Tuesday, November 18, 2008

बाँच्नको लागि


कोही बाँच्नको लागि खाने गर्छन् कोही खानको लागि बाँचेका हुन्छन्

मान्छेहरु कोही देशको लागि रुने गर्दछन् कोही पेटको लागि रोएका हुन्छन्

मान्छेहरु, जो बाँच्नको लागि खाने गर्दछन् ती साँच्चिकै मानव हुन्छन्

मान्छेहरु जो खानको लागि बाँचेका हुन्छन् ती त वास्तवमा नरभक्षी हुन्छन्
मान्छेहरु जो देशको लागि रुने गर्दछन् ती देशसँगै दुःख, सुख साट्ने गर्दछन्

मान्छेहरु जो पेटका लागि रुने गर्दछन् ती देशका अस्तित्व गुम्दा पनि हाँस्ने गर्दछन् मान्छेहरु जो देशसँगै दुःख, सुख साट्ने गर्दछन् ती देशको लागि मर्न पनि तयार हुन्छन् मान्छेहरु जो देशको अस्तित्व गुम्दा पनि हाँस्ने गर्दछन् ती यथार्थमा बाँचेर पनि मरेका हुन्छन्

मान्छेहरु जो देशका लागि मर्ने गर्दछन् ती मरेर पनि बाँचेका हुन्छन् मान्छेहरु जो 'नरभक्षी' हुन्छन्
ती त मरेर पनि 'किचकन्या' बन्दछन् साँच्चै मान्छेहरु बाहिर हेर्दा भद्र हुन्छन् भित्र चाहिं छुद्र हुन्छन्।

No comments: