Saturday, June 20, 2009

चोरहरुको देवी --मां जोगणिया--

धनकोलागि लक्ष्मी, शिक्षाकोलगि, सरस्वती त बलकोलागी हनुमान त त्यस्तै भिन्न भिन्न ईच्छा र आकांक्षा पूर्तीको को लागी भिन्न भीन्न देवताको कल्पना र उपासना समाजमा ईतिहासपर्यन्त चल्दै आएको छ। तर चोरहरुको पनि छुट्टै भगवान र मन्दिर छ भन्ने हामिमध्य धेरैलाई थाहा नहुन सक्छ । हो, तपाईले ठीकै पढ्नु भएको छ, म आज चोरहरुको देवीको बारेमा चर्चा गर्दै छु ।

भारतको मध्य प्रदेशमा नीमचबाट नजीक एउटा अनौठो देवीको मन्दिर छ । मां जोगणिया देवी भन्ने नाम भएपनि यो मन्दिर ‘चोरों कि देवी’ नामले बढी चिनिन्छ । बिहडमा रहेको र कठीन बाटोबाट पुग्नु पर्ने यो मन्दिर किन चोरको देवी भनेर चीनिन्छ भन्ने बारेमा एउटा अपत्यारीलो तर रमाईलो किंवदन्ति छ:

किंवदन्तिका अनुसार परापूर्वकालमा एकजना हतकडी लगाईएको चोर, पुलिसबाट भाग्दै भाग्दै बिहडको बिकट बाटो हुँदै यो मन्दिरमा आईपुगेछ । जब चोर यो मन्दिरमा प्रवेश गरेछ तुरुन्तै उसका हतकडी आफैं खुलेछन र सांप बनेर पुलिसलाई लखेटेछन । यसरी चोर सुरक्षीत भएछ ।

त्यहि समयदेखी यो मन्दिर चोरहरुकोलागी लोकप्रिय भएछ । अनी चोरीलाई अन्जाम दिनु अगाडि चोरहरु यस मन्दिरमा सफलताकोलागी प्रार्थना गर्न जान थालेछन । तर किंवदन्तिका अनुसार देवीले केवल चोरलाई मात्रै संसक्षण र सफलता प्रदान गर्छीन अपराधीलाई होईन (स्थानिय व्यक्तिहरुको भनाई अनुसार धन‍-माल मात्रै चोर्नेहरु ‘चोर’ मा पर्छन भने अपहरण गर्ने, मार-काट गर्नेहरु भने ‘अपराधी’ मा पर्छन ) अपराधीलाई भने चोरको देवीले मानसिक वा शारीरिक सजाय दमेत दिने गर्छीन भन्ने जन विश्‍वास छ ।

रमाईलो कुरा के छ भने अहिले पनि चोरी गर्न जानु अगाडि चोरहरु यहाँ जाने र मांसंग ‘आज्ञा’ लिने गर्छन । यो ‘आज्ञा’ लिने तरिका पनि अद्भुत छ। प्रथा अनुसार चोरहरु चोरी गर्नु अगाडि हातमा दुईवटा फूल लिएर मन्दिरमा जान्छन । ती दुई फूलमा एउटा ‘आज्ञा’ को सूचक र अर्को ‘निषेध’ को सूचक हुन्छ । चोरहरुले दुबै फूल एकैचोटी देवीको हातमा चढाउँछन, दुबै फूल हातमा नअटने भएकोले एउटा फूल तुरुन्तै खस्छ, अब मुर्ती अगाडि हात थापेर बसेको चोरको हातमा ‘निषेध’ को सूचक फूल खसेमा चोरले सो चोरीको योजना रद्द गर्छ, तर यदि ‘आज्ञा’ को सूचक फूल खसेमा भने आत्मविश्वासकासाथ चोरी गर्न जान्छ र यसरी ‘आज्ञा’ मिलेपछि चोरी गर्दा ‘सफलता’ मिल्ने र नसमातीने समेत विश्वास छ ।

चोरीको सफलता पछि चोरीको सानो हिस्सा देवीलाई पनि चढाउने प्रचलन रहेको पनि बताईन्छ । चोरी गर्न हिंडदा ‘अपराध’ गरेमा वा सफलता पछि केहि नचढाएमा पनि माताले चोरलाई सजाँय दिने पनि किंवदन्ति छ ।

सुन्नमा आए अनुसार विगत केहि समय यता यो मन्दिरको प्रचार बढ्दै गएकोले वरीपरिका सहरका चोरहरु पनि “ठुलो हात मार्नु” अगाडि यहाँ आराधना गर्न पुग्न थालेका छन ।

अन्तमा कतै टेलीभीजनको हास्य कार्यक्रममा एकजना हा्स्य कलाकारले भनेको एउटा वाक्य याद आयो “भारत एक अजीबों गरीब देश है-- अर्थात अजीब किसीमको गरीब देश” चोरीमा पनि देउतालाई मुस्ने कार्य साँच्चै अजीब छैन त? ।
(स्रोत: विभिन्न पत्र-पत्रिका र वेबपेजहरु)
र यो पनि हेर्नुहोस:Dilip Acharya
भारतको बिहारमा पटना जिल्लाको फतुहा नजिक यौटा अनौठो साधना स्थल छ, अनौठो यस मानेमा कि यो चोरहरुकोलागी सिद्धस्थल हो । बास्तबमा यो यौटा मकबरा (स्मारक) हो र “नूरि चोरका मकबरा” वा 'चोर बाबा की मजार' नामले चिनिन्छ।

यहा आएर चोरीको सफलताको लागी पुकारा गरेमा चोरि गर्ने कार्य बिना कुनै समस्या र सजिलै हुने विश्‍वास लीई आजकल पनि यहा ‘समय मिलाई’ चोरहरुले कामना पूर्ण गर्न साधना गर्ने गरेको पाईन्छ ।

ईण्टरनेट र बिभिन्न पत्रीकाबाट जानकारी पाए अनुसार बास्तबमा “नूरी” मुगल शासनकालको यौटा कुख्यात चोर थियो र जस्तोसुकै सुरक्षा प्रबन्ध वा पहरा भएको ठाउँबाट पनि सजिलै चोरी गर्न सक्ने सामर्थ्य राख्थ्यो । फेरी धनिलाई लुटेर गरिवलाई बाँडने काम गरी गरिवहरु बिच लोकप्रिय रहेकोले पनि उसलाई तात्कालीन प्रशासनले समात्न सकेको थिएन ।

प्रचलित आख्यान अनुशार पटनाका तात्कालीन गवर्नरले यो चोरको बारेमा सुनेपछि नूरिलाई आफ्नो भवनमा चोरि गरेर देखाउन चुनौतिपुर्ण निम्ता दिएछन । नूरिले पनि “सरकारको आदेश यस्तै छ भने पक्कै पनि कमाल गरेर देखाउनेछु” भनेर जवाफ पठाएछ ।

त्यसपछि निर्धारित समय भित्रै कडा पहरा र सुरक्षाको बिचमा भेष बदलेर सो भवनमा पसी नूरिले गवर्नरको श्रिमतिको सुनको चुरा गाएब गरिदिइछ । भोलिपल्ट उसले आफैं गवर्नरको भवनमा गएर सो सुनको चुरा निकालेर गवर्नरलाई दिएछ । भिन्न स्वभाबका गवर्नरले पनि सो चुरा उसैलाई पुरस्कार दिएछन र अब उप्रान्त सो शहर छोडेर जान आदेश दिएछन ।

सुनिन्छ त्यसपछि नूरिले गवर्नरलाई सो आदेश फिर्ता लिन अनुरोध गरेछ, तर गवर्नरले नमाने पछि अन्तमा “जिन्दगि भरि चोरी गरेर बिताँए अब अगाडि के हुन्छ थाहा छैन, त्यसैले म मरे पछि यहि सुनको चुराबाट आउने धनले मेरो मकबरा बनाईदिनु भयो भने मेरो जिवन सफल हुन्छ” भन्दै सो सुनको चुरा फिर्ता दिएर शहर बाट टाडा जाने तरखरमा लागेछ।

त्यस्तैमा एकदिन गाँउमा एकजना युबतीलाई अपहरण गरेर लगेको खबर आएछ, चोर भए पनि “अपराधि” नभएको मानिने नूरि तुरुन्तै अपहरणकर्ताको पछि लागेछ । तिन जना अपहरणकर्ता संग एक्लै लड्दा उक्त युबतीलाई बचाउन सफल भएपनि नूरीको भने सोहि घम्साघम्सिमा मृत्यु भएछ ।

आफ्नो वचन अनुशार गवर्नरले पनि उसको मृत्यु भएकै स्थानमा यौटा मकबरा बनाउन लगाएर त्यसलाई “नूरी चोरका मकबरा” भन्ने नाम दिएछन ।

हाल यो मकबरा जिर्ण अबस्थामा रहेको छ तर पनि टाढा टाढा बाट हालसम्म पनि चोरी कलामा सिद्धहस्त हुने कामना बोकेर चोरहरु यहा साधना गर्न र आशीष थाप्‍न आउने गर्छन ।