Sunday, September 26, 2010

सीएनएन हिरो अफ द एअरको दाबेदारिमा अनुराधा कोइराला


अमेरिकी टेलिभिजन संस्था सीएनएन ले ३ वर्षदेखि प्रदान गर्दे आएको प्रसिद्ध सीएनएन हिरो पुरस्कारको दाबेदारिमा नेपालमा महिला तथा बालबालिका बेचबिखन रोक्न आफ्नो महत्पपूर्ण योगदान गरिरहनुभएकी माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला पर्नुभएको छ । अमेरीकाको जर्जियामा आफ्नो मुख्य कार्यालय रहेको उक्त संस्थाले संसारभरमा मानव अधिकार, सामाजिक वातावरण र राजनितिक क्षेत्रमा विशेष योगदान गर्नेलाई मनोनयनमा पार्ने गर्दछ । विश्वभरबाट हजारौको संङख्यामा दाबेदारीमा परेका मध्येबाट २५ जना विश्व नायकमध्येबाट पनि नेपालकी अनुराधा कोइराला उत्कृष्ट १० मा पर्न सफल हुनुभएको हो । सीएनएन टेलिभिजनले बिहिबार राति सार्वजनिक गरेको नतिजामा कोइराला उत्कृष्ट दशमा पर्नुभएको हो । प्रतिस्प्रधामा रहेका उत्कृष्ट १० मध्येबाट पनि आगामि नोमेम्भर २५ मा हुने अनलाइन भोटिङको नतिजाले सीएनएन हिरोको छिनोफानो गर्नेछ । उत्कृष्ट १० मा परेको थाहा पाएलगक्तै माइती नेपालका तर्फबाट एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको थियो । उहाँले 'अधिकार विहिनलाई रक्षा गरेकोमा' उक्त मनोनयनमा पर्न सफल हुनुभएको सार्वजनिक गरिएको नतिजामा उल्लेख गरिएको छ । यस्तै बिहिबार नतिजा बाहिर आएपछि शुक्रबार कोइरालालाई एक सम्मान कार्यक्रमको आयोजना पनि गराइएको थियो । आफु उत्कृष्ट दशमा परेकोमा खुसी व्यक्त गर्दे कोइरालाले सम्पूर्ण नेपाली इन्टरनेट प्रयोगकर्तालाई भोट गर्न अनुरोध पनि गर्नुभएको छ । नेपाली समाज र मिडियाको सहयोगले आफु उत्कृष्ट दशमा पर्न सफल भएको भन्दै उहाँले अब आफुलाई सीएनएन हिरो बनाउने महत्वपूर्ण सहयोग पनि नेपाली समाज र मिडियाको रहेको सम्मान कार्यक्रममा बताउनुभएको थियो । ओखलढुङ्गामा गुरुङ परिवारमा जन्मेर भारतको कोलकक्ताबाट स्नातक गर्नुभएकी कोइरालाले १७ वर्षअघि 'माइती नेपाल'को स्थापना गर्नुभएको थियो । 'माइती नेपाल' खासगरी चेलीबेटी बेचबिखनविरुद्ध कार्यरत संस्था हो, यसबाहेक उक्त संस्थाले विदेशमा यातना पाउने, असाहाय र अन्यायमा परेका महिला, घरेलु हिंसाबाट पिडित महिला र एच.आइ.भी. पिडित महिलाहरुलाई विशेष सहारा बन्दै आएको छ । अनुराधा पौडेललाई अनलाइन भोटिङ गर्न www.cnn.com/heros मा गई विनासर्त भोट गर्न सकिन्छ ।