Saturday, May 2, 2009

भनत म मेरो देश कीन फर्कौ ?

भनत म मेरो देश किन फर्कौ ?
सगरमाथा र बुद्द जन्मेको देश भनेर म कत्ति सम्म गर्ब गरौ?
देश को ळागी थुप्रै मरे म किन ब्यर्थमा मरू?
ब्यर्थमा मर्नका लागी म मेरो देश किन फर्कौ ?
न म स्वतन्त्र बोल्न सक्छु
न त निर्धक्क कतै डुल्न सक्छु
न म फूल बनेर कतै फूल्न सक्छु
म आंतक बन्न सक्दिन ,
कसैको निहत्या हत्या गर्ने हत्यारा बन्न सक्दिन
न त म लठेत बनेर कसैलाइ मरणास्नन पिट्नै सक्छु
अनि भनत म मेरो देश कीन फर्कौ
देशै फर्के भनेपनि
म पाईला राख्ने बीतीकै रगत रगत देख्ने छु बाटोभरी
ईषाभेट्नेछु आखाभरी
भोक देख्नेछु मनभरी
शोक देख्नेछु आगन भरी
महीनौ देखीको बेबारीशे ळाश को गन्ध पाउनेछु टाढैदेखी
म सडक भरी ढुंगामुढा देख्ने छु
काला टायरका धुँवाहरुको बीरोध भेट्नेछु
ळाग्ने छ कतै यि ढुंगामुढा र टायरहरु म फर्के को बिरोधमा बर्षिरहेछन
अनि भनत म मेरो देश कीन फर्कौ ?
म हिडीरहने सडकमा कृष्णभिर तगारो बन्ने छ
बाटा भरि म एम्बुसका तारहरुमा जेलिने छु
म थाहै नपाई गृहयुद्द को भुमरीमा फस्ने छु,
म जस्को पनि गोलि को शिकार बन्न सक्ने छु,
अनि भनत म मेरो देश कीन फर्कौ ?
मेरो गाऊ तर्ने त्यो पुल छैन रे,
बर्षौ भयो ओईलाएको सयपत्रि,जसमा कुनै फूल छैन रे,
म पढ्ने स्कुलमा त बम बारूद बस्यो रे
मेरो घर खालि गरी डर आतंक पस्यो रे
संगै हुर्की खेलेका साथीभाई कोहि मुग्लान त कोहि जंगल पसे रे
अनि भनत म मेरो देश कीन फर्कौ ?
मेरो देश जहा हत्याराहरु हत्या गर्न हत्याराहरुको साथ रमाऊछन
शाशकहरु शाशन हैन शोशण गर्न तम्मसिनछ्न
शाशकहरु शोशण गर्न शोशकहरुको हात चाहन्छन्
म मर्न सक्दिन शाशक हरुका लागि,
म गाऊन सक्दिन भक्ति गित राजाहरुका लागी,
अनि भनत म मेरो देश किन फर्कौ ?
त्यो देश जहा वालबालिकाहरु टूहुरा बनिरहेछन्
आमा बाहरु बेसहारा बनिरहेछन्
बुद्द सदाझै मौन बसिरहेछन
युद्द झन् झन् चर्किरहेछ
हिमाल पलपल गरेर पग्लिरहेछ
मन झन झन् टाढि रहेछ,
अनि भनत म मेरो देश किन फर्कौ ?
सहदेब