Friday, January 9, 2009

पशुपतिको किनारा लाग्यो सेनाको बांकी

चिया पसलमा गफमा ब्यस्त हुनेहरु जसरी पशुपतिको विवादमा धार्मिक युद्धको कल्पना गरिरहेका थिए अहिले अब सेना अगाडि बढेर कु गर्नेसम्मको अडकल काटिरहेका छन ।
यो हप्ता २ वटा विवाद चरम चर्चामा थियो । पहिलो पशुपतिनाथमा नेपाली पुजारी नियुक्ती प्रकृयाको विषयमा उत्पन्न विवाद अनी अर्को नेपाली सेनाले रिक्त रहेको पदमा शुरु गरेको भर्ना छनौटले निम्त्याएको विवाद । पशुपतिनाथको पुजारीमा पशुपति क्षेत्र विकास कोषले क्रमभंग गर्दै नेपाली पुजारी नियुक्त गर्यो । तर प्रकृया पुर्याउन सकेन । जसका कारण नागरिक समाज आन्दोलित बन्यो र सरकार झुक्न बाध्य भयो । उतातिर रिक्त रहेको पदमा सेनाले भर्ना शुरु गर्यो । सरकारमा बसेर सेनाको नेत्व गरिरहेका मन्त्रीहरुले नै यसलाइ माओवादी विरुद्ध शड्यन्त्र भन्दै जनसेनामा समेत नयां भर्ना गर्ने धम्की दिन थाले । प्रधानमन्त्री जनसेनाका कमाण्डरका रुपमा प्रस्तुत भए । अब रक्षा मन्त्री के चुप लाग्थे र । उनले प्रधानसेनापतिलाइ बोलाएर स्ष्टीकरण नै लिए । धन्न पशुपतिनाथको विवाद प्रधानमन्त्री आफैंले साम्य बनाए तर सेनाको विवाद कसले साम्य बनाउने हो अन्यौल कायम छ ।सेनाको विवाद यत्तिसम्म अगाडि बढ्यो कि रक्षा मन्त्री रहेका रामबहादुर थापा बादलले त यही विषयमा प्रधानसेनापति रुक्मागंत कटवाललाइ कार्वाही गरेर हटाइ नयां प्रधानसेनापति नियुक्त गर्नेसम्मको चेतावनी दिन भ्याए । प्रधानमन्त्री पुष्पकमल दाहाल पनि बादलको हां मा हां मिलाइरहेका थिए ।उनीहरु दुबैको नजरमा रिक्त सेनाको पदमा नयां नियुक्ती गरेर कटवालले सरकार ढाल्ने गेम खेले भन्ने थियो । अथवा नयां भर्ना भएका सेनाको भरमा फेरी पुर्व राजा बनेका ज्ञानेन्द्र नयां राजाको रुपमा आउनेसम्मको गफ दिन उनीहरु भ्याइसकेका थिए ।यही विचमा प्रधानमन्त्रीको भनाइ र रक्षामन्त्रीको भनाइविच नै आकाश जमिनको फरक पर्न थाल्यो । रक्षामन्त्री यस्तै ताल हो भने प्रधानसेनापतिलाइ कार्वाही गरेर हटाउने धम्की दिन थालेभने प्रधानमन्त्रीले भने प्रधानसेनापति हटाउने कुरा हल्ला मात्र भएको बताउन थाले । तर सहि कुरा के हो भन्नेमा म जस्ता नागरिक अन्यौलमा परे ।सेनाले एक साता अगाडि २ हजार ८ सय ८४ का लागि भर्ना खुल्ला गरेको थियो । सेनाले सरकारवाट स्विकृती लिएरै सो पदमा भर्ना शुरु गरेको र सो नयां भर्ना नभई आन्तरिक रुपमा विभिन्न कारणले रिक्त रहेको पदमा भर्ना लिएको दावी गरेको थियो । तर माओवादीका नेताहरु भने यो शान्ति सम्झौता विपरित भएको भन्दै विरोधमा उत्रिए । उता संयुक्त राष्ट्र संघिय शान्ति मिसन अनमिनले समेत सेना भर्ना प्रकृया तत्काल रोक्न सार्वजनिक विज्ञप्ती जारी गरेर आगोमा घिउ थप्ने काम गर् यो । उता सत्ताधारी दल एमालेले भने सेनाको साथ िदंदै भर्ना प्रकृयामा विवाद नगर्न आग्रह गर् यो । कांग्रेस त प्रारम्भदेखी नै सेनाको पक्षमा थियो ।
तर विवादको समाधान भने अझै हुन सकेको छैन । सेना सरकारवाट स्विकृत कार्यक्रम अनुसार भर्ना गरिएकोमो अडान लिएर बसेको छ भने सरकार जसरी पनि रोक्ने पक्षमा छ ।
चिया पसलमा गफमा ब्यस्त हुनेहरु जसरी पशुपतिको विवादमा धार्मिक युद्धको कल्पना गरिरहेका थिए अहिले अब सेना अगाडि बढेर कु गर्नेसम्मको अडकन काटिरहेका छन । तर हुने चै के हो बादल अझै फाटिसकेको छैन ।