंग ‘आज्ञा’ लिने गर्छन । यो ‘आज्ञा’ लिने तरिका पनि अद्भुत छ। प्रथा अनुसार चोरहरु चोरी गर्नु अगाडि हातमा दुईवटा फूल लिएर मन्दिरमा जान्छन । ती दुई फूलमा एउटा ‘आज्ञा’ को सूचक र अर्को ‘निषेध’ को सूचक हुन्छ । चोरहरुले दुबै फूल एकैचोटी देवीको हातमा चढाउँछन, दुबै फूल हातमा नअटने भएकोले एउटा फूल तुरुन्तै खस्छ, अब मुर्ती अगाडि हात थापेर बसेको चोरको हातमा ‘निषेध’ को सूचक फूल खसेमा चोरले सो चोरीको योजना रद्द गर्छ, तर यदि ‘आज्ञा’ को सूचक फूल खसेमा भने आत्मविश्वासकासाथ चोरी गर्न जान्छ र यसरी ‘आज्ञा’ मिलेपछि चोरी गर्दा ‘सफलता’ मिल्ने र नसमातीने समेत विश्वास छ ।

चोरीको सफलता पछि चोरीको सानो हिस्सा देवीलाई पनि चढाउने प्रचलन रहेको पनि बताईन्छ । चोरी गर्न हिंडदा ‘अपराध’ गरेमा वा सफलता पछि केहि नचढाएमा पनि माताले चोरलाई सजाँय दिने पनि किंवदन्ति छ ।

सुन्नमा आए अनुसार विगत केहि समय यता यो मन्दिरको प्रचार बढ्दै गएकोले वरीपरिका सहरका चोरहरु पनि “ठुलो हात मार्नु” अगाडि यहाँ आराधना गर्न पुग्न थालेका छन ।

अन्तमा कतै टेलीभीजनको हास्य कार्यक्रममा एकजना हा्स्य कलाकारले भनेको एउटा वाक्य याद आयो “भारत एक अजीबों गरीब देश है-- अर्थात अजीब किसीमको गरीब देश” चोरीमा पनि देउतालाई मुस्ने कार्य साँच्चै अजीब छैन त? ।
(स्रोत: विभिन्न पत्र-पत्रिका र वेबपेजहरु)
र यो पनि हेर्नुहोस:Dilip Acharya
भारतको बिहारमा पटना जिल्लाको फतुहा नजिक यौटा अनौठो साधना स्थल छ, अनौठो यस मानेमा कि यो चोरहरुकोलागी सिद्धस्थल हो । बास्तबमा यो यौटा मकबरा (स्मारक) हो र “नूरि चोरका मकबरा” वा 'चोर बाबा की मजार' नामले चिनिन्छ।

यहा आएर चोरीको सफलताको लागी पुकारा गरेमा चोरि गर्ने कार्य बिना कुनै समस्या र सजिलै हुने विश्‍वास लीई आजकल पनि यहा ‘समय मिलाई’ चोरहरुले कामना पूर्ण गर्न साधना गर्ने गरेको पाईन्छ ।

ईण्टरनेट र बिभिन्न पत्रीकाबाट जानकारी पाए अनुसार बास्तबमा “नूरी” मुगल शासनकालको यौटा कुख्यात चोर थियो र जस्तोसुकै सुरक्षा प्रबन्ध वा पहरा भएको ठाउँबाट पनि सजिलै चोरी गर्न सक्ने सामर्थ्य राख्थ्यो । फेरी धनिलाई लुटेर गरिवलाई बाँडने काम गरी गरिवहरु बिच लोकप्रिय रहेकोले पनि उसलाई तात्कालीन प्रशासनले समात्न सकेको थिएन ।

प्रचलित आख्यान अनुशार पटनाका तात्कालीन गवर्नरले यो चोरको बारेमा सुनेपछि नूरिलाई आफ्नो भवनमा चोरि गरेर देखाउन चुनौतिपुर्ण निम्ता दिएछन । नूरिले पनि “सरकारको आदेश यस्तै छ भने पक्कै पनि कमाल गरेर देखाउनेछु” भनेर जवाफ पठाएछ ।

त्यसपछि निर्धारित समय भित्रै कडा पहरा र सुरक्षाको बिचमा भेष बदलेर सो भवनमा पसी नूरिले गवर्नरको श्रिमतिको सुनको चुरा गाएब गरिदिइछ । भोलिपल्ट उसले आफैं गवर्नरको भवनमा गएर सो सुनको चुरा निकालेर गवर्नरलाई दिएछ । भिन्न स्वभाबका गवर्नरले पनि सो चुरा उसैलाई पुरस्कार दिएछन र अब उप्रान्त सो शहर छोडेर जान आदेश दिएछन ।

सुनिन्छ त्यसपछि नूरिले गवर्नरलाई सो आदेश फिर्ता लिन अनुरोध गरेछ, तर गवर्नरले नमाने पछि अन्तमा “जिन्दगि भरि चोरी गरेर बिताँए अब अगाडि के हुन्छ थाहा छैन, त्यसैले म मरे पछि यहि सुनको चुराबाट आउने धनले मेरो मकबरा बनाईदिनु भयो भने मेरो जिवन सफल हुन्छ” भन्दै सो सुनको चुरा फिर्ता दिएर शहर बाट टाडा जाने तरखरमा लागेछ।

त्यस्तैमा एकदिन गाँउमा एकजना युबतीलाई अपहरण गरेर लगेको खबर आएछ, चोर भए पनि “अपराधि” नभएको मानिने नूरि तुरुन्तै अपहरणकर्ताको पछि लागेछ । तिन जना अपहरणकर्ता संग एक्लै लड्दा उक्त युबतीलाई बचाउन सफल भएपनि नूरीको भने सोहि घम्साघम्सिमा मृत्यु भएछ ।

आफ्नो वचन अनुशार गवर्नरले पनि उसको मृत्यु भएकै स्थानमा यौटा मकबरा बनाउन लगाएर त्यसलाई “नूरी चोरका मकबरा” भन्ने नाम दिएछन ।

हाल यो मकबरा जिर्ण अबस्थामा रहेको छ तर पनि टाढा टाढा बाट हालसम्म पनि चोरी कलामा सिद्धहस्त हुने कामना बोकेर चोरहरु यहा साधना गर्न र आशीष थाप्‍न आउने गर्छन ।

मुर्खानां प्रथमं बन्दे !

कहि नभएको जात्रा हाडिगाउँमा भनेजस्तै सुन्दा खेरि नै उदेक लाग्ने यौटा खबर सुनीयो:- नेपालमा फेरि आर्को यौटा महान क्रान्ति हुदैंछ रे !

हैन! तीन तीन चोटी प्रजातन्त्र र अब त गणतन्त्र नै आईसकेको देशमा अब फेरी के को क्रान्ति भन्नु होला, त्यो एकदमै महत्वपूर्ण र नगरी नहुने महान बैचारीक क्रान्ति हो।

कुरा के भने, नेपालको हालको अन्तरीमा संबिधानमा राष्ट्रपतिको व्यबस्था भएको छ. तर यसरी स्वतन्त्र देशको लैगिंक समानतामा आधारित राजनैतिक प्रणालीमा देशका प्रमुखलाई ठाडै ‘पति’ भनेर पुलिङ्गी शब्दले सुशोभित गरेपछि त्यसले नारी अस्मितामा ठुलो चोट पुर्‍याएको ठहर गरेर केहि लाल ‘बुझक्की’ हरु सो शब्दको पछि लागेका रहेछन । कम्ता ठुलो कुरो रै’च त ? भविश्यमा कुनै दिन नेपालमा महिला सो पदमा पुग्न सक्ने हुनाले लैगिंक समानताको मर्यादा राख्दै सो शब्द परिवर्तन गरी अन्य कुनै नाम राख्नु पर्दैन त? ।

पहिला च्याटमा बस्दा एकजना मित्रले यो कुरा बताएका थिए, उनले सो महान क्रान्तिमा होमीने एकजना सभासदको नाम पनि मलाई दिए, पछि १-२ अनलाईन मिडियामा पनि देखे पछि बैचारिक दरिद्रताको कुनै हद हुदैन रहेछ भनेर मलाई ज्ञान भयो ।

उनको त्यो बृहद भाषिक ज्ञान र शाब्दिक पहिचानको उपयोग गर्दै यसो सोचें :- पशुपति भनेको पनि पशुका लोग्ने रहेछन, अब त्यस्तै तालले धेरै पैसा कमाएका वा भएका महिलालाई पनि के भन्ने हो? ‘लखपति’, ‘करोडपति’ र ‘अरबपति’ मा पनि ‘पति’ आउँछ। सोच्दै जाँदा याद भो, अब सरकारी कार्यालयका खरदार, सुब्बा, शाखा अधिकृत र सचिव जस्ता शब्दहरु पनि पुरै ‘पुरुष-बाचक’ भएकाले ति शब्दहरु पनि परिवर्तन गर्नु पर्‍यो । बिचार गर्दै जाँदा सम्झें, नेपालमा त कक्षपति र पछाडि ‘पति’ आउने केहि थरहरु पनि छन, अब के गर्ने ? कि त ति थरवालाहरु महिलाहरुले बिहे नगरे पनि थर परिवर्तन गर्नु पर्‍यो … लैगिंक समानता भएको ठाँउमा पनि महिलाले ‘पति’ भएको थर राख्छन त?

स्मरणिय छ हाम्रो छिमेकि मुलुक भारतमा हाल प्रतिभा पाटिल राष्ट्रपति छीन, सायद हाम्रा महान सभासद जत्तीको भाषिक ज्ञान नभएर हो वा लैगिंक सचेतनाको कमिले हो तिनले सो शब्द परिबर्तन गर्न कुनै कदम चालिनछिन, अनि महिला भएर पनि ‘पति’ आउने पदभार ग्रहण गरिछीन ।

अझ रमाईलो कुरा त के भने हाम्रो देशमा महिला न्यायाधीशरुलाई ‘श्रीमान्’ भनेर सम्बोधन गर्दा पनि हामी त्यसलाई सामान्य नै लिन्थ्यौ । यसरी महिलालाई पुलिङ्गी शब्दले सम्बोधन गर्दा न त कुनै महिला होच्चिन्छन न त कुनै लैङ्गि समानतामा आँच आउँछ ।

मनोवैज्ञानिक सोधले के भन्छ भने, जब जब मानिस आफ्नो संकिर्ण सोचाई वा सिमित क्षमताका कारण तथ्यगत रुपमा केहि गर्न नसक्ने हुन्छ तब उ शब्दजाल र भाषिक उपलब्धिमा रमाउन थाल्छ । जसरी न्यायधिशलाई 'श्रीमान्' भन्दैमा त्यो शब्दको अर्थ लोग्ने हुदैंन त्यसैगरी पति को अर्थ स्वामी वा संरक्षक भएकोले ‘राष्ट्रपति’ भन्दा त्यसले कुनै पनि कोणबाट त्यो ‘पुरुष’ नै हुनुपर्ने दर्शाउदैन । अब घरमा आफ्न पति संग रिस उठेर ‘पति’ आउने सबै शब्दस‌गं द्रोह गर्न यसलाई राष्ट्रिय प्रश्‍न वा विवाद बनाईएको हो भने यो भन्दा गाईजात्रे क्रान्ति के होला र?

म महिला बिरोधि होईन तर बेक्कारको कुरालाई ‘ईस्यू’ बनाएर आफ्नो समय र जनताको करबाट प्राप्त भत्ताको दुरुपयोग गरेको भने अलिकता पनि चित्त बुझ्दैन । तर ठुलो मान्छेले उठाएको कुरा हो हेरौं केहि निर्क्योल निक्लि हाल्छ की? स्वतन्त्रता त सबैलाई छ नि आफ्नो बिचार राख्ने । म त्यो बुद्दीमत्तापुर्ण बिचारको आदर गर्छु ।

अँ त, अब यो पोष्टको शिर्षक तर्फ जाउँ:- "मुर्खानां प्रथमं बन्दे !"। सानै देखी हामिलाई सिकाईन्छ ठुला मान्छेको आदर गर्नु, त्यसैले म मान्यजनको आदर गर्छु । तर यो वाक्याशंले भन्छ “मुर्खलाई पहिला अविभादन गर्नु” । कारण कुनै एउटा सभामा केहि व्यक्तिहरु बसेका छन भने बुद्दीमान वा ठूला मान्छेलाई पहिला नमस्कार नगरे पनि हुन्छ रे, किनकी साँच्चै ज्ञानि मानिस न त नमस्कारका भोका हुन्छन, न त कसैले नमस्कार गरे वा नगरेर उनिहरुको महानता घटबड हुन्छ । तर सो सभामा बसेको मुर्खलाई पहिला नमस्कार गरेन भने उ रिसाउँछ र उत्तेजित हुन्छ रे (मलाई किन पहिला नमस्कार नगरेको भनेर) । यत्ती पढेपछि बुझ्नुभयो होला म कसलाई नमस्कार गर्दै छु भनेर … … ।Dilip Acharya

गल्ती गरौं, महान बनौं

स्कुल पढ्ने बेलामा एकदिन अंग्रेजीको शिक्षकले एउटा अंग्रेजी भनाईको माने सम्झाउँदै भन्नु भएको थियो “ … महान मान्छेबाट पनि गल्ती हुन्छन्” । मैले भने त्यतिबेला त्यो भनाईको अर्थ अर्कै निकालेको थिए : “गल्ती गर्ने मात्रै महान बन्छन” । शिक्षकले शब्दार्थ देखाएर तर्क प्रस्तुत गरे, मैले सत्यार्थ दर्शाएर बुझ्न ईन्कार गरें । उनले आफ्नो शिक्षकवादको हैकम देखाएर मलाई हप्काए, मैले आफ्नो विद्यार्थी जोश देखाएर उनलाई रन्काएँ । कक्षामा निकै वेर चर्काचर्की भयो। त्यतिबेला मलाई आफ्नै तर्क शतप्रतिशत ठीक लागेको थियो, तर स्थितिको गाम्भीर्यलाई ध्यानमा राखेर म नै चुप बसें (कारण त्यतिबेलाका शिक्षकका हातमा एउटा लठ्ठी पनि हुने गर्थ्यो :)

बीचमा केहि समय शिक्षकको तर्क ठीक लाग्यो, तर वरिपरिको वातावरण र अहिलेको स्थिति हेर्दा लाग्छ स्कुल समयको मेरै तर्क सहि रहेछ । तपाई आफैं हेर्नुस न, यहाँ गल्ती नै नगर्ने ठूलो मान्छे को नै छ?।

कुर्सी पाएपछि भोट हाल्ने जनता भुल्ने नेता, प्रसिद्धि पाएपछि सुटीङमा ढिला आउने अभिनेता, आँखा अगाडि घटेको घटना नदेख्‍ने तर हावा खबर लेख्‍ने पत्रकार, आफ्नै घर्रामा भएको फाईल नभेट्ने र कामवालालाई पुरै कार्यालय घुमाउने कर्मचारी , सबै नै आ-आफ्ना क्षेत्रमा अगाडि बढ्दैछन। यी सबलाई तपाईले बदमासी गर्दा गर्दै समात्नु भयो भने सबैले एउटै जबाफ दिनेछन : “के गर्ने गल्ती त मान्छेबाट भैहाल्छ नि …” । तर मेरो बिचारमा यो वास्तबमा भुल हैन, माथी माथी चढ्ने पुल हो । किनकि अहिलेको जमनामा भुल नगरिकन ठूलो मान्छे बन्नु असम्भव नै छ। पत्याउनु हुन्न ?, हेर्नस त :

तपाई सरकारी कर्मचारी हुनुहुन्छ र तपाईले कुनै काम गर्नु छ, तपाईसंग समय प्रशस्त छ र काम गर्ने वातावरण पनि छ, तर पर्खनुस !, हतार गरेर त्यो काम नगरिहाल्नुस, किनकि अर्काले एकचोटि भन्ने बित्तीकै काम गरिहाल्ने व्यक्ति कहिल्यै ठूलो मान्छे बन्न सक्दैन । पहिला त दुई तीन पटक भोलीभोलीको वहानामा उसको दिमाग तताउनुहोस, त्यसपछि चार पाँचपटक कार्य व्यस्तताले गर्न नसकेको बताउनुहोस। अनी कुनै दिन, फुर्सद भयो र ‘मुड’ पनि चल्यो भने बल्ल उसको काममा हात चलाउनुहोस। यस बीचमा ऊ पन्ध्र पटक निवेदन लिएर आउनेछ, सत्र पटक चीया र खाजा खुवाउने छ। अन्त्यमा उसको काम गरिदिएकोमा धन्यवाद पनि दिने छ (काम र ठाम हेरी आउने अदृश्य वस्तुहरुको चर्चा भने अहिले नगरौं)।

तर सो व्यक्ति आउनेबित्तिकै तपाईले उसको काम गरिदिनु भएको भए के हुन्थ्यो त तपाईलाई थाहा छ? । उ तपाईको कार्यालय कोठामा प्रवेश गर्थ्यो, तपाइ लुसुक्क उसको काम सक्काईदिनु हुन्थ्यो, उ खुरुक्क आफ्नो बाटो लाग्थ्यो । सायद बाटोमा यस्तो सोच्दो हो – “ओहो ! निक्कै नाम सुनेको थिएँ, निक्कै व्यस्त हुन्छन् भन्थे त !, के को व्यस्त हुनु, काम नै केहि रहेनछ … । ऊ तपाईलाई निकम्मा सम्झदों हो, बेकारी सम्झदों हो, धन्यवाद र कृतज्ञताका शब्द त कता हो कता । त्यसैले काम हेरी कम्तीमा पनि सानो कामलाई ३ दिन, मझ्यौलालाई ५ दिन र ठूलोलाई १० दिन सम्म झुलाउनु होस् । हैन तपाईलाई ठुलो मान्छ बन्नु छैन भने त भिन्दै कुरा।

अब भुलाउने र झुलाउने कलाको बारेमा पनि केहि चर्चा गरौं । यसका मुख्य दुईवटा मात्रै अति असरदार र जोडदार तरिका छन्- एक व्यस्तता देखाउने, दुई भुलेको नाटक गर्ने । व्यस्तताको नाटक गर्न धेरै सजिलो छ। तपाई अफिसको टेबुलमा टाउको अड्याएर निदाई रहनु भएको छ, फोनको घण्टीले तपाईको निन्द्रा खलबलिन्छ । “हेलो !, म भूँडिवाल अग्रवाल … ” उताबाट आबाज आउँछ “ मेरो काम … ”। उताको आबाजलाई बीचैमा काटेर भन्नुहोस “ … अँ, आजभोलि कामको भिडले गर्दा केहि गर्न भ्याएको छैन, दुई तीन दिनपछि सम्पर्क गर्नुहोस न ”। उताबाट सधन्यवाद फोन राखीन्छ र उ तपाईको व्यस्तताको गुणगान गाउन थाल्छ, तपाई चाहिँ निंन्द्रा बिगारेकोमा उसलाई सराप्न थाल्नुहोस ।

तर कहिलेकाही कामवाला यस्ता हुन्छन्, जो बिना फोन एक्कैचोटी तपाईकहाँ पुग्नेछन (बदमासहरु!), तर नआत्तिनुहोस्, झट्ट फोन उठाएर गरको नम्बर डायल गर्नुहोस “अँ … म फलानो … कति बजे रे आजको मिटिङ … ल ल म तुरुन्तै निस्कें” बस् फोन राखेर अगाडिको मानिसलाई हेरेर हिस्स हाँसिदिनुहोस् अगाडिको मान्छे आफैं माफी मागेर हिंडछ । (ऊ तपाईको अफिस बाहिर जान्छ, तपाई ट्वाईलेट सम्म गएर फर्कनुहोस –एक पन्थ दुई काज) । साथै त्यस्तै अपर्झट परेको बेलामा धुल्याई सकेको फाईल पल्टाउने वा श्रीमतीको चिठ्ठी हेरेर घोरिई दिने गर्नाले पनि अगाडिको मान्छे फर्कन सक्छ ।

अब कामको बोझले गर्दा भुलेको बहाना गर्ने उपाएहरुको बारेमा सोचौं । यो त झन माथिका उपाएहरु भन्दा पनि सजिलो छ । बस मनमनमा “यो मोरो कहाँबाट आईपुग्यो!” भन्ने भाव आएपनि मुखले भने “… हे हे हे ! हेर्नुस कामको भीडमा तपाईको त ठ्याक्कै भुलेछु, एक दुई दिनमा हेर्छु है !” भन्नुस, कामवाला सम्झन्छ ‘ओहो, यत्रोविधि काम समालेर बसेका छन, एक दुईवटा त बिर्सन पनि सक्छन नि!” । ऊ तपाईले ढाँटेको थाहा पाउँदैन र तपाईको कार्य व्यस्तताको राग अलाप्दै फर्कन्छ । तपाई आफ्नो सफलतामा गुनगुनाउन थाल्नुहोस ।

मान्छे अगाडि छैन र फोनमा भुलेको देखाउनुछ भने त झनै सजिलो । हेर्नुस त तपाईको फोनको घण्टी बज्दैछ … , किन हतार गरेर उठाउन लागेको, पाँच-सात घण्टी बज्न दिनुहोस। ल, अब उठाउनुस “ हेलो, म मालामाल कम्पनीबाट बोलेको, मेरो निबेदन … ” उताबाट आबाज आउँछ, ल! तपाई किन आत्तेको?, जबाफ म सिकाईदिन्छु “ ओहो मालामालजी ( काम बिर्सेको मान्छेको तपाईले नाम पनि बिर्सन सक्नु हुन्छ ) हेर्नुस न … यो हप्ता साह्रै काम थिए, तपाईको त झण्डै बिर्सेको … तर धन्दा नमान्नुस म अर्को हप्ता हेरिदिन्छु” । उताबाट सधन्यबाद फोन राखीन्छ । ‘अरुको यत्रोविधि काम हुँदा हुँदैम पनि मलाई सम्झिरहेका रहेछन’ ऊ, वास्तविकता भन्दा धेरै परबाट तपाईको गुणगान गाउँन थाल्छ, तपाई भने त्यो मालामाल कम्पनीको को मान्छे होला र त्यसको के काम थियो होला भनेर सोच्दै गर्नुस ।

माथिका उदाहरणरुको अनुसरण गरेमा तपाई पनि एकदिन अवश्य ठूलो मान्छे बन्नु हुनेछ । त्यसैले तपाई पनि आजै देखी भुल्ने र गल्ती गर्ने बानी सिक्नोस्। एकचोटि गल्ती भएपछि सुधार्ने बानी छ भने त्यो पनि छाडनुस किनकि यहाँको चलन नै यस्तै छ :

अमर हुनलाई पहिला मर्नुपर्छ ।
महान बन्न धेरै गल्ती गर्नुपर्छ ।।

तपाईले कोहि नमरीकन अमर भएको मान्छे देख्‍नु भएको छ?, कोहि गल्ती नै नगर्ने महान् व्यक्तिलाई चीन्नु भएको छ ?

(गोरखापत्र ०१-०४-२०५६)

Sunday, June 14, 2009

बिचार कस्ता कस्ता !!!

ल हेर्नुस् मान्छेको सोच बिचार कस्ता कस्ता हुन्छन यकै छिन चर्चा गरौ...

कोही पनि मान्छे जन्मिदा ठुलो सानो भयर जन्मेको हुदैन सामान्यतया सुरुमा जन्मेको सबै मान्छेको तौल बराबर जस्तो नै हुन्छ, अनी कोही धेरै ट्यलेन्ट र कोइ कम ट्यालेन्ट हुदैन अथवा कसैको मोटो कसैको तिखो दिमाग हुदैन। अथवा कोही शक्तिशली र कोही कम्जोर भयर जन्मेको हुदैन, यो त सबै तपाईंको गाउ समाज र बातावरणमा भर पर्नेकुरो हो। अपबाद बाहेकका सबै मान्छे दुई हात, दुई खुट्टा, नाक कान लगायत रित्तो दिमाग लियर जन्मेको हुन्छ। ल हेनुस् तपाईं भन्नुहुन्छ नि फलानो त कती असल, फलानो कती मुर्ख अनी फलानोको छोरो त डाक्टर भयो रे, फलानोको छोरो पाईलट भयो रे एस्तै एस्तै कुराहरु गर्नुहुन्छ नि होइन ? तर तपाईंले कहिले सोचनु भयको छ त यो सबै कसरी भयो भनेर!!! शायद छैन होला। अब प्रसँग बादलेर अर्कै कुरा गरौ है त, मैले एस्तो मान्छे देखेको छु की तपाईंलाई कसैले हेर हेर::: कौवाले त तेरो कान नै लगिदियछ नि भनेर कसैल जिस्काउछ अनी तपाईंले दाँया बाँया केहीपनी नसोची अथवा तपाईंले आफ्नो कान नै नछामी खोइ खोइ कता ह कता कता ::: भन्दै पुरा!! आकाश तिर हेरी खुब कौवाको पछी पछी दुगुर्नुहुन्छ::ल हेर्नौस यो चै यक थरी मान्छे भयो, एस्को माने त तपाईं बुज्नुभयको छ नि होइन त। कुनै पनि घटनालाई यक तर्फीमात्र हेरेर निणय गर्ने हरु हुन्छन नि उनिहरु को चालामाला एस्तै हुन्छ। कुनै पनि घटना, गल्तीहरुको सकारात्मक र नकारात्मक दुबै पक्षलाई केलायर हेर्ने मान्छे प्राय कमै छनहोला।

तपाईंले आर्को थरी मान्छे लाई चिन्नु भयको छ त, पक्कै छ तर पनि म फेरी याद दिलाउछु ल।। मान्छे अकदमै लोभि पनि हुँदा रहेछन। अब लोभी भनेर कसलाई भन्ने त अनी कस्तो खाल्को लोभि त । ल हेर्नुस् फलानोले यती कमायो रे दुबइ बाट फर्कदा, फलानोको त एती कोठे घर छ उती कोठे घर छ, त्यो पनि कति राम्रो अनी एती पैसा बैंक ब्यालेन्स राखेको छ रे, ल हेर्नुस् त कस्तो लोभि मान्छेको जात !!!! उल्ले कती ढुख गरेर कमायाको होला त्यतापट्टी त उनीहरुको सोचै छैन उस्ले गरको दु:ख बाट यउटा राम्रो पाठ सिकनु, उजस्तो लगनसिल बन्नु अनी मेहनत गरेर नै सफल भाईदो राइछ भन्नु कहाँ हो कहाँ उल्टै उनिहरु भित्र भित्रै जलेका हुन्छन, आ-आफुमा मुर्मुरियका हुन्छन आफु आफैसँग। अनी उनिहरुले आफुले आफैलाई हिनताबोधको महसुस गर्न थालछन। अनी एउटा मानसिक तनाबको सिर्जना हुन्छ,नकारात्मक सोच र बिचारले उस्को मन छताछुल्ल हुन्छ अनी त्यो छताछुल्ल मनको करणले दुर्घटना निम्त्यउछ। ल हेर्नुस् त लोभको करणले के-के हुदोरैछ!!!!


मान्छे त कस्ता कस्ता हुन्छ हुन्छन यो त बणन गरेर साध्यनै हुदैन। अब बिचारको दृष्‍टिकोणले हेर्ने हो भने त म एउटा मान्छे संकुचित बिचारधारा र फराकिलो बिचार धारा भयका अब English भन्दा के भन्छन Narrow Minded and Wide Minded. अब संकुचित बिचारधारा भयका मान्छेहरुलाई कसरी बणन गरौ र म पुरानो रितिरिवाज, कलासस्क्रिती, मुल्य र मान्यतामा यकदमै अडिग रहने! ताकी यो समय र परिस्थिती अनुसार परिमार्जित गर्नुपर्ने हुन्छ त्यतापट्टी त सोच्दैनसोच्ने अनी कसैको सुझाब नसुन्ने अनी जातिय भेदभाबमा अडिग रहने मान्छे अझै कती छन कती, प्राय गरेर हाम्रा हजुरामा अनी आमा बाउहरु अनी उनिहरुकै डर र मायाममताका करण हामी जस्ता युबाहरु पनी हैन अब त एसोमा एसो गर्नु पर्छ भनेर भन्नेलाई उल्टै ए!! तेरो बाउ लाई सिकाउने भाईस होइन त भनेर झपार्ने गर्दछन अब एस्तो मान्छे लाई म कसरी सम्झाउने म त सक्दिन है!!!! तपाईं नै सम्झाउनुस् !!

तपाईंले आर्को थरी मान्छे लाई पनि चिनेकै हुनुपर्छ, कस्तो भने ने तपाईंले ख्याल गर्नु भयको छ कि छैन तपाईंकै माजमा तपाईंकै वोरिपरी एस्ता मान्छे हुन सक्छन, तपाईंले न चिनेको पनि हुन सक्छ। कसैले मत्लब तपाईंकै ज्ञायाङ मध्यकै कुनै साथीले राम्रो कार्यपर्गती गरेको छ भने उस्लाई कसरी डाउन गर्ने अथवा उस्लाई अनेक थरी जाल रचेर उलाई बिगार्ने हरपल कोशीस गरिराख्छन एस्ता मान्छे तपाईंकै वोरिपरी हुन्छन ख्याल राख्नुहोलानी!!!!!

अ त म तपाईंलाई माया गर्छु अनी तपाईं पनि मलाई माया गर्नुहुन्छ, धेरै भयो हर्मो मायापिरती बसेको तर हेर्नुस् न यहाँ एस्ता मान्छे पनि चन कि हाम्रो मायापिरती, मेलमिलाप अनी हामी बिच भयको खुशी पटक्कै देखी सहन्नन, अनी उनिहरु सोच्न थाल्छन यिनिहरुको मायापरिती कसरी बिगारने, छुटाउने…. मैले थाहा पायको उनिहरु कस्तो गर्दा राइछन भने, मेरो कुनी न राम्रो कुर अथवा कुनी न राम्रो बानी उस्लाई सुनाइदिने अनी भन्छन रे त्यो त एस्तो छ उस्तो छ, एसो गर्छ , उस्तो गर्छ नानाभाती कुरा लगैदिन्छन अनी आफु चै उसँग मख्ख पर्नेरे ल हेर्नुस् त उता मेरो बारेमा नराम्रो कुर लगाइदिन्छन अनी म सँग आउछन उस्को बारेमा न राम्रो कुरा लगाएदिन्छन। अब दुइटैको नजरमा दुइटै नराम्रो भयनत!!! अनी यक्ले आर्कालाई गल्ती लगाउनेगर्छौ अनी भयको तेती राम्रो सम्बन्धमा छारो, सिद्द्यो तपाईंहाम्रो सम्बन्ध। मतलब मान्छेले मान्छेलाई एसरी नै बिगारने गर्छन्….. Be careful with them. एस्को उधाहरण तपाईं आफ्नो गाउ, समाजमा हेर्नुस् अनी तपाईं पनि अध्ययन गर्नुस् र मैले भनको कुर ठिक हो वा होइन मलाई खबर गर्नु ……… Aakash

Friday, May 29, 2009

सधै भरी - जीवनमा सम्झनु पर्ने केही उपयोगी कुराहरु

मानव जीवनको ३ परम उद्देश्य :- दू:ख निवृति, स्वतन्त्रता र अमरता ।
मानिशमा नभई नहुने ३ गुणहरु :- आत्मानुशासन, प्रेम र सहयोग ।
यी ३ कुराहरु बाट सधै बच्ने कोशिस गर्नु पर्छ :- ख़राब संगत , स्वार्थ र निन्द्रा ।
यी ३ कुराहरुमा मन लगाए पछि उन्नति हुन्छ :- श्रम , विधा र इश्वर ।
हामी ले यी ३ जनाको सधै आदर गर्नु पर्छ :- आमा, बाबू र गुरुको ।
सधै भरी अधिनमा राख्नु पर्ने ३ कुराहरु :- काम , क्रोध र लोभ ।
यी ३ कुराहरुको याद राख्नु आवश्यक छ :- सोचाइ , कर्तब्य र मृत्यु ।
कसैले चोर्न नसक्ने ३ कुराहरु :- बुद्रि , सिप र हिम्मत ।
मानिश ले जिवनमा यी ३ कुराहरु एक पटक मात्र पाउछ :- आमाबाबु, सुन्दरता र जवानी ।
आफ्नो ह्रदयमा राख्नु पर्ने ३ कुराहरु :- दया, क्षमा र नम्रता ।
यी ३ कुराहरुलाइ कहिल्यै सानो नसम्झ :- शत्रु , ऋण र रोग ।
सबै लाइ प्यारो लाग्छ :- धन , सन्तान र पत्नी ।
हरेक क्षण आवश्यक पर्ने २ कुरा :- चनाखोपन र होशियारी ।
अरुलाई दिए पछि फिर्ता हुन गाह्रो पर्ने ४ कुराहरु :- पुस्तक , कलम , नारी र धन ।
गोप्य राख्नु पर्ने ८ कुराहरु :- आयु , धन, घरको भेद , मन्त्र , तप , दान, धर्म र अपमान ।
दया गर्नु पर्छ यी ५ जनाको :- बालक , वृद्र , भोकाएको मानिश , रोगी र असहाय ।
भब सागर बाट उत्रन खोज्नेले गर्नु पर्ने ३ कुराहरु :- भगवानको नाम, रूप र स्वरुपको ज्ञान ।
मनीशलाइ पतन गराउने ३ कुराहरु :- नारी , चुक्ली र झुटा ।
प्रतेक मनीश को अलग - अलग हुने ३ कुराहरु :- रूप , स्वभाब र भाग्य ।-बेदनाथ पुलामी

ज्ञानका दश मोतिहरू

१ जित्नका लागी केही चीज छ भने त्यो हो - प्रेम ।

२ पिउनका लागी केही चीज छ भने त्यो हो - क्रोध ।

३ खानको लागी केही चीज छ भने त्यो हो - दू:ख ।

४ दिनको लागी केही चीज छ भने त्यो हो - दान ।

५ देखाउनको लागी केही चीज छ भने त्यो हो - दया ।

६ लिनको लागी केही चीज छ भने त्यो हो - ज्ञान ।

७ बोल्नको लागी केही चीज छ भने त्यो हो - सत्य ।

८ त्याग्नको लागी केही चीज छ भने त्यो हो - इष्या ।

९ राख्नको लागी केही चीज छ भने त्यो हो - इज्जत ।

१० छोड्नको लागी केही चीज छ भने त्यो हो - मोह ।

Thursday, May 14, 2009

अमेरिका नेपाल सहयोगी समाज मनाससद्ररा NECCलाई रकम हस्तान्तरण


अमेरिका नेपाल सहयोगी समाज (America Nepal Helping Society ) को आयोजना र नेपाल एजुकेस्नल कल्चरल सेण्टर ( Nepal Educational Cultural Centre ) को सपोर्टमा नेपाली नयाँ बर्ष २०६६ को उपलक्ष्यमा अप्रिल २६ मा मनाससमा भब्य नेपाली साँस्कृतिक कार्यक्रम, पटलक पिक्निक सफलतापूर्बक सम्पन्न भएको थियो। सो अवसरमा नेपाली कल्चरल सेन्टरको सहयोगार्थ उठेको रकम आज एक कार्यक्रम बिच समाज अध्यक्ष सागर कंडेलले NECC अध्यक्ष डा.महेन्द्र कार्कीलाई हस्तान्तरण गर्नुभयो। उक्त कार्यक्रममा जम्मा १३६८१.११ डलर उठेको र कार्यक्रम सन्चालन गर्न खर्च भएको रकम ६८०.३९ कटाइ १३०००.७२ डलर हिसावको जानकारी NECC लाई दिइएको थियो। मन्दिर निर्माण सहयोगार्थ - सहयोगदाताहरु निम्न प्रकार हुनुहुन्छ।
1. RAJEEV, SUNANDA, ROHAN AND RONAK MAINALI $3,000.00
2. HEMANTA,MAYA,RAKCHYA & ROHAN ADHIKARI $1,211.11
3. DILIP&SUNITA NEPAL $1051.00
4. BISHNU & NIRMALA SHRESTHA &1011.00
5. RAMESH+KABITA & BRABESH BASHNET $1,011.00
6. DR GUN AND JUDI SUBEDI $1,001.00
7. MADHU,MINA,KISHOR AND KAJAL PANTHI+SHIVA ACHARYA $502.00
8. BHIM AND GOPAL REGMI $501.00
9. SAGAR KANDEL $501.00
10. THAKUR PUDASAINI $501.00
11. KAMAL,MANJU,KIRTI AND MILAN BHATTARAI $365.00
12. RISHI RAM+PABITRA,RAM PD+TIRTHA KHANAL $201.00
13. GOPAL KRISHNA SHARSHWATI AND SUNIL KHAREL $200.00
14. DILLI KANDEL $151.00
15. GAGAN KUNWAR $151.00
16. RAMESH AND MANJU KARKI $151.00
17. TILAK AND KAMALA KHAREL $151.00
18. JAGANNATH SHARMA $111.00
19. ANANTA AND PRARTHANA TIWARI $101.00
20. DEVI AND DEVINDRA PARAJULI $101.00
21. INDRA AND UTTRA SHRESTHA $101.00
22. ISHWARI AND PUSHPA PAUDEL $101.00
23. MUKTA PAUDEL $101.00
24. PADAM+MAYA NIREAULA $101.00
25. PRAMOD AND BIMALA BHATTA $101.00
26. UTTAM AND URMILA ADHIKARI $101.00
27. ANUP BHADRA $100.00
28. SUDHIR RAJ AND MANJU GAUTAM $100.00
29. ANIL LAMICHANI $51.00
30. BABU RAM SHARMA $51.00
31. BRAJESH POKHAREL $51.00
32. GOPAL AND DURGA SHARMA $51.00
33. GURU BHAGABATI $51.00
34. HUM AND SUBHA ALE $51.00
35. KRISHNA AND BINA GALAL $51.00
36. MADHAV UPADHAYA $51.00
37. MUKESH MAYAK $51.00
38. NAVA RAJ+ SHRIYAKHATIWADA,SASHI KALA SHARMA $51.00
39. PADAM REGMI $51.00
40. MUKUNDA PRASAD ADHACARI $51.00
41. PITAMBAR AND LAXMI BHATTARAI $51.00
42. SHANKAR GYAWALI $51.00
43. TEK RAJ +MANJU GYAWALI $51.00
44. PRAKASH SUBADI $41.00
45. CHANDRA SHRESTHA $35.00
46. DIPENDRA ACHARYA $25.00


अमेरिका नेपाल सहयोगी समाज कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै नेपाली समुदाय र मन्दिर निर्माण मा सहयोग प्रदान गर्ने सबै धनबिरहरुलाई धन्यवाद ब्यक्त र आभार प्रकट गर्दछ।

Sunday, May 10, 2009

triying to slide

लाईफका प्रसेन्टेजहरु


५०% उमेर त सुतेर बितिसक्यो तपाईं भन्नुहोला कसरी? भनेर अब दिनभर जाग्ने रातभर सुत्ने गरेपछी आधा उमेर त सुतेर बिताएको भएन त? अहो!!! हामी त कुम्भकर्णनै रैछौ बस कुन्भकर्ण र हामीमा एती फरक छ कि हामी दिनदिनै सुत्छौ, उनी ६ महिना सुत्ने र ६ महिना उठ्ने गर्थे।

कहिले काहि लाग्छ यो दिएको उमेर छोटो छ। एकजना युरोपियन कबिलाई पनि आफ्नो उमेर सार्है छोटो लागेछ कुन अर्थमा लागेछ भने आफ्नो प्रेमिकाको ब्याख्या गर्न । यो अहिले पाएको जीवनमा त उनका प्रेमिकाको आँखा मात्र पनि प्रशंशा गर्न भ्याउदैनन रे। वा! लिटरेचर भन्ने चिज नै यस्तै जती कल्पनाको उचाइमा पुगे पनि हुने। यि त भए 18th century का कुरा अहिलेका प्रेमीलाई यस्ता कुरा सुनायो भने त झटारोले हिर्काउछन । बकम्फुसे कुरा भन्लान तर बकम्फुसे फूल त राम्रै हुन्छ भगवानलाई पनि त चढाइन्छ। आँखा हेरेर जिन्दजी बिताउनेमा त आँखाका डाक्टर मात्र होलान जस्तै आँखाका डाक्टर सन्दुक रुइत आँखानै हेरेर कत्ती अवार्ड पाइसके । आहा!! कत्ती लक्की आँखा हरु…..


१०% चाँही बाटो काटेर, हिंडेर काटियो होला कत्ती कामले हिडियो होला कत्ती बेकामले हिडियो होला । ५% चहि खादा खादै बित्यो होला कठै ज्यान पाल्न परि हाल्यो भातको लत बसेको छ, त्यही नखाइ नहुने बिहान बेलुका।


२०% पढाईमा बित्यो होला बिहान देखी बेलुका सम्म स्कुल, कलेज गयो फेरी घर आयो होमवोर्क गर्‍यो । दिनहरु कसरी बित्यो पत्तै भएन। 0.५% चाँही कलेज बङ्क सङ्क गरेर बित्यो होला सधैं पढ्न मन नलाग्ने कहिलेकाही कलेजबाट भाग्दा पनि रमाइलो नै हुने । 0.५% सरको पिटाइ खाएर बित्यो होला । पिटाइको पुरा गर्दा एकचोटि मैले दरो पिटाइ खाएको याद आयो । ४ मा पढ्दा म्याथ टिचर लक्ष्मण सर भन्ने हुनु हुन्थ्यो। साह्रै कडा मिजासका , सरको लौरो देखेरै डर लाग्ने । एक्दिन सबैलाई blackboard मा simplify गर्न लाउनु भयो र कसैलाई पनि सल्भ गर्न आएन र सबैलाई मेच माथि उठाउनु भयो मलाई अली म्याथ आउने भएकोले लास्टमा गर्न लाउनु भयो मैले पनि खराखर सल्भ गर्दिए ।


त्यसपछी त सरले सबलाई गएर गालामा झापड लगा भन्नु भयो मलाई त पर्नु फसाद पर्यो । आफु भन्दा धेरै ठुला ठुला अग्ला केटाहरुलाई र आफ्नै साथीहरुलाई कसरी झापड लाउने मैले त यो काम गर्न सक्दै सकिन अब झापड लाएर के गर्नु फेरी क्लास सके पछी केटाहरुले झापड बदला लिए भने त म दश गज पर पुग्थे, आफु त फुच्चे मान्छे। तेस्तै सोच्दा सोच्दै सर फेरी कुर्लिए, पिट भनेको सुनेनस फेरी सबैलाई स्कुलबाहिर चौरमा कुखुरा बनाएर राखिदिन्छु भने। अब सबैको अगाडि कुखुरा बन्नु भन्दा बरु साथीकै हातबाट झापड खान बेश लागेछ क्यारे सबै साथीहरुले पिट अर्चना भने अब म बडो दोधारमा परेर टेबल माथि चढेर एक्जना साथीको गाला बिस्तारै हातले के छोएको थिए सर त जङिएर तलाई पिटन आउदैन ल यता आइजा म सिकाउछु भनेर पाच औंलाको डाम बस्ने गरेर झ्याम्म हाने। त्यो झापडले ३ दिन सम्म गाला छोपेर हिंड्नु पर्‍यो साथीहरुले तेलले गाला मालिस गर्दिएको क्षण पनि बिर्सि नसक्नु छ।


१०% चाहि काम गर्दै बित्यो होला जब देखी काम गरियो सुत्न कम गरियो काममै लत बस्यो फेरी नयाँ नयाँ कुरो एकै चोटि सिक्न मन लाग्ने हाडी घोप्टे बानी।


बाकिको ४% चाँही परिवार सँग रमाइलो गरेर , साथी हरु सँग गफ चुटेर , टि.भी हेरेर , म्युजिक सुनेर आदी इत्यादी गरेर बिताइयो होला । यसरीनै लाइफका प्रसेन्टेजहरु हरु जोड घटाऊ हुँदै जान्छन उमेर बढदै जान्छ Denis Waitley का लाइफ सम्बन्धी सम्झनै पर्ने कुरा:

"Life is inherently risky. There is only one big

risk you should avoid at all costs, and that is

the risk of doing nothing.”
-archana

Friday, May 8, 2009

प्रचण्डको भिडियो काण्ड र मेरो सोचाइ...

सरकारले अवकाश दिएका प्रधान सेनापति रुक्मांगत कटवाललाई पुनःस्थापन गर्ने राष्ट्रपति डा. रामबरण यादवको निर्देशनले द्वैधसत्ता कायम गरेको भन्दै प्रधानमन्त्रि पुष्पकमल दाहालले राजीनामा दिएपछि नेपाली राजनीतिको एउटा अध्याय समाप्त भएको छ भने नयाँ अध्याय सुरु भएको छ। अवकाशको प्रकरणमा असन्तुष्टि जाहेर गर्दै माओवादी नेतृत्वको सरकारप्रति एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्डले राजीनामा गर्नुपर्ने स्थिति आएको हामी सबैलाई थाहा छदैछ । माओवादी सत्ता-कब्जाको रणनीतिमा लिप्त रहेको वा सत्तामा टाँसिएर सर्वसत्तावाद र अधिनायकवाद लाद्न उद्यत रहेको आरोपलाई व्यवहारतः खण्डन गर्दै प्रचन्डले सरकारबाट राजीनामा दिएर जनताको प्रशंसा पाउने काम गरेका थिए । मलाई पनि लागेको थियो साच्चिकै माओवादीले देश र जनताकालागि काम गर्दो रहेछ। तर बिडम्बना मेरो यो सोचाइ एक दिन पनि टिक्न सकेन। जब प्रचण्डको सत्ता कब्जा गर्ने योजनाको पर्दाफास भएका भिडिओ आज हेरेर सके। त्यसपछीको मेरो ब्यक्तिगत विश्लेसण- नेपालमा अहिले साबित भइरहेको सो हट केक घटनाक्रम,भिडियोमा प्रचण्डले बोलेका केही गोप्य कुरा अहिले आम जनमानसमा उजागर भइसकेका छन। भिन्न मतप्रति माओवादी कार्यकर्ताको असहिष्णुता जनतालाई थाहा छदैछ । देशमा हाल राष्ट्रपतिको कदमविरुद्ध माओवादीको विरोध अशिष्ट र अमर्यादित हुँदै गहिरहेको छ। अहिले सत्ता छाडेर सडकमा ओर्लिएको माओवादीले सदनलाई मर्यादित र जिम्मेवार बनाउन नदिएर सरकार छाडेर बनाएको नैतिक जमिन गुमाइसकेको छ। लोकतन्त्रमा संगठन दबाव र लाठीले बन्दैन, जनमुखी काम र व्यवहारबाट बन्छ भन्ने माओवादी पार्टिले भुलिसकेको छ। राष्ट्रपतिको कदमले माओवादी कार्यकर्तालाई उत्तेजित बनाएको होला तर त्यो उत्तेजना अमूक पार्टीका कार्यकर्तामाथि भौतिक आक्रमण वा धम्कीका रूपमा प्रकट हुनु राजनीतिक होइन, आततायी उद्वन्डता हो ।

निस्चयनै यो भिडियोबाट आम-नागरिक सजग र सचेत हुनुपर्ने बेला आएको छ । उक्त भिडियोमा कमरेड प्रचन्ड प्रसन्न मुद्रामा आफ्नो रणनीति सुनाउदै थिए शुरुमा त म झुक्किए पनि हिजो,अस्ती मात्र प्रचन्ड अत्यन्त गम्भीर थिए राजीनामा दिदा आजै यति चाडै प्रसन्न कसरी भए ? तर कुरो त संविधान सभा निर्वाचन ताकाको रहेछ। एउटा कुरा त मान्नै पर्ने हुन्छ माओवादीमा जस्तो समर्पित कार्यकर्ता अहिले अरु दलमा छैनन कि? तर मलाई प्रचन्डको ग्राण्ड डिजाइन कुनै नौलो लागेन सोही साझमा BBC सुने, पासाड भन्दै थिए यो सब हामो अध्यक्ष कमरेड प्रचण्डको चरित्र हत्या गर्ने प्रयास हो। उनले त्यसबेलाको परिस्थिती बेग्लै थियो भनेपछि माओवादीहरु डराएका रहेछन् भन्ने भान ममा पर्नु स्वभाविक थियो। जबकि मैले यसमा चरित्र हत्या हुने वा BBC ले भने जस्तो प्रचण्डको द्धैध चरित्र भन्नुपर्ने कुरै देखिन किनकी उनी एक माओवादी कम्युनिष्ट हुन, एमाले ले त आफ्नो लक्ष जनगणतन्त्र भन्छ भने प्रचण्डले सत्ता कव्जाको नियत राख्नुमा के आश्चर्य भयो र ? यो अवश्य हो कि यो पर्दाफासले कटवाल बर्खास्तगी पछाडि नागरिक सर्वोच्चता नभई नेपाली सेना लाई प्रचण्डकै शब्दमा "माओवादीकरण गर्ने" सुनियोजित रणनीति अन्तर्गत भएको प्रमाणित भने गरेको छ र कटवाल यसमा सर्वाधिक बाधक रहेको प्रचण्डले यो भिडियो मा उतिबेलै स्वीकारेका छन्।

नैतिकताको आधारमा राजीनामा दिएका प्रचन्डले UNMIN लाई झुक्याएर सात आठ हजार मात्र वास्तविक सेना भएको जनमुक्ती सेनालाई २१ हजार पुरयाएको गर्वपूर्ण स्वीकारोक्तीले चाहि उनको राष्ट्रिय अन्तराष्ट्रिय विश्वसनीयतामा गहिरो धक्का अवश्य पुरयाउनेछ ,यसले संयुक्त राष्ट्र संघको नेपाल मिसन (अन्मिन) समेत विवादमा तानिने पक्का छ। यो ढाड भाच्ने, खुट्टा भाच्ने कुरा त प्रचण्डले नै पो सिकाएका रहेछन् उनी भन्दै थिए, एमालेलाई तिमिहरुको खुटटा भाचछौ भनेर तर्साए खुटटा भाच्न गारो पनि छैन आदि यो भिडियो सकारात्मक रुपमा हेर्ने हो भने माओवादी नेतृत्वले पनि कम भन्दा कम मानवीय क्षतिमा कम्युनिज्म स्थापना गर्न सकियोस भन्ने चाहेको हो कि जस्तो पनि देखिन्छ। कानुनी समाधान जे आए पनि एकदलीय कम्युनिजम नचाहने तर राष्टपतिको कदम गलत हो भन्नेहरुले यो पनि जवाफ खोज्नपर्ने हुन्छ, के नेपाली सेनाको माओवादीकरण गर्न दिन उचित हुन्थ्यो त ? यो भिडियोले कटवाल को अडान दम्भपूर्ण र अटेरी मात्र थियो भन्ने तर्क पनि कमजोर हुन गएको छ । शायद यही कुरा प्रमाणित गर्न नै अहिले यो भिडियो सार्वजनिक गरेको हुनुपर्छ। मलाइ चाहि माओवादीको चरम असहिष्णुता, एमालेको ढलमल(अहिलेको तुरुन्तै ठोस निर्णय गरेर सरकार छाडेको बाहेक), र काग्रेसको शास्त्रीयता फिटिक्कै मन पर्दैन तर फेरि माओवादीकै जोस जागर, एमालेको समन्वयता, र काग्रेस को सैद्धान्तिक स्पष्टता भने मन पर्छ। एउटा कुरा चाहि के हो भने अब चाहि म जानाजान कनै पनि आन्दोलन सान्दोलन मा भाग लिन्न नजानेरै भाग लिन पुगेछु भने अर्कै कुरा। आखिर जुनै तन्त्र आए पनि मलाइ खासै फरक त नपर्ने र छ। आफु महान बन्नको लागि सुखद भविष्य को सपना देखाएर कमनिजमका पवर्तक मानिसलाइ किरा भन्दा फरक देख्दैनन,कुल्चिदिन्छन् देशले अब भने स्पष्ट बाटो खोजेको छ माओवादी सर्वोच्चता सहितको गणतन्त्र वा लोकतान्त्रीक गणतन्त्र ?


आज माओवादीकै हठ र एकलौटीकरणले मुलुक अराजकता तथा विदेशी चलखेलको मैदान हुने अवस्थामा उभिएको छ । तसर्थ मुलुक र जनताको भाषणमा मात्र हैन व्यबहारमा पनि अलिकति माया बाँकी छ भने र आफूबाहेक यो मुलुकमा अरूको पनि इच्छा, आकांक्षा, जिन्दगी छ भन्ने आभाष छ भने आजको राजनीतिक संकट टार्न माओवादीले पहल गर्नैपर्छ ,गर्नैपर्छ। यसको लागि ऊ आफू सामेल भएको राष्ट्रिय सहमतिको सरकारमा सहमत हुनैपर्छ । देशलाई धेरै समय 'केयर टेकर' सरकार मातहत राख्नु ठीक हुँदैन। 'नानीदेखि लागेको बानी'मा भुलेका नेता तथा कार्यकर्ताहरूको व्यवहारले आफ्नै पार्टी नेतृत्वलाई समेत खतरामा उभ्याएको छ केवल आश्वासन दिएर पुग्दैन, कारवाही नै गर्नुपर्छ आफ्ना उद्ण्द कार्यकार्तालाई जनतालाई थाहा दिएर माओवादीले । नत्र त शक्तिखोर प्रवृत्ति हाबी भएको दलले आफू र आफ्ना आकांक्षालाई त सिध्याउँछ नै, बाँकी हामी सबैको भविष्य पनि अन्धकारमा पारिदिन्छ । उपर्युक्त सबै प्रश्नको उत्तर माओवादीको लचकतामा भर पर्ने देखिन्छ नत्र एक राउंड फेरि युद्ध होला जस्तो छ। सबैलाई चेतना भया ! चेतना भया !! चेतना भया !!!

महान पुरुषहरुका भनाई

मानबको श्रेणी जन्मले होइन कर्मले छूटीन्छ

बिद्या नै यस्तो धन हो जो जति बढ्यो उती नै बढ्छ

बस्तुहरु परिबर्तित हुदैनन तर हामी परिबर्तित हुन्छौ

कसैको अधिक प्रशंसा गर्नु वस्ताबमा उसलाइ धोका दिनु हो

कुनै पनी इमानदार ब्यक्ति एका एक कहिल्याई धनि बन्न सक्दैना

ठुला मनिसलाई जेल बनाउनु भन्दा सनालाई पाठशाला बनाउनु बेश

शुख चाहनेलाई बिद्या र बिद्या चाहने शुख कहिल्याई मिल्दैना

अध्ययन अकशामा चम्केको सूर्य झै चम्केको हुन्छ

आत्मा शान्त भए संसार स्वत शान्त हुन्छ

परिश्रम गर्न र धर्य गर्न सिक

क्रांति सानो चीज होइना तर सानो चीज बाट नै क्रांतिको जन्म हुन्छ

मलाई अशल आमा देऊ म तिमीलाई अशल राष्ट्र दिन्छु

मलाई रगत देऊ म तिमीलाई स्वतंत्रता दिन्छु

फुलको संगतले गर्दा धगोले पनी शिरमा चढ़ने मौका पाउछ

तिम्रो शरीर पबित्र आत्माको मन्दिर हो

जहा कनुनको अन्त हुन्छ त्याहा कुशासनको प्ररारम्भ हुन्छ

मानब को सबै भन्दा ठुलो हथियार आत्म विश्वास हो

मानबको सबै भन्दा निकट मित्र र कठोर दुश्मन सर्ब प्रथम उ स्वयं हो

Saturday, May 2, 2009

भनत म मेरो देश कीन फर्कौ ?

भनत म मेरो देश किन फर्कौ ?
सगरमाथा र बुद्द जन्मेको देश भनेर म कत्ति सम्म गर्ब गरौ?
देश को ळागी थुप्रै मरे म किन ब्यर्थमा मरू?
ब्यर्थमा मर्नका लागी म मेरो देश किन फर्कौ ?
न म स्वतन्त्र बोल्न सक्छु
न त निर्धक्क कतै डुल्न सक्छु
न म फूल बनेर कतै फूल्न सक्छु
म आंतक बन्न सक्दिन ,
कसैको निहत्या हत्या गर्ने हत्यारा बन्न सक्दिन
न त म लठेत बनेर कसैलाइ मरणास्नन पिट्नै सक्छु
अनि भनत म मेरो देश कीन फर्कौ
देशै फर्के भनेपनि
म पाईला राख्ने बीतीकै रगत रगत देख्ने छु बाटोभरी
ईषाभेट्नेछु आखाभरी
भोक देख्नेछु मनभरी
शोक देख्नेछु आगन भरी
महीनौ देखीको बेबारीशे ळाश को गन्ध पाउनेछु टाढैदेखी
म सडक भरी ढुंगामुढा देख्ने छु
काला टायरका धुँवाहरुको बीरोध भेट्नेछु
ळाग्ने छ कतै यि ढुंगामुढा र टायरहरु म फर्के को बिरोधमा बर्षिरहेछन
अनि भनत म मेरो देश कीन फर्कौ ?
म हिडीरहने सडकमा कृष्णभिर तगारो बन्ने छ
बाटा भरि म एम्बुसका तारहरुमा जेलिने छु
म थाहै नपाई गृहयुद्द को भुमरीमा फस्ने छु,
म जस्को पनि गोलि को शिकार बन्न सक्ने छु,
अनि भनत म मेरो देश कीन फर्कौ ?
मेरो गाऊ तर्ने त्यो पुल छैन रे,
बर्षौ भयो ओईलाएको सयपत्रि,जसमा कुनै फूल छैन रे,
म पढ्ने स्कुलमा त बम बारूद बस्यो रे
मेरो घर खालि गरी डर आतंक पस्यो रे
संगै हुर्की खेलेका साथीभाई कोहि मुग्लान त कोहि जंगल पसे रे
अनि भनत म मेरो देश कीन फर्कौ ?
मेरो देश जहा हत्याराहरु हत्या गर्न हत्याराहरुको साथ रमाऊछन
शाशकहरु शाशन हैन शोशण गर्न तम्मसिनछ्न
शाशकहरु शोशण गर्न शोशकहरुको हात चाहन्छन्
म मर्न सक्दिन शाशक हरुका लागि,
म गाऊन सक्दिन भक्ति गित राजाहरुका लागी,
अनि भनत म मेरो देश किन फर्कौ ?
त्यो देश जहा वालबालिकाहरु टूहुरा बनिरहेछन्
आमा बाहरु बेसहारा बनिरहेछन्
बुद्द सदाझै मौन बसिरहेछन
युद्द झन् झन् चर्किरहेछ
हिमाल पलपल गरेर पग्लिरहेछ
मन झन झन् टाढि रहेछ,
अनि भनत म मेरो देश किन फर्कौ ?
सहदेब

ओबामासंगको मेरो भेट

२००६ तिरकै कुरा हो ,अमेरिकाको रास्ट्रपति निर्बाचनको चर्चा चली रहदा एउटा अग्लो अग्लो, पातले पातले, कालो कालो बर्णको ब्यक्ति निकै नै चर्चित थियो.टेलीभिजन पत्र पत्रिकाले उनका बिचारहरू निकै नै प्राथमिकताको साथ छापथे र दाबी गर्थे यो मान्छे भोली अमेरिकाको रास्ट्पति बन्ने छ तर मलाई लाग्थ्यो यो मान्छे कसरी रास्ट्रपति बन्ला….भरखरको छ.. परम्परागत उसको छाला छैन..कपाल पनि सेतो खैरो छैन. तर पनि सबैले उनलाई आशाबादी दृष्टिले हेरेको हुनाले मलाई उनका बारेमा जान्न मन लाग्यो. एकदिन मैले मेरो बिदेशी साथिलाई सोधे."यो बाराक ओबामा भनेको कस्तो मान्छे हो? को हो उ "?साथीले भन्यो "उ तिमी जस्तै हो".मेरो साथीले बराक ओबामा "म जस्तै हो" भन्नुको अर्थ थियो युवा जोश जागर भएको , परिबर्तन मन पराउने र जे पनि गर्न सक्छु भन्ने सकारात्मक सोच भएको ब्यक्ति ! मेरो साथीले ओबामा म जस्तै हो भने पछि मलाई झन ओबामाको बारेमा थप कुरा जान्न, पढ्न मन लाग्यो.पुस्तकालयमा गएर उनका जीबनी,उनका पुस्तकहरु र दैनिक जसो हुने भाशणहरुलाई ध्यान दिएर सुन्न थाले….र बिस्तारै…. ओबामामा मैले आफुलाई देख्न थाले.. र म भित्र ओबामा देख्न थाले..बास्तवमा धेरै समानता थियो. अहिले त्यहि ब्यक्ति बाराक ओबामा अमेरिकाको रास्ट्रपति भएका छन. बिस्वको शक्तिशाली नेता बनेका छन र म उनको सम्पूर्ण समर्थक बनी सकेको छु ,उनी मेरो प्रेरणा बनेका छन र म मा उनको प्रभाब बढेको छ.तेसैले त जसरी भएपनी म बाराक ओबामालाई भेटन चाहन्थे.झन उनी रास्ट्पति भएपछि त उनलाई भेटने र नजिक बसेर कुरा गर्ने उत्साह निकै नै बढेको थियो .सपथ ग्रहणको दिनमा जसरी पनि वॉशिंगटन पुग्छु भन्दा भन्दै पनि जान पाइएन.म यो नया युगको नया नेतालाई जसरी पनि भेट्छु. मैले दृढ निश्चय गरे र यो मेरो सपना भयो. तर कसरी भेट हुन सक्छ ? संसारका शक्तिसाली नेतालाई म जस्तो एउटा साधारण नेपालीले कसरी भेटन सक्छ?केही उपाए छ त? मैले कामना गरी रहे…उनको यो कार्यकालमा जसरी पनि भेटन पाऊ भनेर…

म उनको वेबसाइटको सुरुदेखिकै पाठक हु. हरेक दिन नया नया ईमेल अथवा भिडिओहरु इमेलमा आई रहन्छ . यस्तैमा ओबामाको कार्यक्रमको बारेमा.एक दिन एउटा यस्तो ईमेल आयो….ओबामाले रास्ट्रपति पद भार सम्हालेको उपलक्ष्यमा आफ्नो अनलाईनका पाठकहरु मध्ये १०० जनालाई व्हाइट हाउसमा भेट घाट गर्ने रे. र जसले चाडो ईमेल मार्फ़त चाढै रेस्पोन्स गर्छ अर्थात सुरुको सयजनाले यो मौका पाउने छ भन्ने ईमेल रहेछ.मैले तुरुन्तै यो ईमेलको रेस्पोन्स गरी हाले.करोडौ पाठक भएको यो साईटमा मेरो ईमेल ले के मौका पाउला र….यो कुरा यत्तिकै भयो…..भोली पल्ट बधाई भन्दै अर्को ईमेल आई पुग्यो. खोलेर हेर्छु त मेरो नाम त्यो सय जनाको सुचिमा परेछ.ओ हो यो ईमेल पाए पछि मेरो खुशीको सिमानै रहेन..रास्ट्रपति संग भेट गर्ने दिनको निम्तो र मिति र समय सहित निमन्त्रणा पत्र हुलाक बाट आउदै छ रे….भने पछि त मेरो सारा सरीर खुसी ले नाच्न थाल्यो.अनेक थरि कल्पनाले म प्रफुलित भए.जे सोचेको थिय त्यहि पुरा हुने भयो.मैले यो कुरा मेरो त्यहि साथिलाई खुसी हुदै सुनाए र भने म व्हाइट हाउस जादै छु रास्ट्रपतिलाई भेटन…सुरुमा उसले पत्याएन.. पछि निमन्त्रणा पत्र देखाए पछि उसले पत्यायो र के गर्ने होला…कस्तो लुगा लगाउने होला..कसरी हात मिलाउने होला जस्ता बिषयमा मैले उ संग छल फल गरे…उसलाई रास्ट्रपति मानेर मैले हात मिलाउने र छोटो कुरा गरेको जस्तो अभिनय पनि गरे..मेरो खुसीमा मेरो साथी झन धेरै खुसी भयो.. पहिलो कुरा त के लगाएर जाने होला भनेर सोचे…राम्रो कोट किन्नु पर्ला र कोट र पाइंट नै लगाउनु पर्ला जस्तो लाग्यो तर दोस्रो बिचार आयो यो म संग जोडिएको कुरा हो…म संग मेरो देश नेपाल जोडिएको छ… नेपाली पन देखाउने मौका पनि त हो नि यो अन्तररास्ट्रीय स्थरमा . नेपाल छाडदा बोकेर आएको दौरा सुरुलाई सम्झिए .निकै राम्रो थियो…ढाका टोपी पनि थियो..कोट चाही नया किन्नु पर्ने भयो दौराको रंग संग मिलने… यी सबै तयारी एकै दिनमा सकेर म रास्ट्रपति भेटन उग्र प्रतिक्षामा बसे .

भोली पल्टै व्हाइट हाउसबाट सहभागीहरुलाई लिन लिमो कार आउने कार्यक्रम थियो. म सम्पूर्ण तयारीका साथ बसे…. साथीलाई फ़ोन गरे र उसले "good luck" भन्दै भन्यो be your self and don’t be so excited. मैले thank you भन्दै फ़ोन राखे… तल सडकमा लिमो कार आएको ख़बर आयो म मेरो डिजीटल कैमरा फोन र रास्ट्रपतिको लागी उपहार बोकेर लिमो चढे..ओ हो यो छ्ण मेरो जीबनको महत्व पूर्ण छ्ण थियो.जे जे अहिले भई रहेको थियो यो सबै मेरो जीबनमा पहिलो पटक हुदै थियो. म खुसी र उत्साहले प्रफुलित थिए…लिमो कार बिस्तारै व्हाइट हाउस तीर बढ्यो.कारमा भएका बिशेष सुरक्षा कर्मीहरुले मेरो उत्साह सजिलै पढे. र सोधे यो हात को के हो? मैले भने "यो रास्ट्रपति को लगी उपहार हो". उनिहरूले मलाई कैमेरा र सेल फ़ोन लिएर जान नमिल्ने कुरा येसैबेला बताए. अब के गर्नु आफ्नै कैमेराले रास्ट्रपतिको फोटो खिचौला भनेको कस्तो नमज्जा हुने भो…तर केही छैन त्यहि व्हाइट हाउसका फोटो ग्राफरले हाम्रो फोटो त खिचिदी हाल्छ्न होला नि भन्ने सोचे .लिमो कार व्हाइट हाउस नजिकैको रास्ट्रपति निवासमा रोकियो. त्यहा म जस्ता ९९ थरि ब्यक्तिहरु एक दमै उत्साहित भएर बसी रहेका रहेछन.

म लिमो बाट ओर्लने बित्तिकै सबैले पहिला मेरो ढाका टोपि र मेरो लवाई हेर्दै मेरो अनुहार हेरे.मैले सबैलाई मन्द मुस्कानका साथ हेरे. यो भिडमा त बाल बालिका,ब्रृद्द, महिला, युवा सबैको उत्तिकै सहभागिता रहेछ. त्यति मात्र कहा हो र? उपस्थित अनुहारहरु कोही कोरियन,चाइनीज , भारतीय,अफगानी,ईरानी,इराकी, प्यालेस्टैनी,इजराइली , मेक्सिकन सबै थिए…म बिस्वको बहु भाषी बहु सांस्क्रृतिक सहरमा बसेकोले उनिहरुको घर देश ठम्याउन गाह्रो भएन….यी सबैले आफ़्नो घर देशको परिचय दिने पोशाक लगाएका थिए..आफ्नो अनुहार कालो बुर्काले छोपेकी महिलासंग मेरो आंखा जुध्यो र हेल्लो भन्दै परीचय गरे. उनको नाम त बिर्से तर उनी हालसालै प्यालेस्टाईनको गाजांबाट अमेरिका शरणमा आइपुगेकी रहिछन आफ्नो जिउ ज्यान जोगाउदै.उनको आखामा परिवार र देश घर गुमाएको भाब सजिलै पढ्न सकिन्थ्यो . उनी मसँग धेरै बोल्न चाहिनन .त्यसपछि म अली बढि उमेर देखिने दारी जुंगा पनि नकाटेको अली मैलो मैलो देखिने कम्बल जस्तो गम्लन्ग ओडेर बसेको मान्छेको छेउमा गएर हेल्लो भन्दै मेरो नाम बताए….उसले पनि आफ्नो नाम र देश बतायो. उ अफगानी रहेछ. उसले युद्धमा आफ्नो घर परिवार सबै गुमाएको रहेछ…अहिले बाराक ओबामालाई भेटेर येस्तै घटना अर्को परिवारलाई नहोस भन्न आएको रे! अर्को एउटा मान्छे म संग how are u भन्दै हात मिलाउन आई पुग्यो मैले हात मिलाए र मैले उसको नाम र देश सोधे उ इराकी रहेछ मलाई उसंग धेरै कुरा गर्न मन लागेन. तर उ भने म संग कुरा निकै गर्न उत्सुक जस्तो देखिथ्यो. मलाई त्यहि घटनाको यहाँ सम्झना भयो…..जुन तपाई कालो दिन भनेर सम्झनु हुन्छ . उ संग मलाई कुरा गर्न मन लागेन. त्यहि भीड़मा एक बुवा आफ्नी घाइते छोरी बोकेर उभी रहेका रहेछन आत्मघाती बम हमलामा अनाहक परेको रे पकिस्तान मा ! आफ्नो सानो अनुहार सेतो बुर्काले छोपेकी र आफुलाई ईरानी बताउने एक बालिका हातमा सेतो गुलाबको फूल बोकेर उभिरहेकी थीईन. अन्य ब्यक्तिहरुमा अमेरिकन युवा युबतीहरु हातमा कागज पत्र र फाइलहरु र बोकेर उभी रहेका थिए भने रोगी र बृद्दहरु व्हील चियरमा बसी रहेका थिए. . मैले यो बाहिर उभिएको समयको राम्रै संग सदुपयोग गरे.अहिले यहाँ भेट भएका धेरै ब्यक्तिहरुको सम्पर्क ठेगाना केहि टिप्न पाईएन किन भने हामीलाई कापी कलम केहि लान दिएको थिएन….सम्झना भयो त केबल यी सबैको देश र परिबेश. लाग्थ्यो यी सबै संग ओबामालाई सुनाउने धेरै कुराहरु थिए…हामी सबै उत्साहको साथ रास्ट्रपतिलाई भेटन पर्खि रहेका थियौ….

अबको केहि मिनेट्मै बैठक कोठाको ढोका खुल्ने छ र हाम्रो भेट हुने छ आशाको साथ उदाएका ओबामासंग. बिस्तारै बैठक कोठाको ढोका खुल्यो रास्ट्रपति ओबामा स्वयम् ढोकाबाट निस्केर सबैलाई अगाडि आउन आग्रह गरे.हामी बिस्तारै लाममा बसेर अगाडी बढेऔ. रास्ट्रपतिले हसिलो पाराले भने" यसलाई आफ्नै घर सम्झनु होला र एता उता घुम्नु होला तर केहि पनि सामानहरु चलाउने र फ़ुटाउने चाही नगर्नु होला ".. अबको यो दृश्य मेरो मानस पटल सदा सर्बदा रही रहने छ मेरो पालो आयो म मुसुक्क हास्दै…मैले बर्षौ देखि देखेको चिनेको जस्तो मेरो मिल्ने साथी संग भेट्न अगाडि बढे झै … एउटा साधारण देखिने तर महत्व पूर्ण मान्छे अमेरिकाको रास्ट्रपति संग अत्यन्त आत्मियताका साथ हात मिलाए . उनले पनि मलाई बर्षौ देखि जानेको चिनेको जस्तै गरी हात मिलाउदै भने how are you buddy ?मैले i am doing great .. we all are doing great भने..त्तेत्तिनै बेला उनले मेरो टोपी प्रति इंगित गर्दै भने "nice hat " मैले thank you भने र i have gift for you भनेर आफ़्नो उपहार अगाडि राखे…मेरो उपहार थियो त्यहि ढाका टोपी! मैले टोपि दिदै भने यो संपूर्ण नेपालीको तर्फ़बाट तपाईलाई बधाई स्वरुप उपहार… म तपाईलाई टोपी लाइदिन दिन चाहन्छु भने र उनले सहर्ष स्विकार गरे र मैले टोपी लागाई दिए…र तुरुन्तै उपस्थित फोटोग्राफरहरुले हाम्रो फोटो पनि खिचिदिए… यो बिचमा उनले मेरो बारेमा भन्दा पनि नेपालको बारेमा सोधे..कस्तो छ आज भोली भनेर…मैले भने…राम्रो हुदै छ…पहिले जस्तो युद्ध छैन तर पनि जनताहरुको अनेकौ बहानामा अपहरण र हत्या भई रहेछ..तपाईले जस्तो परिवर्तन र आशाको संचार कसैले गर्न सकिरहेको छैन……नेताहरु देश कमजोर बनाएर पार्टी बलियो बनाउदै छन… लेख्ने र बोल्नेहरुले अझै पनि डराई डराई लेख्नु परी रहेको छ… आदि आदि. यो २/३ मेनेटको समयमा मैले के के भने के के ! तर यही बिचमा ओबामालाई एक पटक नेपाल आउन निमन्त्रणा दिन भने भुलिन .मेरो निमंत्रणा सहर्ष स्वीकार गर्दै उनले हुन्छ पनि भने ..मेरो खुशीको सात समुन्द्र पारी पुग्यो …सात माहादेश डुल्यो मेरो खुशिले ..यो मेरो लागी मात्र होइन एक नेपाली भएकोले यो संपुर्ण नेपालको गर्बको कुरा थियो…मेरो खुसीको कुनै देश थिएन…. म अगाडी बढे..छेउमा फर्स्ट लेडी मिसाइल ओबामा र छोरीहरु हातमा डिजीटल कैमरा बोकेर उभीरहेका थिए…मैले फर्स्ट लेडी मिसाइल संग पनि हात मिलाए र छोरीहरुलाई हेल्लो गरे….ओ हो मेरो सुद्धि!! मैले फर्स्ट लेडीलाई उपहार लान भुसुक्कै बिर्से छु…कम से कम एउटा पस्निमाको सल मात्र लिएर गएको भए पनि कस्तो राम्रो हुन्थो …के गर्नु यसरी उपहार लिएर जाने संस्कार बिस्तारै सिक्दै छु…तर मैले केहि उपहार नदिए पनि उनको मन्द मुस्कानमा कुनै कमी थिएन…..उनी thank you for coming भन्दै सबैलाई ककटेल लाउन्ज तीर जान आग्रह गर्दै थिइन …

म बिभिन्न कुराहरु मनमा खेलाउदै र त्यो ठुलो बैठक कोठाको दृश्यहरु हेर्दै अगडि बढे….र कल्पिये… .म एउटा साधारण मान्छेले आज अमेरीकाको रास्ट्रपतिलाइ भेटन पाए….मेरो खुशीमा सारा नेपालीहरु कति खुशी र गर्बित भए होलान….ओबामाले ढाका टोपी लगाएर म संग खीचेको फोटो भोली सारा पत्र पत्रिका, टी भि सबै तीर आउछ होला….कतिले मेरो अन्तर्बाता पनि लिन्छन होला..नेपाल सरकारले पनि सम्पर्क गरेर के के सोध्छन होला…..ओ हो म त कति महत्वपूर्ण ब्यक्ति हुने छु.यस्तै कुरा मनमा खेलाउदै म बिस्तारै ककटेल लाउन्जमा पुगे जहा थरि थरिका पिय पदार्थ र स्नायाक्सहरु थियो. सफा र सुन्दर टेबल कुर्शीले कोठा सजिसजाऊ थियो….. साधारण भेटघाट सकिए पछि सबै ककटेल लाउन्जमा जम्मा भए …रास्ट्रपति पनि आई पुगे र सबैलाई यसरी भेटन पाएकोमा र सबैले आफ्नो समय निकालेर भेटन आएकोमा धन्यबाद भने.स्याम्पेन्को ग्लास समाउदै! म पनि उत्साहित हुदै स्याम्पेनको ग्लास समाते………..

. …………तर दुर्भाग्य बस मेरो हातबाट स्याम्पेनको ग्लास चिप्लियो र भुईमा ठुलो आवाज निकाल्दै झ्यारम्मssss फुट्यो…….. …….. म झसंग भएर बिउझिए… यती खेर मेरो अलार्म घडीमा बिहान ५ बजेको घन्टी एक सुरले बजी रहेको थियो…………..

सहदेब पौडेल-न्यूयोर्क

म गोरु! हामी गोरु!!

म गोरु! हामी गोरु!!

फोन बास्,छ घ्डि बास्’छ
उजेलो हुन न्पाउदै कुखुरि का ‘”’आ भनेजस्,तो गर्छ!
ब्टुवाहरु टया""तु तु कराउछन्,
आखा मिच्।दै आग्;तान्दै म जराक जुरुक उठ,छु
नुवाइ धौवाइ गर्,न पर्यो भनि म कुवा पन्धेरा तिर लाग्छु
थाकेका गोरु गाई बाखरा बाखरि पर्खि रहेको देख्छु
म गोरु खेत्मा जान हतारिन्छु।।।।।।।।।।।घोडा जस्तो दौड्न्छु।।।।।।।
ग्धा जस्तो मेह्न्त गर्छु।।।।।।।अनि गोरु जस्तो थाक्छु!!!!!

बिहान यसो तातो पानी खोले खानु पर्यो भन्ठान्छु।।।।।
फेरि हतारिन्छु नारिनलाई जोतीनलाई
एकबिहानै म मेलोमा पुग्छु।।
हाइ हेल्लो गर्छु मन निराश भय्पनि ओठ का दुई छेउलाई बार्म्बार तन्,काउछु
ज्यान लाई स्न्चै छ भन्छु।।।।
यता दौड्न्छु उउता दौड,न्छु।।।।
म दाइगरिरहन्छु>>>>।>पराल जस्तो चुइगम च्पाउछु।
घास्; सालद खन्छु।।।
लुकिछिपि कुनाकप्चाम जिउ बिसौछु!!
लामो श्वास फेर्छु
पेरि म दौद्न्छु दै गर्छु खेत जोत्छु।
घडी दौडयाजस्तै म दौडि रहन्छु!

बिहान य्सै सम्यमा घडि क्राएकोथियो कुखुरा बसे झै मलाई बिउझाएथ्यो

म अन्य गोरु सँग साँझ भन्दा ढिलो मध्यरात भन्दा आगि
लुखुर लुखुर गोठ तिर लम्कन्छु
यात्रा भरि म थाकेको गोरु गधाहरु लाई भेट्छु
लखतरान परेक हरुको दिन सम्झन्छु
म बिउ को साढे झै बुरुक बुरुक उफ्रदै मातिइदै
म बाटमा देखेको गाई लाई हानि हाल्छु जस्तो गर्छु
म गोठ म पुग्छु।।।

गोठ मा म थाकेको आरु गोरु हरु को रमिता देख्छु।।
गोरु हरु गोरु हरुको जात्र पर्ब मा रमेएको देख्छु
म गोरु एकै छिन आज को जय्ला गन्छु।।
भोलि को घडी हेर्छु।।
एकै छिन देश बिदेश को रमिता हेर्छु साथी हरुको चर्तिकला पढछु।।।।
हेर्दा हेर्दै म भुसुक्क निदौछु ।।
बार्म्बार म झुकिन्छु कुखुरा बस्यो कि भनेर मेलो मा जान ढिलो भयो कि भनेर
म गोरु फेरि भुसुक्क निदौछु।।
थाहा नै नपाइ फेरि भोलि जोतीन तयार हुन्छु।।।।- सहदेव

Friday, May 1, 2009

आमाको बदलिएको परिभाषा

नेपाली समाजमा वैशाखकृष्ण अमावाश्याको दिन मातातीर्थ औँशीको नामले परिचित छ । जनजिब्रोले यस दिनलाई आमाको मुख हेर्ने दिनको नामले पुकार्ने गरेको पाइन्छ । यस दिन मीठामीठा खानेकुरा र नयाँ लुगाहरू दिएर आमाको सम्मान गर्ने चलन छ । यसै दिन काठमाडौँ उपत्यकाको मातातीर्थ भन्ने स्थानमा ठूलो मेला लाग्दछ । आमा नहुनेहरू त्यहीँ गएर स्नान गरी तर्पण पिण्डपानी दिएर दिवङ्गत आमालाई सम्झन्छन् । मातातीर्थ पुग्न नभ्याउनेहरू आ-आˆनै घरमा बसेर पनि आमाको सम्झना गर्दछन् । एक किंवदन्ती अनुसार मातातीर्थमा गई पिण्डपानी दिनाले आमाहरूको मृतआत्माले सद्गति पाउँछन् भन्ने धार्मिक विश्वास छ । मातातीर्थमा गएर वर्षको एकपटक पिण्डपानी दिएको भरमा आमाहरूको मृतआत्माले सद्गति पाउलान् नपाउलान् आमाको आत्मालाई सन्तुष्टपार्न जिवित छँदै राम्रोसित हेरविचार गर्नु पर्ला कि बूढेसकालमा एक पेट खान पनि वृद्धाश्रमको ढोका घच्घच्याउनु पर्ने परिस्थितिका बीच मातातीर्थ औँसी फेरि आइपुगेको छ ।

मानिस पशुपक्षी कीटपतङ्गलगायत समग्र प्राणी जगतका लागि नै किन नहुन् सबैका निम्ति आमाभन्दा नजिकको हितैषी र शुभचिन्तक अर्को हुनै सक्दैनन् । अर्कोले खाइदिँदा आफू सन्तुष्ट हुने यहाँसम्म कि जति बढी आˆनो भागसमेत नरहने गरी खाइदियो त्यति नै बढी सन्तुष्ट हुने संसारमा कोही हुन्छ भने त्यो आमा नै हो । प्रसव वेदनाले जति नै थलिएको भए पनि होसमा आउनासाथ पशुपक्षीले समेत पहिलो खोजी बच्चाकै गर्दछ । आमाहरूले आˆनो प्राणको उत्सर्ग गरेर भए पनि बालबच्चाको प्राणरक्षा गर्ने गरेको त व्यावहारिक यथार्थ नै हो । मानिसको मात्र होइन, पशुपक्षीमा समेत आˆनो प्राण दिएर बच्चाको प्राणरक्षाको प्रयास गरेको उदाहरण धेरै छन् । एकपटक एउटा चराको भालेपोथी आˆना नवजात शिशुलाई गुँडमा छोडेर आहारको खोजीमा बाहिर गएका रहेछन् । फर्केर आउँदा कुनै शिकारीले गुँडमा पसो थापेको रहेछ । बाबुआमा आएको चाल पाएर बच्चाहरू आˆनै शैलीमा चारा माग्न लागेको देखेर भाले छेउको डालीमा बसी विलाप गर्न लागेछ तर पोथी चाहिँ भुर्र उडेर गई शिकारीको पाशोमा परिछ । माया त बाबुलाई पनि थियो तर आपत्कालमा उसले चिन्ता मात्र गर्‍यो तर आमाले भने प्राणै दिन पनि पछि परिन । पौराणिक ग्रन्थहरूमा भेटिने यस्ता कथाहरूभित्र के कति सत्यता छ त्यो त थाहा छैन तर यस्ता प्रसङ्गले बच्चाको माया आमालाई भन्दा बढी अरू कसैलाई हँुदैन भन्ने कुराको सन्देश भने दिन्छ ।

उपनिषद् दर्शनले 'मातृदेवो भव' भनेर आमालाई देवतासरह मान्नुपर्छ भन्ने शिक्षा दिएको छ । आमा सबै तीर्थको पनि तीर्थ हुन् भन्ने कुरो हिन्दुधर्मग्रन्थहरूमा उल्लेख छ । वेदले प्रकृति पूजाको माध्यमबाट प्रकृतिलाई आमा मानी संरक्षण गर्नु पर्ने सन्देश दिएको छ । 'माता भूमि' अर्थात् पृथ्वीलाई समेत आमा मानेर त्यसको शुद्धीकरणतर्फ समर्पित हुनु पर्ने सन्देश वैदिक ग्रन्थहरूले दिएको छ । ठूलाठूला विपत्तिको समयमा देवताहरूले समेत माता भगवतीको शरण लिने गरेको प्रसङ्ग पौराणिक ग्रन्थहरूमा उल्लेख छ । देवताहरूमा आˆनै शक्ति थाहा नपाएर खैलाबैला मच्चिएको बेला माता भगवतीले हैमवती उमाको रूपमा प्रकट भई उनीहरूको हैसियत बोध गराउनुु भएको जानकारी केनोपनिषद्ले दिएको छ । अनिकालले तड्पिएको मानव समाज र पानीसम्म खान नपाएर तड्पिएको प्राणीसमाजलाई सोही मातृसत्ताले शाकम्भरी, शताक्षी, भ्रामरी, भीमा, दुर्गा आदि आवश्यकतानुसार विविध रूप लिएर बचाएको तथ्य इतिहास र पुराणहरूले सार्वजनिक गरेका छन् । मातृसत्ताको अपमान हुँदा घर पनि मसानघाट जस्तो बन्दछ । मातृसत्ताको सम्मान गर्न जाने मसानघाटमा पनि घरको जस्तै आत्मीय व्यवहार पाउन सकिन्छ । मातृशक्तिले चाहे भने स्वर्गलाई पनि नरक बनाउन सक्दछन् भने नरकलाई स्वर्ग बनाउने सामथ्र्य पनि राख्दछन् । मातृत्वको अपमान हुँदा रामायण र महाभारत लेखिएको र मातृशक्तिलाई सम्मान गर्न जान्दा ठूलाठूला विपत्तिबाट मुक्ति पाइएको प्रशस्त उदाहरण छन् ।

यसो त हिजोआज कतिपय बच्चा जन्माएर फाल्ने आमाहरू पनि भेटिएका छन् तर तिनीहरू आमा नभई आमाका नाममा कलङ्क हुन् । हरेकको जन्म पनि मातृगर्भबाटै भएको हुन्छ भने पालनपोषण पनि मातृसत्ताबाट भएको हुन्छ र समाप्ति पनि प्रकृतिरूपी माताको गर्भमा पुगेर नै भइरहेको हुन्छ । त्यसैले त चाहे हामी 'आमा' मा । मदर म्याम्या र वाँवाँ जे भन्ने गरिए पनि सम्झना मातृत्वकै हो । आखिर हामी सबैका सबै आपदविपद्को बेला सर्वप्रथम किन आमालाई सम्झने र बोलाउने गर्दछौँ ? उत्तर प्रष्ट छ किनकि आमाले नै पहिले सुन्ने गर्दछिन् ।

तथापि मातातीर्थ औँसीका दिन केही सन्दर्भ र प्रसङ्गहरू उठाउनु जरूरी छ । सौन्दर्य प्रशाधनको पछि लागेर पो हो कि कतिपय पढलेखा शिक्षित आमाहरूमा स्तनपान गराउनु आमा र बच्चा दुवैका लागि बरदान हो । बच्चाका लागि आमाको दूध अमृत समान हुन्छ भने नियमित स्तनपान गराउँदा आमाहरूले क्यान्सर जस्ता कतिपय जटिल रोगबाट उन्मुक्ति पाउने प्रसस्त सम्भावना रहन्छ भन्ने जान्दाजान्दै पनि सुत्केरी अवस्थादेखि नै आˆनो दूध सुकाएर बच्चालाई डिब्बाबन्द खुवाउने परम्परा बढेको छ । हुन त के गर्ने के नगर्ने भन्ने कुरा सबैको व्यक्तिगत स्वतन्त्रताको कुरा हो तर त्यति हुँदाहुँदै पनि हामीले बालबच्चा र आˆनो स्वास्थ्यहितको सवालमा ती आमाहरूको समर्पण र सतर्कतालाई पनि बिर्सन हुँदैन जसले नियमित स्तनपान गराउन आमा र बच्चा दुवैका निम्ति बरदान सावित हुन्छ भन्ने जानकारीभन्दा निकै टाढाको समाजमा रहेर पनि चाहे दुईचार वर्ष नै किन नबितोस् शरीर र प्रकृतिले साथ दिँदासम्म आˆना नानीलाई स्तनपान गराउने गर्दथे र यसैमा गौरव गर्दथे । यसतर्फ भने सबैको ध्यान जानैपर्ने देखिन्छ । जे होस संसारमा आमाभन्दा ठूलो शक्ति अर्को केही छैन र उनको सेवा गर्नु भनेको अप्रत्यक्षरूपमा आˆनै सेवा गर्नु हो । आमाको सम्मान गनर्ुु पर्ने मातातीर्थ औँशी जस्तो पर्वले हामीलाई यही सन्देश दिएको छ । वर्षको एकदिन केही मीठा खाने कुरा र एकाध नयाँ लुगा दिएको भरमा सहीरूपमा आमाको सम्मान हुँदैन । पर्व त एउटा प्रतीक मात्र हो । यसले सँधैभरि आमालाई सन्तुष्ट राख्ने प्रयास गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।- कमल रिजाल

Tuesday, April 28, 2009

अमेरिकाको मनाससमा भब्य नेपाली कार्यक्रम सम्पन्न , सबैजना नाच्न थालेपछी...






* अमेरिका नेपाल सहयोगी समाजद्वारा धन्यवाद र आभार ब्यक्त
* राजिब,सुनन्दा मैनाली परिवारले सबैभन्दा बढी ३००० अमेरिकि डलर नेपाली मन्दिर निर्माणका लागि सहयोग,
* बिभिन्न ब्यक्तिहरुबाट जम्मा ११५२२.११ डलर मन्दिर निर्माणका लागि सहयोग






थाहा छैन कस्तो भयो! तर उपस्थित धेरैले भने "मनाससको जस्तो राम्रो र ब्यबस्थित कार्यक्रम अमेरिकामा आज सम्म कमै देखिएको छ ।" टन्नै नेपालीहरुको उपस्थिती, केही अमेरिकनहरुको पनि सहभागिता र नाच, नायिका अनुपामा प्रसाइ, लोक तथा दोहोरी गायक रामप्रसाद खनाल, गायकहरु खेम सङ्रौला, गुरु ओली, डा. अनुप पहाडी का प्रस्तुती हरु, त्यस्तै अनुपामा प्रसाइद्वारा निर्देसित न्रित्यहरु ले दर्सकको मन खुबै जितेको देखियो। बर्सौं नेपाल टेलिभिजन मा सफल कार्यक्रम संचालक रहेका रामप्रशाद खनालको आकर्सक कार्यक्रम सन्चालन र ठट्यौलि सैली ले दर्सक ले भर्पुर मनोरन्जन मात्र गरेनन प्रसस्त हास्न र हास्य कलाकारको भूमिका पनि महसुस गरे । राम प्रसाद खनाल ले गाउदा सरा दर्सक गीत संगै झुमेर नाचे भने अनुपामा का छोरी र अन्य साना साना फुच्ची हरु को नाच आँखा झिम्म नगरि हेर्न लायक थियो । हुन त प्रस्तुत गीत हरु र न्रित्य कुनै एउटा पनि छि भन्नु पर्ने थिएन , भोले मान्दैनन भन्ने पप गीत मा र आयुस खरेल को अङ्रेजी नाच बेग्लाई प्रकारका थिए । कबिता कम् भएको राम्रै भयो भन्दै थिए दर्सक तर थाहा छैन संचालक राम प्रसाद खनालले कती कबी हरुका कबिता नबोलाएर गाली खाए । कार्यक्रममा कृष्ण निरौला, महेन्द्र कार्की, मेदिनी अधिकारी, अनुप पहारी , प्रेम सङ्रौला, राम खरेल, को उपस्थिती र शुभ कामना उल्लेख गर्न लायक थिए ।


अमेरिका नेपाल सहयोगी समाज (America Nepal Helping Society ) को आयोजना र नेपाल एजुकेस्नल कल्चरल सेण्टर ( Nepal Educational Cultural Centre ) को सपोर्टमा नेपाली नयाँ बर्ष २०६६ को उपलक्ष्यमा अप्रिल २६ मा मनाससमा भब्य नेपाली साँस्कृतिक कार्यक्रम, पटलक पिक्निक सफलतापूर्बक सम्पन्न भयो।
for more plz visit this link
http://www.nepalhorizons.com/beta/playvideo.php?n=nhc_may_03.wmv¤t_page=1
Manassas, Chantilly, Fairfax, Woodbridge, Gainesville, DC, Maryland, Virginia Area मा बस्ने 8०० सय भन्दा नेपालीहरु र केही बिदेसी पाउनहरुले समेत कार्यक्रमबाट भरिपूर्ण आनन्द लिएका थिए।




वर्षभरीका दुख पिडा भुलेर अत्यन्त हर्सोल्लासका साथ सम्पन्न सो कार्यक्रम स-साना बालबालिका स्वरमा नेपाली राष्ट्रिय गीतबाट शुरु भएको थियो। संस्थाका अध्यक्ष सागर कडेलले नेपाली बिचको सम्बन्ध सूदृढ र प्रबल हुनु पर्ने कुरामा जोड दिंदै नयाँ नया बर्षको शुभकामना दिई कार्यक्रमको बिधिवत शुभारम्भ गर्नुभएको थियो । संस्थाको तर्फबाट कमल भट्टराईले उपस्थित सम्पूर्ण ब्यक्तिहरुलाई स्वागत गर्दै अमेरिकाबासी नेपालीहरुको सम्बन्धलाई गाढा, अझै उपलब्धिमुलक बनाउनु पर्ने कुरामा प्रतिबद्ध हुनु पर्ने कुरामा जोड दिनु भयो । उक्त सांस्कृतिक कार्यक्रमको प्रमुख अथिती डा अनुप पहाडी ज्यु हुनुहुन्थ्यो भने कार्यक्रममा NECCका पूर्व अध्यक्ष कृष्ण निरौला,प्रेम सङ्रौला महेन्द्र कार्की,मेदिनी अधिकारि, हिमाली गाउँका अध्यक्ष लक्ष्मी गौडेल, नेपाल होराइजन्सका सुवुप्रताप केसी, सगरमाथा टेलिभिजनका राम खरेल ,नेपाली पोस्टका गिरिस पोख्रेल स्थानीय समाजसेवी राजीव तथा गोविन्द मैनाली लगायतका बिशिस्ठ ब्यक्तिहरुले सस्थाको यो कार्यक्रमको सर्हाना गर्नुभएको थियो।




बिभिन्न गितहरुमा स्थानिय नेपाली कलाकारहरुले प्रस्तुत गरेको नृत्यले दर्शकहरुलाई जुरुक जुरुक उचालेको थियो । सुरिलो स्वरका धनी लोकगायक राम प्रसाद खनालले प्रस्तुत गर्नुभएको रेसम फिरिरी ...रेसम फिरिरी ,अमेरिका ग्रिनकार्डको खेल,त्यसैगरी कार्यक्रमको बिच-बिचमा बाचन गरिएका कबिता, गजल, मुक्तकहरुले पनि उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए । कार्यक्रममा उपस्थित सबैलाई पटलक पिक्निक खानाको ब्यबस्था गरिएको थियो। सो अवसरमा नेपाली मन्दिर निर्माण सहयोगार्थ बिभिन्न ब्यक्तिहरुबाट जम्मा ११५२२.११(एघार हजार पाच् सय बाइस डलर एघार सेण्ट) डलर उठेको र अत्याबस्यक कामले अनुपास्थित केही साथीहरुले सो कार्यमा आफ्नो पूर्ण समर्थन रहेको आफुहरुले मन्दीरको लागि सग्दो सहयोग राशी दिने प्रण गर्नुभएको कुरा जानकारी गराइएको थियो। सो कार्यक्रमको डि सि नेपाल डट्कमले प्रतक्ष प्रसारण गरेको थियो।



यसै बिच समाज का तर्फ बाट अध्यक्ष्य सागर कंडेल ले एक प्रेस रिलिज जारी गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै नेपाली समुदाय र मन्दिर निर्माण मा सहयोग प्रदान गर्ने सबै धनबिर हरुलाई धन्यवाद ब्यक्त र आभार प्रकट गरेकाछन । - सुरेश शर्मा र कमल भट्टराईको संयुक्त रिपोर्ट

Saturday, April 25, 2009

इज्जत नफाल

त्रिविका उपकुलपति डा. माधवराज शर्मा र रेक्टर र्सूयलाल अमात्यलाई अखिल क्रान्तिकारीका विद्यार्थीले कालोमोसो दलेका छन् । किर्तिपुरस्थित विश्वविद्यालय केन्द्रीय कार्यालयमा प्रवेश गरी गरेको दुव्र्यवहारप्रति घृणा जागेर आयो । सरकारको नेतृत्व गर्ने पार्टीका भ्रातृ संगठनले गर्ने व्यवहार यही हो ? हिजो बुर्जुवा शिक्षाको नाममा किताबकापीमा आगो लगाउने, निहत्था शिक्षकको हत्या गर्ने, विद्यालयमा बम पड्काउने, पुस्तक होइन राइफल र गि्रनेटले भाग्य र भविष्यको फैसला गर्छ भन्दै विद्यार्थीलाई पढ्नबाट वञ्चित गराउने लगायत कैंयन अराजक गतिविधि गर्दै आएको माओवादीले उपकुलपतिलाई कालोमोसो लगाउँदैमा शिक्षामा आमूल परिवर्तन आउँछ ?त्रिविले बढाएको शुल्कप्रति सबै विद्यार्थी एकजुट भई समझदारी गर्दै समस्याको हल गर्नुपर्नेमा अराजकता निम्त्याई प्राज्ञिक व्यक्तिमाथि गुरिल्ला गतिविधि प्रस्तुत गरेर क्रान्तिकारीले आफ्नो वास्तविक चरित्रलाई नंग्याएको छ । त्रिविले गर्ने हरेक निर्णयमा कुलपतिको मुख्य भूमिका र जिम्मेवारी हुन्छ ।हिम्मत थियो भने कालो मोसो र दुव्र्यवहार त पहिले कुलपतिलाई गर्नुपर्ने हो उपकुलपतिलाई होइन ।
त्रिवि उपकुलपति र रेक्टरमाथिको अभद्र व्यवहारले मानिसको सर्वश्रेष्ठताकै उपहास गरेको छ । गुरुको स्थान मातापिता सरहको हुन्छ । मातृ देवो भव, पितृदेवो भव, आचार्य देवो भव भनेर हाम्रो प्रार्थनामै छ । चित्त नबुझेका कुरा राख्ने एउटा शिष्ट तरिका हुन्छ, मर्यादा हुन्छ । आफ्ना सन्तानसरह विद्यार्थीले पनि सफलता पाऊन् भन्ने हरेक गुरुको चाहना हुन्छ । त्रिविको यो अपि्रय घटनाले गुरुहरूको भावनामा ठेस पुगेको छ । नेपाल गरिब देश हो तर नेपालीहरू मनका धनी छन् मिलनसार छन्, मृदुभाषी छन्, शिष्ट छन् भनेर संसारमै प्रसिद्धि कमाएका छौं । यस्ता घटनाले विश्वमानचित्रमा हामीले कमाएको इज्जतमै प्रश्नचिह्न उठ्छ ।

Monday, April 6, 2009

जातीय विभेद नचर्काऊ

नयाँ संविधानमा विभिन्न जातजाति, वर्ग, क्षेत्रका समुदायले आफ्नो अस्तित्व र अधिकार खोजिरहेका छन् । मधेसीलाई मधेस चाहिएको छ भने थारूलाई थरूहट अनि तामाङलाई ताम्सालिङ चाहिएको छ भने राई, लिम्बू, किराँतलाई खम्बुवान र लिम्बुवान । कसैलाई सरकारी सेवामा आरक्षण त कसैलाई राज्य सञ्चालनमा पहँुच अनि कसैलाई आत्मनिर्णयको अधिकार । यो स्वाभाविकै हो तर एउटा जाति, वर्ग, क्षेत्रलाई अधिकार दिने नाममा अर्को जाति, वर्ग, क्षेत्रको अस्तित्व समाप्त पार्ने काम कदापि हुनु हुँदैन । बाहुनक्षेत्री समुदायभित्र जातका दलित नभए पनि विभेद र व्यवहारले दलित बनाइएकाहरू प्रशस्त छन् त्यस्तै उत्पीडन, गरिबी, अशिक्षा, रोग, भोकले घेरिएकाको संख्या पनि निकै ठूलो छ ।

बाहुनक्षेत्री भएकै कारण राज्यले उपलब्ध गराउने विभिन्न अवसरबाट समुदायलाई वञ्चित पार्न खोजिँदैछ । हो, राजनीतिक र सरकारी ओहदाको माथिल्लो तहमा अन्य समुदायको तुलनामा बढी भए पनि सम्पूर्ण बाहुनक्षेत्रीको जनसंख्यामा ज्यादै न्यून छन् । के बाहुनक्षेत्रीको सबैको हैसियत प्रचण्ड, गिरिजा, माधव, सूर्यबहादुर र कमल थापाहरूसँग दाँज्न मिल्छ । बाहुनक्षेत्री हुँदैमा सबै खराब हुन्छन् ? केही बाहुनक्षेत्रीको बदमासीको मूल्य सम्पूर्ण समुदायले चुकाउनुपर्ने हो ? अन्य समुदायमा सबै असल मान्छे मात्र छन् ?

बहालवाला मन्त्रीहरू बाहुनवाद भन्दै हिँड्छन् । यिनीहरू देशका मन्त्री हुन् कि एउटा समुदायको ? सबै कुरा बुझेर, हामीमात्र नेपाली हौं भन्ने भावना सबै जाति, वर्ग, क्षेत्रका समुदायमा पलाउनु जरुरी छ ।

शाश्वत वाणी

अमेरिका
म विश्वमा अरू धेरै मुलुकभन्दा अमेरिकालाई मन पराउँछु । यसको वास्तविक कारण म दीर्घकालसम्म आलोचनाको अधिकारमा जोड दिन्छु ।
वेम्स बाल्डिन

अमेरिका धून हो, यो निश्चय नै एकापसमा बज्छ ।
क्राउडस

अमेरिकाको सामथ्र्य के हो ? के त्यहाँ 'स्वतन्त्रता' देखि 'स्वतन्त्रता' सम्म पूर्णता र सन्तुलन छ ?
मार्लियन भोस

जनताको सामान्य चाहना के हो भने अमेरिका त्यति राम्रो होस् जति उसले प्रतिज्ञा गरेको छ ।
बारबारा जोर्डन

प्रेरक प्रसंग
वाचा होस् त यस्तो !
एक दिन काका कलेलकर गान्धीलाई भेट्न उनको निवासस्थान पुगे । त्यसवेला गान्धी आपmनो टेबुलमा राखेको सामान हटाएर यताउता केही खोजिरहेका थिए, तर उनले खोजेको कुरा भेट्टाउन सकिरहेका थिएनन् । त्यसैले उनी चिन्तित थिए । काका कलेलकरले देखे र सोधे, 'बापू ! तपाइर्ले के खोजेको ? मलाई भन्नुस् न म पनि तपाइर्ंलाई यसमा मद्दत गर्नेछु ?' गान्धीले भने, 'एउटा पेन्सिल हरायो, त्यो खोजिरहेको छु, केही क्षणअगाडि त यहीँ थियो, थाहा छैन, कहाँ राखेर बिर्सिएँ ।' काका कलेलकरले आफ्नो गोजीबाट पेन्सिल निकालेर गान्धीलाई दिँदै भने, 'ल यो लिनूस् पेन्सिल, अहिले यसैले काम चलाउनूस्, पछि खोज्नू !' गान्धीले भने, 'होइन काका, जबसम्म पेन्सिल भेटिँदैन, तबसम्म मलाई चैन मिल्दैन ।'

काका कलेलकरले भने, 'त्यो पेन्सिलमा यस्तो के खास कुरा छ जसका लागि तपाइर्ं यति धेरै चिन्तित भइरहनुभएको छ ? म पनि त्यो खोज्नेछु, यदि त्यो भेटिएन भने के बिग्रन्छ त ?' गान्धीले जवाफ दिए, 'काका ! तपाइर्ंलाई थाहा छैन, त्यो पेन्सिल मेरा लागि धेरै महत्त्वपूर्ण छ । त्यसमा एउटा सानो बालकको प्रेम जोडिएको छ । म त्यो भेट्टाएर मात्र आराम गर्नेछु ।' काका कलेलकरले उत्सुकताले सोधे, 'त्यो बच्चा को हो ? मलाई पनि त भन्नूस् !' गान्धीले भने, 'मद्रासको चार-पाँच वर्षको बालक, जसले बडो प्रेमले त्यो पेन्सिल मलाई दिएको थियो र मसँग वचन पनि लिएको थियो कि यो नहराउनू ! त्यसैले मैले त्यो सम्हालेर राखेको थिएँ ।' गान्धीको चिन्ता बुझेर काका कलेलकर पनि पेन्सिल खोज्न लागे ।
पछि, त्यो पेन्सिल एउटा फाइलको बीचमा अड्किएको पाइयो । गान्धीलाई त्यो सानो पेन्सिलले धेरैबेरसम्म चिन्तित बनायो । गान्धीले त्यो भेटिएपछि धेरै प्रशन्न हुँदै भने, 'अब शरीरमा ज्यान आयो ।' यस्ता थिए गान्धी ! यस्तो थियो उनको बच्चासँगको प्रेम र वाचाका पक्का ।

Wednesday, March 25, 2009

परीक्षार्थीलाई शुभकामना

परीक्षाको मर्यादा कायम भएन भने औचित्य पनि समाप्त हुन्छ। माध्यमिक शिक्षाको अन्तिम खुड्किलो मानिने एसएलसी परीक्षा बुधबारदेखि सुरु हुँदैछ। वार्षिक शैक्षिक कार्यतालिकामा यो सबैभन्दा ठूलो अभ्यास हो। यस वर्ष विद्यालय स्तरको शिक्षा पूरा गरेका ४ लाख १२ हजार ८१ जनाले १ हजार ४ सय ४ केन्द्रबाट एसएलसी दिन लागेका छन्। यिनमा ४७ हजार ४ सय ९० जना पुराना (एक्जेम्टेड)परीक्षार्थी हुन्। यस वर्ष क्षेत्रगत रूपमा प्रश्न पत्रहरू तयार गरिएका छन्। यति ठूलो कार्यक्रमको व्यवस्थापन पक्कै पनि सजिलो हुँदैन। परीक्षार्थीलाई अप्ठेरो नबाई परीक्षाको मर्यादा कायम गर्नु चुनौतीपूर्ण कार्य पनि हो।
उच्च शिक्षाको मूल ढोका मानिने हुनाले परीक्षार्थी र अभिभावकले एसएलसी परीक्षालाई विशेष महत्त्वसाथ विशेष तयारी गर्छन्। साथै एलएलसीमा बढी अङ्क ल्याउने होडमा उचित अनुचित उपाय पनि अपनाउने गरेको पाइन्छ। यस्तो अनियमिततामा विद्यार्थीमात्र हैन केन्द्राध्यक्ष, निरीक्षकहरूसमेत संलग्न हुने र उनीहरूमाथि कारबाही गरिने गरेको उदाहरण छ। यसरी कारबाहीमा परेका विद्यार्थीको भविष्य नै प्रभावित हुने गर्छ। अर्कोतिर, व्यवस्थापनमा भएका त्रुटिका कारण उत्पन्न तनाव र अप्ठेरोले पनि विद्यार्थीको परीक्षा प्रभावित हुन्छ। यसैले एसएलसी परीक्षाको व्यवस्थापन निकै संवेदनशील काम हो।
परीक्षाको मर्यादा महत्त्व पक्ष हो। परीक्षार्थी र व्यवस्थापन पक्ष दुबैले यसको मर्यादा कायम राख्‍न विशेष प्रयास गर्नुपर्छ। यसैगरी परीक्षा केन्द्र र वरपरको वातावरण शान्तिपूर्ण बनाउन पनि ध्यान दिनु आवश्यक छ। परीक्षामा खटिने सुरक्षाकर्मीलगायतका व्यवहार पनि संयमित र मैत्रीपूर्ण हुनु उत्तिकै जरुरी हुन्छ। परीक्षामा नक्कल गर्ने र गराउने प्रवृत्ति निरुत्साहित गर्नुपर्छ तर यसका लागि अपनाइने उपायले परीक्षार्थीलाई तर्साउने हुनुहुँदैन। एक दशक लामो अध्ययनको कसी केही दिन र घन्टाको परीक्षा मानिनु आफैँमा विडम्बना हो। त्यसमा पनि परीक्षार्थीले तनावको वातावरणमा जाँच दिनुपर्‍यो भने निश्चय पनि सही मूल्याङ्कन हुन सक्तैन।
अतः सम्बन्धित सबै पक्षले परीक्षाको मर्यादा कायम राख्‍ने र परीक्षार्थीले तनावमुक्त भएर जाँच दिने वातावरण बनाउन सबैले सहयोग गर्नुपर्छ। फलामे ढोका पार गर्ने प्रयासमा लागेका सबै परीक्षार्थीलाई हार्दिक शुभकामना!

Thursday, March 19, 2009

लगातार १२४ घण्टा सम्मको भाषण

तपाईं आफूलाई पर्याप्त जानकारी भएको विषय वस्तुमाथि बढीमा कति समयसम्म धारा प्रवाह भाषण गर्न सक्नुहुन्छ ? तपाईंको त कुरै छोडौँ आफूलाई भाषणमा पोख्त ठान्ने बडे बडे नेतागणहरूलाई समेत बढीमा दुई चार घण्टाभन्दा अधिक भाषण गर्न गाह्रो हुन्छ तर एक जना फ्रेन्च नागरिकले हालै मात्र लगातार एक सय २४ घण्टासम्म भाषण गरेर सबैलाई आश्चर्यमा पारिदिएका छन् र उनको नाम अधिकतम समय भाषण गर्न सामथ्र्य राख्ने व्यक्तिका रूपमा 'गिनिज बुक अफ वल्र्ड' मा दर्ज हुने भएको छ ।

फ्रान्सेली नागरिक लुई कोलेटले विश्व चर्चित स्पेनिस कलाकार साल्भाडोर दाली तथा क्याटालिन संस्कृतिलगायतका विषयमाथि लगातार एक सय २४ घण्टासम्म भाषण दिएका हुन् । दक्षिण फ्रान्सस्थित पार्पिग्नान सहरमा उनले उपरोक्त विषयलाई लिएर लगातार पाँच दिन चार रात ठूलो जनसमूहबीच भाषण गरेका थिए ।

यसअघि एक जना भारतीय नागरिकले लगातार एक सय २० घण्टा सम्म धारा प्रवाह भाषण दिएर गिनिज बुकमा रेकर्ड दर्ज गराएका थिए । कोलेटले ति भारतीय नागरिकलाई समेत माथ गरेका छन् । यसभन्दा पहिले पनि सन् २००४ मा कोलेटले लगातार ४८ घण्टासम्म भाषण गरेका थिए ।

Wednesday, March 18, 2009

नाटक-सुझाव संकलनको

संविधान निर्माणमा आमजनतालाई सहभागी बनाउनु निकै राम्रो हो । तर, कहिलेकाहीँ यस्ता काम भाँती नपुर्‍याई गरिँदा त्यसको परिणाम पहिले-पहिले गाउँघरमा सांस्कृतिक कार्यक्रम वा थिएटरका बीच-बीचमा हास्यप्रधान कार्यक्रम देखाउने जोक्करको जस्तो बन्न जान्छ भन्ने यतिवेला नेपालमै चरितार्थ हुँदै छ । केही दिनदेखि संविधानसभाका सदस्यहरू गाउँ-गाउँमा पुगेका छन् । कतिपयले बेइमानी गरेर भत्ता मात्र पचाएको भए पनि धेरैले गाउँ-गाउँमा पुगेर जनताका दैलामा उनीहरूको रायसुझाव संकलन गर्ने प्रयत्न गरेको देखिएको छ । तर, जनमत संकलनका लागि अपनाइएको विधि र जनताका प्रतिक्रिया हेर्दा भने यो काम केवल एउटा सस्तो हास्य-टेलिसिरियलजस्तो देखिँदै छ । स्वयं राय संकलनमा संलग्न सभासद् र सर्वसाधारणको प्रतिक्रिया पनि त्यस्तै छ ।

पहिलो कुरा त जनतालाई छोटो समयको सूचनाका आधारमा सुझाव दिनका लागि भेला हुने खबर जान्छ । जब तिनीहरू तोकिएका स्थलमा पुग्छन्, तब त्यहाँ तोकिएका सभासद् सबै पुग्दैनन् या कहिलेकाहीँ त केवल कर्मचारी मात्र पुगेका हुन्छन् । जब सभासद् भेटिन्छन् अनि तिनले तोकिएको कामका बारेमा जानकारी दिँदा आ-आफ्ना पार्टीका एजेन्डाका पक्षमा जनमत निर्माण गर्न वा अर्को पार्टीका बारेमा केही न केही आक्षेप लगाउन चुक्दैनन् । लौ त्यस्तो भएन, तिनले जनतालाई संविधानमा के-के कुरा राख्ने हो, बताउनुस् भनेर भनी नै हालेछन् र प्रश्नावलीमा भएका कुराको व्याख्या नै गरेछन् भने पनि त्यो आमनेपाली जनताको समझभन्दा परका कुराका पोकाहरूले भरिएको हुन्छ । जनताले त्यसमा आफ्नो राय राम्ररी दिन सक्दैनन् । अर्को कुरा प्रस्तुत गरिएका प्रश्नावली यति जटिल -संवैधानिक कानुन र राजनीतिशास्त्रमा एमए गरिरहेका विद्यार्थीका लागि तीनघन्टे परीक्षामा सोधिने प्रश्नजस्ता) छन् कि सर्वसाधारणका लागि ती प्रश्नसँग वा त्यस्ता प्रश्न सोध्नेसँग संवाद कायम गर्नै गाह्रो हुन्छ ।

यति भएपछि संविधानसभाका सभासद् र जनताका बीच नयाँ संविधानबारे खासै संवाद हुँदैन । बरु जनताका प्रश्नले ती घेरिन्छन् । निर्वाचनका वेला गरिएका विकासे वाचाका कुरा, रोजगारीका कुरा र केही भएन भने चुनाव जितेपछि गाउँ नफर्केका कुरा उठ्छन् । अलि पढालिखा टाठाबाठा परेछन् भने तिनले त भाउ-बेसाहादेखि पार्टीहरूका बीचका कलहका कुरा झिकेर संविधान बन्ने कुराप्रति नै यसरी आशंका व्यक्त गरिदिन्छन् कि सभासद्लाई आफ्नो इज्जत जोगाएर फर्किनै धौ-धौ पर्छ । अनि, कुनै एनजिओ वा आइएनजिओको सामाजिक परिचालक वा सहजकर्ताको जस्तो प्रश्नपत्रको पोको बुझाएर र्फकन्छन् । यो एकप्रकारले समय, स्रोत र प्रतिष्ठाको दुरुपयोगजस्ता विधि अपनाउन जुनसुकै दाताले उक्साएर हाम्रो संविधानसभालाई उल्लू बनाउन खोजेको भए पनि परिणाममा धोकासिवाय केही होइन । हाम्रा काम आफ्नै विशेषताअनुरूप गरिने चलन नयाँ नेपालमा पनि नचल्ने भो ।

Monday, March 16, 2009

कारबाही गर

मुलुकमा गणतन्त्र स्थापना भइसक्दा पनि नेतामा विलासी, स्वार्थी र मोजमस्तीको चरित्र कामयै रहेको देख्दा लाज भइरहेको छ । देशमा लोडसेडिङका कारण उद्योग, कलकारखाना प्रायः बन्द हुने अवस्थासँगै मानिसको दैनिक जीवन कष्टकर भइरहेका बेला पूर्वप्रधानमन्त्रीदेखि बहालवाला मन्त्री र कर्मचारीले समेत करोडौं पर्ने चिल्ल गाडी निजी प्रयोजनमा उपभोग गर्नु निन्दनीय छ ।

नेपाली जनताको थाप्लामा ऋणको भारी बोकाएर महँगा गाडी खरिद गर्ने र निजी प्रयोजनमा ल्याउने प्रवृत्ति चमेलियामात्र नभई अन्य आयोजनामा पनि रहेको छ । यो नेपाली जनतामाथि गरेको घोर अन्याय हो र लोकतन्त्र तथा नेपाली जनताले नेतामाथि गरेको विश्व्सको अपमान हो ।

सर्वसाधारण जनता भोकमरी, अभाव र अनेकौं संकट भोग्न बाध्य भइरहेको बेला नेता भने सुविधा भोग गर्न र आर्थिक लाभ लिन तल्लीन छन् । ठूला आयोजनाबाट ठूलै आर्थिक घोटाला हुने गरेको छ । त्यसैले अहिले सञ्चालन भइरहेका र हुन लागिरहेका आयोजनामा आर्थिक घोटाला रोक्न सरकारले विश्वासिलो आधार दिन सक्नुपर्छ ।

गाडी फिर्ता गर्न लगाउने, आयोजनाबाट अनुचित फाइदा लिनेलाई कारबाही गर्ने र आयोजनाबारेमा संसदीय सुनावाइ गर्ने तथा जनतालाई यथार्थ जानकारी गराउने कदम तत्काल चालियोस। यो सरकार पनि विगतको निरन्तरता नै हो भन्ने बुझाइ सर्वसाधरणमा छ ।- अर्जुन भट्टराई

Sunday, March 15, 2009

भाषामाथिका चुनौती

आदिवासी जनजातिहरूलाई अहिले आ-आˆनो मातृभाषा जोगाउने काम चुनौतीपूर्ण बनिरहेको तर्फ हालै आयोजित एउटा कार्यक्रममा सङ्केत गरिएको थियो । कुनै पनि भाषा त्यो चाहे अल्पसङ्ख्यक, आदिवासी र जातीय समूहले बोल्ने सीमित भाषा होस् चाहे सबै भाषाकाबीच सम्पर्क भाषाका साथै राष्ट्रिय रूपमा सरकारी कामकाजको राष्ट्रिय भाषा होस्, ती सबै राष्ट्रिय सभ्यता र संस्कृतिका अभिन्न अङ्ग हुन् । तिनीहरूको संरक्षणमा सिङ्गो राष्ट्र गम्भीर हुनु जरुरी हुन्छ । हुन त राज्यले मातृभाषामा शिक्षाको व्यवस्था गर्दै तिनको आवश्यक पाठ्यक्रम, पाठ्यपुस्तकहरू लेख्ने-लेखाउने काम पनि सुरु गरिसकेेको छ । यसको पूर्ण कार्यान्वयन पछि यी चुनौतीमा निश्चय नै केही कमी आउने छ नै ।

भाषिक चुनौतीको सामना गर्न त्यति सहज भने देखिँदैन । भाषा-संस्कृतिको प्रश्न राजनीतिक स्वार्थ साधनको लागि बोलिने नारा मात्र होइन । यो मूलतः जातीय समूहसँग गाँसिएको अस्मिताको प्रश्न हो । राष्ट्रिय सभ्यताको निर्माणमा सबै भाषाभाषी, जातजाति र भाषा-संस्कृतिको उत्तिकै योगदान रहने यथार्थ स्वीकारेर एकको विकास अर्काको हानि नभएर सहयोगी हो भन्ने यथार्थ स्वीकार्ने हो भने एकले अर्काको विकासमा सहयोगी बन्न कुनै सङ्कोच गर्नुपर्ने देखिँदैन तर यस विपरीत एक अर्काप्रति विद्वेष र ईष्र्याजन्य निषेधका स्वरहरू पनि सुनिन थालेको छ, जुन निश्चय नै स्वस्थ प्रवृत्ति होइन ।

नेपालका सबै आदिवासी, जनजाति र अन्य भाषिक समुदायका भाषाले आज बेहोर्नु परिरहेको चुनौती सामना गर्नका लागि एउटा प्रभावकारी माध्यम मातृभाषामा शिक्षाको अवधारणाको व्यावहारिक प्रयोग नै हो तर यसलाई सफल तुल्याउन अन्तर्मनदेखिकै प्रतिबद्धता सर्वप्रथम मातृभाषी समुदायमै विकसित हुनु जरुरी छ । आफ्नो भाषाप्रतिको अनुरागलाई राजनीतिक नाराको तहबाट माथि उठाएर व्यावहारिक प्रयोगका तहमा लैजान सकियो भने हर प्रकारका चुनौती सामना गर्न नसकिने होइन । भाषाको सम्बर्द्धन, विकास र उन्नयन कोरा नाराबाट सम्भव हुँदैन, त्यसको व्यावहारिक प्रयोगको प्रभावकारिताले नै यसलाई सफलताको सिँढी चढाउन सघाउँछ । मातृभाषामा शिक्षाको व्यवस्था भएर पनि विद्यार्थीलाई त्यो भाषा पढ्न अभिभावकबाट प्रेरणा प्राप्त भएन भने यसले सफलता पाउन सक्दैन । पाठ्यसामग्री तयार गर्न राज्यले सघाउनुपर्छ तर तिनको लेखन र सिर्जनामा सम्बन्धित भाषाभाषी नै तत्पर हुनुपर्छ । ती भाषा बोल्ने अभ्यास सर्वप्रथम घरैदेखि हुने वातावरण बन्न सकेन र कमाउ भाषा अङ्ग्रेजी बिग्रने डरले मातृभाषामा बोलचाल गर्न निरुत्साहित गर्ने अहिले देखिन थालेको प्रवृत्तिमा कमी आउन सकेन भने अल्पसङ्ख्यक जनजाति र अन्य जातीय समुदायका भाषा मात्र होइन, आजको राष्ट्रिय तथा सम्पर्क भाषाको ठाउँसमेत बाहिरी भाषाले लिन असम्भव छैन । आज छिमेकका र विश्वका शक्तिशाली भाषा तथा तिनका प्रसारक सञ्चार सञ्जालका कारण कुनै पनि साना राष्ट्र र जातिका भाषा सुरक्षित छैनन् । तिनको संरक्षण हामीजस्ताका लागि ठूलै चुनौती बनिरहेका छन् । यी चुनौती अहिले अल्पसङ्ख्यक जनजातिका भाषाभाषीले जति अनुभव गर्नु परिरहेको छ, भाषिक-सांस्कृतिक तीव्र दबाब खेपिरहेका हाम्रोजस्ता मुलुकका बहुसङ्ख्यकले बोल्ने र शासकीय भाषाको आरोप लाग्दै आएको राष्ट्रिय भाषाले पनि चाँडै नै कडा चुनौतीको सामना गर्नु नपर्ला भन्न सकिन्न ।

सहमति, सहकार्य र एकता अपरिहार्य

शान्ति प्रक्रियाको महत्त्वपूर्ण एउटा पाटो सेना समायोजनसम्बन्धी विषय समयमै टुङ्गो लाग्न नसक्दा विस्तृत शान्ति सम्झौतामा उल्लेख भएका सर्त र भावनाको पूर्ण पालना हुन सकेन । सम्झौता उल्लङ्घन हुँदा सेना समायोजनको विषय सर्वोच्च अदालतसम्म पुग्यो । अदालतले अन्तरिम आदेश जारी गरिसकेको हुनाले अब सेना समायोजनको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने जिम्मेवारी राजनीतिक दलहरू र नेपाल सरकारकै हो । विस्तृत शान्ति सम्झौता अनुसारका आयोग समयमै बनेका भए विवाद पनि कम हुँदै जान्थे र सुल्भिन्थे पनि । शान्ति प्रक्रियालाई सफल पार्नमा आपसी विवाद कम पार्दै लैजानुपर्नेमा कुनै विवाद छैन । संविधानसभाको निर्वाचन सम्पन्न भई देश नयाँ संविधान निर्माणको प्रक्रियामा अग्रसर भएको बेलामा देशका कतिपय भागमा विभिन्न समुदायले अधिकार र पहिचानको कुरा उठाइरहनुभएको छ । यो बेलामा राज्य कमजोर भएको हो कि भन्ने आशङ्का उठ्न सक्छन् तर द्वन्द्वको सही निकास ननिक्लेसम्म र संविधानमा जनताका अधिकार सुनिश्चित नहुन्जेलसम्म राज्यका सबै पक्षले संयम र विवेकपूर्ण कार्य गर्नैपर्छ ।

सुरुका दिनमा शान्ति प्रक्रियालाई अगाडि बढाउन जसरी राजनीतिक नेतृत्व तहबाट त्याग बलिदानी र कुशल नेतृत्व प्रदान भएको थियो अहिले पनि त्यही अपेक्षा गरिएको छ । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने जिम्मेवारी सबै राजनीतिक दल, सरकारको नेतृत्व, नागरिकसमाजको पनि हो । सेना समायोजनमा ढिलाइ हुँदा केही अविश्वास पैदा भयो । तर यसलाई विश्वासमा परिणत गरेर सही निकास निकाल्नुको कुनै विकल्प छैन । असमझदारीले अविश्वास बढाउँछ, अविश्वासले द्वन्द्व निम्त्याउँछ र द्वन्द्व चर्कंदा शान्ति प्रक्रियामा ठेस पुग्दछ । संविधान निर्माण प्रक्रियालाई सहज र सरल ढङ्गले अगाडि बढाउन विगतमा जस्तै दलहरू र विशेष गरी उच्च राजनीतिक नेतृत्व तहमा सहमति, सहकार्य र एकताको राजनीतिलाई अगाडि बढाउनु आजको अपरिहार्य आवश्यकता हो । सेना समायोजनका लागि प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समिति बनिसकेको हुनाले अब ढिलाइ नगरी निकासको बाटो खोलिनुपर्छ ।

शान्ति प्रक्रियाका मुख्य दुई मुद्दा सेना समायोजन र संविधान निर्माण कार्यलाई हामीले अत्यन्त सुझबुझ राखी संयम भएर अगाडि बढाउनुपर्छ र यसैमा सबैको हित गाँसिएको छ । राज्य सङ्क्रमणकालबाट अगाडि बढिरहेकाले यस्तो बेलामा अस्थिरता चाहने तìवहरूले अनावश्यक चलखेल गर्न सक्छन्, त्यसबाट हामी बेलैमा सजग र सतर्क हुनु जरुरी छ । दलहरूको एकता नै आजको अजय शक्ति हो, त्यसलाई नयाँ नेपाल निर्माणको महान् कार्यमा लगाऔं र सहमति, सहकार्य एवं एकताको सूत्रलाई आत्मसात् गरौं । यसैले हामीलाई सुन्दर नेपाल निर्माणको सही गन्तव्यमा पुर्‍याउँछ ।

Saturday, March 14, 2009

बन्दको भयावह संकेत

नेपालमा सन् २००८ मा सात सय ५५ बन्द र हडताल भएको गम्भीर तथ्य एक प्रतिवेदनले खुलासा गरेको छ । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले हालै जारी गरेको प्रतिवेदनले बन्दका कारण मुलुकको अर्थतन्त्रले भोगेको भयावह तस्बिर सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार एकदिनमै नौ र महिनाभरिमा सयभन्दा बढी बन्द र हडताल भएका छन् । सबभन्दा प्रभावित तराई क्षेत्र भएको छ, जहाँबाट १४ प्रतिशत व्यापारीले बन्द-हडतालजस्ता अवरोधका कारण व्यवसाय बन्द गर्नुपरेको छ । औद्योगिक क्षेत्रमा बन्दका दिन कम्तीमा ६३ करोड घाटा हुने तथ्य सार्वजनिक गर्दै अध्ययनले खाद्यान्न, इन्धन, औषधि र मानवीय सहायतासमेत प्रभावित हुने गरेको देखाएको छ । यसले हाम्रो मुलुक कस्तो अव्यवस्था र अराजकतातिर उन्मुख छ भन्ने देखाउँछ ।

बन्द/हडतालले मुलुकको अर्थतन्त्रको मेरुदण्डमा गरेको प्रहार उद्घाटित गरेर प्रतिवेदनले सरकार र राजनीतिक दललाई सचेत गराएको छ । उसले सरकारले यो दुरावस्था नियन्त्रण गर्न नसकेको र सरकारमा रहेकै दलका संघ/संगठन बन्द-हडतालतर्फ उद्यत रहेको निष्कर्षसमेत निकालेको छ । यसअघि सरकारले एकपटक राजनीतिक सहमति जुटाई कम्तीमा छ महिनाका लागि राजमार्गलगायत शैक्षिक र औद्योगिक क्षेत्रलाई बन्दमुक्त राख्न प्रस्ताव गरेको थियो । तर त्यसप्रति न सरकार आफैं धेरै प्रतिबद्ध देखियो, न त कांग्रेस र तराई मधेस लोकतान्त्रिक पार्टीजस्ता विपक्षी दलले सहमति जनाए । अब कम्तीमा राजमार्ग क्षेत्रलाई बन्दमुक्त गर्न मुख्य राजनीतिक दलहरूबीच न्यूनतम सहमति हुनैपर्ने आवश्यकता छ ।

विपक्षी दलहरूले माओवादी नेतृत्वको गठबन्धन सरकारले शान्तिपूर्ण विरोध गर्न पाउने लोकतान्त्रिक पद्धतिमाथि निषेध गर्न खोजेको भन्दै बन्दलाई बन्द गर्ने सरकारी प्रस्तावप्रति असहमति जनाउँदै आएका छन् । निश्चितरूपमा नागरिक अधिकार प्राप्तिका लागि शान्तिपूर्ण धर्ना/हडताल गर्ने लोकतान्त्रिक पद्धति सुरक्षित हुनुपर्छ । सरकारले अधिकार कुण्ठित गर्ने दुस्प्रयास गरेमा जनताले त्यसविरुद्ध शान्तिपूर्ण प्रतिकार गर्न पाउनु पनि पर्छ । तर संक्रमणकालीन अवस्थालाई मध्यनजर राख्दै दलहरू मुलुकको आर्थिक अवस्थाप्रति संवेदनशील हुनु जरुरी छ । उनीहरू बन्द-हडतालका नकारात्मक पक्षलाई केलाउन तयार हुनुपर्छ किनभने केही समययता शान्तिपूर्ण विरोधका नाममा जनताका दिनचर्या प्रभावित हुने निषेधात्मक गतिविधि भइरहेका छन् ।

हालका बन्द-हडताल नागरिक अधिकारलाई स्थापित गर्ने भन्दा हिंसाको संस्कृति भित्र्याउने र जनजीवन अस्तव्यस्त पार्नेतर्फ उन्मुख छन् । रौतहटबाट प्रेषित समाचारअनुसार त्यहाँ राजमार्ग बन्द गराउने होडबाजी चलिरहेको छ । चन्द्रनिगाहपुरमा थारू समुदायले गरेको बन्द सकिन नपाउँदै चुरेभावर समूहले एकीकृत सेवा केन्द्रको माग राख्दै बन्द गरेको छ । मधेसी सूचीमा राखेकोमा मुस्लिम समुदायद्वारा पनि विरोध थालिएको छ । यी बन्द सकिनासाथ कछाडिया दनुवार संघले बन्द गर्ने घोषणा गरेको छ । यो तथ्यले मुलुक बन्द संस्कृतितर्फ होमिंदै गएको चित्र दिन्छ, जसलाई रोक्न अब पनि ढिलाइ भएमा धेरै कुरा बिग्रन सक्छ ।

विश्वमा छाइरहेको आर्थिक मन्दीको असर नेपालमा पनि भित्रिँदै गरेको अवस्थामा हाम्रो आफ्नै बन्द-हडतालले अर्थतन्त्रलाई थप मर्माहत बनाएको छ । यो क्रम बढ्दै जाने हो भने संविधान निर्माण प्रक्रिया र प्रकारान्तरले जारी शान्ति प्रक्रियालाई समेत बिथोल्न सक्ने जोखिम छ । यसको निराकरण तब मात्र हुनसक्छ, जब बन्द संस्कृतिलाई बढावा दिइरहेका राजनीतिक दल एवं समूहहरू आफैं त्यसको न्यूनीकरणका निम्ति अगाडि सर्छन् र सरकारले पनि त्यसका निम्ति पहल गर्छ । यो अग्रसरता अत्यावश्यक भइसकेको छ ।

Thursday, March 12, 2009

‘स्लमडग मिलेनियर’ हेरेपछि

मेरो नेपालमा हुँदा धेरै चलचित्र हेर्ने वानी थियो तर अमेरिका आएपछि भने समय,परिस्थिती अनि स्पस्ट भाषाको अभावले गर्दा त्यता तर्फ आँखा जान मान्दैनथौ। यही भएरै होला चार वर्षको अन्तरालमा मैले जम्मा तीन वटा फिल्म हेरे। ती मद्धे आज मात्र ओस्कार पुरस्कार विजेता ‘स्लमडग मिलेनियर’हेरेर भर्खरै फर्किए। त्यो पनि साथी जीवनजिको अनुरोधमा। जब म रिगल सिनेमा मनासस पुगे मलाई लागि रहथ्यो धेरै नाम अनि दाम कमाएको मुभी हेर्न पक्कै पनि धेरै दर्शक हुनेछन तर दुर्भाग्य जम्मा १० जना ती मध्ये ६जना(जीवन, हिमालि, रोज्जु, बिकास, नीर, कमल) हाम्रो ग्रुप । ठुलो हल भित्र ज्यादै कम दर्शक हुँदा मनले भने कसो कसो सोचिरहेको थियो। तर जव मुभी सुरु भयो त्यसपछी भने भएजतिको दिमाग त्यही मुभीमा लगाएको थिए।


मुम्बईको झुपडीको वास्तविक कथा रहेछ‘स्लमडग मिलेनियर’। भारतीय चलचित्र समिक्षकहरुबाट आलोचित तर विश्वभरि चर्चा पाइरहेको र थुप्रै पुरस्कारहरु जितेको यो चलचित्रले हालैमात्र ओस्कारको विभिन्न ८ विधामा बीजेता बनेको थियो। एउटा त्यस्तो खाली शिशि,पुरानो कागज युवाको कथा जो वाल्यकालमा अमिताभको अटो लिनको लागि मलमुत्रको नालिमा हाम फाल्दै दर्गुछ । अनि जिन्दगी भरी आफ्ना भोगाइका ज्ञानले चर्चित टिभी कार्यक्रमको ‘कौन वनेगा करोडपति’ को बिजेता अर्थात मिलेनियर बन्छ, कथा यहि हो । फिल्ममा गरिब जीवनका सिमित र असिमित सपनाहरुलाई कलात्मक दंगले देखाइएको छ । जुनसुकै समाजमा धेर थोर हुने कुराहरु जस्तै: त्यहाँका वस्तिहरुमा हुने हिंसा, क्रुरता, माया, प्रेम आदी सबैको समिश्रण बनेको छ चलचित्र । आँखा नदेख्ने बालकलाई अर्को बालकको सहयोग र उसले दिएको आशिर्वाद सुन्दा जो कोही पनि भाबुक नबनिरहन सग्दैन।


विकास स्वरुपको उपन्यास ‘क्यू एन्ड ए’ मा आधारित यो फिल्मले झुपडीको जिन्दगीको सजिव चित्रण गरेको छ, कथा निकै छिटो तर सलल बगेको छ । सबै कलाकारहरुले ज्यादै सजीव अभिनय गरेका छन। तर पनि भारतमा झुपडपट्टीका वालकलाकारहरुलाई श्रम शोषण गरेको, मानहानी गरेको,गरिवीलाई मात्र उजागर आदी आरोप पनि यस फिल्मलाई लागेको छ । अनुभबले जीबनमा कत्तिको अर्थ राख्छ, साथै नेपाली भनाईझै “पढेर भन्दा परेर जानिन्छ” भन्ने भनाइ रोमन्चक ढंगले प्रस्तुत गर्नुनै यस फिल्मको सफलताको बिन्दु हो।


ए आर रहमानले मुलुकलाई पहिलोपल्ट ओस्कार अवार्ड दिलाएपछि भारतमा विजयोत्सवको माहोल छाएको छ । भारतकै चर्चित ४३ वर्षिय सगीतकार रहमानले भने ओस्कार विजयले पश्चिमा श्रोता भारतीय संगीतबारे सचेत हुने आशा गरेका छन्‍ । स्लमडग मिलिनेयरको सफलतापछि उनलाई हलिउड चलचित्रमा संगीतका लागि प्रस्तावको ओइरो लाग्न थालेको छ तर आफुले बलिउड नछाड्‍ने उनले जनाएका छन्‍।

रंग-पर्वको शुभकामना !

नेपालमा आज र भोलि फागु वा होली खेलेर मनाउने गरिन्छ । नेपालमा यो वर्षका चाडपर्वमध्ये झन्डै अन्तिम पर्व हो यो । वसन्त ऋतुको आगमनसँगै प्रणयकालीन मौसमले उद्वेलित बनाएका मनहरूको अभिव्यक्ति प्रकट हुने यो पर्व नेपालमा दुई भिन्नाभिन्नै संस्कृतिको प्रतिविम्बका रूपमा पनि प्रकट हुन्छ । खासगरी पहाडमा यसलाई फागु पूणिर्माका रूपमा रंग खेलेर, खुसी साटेर मनाइन्छ । तराईमा भने यो त्यसको भोलिपल्ट पारिवारिक वातावरणमा मनाइन्छ । पहाडमा भन्दा यसको सांस्कृतिक महत्ता तराईमा बढी देखिन्छ । दसैँमा पहाडे हिन्दूमा देखिने चाडको मर्म तराईमा यस पर्वमा देखापर्छ । टाढा छुट्टएर बसेका आफन्त वा परिवारजन यसपटक भेला हुन आइपुग्छन् । र, पारिवारिक जमघट, शुभकामना आदान-प्रदान, भेटघाट, खानपिन र रमाइलो गरेर बिताउँछन् । सबै नेपालीलाई यस पर्वका अवसरमा हाम्रो हार्दिक शुभकामना !

धार्मिक मान्यता अनुसार, दैत्यराज हिरण्यकश्यपुले आफ्ना छोरा प्रल्हादलाई मार्ने उद्देश्यले ब्रम्हाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाएका थिए ।तर आगोमा होलिका आफैं भष्म भइन् बिष्णुभक्त प्रल्हादलाई आगोले छोएन । त्यसै बेलादेखि हिन्दु धर्मावलम्बीहरु आसुरी शक्तिमाथि ईश्वरी शक्तिको विजयका रुपमा यो पर्व मनाउने गर्दछन् ।राम्रो तरिकाले तयार पारिएका रंग र अबिर खेल्दा छालाको रोग समेत निको हुने आयुर्बेदमा उल्लेख छ । काठमाण्डौंको वसन्तपुरमा फागुन शुक्ल अष्टमीका दिन गाडिएको चीरलाई मंगलबार विधिपूर्वक ढालिन्छ । त्यस चीरलाई बाजागाजा सहित टुँडिखेलमा लगेर जलाइने परम्परा छ ।यसैगरी राती टुडिंखेलमा गुरुमापा नामका राक्षसलाई इटुम्बहालदेखि कतै नबिसाई ल्याएको १० पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको जधु धारामा चुठाउने चलन छ ।


यो रंगहरूको पर्व हो, लेकमा गुराँसका बहुरंगी फूल फुल्ने मौसम । चराहरूले गुँड लगाउने यस मौसममा मान्छेका मन त्यसै-त्यसै भावुक बन्छन् । यसमा प्रयोग हुने रंगहरूको संयोजनले यसलाई बहुरंगी स्वरूप दिन्छ । रंगहरूको संगतिपूर्ण प्रयोगको दृश्यले मानिसका मनमा रहेका कुभावना मेटाउँछ । समूहमा खेलिने रंगले सामाजिक एकता र मेलमिलापको सन्देश दिन्छन् । तर, केही वर्षयता होलीको यो पर्व राजनीतिक स्वार्थहरूको चपेटामा परेको छ । बन्द, हडताल र आन्दोलनले समाज र समुदायबीच एकप्रकारको खाडल र प्रतिशोध जन्माइदिएका छन् । यतिवेला पनि तराई अशान्त छ । थरुहटको बन्दले कैयौँ दिनदेखि यातायात चलेको छैन । कहिले मधेसवादी दलहरू त कहिले चुरे भावर अनि कहिले थारू जनजातिका आन्दोलनले मान्छेलाई सहज र शान्त मनले रंग खेल्न पनि दिएका छैनन् ।

अर्कातिर खासगरी काठमाडौंमा यस चाडलाई परपीडक संस्कारले ग्रस्त पार्दै लगेको छ । होलीको पर्व आउनुभन्दा धेरै दिनअघिदेखि नै लोला बर्साएर बाटामा मान्छेको सहज आवत-जावतलाई हुनसम्म डिस्टर्ब’ गरिन्छ । युवतीहरूको जमघट तथा आवत-जावत बढी हुने गल्ली र स्कुल-कलेज आतंकका पर्याय बनेका हुन्छन् । खेल्न चाहनेले पनि राम्रोसँग मित्रतापूर्ण र हार्दिक वातावरणमा भन्दा आफ्ना कुण्ठा व्यक्त गर्ने कुप्रथा बढ्दो छ । युवतीहरूलाई उनीहरूका इच्छाविपरीत विद्यालय, अफिस वा कार्यालय वा किनमेलका लागि बजार जान पनि नसकिने गरी आतंक सिर्जना गर्ने यस्ता दुष्कर्ममाथि नियन्त्रण गरेर सामान्य र सहज वातावरणमा इच्छित मानिसको समूहमा रंग खेल्ने हो भने रंग पखाल्दा मान्छेको मनको मैलो-धैलो पनि पखालिने थियो । हामीकहाँ मान्छेको समूह र समाजलाई बलियोसँग एकतामा बाँधेर राख्ने यस्ता चाडपर्वको जगेर्ना असल परम्परालाई जोगाउने शैली र उद्देश्यले भइदिए हामी कति खुसी हुँदा हौँ !

हालसम्म नेपालमा वर्षमा ४१ दिन राष्ट्रिय बिदा

हालसम्म नेपालमा वर्षमा ४१ दिन राष्ट्रिय बिदा पर्छन् । ती यसप्रकार छन् - नयाँ वर्ष, लोकतन्त्र दिवस, विश्व मजदुर दिवस, उभौली पर्व, इन्द्र जात्रा, रक्षाबन्धन, कृष्णाष्टमी, गाईजात्रा, हरितालिका -महिलाहरूका लागि) ऋषि पञ्चमी -महिलाहरूका लागि) निजामती सेवा दिवस, इन्द्रजात्रा, घटस्थापना, इद उलफित्र, दसैँ बिदा ७ दिन तिहार बिदा ३ दिन, छठपर्व, ३ डिसेम्बर -अपांगहरूका लागि), बर्क्रइद, नानक जयन्ती, धान्य पूणिर्मा उधौली पूजा, क्रिसमस डे, तम्हुल्होसार, माघी पर्व, सहिद दिवस, प्रजातन्त्र दिवस, महाशिवरात्रि, नारी दिवस -नारीहरूका लागि मात्र) फागु पूणिर्मा, रामनवमी र श्वतरथ यात्रा, रहेका छन् ।

जापान जस्तो विकसित देशले शनिबार आधा दिन र आइतबार पूरै दिन बिदा गर्छ भने नेपालभन्दा धेरै अगाडि रहेको मुलुक इजरायलले पनि हप्ताको एक दिन शनिबारै मात्र सार्वजनिक बिदा दिने गरेको छ । बिदा अध्ययन टोलीले गत माघ २४ गतेको मन्त्रिपरिषद्लाई सातामा दुई दिन बिदा दिने व्यवस्था गर्न सुझाव दिएपछि यसबारे बहस हुन थालेको छ सायद हप्तामा दुई दिन बिदा दिनु राम्रै होला । यसबाट अरू देशको सिको ठहर्ला तर पहिले त्यसबाट हुन सक्ने परिणाम हेर्नुपर्छ । देशको भौगोलिकता र सरकारी कर्मचारीको कार्यशैलीलाई हेर्दा दुई दिन बिदाले जनतलाई प्रत्यक्ष असर पर्छ ।त्यसका अतिरिक्त भइपरी आउने १।२ दिन अरू पनि हुन्छन् भने वर्षमा ५२ दिन शनिबार र आइतबार ५२ दिन गर्दा १०४ एक सय चार दिन त्यसमा राष्ट्रिय पर्व जोड्दा एक सय पैंतालीस दिन अनि घर बिदा बिरामी बिदा र भैपरी आउने बिदासमेत कर्मचारीले पाउने सहुलियत ५४ दिन गर्दा कुल दुई सय दिन बिदा हुन्छ

Saturday, March 7, 2009

बन्द संस्कृतिको अन्त्य गरौं

पहिले पहिले बन्द गर्दा धेरै ठाउँमा कालो पट्टी टाउको वा हातमा बाँधेर काम गर्थे । गाडीहरूमा पनि कालो झन्डा लगाएर गाडी चलाउँथे । सिनेमाघर, संघसंस्था, स्कुल, औद्योगिक क्षेत्र, दूरसञ्चार, समाचार प्रकाशन क्षेत्रमा पनि हातमा कालो पट्टी बाँधेर सुचारु रूपले काम भएकै हुन्थ्यो ।

अब नयाँ नेपाल बनाउने बेलामा जताततै एउटा महारोग लागेछ । त्यो रोग हो तालाबन्दी । विद्यार्थीहरूलाई स्कुल शुल्क धेरै भयो घटाउनुपर्‍यो, पि्रन्सिपललाई घेरी पि्रन्सिपलको अफिसमा ताला बन्द, स्कुलमा अध्यापकहरूलाई अर्काे स्कुल सरह सहुलियत चाहियो स्कुलमा ताला बन्द, अस्पतालमा एउटा सिकिस्त रोगी मर्‍यो, ताला बन्द, चोरले टेलिफोन लाइन चोरेर बेच्यो लाइन फेरि बिछाउन समय लाग्यो, दूरसञ्चार कार्यालयमा ताला बन्द, लोडसेडिङको बेला भए पनि कहिलेकहीँ आएको बिजुलीको लोड सहन नसकी ट्रान्सफरमर नै जलेपछि ट्रान्सफरमर बदल्न पनि समय लाग्छ, विद्युत् कार्यालयमा ताला बन्द यस्तै अनेकौं कार्यालयहरूमा ताला बन्दको रोग लाग्दा काम कसरी गर्ने ? आफ्नो आफ्नो क्षेत्रबाट प्रतिनिधिहरू पठाएर सरसल्लाह गरी समस्याको समाधान गर्नु नै आजको शिक्षित व्यक्तिहरूको कर्तव्य हो । सम्बन्धित क्षेत्रहरूमा तालाबन्दी हँुदा स्कुले विद्यार्थीहरूको परीक्षा नजिकै आएका, पाठ्यक्रम रिभिजन हुन त परै रहोस् पाठ्यक्रमसम्म नभ्याउने हो कि ? अस्पतालमा उपचार गर्न दुर्गम क्षेत्रबाट बल्लतल्ल अस्पताल आइपुगेका रोगी डाक्टरहरूको परीक्षण बिना नै मर्ने हो कि ? एकपटक सोचौं त के तालाबन्दी गर्नु नै हाम्रो समस्या समाधान गर्ने एकमात्र उपाय या विकल्प हो ?

सडक बन्द


विद्यार्थीले बसभाडामा मागेको विद्यार्थी सहुलियत पाएन। बस चालक वा उसको सहायकसित विद्यार्थीको झ्गडा भयो। परिणाम- सडक बन्द।

बसको भाडा उठाउनेसँग भाडाकै विषयमा यात्रुको वादविवाद, हात हालाहाल भयो। स्थानीय बासिन्दाले र बस व्यवसायीले गर्ने एउटै काम हो- सडक बन्द।

कुनै सवारीले बटुवालाई हिर्काएर टाप ठोक्यो। सडक बन्द।
चोरी भयो, चोर पत्ता लागेन। सडक बन्द।
डकैती भयो, धनमाल लुटियो। सडक बन्द।
पैरो गयो, गाईवस्तु परे। सडक बन्द।
बाढी आयो, घरखेत बगायो। सडक बन्द।
डढेलो लाग्यो, झुप्राहरू जले। सडक बन्द।
हत्या भयो, अपराधी समातिएन। सडक बन्द।
जागिर खोसियो। सडक बन्द।
परीक्षाको प्रश्नपत्र आउट भयो। सडक बन्द।
दुर्घटना भयो, ज्यान गयो या घाइते भयो। सडक बन्द।
मोटरसाइकल ट्रकसित ठोक्कियो। सडक बन्द।
ग्याङ फाइट भयो। सडक बन्द।
मन्त्री या नेताले बोलेको कुरा मन परेन। सडक बन्द।
बिजुली बलेन। सडक बन्द।
फोहोर उठेन। सडक बन्द।
धारामा पानी आएन। सडक बन्द।
पार्टीका कार्यकर्ताबीच झ्डप भयो। सडक बन्द।
प्रहरीद्वारा कोही समातियो। सडक बन्द।
ट्राफिक प्रहरीले कार्वाही गर्‍यो। सडक बन्द।
भाडा बढ्यो। सडक बन्द।
भाडा घटेन। सडक बन्द।
भैंसी हरायो। सडक बन्द।
बाख्रा चोरियो। सडक बन्द।

कसैलाई केही रोमाञ्चक काम गर्न मन लाग्यो। सडक बन्द।अब कुनै यस्तो कुरा रहेन, जसका कारण सडक बन्द नहोस्। झ्न् जसलाई हामी राजमार्ग भन्ने गर्छौं, त्यो त बात बातमा बन्द हुन्छ। जसले चाह्यो र सक्यो त्यसैले राज गर्न पाउने भएकोले नै राजमार्ग नाम राखिएको हुनसक्छ।

तत्काल राहत। तत्काल न्याय। तत्काल घोषणा। तत्काल क्षतिपूर्ति। तत्काल आपूर्ति। तत्काल कारबाही। तत्काल नियन्त्रण। तत्काल गिरफ्तारी। तत्काल रिहाई। तत्काल निर्माण। तत्काल रोजगारी। तत्काल भत्ता। तत्काल तलब। तत्काल नियुक्ति। तत्काल खारेजी। तत्काल पदोन्नति। तत्काल क्षमायाचना। तत्काल संशोधन। संविधानमा समावेश गरिने तत्काल वचन। तत्काल शहीद घोषणा। यस्तै माग राखेर गरिन्छन् सडक बन्द।सबै थोक अहिल्यै, तुरुन्तै, तत्कालै, तात्तातै चाहिन्छ। नत्र सडक बन्द। राजमार्ग बन्द। त्यो पनि अनिश्चित कालका लागि।

जहाँ सडक पुगेको छ, त्यहाँका जनताले त मनलागी सडक बन्द गर्न पाउने गणतान्त्रिक अधिकारको भरपूर उपयोग गर्न पाइरहेका छन्। त्यसमा कुनै शङ्का छैन। टुट्टामा त ती ठाउँका जनता परे जहाँ अझ्ै सडक पुगेको छैन। जुम्ला, हुम्ला, मुगु, मनाङ, सोलु जस्ता सडक नपुगेका अनेक जिल्ला छन्। त्यहाँका जनता सडक बन्द गराउन पाउने मूलभूत मानवअधिकारबाट बञ्चित भइरहेका छन्। एकथरीले राज्यलाई निहुर्‍याउने कडा हतियारको उपयोग गरिरहेका छन् भने अर्काथरीले टुलुटुलु हेरेर बस्नु परेको छ। यो त सरासर अन्याय हो। सडक नपुगेका जिल्लाका जनताले पनि त सडक बन्द गरेर आफ्ना न्यायोचित मागहरू पूरा गराउन सक्ने अधिकार हुनुपर्‍यो नि! कि ती दुर्गम जिल्लावासीहरूका नाममा एक दुई सर्को सडक बन्द गरिदिने कार्यक्रम कसैले राखिदिनु पर्‍यो। कि सरकारले झ्ट्ट ती जिल्लाहरूमा सडक पुर्‍याइदिनु पर्‍यो जसले गर्दा उनीहरूले सडक बन्द गर्न सकुन्। लौ जानिफकारहरू भन्नोस्, उनीहरूको यस मूलभूत मानवअधिकारको रक्षा कसरी गरिदिने?ऋतुराज

Tuesday, February 10, 2009

नयाँ नेपालका नयाँ शहीद

यो नयाँ नेपाल हो । त्यसैले यहाँ सबै थोक नयाँ हुनुपर्छ । त्यसैले त राजनीतिक व्यवस्था नयाँ । काम गर्ने तौरतरिका नयाँ । देश हाँक्ने नीति नयाँ, जनता बाँच्ने रीति नयाँ । सब थोक नयाँ, नयाँ नेपालमा ।

हिजोसम्म संसदमा खसीको टाउको देखाएर कुकुरको मासु बेचिन्छ भन्दै संसदबाट टाढा रहेको माओवादी आज संसदीय अभ्यासमा मख्ख छ, दंग छ ।
एमालेको राजनीतिक जग जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद ठान्ने एमाले नेतृत्वपंक्ति त्यही जनताको बहुदलीय जनवादमा संशोधन गर्ने भन्दैछ ।

सँधै कांग्रेस सत्तामा हुने राजनीतिक सत्यता उपर कुठाराघात भयो भन्छ कांग्रेस। आज कांग्रेस प्रतिपक्षमा छ ।
विकास र अधिकारका लागि सम्पूर्ण मधेश एक प्रदेश अनिवार्य भन्दै सडक र सदनमा कुर्लंदैछ, मधेशवादी दल।

जनताका लागि भन्दै जनयुद्ध लड्ने माओवादी नेतृत्व अहिले चिल्ला चार पांग्रे र सुटबुटमा ठाँटिएका छन् । यो पनि त नयाँ नै हो नि।

जनता उज्यालोमा बस्लान केही पढ्लान्, केही देख्लान र केही बुझिहाल्लान भन्या जस्तै गरी अधिकांश समय देश अँध्यारो पारेका छन् । राजस्व संकलन गर्ने र त्यसले देश विकास गर्ने भन्दै नुनदेखि सुनसम्म, इच्छादेखि शिक्षासम्म कर थोपरेका छन्।

सबथोक नयाँ, नयाँ नेपालमा ।

अब तपाईंहरु आफै भन्नुहोस् । यो नयाँको चक्करमा आफै घनचक्कर भएका माननीय नेतागणले शहीदमा पनि केही नयाँ त थप्नै पर्‍यो नि । परेन र - आजकाल शहीदको परिभाषा पनि नयाँ ।

गजबकै व्यवस्था छ । नयाँ नेपालमा नयाँ शहीदको । कालगतिले मरेका बाहेक सबै शहीद । र, हाम्रा माननीय नेतागणले शहीद वर्गीकरण पनि गजब कै गरेका रहेछन् । सुन्नुहोस् है शहीद वर्गीकरण हाम्रो प्रचण्ड परिषद्ले गरेको।

एक नम्बरमा- राजनीतिक भिडन्त शहीद ।
दुई नम्बरमा- कार्यकर्ता शहीद ।
तेस्रो नम्बरमा- नातागोता इष्टमित्र शहीद ।
चौथो नम्बरमा- जिल्ला र क्षेत्र शहीद ।
पाँचौं नम्बरमा- दुर्घटना शहीद ।

सब शहीदलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको व्यवस्था गरिनेछ। बिक्री भइसकेको माल फिर्ता हुने छैन भने जस्तै घोषणा भइसकेको शहीद फिर्ता लिइने छैन।

यी शहीद वर्गीकरणका केही नमूना मात्र । थप वर्गीकरण प्रचण्ड परिषद्ले गरिरहेको र छिट्टै र्सार्वजनिक हुनेछ।

छैन त गजब ?
सब थोक नयाँ, नयाँ नेपालमा ।
दीपक खरेल

पत्रकारिताको प्रयोगात्मक पक्ष

आमसञ्चार तथा पत्रकारितालाई राज्यको चौथो अंगका रूपमा लिइन्छ । पत्रकारिता समाजको अत्यन्तै महत्त्वपर्ूण्ा क्षेत्र हो, जसले जहिले पनि र जहाँ पनि सामाजिक उत्तरदायित्वको भूमिका बोकेको हुन्छ । समयको अन्तराल सँगसँगै जसरी विश्वमा पत्रकारिता एवं आमसञ्चारको विकास हुँदै गयो । त्यसको प्रभाव नेपालमा पनि नआउने त कुरै भएन ।

तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले आफ्नो एक बर्सर्ेेामो युरोप विशेषतः बेलायत भ्रमण सकी नेपाल र्फकदा तत्कालीन बेलायतकी महारानी भिक्टोरियाले उपहारस्वरूप दिएको प्रेस -जसलाई नेपाल त्याएपछि 'गिद्धेप्रेस' नामाकरण गरियो) बाट नेपालमा पत्रकारिता एवं आमसञ्चारको ढोका खोलियो । जुन र जस्तो प्रकारले राणाकालीन परिवेशमा पत्रकारिता हर्ुर्कियो र यसले आमजनतामा जसरी सेवा गर्‍यो, ००७ सालको प्रजातन्त्र आगमनपश्चात् ०१७ सालसम्मको समयले ल्याएको स्वतन्त्रता र पत्रकारिताको सामाजिक उत्तरदायित्वको भूमिकालाई राम्रैसँग मूल्यांकन गरिनर्पर्छ ।

तत्कालीन राजा महेन्द्रको पञ्चायती व्यवस्था र यसको तीसबर्सर्ेेनरंकुशताले आज नेपाली पत्रकारितालाई पुर्‍याएको असर इतिहाससामु जीवितै छ । तत्पश्चात् २०४६ सालको जनआन्दोलनले सिर्जना गरेको प्रजातान्त्रिक मूल्य र मान्यताकाबीच जुन किसिमको उत्साह र परिवर्तनकारी अभ्यास आयो, त्यसले पत्रकारिताको धरातलमा नयाँ किसिमको अनुभूति एवं अभ्यास थप्यो ।

पत्रकारिता पर्चाकारिता हुन हुँदैन । आमसञ्चारका पिता भनेर चिनिने डेनिस मेक्वेलले भनेजस्तै हालको आमपाठक वा दर्शक अथवा श्रोता विगतमा चित्रित गरिएजस्ता निष्त्रि

अहिलेको समाचार ग्रहण गर्ने आममान्छे हरेक वर्गको, विचारको, स्तर फरक भएको र मन नपर्ने सामग्री आएमा तुरुन्तै अस्वीकार गर्ने खालको छ । तर्सथ, पत्रकारिताको अभ्यास प्रजातन्त्रको पुनरागमनपश्चात् जुन र जस्तो किसिमले भयो, त्यो चित्तबुझदो छैन । 'पहिला ज्ञान, अनि काम, त्यसपछि मात्र नाम सँगसँगै दाम कमाम' भन्ने बूढापाकाको लोकोक्तिको अभाव आमपत्रकारिता जगत्मा अद्यावधि छँदै छ ।

हामीकहाँ सुरु भएको एक शताब्दी लामो प्रेसले नयाँ समय र युगमा नयाँ काँचुली फर्ेर्नु पर्छ । गाली गरेको समाचार दिएर अर्कोलाई फेरि अर्को गाली गर्न उक्साउने कि गलत र सही छुटयाउने भन्ने सवालको अनुभूति गराउनर्ुपर्छ । प्रत्येक बिहानीले दिनको संकेत र्गर्दछ । प्रत्येक पल समाजलाई विकसित परिवर्तन चाहिएको छ । विकसित परिवर्तन हावामा ढुंगा हानेर आउँदैन, न अरूलाई गाली गरेर आउँछ । यो त केवल आफूले दिएको सत्यतथ्य सूचनाले मात्र ल्याउँछ, परिपक्वता एवं सामाजिक उत्तरदायित्वको भूमिकाले मात्रै उपयुक्त विचार जन्मन्छ । प्रजातन्त्रको पुनरागमनपश्चात् नेपालमा हालसम्मका विकास भएका पत्रपत्रिकाको संख्या हजारौं छ । सयौं रेडियो स्टेसन एफएम र एएमका रूपमा विकसित भएका छन् । पुगनपुग एक दर्जन टेलिभिजन हाल स्याटलाइटमा प्रसारित भइरहेका छन् ।

अनआइन पत्रकारिता पनि हामीकहाँ अभ्यस्त भएको झन्डै एक दशक बितिसक्यो । र पनि स्तरीयता, जवाफदेहिता, सामाजिक उत्तरदायित्वको भूमिका हामीकहाँ उपस्थित आमसञ्चार एवं पत्रकारिताका माध्यमहरूले धेरै थोरै मात्रामा खेलेका छन् । आखिर किन - समाजप्रति पत्रकारको ठूलो सामाजिक उत्तरदायित्व हुन्छ । समाजमा सामान्य मानिसलाई समयले जन्माउँछ । तर, विशिष्ठ मान्छेले नयाँ समय र परिवेश जन्माउँछ । विशेष गुण हुनर्ुपर्छ पत्रकारमा । अभ्यासले खारिएको हुनर्ुपर्छ ऊ । जुन संस्थाहरू पत्रकारिता प्रशिक्षणका खातिर शैक्षिक अधिकार लिएर स्थापना भएका छन्, तिनमा पत्रकारिता एवं आमसञ्चार अध्यापन गर्नका लागि अनुभवको कमी पाइन्छ । सरकारी तथा सरकारी सम्बन्धन प्राप्त थुप्रै शैक्षिक संस्थाहरूले पत्रकारिता एवं आमसञ्चारका विषयमा अध्ययन, अनुसन्धान एवं अध्यापन कार्य गराइराखेका छन् ।

हाल उपत्यकालगायत देशभरिका ५० भन्दा बढी शैक्षिक संस्थाले पाँच हजारभन्दा बढी विद्यार्थीहरूलाई कलेजस्तरमा पत्रकारिता एवं आमसञ्चार विषयमा अध्ययन गराइराखेका छन् । प्रत्येक वर्षअन्य विषयमा झैं नियमित जाँच हुने, केही आमसञ्चार गृहमा शैक्षिक भ्रमण गराउनेबाहेक थोरै शैक्षिक संस्थाहरूले मात्र तत् सम्बन्धमा विद्यार्थीलाई व्यावहारिक ज्ञान हासिल गराएको पाइन्छ । ती संस्थाको पत्रकारिता एवं आमसञ्चार गृहमा आवश्यक पहुँच नभएका कारण विद्यार्थीहरू पछि परेका छन् । विश्वविद्यालयस्तरको पत्रकारिताको तालिम एवं प्रशिक्षण थोरै कलेजहरूले मात्र गराएको पाइन्छ । यी र यस्ता विविधखाले समस्याले भोलि कस्ता पत्रकार उत्पादन हुन्छ र तिनले गर्ने पत्रकारिताले विदेशी विशिष्टकृत पत्रकारितासँग कसरी प्रतिस्पर्धी भूमिका खेल्न सक्छन् - सोचनीय विषय र प्रसंग छ । सञ्चार माध्यममा नाम आएकै भरमा वा अनुहार देखाएकै भरमा धेरै शैक्षिक संस्थाले पत्रकारिता एवं आमसञ्चारको सैद्धान्तिक ज्ञान नभएका शिक्षकहरूलाई पत्रकारिताजस्तो गहन विषयमा अध्यापन गराउन दिएको पाइन्छ ।
mय पक्कै छैनन् । र, समाचारले समाजलाई अब औषधि विज्ञानमा औषधि भरिएको सिरिन्जले बिरामीलाई निको पारेजस्तो सजिलो छैन ।