Monday, December 22, 2008

स्वर्ग वा नर्क र हाम्रा नेताहरु

फेब्रुअरी २६, २००८
सामाजिक प्राणि मानिस मात्र उसलाई थाहा हुन्छ मैले कालन्तरमा के गरे, अहिले के गर्दै छु र भबिश्यमा के गर्ने प्लन्मा छु। हाम्रा पुस्ता देखिनै ज्ञान भएकै कुरा हो कामकै आधारमा मानिस स्वर्ग वा नर्क जानुपर्छ भन्ने कुरा सबैलाई हजम हुन्छभन्दा अत्त्युक्ती नहोला। मैले गरेका कार्यबाट आमजनता,आफन्त वा अरु जो कसैलाई फाईदा अथवा घाटा भैइरहेको छ।प्राय सबै ब्यक्तिहरुलाई थाहा भएको हुनुपर्छ केही नराम्रो काम गरे त्यसको परिणाम भबिस्यमा भोग्नैपर्छ।तर के साचो हो ?नराम्रो काम गर्नेहरुले साच्चिकै सजाय पाइरहेका छन? यो प्रश्नको उत्तर सायद अनुत्तरित छ।अझ नेपालको परिप्रेछ्यमा अर्थात धार्मिक आस्था राख्ने जो कसैलाई थाहा छ कसैले नदेखेको बेलामा पनि कुनै गल्ती काम गर्नु हुँदैन भगवानले सबै देखेको हुन्छ भनिन्छ भित्ताको पनि आँखा हुन्छ।कर्मको आधारमै मानिस स्वर्ग वा नर्क जान्छ वा जादैन त्यसको ठेट उत्तर सायद कसैसँग छैन।

मेरो मनमा सधैं खेलिरहने कुराहरु कामको आधारमानै मानिस स्वर्ग वा नर्क जानेभए नेपालबाट अत्यन्तै कम भन्दा कम मानिसहरु स्वर्ग जान्छन होला कि??सोझासाझा आमजनताहरुलाई अनेक किसिमका भाषण छाटी गर्नै नसक्नै काम गर्छुभन्ने हाम्रा नेताहरु,आफ्नो देशको भलाई हुने कामभन्दा ब्यक्तिगत अनी पार्टिगत सोचाइ परिपुर्ती गर्ने जानी जानी एक पछि एक गल्ती कार्य गर्ने फेरी गल्ती लुकाउन उल्टै फेरी झुट बोल्ने र समग्रमा नेपालको भबिस्यमा कुठाराघात गर्ने हालका नेता भनाउदाहरुलाई के भन्ने??अक्सिजनका भरमा देश हाँकेका गिरीजा हुन वा कुनैपनि प्रश्नको ढेट उत्तर दिन नसक्ने अपुश्ठ ब्यक्ता माकुने वा दुई बर्ष भित्र राष्ट्रपती बाने बन्ने दीवासपना देख्ने प्रचन्ड वा मधेस छुट्टै राज्य बनाउछैउ भन्ने महन्त लगायतका दहिच्युउरे नेताहरुबाट देशको बिकास सम्भव छ???आफै अनुमान लगाउनुहोस।
नागरिकको सुरक्षा दिनु राज्यको पहिलो कर्तब्य हो । देशराज्य जनताप्रति जति उत्तरदायी हुनुपर्छ, राज्यका प्रति नागरिक भूमिका अति संवेदनापूण हुनैपर्छ । नागरिक संयम र धैयले मात्रै मुलुकसामु यतिबेला देखा परेका नयानया चुनौतीसँग सामना गर्ने क्षमता राख्नसक्छ । भावनामा बहकिएर, उत्तेजना देखाएर मात्र समस्याको निकास निस्कन्नभन्ने कुरा हाम्रा नेताले किन बुझ्दैनन्?शिक्षित अनी दुरदर्सिताको कमी छ हाम्रा नेतामा। । असीमित आकान्क्षा वा उत्तेजनाले राजनीतिक तरलता झन्झन् आकारहीन बनाउने र अन्ततोगत्वा मुलुकमाथि संक्रमणकालीन खतरा थप्ने सम्भावना बडी भन्दा बडी हुन्छनै। । हाल मधेस बिकराल स्थितिमा पुग्न लागिसकेको छ। बन्द, झडप र कर्फयुको तुवालोभित्र फसिरहेको मधेसमा उत्रिएको उत्तेजना र यसैको बाछिटाले प्रभावित राजधानी मात्र होइन, देशभरका आमजनतहरुमा एकप्रकारको स्वतस्फूर्त उत्तेजना देखिएको छ ।

बढ्दो अभाव, महगी, असुरक्षा र तनावबाट आम नागरिकमा थप पीडा थपिएको छ । यस्तो बेला आम नागरिकमा सामान्य उत्तेजना पैदा हुनु अस्वाभाविक मानिन्न । बढ्दो पेट्रोलियम पदार्थको अभावले राजधानीको जनजीवन अस्तव्यस्त छ । इन्धन अभावले सवारीसाधनको पहुचबाट एकातिर र्सवसाधारण टाढिदै छन् भने अर्कोतिर शहरको फोहर उठ्न छाडेको छ,लास जलाउनसमेत दाउराको अभाब छ, विद्यालय बन्द हुन थालेका छन् , आकस्मिक सेवाका दमकलसमेत इन्धनविहीन बनेको अवस्थामा छ, दिनहु लाइन बसेर पनि मट्टीतेल पाउन नसकी लालाबाला भोकै राख्न विवश अभिभावक हुन्, वा गाडी नचल्दा विद्यालय जान नपाएका भबिस्यका देशका कर्णधार विद्यार्थी, लोडसेडिङबाट हैरान उद्योग-व्यवसायी हुन् वा साधारण आमजनता वा बसभाडा, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको अभाव र चर्काे मह"गीको पीडा भोग्न विवश आम उपभोक्ता, सबैमा यतिखेर एक प्रकारको स्वतस्फूर्त उत्तेजना देखिनु स्वाभाविक छ
। यस्तै खालको तनाव, अभाव र महगी अझै केही समय लम्बिने हो भने र्सवसाधारणको धर्ैयको बा"ध फुट्न बेर लाग्दैन भन्ने बुझेर सरकार आफ्नो औकात र बर्कतले भ्याएसम्म देश भलाइको काम गर्न तत्कालै गम्भीरता साथ अग्रसर हुनु जरुरी छ ।

देशका समस्याका कुरा हाम्रा नेताले किन बुझ्दैनन्? शिक्षा अनी दुरदर्सिताको कमी छ हाम्रा नेतामा । यस्तो बिकराल स्थिती ल्याउनमा प्रमुख भूमिका खेल्ने हालका सबै नेताहरु स्वर्गको त कुरै छोडौ नर्क वा त्यो भन्दा तल्लो कुनै स्थान छ भने त्यहा जानु स्वभाभिक छ कि छुट्याउने पालो तपाईंको!!!तसर्थ देशमा शिक्षित यूवापुस्ताको अत्त्यान्त खाचो छ।अनी मात्र देशले बिसतारै काँचूली फेर्ने छ।
अन्तमा म गर्बसाथ भन्न सक्छु हात्तीका देखाउने दाँत जस्ता भएपनी आफना कूकार्य,देशको बिग्रिएको अवस्था र नाजूक परिस्थिती देखेर भित्र भित्र आत्मग्लानी भएको हुनै पर्छ हाम्रा नेताहरुमा।धन्दा नमान्नुहोस् नर्क तपाईंजस्ताको ठुला ठुला कराइमा तातो तेलले स्वागत गर्न पाउदा आफुलाई डिमोसन भएको अनुभब गर्दै सो काम तुरुन्तै फत्ते गर्न आतुर र ब्याकूल छ।

कमल प्रसाद भट्टराई - मनासस, भर्जिनीया