Wednesday, November 4, 2009

आमाले छोडेर गएपछी !

सानो हुँदा पढेको,सुनेको थिए प्रत्त्येक ब्यक्तिको जन्म,विबाह र मृत्‍यु भाविले लेखेको हुन्छ। अहिले मलाई आफ्नी आमाको मृत्‍युबारे केही कुरा लेख्न मन लागेको छ। भाविले लेखेको कारण वा सम्योग म हाल अमेरिकामा छु। जीवन जिउन संघर्शरत छु अथवा म सार्ह्रै ब्यस्त भएको छु आजकाल। यस बिपरित आफू जन्मिएको देशमा नगएको दुई वर्ष भैइसकेको छ प्लान बनाउदैछु पक्कै अर्को वर्ष दसैंमा त सपरिबार आमाको हातको टीका थाप्न जसरी भएपनि जानैपर्छ। आफूले सोचेजस्तो कहाँ हुदो रहेछर। अक्टोवर ५मा आमा बिरामी पर्नु भएको खबर घरबाट आयो। अकस्मात मेरो दिमागमा अनेक किसिमका तरग्ग पैदा भए बुढी भएकी आमालाई सम्झिदा मनलाई थाम्न साह्रै गार्हो भयो। मुटुलाई दर्हो बनाउदै सोचे- म नेपाल जानै पर्छ। तुरुन्तै नेपाल ट्राभल्स हाउसमा फोन लगाए साथी मनोजजीले शुलभ दरमा भोलिकै टिकट मिलाइदिनुभयो। यस्तो परिस्थितीमा काममा पनि पक्कै बिदा पाईन्छ होला नत्र काम छोड्नै परेपनी भन्ने सोचेरनै टिकट कन्फर्म गरिसकेपछी काममा भने १५दिनको बिदा पनि मिल्यो। अक्टुबर ६मा साथी सागर र ॠषिले एयरपोर्टबाट मलाई नेपालको लागि बिदाइ गर्नु भयो।

एक किसिमको सन्तुस्टिको लामो सास फेरेर नेपालातर्फ मेरो यात्रा सुरुभयो। आफना दाजुभाइको घर काठमान्डु भएपनी एक मिनेट त्यहा रोकिन मलाई मन लागेको थिएन तर के गरौ गाडी नपाईएको कारणले दाइको कोठामा एकरात काठमान्डुमै बिताउनु पर्ने भयो। रातभरी निद्रानै परेन गुल्मी भएकी आफ्नी आमाको छाप दिमागमा थियो। अर्को दिन बिहानै डाकगाडी चढी मोहन दाजिका साथ गुल्मीतर्फ लाग्यौ। साझ त म पनि घर पुग्छु आमा,दाजुभाउजु, दिदिबहिनी ओहो कती रमाइलो होला दुखी मन भएपनी खुशीले झन्क्रित भए म। समयको रफ्तार बड्दै साझको ६बजिसकेको थियो। हामी घरको पेटिमा पुगिसकेका थियौ। बत्तिको मधुरो उज्यालो ढोकाको चेपबाट चियाइरहेको थियो मानिसहरु भित्र गुनगान बोलेको सुनिन्थ्यो। यत्तिकैमा म भित्र पसे आमा म हजुरको कान्छो छोरा अमेरिकाबाट आएको चिन्नुभयो? अ बाबु। आमाको अनुहार देखेर म किमकरत्ब्यमुढ भए। न मुहार खशि,न घरमा चमक,न रमाइलो कस्तो उदेक लाग्दो जन्मथलो मेरो घर। अरु केही बोल्न सक्ने सामर्थ आएन ममा एककोहोरो आमालाई हेरिरहे हेरिरहे। म झकाएजस्तो भएछु दाजुले बोलाउनु भयो। आमा ओछ्यानमा परेको ढेढ महिना भईसकेको रहेछ। दुई बर्षमै आमाको यस्तो अवस्था देख्दा मन दुख्नु स्वभाभिक थियो। काममा कल गरी अक्टोबर २८मा हाजिर हुने सुचना दिए बिदा पनि मिल्यो।

धेरै वर्षपछी दिदिबहिनीको हातबाट तिहारको टिका लगाउने सौभाग्य मिलेपनि मन चुस्त थिएन। माओबादिले तिहारपछी देशमा आधिबेहेरी ल्याउने कुरा गरिरहेका थिए। नेपाल बन्द,हडताल,चक्काजाम जे पनि हुन सक्ने खतराले तिहार पछी तुरुन्तै काठमान्डुतर्फ फर्किने निधो गरे। आमा लगायतका सम्पूर्ण आफन्तलाई आफ्नो ब्यथा बताइ घरबाट अमेरिकाको लागि बिदा भए दाजुका साथ। म उढ्नका लागि ४दिन बाँकी थियो। तर बिडम्बना आमालाई अलि बढीभएको खबर घरबाट आयो। सोही दिन पौनी ९बजे ७८वर्षैय मेरी आमा(रमादेवी भट्टराई)को देहान्त भयो हरे राम! बाहेक अरु केही भन्न अनि गर्न सकिएन। मनमा जताततै सन्नाटा छायो,अक्कनबक्क भैयो,हातखुट्टा सिथिल भए,दिमागले काम नगरेको अनुभब भयो तर पनि के गर्ने सृस्‍टिमा भैरहेको चलन सहन पर्दो रहेछ। जिन्दगीमा कहिल्यै नपरेको दु:ख एकादम्म बज्रपात पर्‍यो। एकातर्फ हातमा प्लेनको टिकट छ अर्कोतर्फ आमा गुमाइसकिएकोछ। विगत ६बर्षादेखि यता बसेको मैले परिवार काम पनि हेर्नुपर्ने जिम्बेबारी ,बाटो लागिसकेको म यता न उता स्थितिमा थिए। तैपनि मनलाई द्रिर्ण बनाइ अमेरिकातर्फ आउने निधो गरे। शायद मै हुला यस्तो अभागि आमाको मृत्‍यु भएको चौथो दिन परदेश तर्फ लाग्ने। परिबन्दमा फसिएपछी के गर्ने जिन्दगी जीउनु पर्दो रहेछ। आमाको आत्माको चिर शान्तीका लागि सक्दो किरिया कर्म यतै आएर गर्ने निधो गरे। दु:खमा दिन पनि सोझा हुँदा रहेनछन भन्ने कुरा एयर्पोर्टबाटै अनुभब हुन थाल्यो किनभने बसमा एउटै सिट दुई जनालाई काटेको धेरैचोटि मैले देखेको छु तर भरिभराउ कम्पुटराइज प्लेनमा पनि दुई जनाको बोडिङ पासमा एउटै सिट क्या नरमाइलो धेरैबेर पछी जनतन समस्या समाधान भयो। म अन्तत अमेरिकाको डलास एयर्पोर्टमा ओर्लिए। फ्लाइट र ट्रान्जिट गरी बिताएका ३२ घण्टा मेरालागी बर्षादिन भन्दा कम भएनन।


स्कूल पढ्दा साथीभाइ टुहुरका सन्तान भनि झगडा गरेको सम्झन्छु। अब म पनि पूर्ण रुपमा टुहुरो भएको छु। मेरो सृस्‍टिका बिधाता आमाबाबु कोही छैनन तर पनि दाजुभाइ दिदिबहिनीहरु,इस्टमित्र तथा साथीभाइहरुले यस दु:खद घडीमा दिएका सात्वना मैले जिन्दगीमा कहिलौ नभुल्ले गरी दिमागमा टाचा लगाएको छु यसका लागि तपाईंहरु सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु। विधिको बिधान यस्तो दु:ख तपाईं हामी सबैलाई पर्दो रहेछ,मन बुझाउनै पर्ने यही नोभेम्बर ५ बिहीवार आमाको तेह्रम गर्दैछु। अन्तमा आउदो दसैंमा आमाको हातबाट टिका थाप्ने मेरो प्लान................ अस्तु।

bhattaraikamal1973@gmail.com
(अमेरिका)