Tuesday, April 28, 2009

अमेरिकाको मनाससमा भब्य नेपाली कार्यक्रम सम्पन्न , सबैजना नाच्न थालेपछी...






* अमेरिका नेपाल सहयोगी समाजद्वारा धन्यवाद र आभार ब्यक्त
* राजिब,सुनन्दा मैनाली परिवारले सबैभन्दा बढी ३००० अमेरिकि डलर नेपाली मन्दिर निर्माणका लागि सहयोग,
* बिभिन्न ब्यक्तिहरुबाट जम्मा ११५२२.११ डलर मन्दिर निर्माणका लागि सहयोग






थाहा छैन कस्तो भयो! तर उपस्थित धेरैले भने "मनाससको जस्तो राम्रो र ब्यबस्थित कार्यक्रम अमेरिकामा आज सम्म कमै देखिएको छ ।" टन्नै नेपालीहरुको उपस्थिती, केही अमेरिकनहरुको पनि सहभागिता र नाच, नायिका अनुपामा प्रसाइ, लोक तथा दोहोरी गायक रामप्रसाद खनाल, गायकहरु खेम सङ्रौला, गुरु ओली, डा. अनुप पहाडी का प्रस्तुती हरु, त्यस्तै अनुपामा प्रसाइद्वारा निर्देसित न्रित्यहरु ले दर्सकको मन खुबै जितेको देखियो। बर्सौं नेपाल टेलिभिजन मा सफल कार्यक्रम संचालक रहेका रामप्रशाद खनालको आकर्सक कार्यक्रम सन्चालन र ठट्यौलि सैली ले दर्सक ले भर्पुर मनोरन्जन मात्र गरेनन प्रसस्त हास्न र हास्य कलाकारको भूमिका पनि महसुस गरे । राम प्रसाद खनाल ले गाउदा सरा दर्सक गीत संगै झुमेर नाचे भने अनुपामा का छोरी र अन्य साना साना फुच्ची हरु को नाच आँखा झिम्म नगरि हेर्न लायक थियो । हुन त प्रस्तुत गीत हरु र न्रित्य कुनै एउटा पनि छि भन्नु पर्ने थिएन , भोले मान्दैनन भन्ने पप गीत मा र आयुस खरेल को अङ्रेजी नाच बेग्लाई प्रकारका थिए । कबिता कम् भएको राम्रै भयो भन्दै थिए दर्सक तर थाहा छैन संचालक राम प्रसाद खनालले कती कबी हरुका कबिता नबोलाएर गाली खाए । कार्यक्रममा कृष्ण निरौला, महेन्द्र कार्की, मेदिनी अधिकारी, अनुप पहारी , प्रेम सङ्रौला, राम खरेल, को उपस्थिती र शुभ कामना उल्लेख गर्न लायक थिए ।


अमेरिका नेपाल सहयोगी समाज (America Nepal Helping Society ) को आयोजना र नेपाल एजुकेस्नल कल्चरल सेण्टर ( Nepal Educational Cultural Centre ) को सपोर्टमा नेपाली नयाँ बर्ष २०६६ को उपलक्ष्यमा अप्रिल २६ मा मनाससमा भब्य नेपाली साँस्कृतिक कार्यक्रम, पटलक पिक्निक सफलतापूर्बक सम्पन्न भयो।
for more plz visit this link
http://www.nepalhorizons.com/beta/playvideo.php?n=nhc_may_03.wmv¤t_page=1
Manassas, Chantilly, Fairfax, Woodbridge, Gainesville, DC, Maryland, Virginia Area मा बस्ने 8०० सय भन्दा नेपालीहरु र केही बिदेसी पाउनहरुले समेत कार्यक्रमबाट भरिपूर्ण आनन्द लिएका थिए।




वर्षभरीका दुख पिडा भुलेर अत्यन्त हर्सोल्लासका साथ सम्पन्न सो कार्यक्रम स-साना बालबालिका स्वरमा नेपाली राष्ट्रिय गीतबाट शुरु भएको थियो। संस्थाका अध्यक्ष सागर कडेलले नेपाली बिचको सम्बन्ध सूदृढ र प्रबल हुनु पर्ने कुरामा जोड दिंदै नयाँ नया बर्षको शुभकामना दिई कार्यक्रमको बिधिवत शुभारम्भ गर्नुभएको थियो । संस्थाको तर्फबाट कमल भट्टराईले उपस्थित सम्पूर्ण ब्यक्तिहरुलाई स्वागत गर्दै अमेरिकाबासी नेपालीहरुको सम्बन्धलाई गाढा, अझै उपलब्धिमुलक बनाउनु पर्ने कुरामा प्रतिबद्ध हुनु पर्ने कुरामा जोड दिनु भयो । उक्त सांस्कृतिक कार्यक्रमको प्रमुख अथिती डा अनुप पहाडी ज्यु हुनुहुन्थ्यो भने कार्यक्रममा NECCका पूर्व अध्यक्ष कृष्ण निरौला,प्रेम सङ्रौला महेन्द्र कार्की,मेदिनी अधिकारि, हिमाली गाउँका अध्यक्ष लक्ष्मी गौडेल, नेपाल होराइजन्सका सुवुप्रताप केसी, सगरमाथा टेलिभिजनका राम खरेल ,नेपाली पोस्टका गिरिस पोख्रेल स्थानीय समाजसेवी राजीव तथा गोविन्द मैनाली लगायतका बिशिस्ठ ब्यक्तिहरुले सस्थाको यो कार्यक्रमको सर्हाना गर्नुभएको थियो।




बिभिन्न गितहरुमा स्थानिय नेपाली कलाकारहरुले प्रस्तुत गरेको नृत्यले दर्शकहरुलाई जुरुक जुरुक उचालेको थियो । सुरिलो स्वरका धनी लोकगायक राम प्रसाद खनालले प्रस्तुत गर्नुभएको रेसम फिरिरी ...रेसम फिरिरी ,अमेरिका ग्रिनकार्डको खेल,त्यसैगरी कार्यक्रमको बिच-बिचमा बाचन गरिएका कबिता, गजल, मुक्तकहरुले पनि उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए । कार्यक्रममा उपस्थित सबैलाई पटलक पिक्निक खानाको ब्यबस्था गरिएको थियो। सो अवसरमा नेपाली मन्दिर निर्माण सहयोगार्थ बिभिन्न ब्यक्तिहरुबाट जम्मा ११५२२.११(एघार हजार पाच् सय बाइस डलर एघार सेण्ट) डलर उठेको र अत्याबस्यक कामले अनुपास्थित केही साथीहरुले सो कार्यमा आफ्नो पूर्ण समर्थन रहेको आफुहरुले मन्दीरको लागि सग्दो सहयोग राशी दिने प्रण गर्नुभएको कुरा जानकारी गराइएको थियो। सो कार्यक्रमको डि सि नेपाल डट्कमले प्रतक्ष प्रसारण गरेको थियो।



यसै बिच समाज का तर्फ बाट अध्यक्ष्य सागर कंडेल ले एक प्रेस रिलिज जारी गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै नेपाली समुदाय र मन्दिर निर्माण मा सहयोग प्रदान गर्ने सबै धनबिर हरुलाई धन्यवाद ब्यक्त र आभार प्रकट गरेकाछन । - सुरेश शर्मा र कमल भट्टराईको संयुक्त रिपोर्ट

Saturday, April 25, 2009

इज्जत नफाल

त्रिविका उपकुलपति डा. माधवराज शर्मा र रेक्टर र्सूयलाल अमात्यलाई अखिल क्रान्तिकारीका विद्यार्थीले कालोमोसो दलेका छन् । किर्तिपुरस्थित विश्वविद्यालय केन्द्रीय कार्यालयमा प्रवेश गरी गरेको दुव्र्यवहारप्रति घृणा जागेर आयो । सरकारको नेतृत्व गर्ने पार्टीका भ्रातृ संगठनले गर्ने व्यवहार यही हो ? हिजो बुर्जुवा शिक्षाको नाममा किताबकापीमा आगो लगाउने, निहत्था शिक्षकको हत्या गर्ने, विद्यालयमा बम पड्काउने, पुस्तक होइन राइफल र गि्रनेटले भाग्य र भविष्यको फैसला गर्छ भन्दै विद्यार्थीलाई पढ्नबाट वञ्चित गराउने लगायत कैंयन अराजक गतिविधि गर्दै आएको माओवादीले उपकुलपतिलाई कालोमोसो लगाउँदैमा शिक्षामा आमूल परिवर्तन आउँछ ?त्रिविले बढाएको शुल्कप्रति सबै विद्यार्थी एकजुट भई समझदारी गर्दै समस्याको हल गर्नुपर्नेमा अराजकता निम्त्याई प्राज्ञिक व्यक्तिमाथि गुरिल्ला गतिविधि प्रस्तुत गरेर क्रान्तिकारीले आफ्नो वास्तविक चरित्रलाई नंग्याएको छ । त्रिविले गर्ने हरेक निर्णयमा कुलपतिको मुख्य भूमिका र जिम्मेवारी हुन्छ ।हिम्मत थियो भने कालो मोसो र दुव्र्यवहार त पहिले कुलपतिलाई गर्नुपर्ने हो उपकुलपतिलाई होइन ।
त्रिवि उपकुलपति र रेक्टरमाथिको अभद्र व्यवहारले मानिसको सर्वश्रेष्ठताकै उपहास गरेको छ । गुरुको स्थान मातापिता सरहको हुन्छ । मातृ देवो भव, पितृदेवो भव, आचार्य देवो भव भनेर हाम्रो प्रार्थनामै छ । चित्त नबुझेका कुरा राख्ने एउटा शिष्ट तरिका हुन्छ, मर्यादा हुन्छ । आफ्ना सन्तानसरह विद्यार्थीले पनि सफलता पाऊन् भन्ने हरेक गुरुको चाहना हुन्छ । त्रिविको यो अपि्रय घटनाले गुरुहरूको भावनामा ठेस पुगेको छ । नेपाल गरिब देश हो तर नेपालीहरू मनका धनी छन् मिलनसार छन्, मृदुभाषी छन्, शिष्ट छन् भनेर संसारमै प्रसिद्धि कमाएका छौं । यस्ता घटनाले विश्वमानचित्रमा हामीले कमाएको इज्जतमै प्रश्नचिह्न उठ्छ ।

Monday, April 6, 2009

जातीय विभेद नचर्काऊ

नयाँ संविधानमा विभिन्न जातजाति, वर्ग, क्षेत्रका समुदायले आफ्नो अस्तित्व र अधिकार खोजिरहेका छन् । मधेसीलाई मधेस चाहिएको छ भने थारूलाई थरूहट अनि तामाङलाई ताम्सालिङ चाहिएको छ भने राई, लिम्बू, किराँतलाई खम्बुवान र लिम्बुवान । कसैलाई सरकारी सेवामा आरक्षण त कसैलाई राज्य सञ्चालनमा पहँुच अनि कसैलाई आत्मनिर्णयको अधिकार । यो स्वाभाविकै हो तर एउटा जाति, वर्ग, क्षेत्रलाई अधिकार दिने नाममा अर्को जाति, वर्ग, क्षेत्रको अस्तित्व समाप्त पार्ने काम कदापि हुनु हुँदैन । बाहुनक्षेत्री समुदायभित्र जातका दलित नभए पनि विभेद र व्यवहारले दलित बनाइएकाहरू प्रशस्त छन् त्यस्तै उत्पीडन, गरिबी, अशिक्षा, रोग, भोकले घेरिएकाको संख्या पनि निकै ठूलो छ ।

बाहुनक्षेत्री भएकै कारण राज्यले उपलब्ध गराउने विभिन्न अवसरबाट समुदायलाई वञ्चित पार्न खोजिँदैछ । हो, राजनीतिक र सरकारी ओहदाको माथिल्लो तहमा अन्य समुदायको तुलनामा बढी भए पनि सम्पूर्ण बाहुनक्षेत्रीको जनसंख्यामा ज्यादै न्यून छन् । के बाहुनक्षेत्रीको सबैको हैसियत प्रचण्ड, गिरिजा, माधव, सूर्यबहादुर र कमल थापाहरूसँग दाँज्न मिल्छ । बाहुनक्षेत्री हुँदैमा सबै खराब हुन्छन् ? केही बाहुनक्षेत्रीको बदमासीको मूल्य सम्पूर्ण समुदायले चुकाउनुपर्ने हो ? अन्य समुदायमा सबै असल मान्छे मात्र छन् ?

बहालवाला मन्त्रीहरू बाहुनवाद भन्दै हिँड्छन् । यिनीहरू देशका मन्त्री हुन् कि एउटा समुदायको ? सबै कुरा बुझेर, हामीमात्र नेपाली हौं भन्ने भावना सबै जाति, वर्ग, क्षेत्रका समुदायमा पलाउनु जरुरी छ ।

शाश्वत वाणी

अमेरिका
म विश्वमा अरू धेरै मुलुकभन्दा अमेरिकालाई मन पराउँछु । यसको वास्तविक कारण म दीर्घकालसम्म आलोचनाको अधिकारमा जोड दिन्छु ।
वेम्स बाल्डिन

अमेरिका धून हो, यो निश्चय नै एकापसमा बज्छ ।
क्राउडस

अमेरिकाको सामथ्र्य के हो ? के त्यहाँ 'स्वतन्त्रता' देखि 'स्वतन्त्रता' सम्म पूर्णता र सन्तुलन छ ?
मार्लियन भोस

जनताको सामान्य चाहना के हो भने अमेरिका त्यति राम्रो होस् जति उसले प्रतिज्ञा गरेको छ ।
बारबारा जोर्डन

प्रेरक प्रसंग
वाचा होस् त यस्तो !
एक दिन काका कलेलकर गान्धीलाई भेट्न उनको निवासस्थान पुगे । त्यसवेला गान्धी आपmनो टेबुलमा राखेको सामान हटाएर यताउता केही खोजिरहेका थिए, तर उनले खोजेको कुरा भेट्टाउन सकिरहेका थिएनन् । त्यसैले उनी चिन्तित थिए । काका कलेलकरले देखे र सोधे, 'बापू ! तपाइर्ले के खोजेको ? मलाई भन्नुस् न म पनि तपाइर्ंलाई यसमा मद्दत गर्नेछु ?' गान्धीले भने, 'एउटा पेन्सिल हरायो, त्यो खोजिरहेको छु, केही क्षणअगाडि त यहीँ थियो, थाहा छैन, कहाँ राखेर बिर्सिएँ ।' काका कलेलकरले आफ्नो गोजीबाट पेन्सिल निकालेर गान्धीलाई दिँदै भने, 'ल यो लिनूस् पेन्सिल, अहिले यसैले काम चलाउनूस्, पछि खोज्नू !' गान्धीले भने, 'होइन काका, जबसम्म पेन्सिल भेटिँदैन, तबसम्म मलाई चैन मिल्दैन ।'

काका कलेलकरले भने, 'त्यो पेन्सिलमा यस्तो के खास कुरा छ जसका लागि तपाइर्ं यति धेरै चिन्तित भइरहनुभएको छ ? म पनि त्यो खोज्नेछु, यदि त्यो भेटिएन भने के बिग्रन्छ त ?' गान्धीले जवाफ दिए, 'काका ! तपाइर्ंलाई थाहा छैन, त्यो पेन्सिल मेरा लागि धेरै महत्त्वपूर्ण छ । त्यसमा एउटा सानो बालकको प्रेम जोडिएको छ । म त्यो भेट्टाएर मात्र आराम गर्नेछु ।' काका कलेलकरले उत्सुकताले सोधे, 'त्यो बच्चा को हो ? मलाई पनि त भन्नूस् !' गान्धीले भने, 'मद्रासको चार-पाँच वर्षको बालक, जसले बडो प्रेमले त्यो पेन्सिल मलाई दिएको थियो र मसँग वचन पनि लिएको थियो कि यो नहराउनू ! त्यसैले मैले त्यो सम्हालेर राखेको थिएँ ।' गान्धीको चिन्ता बुझेर काका कलेलकर पनि पेन्सिल खोज्न लागे ।
पछि, त्यो पेन्सिल एउटा फाइलको बीचमा अड्किएको पाइयो । गान्धीलाई त्यो सानो पेन्सिलले धेरैबेरसम्म चिन्तित बनायो । गान्धीले त्यो भेटिएपछि धेरै प्रशन्न हुँदै भने, 'अब शरीरमा ज्यान आयो ।' यस्ता थिए गान्धी ! यस्तो थियो उनको बच्चासँगको प्रेम र वाचाका पक्का ।