Wednesday, September 8, 2010

मनाससमा(2067) तीजको अबसरमा एक भब्य कार्यक्रम संम्पन्न



अमेरिका नेपाल सहयोगी समाज र अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा महिलाहरुको प्रसिद्ध नेपाली चाड तीजको अबसरमा मनासस शहरमा तिज महोत्सब भब्य रुपमा हिजो सम्पन्न भयो। वासिङ्टन डिसीको नजिकै भर्जिनियाको मनाससमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य मात्रामा महिला तथा जनसमुदायको उल्लासपूर्ण सहभागीता रहेको थियो ।रातो साडी, रातो चुरापोते र गहनाले भरिभराउ भएका नेपाली चेलीहरुले उक्त अबसरमा परम्परागत तिजका गीतहरु गाउनुको साथै खुट्टा दुखिन्जेल सुन्दर न्रित्य प्रस्तुत गरेका थिए । मधुरो प्रकाश, सुमधुर संगीत र सुन्दर चेलीहरुका छमछमले तिज महोत्सब साच्चै नेपालमय भएको थियो ।

नेपाली राजदुताबासका प्रथम सचिब आनन्द शर्माले यस्ता कार्यक्रमले नेपाली बिचको सम्बन्ध सूदृढ र प्रबल हुने कुरामा जोड दिंदै नाचेर उदघाटन गर्नु भएको तिज महोत्सबमा अन्तराष्ट्रिय कलाकार मँचका अध्यक्ष्य रामप्रसाद खनालले सबैलाई स्वागत गर्दै बिभिन्न ९ संस्था लाई साथमा लिएर यस्तो कार्यक्रम आयोजना गरिएको बताउनु भयो । बरिस्ठ चलचित्र नायक सरोज खनालले उक्त कार्यक्रमले नेपाली कला र सँस्कृतिलाई जगेर्ना गर्न टेवा पुग्ने बताउनु भयो। साथै अक्टोबर ९ मा हुने नेपाली कलाकार हरुको कार्यक्रममा सबैलाई आमन्त्रण पनि गर्नु भयो । अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष्य सागर कंडेल लगायत मुक्त पौडेल र कमल भट्टराईले सबै चेलीहरुलाई ब्यस्त समयको बाबजुद आफ्नो सन्स्कृतिको सम्रक्षण,प्रबर्दन,जगेर्ना र बिकासको लागि यस्ता कार्यक्रमहरु बर्सेनी हुनुपर्छ भन्नुभयो भने उपस्थित सबैमा कमला खरेलबाट रचित तीजकै गितले महिलाहरुले स्वागत गरेका थिए। वर्षभरीका दुख पिडा भुलेर अत्यन्त हर्सोल्लासका साथ सम्पन्न सो कार्यक्रम Manassas, Chantilly, Fairfax, Woodbridge, Gainesville, DC, Maryland, Virginia Area मा बस्ने नेपालीहरु र केही बिदेसी पाउनहरुले समेत कार्यक्रमबाट भरिपूर्ण आनन्द लिएका थिए। करिब एक हजार भन्दा बढी नेपाली उपस्थित उक्त तिज महोत्सब अत्यन्त रोचक, आकर्सक, र स्तरिय भएको दर्शकहरुले टिप्पणी गर्दै थिए । सो अबसरमा रहेका नेपाली दिदी बहिनी को रातै भेसको उपस्थिती हेर्न लायक थियो ।