Friday, May 29, 2009

सधै भरी - जीवनमा सम्झनु पर्ने केही उपयोगी कुराहरु

मानव जीवनको ३ परम उद्देश्य :- दू:ख निवृति, स्वतन्त्रता र अमरता ।
मानिशमा नभई नहुने ३ गुणहरु :- आत्मानुशासन, प्रेम र सहयोग ।
यी ३ कुराहरु बाट सधै बच्ने कोशिस गर्नु पर्छ :- ख़राब संगत , स्वार्थ र निन्द्रा ।
यी ३ कुराहरुमा मन लगाए पछि उन्नति हुन्छ :- श्रम , विधा र इश्वर ।
हामी ले यी ३ जनाको सधै आदर गर्नु पर्छ :- आमा, बाबू र गुरुको ।
सधै भरी अधिनमा राख्नु पर्ने ३ कुराहरु :- काम , क्रोध र लोभ ।
यी ३ कुराहरुको याद राख्नु आवश्यक छ :- सोचाइ , कर्तब्य र मृत्यु ।
कसैले चोर्न नसक्ने ३ कुराहरु :- बुद्रि , सिप र हिम्मत ।
मानिश ले जिवनमा यी ३ कुराहरु एक पटक मात्र पाउछ :- आमाबाबु, सुन्दरता र जवानी ।
आफ्नो ह्रदयमा राख्नु पर्ने ३ कुराहरु :- दया, क्षमा र नम्रता ।
यी ३ कुराहरुलाइ कहिल्यै सानो नसम्झ :- शत्रु , ऋण र रोग ।
सबै लाइ प्यारो लाग्छ :- धन , सन्तान र पत्नी ।
हरेक क्षण आवश्यक पर्ने २ कुरा :- चनाखोपन र होशियारी ।
अरुलाई दिए पछि फिर्ता हुन गाह्रो पर्ने ४ कुराहरु :- पुस्तक , कलम , नारी र धन ।
गोप्य राख्नु पर्ने ८ कुराहरु :- आयु , धन, घरको भेद , मन्त्र , तप , दान, धर्म र अपमान ।
दया गर्नु पर्छ यी ५ जनाको :- बालक , वृद्र , भोकाएको मानिश , रोगी र असहाय ।
भब सागर बाट उत्रन खोज्नेले गर्नु पर्ने ३ कुराहरु :- भगवानको नाम, रूप र स्वरुपको ज्ञान ।
मनीशलाइ पतन गराउने ३ कुराहरु :- नारी , चुक्ली र झुटा ।
प्रतेक मनीश को अलग - अलग हुने ३ कुराहरु :- रूप , स्वभाब र भाग्य ।-बेदनाथ पुलामी

ज्ञानका दश मोतिहरू

१ जित्नका लागी केही चीज छ भने त्यो हो - प्रेम ।

२ पिउनका लागी केही चीज छ भने त्यो हो - क्रोध ।

३ खानको लागी केही चीज छ भने त्यो हो - दू:ख ।

४ दिनको लागी केही चीज छ भने त्यो हो - दान ।

५ देखाउनको लागी केही चीज छ भने त्यो हो - दया ।

६ लिनको लागी केही चीज छ भने त्यो हो - ज्ञान ।

७ बोल्नको लागी केही चीज छ भने त्यो हो - सत्य ।

८ त्याग्नको लागी केही चीज छ भने त्यो हो - इष्या ।

९ राख्नको लागी केही चीज छ भने त्यो हो - इज्जत ।

१० छोड्नको लागी केही चीज छ भने त्यो हो - मोह ।

Thursday, May 14, 2009

अमेरिका नेपाल सहयोगी समाज मनाससद्ररा NECCलाई रकम हस्तान्तरण


अमेरिका नेपाल सहयोगी समाज (America Nepal Helping Society ) को आयोजना र नेपाल एजुकेस्नल कल्चरल सेण्टर ( Nepal Educational Cultural Centre ) को सपोर्टमा नेपाली नयाँ बर्ष २०६६ को उपलक्ष्यमा अप्रिल २६ मा मनाससमा भब्य नेपाली साँस्कृतिक कार्यक्रम, पटलक पिक्निक सफलतापूर्बक सम्पन्न भएको थियो। सो अवसरमा नेपाली कल्चरल सेन्टरको सहयोगार्थ उठेको रकम आज एक कार्यक्रम बिच समाज अध्यक्ष सागर कंडेलले NECC अध्यक्ष डा.महेन्द्र कार्कीलाई हस्तान्तरण गर्नुभयो। उक्त कार्यक्रममा जम्मा १३६८१.११ डलर उठेको र कार्यक्रम सन्चालन गर्न खर्च भएको रकम ६८०.३९ कटाइ १३०००.७२ डलर हिसावको जानकारी NECC लाई दिइएको थियो। मन्दिर निर्माण सहयोगार्थ - सहयोगदाताहरु निम्न प्रकार हुनुहुन्छ।
1. RAJEEV, SUNANDA, ROHAN AND RONAK MAINALI $3,000.00
2. HEMANTA,MAYA,RAKCHYA & ROHAN ADHIKARI $1,211.11
3. DILIP&SUNITA NEPAL $1051.00
4. BISHNU & NIRMALA SHRESTHA &1011.00
5. RAMESH+KABITA & BRABESH BASHNET $1,011.00
6. DR GUN AND JUDI SUBEDI $1,001.00
7. MADHU,MINA,KISHOR AND KAJAL PANTHI+SHIVA ACHARYA $502.00
8. BHIM AND GOPAL REGMI $501.00
9. SAGAR KANDEL $501.00
10. THAKUR PUDASAINI $501.00
11. KAMAL,MANJU,KIRTI AND MILAN BHATTARAI $365.00
12. RISHI RAM+PABITRA,RAM PD+TIRTHA KHANAL $201.00
13. GOPAL KRISHNA SHARSHWATI AND SUNIL KHAREL $200.00
14. DILLI KANDEL $151.00
15. GAGAN KUNWAR $151.00
16. RAMESH AND MANJU KARKI $151.00
17. TILAK AND KAMALA KHAREL $151.00
18. JAGANNATH SHARMA $111.00
19. ANANTA AND PRARTHANA TIWARI $101.00
20. DEVI AND DEVINDRA PARAJULI $101.00
21. INDRA AND UTTRA SHRESTHA $101.00
22. ISHWARI AND PUSHPA PAUDEL $101.00
23. MUKTA PAUDEL $101.00
24. PADAM+MAYA NIREAULA $101.00
25. PRAMOD AND BIMALA BHATTA $101.00
26. UTTAM AND URMILA ADHIKARI $101.00
27. ANUP BHADRA $100.00
28. SUDHIR RAJ AND MANJU GAUTAM $100.00
29. ANIL LAMICHANI $51.00
30. BABU RAM SHARMA $51.00
31. BRAJESH POKHAREL $51.00
32. GOPAL AND DURGA SHARMA $51.00
33. GURU BHAGABATI $51.00
34. HUM AND SUBHA ALE $51.00
35. KRISHNA AND BINA GALAL $51.00
36. MADHAV UPADHAYA $51.00
37. MUKESH MAYAK $51.00
38. NAVA RAJ+ SHRIYAKHATIWADA,SASHI KALA SHARMA $51.00
39. PADAM REGMI $51.00
40. MUKUNDA PRASAD ADHACARI $51.00
41. PITAMBAR AND LAXMI BHATTARAI $51.00
42. SHANKAR GYAWALI $51.00
43. TEK RAJ +MANJU GYAWALI $51.00
44. PRAKASH SUBADI $41.00
45. CHANDRA SHRESTHA $35.00
46. DIPENDRA ACHARYA $25.00


अमेरिका नेपाल सहयोगी समाज कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै नेपाली समुदाय र मन्दिर निर्माण मा सहयोग प्रदान गर्ने सबै धनबिरहरुलाई धन्यवाद ब्यक्त र आभार प्रकट गर्दछ।

Sunday, May 10, 2009

triying to slide

लाईफका प्रसेन्टेजहरु


५०% उमेर त सुतेर बितिसक्यो तपाईं भन्नुहोला कसरी? भनेर अब दिनभर जाग्ने रातभर सुत्ने गरेपछी आधा उमेर त सुतेर बिताएको भएन त? अहो!!! हामी त कुम्भकर्णनै रैछौ बस कुन्भकर्ण र हामीमा एती फरक छ कि हामी दिनदिनै सुत्छौ, उनी ६ महिना सुत्ने र ६ महिना उठ्ने गर्थे।

कहिले काहि लाग्छ यो दिएको उमेर छोटो छ। एकजना युरोपियन कबिलाई पनि आफ्नो उमेर सार्है छोटो लागेछ कुन अर्थमा लागेछ भने आफ्नो प्रेमिकाको ब्याख्या गर्न । यो अहिले पाएको जीवनमा त उनका प्रेमिकाको आँखा मात्र पनि प्रशंशा गर्न भ्याउदैनन रे। वा! लिटरेचर भन्ने चिज नै यस्तै जती कल्पनाको उचाइमा पुगे पनि हुने। यि त भए 18th century का कुरा अहिलेका प्रेमीलाई यस्ता कुरा सुनायो भने त झटारोले हिर्काउछन । बकम्फुसे कुरा भन्लान तर बकम्फुसे फूल त राम्रै हुन्छ भगवानलाई पनि त चढाइन्छ। आँखा हेरेर जिन्दजी बिताउनेमा त आँखाका डाक्टर मात्र होलान जस्तै आँखाका डाक्टर सन्दुक रुइत आँखानै हेरेर कत्ती अवार्ड पाइसके । आहा!! कत्ती लक्की आँखा हरु…..


१०% चाँही बाटो काटेर, हिंडेर काटियो होला कत्ती कामले हिडियो होला कत्ती बेकामले हिडियो होला । ५% चहि खादा खादै बित्यो होला कठै ज्यान पाल्न परि हाल्यो भातको लत बसेको छ, त्यही नखाइ नहुने बिहान बेलुका।


२०% पढाईमा बित्यो होला बिहान देखी बेलुका सम्म स्कुल, कलेज गयो फेरी घर आयो होमवोर्क गर्‍यो । दिनहरु कसरी बित्यो पत्तै भएन। 0.५% चाँही कलेज बङ्क सङ्क गरेर बित्यो होला सधैं पढ्न मन नलाग्ने कहिलेकाही कलेजबाट भाग्दा पनि रमाइलो नै हुने । 0.५% सरको पिटाइ खाएर बित्यो होला । पिटाइको पुरा गर्दा एकचोटि मैले दरो पिटाइ खाएको याद आयो । ४ मा पढ्दा म्याथ टिचर लक्ष्मण सर भन्ने हुनु हुन्थ्यो। साह्रै कडा मिजासका , सरको लौरो देखेरै डर लाग्ने । एक्दिन सबैलाई blackboard मा simplify गर्न लाउनु भयो र कसैलाई पनि सल्भ गर्न आएन र सबैलाई मेच माथि उठाउनु भयो मलाई अली म्याथ आउने भएकोले लास्टमा गर्न लाउनु भयो मैले पनि खराखर सल्भ गर्दिए ।


त्यसपछी त सरले सबलाई गएर गालामा झापड लगा भन्नु भयो मलाई त पर्नु फसाद पर्यो । आफु भन्दा धेरै ठुला ठुला अग्ला केटाहरुलाई र आफ्नै साथीहरुलाई कसरी झापड लाउने मैले त यो काम गर्न सक्दै सकिन अब झापड लाएर के गर्नु फेरी क्लास सके पछी केटाहरुले झापड बदला लिए भने त म दश गज पर पुग्थे, आफु त फुच्चे मान्छे। तेस्तै सोच्दा सोच्दै सर फेरी कुर्लिए, पिट भनेको सुनेनस फेरी सबैलाई स्कुलबाहिर चौरमा कुखुरा बनाएर राखिदिन्छु भने। अब सबैको अगाडि कुखुरा बन्नु भन्दा बरु साथीकै हातबाट झापड खान बेश लागेछ क्यारे सबै साथीहरुले पिट अर्चना भने अब म बडो दोधारमा परेर टेबल माथि चढेर एक्जना साथीको गाला बिस्तारै हातले के छोएको थिए सर त जङिएर तलाई पिटन आउदैन ल यता आइजा म सिकाउछु भनेर पाच औंलाको डाम बस्ने गरेर झ्याम्म हाने। त्यो झापडले ३ दिन सम्म गाला छोपेर हिंड्नु पर्‍यो साथीहरुले तेलले गाला मालिस गर्दिएको क्षण पनि बिर्सि नसक्नु छ।


१०% चाहि काम गर्दै बित्यो होला जब देखी काम गरियो सुत्न कम गरियो काममै लत बस्यो फेरी नयाँ नयाँ कुरो एकै चोटि सिक्न मन लाग्ने हाडी घोप्टे बानी।


बाकिको ४% चाँही परिवार सँग रमाइलो गरेर , साथी हरु सँग गफ चुटेर , टि.भी हेरेर , म्युजिक सुनेर आदी इत्यादी गरेर बिताइयो होला । यसरीनै लाइफका प्रसेन्टेजहरु हरु जोड घटाऊ हुँदै जान्छन उमेर बढदै जान्छ Denis Waitley का लाइफ सम्बन्धी सम्झनै पर्ने कुरा:

"Life is inherently risky. There is only one big

risk you should avoid at all costs, and that is

the risk of doing nothing.”
-archana

Friday, May 8, 2009

प्रचण्डको भिडियो काण्ड र मेरो सोचाइ...

सरकारले अवकाश दिएका प्रधान सेनापति रुक्मांगत कटवाललाई पुनःस्थापन गर्ने राष्ट्रपति डा. रामबरण यादवको निर्देशनले द्वैधसत्ता कायम गरेको भन्दै प्रधानमन्त्रि पुष्पकमल दाहालले राजीनामा दिएपछि नेपाली राजनीतिको एउटा अध्याय समाप्त भएको छ भने नयाँ अध्याय सुरु भएको छ। अवकाशको प्रकरणमा असन्तुष्टि जाहेर गर्दै माओवादी नेतृत्वको सरकारप्रति एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्डले राजीनामा गर्नुपर्ने स्थिति आएको हामी सबैलाई थाहा छदैछ । माओवादी सत्ता-कब्जाको रणनीतिमा लिप्त रहेको वा सत्तामा टाँसिएर सर्वसत्तावाद र अधिनायकवाद लाद्न उद्यत रहेको आरोपलाई व्यवहारतः खण्डन गर्दै प्रचन्डले सरकारबाट राजीनामा दिएर जनताको प्रशंसा पाउने काम गरेका थिए । मलाई पनि लागेको थियो साच्चिकै माओवादीले देश र जनताकालागि काम गर्दो रहेछ। तर बिडम्बना मेरो यो सोचाइ एक दिन पनि टिक्न सकेन। जब प्रचण्डको सत्ता कब्जा गर्ने योजनाको पर्दाफास भएका भिडिओ आज हेरेर सके। त्यसपछीको मेरो ब्यक्तिगत विश्लेसण- नेपालमा अहिले साबित भइरहेको सो हट केक घटनाक्रम,भिडियोमा प्रचण्डले बोलेका केही गोप्य कुरा अहिले आम जनमानसमा उजागर भइसकेका छन। भिन्न मतप्रति माओवादी कार्यकर्ताको असहिष्णुता जनतालाई थाहा छदैछ । देशमा हाल राष्ट्रपतिको कदमविरुद्ध माओवादीको विरोध अशिष्ट र अमर्यादित हुँदै गहिरहेको छ। अहिले सत्ता छाडेर सडकमा ओर्लिएको माओवादीले सदनलाई मर्यादित र जिम्मेवार बनाउन नदिएर सरकार छाडेर बनाएको नैतिक जमिन गुमाइसकेको छ। लोकतन्त्रमा संगठन दबाव र लाठीले बन्दैन, जनमुखी काम र व्यवहारबाट बन्छ भन्ने माओवादी पार्टिले भुलिसकेको छ। राष्ट्रपतिको कदमले माओवादी कार्यकर्तालाई उत्तेजित बनाएको होला तर त्यो उत्तेजना अमूक पार्टीका कार्यकर्तामाथि भौतिक आक्रमण वा धम्कीका रूपमा प्रकट हुनु राजनीतिक होइन, आततायी उद्वन्डता हो ।

निस्चयनै यो भिडियोबाट आम-नागरिक सजग र सचेत हुनुपर्ने बेला आएको छ । उक्त भिडियोमा कमरेड प्रचन्ड प्रसन्न मुद्रामा आफ्नो रणनीति सुनाउदै थिए शुरुमा त म झुक्किए पनि हिजो,अस्ती मात्र प्रचन्ड अत्यन्त गम्भीर थिए राजीनामा दिदा आजै यति चाडै प्रसन्न कसरी भए ? तर कुरो त संविधान सभा निर्वाचन ताकाको रहेछ। एउटा कुरा त मान्नै पर्ने हुन्छ माओवादीमा जस्तो समर्पित कार्यकर्ता अहिले अरु दलमा छैनन कि? तर मलाई प्रचन्डको ग्राण्ड डिजाइन कुनै नौलो लागेन सोही साझमा BBC सुने, पासाड भन्दै थिए यो सब हामो अध्यक्ष कमरेड प्रचण्डको चरित्र हत्या गर्ने प्रयास हो। उनले त्यसबेलाको परिस्थिती बेग्लै थियो भनेपछि माओवादीहरु डराएका रहेछन् भन्ने भान ममा पर्नु स्वभाविक थियो। जबकि मैले यसमा चरित्र हत्या हुने वा BBC ले भने जस्तो प्रचण्डको द्धैध चरित्र भन्नुपर्ने कुरै देखिन किनकी उनी एक माओवादी कम्युनिष्ट हुन, एमाले ले त आफ्नो लक्ष जनगणतन्त्र भन्छ भने प्रचण्डले सत्ता कव्जाको नियत राख्नुमा के आश्चर्य भयो र ? यो अवश्य हो कि यो पर्दाफासले कटवाल बर्खास्तगी पछाडि नागरिक सर्वोच्चता नभई नेपाली सेना लाई प्रचण्डकै शब्दमा "माओवादीकरण गर्ने" सुनियोजित रणनीति अन्तर्गत भएको प्रमाणित भने गरेको छ र कटवाल यसमा सर्वाधिक बाधक रहेको प्रचण्डले यो भिडियो मा उतिबेलै स्वीकारेका छन्।

नैतिकताको आधारमा राजीनामा दिएका प्रचन्डले UNMIN लाई झुक्याएर सात आठ हजार मात्र वास्तविक सेना भएको जनमुक्ती सेनालाई २१ हजार पुरयाएको गर्वपूर्ण स्वीकारोक्तीले चाहि उनको राष्ट्रिय अन्तराष्ट्रिय विश्वसनीयतामा गहिरो धक्का अवश्य पुरयाउनेछ ,यसले संयुक्त राष्ट्र संघको नेपाल मिसन (अन्मिन) समेत विवादमा तानिने पक्का छ। यो ढाड भाच्ने, खुट्टा भाच्ने कुरा त प्रचण्डले नै पो सिकाएका रहेछन् उनी भन्दै थिए, एमालेलाई तिमिहरुको खुटटा भाचछौ भनेर तर्साए खुटटा भाच्न गारो पनि छैन आदि यो भिडियो सकारात्मक रुपमा हेर्ने हो भने माओवादी नेतृत्वले पनि कम भन्दा कम मानवीय क्षतिमा कम्युनिज्म स्थापना गर्न सकियोस भन्ने चाहेको हो कि जस्तो पनि देखिन्छ। कानुनी समाधान जे आए पनि एकदलीय कम्युनिजम नचाहने तर राष्टपतिको कदम गलत हो भन्नेहरुले यो पनि जवाफ खोज्नपर्ने हुन्छ, के नेपाली सेनाको माओवादीकरण गर्न दिन उचित हुन्थ्यो त ? यो भिडियोले कटवाल को अडान दम्भपूर्ण र अटेरी मात्र थियो भन्ने तर्क पनि कमजोर हुन गएको छ । शायद यही कुरा प्रमाणित गर्न नै अहिले यो भिडियो सार्वजनिक गरेको हुनुपर्छ। मलाइ चाहि माओवादीको चरम असहिष्णुता, एमालेको ढलमल(अहिलेको तुरुन्तै ठोस निर्णय गरेर सरकार छाडेको बाहेक), र काग्रेसको शास्त्रीयता फिटिक्कै मन पर्दैन तर फेरि माओवादीकै जोस जागर, एमालेको समन्वयता, र काग्रेस को सैद्धान्तिक स्पष्टता भने मन पर्छ। एउटा कुरा चाहि के हो भने अब चाहि म जानाजान कनै पनि आन्दोलन सान्दोलन मा भाग लिन्न नजानेरै भाग लिन पुगेछु भने अर्कै कुरा। आखिर जुनै तन्त्र आए पनि मलाइ खासै फरक त नपर्ने र छ। आफु महान बन्नको लागि सुखद भविष्य को सपना देखाएर कमनिजमका पवर्तक मानिसलाइ किरा भन्दा फरक देख्दैनन,कुल्चिदिन्छन् देशले अब भने स्पष्ट बाटो खोजेको छ माओवादी सर्वोच्चता सहितको गणतन्त्र वा लोकतान्त्रीक गणतन्त्र ?


आज माओवादीकै हठ र एकलौटीकरणले मुलुक अराजकता तथा विदेशी चलखेलको मैदान हुने अवस्थामा उभिएको छ । तसर्थ मुलुक र जनताको भाषणमा मात्र हैन व्यबहारमा पनि अलिकति माया बाँकी छ भने र आफूबाहेक यो मुलुकमा अरूको पनि इच्छा, आकांक्षा, जिन्दगी छ भन्ने आभाष छ भने आजको राजनीतिक संकट टार्न माओवादीले पहल गर्नैपर्छ ,गर्नैपर्छ। यसको लागि ऊ आफू सामेल भएको राष्ट्रिय सहमतिको सरकारमा सहमत हुनैपर्छ । देशलाई धेरै समय 'केयर टेकर' सरकार मातहत राख्नु ठीक हुँदैन। 'नानीदेखि लागेको बानी'मा भुलेका नेता तथा कार्यकर्ताहरूको व्यवहारले आफ्नै पार्टी नेतृत्वलाई समेत खतरामा उभ्याएको छ केवल आश्वासन दिएर पुग्दैन, कारवाही नै गर्नुपर्छ आफ्ना उद्ण्द कार्यकार्तालाई जनतालाई थाहा दिएर माओवादीले । नत्र त शक्तिखोर प्रवृत्ति हाबी भएको दलले आफू र आफ्ना आकांक्षालाई त सिध्याउँछ नै, बाँकी हामी सबैको भविष्य पनि अन्धकारमा पारिदिन्छ । उपर्युक्त सबै प्रश्नको उत्तर माओवादीको लचकतामा भर पर्ने देखिन्छ नत्र एक राउंड फेरि युद्ध होला जस्तो छ। सबैलाई चेतना भया ! चेतना भया !! चेतना भया !!!

महान पुरुषहरुका भनाई

मानबको श्रेणी जन्मले होइन कर्मले छूटीन्छ

बिद्या नै यस्तो धन हो जो जति बढ्यो उती नै बढ्छ

बस्तुहरु परिबर्तित हुदैनन तर हामी परिबर्तित हुन्छौ

कसैको अधिक प्रशंसा गर्नु वस्ताबमा उसलाइ धोका दिनु हो

कुनै पनी इमानदार ब्यक्ति एका एक कहिल्याई धनि बन्न सक्दैना

ठुला मनिसलाई जेल बनाउनु भन्दा सनालाई पाठशाला बनाउनु बेश

शुख चाहनेलाई बिद्या र बिद्या चाहने शुख कहिल्याई मिल्दैना

अध्ययन अकशामा चम्केको सूर्य झै चम्केको हुन्छ

आत्मा शान्त भए संसार स्वत शान्त हुन्छ

परिश्रम गर्न र धर्य गर्न सिक

क्रांति सानो चीज होइना तर सानो चीज बाट नै क्रांतिको जन्म हुन्छ

मलाई अशल आमा देऊ म तिमीलाई अशल राष्ट्र दिन्छु

मलाई रगत देऊ म तिमीलाई स्वतंत्रता दिन्छु

फुलको संगतले गर्दा धगोले पनी शिरमा चढ़ने मौका पाउछ

तिम्रो शरीर पबित्र आत्माको मन्दिर हो

जहा कनुनको अन्त हुन्छ त्याहा कुशासनको प्ररारम्भ हुन्छ

मानब को सबै भन्दा ठुलो हथियार आत्म विश्वास हो

मानबको सबै भन्दा निकट मित्र र कठोर दुश्मन सर्ब प्रथम उ स्वयं हो

Saturday, May 2, 2009

भनत म मेरो देश कीन फर्कौ ?

भनत म मेरो देश किन फर्कौ ?
सगरमाथा र बुद्द जन्मेको देश भनेर म कत्ति सम्म गर्ब गरौ?
देश को ळागी थुप्रै मरे म किन ब्यर्थमा मरू?
ब्यर्थमा मर्नका लागी म मेरो देश किन फर्कौ ?
न म स्वतन्त्र बोल्न सक्छु
न त निर्धक्क कतै डुल्न सक्छु
न म फूल बनेर कतै फूल्न सक्छु
म आंतक बन्न सक्दिन ,
कसैको निहत्या हत्या गर्ने हत्यारा बन्न सक्दिन
न त म लठेत बनेर कसैलाइ मरणास्नन पिट्नै सक्छु
अनि भनत म मेरो देश कीन फर्कौ
देशै फर्के भनेपनि
म पाईला राख्ने बीतीकै रगत रगत देख्ने छु बाटोभरी
ईषाभेट्नेछु आखाभरी
भोक देख्नेछु मनभरी
शोक देख्नेछु आगन भरी
महीनौ देखीको बेबारीशे ळाश को गन्ध पाउनेछु टाढैदेखी
म सडक भरी ढुंगामुढा देख्ने छु
काला टायरका धुँवाहरुको बीरोध भेट्नेछु
ळाग्ने छ कतै यि ढुंगामुढा र टायरहरु म फर्के को बिरोधमा बर्षिरहेछन
अनि भनत म मेरो देश कीन फर्कौ ?
म हिडीरहने सडकमा कृष्णभिर तगारो बन्ने छ
बाटा भरि म एम्बुसका तारहरुमा जेलिने छु
म थाहै नपाई गृहयुद्द को भुमरीमा फस्ने छु,
म जस्को पनि गोलि को शिकार बन्न सक्ने छु,
अनि भनत म मेरो देश कीन फर्कौ ?
मेरो गाऊ तर्ने त्यो पुल छैन रे,
बर्षौ भयो ओईलाएको सयपत्रि,जसमा कुनै फूल छैन रे,
म पढ्ने स्कुलमा त बम बारूद बस्यो रे
मेरो घर खालि गरी डर आतंक पस्यो रे
संगै हुर्की खेलेका साथीभाई कोहि मुग्लान त कोहि जंगल पसे रे
अनि भनत म मेरो देश कीन फर्कौ ?
मेरो देश जहा हत्याराहरु हत्या गर्न हत्याराहरुको साथ रमाऊछन
शाशकहरु शाशन हैन शोशण गर्न तम्मसिनछ्न
शाशकहरु शोशण गर्न शोशकहरुको हात चाहन्छन्
म मर्न सक्दिन शाशक हरुका लागि,
म गाऊन सक्दिन भक्ति गित राजाहरुका लागी,
अनि भनत म मेरो देश किन फर्कौ ?
त्यो देश जहा वालबालिकाहरु टूहुरा बनिरहेछन्
आमा बाहरु बेसहारा बनिरहेछन्
बुद्द सदाझै मौन बसिरहेछन
युद्द झन् झन् चर्किरहेछ
हिमाल पलपल गरेर पग्लिरहेछ
मन झन झन् टाढि रहेछ,
अनि भनत म मेरो देश किन फर्कौ ?
सहदेब

ओबामासंगको मेरो भेट

२००६ तिरकै कुरा हो ,अमेरिकाको रास्ट्रपति निर्बाचनको चर्चा चली रहदा एउटा अग्लो अग्लो, पातले पातले, कालो कालो बर्णको ब्यक्ति निकै नै चर्चित थियो.टेलीभिजन पत्र पत्रिकाले उनका बिचारहरू निकै नै प्राथमिकताको साथ छापथे र दाबी गर्थे यो मान्छे भोली अमेरिकाको रास्ट्पति बन्ने छ तर मलाई लाग्थ्यो यो मान्छे कसरी रास्ट्रपति बन्ला….भरखरको छ.. परम्परागत उसको छाला छैन..कपाल पनि सेतो खैरो छैन. तर पनि सबैले उनलाई आशाबादी दृष्टिले हेरेको हुनाले मलाई उनका बारेमा जान्न मन लाग्यो. एकदिन मैले मेरो बिदेशी साथिलाई सोधे."यो बाराक ओबामा भनेको कस्तो मान्छे हो? को हो उ "?साथीले भन्यो "उ तिमी जस्तै हो".मेरो साथीले बराक ओबामा "म जस्तै हो" भन्नुको अर्थ थियो युवा जोश जागर भएको , परिबर्तन मन पराउने र जे पनि गर्न सक्छु भन्ने सकारात्मक सोच भएको ब्यक्ति ! मेरो साथीले ओबामा म जस्तै हो भने पछि मलाई झन ओबामाको बारेमा थप कुरा जान्न, पढ्न मन लाग्यो.पुस्तकालयमा गएर उनका जीबनी,उनका पुस्तकहरु र दैनिक जसो हुने भाशणहरुलाई ध्यान दिएर सुन्न थाले….र बिस्तारै…. ओबामामा मैले आफुलाई देख्न थाले.. र म भित्र ओबामा देख्न थाले..बास्तवमा धेरै समानता थियो. अहिले त्यहि ब्यक्ति बाराक ओबामा अमेरिकाको रास्ट्रपति भएका छन. बिस्वको शक्तिशाली नेता बनेका छन र म उनको सम्पूर्ण समर्थक बनी सकेको छु ,उनी मेरो प्रेरणा बनेका छन र म मा उनको प्रभाब बढेको छ.तेसैले त जसरी भएपनी म बाराक ओबामालाई भेटन चाहन्थे.झन उनी रास्ट्पति भएपछि त उनलाई भेटने र नजिक बसेर कुरा गर्ने उत्साह निकै नै बढेको थियो .सपथ ग्रहणको दिनमा जसरी पनि वॉशिंगटन पुग्छु भन्दा भन्दै पनि जान पाइएन.म यो नया युगको नया नेतालाई जसरी पनि भेट्छु. मैले दृढ निश्चय गरे र यो मेरो सपना भयो. तर कसरी भेट हुन सक्छ ? संसारका शक्तिसाली नेतालाई म जस्तो एउटा साधारण नेपालीले कसरी भेटन सक्छ?केही उपाए छ त? मैले कामना गरी रहे…उनको यो कार्यकालमा जसरी पनि भेटन पाऊ भनेर…

म उनको वेबसाइटको सुरुदेखिकै पाठक हु. हरेक दिन नया नया ईमेल अथवा भिडिओहरु इमेलमा आई रहन्छ . यस्तैमा ओबामाको कार्यक्रमको बारेमा.एक दिन एउटा यस्तो ईमेल आयो….ओबामाले रास्ट्रपति पद भार सम्हालेको उपलक्ष्यमा आफ्नो अनलाईनका पाठकहरु मध्ये १०० जनालाई व्हाइट हाउसमा भेट घाट गर्ने रे. र जसले चाडो ईमेल मार्फ़त चाढै रेस्पोन्स गर्छ अर्थात सुरुको सयजनाले यो मौका पाउने छ भन्ने ईमेल रहेछ.मैले तुरुन्तै यो ईमेलको रेस्पोन्स गरी हाले.करोडौ पाठक भएको यो साईटमा मेरो ईमेल ले के मौका पाउला र….यो कुरा यत्तिकै भयो…..भोली पल्ट बधाई भन्दै अर्को ईमेल आई पुग्यो. खोलेर हेर्छु त मेरो नाम त्यो सय जनाको सुचिमा परेछ.ओ हो यो ईमेल पाए पछि मेरो खुशीको सिमानै रहेन..रास्ट्रपति संग भेट गर्ने दिनको निम्तो र मिति र समय सहित निमन्त्रणा पत्र हुलाक बाट आउदै छ रे….भने पछि त मेरो सारा सरीर खुसी ले नाच्न थाल्यो.अनेक थरि कल्पनाले म प्रफुलित भए.जे सोचेको थिय त्यहि पुरा हुने भयो.मैले यो कुरा मेरो त्यहि साथिलाई खुसी हुदै सुनाए र भने म व्हाइट हाउस जादै छु रास्ट्रपतिलाई भेटन…सुरुमा उसले पत्याएन.. पछि निमन्त्रणा पत्र देखाए पछि उसले पत्यायो र के गर्ने होला…कस्तो लुगा लगाउने होला..कसरी हात मिलाउने होला जस्ता बिषयमा मैले उ संग छल फल गरे…उसलाई रास्ट्रपति मानेर मैले हात मिलाउने र छोटो कुरा गरेको जस्तो अभिनय पनि गरे..मेरो खुसीमा मेरो साथी झन धेरै खुसी भयो.. पहिलो कुरा त के लगाएर जाने होला भनेर सोचे…राम्रो कोट किन्नु पर्ला र कोट र पाइंट नै लगाउनु पर्ला जस्तो लाग्यो तर दोस्रो बिचार आयो यो म संग जोडिएको कुरा हो…म संग मेरो देश नेपाल जोडिएको छ… नेपाली पन देखाउने मौका पनि त हो नि यो अन्तररास्ट्रीय स्थरमा . नेपाल छाडदा बोकेर आएको दौरा सुरुलाई सम्झिए .निकै राम्रो थियो…ढाका टोपी पनि थियो..कोट चाही नया किन्नु पर्ने भयो दौराको रंग संग मिलने… यी सबै तयारी एकै दिनमा सकेर म रास्ट्रपति भेटन उग्र प्रतिक्षामा बसे .

भोली पल्टै व्हाइट हाउसबाट सहभागीहरुलाई लिन लिमो कार आउने कार्यक्रम थियो. म सम्पूर्ण तयारीका साथ बसे…. साथीलाई फ़ोन गरे र उसले "good luck" भन्दै भन्यो be your self and don’t be so excited. मैले thank you भन्दै फ़ोन राखे… तल सडकमा लिमो कार आएको ख़बर आयो म मेरो डिजीटल कैमरा फोन र रास्ट्रपतिको लागी उपहार बोकेर लिमो चढे..ओ हो यो छ्ण मेरो जीबनको महत्व पूर्ण छ्ण थियो.जे जे अहिले भई रहेको थियो यो सबै मेरो जीबनमा पहिलो पटक हुदै थियो. म खुसी र उत्साहले प्रफुलित थिए…लिमो कार बिस्तारै व्हाइट हाउस तीर बढ्यो.कारमा भएका बिशेष सुरक्षा कर्मीहरुले मेरो उत्साह सजिलै पढे. र सोधे यो हात को के हो? मैले भने "यो रास्ट्रपति को लगी उपहार हो". उनिहरूले मलाई कैमेरा र सेल फ़ोन लिएर जान नमिल्ने कुरा येसैबेला बताए. अब के गर्नु आफ्नै कैमेराले रास्ट्रपतिको फोटो खिचौला भनेको कस्तो नमज्जा हुने भो…तर केही छैन त्यहि व्हाइट हाउसका फोटो ग्राफरले हाम्रो फोटो त खिचिदी हाल्छ्न होला नि भन्ने सोचे .लिमो कार व्हाइट हाउस नजिकैको रास्ट्रपति निवासमा रोकियो. त्यहा म जस्ता ९९ थरि ब्यक्तिहरु एक दमै उत्साहित भएर बसी रहेका रहेछन.

म लिमो बाट ओर्लने बित्तिकै सबैले पहिला मेरो ढाका टोपि र मेरो लवाई हेर्दै मेरो अनुहार हेरे.मैले सबैलाई मन्द मुस्कानका साथ हेरे. यो भिडमा त बाल बालिका,ब्रृद्द, महिला, युवा सबैको उत्तिकै सहभागिता रहेछ. त्यति मात्र कहा हो र? उपस्थित अनुहारहरु कोही कोरियन,चाइनीज , भारतीय,अफगानी,ईरानी,इराकी, प्यालेस्टैनी,इजराइली , मेक्सिकन सबै थिए…म बिस्वको बहु भाषी बहु सांस्क्रृतिक सहरमा बसेकोले उनिहरुको घर देश ठम्याउन गाह्रो भएन….यी सबैले आफ़्नो घर देशको परिचय दिने पोशाक लगाएका थिए..आफ्नो अनुहार कालो बुर्काले छोपेकी महिलासंग मेरो आंखा जुध्यो र हेल्लो भन्दै परीचय गरे. उनको नाम त बिर्से तर उनी हालसालै प्यालेस्टाईनको गाजांबाट अमेरिका शरणमा आइपुगेकी रहिछन आफ्नो जिउ ज्यान जोगाउदै.उनको आखामा परिवार र देश घर गुमाएको भाब सजिलै पढ्न सकिन्थ्यो . उनी मसँग धेरै बोल्न चाहिनन .त्यसपछि म अली बढि उमेर देखिने दारी जुंगा पनि नकाटेको अली मैलो मैलो देखिने कम्बल जस्तो गम्लन्ग ओडेर बसेको मान्छेको छेउमा गएर हेल्लो भन्दै मेरो नाम बताए….उसले पनि आफ्नो नाम र देश बतायो. उ अफगानी रहेछ. उसले युद्धमा आफ्नो घर परिवार सबै गुमाएको रहेछ…अहिले बाराक ओबामालाई भेटेर येस्तै घटना अर्को परिवारलाई नहोस भन्न आएको रे! अर्को एउटा मान्छे म संग how are u भन्दै हात मिलाउन आई पुग्यो मैले हात मिलाए र मैले उसको नाम र देश सोधे उ इराकी रहेछ मलाई उसंग धेरै कुरा गर्न मन लागेन. तर उ भने म संग कुरा निकै गर्न उत्सुक जस्तो देखिथ्यो. मलाई त्यहि घटनाको यहाँ सम्झना भयो…..जुन तपाई कालो दिन भनेर सम्झनु हुन्छ . उ संग मलाई कुरा गर्न मन लागेन. त्यहि भीड़मा एक बुवा आफ्नी घाइते छोरी बोकेर उभी रहेका रहेछन आत्मघाती बम हमलामा अनाहक परेको रे पकिस्तान मा ! आफ्नो सानो अनुहार सेतो बुर्काले छोपेकी र आफुलाई ईरानी बताउने एक बालिका हातमा सेतो गुलाबको फूल बोकेर उभिरहेकी थीईन. अन्य ब्यक्तिहरुमा अमेरिकन युवा युबतीहरु हातमा कागज पत्र र फाइलहरु र बोकेर उभी रहेका थिए भने रोगी र बृद्दहरु व्हील चियरमा बसी रहेका थिए. . मैले यो बाहिर उभिएको समयको राम्रै संग सदुपयोग गरे.अहिले यहाँ भेट भएका धेरै ब्यक्तिहरुको सम्पर्क ठेगाना केहि टिप्न पाईएन किन भने हामीलाई कापी कलम केहि लान दिएको थिएन….सम्झना भयो त केबल यी सबैको देश र परिबेश. लाग्थ्यो यी सबै संग ओबामालाई सुनाउने धेरै कुराहरु थिए…हामी सबै उत्साहको साथ रास्ट्रपतिलाई भेटन पर्खि रहेका थियौ….

अबको केहि मिनेट्मै बैठक कोठाको ढोका खुल्ने छ र हाम्रो भेट हुने छ आशाको साथ उदाएका ओबामासंग. बिस्तारै बैठक कोठाको ढोका खुल्यो रास्ट्रपति ओबामा स्वयम् ढोकाबाट निस्केर सबैलाई अगाडि आउन आग्रह गरे.हामी बिस्तारै लाममा बसेर अगाडी बढेऔ. रास्ट्रपतिले हसिलो पाराले भने" यसलाई आफ्नै घर सम्झनु होला र एता उता घुम्नु होला तर केहि पनि सामानहरु चलाउने र फ़ुटाउने चाही नगर्नु होला ".. अबको यो दृश्य मेरो मानस पटल सदा सर्बदा रही रहने छ मेरो पालो आयो म मुसुक्क हास्दै…मैले बर्षौ देखि देखेको चिनेको जस्तो मेरो मिल्ने साथी संग भेट्न अगाडि बढे झै … एउटा साधारण देखिने तर महत्व पूर्ण मान्छे अमेरिकाको रास्ट्रपति संग अत्यन्त आत्मियताका साथ हात मिलाए . उनले पनि मलाई बर्षौ देखि जानेको चिनेको जस्तै गरी हात मिलाउदै भने how are you buddy ?मैले i am doing great .. we all are doing great भने..त्तेत्तिनै बेला उनले मेरो टोपी प्रति इंगित गर्दै भने "nice hat " मैले thank you भने र i have gift for you भनेर आफ़्नो उपहार अगाडि राखे…मेरो उपहार थियो त्यहि ढाका टोपी! मैले टोपि दिदै भने यो संपूर्ण नेपालीको तर्फ़बाट तपाईलाई बधाई स्वरुप उपहार… म तपाईलाई टोपी लाइदिन दिन चाहन्छु भने र उनले सहर्ष स्विकार गरे र मैले टोपी लागाई दिए…र तुरुन्तै उपस्थित फोटोग्राफरहरुले हाम्रो फोटो पनि खिचिदिए… यो बिचमा उनले मेरो बारेमा भन्दा पनि नेपालको बारेमा सोधे..कस्तो छ आज भोली भनेर…मैले भने…राम्रो हुदै छ…पहिले जस्तो युद्ध छैन तर पनि जनताहरुको अनेकौ बहानामा अपहरण र हत्या भई रहेछ..तपाईले जस्तो परिवर्तन र आशाको संचार कसैले गर्न सकिरहेको छैन……नेताहरु देश कमजोर बनाएर पार्टी बलियो बनाउदै छन… लेख्ने र बोल्नेहरुले अझै पनि डराई डराई लेख्नु परी रहेको छ… आदि आदि. यो २/३ मेनेटको समयमा मैले के के भने के के ! तर यही बिचमा ओबामालाई एक पटक नेपाल आउन निमन्त्रणा दिन भने भुलिन .मेरो निमंत्रणा सहर्ष स्वीकार गर्दै उनले हुन्छ पनि भने ..मेरो खुशीको सात समुन्द्र पारी पुग्यो …सात माहादेश डुल्यो मेरो खुशिले ..यो मेरो लागी मात्र होइन एक नेपाली भएकोले यो संपुर्ण नेपालको गर्बको कुरा थियो…मेरो खुसीको कुनै देश थिएन…. म अगाडी बढे..छेउमा फर्स्ट लेडी मिसाइल ओबामा र छोरीहरु हातमा डिजीटल कैमरा बोकेर उभीरहेका थिए…मैले फर्स्ट लेडी मिसाइल संग पनि हात मिलाए र छोरीहरुलाई हेल्लो गरे….ओ हो मेरो सुद्धि!! मैले फर्स्ट लेडीलाई उपहार लान भुसुक्कै बिर्से छु…कम से कम एउटा पस्निमाको सल मात्र लिएर गएको भए पनि कस्तो राम्रो हुन्थो …के गर्नु यसरी उपहार लिएर जाने संस्कार बिस्तारै सिक्दै छु…तर मैले केहि उपहार नदिए पनि उनको मन्द मुस्कानमा कुनै कमी थिएन…..उनी thank you for coming भन्दै सबैलाई ककटेल लाउन्ज तीर जान आग्रह गर्दै थिइन …

म बिभिन्न कुराहरु मनमा खेलाउदै र त्यो ठुलो बैठक कोठाको दृश्यहरु हेर्दै अगडि बढे….र कल्पिये… .म एउटा साधारण मान्छेले आज अमेरीकाको रास्ट्रपतिलाइ भेटन पाए….मेरो खुशीमा सारा नेपालीहरु कति खुशी र गर्बित भए होलान….ओबामाले ढाका टोपी लगाएर म संग खीचेको फोटो भोली सारा पत्र पत्रिका, टी भि सबै तीर आउछ होला….कतिले मेरो अन्तर्बाता पनि लिन्छन होला..नेपाल सरकारले पनि सम्पर्क गरेर के के सोध्छन होला…..ओ हो म त कति महत्वपूर्ण ब्यक्ति हुने छु.यस्तै कुरा मनमा खेलाउदै म बिस्तारै ककटेल लाउन्जमा पुगे जहा थरि थरिका पिय पदार्थ र स्नायाक्सहरु थियो. सफा र सुन्दर टेबल कुर्शीले कोठा सजिसजाऊ थियो….. साधारण भेटघाट सकिए पछि सबै ककटेल लाउन्जमा जम्मा भए …रास्ट्रपति पनि आई पुगे र सबैलाई यसरी भेटन पाएकोमा र सबैले आफ्नो समय निकालेर भेटन आएकोमा धन्यबाद भने.स्याम्पेन्को ग्लास समाउदै! म पनि उत्साहित हुदै स्याम्पेनको ग्लास समाते………..

. …………तर दुर्भाग्य बस मेरो हातबाट स्याम्पेनको ग्लास चिप्लियो र भुईमा ठुलो आवाज निकाल्दै झ्यारम्मssss फुट्यो…….. …….. म झसंग भएर बिउझिए… यती खेर मेरो अलार्म घडीमा बिहान ५ बजेको घन्टी एक सुरले बजी रहेको थियो…………..

सहदेब पौडेल-न्यूयोर्क

म गोरु! हामी गोरु!!

म गोरु! हामी गोरु!!

फोन बास्,छ घ्डि बास्’छ
उजेलो हुन न्पाउदै कुखुरि का ‘”’आ भनेजस्,तो गर्छ!
ब्टुवाहरु टया""तु तु कराउछन्,
आखा मिच्।दै आग्;तान्दै म जराक जुरुक उठ,छु
नुवाइ धौवाइ गर्,न पर्यो भनि म कुवा पन्धेरा तिर लाग्छु
थाकेका गोरु गाई बाखरा बाखरि पर्खि रहेको देख्छु
म गोरु खेत्मा जान हतारिन्छु।।।।।।।।।।।घोडा जस्तो दौड्न्छु।।।।।।।
ग्धा जस्तो मेह्न्त गर्छु।।।।।।।अनि गोरु जस्तो थाक्छु!!!!!

बिहान यसो तातो पानी खोले खानु पर्यो भन्ठान्छु।।।।।
फेरि हतारिन्छु नारिनलाई जोतीनलाई
एकबिहानै म मेलोमा पुग्छु।।
हाइ हेल्लो गर्छु मन निराश भय्पनि ओठ का दुई छेउलाई बार्म्बार तन्,काउछु
ज्यान लाई स्न्चै छ भन्छु।।।।
यता दौड्न्छु उउता दौड,न्छु।।।।
म दाइगरिरहन्छु>>>>।>पराल जस्तो चुइगम च्पाउछु।
घास्; सालद खन्छु।।।
लुकिछिपि कुनाकप्चाम जिउ बिसौछु!!
लामो श्वास फेर्छु
पेरि म दौद्न्छु दै गर्छु खेत जोत्छु।
घडी दौडयाजस्तै म दौडि रहन्छु!

बिहान य्सै सम्यमा घडि क्राएकोथियो कुखुरा बसे झै मलाई बिउझाएथ्यो

म अन्य गोरु सँग साँझ भन्दा ढिलो मध्यरात भन्दा आगि
लुखुर लुखुर गोठ तिर लम्कन्छु
यात्रा भरि म थाकेको गोरु गधाहरु लाई भेट्छु
लखतरान परेक हरुको दिन सम्झन्छु
म बिउ को साढे झै बुरुक बुरुक उफ्रदै मातिइदै
म बाटमा देखेको गाई लाई हानि हाल्छु जस्तो गर्छु
म गोठ म पुग्छु।।।

गोठ मा म थाकेको आरु गोरु हरु को रमिता देख्छु।।
गोरु हरु गोरु हरुको जात्र पर्ब मा रमेएको देख्छु
म गोरु एकै छिन आज को जय्ला गन्छु।।
भोलि को घडी हेर्छु।।
एकै छिन देश बिदेश को रमिता हेर्छु साथी हरुको चर्तिकला पढछु।।।।
हेर्दा हेर्दै म भुसुक्क निदौछु ।।
बार्म्बार म झुकिन्छु कुखुरा बस्यो कि भनेर मेलो मा जान ढिलो भयो कि भनेर
म गोरु फेरि भुसुक्क निदौछु।।
थाहा नै नपाइ फेरि भोलि जोतीन तयार हुन्छु।।।।- सहदेव

Friday, May 1, 2009

आमाको बदलिएको परिभाषा

नेपाली समाजमा वैशाखकृष्ण अमावाश्याको दिन मातातीर्थ औँशीको नामले परिचित छ । जनजिब्रोले यस दिनलाई आमाको मुख हेर्ने दिनको नामले पुकार्ने गरेको पाइन्छ । यस दिन मीठामीठा खानेकुरा र नयाँ लुगाहरू दिएर आमाको सम्मान गर्ने चलन छ । यसै दिन काठमाडौँ उपत्यकाको मातातीर्थ भन्ने स्थानमा ठूलो मेला लाग्दछ । आमा नहुनेहरू त्यहीँ गएर स्नान गरी तर्पण पिण्डपानी दिएर दिवङ्गत आमालाई सम्झन्छन् । मातातीर्थ पुग्न नभ्याउनेहरू आ-आˆनै घरमा बसेर पनि आमाको सम्झना गर्दछन् । एक किंवदन्ती अनुसार मातातीर्थमा गई पिण्डपानी दिनाले आमाहरूको मृतआत्माले सद्गति पाउँछन् भन्ने धार्मिक विश्वास छ । मातातीर्थमा गएर वर्षको एकपटक पिण्डपानी दिएको भरमा आमाहरूको मृतआत्माले सद्गति पाउलान् नपाउलान् आमाको आत्मालाई सन्तुष्टपार्न जिवित छँदै राम्रोसित हेरविचार गर्नु पर्ला कि बूढेसकालमा एक पेट खान पनि वृद्धाश्रमको ढोका घच्घच्याउनु पर्ने परिस्थितिका बीच मातातीर्थ औँसी फेरि आइपुगेको छ ।

मानिस पशुपक्षी कीटपतङ्गलगायत समग्र प्राणी जगतका लागि नै किन नहुन् सबैका निम्ति आमाभन्दा नजिकको हितैषी र शुभचिन्तक अर्को हुनै सक्दैनन् । अर्कोले खाइदिँदा आफू सन्तुष्ट हुने यहाँसम्म कि जति बढी आˆनो भागसमेत नरहने गरी खाइदियो त्यति नै बढी सन्तुष्ट हुने संसारमा कोही हुन्छ भने त्यो आमा नै हो । प्रसव वेदनाले जति नै थलिएको भए पनि होसमा आउनासाथ पशुपक्षीले समेत पहिलो खोजी बच्चाकै गर्दछ । आमाहरूले आˆनो प्राणको उत्सर्ग गरेर भए पनि बालबच्चाको प्राणरक्षा गर्ने गरेको त व्यावहारिक यथार्थ नै हो । मानिसको मात्र होइन, पशुपक्षीमा समेत आˆनो प्राण दिएर बच्चाको प्राणरक्षाको प्रयास गरेको उदाहरण धेरै छन् । एकपटक एउटा चराको भालेपोथी आˆना नवजात शिशुलाई गुँडमा छोडेर आहारको खोजीमा बाहिर गएका रहेछन् । फर्केर आउँदा कुनै शिकारीले गुँडमा पसो थापेको रहेछ । बाबुआमा आएको चाल पाएर बच्चाहरू आˆनै शैलीमा चारा माग्न लागेको देखेर भाले छेउको डालीमा बसी विलाप गर्न लागेछ तर पोथी चाहिँ भुर्र उडेर गई शिकारीको पाशोमा परिछ । माया त बाबुलाई पनि थियो तर आपत्कालमा उसले चिन्ता मात्र गर्‍यो तर आमाले भने प्राणै दिन पनि पछि परिन । पौराणिक ग्रन्थहरूमा भेटिने यस्ता कथाहरूभित्र के कति सत्यता छ त्यो त थाहा छैन तर यस्ता प्रसङ्गले बच्चाको माया आमालाई भन्दा बढी अरू कसैलाई हँुदैन भन्ने कुराको सन्देश भने दिन्छ ।

उपनिषद् दर्शनले 'मातृदेवो भव' भनेर आमालाई देवतासरह मान्नुपर्छ भन्ने शिक्षा दिएको छ । आमा सबै तीर्थको पनि तीर्थ हुन् भन्ने कुरो हिन्दुधर्मग्रन्थहरूमा उल्लेख छ । वेदले प्रकृति पूजाको माध्यमबाट प्रकृतिलाई आमा मानी संरक्षण गर्नु पर्ने सन्देश दिएको छ । 'माता भूमि' अर्थात् पृथ्वीलाई समेत आमा मानेर त्यसको शुद्धीकरणतर्फ समर्पित हुनु पर्ने सन्देश वैदिक ग्रन्थहरूले दिएको छ । ठूलाठूला विपत्तिको समयमा देवताहरूले समेत माता भगवतीको शरण लिने गरेको प्रसङ्ग पौराणिक ग्रन्थहरूमा उल्लेख छ । देवताहरूमा आˆनै शक्ति थाहा नपाएर खैलाबैला मच्चिएको बेला माता भगवतीले हैमवती उमाको रूपमा प्रकट भई उनीहरूको हैसियत बोध गराउनुु भएको जानकारी केनोपनिषद्ले दिएको छ । अनिकालले तड्पिएको मानव समाज र पानीसम्म खान नपाएर तड्पिएको प्राणीसमाजलाई सोही मातृसत्ताले शाकम्भरी, शताक्षी, भ्रामरी, भीमा, दुर्गा आदि आवश्यकतानुसार विविध रूप लिएर बचाएको तथ्य इतिहास र पुराणहरूले सार्वजनिक गरेका छन् । मातृसत्ताको अपमान हुँदा घर पनि मसानघाट जस्तो बन्दछ । मातृसत्ताको सम्मान गर्न जाने मसानघाटमा पनि घरको जस्तै आत्मीय व्यवहार पाउन सकिन्छ । मातृशक्तिले चाहे भने स्वर्गलाई पनि नरक बनाउन सक्दछन् भने नरकलाई स्वर्ग बनाउने सामथ्र्य पनि राख्दछन् । मातृत्वको अपमान हुँदा रामायण र महाभारत लेखिएको र मातृशक्तिलाई सम्मान गर्न जान्दा ठूलाठूला विपत्तिबाट मुक्ति पाइएको प्रशस्त उदाहरण छन् ।

यसो त हिजोआज कतिपय बच्चा जन्माएर फाल्ने आमाहरू पनि भेटिएका छन् तर तिनीहरू आमा नभई आमाका नाममा कलङ्क हुन् । हरेकको जन्म पनि मातृगर्भबाटै भएको हुन्छ भने पालनपोषण पनि मातृसत्ताबाट भएको हुन्छ र समाप्ति पनि प्रकृतिरूपी माताको गर्भमा पुगेर नै भइरहेको हुन्छ । त्यसैले त चाहे हामी 'आमा' मा । मदर म्याम्या र वाँवाँ जे भन्ने गरिए पनि सम्झना मातृत्वकै हो । आखिर हामी सबैका सबै आपदविपद्को बेला सर्वप्रथम किन आमालाई सम्झने र बोलाउने गर्दछौँ ? उत्तर प्रष्ट छ किनकि आमाले नै पहिले सुन्ने गर्दछिन् ।

तथापि मातातीर्थ औँसीका दिन केही सन्दर्भ र प्रसङ्गहरू उठाउनु जरूरी छ । सौन्दर्य प्रशाधनको पछि लागेर पो हो कि कतिपय पढलेखा शिक्षित आमाहरूमा स्तनपान गराउनु आमा र बच्चा दुवैका लागि बरदान हो । बच्चाका लागि आमाको दूध अमृत समान हुन्छ भने नियमित स्तनपान गराउँदा आमाहरूले क्यान्सर जस्ता कतिपय जटिल रोगबाट उन्मुक्ति पाउने प्रसस्त सम्भावना रहन्छ भन्ने जान्दाजान्दै पनि सुत्केरी अवस्थादेखि नै आˆनो दूध सुकाएर बच्चालाई डिब्बाबन्द खुवाउने परम्परा बढेको छ । हुन त के गर्ने के नगर्ने भन्ने कुरा सबैको व्यक्तिगत स्वतन्त्रताको कुरा हो तर त्यति हुँदाहुँदै पनि हामीले बालबच्चा र आˆनो स्वास्थ्यहितको सवालमा ती आमाहरूको समर्पण र सतर्कतालाई पनि बिर्सन हुँदैन जसले नियमित स्तनपान गराउन आमा र बच्चा दुवैका निम्ति बरदान सावित हुन्छ भन्ने जानकारीभन्दा निकै टाढाको समाजमा रहेर पनि चाहे दुईचार वर्ष नै किन नबितोस् शरीर र प्रकृतिले साथ दिँदासम्म आˆना नानीलाई स्तनपान गराउने गर्दथे र यसैमा गौरव गर्दथे । यसतर्फ भने सबैको ध्यान जानैपर्ने देखिन्छ । जे होस संसारमा आमाभन्दा ठूलो शक्ति अर्को केही छैन र उनको सेवा गर्नु भनेको अप्रत्यक्षरूपमा आˆनै सेवा गर्नु हो । आमाको सम्मान गनर्ुु पर्ने मातातीर्थ औँशी जस्तो पर्वले हामीलाई यही सन्देश दिएको छ । वर्षको एकदिन केही मीठा खाने कुरा र एकाध नयाँ लुगा दिएको भरमा सहीरूपमा आमाको सम्मान हुँदैन । पर्व त एउटा प्रतीक मात्र हो । यसले सँधैभरि आमालाई सन्तुष्ट राख्ने प्रयास गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।- कमल रिजाल