Friday, November 21, 2008

बालगीत

सुन सुन नानीहरू
खानेकुरा सुन
के के खानुहुन्छ अब
के के खान हुन्न ।
दुःख खान हुन्छ बाबा
हरेस खान हुन्न
दुःख सुख जे परेनि
चरेस खान हुन्न ।
मीठो पीठो जे खाए पनि
सफा खाना खाऊ ।
च्यातिएको लाए पनि
सफा नाना लाऊ ।
फोहोर पानी मिसिएको
जुस खान हुन्न ।
भोकै मर्न परे पनि
घूस खान हुन्न ।
टाढा टाढा जाऊ तिमी
मीठो मीठो खाऊ
जाँ गएनि फर्किएर
नेपालमा आऊ ।
क्षेत्रप्रताप अधिकारी