संयोग र दुर्घटनाले केही दललाई तत्काल फाइदा र घाटा भए पनि नेपाली राजनीतिको भविष्यलाई अन्धकारमा पार्ने निश्चित छ
विभिन्न दलका आ-आफ्ना उम्मेदवार र सर्तका कारण देश अहिले नेतृत्वविहीन छ । बहुमतीय र सहमतीय सरकार बनाउने घरदैलो अभियानले पनि कुनै अर्थयुक्त समीकरण बनाउन सकेको छैन । दलहरूले सहमतीय सरकार बनाउन नसके पनि बहुमतीय सरकार त दिनुपर्ने हो । तर, दुई-दुईपटकका चुनाव कसैको समर्थन, कसैको विरोध र कसैको तटस्थताले गर्दा प्रधानमन्त्री चुन्न असफल भइसकेको अवस्थामा अबको तेस्रो चुनाव पनि तात्विक रूपमा भिन्न होला भन्ने कुनै आधार अहिलेसम्म देखिएको छैन । १७ साउन धेरै टाढा छैन, तर दलहरूको चाला र ढिपी देख्दा भने प्रधानमन्त्रीय तेस्रो चुनाव पनि ँहात्ती आयो, हात्ती आयो फुस्सा’ होला जस्तो देखिन्छ ।
हिजो राजतन्त्रविरोधी आन्दोलनको एउटै मोर्चामा सँगै उभिन सक्ने प्रधानमन्त्रीका प्रत्याशीद्वय माओवादीका पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका रामचन्द्र पौडेल राजनीतिक दल र नेताहरू नमिली नहुने अवस्था आज पनि छ । तर, यस्तो संकेत अहिलेसम्म देखिएको छैन । अझ मधेसी मोर्चामा आबद्ध दलको दृष्टिकोण पनि अहिलेसम्म स्पष्ट भएको छैन । मौका यही हो भनेर सम्भव-असम्भव मागको भारी प्रधानमन्त्रीका दुवै प्रत्याशीलाई बोकाइरहेका छन् उनीहरू । उनीहरूका माग हेर्दा कुनै पनि प्रत्याशीले सबै मागमा सहमति गर्न सम्भव छँदै छैन । अर्कातिर आफ्ना प्रत्याशीले जित्ने सम्भावना हुँदाहुँदै पनि उम्मेदवारी फिर्ता लिएर पछि हटेको एमाले सहमतीय सरकारको रट लगाएर तटस्थताको नाटक गरिरहेको छ । आखिर देशलाई सहमतीय या बहुमतीय जुनसुकै नामको भए पनि सरकार अविलम्ब चाहिएको छ ।
यस्तोमा यो वा त्यो बहानामा देशलाई अनिर्णयको बन्दी बनाइनु कुनै पनि अवस्थामा जायज मान्न सकिन्न ।
प्रधानमन्त्रीय चुनावको नौटंकीसँगै दलहरूभित्र रडाको सुरु भएको छ । माधव-केपी समूहले एमालेका झलनाथ खनालको प्रधानमन्त्री बन्ने सपनामा तुषारापात गरिदिएपछि एमालेभित्र अर्को रडाको जन्मेको छ । अहिलेको अवस्थामा पुरानै निर्णयमा अडिग रहेर तटस्थताकै रट लगाइरहने वा निर्णय उल्ट्याएर दुईमध्ये कुनै एक प्रत्याशीलाई मतदान गर्ने भन्ने विवाद एमालेभित्र चर्किंदै गएको छ । यो विवाद चर्कदै गए सहमतिको सरकार नभएसम्म सरकार नबनाउने र कांग्रेसलाई समर्थन गर्नुपर्छ भन्ने विवाद चर्कने र त्यसले एमालेमा अर्को दुर्घटना निम्त्याउने खतरा बढेको छ । कुनै दल र कुनै समीकरणमा जुट्ने संयोग र दुर्घटनाले केही दललाई तत्काल फाइदा र घाटा भए पनि नेपाली राजनीतिको भविष्यलाई अन्धकारमा पार्ने निश्चित छ । त्यसैले अहिले दल र गुटबीच समूल रूपमा अस्तित्व विघटनको होइन, अधिकतम रूपमा परस्पर सहयोग र सहकार्यको आवश्यकता छ । अधिकतम रूपमा सहयकार्यका लागि सबै दल तत्पर हुनैपर्छ ।
naya patrika
Friday, July 30, 2010
नेपालले पहिलोचोटि विश्वकप खेल्दा...
ठूलै भाग्यले गर्दा आफ्नै नातिले विश्वकपमा खेलेको प्रत्यक्ष हेर्न पाइयो । त्यही पनि आफ्नै देशमा । ओहो ! हेर-हेर कति राम्रो देखिया छ केटोलाई, मैदानमा । सबैलाई छलाउँदै, झुक्याउँदै भकुन्डोलाई लात्तै-लात्ताले हान्यो, गोल गर्यो, कस्तो मज्जा !
'लौ है, त्यो १० नम्बरको जर्सी लगाउने नेपाली टिमको ठिटोचैँ मेरो नाति हो' भनेर बेस्सरी कराउने मन छ । तर, बूढो बौलाएछ भन्लान् भन्ने डर । सावाँको भन्दा ब्याजको माया भएजस्तै छोराको भन्दा यो नातिको खुब माया लाग्छ । हेर्नुस् न, यो बुढेसकालमा यसलाई पिठ्युँमा बोकेर मैदान वरिपरि घुम्ने रहर छ । मैदानमा यसको नाम लिँदै हुटिङ गरिरहेका दर्शकलाई पनि 'अझै हुटिङ गर' भनौँ कि जस्तो लाग्छ । तैपनि, मनमनै खितखिताउनु, खुसी हुनु, उसले हात उठाउँदा आफूले पनि हात उठाउनु, यसैमा छ मज्जा । भन्दाभन्दै उसले गोल हान्यो । सबै नेपाली दर्शक उत्तेजित भएका छन् । नेपाली झन्डा र्फपmराइरहेको छ । बुढेसकालमा भगवान्को भजनभन्दा त यो विश्वकपको रौनक पो रमाइलो लागिरहेछ । १० वर्षको उमेरदेखि नै यो भकुन्डो खेल्न मरिहत्ते गथ्र्यो । पढ्नभन्दा यही भकुन्डो खेल्नै रमाइलो छ हजुरबा भन्थ्यो । म उसका बाउ-आमालाई कोठामा पढ्न गएको छ भनेर खेल्न पठाइदिन्थेँ । हेर्नुस् हजुरबा, म यही खेलबाट हाम्रो देश नेपालको नाम विश्वमा फैलाउँछु भन्थ्यो ।
सानैदेखि यो नाति प्रश्नहरू सोधेर हैरान गथ्र्याे । हजुरबा तपाईंहरूको जमानामा केही खेल खेल्नुभएन ? एकदिन हैरान गर्यो । के भनौँ, भनौँ भयो— खेल्याथ्यौँ, खेल्याथ्यौँ । हाम्रा पालाँ वास्तवमा विश्वकपभन्दा त्यो कुर्सी तानातान खेल खुब 'हिट' थियो । कुर्सीको खेल रे ? उसले कहिल्यै नसुनेको खेल सुनेर छक्क पर्यो । यसको पालामा यो खेल खेलिने भए पो छक्क नपरोस् त । देश चलाउने नेताहरू नै कुर्सी तानातान गर्न मैदानमा उत्रन्थे । हामी युवा दर्शक भने कालो, रातो झन्डा लिएर सडकमा उत्रन्थ्यौँ । सडकै जाम हुनेगरी उत्रँदा नेताहरू अझ हौसिन्थे ।
हाम्रो पालाका नेता र यसका पालाका नेताबीच आकाश-पातालको फरक छ । हाम्रो पालामा नेताहरू कुर्सीमा बस्न भनेपछि जुको टासिएजस्तै हुन्थे । तर, यसका पालामा त आफूले गरेको प्रतिबद्धता पूरा गर्न सकेनन् भने राजीनामा दिइहाल्छन् । अर्काे आत्मविश्वासी, आफूले गरेको प्रतिबद्धता पूरा गर्न दृढ, भाषणले भन्दा कामले जनताको मन जित्नेले अवसर पाइहाल्छ ।
कुन्नि के कारणले हो, सहभागिताको पहिलो वर्षमै नेपालले विश्वकप आयोजना गर्ने मौका पाएको छ । सहभागिताका लागि खेलाडी छनोट गर्न विभिन्न राज्यबीच खुब भिडन्त चलेको थियो । हरेक राज्यका थुप्रै क्लबलाई भिडाएर उनीहरूले राम्रो खेलाडी छनोट गर्दै गणराज्यभरिका एक-एकजना सब से च्याम्पिन खेलाडी मिलाएर एउटा राष्ट्रिय टिम बनाइएको छ । सबै राज्यका राम्रा-राम्रा खेलाडीले भरिएको यो टिमलाई मैदानमा हेर्दा लाग्छ— विश्व नै हल्लाउने आँट भएका एकहुल केटाहरू एकै उद्देश्यमा होमिएका छन् ।
'गोल, गोल, गोल...' सबै दर्शक कराए । फाइनल खेल हो यो । सायद समय पनि धेरै छैन । मैले पनि बार्दलीतिर तन्कँदै दुरबिनलाई बेस्सरी समाएँ । नाति जता जान्छ उतै ध्यान दिइरहेको छु । अरू दर्शकले जस्तै । नभन्दै मेरो नातिले भकुन्डो अगाडि बढायो । दुवै टिमको यसअघिको अंक बराबर भएको र समय पनि संघारमा पुगेकाले उसले यो क्षण गोल गरेमा नेपालले विश्वमा एकपटक सगरमाथाको जस्तै उचाइ लिने थियो । बल उसले अझै अगाडि बढाइरहेको छ । झन्डै विपक्षले छोएको । धन्न छलायो । उसले गोलपोस्टमा प्रहार गर्यो । 'गोल नाति, गोल !' भन्दै म कराएँ । सबै दर्शक उचालिए । चिच्याए । म बङ्लंग पछारिएँ ।
हैन, गोल भयो कि भएन ? म त खाटबाट पो पछारिएको रहेछु । एक महिनासम्म विश्वकपको रौनकको 'ह्याङओभर' भएको मैले कस्तो सपना देखेछु । साथीले म कराएको थाहा पाएर लात्ताले हानेछ, निद्रा बिथोलेको भनेर । सपना सम्झाउँदा कसैको पनि हाँसो थामिएन । छोरो पाउने कहिले-कहिले भोटो सिउने अहिले भनेजस्तो बिहे नै नभएको मैले अचम्मको सपना देखेछु ।-कृष्णचन्द्र बन्जारा
Tuesday, July 27, 2010
एसएलसीको भूत र मिडिया
एसएलसीलाई वर्षौंदेखि नेपालको शैक्षिक क्षेत्रमा सबैभन्दा महत्वपूर्ण तहको रुपमा अपव्याख्या गरिँदै आइएको छ । मिडियाले दिएको आइरन गेटको नाम पनि चर्चित भएको छ । नेपालको शैक्षिक व्यवस्था अनुसार एसएलसी परीक्षा १० वर्षे विद्यालय तहको अन्तिम परीक्षा हो जुन पास गरेपछि क्याम्पस पढ्न पाइन्छ । एसएलसी पास गर्दा विद्यार्थी को सरदर उमेर १५ देखि १९ वर्षसम्मको हुन्छ । तर दुर्भाग्यपूर्ण पक्ष के छ भने एसएलसी पास गरेको विद्यार्थीले स्वरोजगारको लागि कुनै व्यवहारिक शीप जानेको हुँदैन ।विद्यालयमा घुँडा धसेर सिकेको ज्ञानले उसलाई खेती गर्न आउँदैन गाडी चलाउन आउँदैन कम्प्युटर बनाउन आउँदैन फर्निचरको काम गर्न आउँदैन कस्टमर सर्भिसको काम गर्न आउँदैन । एसएलसी त केवल दशकौं अघिका शासकहरुले शिक्षित र अशिक्षितबीचको स्पष्ट विभाजन कायम गर्न सुरु गरेको एउटा डरलाग्दो प्रथा हो । एसएलसीको जुन ढंगले मिडियाले प्रचार प्रसार र बढाइचढाईं गर्दै आएको छ त्यसले यस प्रथालाई थप मलजल गरेको छ । विद्याथीमाझ एसएलसी नामको डरलाग्दो भूतको सिर्जना पनि मिडियाले गरेको हो । जसको कारण उतीर्ण हुनेको आँकडा कहिल्यै पनि सन्तोषजनक हुन सकेको छैन । विद्यालय तहको एउटा सामान्य परीक्षा जसबाट आर्थिक रुपमा न देशलाई फाइदा छ न विद्यार्थीलाई नै त्यसलाई अतिरिाजत रुपमा प्रचार प्रसार गर्नु जरुरी छ कि छैन । बहस आवश्यक छ ।
सरकारले सन् २०१५ देखि लागू गर्ने भनिएको योजनामा विद्यालय शिक्षालाई १२ कक्षा सम्म बढाएर लाने प्रस्ताव छ । विद्यालयमा के पढाइने भन्दा पनि कसरी पढाइने भन्ने कुरामा मात्र केन्द्रित भइयो भने यो योजना पनि हावादारी हुनेछ । यद्यपी हाल कायम रहेको एसएलसी कुप्रथालाई हल गर्न र विद्यार्थीको मनबाट एसएलसी भूतलाई हटाउन यो योजना सहयोगी हुने अपेक्षा गर्न सकिन्छ । तर यस योजनालाई एकातिर मिडिया आफैंले समर्थन र सुधारका लागि खबरदारी गर्दै आएका छन् भने अर्कातिर त्यही मिडियाले एसएलसीको परम्परागत धारणालाई सघाउ पुग्ने सामगि्र प्रकाशन-प्रसारण गर्दै आएका छन्।
सरकारले केही वर्ष पहिले नै एसएलसीमा बोर्ड प्रथम हुने व्यवस्था खारेज गरेको थियो । अस्वस्थ प्रतिस्पर्धालाई हटाउन गरिएको उक्त कदमको स्वागत पनि भएको थियो । तर हाल आएर एसएलसीमा अन्धाधुन्ध बोर्ड टपर घोषणा गरिदिने नयाँ निकाय देखा परेको छ त्यो हो मिडिया । एसएलसी नतिजा प्रकाशन भए लगत्तै पत्रपत्रिकाले स्कुले शिक्षक र अभिभावकको दाबीलाई हवाला दिँदै बोर्ड टपरका नाम उद्घोष गर्न थाले । यो मिडियाको अत्यन्त गैरजिम्मेवार चरित्र हो । खारेज भइसकेको व्यवस्थालाई मिडियाले सहयोग गर्नु भनेको खारेज भइसकेका राजतन्त्र पाचायत र रााणाशासन जिउँदै छ भन्नु जस्तै हो।
अर्को प्रसङ्ग यसपटक एसएलसीको परीक्षामा आएका उपलब्धिलाई पत्रिकामा छापिँदा शहरका र निजी स्कूलका विद्यार्थी नै हावी भए । समान अंक ल्याउने पोखराका जुम्ल्याहा दिदी बहिनी सेन्ट मेरिज स्कुलमा पढेका रहेछन् विशिष्ट श्रेणीमा छोरा पास हुँदा प्रथम श्रेणीमा पास हुने भक्तपुरकी महिला परीक्षा दिन चाहिँ पास गर्न मलिलो भूमि मानिने बारा पुगेकी रहिछन् । राजधानीबाट विशिष्ट श्रेणी ल्याउने तिम्ल्याहा प्राध्यापकका सुपुत्र हुन् । नागरिक दैनिकले त बोर्ड टपर हुने छात्र छात्राको नाम नै बकाइदाले घोषणा गरिदियो उनीहरुको भावी योजना सहित।
मेधावी विद्यार्थीहरुलाई मिडियामा स्थान दिने मौका हो यो । तर मिडियामा कुन स्थान दिने भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ । परीक्षाफल प्रकाशित भएको लगातार ३ दिनसम्म विशिष्ट अंक ल्याएर पास भएकाहरु मात्र फ्रन्ट पेजमा छाइरहे । फेल हुने ३६ प्रतिशत विद्यार्थी किन कहिँ अटाएनन् परीक्षा दिने शत् प्रतिशत विद्यार्थीको सपना एउटै थियो होला । तर राज्यको एउटा अवैज्ञानिक र अव्यवारिक व्यवस्थाबाट वलात्कृत भएका बाँकि ३६ प्रतिशत सपनालाई स्वतन्त्र मिडियाहरुले पनि किन लात हाने
एसएलसी शिक्षा प्रणालीको एउटा महत्वपूर्ण पाटो कहिल्यै हुन सकेन । यो केवल सामाजिक विभेद र स्टाटस सिम्बोलको परिचायकका रुपमा मात्र रह्यो । सुधारको लागि मिडिया सहयोगी र जिम्मेवार हुनै पर्छ ।
र अन्त्यमा...
एसएलसीको परीक्षाफल प्रकाशित हुनुभन्दा साताअघि एक ठूलो प्रकाशन गृहको क्यान्टिनमा भाँडा माझिरहेका सिन्धुपाल्चोकका सुमन चालिसे भेटिए । एसएलसी दिएपछि घरको कमजोर आर्थिक अवस्था उकास्ने सपना बोकेर यी १६ वर्षे ठिटो शहर पसेका रहेछन् । उनको विद्यालय जीवनलाई पढाइ र रहरले भन्दा पनि अभाव र गरिबीले थिच्यो । उनलाई एसएलसीमा पास हुने समेत झीनो मात्र आशा रहेछ । पास भए घर फर्केर गाउँकै क्याम्पस पढ्ने नभए शहरमा मजदुरीलाई निरन्तरता दिने उनको स्पष्ट योजना थियो । अहिलेको परीक्षामा विशिष्ट श्रेणी ल्याएर प्लस टु पास पछि विदेश गएर भाँडा माझ्ने या नेपालमै भनेजस्तो विषय पढेर डाक्टर इन्जिनियर र न्युरो सर्जन हुनेहरु भन्दा सुमन चालीसे सत्र्चार माध्यमका लागि महत्वपूर्ण हुनु पर्ने हैन र?- कमलकुमार

Monday, July 26, 2010
Wednesday, July 21, 2010
अन्तराष्ट्रिय कलाकार मंच, र अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा सांस्कृतिक कार्यक्रम, वनभोज साथ साथै अभिनन्दन र सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न
वरिष्ठ कलाकार तथा प्राज्ञ हरि बहादुर थापा, वरिष्ठ नायक, नायिकाद्वयः सरोज खनाल र पूजा चन्दलाई अभिनन्दन, ५ मिडिया र २ समाजसेबीलाई सम्मान
भर्जिनिया, अमेरिका/ अन्तराष्ट्रिय कलाकार मंच, अमेरिका र अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा अमेरिकाको मनासस सहर नजिक हेमार्केटको डोमिनियन भ्याली, जेम्स पार्कमा सांस्कृतिक कार्यक्रम, वनभोज साथ साथै अभिनन्दन र सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष सागर कंडेलको सभापतित्व र चर्चित उद्घोषिका एवं कलाकार रचना सिंहको आकर्ष संचालनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै अमेरिकाका लागि नेपाली राजदूत डा. शंकर शर्माले यस प्रकारको कार्यक्रमले आफूलाई खुसी लागेको बताउँदै अन्तराष्ट्रिय कलाकार मंच र सहयोगी समाज दुवैलाई धन्यवाद व्यक्त गर्नुभयो । वहाँले स्थापनाकालको छोटो अवधिमा मंच र समाजले खेलेको भूमीकाको प्रशंसा गर्दै अभिनन्दित र सम्मानित व्यक्तित्वहरुलाई समेत बधाई ज्ञापन गर्नुभयो । अन्तराष्ट्रिय कलाकार मंचका अध्यक्ष रामप्रसाद खनालले कार्यक्रम सफल पार्न सहभागी सवै नेपालीहरुप्रति आभार प्रकट गर्दै वनभोज, सांस्कृतिक कार्यक्रम, अभिनन्दन र सम्मान कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो । एएनएका उपाध्यक्ष मेदिनी अधिकारी एवं एएनएका पर्ूव अध्यक्ष समाजसेवी कृष्ण निरौलाले मंच र समाजका यस प्रकारका कार्यक्रमले आफू उत्साहित भएको बताउँदै धन्यवाद ज्ञापन गर्नुभयो ।
बरिष्ठ नाट्यक्रमी, कलाकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठान प्रतिष्ठानका उपाध्यक्ष हरि बहादुर थापाले आफूहरुले स्थापना गरेको अर्न्राष्ट्रिय कलाकार मंचका विगतका अनुभवहरु र आगामी कार्यक्रमबारे प्रकाश पार्दै उक्त कार्यक्रम आयोजनाका लागि मंच र समाज दुवैलाई धन्यवाद दिनुभयो । मंचका उपाध्यक्ष समेत रहेका थापाले नेपाल साहित्य, कला तथा संगीत प्रतिष्ठानले मंचसँग मिलेर आगामी दिनमा अरु कार्यक्रमहरु ग्ार्ने सोचाई रहेको बताउनुभयो ।
बरिष्ठ कलाकार तथा नायक सरोज खनालले आफू यस प्रकारको कार्यक्रमबाट प्रसन्न रहेको बताउदै आगामी दिनमा अर्न्राष्ट्रिय कलाकार मंचसँग मिलेर अघि बढ्न चाहेको बताउनुभयो ।
बरिष्ठ कलाकार तथा नायिका पूजा चन्दले अमेरिकामा रहेर पनि नेपाली संस्कृति र परम्पराको जगर्ेना गर्न मंच र समाजले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाका अध्यक्ष बसन्त श्रेष्ठले छोटो समयमै अन्तराष्ट्रिय कलाकार मंच र अमेरिका नेपाल सहयोगी समाजले अमेरिकामा राम्रा राम्रा काम गरेको स्मरण गर्दै धन्यवाद दिनु भयो ।
अमेरिका नेपाल सोसाइटिका अध्यक्ष खेम भट्टचन, नेपाल एजुकेशन एण्ड कल्चर सेन्टरका उपाध्यक्ष प्रेम संग्रौला, कला साहित्यका हस्ति, प्राध्यापक एवं मिडिया र विज्ञापन विशेषज्ञ राजेन्द्र शलभ, रेडियो दोभानका अध्यक्ष एवं नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष नगेन्द्र पौडेल, सगरमाथा टिभीका सम्पादक नीलु खरेल, डिसी नेपाल डट कमका संचालक रामहरि सुवेदी, विश्व परिक्रमा पत्रिकाका संपादक साहित्यकार गोविन्द गिरी प्रेरणा, नेपाल होराइजन्स डटकमका संचालक सुबुप्रताप केसी आदिले पनि कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको प्रथम चरणमा वरिष्ठ कलाकार तथा प्राज्ञ हरि बहादुर थापालाई, त्यसैगरि वरिष्ठ नायक, नायिकाद्वयः सरोज खनाल र पूजा चन्दलाई वहाँहरुले आ-आफ्नो विधा र कलाकारिताका क्षेत्रमा पर्ुयाउनु भएको योगदानका लागि अन्तराष्ट्रिय कलाकार मंच, अमेरिका केन्द्रिय समिति, अमेरिका नेपाल सहयोगी समाज, अमेरिका नेपाल सोसाइटी, नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाका तर्फाट सामूहिक रुपमा अभिनन्दन गरिएको थियो । अभिनन्दित तीनै जना कलाकारहरुलाई अन्तराष्ट्रिय कलाकार मंचका अध्यक्ष रामप्रसाद खनाल र अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष सागर कंडेलले माला लगाइदिनु भएको थियो भने राजदूत डा. शंकर शर्माले अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो ।
यसैगरि कार्यक्रममा सगरमाथा टिभी- संपादक नीलु खरेल, नेपाल होराइजन्स डटकम- संचालक सुवुप्रताप केसी, डिसी नेपाल डटकम- संचालक रामहरि सुवेदी, रेडियो दोभान- अध्यक्ष नगेन्द्र पौडेल, विश्व परिक्रमा पत्रिका- संपादक एवं साहित्यकार गोविन्द गिरी प्रेरणा, अर्न्राष्ट्रिय कलाकार मंच र सहयोगी समाज दुवै संस्थालाई सधै सहयोग, सद्भाव, प्रेरणा दिनुहुने, समाजसेवी व्यक्तित्वहरु, यस क्षेत्रका लोकप्रिय अभिभावकद्वय गोविन्द मैनाली र राजीव मैनालीलाई मंच र समाज दुवैका तर्फाट सम्मान गरिएको थियो । सम्मानित सवैलाई राजदूत शर्माले सम्मान पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन सहित अध्यक्ष सागर कंडेलले पहिलो चरणको समापन गर्नुभएको थियो ।
कार्यक्रमको दोश्रो चरणमा भएको सांस्कृतिक कार्यक्रममा नायिका एवं नृत्यांगना अनुपमा प्रसाइको निर्देशनमा तयार पारिएका नृत्यहरु, गीत, कविता र अन्य प्रस्तुतीहरु समावेश थिए । दोश्रो चरणको कार्यक्रम संचालन समाजका सचिव मुक्त पौडेल र धन्यवाद ज्ञापन समाजका उपाध्यक्ष कमल भट्टर्राईले गर्नुभएको थियो । सांस्कृतिक कार्यक्रममा कवि प्रकाश नेपाल र नायिका पूजा चन्दले कविता, रामप्रसाद खनालले गीत, र शुशील दिक्षितले चुट्किला प्रस्तुत गर्नुभएको थियो भने आकृति खनाल, आयुसा खनाल, ज्योति कार्की, रुपेश कार्की, साकार बुढाथोकी, अनु संग्रौला, रित संग्रौला, एलिना पौडेल, मनस्वी संग्रौला, स्वीकृति दाहाल, सुरेश खनाल, सुष्मा खनाल आदिले नृत्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा करिव एक हजारभन्दा बढी नेपालीहरु सहभागी थिए भने अन्तराष्ट्रिय कलाकार मंच र अमेरिका नेपाल सहयोगी समाजको आहृवानमा भएको पटलक वनभोजमा यस क्षेत्रमा बसोबास गर्ने संम्पर्ूण्ा नेपालीहरुले सक्रिय सहभागी हुँदै नेपाली खानाका विभिन्न परिकारहरु बनाएर सवै अतिथिलाई खानाको स्वाद दिलाएका थिए ।
कार्यक्रम सफल पार्न सहयोग गर्ने संम्पर्ूण्ा नेपाली दाजुभाई, दिदीबहिनी, संघसंस्थाहरु सवैमा आयोजक अन्तराष्ट्रिय कलाकार मंचका अध्यक्ष रामप्रसाद खनाल र अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष सागर कंडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै धन्यवाद र आभार प्रकट गर्नुभएको छ । विज्ञप्तिमा सगरमाथा टिभी, नेपाल होराइजन्स डटकम, डिसी नेपाल डटकम, रेडियो दोभान, नेपाल मदर डटकम र विश्व परिक्रमालाई समेत विशेष धन्यवाद ज्ञापन गरिएको छ ।

Wednesday, November 4, 2009
आमाले छोडेर गएपछी !
सानो हुँदा पढेको,सुनेको थिए प्रत्त्येक ब्यक्तिको जन्म,विबाह र मृत्यु भाविले लेखेको हुन्छ। अहिले मलाई आफ्नी आमाको मृत्युबारे केही कुरा लेख्न मन लागेको छ। भाविले लेखेको कारण वा सम्योग म हाल अमेरिकामा छु। जीवन जिउन संघर्शरत छु अथवा म सार्ह्रै ब्यस्त भएको छु आजकाल। यस बिपरित आफू जन्मिएको देशमा नगएको दुई वर्ष भैइसकेको छ प्लान बनाउदैछु पक्कै अर्को वर्ष दसैंमा त सपरिबार आमाको हातको टीका थाप्न जसरी भएपनि जानैपर्छ। आफूले सोचेजस्तो कहाँ हुदो रहेछर। अक्टोवर ५मा आमा बिरामी पर्नु भएको खबर घरबाट आयो। अकस्मात मेरो दिमागमा अनेक किसिमका तरग्ग पैदा भए बुढी भएकी आमालाई सम्झिदा मनलाई थाम्न साह्रै गार्हो भयो। मुटुलाई दर्हो बनाउदै सोचे- म नेपाल जानै पर्छ। तुरुन्तै नेपाल ट्राभल्स हाउसमा फोन लगाए साथी मनोजजीले शुलभ दरमा भोलिकै टिकट मिलाइदिनुभयो। यस्तो परिस्थितीमा काममा पनि पक्कै बिदा पाईन्छ होला नत्र काम छोड्नै परेपनी भन्ने सोचेरनै टिकट कन्फर्म गरिसकेपछी काममा भने १५दिनको बिदा पनि मिल्यो। अक्टुबर ६मा साथी सागर र ॠषिले एयरपोर्टबाट मलाई नेपालको लागि बिदाइ गर्नु भयो।
एक किसिमको सन्तुस्टिको लामो सास फेरेर नेपालातर्फ मेरो यात्रा सुरुभयो। आफना दाजुभाइको घर काठमान्डु भएपनी एक मिनेट त्यहा रोकिन मलाई मन लागेको थिएन तर के गरौ गाडी नपाईएको कारणले दाइको कोठामा एकरात काठमान्डुमै बिताउनु पर्ने भयो। रातभरी निद्रानै परेन गुल्मी भएकी आफ्नी आमाको छाप दिमागमा थियो। अर्को दिन बिहानै डाकगाडी चढी मोहन दाजिका साथ गुल्मीतर्फ लाग्यौ। साझ त म पनि घर पुग्छु आमा,दाजुभाउजु, दिदिबहिनी ओहो कती रमाइलो होला दुखी मन भएपनी खुशीले झन्क्रित भए म। समयको रफ्तार बड्दै साझको ६बजिसकेको थियो। हामी घरको पेटिमा पुगिसकेका थियौ। बत्तिको मधुरो उज्यालो ढोकाको चेपबाट चियाइरहेको थियो मानिसहरु भित्र गुनगान बोलेको सुनिन्थ्यो। यत्तिकैमा म भित्र पसे आमा म हजुरको कान्छो छोरा अमेरिकाबाट आएको चिन्नुभयो? अ बाबु। आमाको अनुहार देखेर म किमकरत्ब्यमुढ भए। न मुहार खशि,न घरमा चमक,न रमाइलो कस्तो उदेक लाग्दो जन्मथलो मेरो घर। अरु केही बोल्न सक्ने सामर्थ आएन ममा एककोहोरो आमालाई हेरिरहे हेरिरहे। म झकाएजस्तो भएछु दाजुले बोलाउनु भयो। आमा ओछ्यानमा परेको ढेढ महिना भईसकेको रहेछ। दुई बर्षमै आमाको यस्तो अवस्था देख्दा मन दुख्नु स्वभाभिक थियो। काममा कल गरी अक्टोबर २८मा हाजिर हुने सुचना दिए बिदा पनि मिल्यो।
धेरै वर्षपछी दिदिबहिनीको हातबाट तिहारको टिका लगाउने सौभाग्य मिलेपनि मन चुस्त थिएन। माओबादिले तिहारपछी देशमा आधिबेहेरी ल्याउने कुरा गरिरहेका थिए। नेपाल बन्द,हडताल,चक्काजाम जे पनि हुन सक्ने खतराले तिहार पछी तुरुन्तै काठमान्डुतर्फ फर्किने निधो गरे। आमा लगायतका सम्पूर्ण आफन्तलाई आफ्नो ब्यथा बताइ घरबाट अमेरिकाको लागि बिदा भए दाजुका साथ। म उढ्नका लागि ४दिन बाँकी थियो। तर बिडम्बना आमालाई अलि बढीभएको खबर घरबाट आयो। सोही दिन पौनी ९बजे ७८वर्षैय मेरी आमा(रमादेवी भट्टराई)को देहान्त भयो हरे राम! बाहेक अरु केही भन्न अनि गर्न सकिएन। मनमा जताततै सन्नाटा छायो,अक्कनबक्क भैयो,हातखुट्टा सिथिल भए,दिमागले काम नगरेको अनुभब भयो तर पनि के गर्ने सृस्टिमा भैरहेको चलन सहन पर्दो रहेछ। जिन्दगीमा कहिल्यै नपरेको दु:ख एकादम्म बज्रपात पर्यो। एकातर्फ हातमा प्लेनको टिकट छ अर्कोतर्फ आमा गुमाइसकिएकोछ। विगत ६बर्षादेखि यता बसेको मैले परिवार काम पनि हेर्नुपर्ने जिम्बेबारी ,बाटो लागिसकेको म यता न उता स्थितिमा थिए। तैपनि मनलाई द्रिर्ण बनाइ अमेरिकातर्फ आउने निधो गरे। शायद मै हुला यस्तो अभागि आमाको मृत्यु भएको चौथो दिन परदेश तर्फ लाग्ने। परिबन्दमा फसिएपछी के गर्ने जिन्दगी जीउनु पर्दो रहेछ। आमाको आत्माको चिर शान्तीका लागि सक्दो किरिया कर्म यतै आएर गर्ने निधो गरे। दु:खमा दिन पनि सोझा हुँदा रहेनछन भन्ने कुरा एयर्पोर्टबाटै अनुभब हुन थाल्यो किनभने बसमा एउटै सिट दुई जनालाई काटेको धेरैचोटि मैले देखेको छु तर भरिभराउ कम्पुटराइज प्लेनमा पनि दुई जनाको बोडिङ पासमा एउटै सिट क्या नरमाइलो धेरैबेर पछी जनतन समस्या समाधान भयो। म अन्तत अमेरिकाको डलास एयर्पोर्टमा ओर्लिए। फ्लाइट र ट्रान्जिट गरी बिताएका ३२ घण्टा मेरालागी बर्षादिन भन्दा कम भएनन।
स्कूल पढ्दा साथीभाइ टुहुरका सन्तान भनि झगडा गरेको सम्झन्छु। अब म पनि पूर्ण रुपमा टुहुरो भएको छु। मेरो सृस्टिका बिधाता आमाबाबु कोही छैनन तर पनि दाजुभाइ दिदिबहिनीहरु,इस्टमित्र तथा साथीभाइहरुले यस दु:खद घडीमा दिएका सात्वना मैले जिन्दगीमा कहिलौ नभुल्ले गरी दिमागमा टाचा लगाएको छु यसका लागि तपाईंहरु सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु। विधिको बिधान यस्तो दु:ख तपाईं हामी सबैलाई पर्दो रहेछ,मन बुझाउनै पर्ने यही नोभेम्बर ५ बिहीवार आमाको तेह्रम गर्दैछु। अन्तमा आउदो दसैंमा आमाको हातबाट टिका थाप्ने मेरो प्लान................ अस्तु।
bhattaraikamal1973@gmail.com
(अमेरिका)

Saturday, June 20, 2009
के रहेछ जीवन ?
धनै धन को मात्र पनि - हैन रहेछ जीवन ।
साग सिस्नु खोले सँग - खेल्दो रहेछ जीवन ।।
घमन्ड र मुर्ख्याइ मा - एक्लो रहेछ जीवन ।
मेलमिलाप र सद्भाबको - साथी रहेछ जीवन ।।
सुखै सुखको मेसो पनि - ब्यर्थ रहेछ जीवन ।
दु:ख बिच जिऊनु पनि - अर्थ रहेछ जीवन ।।
हांसै हांसो मात्र पनि - हैन रहेछ जीवन ।
हांसो रोदन सँग बाच्नु - मज्जा रहेछ जीवन ।।
छांया सितल मात्र पनि - हैन रहेछ जीवन ।
चर्को घाम मा पसिना को - अर्थ रहेछ जीवन ।।
परापमान मात्र पनि - ब्यार्थ रहेछ जीवन ।
परमात्मा को संमान गर्नु - गौरब रहेछ जीवन ।।
ठुलो ठा-लु बन्न खोज्नु - ब्यर्थै रहेछ जीवन ।
सानो बिच बाँच्न सक्नु -यो पो रहेछ जीवन ।।
दिनै दिन को ऊज्वल पनि - ब्यर्थ रहेछ जीवन ।
अंधेरी मा बिस्राम को - अर्थ रहेछ जीवन ।।
बलियो- बाङो मात्रा पनि - हैन रहेछ जीवन ।
निर्धो दुब्लो सँग बाच्नु - मज्जा रहेछ जीवन ।।
भरी पेट मा एक्लो बाच्नु - ब्यार्थै रहेछ जीवन ।
आधा पेटमा तिमी सँग - बाच्नु रहेछ जीवन ।।-पुरुशोत्तम सुबेदी

यथार्थ
चुरोटको बट्टा बट्टामा
‘धूमपान स्वास्थ्यको लागी हानिकारक छ’
लेख्दा लेख्दै पनि
रक्सीको बोतल-बोतलमा
‘मदिरा नपिउनु नै बेस’
देख्दा देख्दै पनि
‘तान्ने’हरुको भीड नघटेपछि
‘पिउने’हरुको जमात झन् बढेपछि
‘उल्टो असरको सिद्धान्त’ले काम गरेको र
चेतावनिको बारम्बार पुन:उक्ति पनि
झन्-झन् बेमतलब बन्दै गएको देखेपछि
आजकल त यहाँ
अर्कै चलन चलेको छ रे
भ्रष्टाचारिहरु प्र्त्येक घोटालापछि
‘भ्रष्टाचार देशद्रोह हो’ भन्छन्
घुस्याहाहरु हरेक किस्ता बुझेपछि
‘घुस खानु महापाप हो’ जप्छन्
चेतावनि र विज्ञापन संगसंगै चलिरहेछन् ।
क्यान्सर र भ्रष्टाचार दिनदिनै बढिरहेछन् ।
- दिलीप( कान्तिपुर ०३-०६-२०५५)

चोरहरुको देवी --मां जोगणिया--
धनकोलागि लक्ष्मी, शिक्षाकोलगि, सरस्वती त बलकोलागी हनुमान त त्यस्तै भिन्न भिन्न ईच्छा र आकांक्षा पूर्तीको को लागी भिन्न भीन्न देवताको कल्पना र उपासना समाजमा ईतिहासपर्यन्त चल्दै आएको छ। तर चोरहरुको पनि छुट्टै भगवान र मन्दिर छ भन्ने हामिमध्य धेरैलाई थाहा नहुन सक्छ । हो, तपाईले ठीकै पढ्नु भएको छ, म आज चोरहरुको देवीको बारेमा चर्चा गर्दै छु ।
भारतको मध्य प्रदेशमा नीमचबाट नजीक एउटा अनौठो देवीको मन्दिर छ । मां जोगणिया देवी भन्ने नाम भएपनि यो मन्दिर ‘चोरों कि देवी’ नामले बढी चिनिन्छ । बिहडमा रहेको र कठीन बाटोबाट पुग्नु पर्ने यो मन्दिर किन चोरको देवी भनेर चीनिन्छ भन्ने बारेमा एउटा अपत्यारीलो तर रमाईलो किंवदन्ति छ:
किंवदन्तिका अनुसार परापूर्वकालमा एकजना हतकडी लगाईएको चोर, पुलिसबाट भाग्दै भाग्दै बिहडको बिकट बाटो हुँदै यो मन्दिरमा आईपुगेछ । जब चोर यो मन्दिरमा प्रवेश गरेछ तुरुन्तै उसका हतकडी आफैं खुलेछन र सांप बनेर पुलिसलाई लखेटेछन । यसरी चोर सुरक्षीत भएछ ।
त्यहि समयदेखी यो मन्दिर चोरहरुकोलागी लोकप्रिय भएछ । अनी चोरीलाई अन्जाम दिनु अगाडि चोरहरु यस मन्दिरमा सफलताकोलागी प्रार्थना गर्न जान थालेछन । तर किंवदन्तिका अनुसार देवीले केवल चोरलाई मात्रै संसक्षण र सफलता प्रदान गर्छीन अपराधीलाई होईन (स्थानिय व्यक्तिहरुको भनाई अनुसार धन-माल मात्रै चोर्नेहरु ‘चोर’ मा पर्छन भने अपहरण गर्ने, मार-काट गर्नेहरु भने ‘अपराधी’ मा पर्छन ) अपराधीलाई भने चोरको देवीले मानसिक वा शारीरिक सजाय दमेत दिने गर्छीन भन्ने जन विश्वास छ ।
रमाईलो कुरा के छ भने अहिले पनि चोरी गर्न जानु अगाडि चोरहरु यहाँ जाने र मांसंग ‘आज्ञा’ लिने गर्छन । यो ‘आज्ञा’ लिने तरिका पनि अद्भुत छ। प्रथा अनुसार चोरहरु चोरी गर्नु अगाडि हातमा दुईवटा फूल लिएर मन्दिरमा जान्छन । ती दुई फूलमा एउटा ‘आज्ञा’ को सूचक र अर्को ‘निषेध’ को सूचक हुन्छ । चोरहरुले दुबै फूल एकैचोटी देवीको हातमा चढाउँछन, दुबै फूल हातमा नअटने भएकोले एउटा फूल तुरुन्तै खस्छ, अब मुर्ती अगाडि हात थापेर बसेको चोरको हातमा ‘निषेध’ को सूचक फूल खसेमा चोरले सो चोरीको योजना रद्द गर्छ, तर यदि ‘आज्ञा’ को सूचक फूल खसेमा भने आत्मविश्वासकासाथ चोरी गर्न जान्छ र यसरी ‘आज्ञा’ मिलेपछि चोरी गर्दा ‘सफलता’ मिल्ने र नसमातीने समेत विश्वास छ ।
चोरीको सफलता पछि चोरीको सानो हिस्सा देवीलाई पनि चढाउने प्रचलन रहेको पनि बताईन्छ । चोरी गर्न हिंडदा ‘अपराध’ गरेमा वा सफलता पछि केहि नचढाएमा पनि माताले चोरलाई सजाँय दिने पनि किंवदन्ति छ ।
सुन्नमा आए अनुसार विगत केहि समय यता यो मन्दिरको प्रचार बढ्दै गएकोले वरीपरिका सहरका चोरहरु पनि “ठुलो हात मार्नु” अगाडि यहाँ आराधना गर्न पुग्न थालेका छन ।
अन्तमा कतै टेलीभीजनको हास्य कार्यक्रममा एकजना हा्स्य कलाकारले भनेको एउटा वाक्य याद आयो “भारत एक अजीबों गरीब देश है-- अर्थात अजीब किसीमको गरीब देश” चोरीमा पनि देउतालाई मुस्ने कार्य साँच्चै अजीब छैन त? ।
(स्रोत: विभिन्न पत्र-पत्रिका र वेबपेजहरु)
र यो पनि हेर्नुहोस:Dilip Acharya
भारतको बिहारमा पटना जिल्लाको फतुहा नजिक यौटा अनौठो साधना स्थल छ, अनौठो यस मानेमा कि यो चोरहरुकोलागी सिद्धस्थल हो । बास्तबमा यो यौटा मकबरा (स्मारक) हो र “नूरि चोरका मकबरा” वा 'चोर बाबा की मजार' नामले चिनिन्छ।
यहा आएर चोरीको सफलताको लागी पुकारा गरेमा चोरि गर्ने कार्य बिना कुनै समस्या र सजिलै हुने विश्वास लीई आजकल पनि यहा ‘समय मिलाई’ चोरहरुले कामना पूर्ण गर्न साधना गर्ने गरेको पाईन्छ ।
ईण्टरनेट र बिभिन्न पत्रीकाबाट जानकारी पाए अनुसार बास्तबमा “नूरी” मुगल शासनकालको यौटा कुख्यात चोर थियो र जस्तोसुकै सुरक्षा प्रबन्ध वा पहरा भएको ठाउँबाट पनि सजिलै चोरी गर्न सक्ने सामर्थ्य राख्थ्यो । फेरी धनिलाई लुटेर गरिवलाई बाँडने काम गरी गरिवहरु बिच लोकप्रिय रहेकोले पनि उसलाई तात्कालीन प्रशासनले समात्न सकेको थिएन ।
प्रचलित आख्यान अनुशार पटनाका तात्कालीन गवर्नरले यो चोरको बारेमा सुनेपछि नूरिलाई आफ्नो भवनमा चोरि गरेर देखाउन चुनौतिपुर्ण निम्ता दिएछन । नूरिले पनि “सरकारको आदेश यस्तै छ भने पक्कै पनि कमाल गरेर देखाउनेछु” भनेर जवाफ पठाएछ ।
त्यसपछि निर्धारित समय भित्रै कडा पहरा र सुरक्षाको बिचमा भेष बदलेर सो भवनमा पसी नूरिले गवर्नरको श्रिमतिको सुनको चुरा गाएब गरिदिइछ । भोलिपल्ट उसले आफैं गवर्नरको भवनमा गएर सो सुनको चुरा निकालेर गवर्नरलाई दिएछ । भिन्न स्वभाबका गवर्नरले पनि सो चुरा उसैलाई पुरस्कार दिएछन र अब उप्रान्त सो शहर छोडेर जान आदेश दिएछन ।
सुनिन्छ त्यसपछि नूरिले गवर्नरलाई सो आदेश फिर्ता लिन अनुरोध गरेछ, तर गवर्नरले नमाने पछि अन्तमा “जिन्दगि भरि चोरी गरेर बिताँए अब अगाडि के हुन्छ थाहा छैन, त्यसैले म मरे पछि यहि सुनको चुराबाट आउने धनले मेरो मकबरा बनाईदिनु भयो भने मेरो जिवन सफल हुन्छ” भन्दै सो सुनको चुरा फिर्ता दिएर शहर बाट टाडा जाने तरखरमा लागेछ।
त्यस्तैमा एकदिन गाँउमा एकजना युबतीलाई अपहरण गरेर लगेको खबर आएछ, चोर भए पनि “अपराधि” नभएको मानिने नूरि तुरुन्तै अपहरणकर्ताको पछि लागेछ । तिन जना अपहरणकर्ता संग एक्लै लड्दा उक्त युबतीलाई बचाउन सफल भएपनि नूरीको भने सोहि घम्साघम्सिमा मृत्यु भएछ ।
आफ्नो वचन अनुशार गवर्नरले पनि उसको मृत्यु भएकै स्थानमा यौटा मकबरा बनाउन लगाएर त्यसलाई “नूरी चोरका मकबरा” भन्ने नाम दिएछन ।
हाल यो मकबरा जिर्ण अबस्थामा रहेको छ तर पनि टाढा टाढा बाट हालसम्म पनि चोरी कलामा सिद्धहस्त हुने कामना बोकेर चोरहरु यहा साधना गर्न र आशीष थाप्न आउने गर्छन ।

Subscribe to:
Posts (Atom)