Saturday, November 28, 2015

के हो त थ्याँग्स गिभिङ्ग (Thanks Giving) र ब्ल्याक फ्राइडे (Black Friday) ?

अमेरिका,नोभेम्वर २६ | आज अमेरिकामा राष्ट्रिय चाडकै रुपमा थ्यांक्स गिभिङ्ग मनाइदैछ | नोभेम्वर महिनाको अन्तिम बिहीवार यसरी अमेरिकामा थ्यांक्स गिभिङ्ग मनाइन्छ | अमेरिकामा क्रिश्चियनहरुको महत्वपूर्ण चाड क्रिसमसभन्दा पनि आजको थ्यांक्स गिभिङ्गलाई बढी मान्छेहरुले मनाउने गरेको पाइएको छ | क्रिसमस धार्मिक चाड भएको तर थ्यांक्स गिभिङ्ग चाहिं सबै जाति,धर्म र सम्प्रदायका अमेरिकनहरुले मनाउने एक अध्ययनले देखाएको छ | यस अर्थमा थ्यांक्स गिभिङ्गले अमेरिकामा रहेका सबैको राष्ट्रिय पर्वको मान्यता पाएको छ | आजको दिनदेखि अमेरिकामा चाडबाडको मौसम सुरु हुन्छ |
थ्यांक्स गिभिङ्गपछि अब प्रमूख महत्वपूर्ण चाड क्रिसमस र नयाँ वर्ष रहेको छ | आजको दिन अमेरिकामा सरकारी राष्ट्रिय छुट्टी दिइने हुनाले यसलाई लामो छुट्टीको समय समेत भनिन्छ | थ्यांक्स गिभिङ्गपछि शुक्रवारको एक दिन अधिकांशले छुट्टी लिने र शनिवार र आइतवार समेत गरी चार दिन छुट्टी लिएर पारिवारिक भेटघाट गर्ने परम्परा छ |
थ्यांक्स गिभिङ्गको यही चाडमा पारिवारिक भेटघाट,आफ्ना आफन्त,नातेदार एकै ठाउँ भेला भै टर्की खाने चलन छ | थ्यांक्स गिभिङ्गमा नै अमेरिकामा सबैभन्दा बढी सवारी चाप समेत हुन्छ | अर्थात् हवाई एवं सडक यात्रा दुवैमा अत्यधिक भीडभाड हुन्छ |
थ्यांक्स गिभिङ्ग मनाएर टर्की खाएपछि ब्ल्याक फ्राइडे सुरु हुन्छ | ब्ल्याक फ्राइडेमा अमेरिकामा सबै सामान अत्यधिक सस्तोमा किन्न पाइन्छ | इलेक्ट्रोनिक,घरायसी,लत्ता कपडा जस्ता सामानहरु सबै मलहरुमा अत्यधिक छुटमा किन्न पाइन्छ | तर यस्तो सामानको संख्या कम र क्रेता बढी हुने हुनाले बिहीवार रातीदेखि नै ग्राहकहरु सपिङ्ग मल र केन्द्रमा लामो लाइनमा बस्ने गर्दछन् |
के हो थ्यांक्स गिभिङ्ग ?
थ्यांक्स गिभिङ्ग एक अर्कामा धन्यवाद साटासाट गरेर आभार व्यक्त गर्ने एक चाड हो | अमेरिकी संसदको तल्लो सदन कंग्रेसले थ्यांक्स गिभिङ्गलाई राष्ट्रिय चाडको रुपमा सन् १९४१ मा अनुमोदन गरेको थियो | यद्यपि दूई वर्ष अगाडी नै सन् १९३९ मा राष्ट्रपति फ्र्यांकलिन रुजवेल्टले यसलाई स्वीकार गरेर आरम्भ गरेका थिए |
यस अघि सन् १६२१ मा नै थ्यांक्स गिभिङ्गको सुरुवात भैसकेको इतिहास छ | थ्यांक्स गिभिङ्गको अमेरिकी प्रचलन न्यु इङ्ल्यान्डबाट सुरु भएको मानिए पनि यसको अभिलेख एटलान्टिकसम्म भेटिन्छ | मेफ्लावर भन्ने ठाउँबाट छुट्टिएर पुरिटान्स आएका मनिसहरुले आफुसँगै काठिन समयमा तथा सन्चो नभएको बेला पनि ब्रत बसी भगवानलाई धन्यवाद भन्ने चलन भित्र्याएका थिए ।
थ्यांक्स गिभिङ्गको अर्को प्रचलनको पृष्ठभूमि सन् १६२१ तिर हालको म्यासाचुसेट्स राज्यको प्लेमथ उत्पादन केन्द्रसंग जोडिएको छ | जस अनुसार बेलायतबाट तीर्थ गर्न भनी आएका धर्मिक शरणार्थीहरु र रैथाने अमेरिकनहरुबीचको सम्बन्ध देखाइएको छ । सन् १६२० मा धेरै शरणार्थी तीर्थयात्रीहरु नयाँ ठाउँमा खडेरी परेको बेला भोकमरीका कारण मरेका थिए । रैथाने अमेरिकनहरुले बाँचेका शरणार्थीहरुलाई खेतीपाती गर्न, माछा मार्न र सामुद्रिक खानेकुरा खान सिकाएका थिए । आफुहरुलाई यसो गर्न सिकाएबापत ती शरणार्थीहरुले रैथाने अमेरिकीहरुलाई धन्यवाद भन्न सन् १६२१ मा एक भोजको आयोजना गरे | तत्पश्चात हरेक वर्ष यसरी यो क्रम सुरु भयो र पछि अमेरिकी सरकारले यसलाई राष्ट्रिय चाडका रुपमा अवलम्बन ग-यो |
प्रथम अमेरिकि राष्ट्रपति जर्ज वाशिङ्टनले सन १७८९ अक्टुबर ३ मा औपचारिक रुपमै अमेरिकाभरि यो पर्व मनाउने घोषणा गरेका थिए । सन् १८४६ मा अमेरिकी लेखिका साराह जोसेफा हेलले यो पर्वमा राष्ट्रिय बिदा हुनुपर्ने भन्दै अभियान नै चलाइन् । पछि १८६३ बाट अमेरिकाभरि यो पर्वलाई राष्ट्रिय बिदा दिने निर्णय गरियो ।-
साभार लेखनाथ भण्डारी

थ्यांक्स गिभिङ (Thanks Giving) र ब्ल्याक फ्राइडे (Black Friday) को यस्तो रहेछ इतिहास (स्रोतः स्थानीयहरुलाई सोधनी र गुगल)
कसरी सुरु भयो थ्यांक्स् गिभिङ्ग ?
–––––––––––––––––––––––––
थ्यांक्स् गिभिङ्ग चाड अमेरिकाको निकै प्रसिद्ध चाड हो । यसको कथा आजको एक जना श्याम्युल नाम गरेको रैथानेले यसरी सुनाएको थियो मलाई ।
त्यतिबेला जब युरोपलगायत बाह्य संसारबाट अमेरिकामा मानिसहरु आउन थालेका थिए; तिनीहरु यहाँ आए तर जिविकोपार्जनका लागि यिनीहरुलाई समस्या भएर ल्यायो । भोकले टाट पल्टने अवस्थामा पुगेका यी नयाँ आप्रवासीहरुलाई यहाँ पहिलेदेखि नै बसोबास गरेका रेड इन्डियनहरुको मद्दत जरुरी भयो । यसरी यहाँका रैथानेहरुले नयाँ मानिसहरुलाई टर्की खुवाएर उनीहरुको भोक हटाइदिए र यहाँको जीवन बाँच्न सिकाएका थिए । त्यसपछि नयाँहरुले पुरानाहरुलाई त्यो सहयोग र मद्दतवापत सामुहिक रुपमा धन्यवाद दिए । पछि यही कुरा परम्परा बन्यो र आजभोलि धन्यवाद दिने–लिने लगायत आफन्तजनसँग पनि भेटघाट गर्ने एवम् आपसमा धन्यवाद साटासाट गर्ने चलनको रुपमा विकासिक भएको छ यो थ्यांक्स् गिभिङ्ग ।
तसर्थ भोलि, भए सबैले टर्की खानुहोला, खुवाउनुहोला । नभए कुखुरा नै भए पनि टर्की मानेर खाए केही फरक पर्दैन ।
अर्को कुरा, यो चाडसँग तुरुन्तै ब्ल्याक फ्राइडे (कालो शुक्रबार) पनि जोडिएर आउँछ । उही रैथाने श्याम्युलले बतायो, त्यो थ्यांक्स् गिभिङ्गपछि ती नयाँ बाहिरबाट आएका मान्छेहरुले यहाँका आदिवासी रैथानेहरुलाई कम्बल (ब्ल्यांकेट)हरु ओढ्नका लागि दिए, तर दुर्भाग्य ती कम्बल ओढ्ने धेरै आदिवासीहरु विभिन्न रोग लागेर मरे । श्याम्युल भन्छ– शायद ती कम्बलहरुमा विभिन्न उपियाँ, उडुस, जुम्रा वा अन्य कुनै घातक कीरा वा कुनै घोल थियो होला र त्यसको असरले ती आदिवासीहरु मरेका हुन सक्छन् । त्यहीं दुःखदायी घटनापछि ब्ल्याक फ्राइडे सुरु भएको देखिन्छ । खासमा यो कालो शुक्रबार थ्यांक्स् गिभिङ्गपछिको पहिलो शुक्रबार पर्दछ ।
सुनेर जानेको कुरा यति हो । अरु नयाँ रोचक तथ्य भए तल लेखिपठाउँ ।
कसरी सुरु भयो ब्ल्याक फ्राइडे ?
–––––––––––––––––––––
सेप्टेम्बर १८६९ तिर जब अमेरिकाका दुई फाइनान्सर कम्पनिहरु जे गोल्ड र जिम फिस्कले राष्ट्रिय देशको आपूर्ति खरिद गरे, तब अमेरिकामा सुनको व्यापार मन्दीतिर गयो र अमेरिकाको संघीय सरकारले बजारमा थप अरु बढी पैसा लगानी परेको थियो । यस बेलाको त्यो सुन बजारमा आएको मन्दीले जनताको वचत तथा स्कोरमा पनि नराम्रो असर परेको थियो र यही घटनाका कारण ततकालीन राष्ट्रपतिले राजीनामा पनि दिनुपरेको थियो ।
त्यस्तै अर्को इतिहास अनुसार अमेरिकाको फिलाडेल्फियाका प्रहरी अधिकारीहरुले थ्यांकस् गिभिङपछिको शनिवारका दिन आर्मी र नेभीहरुको फुटबल खेलको आयोजना गरेका थिए तर शुक्रबारका दिन नै पैदल यात्री तथा सवारी जाममा परेकाहरुको उक्त खेल हेर्न सिटीको शपिङ सेन्टरतिर भीड लाग्यो । र त्यसबेला जसजसले काम गर्नुपरेको थियो, उनीहरुले यसलाई कालो समय वा कालो शुक्रबार (ब्ल्याक फ्राइडे) भन्ने थाले ।
Happy Thanks Giving and Black Friday.
सुनेको र खोजेर जानेको यत्ति हो, अरु नयाँ भए जाानकारी पाऊँ ।-साभार 
Narayan Adhikari