Thursday, October 29, 2015

आफ्नै कुरा-भर्जिनिया

५ बर्ष भैसकेछ लेख्ने बानि छूटेको अबचाहि आफुलाइ मनपरेका आफ्नै आदि इत्यादि अनि कपि पेस्ट... गणतान्त्रिक नेपालको इतिहासमा पहिलो महिला राष्ट्रपतिमा निर्वाचित विद्यादेवी भण्डारी:हार्दिक बधाई !(३सय२७ मत,कांग्रेसका कुलबहादुर गुरुङलाई २सय१४ मत प्राप्त) राष्ट्रपतिय चुनावको अचम्मैको परिणाम ! आठ मत बदर । यस्ता त छन सासद ! ड्राइभर लाइसेन्सको लागि योग्यता खोज्ने मन्त्री,सभासद बन्नको लागि औथाछाप भएपनी हुने र यिनिहरुले मात्रै अबसर पाउने देशमा बदर हुनु नौलो लागेन मलाइ।- @ektarey ती "गँवार" लोकतन्त्रका भेडाहरूका सांसद पद खोसे नि पाप लाग्दैन ।"हुड्के दाई ~ती आठजनाको नाम के हो...थाहा चाहियो! राम्रो नेपाली फुटाउदी रहिनछन् सभामुख,घरमा पढ्न परो !चुरो एत्ती! हाम्लाई असजीलो लाग्ने! नेवाङको बोली सुनेकालाई त खल्लो लाग्ने!भैरे नेपालमा भारत फेरि पनि असफल-नारायन अधिकारि –––––––––––––––––––––––– अध्यक्ष र उपाध्यक्ष दुवै प्रधानमन्त्री र राष्ट्रपति ––––––––––––––––––––––––––––––––– देशमा राष्ट्रपति एवम् प्रधानमन्त्री दुवै पदमा एमाले अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् । दुवैलाई हार्दिक बधाई एवम् कार्यकाल सफलताको शुभकामना छ । यो घटनालाई कसैले कम्युनिस्ट आन्दोलनको सफलतासँग जोडेर हेरेका छन् । तर यो भ्रममा नपरौं यो कम्युनिस्ट आन्दोलनको सफलता होइन र हो भन्ने प्रयास नगरे पनि हुन्छ किनभने नेपालमा अहिले कुनै कम्युनिस्ट आन्दोलन चलिरहेको छैन र एमाले कुनै कम्युनिस्ट वाद बोकेर कहीं पुग्न आन्दोलनरत छैन । देशका आवश्यकता र घटनाक्रमले यो संयोग जुटाएको हो । अलि फरक कुरा– नेपालमा फेरि पनि भारत असफल –––––––––––––––––––––––––––––––––– – भारत नेपालमा संविधान तत्काल जारी नहोस् भन्ने चाहन्थ्यो तर जारी भयो । – भारत सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन चाहन्थ्यो तर भए केपी ओली । – भारत महन्थ ठाकुरलाई राष्ट्रपतिमा बनाउन चाहन्थ्यो तर भइन् विद्या भण्डारी । अचम्म तर सत्य ––––––––––– प्रचण्डले एमालेलाई यति ठूलो सफलता दिलाए जति एमाले स्वयमले आफ्नो जीवनकालमा प्राप्त गर्न सक्दैनथ्यो । – चुनाव हारेर ढोकाबाट छिर्न नसकेका माधव कुमार नेपाललाई प्रचण्डले झ्यालबाट तानेर प्रधानमन्त्री बनाइदिए । – भारत चाहन्थ्यो झलनाथ खनाल प्रधानमन्त्री नहून् तर प्रचण्डले झलनाथ खनाललाई पनि प्रधानमन्त्री बनाइदिए । – प्रचण्डले भद्र सहमतिको सबैभन्दा ठूलो वकालत गरे । भद्र सहमति लागू नभएपछि प्रचण्डले केपी ओलीलाई आफ्नौ पूर्ण समर्थन दिएर प्रधानमन्त्री बनाइदिए । – प्रचण्ड कै बलमा विद्या भण्डारी राष्ट्रपति बनिन् । कसैलाई यो कुरा पूर्वाग्रह लाग्न सक्छ तर तथ्यले देखाउँछ यथार्थ यही नै हो । Sujan Pandit एकदमै सही कुरा भन्यौ मित्र।एमालेको अहिलेको सबै सफलतामा सबभन्दा ठूलो सहयोग प्रचण्डबाट नै भएको हो।अब एमालेले एमाआोवादीसंग पार्टी एकता गरे हुन्छ र प्रचण्डलाई अध्यक्ष मानेर गए हुन्छ। (Kedar Sharma हार्ने डरले चुनाव नलड्ने र मिलेमतो गर्दै हिँड्ने हो भने लोकतन्त्र हैन मिलेमतोतन्त्र हुन्छ। पराजय र लाञ्छनाको हलाहल निल्न तयार नेका,धन्यवाद!) टि.भि.बाट साभार-राष्ट्रपति निर्वाचनमा पराजित भएपछि नेपाली कांग्रेसका पुराना नेता कुलबहादुर गुरुङले आफु प्रजातान्त्रिक प्रणलीलाई स्विकार गर्ने नेता भएको बताएका छन् । उनले चुनावमा एक जना मात्रै विजयी हुने भएकाले आफ्नो हार विद्याको जितकालागि भएको बताए । गहभरी आँशु पार्दै बयोबृद्ध नेता गुरुङले नेपालमा गणतन्त्र घोषणा गर्दाको क्षण सम्झदै महिला राष्ट्रप्रमुख भएकाले आम नेपालीको जित भएको बताए । उनले आफु राष्ट्रपतिकालागि सबैभन्दा उपयुक्त पात्र भएको तर, राजनीतिक रुपमा आफुहरुको मत कमजोर भएकाले पराजीत हुनुपरेको बताए । नयाँ राष्ट्रपतिले संविधान कार्यान्वयन गर्न अभिभावकीय भुमिका खेल्नुपर्ने भन्दै भण्डारीले उक्त भुमिका निभाउन सक्ने उनको भनाई थियो । Chandra Bhandari-कांग्रेस भित्रका केही सीमित व्यक्ति जसले काग्रेसको इतिहास, मूल्य र मान्यताको सघै अपमान गर्दै आए । आफनो व्यक्तिगत स्वार्थका लागि निर्लज्ज भक्तिभाव र सत्तालिप्सामा आफनो अस्तित्व समर्पण गरी काग्रेसलाई सघै असफलताको बाटो हिडाए । त्यही प्रवृतिको निरन्तरताको पीडापूर्ण उपहार हो - "एउटा निष्ठावान राष्ट्रवादी व्यक्ति काग्रेसको राष्ट्रपतिका उमेध्दार के.वि.गुरुड.को पराजय " । अब कांग्रेसका युवा पिडीको विकल्प काग्रेसको निर्मम शुध्दीकरण हो । (Shankar Pokhrel-महिला राष्ट्रपतिका रुपमा इतिहास रच्न सफल हुनुभएकोमा विद्यादेवी भण्डारीज्यूलाई वधाई । मातृशक्ति अव राष्ट्र शक्ति पनि।)सफल कार्यकालको शुभकामना!!!!! जएे नेपाल !!! "सुशिल कोइरालाको शासनकालमा सत्तासिन भतुवाहरूलाइ गरीव राष्ट्रको ढुकुटीबाट २ अर्ब ८४ करोड ७० लाख रुपियाँ 'सहयोग' वितरण ।"-देवेन्द्र कोइराला तितो सत्य !भैरे नेकाका सत्य, निस्ठावान कोङ्रेशले सेर बहादुर , राम चन्द्र र सुशिललाई आजैका मिती देखी अबकास दिनुपर्छ ! हरी लम्फु काम छैन ! अरुबाट चल्नेको के काम? Kedar Sharmaबा भन्नु हुन्थ्यो,"पढे जे पनि हुन सक्छौ, नपढे पुलिस, अञ्चलाधीश वा मन्त्री मात्र हो!" अहिले प्रहरी हुन पढ्नै पर्छ,अञ्चलाधीश हटे, बाँकी...!