कमल भट्ट्रराई
मई ०६, २००८
धेरैको अनुमान विपरित शान्तिपूर्ण चुनाब सम्पन्न भयो। संबिधान सभा निर्बाचनले प्राय सबै जनताहरु,नेताहरु र विश्वलाइसमेत अचम्मित पार्दै नेपालको राजनीतिमा माओवादीलाई निर्णायक राजनीतिक शक्तिका रूपमा स्थापित गरे पनि निर्वाचनपछिको अन्तरिमकालमा शासन गर्ने एकलौटी अधिकार उसलाई दिएन। संविधानसभामार्फ संविधान बनाउने प्रक्रियामा प्रत्येक प्रावधानलाई दुइ तिहाइ बहुमतबाट अनुमोदन गर्नुपर्ने हुन्छ, तर अहिलेदेखि नै सरकार गठनजस्तो साधारण विषयमा अल्झिएर सहमतिको संस्कारको अन्त्य गर्ने हो भने भोलि संविधान निर्माणजस्तो मुख्य विषय ओझेलमा पर्न सक्छ।
सहमतिको दायरालाई संकुचन गरेर समस्या निम्त्याउने होइन, अब त्यसलाई विस्तारित गरेर दीघकालीन रूपमा सबै समस्याको हल खोज्नुपर्छ। तर यस निर्वाचनमा नराम्रो पराजय भोगेलगत्तै एमालेले सरकार छोड्नु, कांग्रेसले समायोजनको भूमिका छोडेर मौन बस्नु, माओवादीले संविधानसभाभित्र भएका सम्पूर्ण दलहरूसँग छलफल अगाडि बढाएर निष्कर्षमा पुग्नुको सट्टा एक्कोहोरो सुगारटाई सरकारको नेतृत्व गर्ने तथा बाह्रबुदे सहमति, जनाअन्दोलन र अन्तरिम संविधान विपरीत आफनो नेतृत्वमा सहमतिको सरकार नबने एकल सरकार बनाउने जुन निर्णय माओवादीले गरेको छ, त्यसले दीघकालीन समाधान दिन सक्दैन।
संसदीय परम्परामा कुनै पनि दलको बहुमत नआएमा सहमतिको सरकार बनाउने र सहमति हुन नसके सबैभन्दा ठूलो दलले सरकार बनाएर आवश्यक पर्दा बहुमत सिद्ध गर्ने सामान्य विषय हुन्, तर हाम्रै देशको इतिहासमा दुर्भाग्य शाँसद खरिदबिक्रीको राजनीति शुरू भएको सबैलाई ज्ञात छ।संविधानसभाका अगाडि २ सय ४० वर्षेखि शासनसत्तामा रहेको राजसंस्थाको भविष्य निर्धारण गर्ने, राज्यको पुनर्संरचना गरी समावेशी र संघीय बनाउने, माओवादी लडाकूको समायोजन गर्ने र राष्ट्रिय सुरक्षा अंगमा पुनर्संरचना गर्नेजस्ता महत्त्वपूण काम छन्, दलहरू अब त्यस तर्फ केन्द्रित हुनुपर्छ ।राजनीतिक पार्टिले आफ्नो अहन्कार होइन,जनताको मतमा विश्वास गर्न पर्छ।वर्तमान सरकारको नेतृत्व गरिरहेका कारण यो जिम्मेवारी पनि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बहन गर्नु उचित हुन्छ।
निर्वाचन परिणामले नेपालको राजनीतिक इतिहासमा राजनीतिक सन्तुलनको नाममा टिक्दै आएको परम्परागत चरित्रलाई चकनाचूर पारिदियो । हिजोसम्म आफूहरूलाई राजनीतिक मूलधारका प्रतिनिधि ठान्ने पार्टी र पात्रहरू अकस्मात् दोस्रो र तेस्रो स्थानमा देखापरे। उनीहरुले भाषण अनुसार काम ,भष्टाचार प्रबिर्तिको बिकास अनी देशको स्थिती कहाँ पुराए जनतालाई ज्ञान छदैछ त्यसैले माओवादीको काम हेर्नका लागि पनि उसको जित स्वभाविक मान्न सक्नु पर्छ कांग्रेस र एमालेले।जनमतको कदर गर्नेहो भने सबै राजनीतिक दलले माओवादीको नेतृत्वमा बन्ने सरकारमा आफ्नो दलको प्रतिनिधित्व गराउनै पर्ने हो।जनताको मतको अर्थ र आशय यत्ति नै हो कि सबै दल मिलेर सरकार चलाउन र मुलुकका लागि गणतन्त्र नेपालको संविधानका रूपमा रहन लायक एउटा बलियो दस्तावेज तयार गरून् । राजाको प्रत्यक्ष शासनबाट निस्सासिएर माओवादीको कार्यसूची स्वीकार्दै संविधानसभा निर्वाचनका लागि तयार भएका दलहरूले यतिबेला आएर दर्प र घमण्ड गर्नु मूर्खता मात्र हो । राजनीतिक दलका नेताहरूको यही व्यवहार रहने हो भने यसले राजनीतिक संकट सुल्झाउनभन्दा उल्झाउन मद्दत पुर्?याउने निश्चित छ ।
यति बेला सफलताको उत्साह र असफलताको पीडा बिर्सेर राजनीतिक दलका नेताहरूले विधि र पद्धतिअनुसारको शासन व्यवस्थाको प्रारम्भ गर्नुपर्छ ।अझ मूख्य रुपमा माओवादीले आफ्नो उत्पत्ति,विगत्,जंगली राज ,वाइसियलले गर्ने गतिबिधी,जनतालाईडर,त्रास ,धम्कि,हत्त्या,हिम्सा र बल प्रयोगको मार्ग तुरुन्तै त्यागी शान्ती र कानूनी राज्यको अबधारणा अनुसार चल्न सक्नु पर्छ। यो पनि बुझ्नु जरुरी छ बिगतमा सत्ता चलाइरहेका राजनीतिक दलले देश भलाई हुने राम्रो काम नगरेका,ब्यक्तिगत पार्टिगत स्वार्थमा मुछिएका कारणले माओवादीले राम्रै गर्छ भन्ने पूर्ण विश्वास मा जनताले भोट दिएका हुन्।यसलाई हाम्रो अपार जनसमर्थन भनेर बलमिचाइ गरियो भने फेरी देशमा आँधीबेहरी आउनेछ र माओवादी पनि इतिहास बन्नेछ।
जसरी संबिधान सभा निर्बाचन सफल बनाउन वृद्ध प्रम गिरिजाप्रसादले भूमिका खेल्नुभयो त्यसरिनै सत्ता हस्तान्तरणको प्रकियालाई छिटो भन्दा छिटो टुंगोमा पुर्?याउनुपर्छ।नेपाललाई औपचारिक रूपमा गणतन्त्र घोषणा गर्ने ऐतिहासिक अवसर माओवादी पार्टीको भागमा परेको छ । यो अवसर माओवादीले पाएकोमा अन्य दलले दाँत कुँड्याइरहनुपर्दैन । अवसरको उपभोग सबैले गर्नुपर्छ । किनभने, यो जनताको गौरवगाथा हो ।देशमा जनताले स्थायी शान्ति चाहेका छन् र राजनीतिक दलका नेताहरूले जनमतको आदर गर्न सकेनन् भने देश फेरि ठूलो दुर्घटनामा पर्नसक्छ । किनभने, अहिले द्वन्द्वको अन्त्य भैसकेको छैन । समाधानको प्रक्रिया मात्र सुरु भएको छ।
bhattaraikamal1973@gmail.com
(मनासस- भर्जिनिया )