Thursday, January 15, 2009

फेयर फ्याक्स भर्जिनियामा कबि गोष्टी सम्पन्न

कमल भट्टराई, फ्ययरफ्याक्स भर्जिनिया, जनवरी १२, २००९
महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवाषिर्की अवसरमा अमेरिकाको फेयरफ्याक्स भर्जिनियामा कवि गोष्ठी सफलतापूर्वक सम्पन्न भयो । लेखनाथ भण्डारीको स्वागत वक्तव्यबाट सरु भएको उक्त कार्यक्रमका प्रमुख अतिथि हनहन्थ्यो हरि घिमिरे । उक्त कवि गोष्ठीमा ५ जना कविहरु होमनाथ सुबेदी, होमराज लम्साल, सुदिपभद्र खनाल, गोविन्दगिरी प्रेरणा र प्रकाश नेपाललाई आफ्ना ३।३ वटा कविता बाचन गर्न अनुमती दिईएको थियो । टीका पुनको संचालनमा सम्पन्न कवि गोष्ठीमा उपस्थित दर्शक तथा श्रोताहरुबाट पतक्ष्य दोहोरो अन्तक्रियाले गर्दा कार्यक्रम राम्रो र झन् रोचक भएको थियो । कवि बाशु श्रेष्ठले कविहरुको परिचय गराउनु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि हरि घिमिरेले बाचित कविताहरुको विस्तृत समिक्षा गर्दै कविता र कवि भनेका श्रीमान् र श्रीमती जस्तै हन् भन्नभयो। उक्त कार्यक्रमको डिसीनेपाल डट कम ले प्रतक्ष्य प्रसारण गरेको थियो।