संयोग र दुर्घटनाले केही दललाई तत्काल फाइदा र घाटा भए पनि नेपाली राजनीतिको भविष्यलाई अन्धकारमा पार्ने निश्चित छ
विभिन्न दलका आ-आफ्ना उम्मेदवार र सर्तका कारण देश अहिले नेतृत्वविहीन छ । बहुमतीय र सहमतीय सरकार बनाउने घरदैलो अभियानले पनि कुनै अर्थयुक्त समीकरण बनाउन सकेको छैन । दलहरूले सहमतीय सरकार बनाउन नसके पनि बहुमतीय सरकार त दिनुपर्ने हो । तर, दुई-दुईपटकका चुनाव कसैको समर्थन, कसैको विरोध र कसैको तटस्थताले गर्दा प्रधानमन्त्री चुन्न असफल भइसकेको अवस्थामा अबको तेस्रो चुनाव पनि तात्विक रूपमा भिन्न होला भन्ने कुनै आधार अहिलेसम्म देखिएको छैन । १७ साउन धेरै टाढा छैन, तर दलहरूको चाला र ढिपी देख्दा भने प्रधानमन्त्रीय तेस्रो चुनाव पनि ँहात्ती आयो, हात्ती आयो फुस्सा’ होला जस्तो देखिन्छ ।
हिजो राजतन्त्रविरोधी आन्दोलनको एउटै मोर्चामा सँगै उभिन सक्ने प्रधानमन्त्रीका प्रत्याशीद्वय माओवादीका पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका रामचन्द्र पौडेल राजनीतिक दल र नेताहरू नमिली नहुने अवस्था आज पनि छ । तर, यस्तो संकेत अहिलेसम्म देखिएको छैन । अझ मधेसी मोर्चामा आबद्ध दलको दृष्टिकोण पनि अहिलेसम्म स्पष्ट भएको छैन । मौका यही हो भनेर सम्भव-असम्भव मागको भारी प्रधानमन्त्रीका दुवै प्रत्याशीलाई बोकाइरहेका छन् उनीहरू । उनीहरूका माग हेर्दा कुनै पनि प्रत्याशीले सबै मागमा सहमति गर्न सम्भव छँदै छैन । अर्कातिर आफ्ना प्रत्याशीले जित्ने सम्भावना हुँदाहुँदै पनि उम्मेदवारी फिर्ता लिएर पछि हटेको एमाले सहमतीय सरकारको रट लगाएर तटस्थताको नाटक गरिरहेको छ । आखिर देशलाई सहमतीय या बहुमतीय जुनसुकै नामको भए पनि सरकार अविलम्ब चाहिएको छ ।
यस्तोमा यो वा त्यो बहानामा देशलाई अनिर्णयको बन्दी बनाइनु कुनै पनि अवस्थामा जायज मान्न सकिन्न ।
प्रधानमन्त्रीय चुनावको नौटंकीसँगै दलहरूभित्र रडाको सुरु भएको छ । माधव-केपी समूहले एमालेका झलनाथ खनालको प्रधानमन्त्री बन्ने सपनामा तुषारापात गरिदिएपछि एमालेभित्र अर्को रडाको जन्मेको छ । अहिलेको अवस्थामा पुरानै निर्णयमा अडिग रहेर तटस्थताकै रट लगाइरहने वा निर्णय उल्ट्याएर दुईमध्ये कुनै एक प्रत्याशीलाई मतदान गर्ने भन्ने विवाद एमालेभित्र चर्किंदै गएको छ । यो विवाद चर्कदै गए सहमतिको सरकार नभएसम्म सरकार नबनाउने र कांग्रेसलाई समर्थन गर्नुपर्छ भन्ने विवाद चर्कने र त्यसले एमालेमा अर्को दुर्घटना निम्त्याउने खतरा बढेको छ । कुनै दल र कुनै समीकरणमा जुट्ने संयोग र दुर्घटनाले केही दललाई तत्काल फाइदा र घाटा भए पनि नेपाली राजनीतिको भविष्यलाई अन्धकारमा पार्ने निश्चित छ । त्यसैले अहिले दल र गुटबीच समूल रूपमा अस्तित्व विघटनको होइन, अधिकतम रूपमा परस्पर सहयोग र सहकार्यको आवश्यकता छ । अधिकतम रूपमा सहयकार्यका लागि सबै दल तत्पर हुनैपर्छ ।
naya patrika
Friday, July 30, 2010
नेपालले पहिलोचोटि विश्वकप खेल्दा...
ठूलै भाग्यले गर्दा आफ्नै नातिले विश्वकपमा खेलेको प्रत्यक्ष हेर्न पाइयो । त्यही पनि आफ्नै देशमा । ओहो ! हेर-हेर कति राम्रो देखिया छ केटोलाई, मैदानमा । सबैलाई छलाउँदै, झुक्याउँदै भकुन्डोलाई लात्तै-लात्ताले हान्यो, गोल गर्यो, कस्तो मज्जा !
'लौ है, त्यो १० नम्बरको जर्सी लगाउने नेपाली टिमको ठिटोचैँ मेरो नाति हो' भनेर बेस्सरी कराउने मन छ । तर, बूढो बौलाएछ भन्लान् भन्ने डर । सावाँको भन्दा ब्याजको माया भएजस्तै छोराको भन्दा यो नातिको खुब माया लाग्छ । हेर्नुस् न, यो बुढेसकालमा यसलाई पिठ्युँमा बोकेर मैदान वरिपरि घुम्ने रहर छ । मैदानमा यसको नाम लिँदै हुटिङ गरिरहेका दर्शकलाई पनि 'अझै हुटिङ गर' भनौँ कि जस्तो लाग्छ । तैपनि, मनमनै खितखिताउनु, खुसी हुनु, उसले हात उठाउँदा आफूले पनि हात उठाउनु, यसैमा छ मज्जा । भन्दाभन्दै उसले गोल हान्यो । सबै नेपाली दर्शक उत्तेजित भएका छन् । नेपाली झन्डा र्फपmराइरहेको छ । बुढेसकालमा भगवान्को भजनभन्दा त यो विश्वकपको रौनक पो रमाइलो लागिरहेछ । १० वर्षको उमेरदेखि नै यो भकुन्डो खेल्न मरिहत्ते गथ्र्यो । पढ्नभन्दा यही भकुन्डो खेल्नै रमाइलो छ हजुरबा भन्थ्यो । म उसका बाउ-आमालाई कोठामा पढ्न गएको छ भनेर खेल्न पठाइदिन्थेँ । हेर्नुस् हजुरबा, म यही खेलबाट हाम्रो देश नेपालको नाम विश्वमा फैलाउँछु भन्थ्यो ।
सानैदेखि यो नाति प्रश्नहरू सोधेर हैरान गथ्र्याे । हजुरबा तपाईंहरूको जमानामा केही खेल खेल्नुभएन ? एकदिन हैरान गर्यो । के भनौँ, भनौँ भयो— खेल्याथ्यौँ, खेल्याथ्यौँ । हाम्रा पालाँ वास्तवमा विश्वकपभन्दा त्यो कुर्सी तानातान खेल खुब 'हिट' थियो । कुर्सीको खेल रे ? उसले कहिल्यै नसुनेको खेल सुनेर छक्क पर्यो । यसको पालामा यो खेल खेलिने भए पो छक्क नपरोस् त । देश चलाउने नेताहरू नै कुर्सी तानातान गर्न मैदानमा उत्रन्थे । हामी युवा दर्शक भने कालो, रातो झन्डा लिएर सडकमा उत्रन्थ्यौँ । सडकै जाम हुनेगरी उत्रँदा नेताहरू अझ हौसिन्थे ।
हाम्रो पालाका नेता र यसका पालाका नेताबीच आकाश-पातालको फरक छ । हाम्रो पालामा नेताहरू कुर्सीमा बस्न भनेपछि जुको टासिएजस्तै हुन्थे । तर, यसका पालामा त आफूले गरेको प्रतिबद्धता पूरा गर्न सकेनन् भने राजीनामा दिइहाल्छन् । अर्काे आत्मविश्वासी, आफूले गरेको प्रतिबद्धता पूरा गर्न दृढ, भाषणले भन्दा कामले जनताको मन जित्नेले अवसर पाइहाल्छ ।
कुन्नि के कारणले हो, सहभागिताको पहिलो वर्षमै नेपालले विश्वकप आयोजना गर्ने मौका पाएको छ । सहभागिताका लागि खेलाडी छनोट गर्न विभिन्न राज्यबीच खुब भिडन्त चलेको थियो । हरेक राज्यका थुप्रै क्लबलाई भिडाएर उनीहरूले राम्रो खेलाडी छनोट गर्दै गणराज्यभरिका एक-एकजना सब से च्याम्पिन खेलाडी मिलाएर एउटा राष्ट्रिय टिम बनाइएको छ । सबै राज्यका राम्रा-राम्रा खेलाडीले भरिएको यो टिमलाई मैदानमा हेर्दा लाग्छ— विश्व नै हल्लाउने आँट भएका एकहुल केटाहरू एकै उद्देश्यमा होमिएका छन् ।
'गोल, गोल, गोल...' सबै दर्शक कराए । फाइनल खेल हो यो । सायद समय पनि धेरै छैन । मैले पनि बार्दलीतिर तन्कँदै दुरबिनलाई बेस्सरी समाएँ । नाति जता जान्छ उतै ध्यान दिइरहेको छु । अरू दर्शकले जस्तै । नभन्दै मेरो नातिले भकुन्डो अगाडि बढायो । दुवै टिमको यसअघिको अंक बराबर भएको र समय पनि संघारमा पुगेकाले उसले यो क्षण गोल गरेमा नेपालले विश्वमा एकपटक सगरमाथाको जस्तै उचाइ लिने थियो । बल उसले अझै अगाडि बढाइरहेको छ । झन्डै विपक्षले छोएको । धन्न छलायो । उसले गोलपोस्टमा प्रहार गर्यो । 'गोल नाति, गोल !' भन्दै म कराएँ । सबै दर्शक उचालिए । चिच्याए । म बङ्लंग पछारिएँ ।
हैन, गोल भयो कि भएन ? म त खाटबाट पो पछारिएको रहेछु । एक महिनासम्म विश्वकपको रौनकको 'ह्याङओभर' भएको मैले कस्तो सपना देखेछु । साथीले म कराएको थाहा पाएर लात्ताले हानेछ, निद्रा बिथोलेको भनेर । सपना सम्झाउँदा कसैको पनि हाँसो थामिएन । छोरो पाउने कहिले-कहिले भोटो सिउने अहिले भनेजस्तो बिहे नै नभएको मैले अचम्मको सपना देखेछु ।-कृष्णचन्द्र बन्जारा
Tuesday, July 27, 2010
एसएलसीको भूत र मिडिया
एसएलसीलाई वर्षौंदेखि नेपालको शैक्षिक क्षेत्रमा सबैभन्दा महत्वपूर्ण तहको रुपमा अपव्याख्या गरिँदै आइएको छ । मिडियाले दिएको आइरन गेटको नाम पनि चर्चित भएको छ । नेपालको शैक्षिक व्यवस्था अनुसार एसएलसी परीक्षा १० वर्षे विद्यालय तहको अन्तिम परीक्षा हो जुन पास गरेपछि क्याम्पस पढ्न पाइन्छ । एसएलसी पास गर्दा विद्यार्थी को सरदर उमेर १५ देखि १९ वर्षसम्मको हुन्छ । तर दुर्भाग्यपूर्ण पक्ष के छ भने एसएलसी पास गरेको विद्यार्थीले स्वरोजगारको लागि कुनै व्यवहारिक शीप जानेको हुँदैन ।विद्यालयमा घुँडा धसेर सिकेको ज्ञानले उसलाई खेती गर्न आउँदैन गाडी चलाउन आउँदैन कम्प्युटर बनाउन आउँदैन फर्निचरको काम गर्न आउँदैन कस्टमर सर्भिसको काम गर्न आउँदैन । एसएलसी त केवल दशकौं अघिका शासकहरुले शिक्षित र अशिक्षितबीचको स्पष्ट विभाजन कायम गर्न सुरु गरेको एउटा डरलाग्दो प्रथा हो । एसएलसीको जुन ढंगले मिडियाले प्रचार प्रसार र बढाइचढाईं गर्दै आएको छ त्यसले यस प्रथालाई थप मलजल गरेको छ । विद्याथीमाझ एसएलसी नामको डरलाग्दो भूतको सिर्जना पनि मिडियाले गरेको हो । जसको कारण उतीर्ण हुनेको आँकडा कहिल्यै पनि सन्तोषजनक हुन सकेको छैन । विद्यालय तहको एउटा सामान्य परीक्षा जसबाट आर्थिक रुपमा न देशलाई फाइदा छ न विद्यार्थीलाई नै त्यसलाई अतिरिाजत रुपमा प्रचार प्रसार गर्नु जरुरी छ कि छैन । बहस आवश्यक छ ।
सरकारले सन् २०१५ देखि लागू गर्ने भनिएको योजनामा विद्यालय शिक्षालाई १२ कक्षा सम्म बढाएर लाने प्रस्ताव छ । विद्यालयमा के पढाइने भन्दा पनि कसरी पढाइने भन्ने कुरामा मात्र केन्द्रित भइयो भने यो योजना पनि हावादारी हुनेछ । यद्यपी हाल कायम रहेको एसएलसी कुप्रथालाई हल गर्न र विद्यार्थीको मनबाट एसएलसी भूतलाई हटाउन यो योजना सहयोगी हुने अपेक्षा गर्न सकिन्छ । तर यस योजनालाई एकातिर मिडिया आफैंले समर्थन र सुधारका लागि खबरदारी गर्दै आएका छन् भने अर्कातिर त्यही मिडियाले एसएलसीको परम्परागत धारणालाई सघाउ पुग्ने सामगि्र प्रकाशन-प्रसारण गर्दै आएका छन्।
सरकारले केही वर्ष पहिले नै एसएलसीमा बोर्ड प्रथम हुने व्यवस्था खारेज गरेको थियो । अस्वस्थ प्रतिस्पर्धालाई हटाउन गरिएको उक्त कदमको स्वागत पनि भएको थियो । तर हाल आएर एसएलसीमा अन्धाधुन्ध बोर्ड टपर घोषणा गरिदिने नयाँ निकाय देखा परेको छ त्यो हो मिडिया । एसएलसी नतिजा प्रकाशन भए लगत्तै पत्रपत्रिकाले स्कुले शिक्षक र अभिभावकको दाबीलाई हवाला दिँदै बोर्ड टपरका नाम उद्घोष गर्न थाले । यो मिडियाको अत्यन्त गैरजिम्मेवार चरित्र हो । खारेज भइसकेको व्यवस्थालाई मिडियाले सहयोग गर्नु भनेको खारेज भइसकेका राजतन्त्र पाचायत र रााणाशासन जिउँदै छ भन्नु जस्तै हो।
अर्को प्रसङ्ग यसपटक एसएलसीको परीक्षामा आएका उपलब्धिलाई पत्रिकामा छापिँदा शहरका र निजी स्कूलका विद्यार्थी नै हावी भए । समान अंक ल्याउने पोखराका जुम्ल्याहा दिदी बहिनी सेन्ट मेरिज स्कुलमा पढेका रहेछन् विशिष्ट श्रेणीमा छोरा पास हुँदा प्रथम श्रेणीमा पास हुने भक्तपुरकी महिला परीक्षा दिन चाहिँ पास गर्न मलिलो भूमि मानिने बारा पुगेकी रहिछन् । राजधानीबाट विशिष्ट श्रेणी ल्याउने तिम्ल्याहा प्राध्यापकका सुपुत्र हुन् । नागरिक दैनिकले त बोर्ड टपर हुने छात्र छात्राको नाम नै बकाइदाले घोषणा गरिदियो उनीहरुको भावी योजना सहित।
मेधावी विद्यार्थीहरुलाई मिडियामा स्थान दिने मौका हो यो । तर मिडियामा कुन स्थान दिने भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ । परीक्षाफल प्रकाशित भएको लगातार ३ दिनसम्म विशिष्ट अंक ल्याएर पास भएकाहरु मात्र फ्रन्ट पेजमा छाइरहे । फेल हुने ३६ प्रतिशत विद्यार्थी किन कहिँ अटाएनन् परीक्षा दिने शत् प्रतिशत विद्यार्थीको सपना एउटै थियो होला । तर राज्यको एउटा अवैज्ञानिक र अव्यवारिक व्यवस्थाबाट वलात्कृत भएका बाँकि ३६ प्रतिशत सपनालाई स्वतन्त्र मिडियाहरुले पनि किन लात हाने
एसएलसी शिक्षा प्रणालीको एउटा महत्वपूर्ण पाटो कहिल्यै हुन सकेन । यो केवल सामाजिक विभेद र स्टाटस सिम्बोलको परिचायकका रुपमा मात्र रह्यो । सुधारको लागि मिडिया सहयोगी र जिम्मेवार हुनै पर्छ ।
र अन्त्यमा...
एसएलसीको परीक्षाफल प्रकाशित हुनुभन्दा साताअघि एक ठूलो प्रकाशन गृहको क्यान्टिनमा भाँडा माझिरहेका सिन्धुपाल्चोकका सुमन चालिसे भेटिए । एसएलसी दिएपछि घरको कमजोर आर्थिक अवस्था उकास्ने सपना बोकेर यी १६ वर्षे ठिटो शहर पसेका रहेछन् । उनको विद्यालय जीवनलाई पढाइ र रहरले भन्दा पनि अभाव र गरिबीले थिच्यो । उनलाई एसएलसीमा पास हुने समेत झीनो मात्र आशा रहेछ । पास भए घर फर्केर गाउँकै क्याम्पस पढ्ने नभए शहरमा मजदुरीलाई निरन्तरता दिने उनको स्पष्ट योजना थियो । अहिलेको परीक्षामा विशिष्ट श्रेणी ल्याएर प्लस टु पास पछि विदेश गएर भाँडा माझ्ने या नेपालमै भनेजस्तो विषय पढेर डाक्टर इन्जिनियर र न्युरो सर्जन हुनेहरु भन्दा सुमन चालीसे सत्र्चार माध्यमका लागि महत्वपूर्ण हुनु पर्ने हैन र?- कमलकुमार

Monday, July 26, 2010
Wednesday, July 21, 2010
अन्तराष्ट्रिय कलाकार मंच, र अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा सांस्कृतिक कार्यक्रम, वनभोज साथ साथै अभिनन्दन र सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न
वरिष्ठ कलाकार तथा प्राज्ञ हरि बहादुर थापा, वरिष्ठ नायक, नायिकाद्वयः सरोज खनाल र पूजा चन्दलाई अभिनन्दन, ५ मिडिया र २ समाजसेबीलाई सम्मान
भर्जिनिया, अमेरिका/ अन्तराष्ट्रिय कलाकार मंच, अमेरिका र अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा अमेरिकाको मनासस सहर नजिक हेमार्केटको डोमिनियन भ्याली, जेम्स पार्कमा सांस्कृतिक कार्यक्रम, वनभोज साथ साथै अभिनन्दन र सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष सागर कंडेलको सभापतित्व र चर्चित उद्घोषिका एवं कलाकार रचना सिंहको आकर्ष संचालनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै अमेरिकाका लागि नेपाली राजदूत डा. शंकर शर्माले यस प्रकारको कार्यक्रमले आफूलाई खुसी लागेको बताउँदै अन्तराष्ट्रिय कलाकार मंच र सहयोगी समाज दुवैलाई धन्यवाद व्यक्त गर्नुभयो । वहाँले स्थापनाकालको छोटो अवधिमा मंच र समाजले खेलेको भूमीकाको प्रशंसा गर्दै अभिनन्दित र सम्मानित व्यक्तित्वहरुलाई समेत बधाई ज्ञापन गर्नुभयो । अन्तराष्ट्रिय कलाकार मंचका अध्यक्ष रामप्रसाद खनालले कार्यक्रम सफल पार्न सहभागी सवै नेपालीहरुप्रति आभार प्रकट गर्दै वनभोज, सांस्कृतिक कार्यक्रम, अभिनन्दन र सम्मान कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो । एएनएका उपाध्यक्ष मेदिनी अधिकारी एवं एएनएका पर्ूव अध्यक्ष समाजसेवी कृष्ण निरौलाले मंच र समाजका यस प्रकारका कार्यक्रमले आफू उत्साहित भएको बताउँदै धन्यवाद ज्ञापन गर्नुभयो ।
बरिष्ठ नाट्यक्रमी, कलाकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठान प्रतिष्ठानका उपाध्यक्ष हरि बहादुर थापाले आफूहरुले स्थापना गरेको अर्न्राष्ट्रिय कलाकार मंचका विगतका अनुभवहरु र आगामी कार्यक्रमबारे प्रकाश पार्दै उक्त कार्यक्रम आयोजनाका लागि मंच र समाज दुवैलाई धन्यवाद दिनुभयो । मंचका उपाध्यक्ष समेत रहेका थापाले नेपाल साहित्य, कला तथा संगीत प्रतिष्ठानले मंचसँग मिलेर आगामी दिनमा अरु कार्यक्रमहरु ग्ार्ने सोचाई रहेको बताउनुभयो ।
बरिष्ठ कलाकार तथा नायक सरोज खनालले आफू यस प्रकारको कार्यक्रमबाट प्रसन्न रहेको बताउदै आगामी दिनमा अर्न्राष्ट्रिय कलाकार मंचसँग मिलेर अघि बढ्न चाहेको बताउनुभयो ।
बरिष्ठ कलाकार तथा नायिका पूजा चन्दले अमेरिकामा रहेर पनि नेपाली संस्कृति र परम्पराको जगर्ेना गर्न मंच र समाजले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाका अध्यक्ष बसन्त श्रेष्ठले छोटो समयमै अन्तराष्ट्रिय कलाकार मंच र अमेरिका नेपाल सहयोगी समाजले अमेरिकामा राम्रा राम्रा काम गरेको स्मरण गर्दै धन्यवाद दिनु भयो ।
अमेरिका नेपाल सोसाइटिका अध्यक्ष खेम भट्टचन, नेपाल एजुकेशन एण्ड कल्चर सेन्टरका उपाध्यक्ष प्रेम संग्रौला, कला साहित्यका हस्ति, प्राध्यापक एवं मिडिया र विज्ञापन विशेषज्ञ राजेन्द्र शलभ, रेडियो दोभानका अध्यक्ष एवं नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष नगेन्द्र पौडेल, सगरमाथा टिभीका सम्पादक नीलु खरेल, डिसी नेपाल डट कमका संचालक रामहरि सुवेदी, विश्व परिक्रमा पत्रिकाका संपादक साहित्यकार गोविन्द गिरी प्रेरणा, नेपाल होराइजन्स डटकमका संचालक सुबुप्रताप केसी आदिले पनि कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको प्रथम चरणमा वरिष्ठ कलाकार तथा प्राज्ञ हरि बहादुर थापालाई, त्यसैगरि वरिष्ठ नायक, नायिकाद्वयः सरोज खनाल र पूजा चन्दलाई वहाँहरुले आ-आफ्नो विधा र कलाकारिताका क्षेत्रमा पर्ुयाउनु भएको योगदानका लागि अन्तराष्ट्रिय कलाकार मंच, अमेरिका केन्द्रिय समिति, अमेरिका नेपाल सहयोगी समाज, अमेरिका नेपाल सोसाइटी, नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाका तर्फाट सामूहिक रुपमा अभिनन्दन गरिएको थियो । अभिनन्दित तीनै जना कलाकारहरुलाई अन्तराष्ट्रिय कलाकार मंचका अध्यक्ष रामप्रसाद खनाल र अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष सागर कंडेलले माला लगाइदिनु भएको थियो भने राजदूत डा. शंकर शर्माले अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो ।
यसैगरि कार्यक्रममा सगरमाथा टिभी- संपादक नीलु खरेल, नेपाल होराइजन्स डटकम- संचालक सुवुप्रताप केसी, डिसी नेपाल डटकम- संचालक रामहरि सुवेदी, रेडियो दोभान- अध्यक्ष नगेन्द्र पौडेल, विश्व परिक्रमा पत्रिका- संपादक एवं साहित्यकार गोविन्द गिरी प्रेरणा, अर्न्राष्ट्रिय कलाकार मंच र सहयोगी समाज दुवै संस्थालाई सधै सहयोग, सद्भाव, प्रेरणा दिनुहुने, समाजसेवी व्यक्तित्वहरु, यस क्षेत्रका लोकप्रिय अभिभावकद्वय गोविन्द मैनाली र राजीव मैनालीलाई मंच र समाज दुवैका तर्फाट सम्मान गरिएको थियो । सम्मानित सवैलाई राजदूत शर्माले सम्मान पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन सहित अध्यक्ष सागर कंडेलले पहिलो चरणको समापन गर्नुभएको थियो ।
कार्यक्रमको दोश्रो चरणमा भएको सांस्कृतिक कार्यक्रममा नायिका एवं नृत्यांगना अनुपमा प्रसाइको निर्देशनमा तयार पारिएका नृत्यहरु, गीत, कविता र अन्य प्रस्तुतीहरु समावेश थिए । दोश्रो चरणको कार्यक्रम संचालन समाजका सचिव मुक्त पौडेल र धन्यवाद ज्ञापन समाजका उपाध्यक्ष कमल भट्टर्राईले गर्नुभएको थियो । सांस्कृतिक कार्यक्रममा कवि प्रकाश नेपाल र नायिका पूजा चन्दले कविता, रामप्रसाद खनालले गीत, र शुशील दिक्षितले चुट्किला प्रस्तुत गर्नुभएको थियो भने आकृति खनाल, आयुसा खनाल, ज्योति कार्की, रुपेश कार्की, साकार बुढाथोकी, अनु संग्रौला, रित संग्रौला, एलिना पौडेल, मनस्वी संग्रौला, स्वीकृति दाहाल, सुरेश खनाल, सुष्मा खनाल आदिले नृत्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा करिव एक हजारभन्दा बढी नेपालीहरु सहभागी थिए भने अन्तराष्ट्रिय कलाकार मंच र अमेरिका नेपाल सहयोगी समाजको आहृवानमा भएको पटलक वनभोजमा यस क्षेत्रमा बसोबास गर्ने संम्पर्ूण्ा नेपालीहरुले सक्रिय सहभागी हुँदै नेपाली खानाका विभिन्न परिकारहरु बनाएर सवै अतिथिलाई खानाको स्वाद दिलाएका थिए ।
कार्यक्रम सफल पार्न सहयोग गर्ने संम्पर्ूण्ा नेपाली दाजुभाई, दिदीबहिनी, संघसंस्थाहरु सवैमा आयोजक अन्तराष्ट्रिय कलाकार मंचका अध्यक्ष रामप्रसाद खनाल र अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष सागर कंडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै धन्यवाद र आभार प्रकट गर्नुभएको छ । विज्ञप्तिमा सगरमाथा टिभी, नेपाल होराइजन्स डटकम, डिसी नेपाल डटकम, रेडियो दोभान, नेपाल मदर डटकम र विश्व परिक्रमालाई समेत विशेष धन्यवाद ज्ञापन गरिएको छ ।

Subscribe to:
Posts (Atom)