हाम्रो समाजमा धम्की भन्नाले श्वास बढ्ने रोग भन्ने बुझिन्थ्यो पहिला ।तर यहाँ त्यो भन्न खोजिएको होइन । हाल हाम्रो नेपालमा जुन सुकै क्षेत्रमा सर्वाधिक प्रयोग भइरहेको शब्द धम्की, अर्कालाई आफ्नो नियन्त्रणमा ल्याउनको लागि देखाउने डर, त्रास र चिन्ता भन्ने बुझ्नु पर्दछ । कसैबाट उठेको वैमनष्यता देखाउने खराव आचरणको रोषपूर्ण कलूषतालाई नै धम्की मान्न सकिन्छ । धम्की स्वयँमा नकारात्मक विकृतिको पाटो हो, गलत तवरवाट क्षति पुर्याउने प्रतिशोध पनि हो । धम्की-कसले कसलाई दिने लेखाजोखा हुँदै नहुने, रुल रेगुलेसन मान्नै नपर्ने यति सहज छ किन?प्रमदेखि पियन सम्म ,चोरदेखि डाँका सम्म,शिक्षकदेखि विद्यार्थी सम्म,रोजगारि गरेकादेखि बेरोजगार सम्म,र जसले जसलाई दिएपनि सुहाएको हाम्रो देश नेपालमा।
सामान्यदेखि असामान्यसम्म हुन्छन धम्की कुनै मन मस्तिस्कमा बिझ्छन पनि। सामान्य डर देखाउनुलाई धम्कीसँग नजोड्न सकिन्छ । तर जब अज्ञात समूहवाट गुण्डागर्दी किसिमले दिइने धम्की भने असामान्य रहन्छ, समाजका खराव प्रवृतिका व्यक्तिहरु यसलाई फलाउन-फुलाउन अग्रसर हुन्छन् । नेपालमा पढेलेखेका शिक्षित र समाजसुधारक भनाउँदा पनि कतिपय स्थितिमा यसको साहारामा हिँडेको भेटिन्छ । आफ्नो स्वार्थको खातिर यस्ता खराव प्रवृतिको अनुशरण गर्दै ईर्ष्या र जलनमा जल्दै अरुलाई दुःख दिनको लागि नै पनि यसो गर्न पुग्दछन् ।खैर,जे होस धम्की एक खराव प्रवृतिको उपज हो । तर जव एक अज्ञात व्यक्तिले कसैमाथि लादेको धम्कीको सहि उपचार गर्न हामी ब्यक्ती त के स्वयम सरकार धम्की दिन्छ भने त्यसलाई के भन्ने? एउटा छुट्टै अस्तित्व बोकेर समाजप्रति निस्वार्थभावले लागि परेका व्यक्तिमाथि ज्यान मार्ने जस्तो अति घृणीत,अमानवीय र निन्दनीय धम्कीको प्रहार किन हुन्छ ।
सात समुद्र पारी हाल अमेरिकामा बसेको म सामान्य ब्यक्ती ,कसैको केही नबिगारेको,झै-झगडा कसैसँग नभएको,सग्दो सहयोग जो कसैलाई गरेको र कसैलाई पनि असहयोग गर्न जान्दै नजान्ने मैले हालै मेरो कलम बन्द गर्नुपर्ने ईमेल प्राप्त गरे। “बर्मा गयो कर्मसँग, नेपाल गयो कपालसँग” भन्ने कुरा किन विदेशी भुमिमा पनि लागु भइरहेको छ? मेरा वेब साइडमा प्रकासित हालचालैका लेख पढेर एक बेनामि र बेमानी साथीले ईमेलमा बार बार धम्की दिइरहको छ । उक्त अज्ञात व्यक्तिको धम्की जो अति नै छूद्र भाषामा छ र मेरा लेख एकपक्षिय भन्ने आरोप म माथि छ। जसले ठूलो मात्रामा नैतिक चोट पुर्याएको छ ममा यो घटनालाई मैले सानो रुपमा कदापी लिनु हुँदैन मेरो सोच छ। कुनै व्यक्ति पनि जसलाई मेरो लेखसँग, विचारसँग वा व्यवहारसँग बिमेल हुन्छ, समस्या हुन्छ भने सान्दर्भिकता पुर्याएर आफ्नो सोँच राख्न सकिन्छ, प्रतिक्रिया दिन सकिन्छ, जहाँ गालीगलौचको खासै जरुरत पर्दैन । तर एक्कासी छूद्र भाषामा त्यस्तो किसिमले ईमेलमा धम्की दिनु चाहिँ ‘अति’ हो, त्यसैले यसलाई नजरअन्दाज गर्न सकिँदैन । फ्रिडम अफ स्पिचमा विश्वास गर्ने म यस्तो धम्की देखि कत्ती पनि बिचलित छैन र यो ईमेल पठाउने ब्यत्तिलाई च्यालेन्ज दिन्छु यदि आमाको दुध पिएको छोराहौ भने आफ्नो वास्तविक नाममा पत्राचार गर्नु र अव आइन्दा पनि बेनामी ईमेल पठाएमा कानूनी उपचारको लागि तयार रहनु। हे बेनामी साथी- मलाई लेखबाट मात्र होइन केही गर्न सक्छौ भने एड्रेस बाट पनि चिन - म ११२३६ सोल्जररिज एपार्ट्मेन्ट मनासस कोठा १०२ मा बस्छु र मेरो फोन ७०३-९७३-४५७४ हो। आफ्ना मनमा लागेका कुरा ब्यतिगत स्वतन्त्रता उजागर गर्दै पत्रकार बन्ने मेरो चाहना जाबो नाथे ईमेल रोकिन्छ भन्ने सोच्ने ब्यक्तिको दिमागमा गोबर बाहेक अरु केही हुन सग्दैन। मलाई मेरा स्वर्गीय बाबुले १० बर्ष पहिला भनेको कुरा अझै ताझै छ-जहाँ गए पनि,जे भएपनि आफ्नो मौलिकता नछाड्नु-खान्दानी आदतमा आच नपुर्याउनु। पत्रकारले सूचना र संचारमात्र प्रबाह गर्दैन,समाजका भए गरेका विकृति विसंगति, अन्याय, अत्याचारकाविरुद्ध, गर्भभित्र रहेका घटनालाई चिरफार पनि गर्दछ होइनर?पत्रकारितालाई राष्टका चौँथो अङ्गसमेत भन्ने गरिन्छ संचारसँग आवद्व भई पत्रकारिता गर्ने व्यक्ति पत्रकार हो तर हाम्रो देश भित्र पत्रकार,संचारकर्मीले धम्कीमात्र होइन ज्यानै गुमाइसकेका छन भने बिदेशमा पनि यस्ता तत्व धम्की दिन अग्रसर हुँदारहेछन।