Monday, January 19, 2009

मान्छेहरु

आज भोली मानिसहरु फेरी हास्न छाडेका छन्
किन हो कुन्नी कुराहरु मन मै राख्न थालेका छन्
हिमाल चढ्‍न चालिएका पाइलाहरु शिखरमा कहिल्यै नपुग्ने भएका छन्
आफैले हिड्‍न थालेका बाटाहरु आफैले विर्सन थालेका छन्
आजभोली खै किन हो कुन्नी सबै मानव जाति हास्न छाडेका छन्

एउटा लक्ष लिएर बाटो लागेकाहरु लक्षमा पुग्न छाडेका छन्
थालिएका काम पनि अधुरो अधरै छाड्‍न थालेका छन्
देश बनाउछु भनि लागेका नेताहरु देशै छाडी भाग्न थालेका छन्
धिकार दिलाउन लागेकाहरु आफै घर भत्काउन थालेका छन्
आजभोली खै किन हो कुन्नी सबै मानव जाति हास्न छाडेका छन्

मानवताको अर्थ नबुभी रहरहरुको लहर बोकी दौडन थालेकाहरु
आफुले गर्न सक्नेकामहरु पनि विचैमा छाड्‍न थालेका छन्
आफ्नै स्वार्थ पुरा गर्ने मात्र ध्येय राखी अरुलाइ कन्याउन थालेका छन्
न्‍षड्‍यन्त्रको जालो बुनि सुन्दर सपनाको पालुवा भाच्न थालेका छन्
आजभोली खै किन हो कुन्नी सबै मानव जाति हास्न छाडेका छन्

जन्मने वितिकै थालिएका कामहरु अनि आफ्नै कर्तव्य विर्सेर
जो पनि अरुलाइ भाजोहाल्न मात्र सिक्न थालेका छन्
एक पटक एकतान्त्रिय तानाशाहिको गन्ध फैलाउन खोजेका छन्
आफ्नै गाउँघर बनाउछु भनि लागेकाहरु आफ्नै पेट भर्न लागेका छन्
आजभोली खै किन हो कुन्नी सबै मानव जाति हास्न छाडेका छन्
मान्छे माथि मान्छेको भिडमा आफै आफै हराउन थालेका छन्
-manu