Tuesday, November 18, 2008

बाचौ सामाजिक प्राणी मानिस भएर

अमेरिकाको मेरिल्यान्डस्थित नेपाली मन्दिरको आढौ वार्षिकोत्सवमा सौभाग्यबस मपनि त्यहा पुगेको थिए। पन्डित क्षीधर ज्ञवाली तथा डा. प्रमिला आचर्यद्वारा वाचित धार्मिक प्रवचन सुनेपछि ममा पनि एक किसिमको उर्जा पैदा भयो।वहाँहरुका प्रवचनमा भगवान र जिन्दगी सम्बन्धी सहज,सटिक कुरा सुन्न पाउदा जो कसैलाई पनि वास्तममा जिन्दगी के रहेछ भन्ने अनुभूती हुन्थ्यो। सधैं राजनीति तर्फ हाम फाल्ने मेरो कलम किन किन आज त्यतातर्फ जानै मानेन।
हामी सबैलाई थाहा छ मानिस जन्मेपछी बेग्रेल्तै संघर्श झेल्दै रहनु प्रदछ।कहिले खुशीका क्षण त कहिले दु:ख,पास-फेल,धनि-गरिव,प्रमोसन-डिमोसन,सन्चो-बिसन्चो आदी आरोह अबरोह र परिबन्दको अनुभुती हामी जो कहिले पनि गरेकानै छौ।विश्वमा असख्य प्राणीहरु मध्ये सर्बोत्तम प्राणी मानिस मात्र उसलाई थाहा हुन्छ मैले राम्रो काम गरेको छु वा छैन,झुट बोलेर अरुलाई दु:ख वा गुमराहमा पारेको छु वा छैन,मैले आफ्नो देश र जनताको लागि वा आफ्नो निजी स्वार्थ लागी काम गरिरहेको छु। मानिसलाई मात्र सोच प्राप्त छ।विश्वका अरवौ प्राणीहरुले आफ्नो परिबारलाई माया गरेकै छन तर म एकमात्र सामाजिक प्राणी भएको नाताले आफू र आफ्नो परिबारमा मात्र बाचेर पुग्छ होला त?जन्मेर खाने,मोजमस्ती गर्ने,सन्तान पैदा गर्ने अनि मर्ने मात्र हो भने मान्छे भएर जन्मनु र कुकुर,बिराला वा मुसा भएर जन्मनुमा के फरक? जिन्दगी केलाई भन्ने?भनिन्छ जिन्दगी आनन्दको खोज हो,रमाउन भेट्न सके मोज हो होइन भने बोझ हो।प्रख्यात उखान-मरेर लानु के छ र दुई दिनको जिन्दगीमा। भन्ने कुरा हामीहरु बिर्सौ र प्रण गरौ भौतिक संसार जिन्दगी अलग भएपनि नाम कहिलै मर्दैन।तपाईं,म सबैले यो कुरा सोचौ- म जन्मिदा मेरो आगमनमा परिवार कति खुशी भयो होला, कति बधाई र उपहार पायो होला मेरो परिवारले तर म अहिले बाच्दैछु हारेर। त्यसैले मेरो अनुहार हारेको खेलाडीको जस्तो,सधैँ निहुरमुन्टी न भयो,राम्रो म हुनै सकिन। म जन्मिँदा बक्सियोस् भनेर जन्मिए पनि तीन वर्ष नपुग्दै तिमी भए,त्यसपछि सधैं डिमोसन भइरए, भइरए त्यसैले कसैलाई काम नलाग्ने जिन्दगी बाँचेर,वनको बनमाराजस्तै माटामै मिल्छु कि क्या हो?तर फेरी भएको सानो मेरो दिमाग खर्च गर्छु सोच्छु। महिले अबस्य केही राम्रो गर्नैपर्छ समाज वा देशका लागि ताकी म मर्दा केही सिमित मानिसहरु अथवा ज-जसलाई मैले चिनेको छु उनिहरुले यो खत्तम मानिस थियो मर्यो राम्रै भयो नभनुन।मेरो मरणमा खुशीयाली कसैले नमनाउन। त्यसैले मैले,तपाईंले जिन्दगीमा एउटा कसम खाऔ। कसैलाई लागि गल्ती सल्लाह नदिने, झुट नबोल्ने र सकेसम्म सहयोग गर्ने।
त्यसैले म अब अन्डाबाट पन्छी आकाशमा उडेझैँ उड्नुपर्छ, यो जिन्दगी अरूको लागि बाँच्नुपर्छ। तब म मरेर पनि बाँचिरहन्छु जस्तो लाग्छ। सोच्छु २५०० वर्षअघि जन्मेका बुद्ध हाम्रा छातीभित्र किन जिउँदै छन्, शेक्सपियर्,महत्मा गान्धि,मदर टेरेसा आदी नाम मैले किन बिर्सिन सग्दिन? तर हामीलाई हाम्रा बाजे बजैका बारेमा के थाहा छ र ! नढाँटी भन्नुपर्छ हामीले हाम्रा बाजेका बाजेको नामै बिर्सिसक्यौँ। तपाईँ-हाम्रा पनि त्यस्तै दिन आउनेछन्।हामीले हिजोसम्म बाघलाई हिंस्रक भन्यौँ । वास्तवमा बाघभन्दा हामी कता हो कता हिंस्रक रहेछौँ, किनकि बाघले बाघलाई मारेको सुनिएको छैन। तर मान्छे मान्छेलाई मार्ने खेती अझै रोकिएको छैन हाम्रो नेपालमा। अब हात छातीमा राखेर हामी नै बोलौँ त,बाघ हिंस्रक हो कि हामी ? अव हामी सबै स्तरका मानिसहरुले बुझ्नु जरुरी छ-जिन्दगीको परिभाषा। अब हामीले सङ्कल्प गर्नुपर्छ सुकामोहरको मात्र जिन्दगी बाँच्तिनँ भनेर। अर्थात् आज कम्मर कस्‍नुपर्छ बाँच्तैबाँच्तै बाँच्नलाई, र मरेपछि बाँच्नलाई। हिजोसम्म सय रुपियाँका लागि सय झूट बोले पनि, अलिकति फाइदाका लागि गधाको पाउ मोले पनि बिर्सिदिनोस् ती पुराना कुरा। अब हामीले हाम्रो एक रुपियाँको हैसियत भए पनि हजारसँग सङ्गत गरेर एक हजार हुने नयाँ जिन्दगी बाँच्नुपर्छ। अर्थात एक,दुई ,दस,पचास,सय र हजार हुदै हाम्रो यात्रा समृद्धिको शिखरतर्फ अग्रसर बनाउनपर्छ । किनकि हाम्रो जन्मदिनको शुभ उपलक्ष्यमा दयालु भगमानले यो संसार उपहार दिनुभएको हो।आजको विश्व यति सानो भैसक्यो कि कामको आधारमा मानिस विश्व प्रख्यात हुन रत्तिभर पनि लाग्दैन। तर हामीहरुले राम्रो काम गरेर नाम कमाउनुपर्छ। अब जिन्दगीलाई सफलताको न्यानो मोडतर्फ लगाउन रगत,पसिना चुहाउनुपर्छ- कडा परिश्रम गरेर।हामीभित्रै रामको राज्य छ, सुखको स्वर्ग छ भन्ने बुझौ। त्यसैले भित्री मन देखि लागौ र सेवा गरौ अरुका लागि राम्रो काम न कि आफ्नो मात्र।
(कमल भट्टराई मनासस-भर्जिनिया)
(bhattaraikamal1973@gmail.com)

No comments: