Monday, April 6, 2009

शाश्वत वाणी

अमेरिका
म विश्वमा अरू धेरै मुलुकभन्दा अमेरिकालाई मन पराउँछु । यसको वास्तविक कारण म दीर्घकालसम्म आलोचनाको अधिकारमा जोड दिन्छु ।
वेम्स बाल्डिन

अमेरिका धून हो, यो निश्चय नै एकापसमा बज्छ ।
क्राउडस

अमेरिकाको सामथ्र्य के हो ? के त्यहाँ 'स्वतन्त्रता' देखि 'स्वतन्त्रता' सम्म पूर्णता र सन्तुलन छ ?
मार्लियन भोस

जनताको सामान्य चाहना के हो भने अमेरिका त्यति राम्रो होस् जति उसले प्रतिज्ञा गरेको छ ।
बारबारा जोर्डन

प्रेरक प्रसंग
वाचा होस् त यस्तो !
एक दिन काका कलेलकर गान्धीलाई भेट्न उनको निवासस्थान पुगे । त्यसवेला गान्धी आपmनो टेबुलमा राखेको सामान हटाएर यताउता केही खोजिरहेका थिए, तर उनले खोजेको कुरा भेट्टाउन सकिरहेका थिएनन् । त्यसैले उनी चिन्तित थिए । काका कलेलकरले देखे र सोधे, 'बापू ! तपाइर्ले के खोजेको ? मलाई भन्नुस् न म पनि तपाइर्ंलाई यसमा मद्दत गर्नेछु ?' गान्धीले भने, 'एउटा पेन्सिल हरायो, त्यो खोजिरहेको छु, केही क्षणअगाडि त यहीँ थियो, थाहा छैन, कहाँ राखेर बिर्सिएँ ।' काका कलेलकरले आफ्नो गोजीबाट पेन्सिल निकालेर गान्धीलाई दिँदै भने, 'ल यो लिनूस् पेन्सिल, अहिले यसैले काम चलाउनूस्, पछि खोज्नू !' गान्धीले भने, 'होइन काका, जबसम्म पेन्सिल भेटिँदैन, तबसम्म मलाई चैन मिल्दैन ।'

काका कलेलकरले भने, 'त्यो पेन्सिलमा यस्तो के खास कुरा छ जसका लागि तपाइर्ं यति धेरै चिन्तित भइरहनुभएको छ ? म पनि त्यो खोज्नेछु, यदि त्यो भेटिएन भने के बिग्रन्छ त ?' गान्धीले जवाफ दिए, 'काका ! तपाइर्ंलाई थाहा छैन, त्यो पेन्सिल मेरा लागि धेरै महत्त्वपूर्ण छ । त्यसमा एउटा सानो बालकको प्रेम जोडिएको छ । म त्यो भेट्टाएर मात्र आराम गर्नेछु ।' काका कलेलकरले उत्सुकताले सोधे, 'त्यो बच्चा को हो ? मलाई पनि त भन्नूस् !' गान्धीले भने, 'मद्रासको चार-पाँच वर्षको बालक, जसले बडो प्रेमले त्यो पेन्सिल मलाई दिएको थियो र मसँग वचन पनि लिएको थियो कि यो नहराउनू ! त्यसैले मैले त्यो सम्हालेर राखेको थिएँ ।' गान्धीको चिन्ता बुझेर काका कलेलकर पनि पेन्सिल खोज्न लागे ।
पछि, त्यो पेन्सिल एउटा फाइलको बीचमा अड्किएको पाइयो । गान्धीलाई त्यो सानो पेन्सिलले धेरैबेरसम्म चिन्तित बनायो । गान्धीले त्यो भेटिएपछि धेरै प्रशन्न हुँदै भने, 'अब शरीरमा ज्यान आयो ।' यस्ता थिए गान्धी ! यस्तो थियो उनको बच्चासँगको प्रेम र वाचाका पक्का ।