Wednesday, July 21, 2010

अन्तराष्ट्रिय कलाकार मंच, र अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा सांस्कृतिक कार्यक्रम, वनभोज साथ साथै अभिनन्दन र सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न

वरिष्ठ कलाकार तथा प्राज्ञ हरि बहादुर थापा, वरिष्ठ नायक, नायिकाद्वयः सरोज खनाल र पूजा चन्दलाई अभिनन्दन, ५ मिडिया र २ समाजसेबीलाई सम्मान
भर्जिनिया, अमेरिका/ अन्तराष्ट्रिय कलाकार मंच, अमेरिका र अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा अमेरिकाको मनासस सहर नजिक हेमार्केटको डोमिनियन भ्याली, जेम्स पार्कमा सांस्कृतिक कार्यक्रम, वनभोज साथ साथै अभिनन्दन र सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष सागर कंडेलको सभापतित्व र चर्चित उद्घोषिका एवं कलाकार रचना सिंहको आकर्ष संचालनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै अमेरिकाका लागि नेपाली राजदूत डा. शंकर शर्माले यस प्रकारको कार्यक्रमले आफूलाई खुसी लागेको बताउँदै अन्तराष्ट्रिय कलाकार मंच र सहयोगी समाज दुवैलाई धन्यवाद व्यक्त गर्नुभयो । वहाँले स्थापनाकालको छोटो अवधिमा मंच र समाजले खेलेको भूमीकाको प्रशंसा गर्दै अभिनन्दित र सम्मानित व्यक्तित्वहरुलाई समेत बधाई ज्ञापन गर्नुभयो । अन्तराष्ट्रिय कलाकार मंचका अध्यक्ष रामप्रसाद खनालले कार्यक्रम सफल पार्न सहभागी सवै नेपालीहरुप्रति आभार प्रकट गर्दै वनभोज, सांस्कृतिक कार्यक्रम, अभिनन्दन र सम्मान कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो । एएनएका उपाध्यक्ष मेदिनी अधिकारी एवं एएनएका पर्ूव अध्यक्ष समाजसेवी कृष्ण निरौलाले मंच र समाजका यस प्रकारका कार्यक्रमले आफू उत्साहित भएको बताउँदै धन्यवाद ज्ञापन गर्नुभयो ।
बरिष्ठ नाट्यक्रमी, कलाकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठान प्रतिष्ठानका उपाध्यक्ष हरि बहादुर थापाले आफूहरुले स्थापना गरेको अर्न्राष्ट्रिय कलाकार मंचका विगतका अनुभवहरु र आगामी कार्यक्रमबारे प्रकाश पार्दै उक्त कार्यक्रम आयोजनाका लागि मंच र समाज दुवैलाई धन्यवाद दिनुभयो । मंचका उपाध्यक्ष समेत रहेका थापाले नेपाल साहित्य, कला तथा संगीत प्रतिष्ठानले मंचसँग मिलेर आगामी दिनमा अरु कार्यक्रमहरु ग्ार्ने सोचाई रहेको बताउनुभयो ।
बरिष्ठ कलाकार तथा नायक सरोज खनालले आफू यस प्रकारको कार्यक्रमबाट प्रसन्न रहेको बताउदै आगामी दिनमा अर्न्राष्ट्रिय कलाकार मंचसँग मिलेर अघि बढ्न चाहेको बताउनुभयो ।
बरिष्ठ कलाकार तथा नायिका पूजा चन्दले अमेरिकामा रहेर पनि नेपाली संस्कृति र परम्पराको जगर्ेना गर्न मंच र समाजले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाका अध्यक्ष बसन्त श्रेष्ठले छोटो समयमै अन्तराष्ट्रिय कलाकार मंच र अमेरिका नेपाल सहयोगी समाजले अमेरिकामा राम्रा राम्रा काम गरेको स्मरण गर्दै धन्यवाद दिनु भयो ।
अमेरिका नेपाल सोसाइटिका अध्यक्ष खेम भट्टचन, नेपाल एजुकेशन एण्ड कल्चर सेन्टरका उपाध्यक्ष प्रेम संग्रौला, कला साहित्यका हस्ति, प्राध्यापक एवं मिडिया र विज्ञापन विशेषज्ञ राजेन्द्र शलभ, रेडियो दोभानका अध्यक्ष एवं नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष नगेन्द्र पौडेल, सगरमाथा टिभीका सम्पादक नीलु खरेल, डिसी नेपाल डट कमका संचालक रामहरि सुवेदी, विश्व परिक्रमा पत्रिकाका संपादक साहित्यकार गोविन्द गिरी प्रेरणा, नेपाल होराइजन्स डटकमका संचालक सुबुप्रताप केसी आदिले पनि कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको प्रथम चरणमा वरिष्ठ कलाकार तथा प्राज्ञ हरि बहादुर थापालाई, त्यसैगरि वरिष्ठ नायक, नायिकाद्वयः सरोज खनाल र पूजा चन्दलाई वहाँहरुले आ-आफ्नो विधा र कलाकारिताका क्षेत्रमा पर्ुयाउनु भएको योगदानका लागि अन्तराष्ट्रिय कलाकार मंच, अमेरिका केन्द्रिय समिति, अमेरिका नेपाल सहयोगी समाज, अमेरिका नेपाल सोसाइटी, नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाका तर्फाट सामूहिक रुपमा अभिनन्दन गरिएको थियो । अभिनन्दित तीनै जना कलाकारहरुलाई अन्तराष्ट्रिय कलाकार मंचका अध्यक्ष रामप्रसाद खनाल र अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष सागर कंडेलले माला लगाइदिनु भएको थियो भने राजदूत डा. शंकर शर्माले अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो ।
यसैगरि कार्यक्रममा सगरमाथा टिभी- संपादक नीलु खरेल, नेपाल होराइजन्स डटकम- संचालक सुवुप्रताप केसी, डिसी नेपाल डटकम- संचालक रामहरि सुवेदी, रेडियो दोभान- अध्यक्ष नगेन्द्र पौडेल, विश्व परिक्रमा पत्रिका- संपादक एवं साहित्यकार गोविन्द गिरी प्रेरणा, अर्न्राष्ट्रिय कलाकार मंच र सहयोगी समाज दुवै संस्थालाई सधै सहयोग, सद्भाव, प्रेरणा दिनुहुने, समाजसेवी व्यक्तित्वहरु, यस क्षेत्रका लोकप्रिय अभिभावकद्वय गोविन्द मैनाली र राजीव मैनालीलाई मंच र समाज दुवैका तर्फाट सम्मान गरिएको थियो । सम्मानित सवैलाई राजदूत शर्माले सम्मान पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन सहित अध्यक्ष सागर कंडेलले पहिलो चरणको समापन गर्नुभएको थियो ।
कार्यक्रमको दोश्रो चरणमा भएको सांस्कृतिक कार्यक्रममा नायिका एवं नृत्यांगना अनुपमा प्रसाइको निर्देशनमा तयार पारिएका नृत्यहरु, गीत, कविता र अन्य प्रस्तुतीहरु समावेश थिए । दोश्रो चरणको कार्यक्रम संचालन समाजका सचिव मुक्त पौडेल र धन्यवाद ज्ञापन समाजका उपाध्यक्ष कमल भट्टर्राईले गर्नुभएको थियो । सांस्कृतिक कार्यक्रममा कवि प्रकाश नेपाल र नायिका पूजा चन्दले कविता, रामप्रसाद खनालले गीत, र शुशील दिक्षितले चुट्किला प्रस्तुत गर्नुभएको थियो भने आकृति खनाल, आयुसा खनाल, ज्योति कार्की, रुपेश कार्की, साकार बुढाथोकी, अनु संग्रौला, रित संग्रौला, एलिना पौडेल, मनस्वी संग्रौला, स्वीकृति दाहाल, सुरेश खनाल, सुष्मा खनाल आदिले नृत्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा करिव एक हजारभन्दा बढी नेपालीहरु सहभागी थिए भने अन्तराष्ट्रिय कलाकार मंच र अमेरिका नेपाल सहयोगी समाजको आहृवानमा भएको पटलक वनभोजमा यस क्षेत्रमा बसोबास गर्ने संम्पर्ूण्ा नेपालीहरुले सक्रिय सहभागी हुँदै नेपाली खानाका विभिन्न परिकारहरु बनाएर सवै अतिथिलाई खानाको स्वाद दिलाएका थिए ।
कार्यक्रम सफल पार्न सहयोग गर्ने संम्पर्ूण्ा नेपाली दाजुभाई, दिदीबहिनी, संघसंस्थाहरु सवैमा आयोजक अन्तराष्ट्रिय कलाकार मंचका अध्यक्ष रामप्रसाद खनाल र अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष सागर कंडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै धन्यवाद र आभार प्रकट गर्नुभएको छ । विज्ञप्तिमा सगरमाथा टिभी, नेपाल होराइजन्स डटकम, डिसी नेपाल डटकम, रेडियो दोभान, नेपाल मदर डटकम र विश्व परिक्रमालाई समेत विशेष धन्यवाद ज्ञापन गरिएको छ ।