Wednesday, November 4, 2009

आमाले छोडेर गएपछी !

सानो हुँदा पढेको,सुनेको थिए प्रत्त्येक ब्यक्तिको जन्म,विबाह र मृत्‍यु भाविले लेखेको हुन्छ। अहिले मलाई आफ्नी आमाको मृत्‍युबारे केही कुरा लेख्न मन लागेको छ। भाविले लेखेको कारण वा सम्योग म हाल अमेरिकामा छु। जीवन जिउन संघर्शरत छु अथवा म सार्ह्रै ब्यस्त भएको छु आजकाल। यस बिपरित आफू जन्मिएको देशमा नगएको दुई वर्ष भैइसकेको छ प्लान बनाउदैछु पक्कै अर्को वर्ष दसैंमा त सपरिबार आमाको हातको टीका थाप्न जसरी भएपनि जानैपर्छ। आफूले सोचेजस्तो कहाँ हुदो रहेछर। अक्टोवर ५मा आमा बिरामी पर्नु भएको खबर घरबाट आयो। अकस्मात मेरो दिमागमा अनेक किसिमका तरग्ग पैदा भए बुढी भएकी आमालाई सम्झिदा मनलाई थाम्न साह्रै गार्हो भयो। मुटुलाई दर्हो बनाउदै सोचे- म नेपाल जानै पर्छ। तुरुन्तै नेपाल ट्राभल्स हाउसमा फोन लगाए साथी मनोजजीले शुलभ दरमा भोलिकै टिकट मिलाइदिनुभयो। यस्तो परिस्थितीमा काममा पनि पक्कै बिदा पाईन्छ होला नत्र काम छोड्नै परेपनी भन्ने सोचेरनै टिकट कन्फर्म गरिसकेपछी काममा भने १५दिनको बिदा पनि मिल्यो। अक्टुबर ६मा साथी सागर र ॠषिले एयरपोर्टबाट मलाई नेपालको लागि बिदाइ गर्नु भयो।

एक किसिमको सन्तुस्टिको लामो सास फेरेर नेपालातर्फ मेरो यात्रा सुरुभयो। आफना दाजुभाइको घर काठमान्डु भएपनी एक मिनेट त्यहा रोकिन मलाई मन लागेको थिएन तर के गरौ गाडी नपाईएको कारणले दाइको कोठामा एकरात काठमान्डुमै बिताउनु पर्ने भयो। रातभरी निद्रानै परेन गुल्मी भएकी आफ्नी आमाको छाप दिमागमा थियो। अर्को दिन बिहानै डाकगाडी चढी मोहन दाजिका साथ गुल्मीतर्फ लाग्यौ। साझ त म पनि घर पुग्छु आमा,दाजुभाउजु, दिदिबहिनी ओहो कती रमाइलो होला दुखी मन भएपनी खुशीले झन्क्रित भए म। समयको रफ्तार बड्दै साझको ६बजिसकेको थियो। हामी घरको पेटिमा पुगिसकेका थियौ। बत्तिको मधुरो उज्यालो ढोकाको चेपबाट चियाइरहेको थियो मानिसहरु भित्र गुनगान बोलेको सुनिन्थ्यो। यत्तिकैमा म भित्र पसे आमा म हजुरको कान्छो छोरा अमेरिकाबाट आएको चिन्नुभयो? अ बाबु। आमाको अनुहार देखेर म किमकरत्ब्यमुढ भए। न मुहार खशि,न घरमा चमक,न रमाइलो कस्तो उदेक लाग्दो जन्मथलो मेरो घर। अरु केही बोल्न सक्ने सामर्थ आएन ममा एककोहोरो आमालाई हेरिरहे हेरिरहे। म झकाएजस्तो भएछु दाजुले बोलाउनु भयो। आमा ओछ्यानमा परेको ढेढ महिना भईसकेको रहेछ। दुई बर्षमै आमाको यस्तो अवस्था देख्दा मन दुख्नु स्वभाभिक थियो। काममा कल गरी अक्टोबर २८मा हाजिर हुने सुचना दिए बिदा पनि मिल्यो।

धेरै वर्षपछी दिदिबहिनीको हातबाट तिहारको टिका लगाउने सौभाग्य मिलेपनि मन चुस्त थिएन। माओबादिले तिहारपछी देशमा आधिबेहेरी ल्याउने कुरा गरिरहेका थिए। नेपाल बन्द,हडताल,चक्काजाम जे पनि हुन सक्ने खतराले तिहार पछी तुरुन्तै काठमान्डुतर्फ फर्किने निधो गरे। आमा लगायतका सम्पूर्ण आफन्तलाई आफ्नो ब्यथा बताइ घरबाट अमेरिकाको लागि बिदा भए दाजुका साथ। म उढ्नका लागि ४दिन बाँकी थियो। तर बिडम्बना आमालाई अलि बढीभएको खबर घरबाट आयो। सोही दिन पौनी ९बजे ७८वर्षैय मेरी आमा(रमादेवी भट्टराई)को देहान्त भयो हरे राम! बाहेक अरु केही भन्न अनि गर्न सकिएन। मनमा जताततै सन्नाटा छायो,अक्कनबक्क भैयो,हातखुट्टा सिथिल भए,दिमागले काम नगरेको अनुभब भयो तर पनि के गर्ने सृस्‍टिमा भैरहेको चलन सहन पर्दो रहेछ। जिन्दगीमा कहिल्यै नपरेको दु:ख एकादम्म बज्रपात पर्‍यो। एकातर्फ हातमा प्लेनको टिकट छ अर्कोतर्फ आमा गुमाइसकिएकोछ। विगत ६बर्षादेखि यता बसेको मैले परिवार काम पनि हेर्नुपर्ने जिम्बेबारी ,बाटो लागिसकेको म यता न उता स्थितिमा थिए। तैपनि मनलाई द्रिर्ण बनाइ अमेरिकातर्फ आउने निधो गरे। शायद मै हुला यस्तो अभागि आमाको मृत्‍यु भएको चौथो दिन परदेश तर्फ लाग्ने। परिबन्दमा फसिएपछी के गर्ने जिन्दगी जीउनु पर्दो रहेछ। आमाको आत्माको चिर शान्तीका लागि सक्दो किरिया कर्म यतै आएर गर्ने निधो गरे। दु:खमा दिन पनि सोझा हुँदा रहेनछन भन्ने कुरा एयर्पोर्टबाटै अनुभब हुन थाल्यो किनभने बसमा एउटै सिट दुई जनालाई काटेको धेरैचोटि मैले देखेको छु तर भरिभराउ कम्पुटराइज प्लेनमा पनि दुई जनाको बोडिङ पासमा एउटै सिट क्या नरमाइलो धेरैबेर पछी जनतन समस्या समाधान भयो। म अन्तत अमेरिकाको डलास एयर्पोर्टमा ओर्लिए। फ्लाइट र ट्रान्जिट गरी बिताएका ३२ घण्टा मेरालागी बर्षादिन भन्दा कम भएनन।


स्कूल पढ्दा साथीभाइ टुहुरका सन्तान भनि झगडा गरेको सम्झन्छु। अब म पनि पूर्ण रुपमा टुहुरो भएको छु। मेरो सृस्‍टिका बिधाता आमाबाबु कोही छैनन तर पनि दाजुभाइ दिदिबहिनीहरु,इस्टमित्र तथा साथीभाइहरुले यस दु:खद घडीमा दिएका सात्वना मैले जिन्दगीमा कहिलौ नभुल्ले गरी दिमागमा टाचा लगाएको छु यसका लागि तपाईंहरु सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु। विधिको बिधान यस्तो दु:ख तपाईं हामी सबैलाई पर्दो रहेछ,मन बुझाउनै पर्ने यही नोभेम्बर ५ बिहीवार आमाको तेह्रम गर्दैछु। अन्तमा आउदो दसैंमा आमाको हातबाट टिका थाप्ने मेरो प्लान................ अस्तु।

bhattaraikamal1973@gmail.com
(अमेरिका)

Saturday, June 20, 2009

के रहेछ जीवन ?

धनै धन को मात्र पनि - हैन रहेछ जीवन ।
साग सिस्नु खोले सँग - खेल्दो रहेछ जीवन ।।

घमन्ड र मुर्ख्याइ मा - एक्लो रहेछ जीवन ।
मेलमिलाप र सद्भाबको - साथी रहेछ जीवन ।।

सुखै सुखको मेसो पनि - ब्यर्थ रहेछ जीवन ।
दु:ख बिच जिऊनु पनि - अर्थ रहेछ जीवन ।।

हांसै हांसो मात्र पनि - हैन रहेछ जीवन ।
हांसो रोदन सँग बाच्नु - मज्जा रहेछ जीवन ।।

छांया सितल मात्र पनि - हैन रहेछ जीवन ।
चर्को घाम मा पसिना को - अर्थ रहेछ जीवन ।।

परापमान मात्र पनि - ब्यार्थ रहेछ जीवन ।
परमात्मा को संमान गर्नु - गौरब रहेछ जीवन ।।

ठुलो ठा-लु बन्न खोज्नु - ब्यर्थै रहेछ जीवन ।
सानो बिच बाँच्न सक्नु -यो पो रहेछ जीवन ।।

दिनै दिन को ऊज्वल पनि - ब्यर्थ रहेछ जीवन ।
अंधेरी मा बिस्राम को - अर्थ रहेछ जीवन ।।

बलियो- बाङो मात्रा पनि - हैन रहेछ जीवन ।
निर्धो दुब्लो सँग बाच्नु - मज्जा रहेछ जीवन ।।

भरी पेट मा एक्लो बाच्नु - ब्यार्थै रहेछ जीवन ।
आधा पेटमा तिमी सँग - बाच्नु रहेछ जीवन ।।-पुरुशोत्तम सुबेदी

यथार्थ

चुरोटको बट्टा बट्टामा

‘धूमपान स्वास्थ्यको लागी हानिकारक छ’

लेख्दा लेख्दै पनि

रक्सीको बोतल-बोतलमा

‘मदिरा नपिउनु नै बेस’

देख्दा देख्दै पनि

‘तान्ने’हरुको भीड नघटेपछि

‘पिउने’हरुको जमात झन् बढेपछि

‘उल्टो असरको सिद्धान्त’ले काम गरेको र

चेतावनिको बारम्बार पुन:उक्ति पनि

झन्-झन् बेमतलब बन्दै गएको देखेपछि

आजकल त यहाँ

अर्कै चलन चलेको छ रे

भ्रष्टाचारिहरु प्र्त्येक घोटालापछि

‘भ्रष्टाचार देशद्रोह हो’ भन्छन्

घुस्याहाहरु हरेक किस्ता बुझेपछि

‘घुस खानु महापाप हो’ जप्छन्

चेतावनि र विज्ञापन संगसंगै चलिरहेछन् ।

क्यान्सर र भ्रष्टाचार दिनदिनै बढिरहेछन् ।
- दिलीप( कान्तिपुर ०३-०६-२०५५)

चोरहरुको देवी --मां जोगणिया--

धनकोलागि लक्ष्मी, शिक्षाकोलगि, सरस्वती त बलकोलागी हनुमान त त्यस्तै भिन्न भिन्न ईच्छा र आकांक्षा पूर्तीको को लागी भिन्न भीन्न देवताको कल्पना र उपासना समाजमा ईतिहासपर्यन्त चल्दै आएको छ। तर चोरहरुको पनि छुट्टै भगवान र मन्दिर छ भन्ने हामिमध्य धेरैलाई थाहा नहुन सक्छ । हो, तपाईले ठीकै पढ्नु भएको छ, म आज चोरहरुको देवीको बारेमा चर्चा गर्दै छु ।

भारतको मध्य प्रदेशमा नीमचबाट नजीक एउटा अनौठो देवीको मन्दिर छ । मां जोगणिया देवी भन्ने नाम भएपनि यो मन्दिर ‘चोरों कि देवी’ नामले बढी चिनिन्छ । बिहडमा रहेको र कठीन बाटोबाट पुग्नु पर्ने यो मन्दिर किन चोरको देवी भनेर चीनिन्छ भन्ने बारेमा एउटा अपत्यारीलो तर रमाईलो किंवदन्ति छ:

किंवदन्तिका अनुसार परापूर्वकालमा एकजना हतकडी लगाईएको चोर, पुलिसबाट भाग्दै भाग्दै बिहडको बिकट बाटो हुँदै यो मन्दिरमा आईपुगेछ । जब चोर यो मन्दिरमा प्रवेश गरेछ तुरुन्तै उसका हतकडी आफैं खुलेछन र सांप बनेर पुलिसलाई लखेटेछन । यसरी चोर सुरक्षीत भएछ ।

त्यहि समयदेखी यो मन्दिर चोरहरुकोलागी लोकप्रिय भएछ । अनी चोरीलाई अन्जाम दिनु अगाडि चोरहरु यस मन्दिरमा सफलताकोलागी प्रार्थना गर्न जान थालेछन । तर किंवदन्तिका अनुसार देवीले केवल चोरलाई मात्रै संसक्षण र सफलता प्रदान गर्छीन अपराधीलाई होईन (स्थानिय व्यक्तिहरुको भनाई अनुसार धन‍-माल मात्रै चोर्नेहरु ‘चोर’ मा पर्छन भने अपहरण गर्ने, मार-काट गर्नेहरु भने ‘अपराधी’ मा पर्छन ) अपराधीलाई भने चोरको देवीले मानसिक वा शारीरिक सजाय दमेत दिने गर्छीन भन्ने जन विश्‍वास छ ।

रमाईलो कुरा के छ भने अहिले पनि चोरी गर्न जानु अगाडि चोरहरु यहाँ जाने र मांसंग ‘आज्ञा’ लिने गर्छन । यो ‘आज्ञा’ लिने तरिका पनि अद्भुत छ। प्रथा अनुसार चोरहरु चोरी गर्नु अगाडि हातमा दुईवटा फूल लिएर मन्दिरमा जान्छन । ती दुई फूलमा एउटा ‘आज्ञा’ को सूचक र अर्को ‘निषेध’ को सूचक हुन्छ । चोरहरुले दुबै फूल एकैचोटी देवीको हातमा चढाउँछन, दुबै फूल हातमा नअटने भएकोले एउटा फूल तुरुन्तै खस्छ, अब मुर्ती अगाडि हात थापेर बसेको चोरको हातमा ‘निषेध’ को सूचक फूल खसेमा चोरले सो चोरीको योजना रद्द गर्छ, तर यदि ‘आज्ञा’ को सूचक फूल खसेमा भने आत्मविश्वासकासाथ चोरी गर्न जान्छ र यसरी ‘आज्ञा’ मिलेपछि चोरी गर्दा ‘सफलता’ मिल्ने र नसमातीने समेत विश्वास छ ।

चोरीको सफलता पछि चोरीको सानो हिस्सा देवीलाई पनि चढाउने प्रचलन रहेको पनि बताईन्छ । चोरी गर्न हिंडदा ‘अपराध’ गरेमा वा सफलता पछि केहि नचढाएमा पनि माताले चोरलाई सजाँय दिने पनि किंवदन्ति छ ।

सुन्नमा आए अनुसार विगत केहि समय यता यो मन्दिरको प्रचार बढ्दै गएकोले वरीपरिका सहरका चोरहरु पनि “ठुलो हात मार्नु” अगाडि यहाँ आराधना गर्न पुग्न थालेका छन ।

अन्तमा कतै टेलीभीजनको हास्य कार्यक्रममा एकजना हा्स्य कलाकारले भनेको एउटा वाक्य याद आयो “भारत एक अजीबों गरीब देश है-- अर्थात अजीब किसीमको गरीब देश” चोरीमा पनि देउतालाई मुस्ने कार्य साँच्चै अजीब छैन त? ।
(स्रोत: विभिन्न पत्र-पत्रिका र वेबपेजहरु)
र यो पनि हेर्नुहोस:Dilip Acharya
भारतको बिहारमा पटना जिल्लाको फतुहा नजिक यौटा अनौठो साधना स्थल छ, अनौठो यस मानेमा कि यो चोरहरुकोलागी सिद्धस्थल हो । बास्तबमा यो यौटा मकबरा (स्मारक) हो र “नूरि चोरका मकबरा” वा 'चोर बाबा की मजार' नामले चिनिन्छ।

यहा आएर चोरीको सफलताको लागी पुकारा गरेमा चोरि गर्ने कार्य बिना कुनै समस्या र सजिलै हुने विश्‍वास लीई आजकल पनि यहा ‘समय मिलाई’ चोरहरुले कामना पूर्ण गर्न साधना गर्ने गरेको पाईन्छ ।

ईण्टरनेट र बिभिन्न पत्रीकाबाट जानकारी पाए अनुसार बास्तबमा “नूरी” मुगल शासनकालको यौटा कुख्यात चोर थियो र जस्तोसुकै सुरक्षा प्रबन्ध वा पहरा भएको ठाउँबाट पनि सजिलै चोरी गर्न सक्ने सामर्थ्य राख्थ्यो । फेरी धनिलाई लुटेर गरिवलाई बाँडने काम गरी गरिवहरु बिच लोकप्रिय रहेकोले पनि उसलाई तात्कालीन प्रशासनले समात्न सकेको थिएन ।

प्रचलित आख्यान अनुशार पटनाका तात्कालीन गवर्नरले यो चोरको बारेमा सुनेपछि नूरिलाई आफ्नो भवनमा चोरि गरेर देखाउन चुनौतिपुर्ण निम्ता दिएछन । नूरिले पनि “सरकारको आदेश यस्तै छ भने पक्कै पनि कमाल गरेर देखाउनेछु” भनेर जवाफ पठाएछ ।

त्यसपछि निर्धारित समय भित्रै कडा पहरा र सुरक्षाको बिचमा भेष बदलेर सो भवनमा पसी नूरिले गवर्नरको श्रिमतिको सुनको चुरा गाएब गरिदिइछ । भोलिपल्ट उसले आफैं गवर्नरको भवनमा गएर सो सुनको चुरा निकालेर गवर्नरलाई दिएछ । भिन्न स्वभाबका गवर्नरले पनि सो चुरा उसैलाई पुरस्कार दिएछन र अब उप्रान्त सो शहर छोडेर जान आदेश दिएछन ।

सुनिन्छ त्यसपछि नूरिले गवर्नरलाई सो आदेश फिर्ता लिन अनुरोध गरेछ, तर गवर्नरले नमाने पछि अन्तमा “जिन्दगि भरि चोरी गरेर बिताँए अब अगाडि के हुन्छ थाहा छैन, त्यसैले म मरे पछि यहि सुनको चुराबाट आउने धनले मेरो मकबरा बनाईदिनु भयो भने मेरो जिवन सफल हुन्छ” भन्दै सो सुनको चुरा फिर्ता दिएर शहर बाट टाडा जाने तरखरमा लागेछ।

त्यस्तैमा एकदिन गाँउमा एकजना युबतीलाई अपहरण गरेर लगेको खबर आएछ, चोर भए पनि “अपराधि” नभएको मानिने नूरि तुरुन्तै अपहरणकर्ताको पछि लागेछ । तिन जना अपहरणकर्ता संग एक्लै लड्दा उक्त युबतीलाई बचाउन सफल भएपनि नूरीको भने सोहि घम्साघम्सिमा मृत्यु भएछ ।

आफ्नो वचन अनुशार गवर्नरले पनि उसको मृत्यु भएकै स्थानमा यौटा मकबरा बनाउन लगाएर त्यसलाई “नूरी चोरका मकबरा” भन्ने नाम दिएछन ।

हाल यो मकबरा जिर्ण अबस्थामा रहेको छ तर पनि टाढा टाढा बाट हालसम्म पनि चोरी कलामा सिद्धहस्त हुने कामना बोकेर चोरहरु यहा साधना गर्न र आशीष थाप्‍न आउने गर्छन ।

मुर्खानां प्रथमं बन्दे !

कहि नभएको जात्रा हाडिगाउँमा भनेजस्तै सुन्दा खेरि नै उदेक लाग्ने यौटा खबर सुनीयो:- नेपालमा फेरि आर्को यौटा महान क्रान्ति हुदैंछ रे !

हैन! तीन तीन चोटी प्रजातन्त्र र अब त गणतन्त्र नै आईसकेको देशमा अब फेरी के को क्रान्ति भन्नु होला, त्यो एकदमै महत्वपूर्ण र नगरी नहुने महान बैचारीक क्रान्ति हो।

कुरा के भने, नेपालको हालको अन्तरीमा संबिधानमा राष्ट्रपतिको व्यबस्था भएको छ. तर यसरी स्वतन्त्र देशको लैगिंक समानतामा आधारित राजनैतिक प्रणालीमा देशका प्रमुखलाई ठाडै ‘पति’ भनेर पुलिङ्गी शब्दले सुशोभित गरेपछि त्यसले नारी अस्मितामा ठुलो चोट पुर्‍याएको ठहर गरेर केहि लाल ‘बुझक्की’ हरु सो शब्दको पछि लागेका रहेछन । कम्ता ठुलो कुरो रै’च त ? भविश्यमा कुनै दिन नेपालमा महिला सो पदमा पुग्न सक्ने हुनाले लैगिंक समानताको मर्यादा राख्दै सो शब्द परिवर्तन गरी अन्य कुनै नाम राख्नु पर्दैन त? ।

पहिला च्याटमा बस्दा एकजना मित्रले यो कुरा बताएका थिए, उनले सो महान क्रान्तिमा होमीने एकजना सभासदको नाम पनि मलाई दिए, पछि १-२ अनलाईन मिडियामा पनि देखे पछि बैचारिक दरिद्रताको कुनै हद हुदैन रहेछ भनेर मलाई ज्ञान भयो ।

उनको त्यो बृहद भाषिक ज्ञान र शाब्दिक पहिचानको उपयोग गर्दै यसो सोचें :- पशुपति भनेको पनि पशुका लोग्ने रहेछन, अब त्यस्तै तालले धेरै पैसा कमाएका वा भएका महिलालाई पनि के भन्ने हो? ‘लखपति’, ‘करोडपति’ र ‘अरबपति’ मा पनि ‘पति’ आउँछ। सोच्दै जाँदा याद भो, अब सरकारी कार्यालयका खरदार, सुब्बा, शाखा अधिकृत र सचिव जस्ता शब्दहरु पनि पुरै ‘पुरुष-बाचक’ भएकाले ति शब्दहरु पनि परिवर्तन गर्नु पर्‍यो । बिचार गर्दै जाँदा सम्झें, नेपालमा त कक्षपति र पछाडि ‘पति’ आउने केहि थरहरु पनि छन, अब के गर्ने ? कि त ति थरवालाहरु महिलाहरुले बिहे नगरे पनि थर परिवर्तन गर्नु पर्‍यो … लैगिंक समानता भएको ठाँउमा पनि महिलाले ‘पति’ भएको थर राख्छन त?

स्मरणिय छ हाम्रो छिमेकि मुलुक भारतमा हाल प्रतिभा पाटिल राष्ट्रपति छीन, सायद हाम्रा महान सभासद जत्तीको भाषिक ज्ञान नभएर हो वा लैगिंक सचेतनाको कमिले हो तिनले सो शब्द परिबर्तन गर्न कुनै कदम चालिनछिन, अनि महिला भएर पनि ‘पति’ आउने पदभार ग्रहण गरिछीन ।

अझ रमाईलो कुरा त के भने हाम्रो देशमा महिला न्यायाधीशरुलाई ‘श्रीमान्’ भनेर सम्बोधन गर्दा पनि हामी त्यसलाई सामान्य नै लिन्थ्यौ । यसरी महिलालाई पुलिङ्गी शब्दले सम्बोधन गर्दा न त कुनै महिला होच्चिन्छन न त कुनै लैङ्गि समानतामा आँच आउँछ ।

मनोवैज्ञानिक सोधले के भन्छ भने, जब जब मानिस आफ्नो संकिर्ण सोचाई वा सिमित क्षमताका कारण तथ्यगत रुपमा केहि गर्न नसक्ने हुन्छ तब उ शब्दजाल र भाषिक उपलब्धिमा रमाउन थाल्छ । जसरी न्यायधिशलाई 'श्रीमान्' भन्दैमा त्यो शब्दको अर्थ लोग्ने हुदैंन त्यसैगरी पति को अर्थ स्वामी वा संरक्षक भएकोले ‘राष्ट्रपति’ भन्दा त्यसले कुनै पनि कोणबाट त्यो ‘पुरुष’ नै हुनुपर्ने दर्शाउदैन । अब घरमा आफ्न पति संग रिस उठेर ‘पति’ आउने सबै शब्दस‌गं द्रोह गर्न यसलाई राष्ट्रिय प्रश्‍न वा विवाद बनाईएको हो भने यो भन्दा गाईजात्रे क्रान्ति के होला र?

म महिला बिरोधि होईन तर बेक्कारको कुरालाई ‘ईस्यू’ बनाएर आफ्नो समय र जनताको करबाट प्राप्त भत्ताको दुरुपयोग गरेको भने अलिकता पनि चित्त बुझ्दैन । तर ठुलो मान्छेले उठाएको कुरा हो हेरौं केहि निर्क्योल निक्लि हाल्छ की? स्वतन्त्रता त सबैलाई छ नि आफ्नो बिचार राख्ने । म त्यो बुद्दीमत्तापुर्ण बिचारको आदर गर्छु ।

अँ त, अब यो पोष्टको शिर्षक तर्फ जाउँ:- "मुर्खानां प्रथमं बन्दे !"। सानै देखी हामिलाई सिकाईन्छ ठुला मान्छेको आदर गर्नु, त्यसैले म मान्यजनको आदर गर्छु । तर यो वाक्याशंले भन्छ “मुर्खलाई पहिला अविभादन गर्नु” । कारण कुनै एउटा सभामा केहि व्यक्तिहरु बसेका छन भने बुद्दीमान वा ठूला मान्छेलाई पहिला नमस्कार नगरे पनि हुन्छ रे, किनकी साँच्चै ज्ञानि मानिस न त नमस्कारका भोका हुन्छन, न त कसैले नमस्कार गरे वा नगरेर उनिहरुको महानता घटबड हुन्छ । तर सो सभामा बसेको मुर्खलाई पहिला नमस्कार गरेन भने उ रिसाउँछ र उत्तेजित हुन्छ रे (मलाई किन पहिला नमस्कार नगरेको भनेर) । यत्ती पढेपछि बुझ्नुभयो होला म कसलाई नमस्कार गर्दै छु भनेर … … ।Dilip Acharya

गल्ती गरौं, महान बनौं

स्कुल पढ्ने बेलामा एकदिन अंग्रेजीको शिक्षकले एउटा अंग्रेजी भनाईको माने सम्झाउँदै भन्नु भएको थियो “ … महान मान्छेबाट पनि गल्ती हुन्छन्” । मैले भने त्यतिबेला त्यो भनाईको अर्थ अर्कै निकालेको थिए : “गल्ती गर्ने मात्रै महान बन्छन” । शिक्षकले शब्दार्थ देखाएर तर्क प्रस्तुत गरे, मैले सत्यार्थ दर्शाएर बुझ्न ईन्कार गरें । उनले आफ्नो शिक्षकवादको हैकम देखाएर मलाई हप्काए, मैले आफ्नो विद्यार्थी जोश देखाएर उनलाई रन्काएँ । कक्षामा निकै वेर चर्काचर्की भयो। त्यतिबेला मलाई आफ्नै तर्क शतप्रतिशत ठीक लागेको थियो, तर स्थितिको गाम्भीर्यलाई ध्यानमा राखेर म नै चुप बसें (कारण त्यतिबेलाका शिक्षकका हातमा एउटा लठ्ठी पनि हुने गर्थ्यो :)

बीचमा केहि समय शिक्षकको तर्क ठीक लाग्यो, तर वरिपरिको वातावरण र अहिलेको स्थिति हेर्दा लाग्छ स्कुल समयको मेरै तर्क सहि रहेछ । तपाई आफैं हेर्नुस न, यहाँ गल्ती नै नगर्ने ठूलो मान्छे को नै छ?।

कुर्सी पाएपछि भोट हाल्ने जनता भुल्ने नेता, प्रसिद्धि पाएपछि सुटीङमा ढिला आउने अभिनेता, आँखा अगाडि घटेको घटना नदेख्‍ने तर हावा खबर लेख्‍ने पत्रकार, आफ्नै घर्रामा भएको फाईल नभेट्ने र कामवालालाई पुरै कार्यालय घुमाउने कर्मचारी , सबै नै आ-आफ्ना क्षेत्रमा अगाडि बढ्दैछन। यी सबलाई तपाईले बदमासी गर्दा गर्दै समात्नु भयो भने सबैले एउटै जबाफ दिनेछन : “के गर्ने गल्ती त मान्छेबाट भैहाल्छ नि …” । तर मेरो बिचारमा यो वास्तबमा भुल हैन, माथी माथी चढ्ने पुल हो । किनकि अहिलेको जमनामा भुल नगरिकन ठूलो मान्छे बन्नु असम्भव नै छ। पत्याउनु हुन्न ?, हेर्नस त :

तपाई सरकारी कर्मचारी हुनुहुन्छ र तपाईले कुनै काम गर्नु छ, तपाईसंग समय प्रशस्त छ र काम गर्ने वातावरण पनि छ, तर पर्खनुस !, हतार गरेर त्यो काम नगरिहाल्नुस, किनकि अर्काले एकचोटि भन्ने बित्तीकै काम गरिहाल्ने व्यक्ति कहिल्यै ठूलो मान्छे बन्न सक्दैन । पहिला त दुई तीन पटक भोलीभोलीको वहानामा उसको दिमाग तताउनुहोस, त्यसपछि चार पाँचपटक कार्य व्यस्तताले गर्न नसकेको बताउनुहोस। अनी कुनै दिन, फुर्सद भयो र ‘मुड’ पनि चल्यो भने बल्ल उसको काममा हात चलाउनुहोस। यस बीचमा ऊ पन्ध्र पटक निवेदन लिएर आउनेछ, सत्र पटक चीया र खाजा खुवाउने छ। अन्त्यमा उसको काम गरिदिएकोमा धन्यवाद पनि दिने छ (काम र ठाम हेरी आउने अदृश्य वस्तुहरुको चर्चा भने अहिले नगरौं)।

तर सो व्यक्ति आउनेबित्तिकै तपाईले उसको काम गरिदिनु भएको भए के हुन्थ्यो त तपाईलाई थाहा छ? । उ तपाईको कार्यालय कोठामा प्रवेश गर्थ्यो, तपाइ लुसुक्क उसको काम सक्काईदिनु हुन्थ्यो, उ खुरुक्क आफ्नो बाटो लाग्थ्यो । सायद बाटोमा यस्तो सोच्दो हो – “ओहो ! निक्कै नाम सुनेको थिएँ, निक्कै व्यस्त हुन्छन् भन्थे त !, के को व्यस्त हुनु, काम नै केहि रहेनछ … । ऊ तपाईलाई निकम्मा सम्झदों हो, बेकारी सम्झदों हो, धन्यवाद र कृतज्ञताका शब्द त कता हो कता । त्यसैले काम हेरी कम्तीमा पनि सानो कामलाई ३ दिन, मझ्यौलालाई ५ दिन र ठूलोलाई १० दिन सम्म झुलाउनु होस् । हैन तपाईलाई ठुलो मान्छ बन्नु छैन भने त भिन्दै कुरा।

अब भुलाउने र झुलाउने कलाको बारेमा पनि केहि चर्चा गरौं । यसका मुख्य दुईवटा मात्रै अति असरदार र जोडदार तरिका छन्- एक व्यस्तता देखाउने, दुई भुलेको नाटक गर्ने । व्यस्तताको नाटक गर्न धेरै सजिलो छ। तपाई अफिसको टेबुलमा टाउको अड्याएर निदाई रहनु भएको छ, फोनको घण्टीले तपाईको निन्द्रा खलबलिन्छ । “हेलो !, म भूँडिवाल अग्रवाल … ” उताबाट आबाज आउँछ “ मेरो काम … ”। उताको आबाजलाई बीचैमा काटेर भन्नुहोस “ … अँ, आजभोलि कामको भिडले गर्दा केहि गर्न भ्याएको छैन, दुई तीन दिनपछि सम्पर्क गर्नुहोस न ”। उताबाट सधन्यवाद फोन राखीन्छ र उ तपाईको व्यस्तताको गुणगान गाउन थाल्छ, तपाई चाहिँ निंन्द्रा बिगारेकोमा उसलाई सराप्न थाल्नुहोस ।

तर कहिलेकाही कामवाला यस्ता हुन्छन्, जो बिना फोन एक्कैचोटी तपाईकहाँ पुग्नेछन (बदमासहरु!), तर नआत्तिनुहोस्, झट्ट फोन उठाएर गरको नम्बर डायल गर्नुहोस “अँ … म फलानो … कति बजे रे आजको मिटिङ … ल ल म तुरुन्तै निस्कें” बस् फोन राखेर अगाडिको मानिसलाई हेरेर हिस्स हाँसिदिनुहोस् अगाडिको मान्छे आफैं माफी मागेर हिंडछ । (ऊ तपाईको अफिस बाहिर जान्छ, तपाई ट्वाईलेट सम्म गएर फर्कनुहोस –एक पन्थ दुई काज) । साथै त्यस्तै अपर्झट परेको बेलामा धुल्याई सकेको फाईल पल्टाउने वा श्रीमतीको चिठ्ठी हेरेर घोरिई दिने गर्नाले पनि अगाडिको मान्छे फर्कन सक्छ ।

अब कामको बोझले गर्दा भुलेको बहाना गर्ने उपाएहरुको बारेमा सोचौं । यो त झन माथिका उपाएहरु भन्दा पनि सजिलो छ । बस मनमनमा “यो मोरो कहाँबाट आईपुग्यो!” भन्ने भाव आएपनि मुखले भने “… हे हे हे ! हेर्नुस कामको भीडमा तपाईको त ठ्याक्कै भुलेछु, एक दुई दिनमा हेर्छु है !” भन्नुस, कामवाला सम्झन्छ ‘ओहो, यत्रोविधि काम समालेर बसेका छन, एक दुईवटा त बिर्सन पनि सक्छन नि!” । ऊ तपाईले ढाँटेको थाहा पाउँदैन र तपाईको कार्य व्यस्तताको राग अलाप्दै फर्कन्छ । तपाई आफ्नो सफलतामा गुनगुनाउन थाल्नुहोस ।

मान्छे अगाडि छैन र फोनमा भुलेको देखाउनुछ भने त झनै सजिलो । हेर्नुस त तपाईको फोनको घण्टी बज्दैछ … , किन हतार गरेर उठाउन लागेको, पाँच-सात घण्टी बज्न दिनुहोस। ल, अब उठाउनुस “ हेलो, म मालामाल कम्पनीबाट बोलेको, मेरो निबेदन … ” उताबाट आबाज आउँछ, ल! तपाई किन आत्तेको?, जबाफ म सिकाईदिन्छु “ ओहो मालामालजी ( काम बिर्सेको मान्छेको तपाईले नाम पनि बिर्सन सक्नु हुन्छ ) हेर्नुस न … यो हप्ता साह्रै काम थिए, तपाईको त झण्डै बिर्सेको … तर धन्दा नमान्नुस म अर्को हप्ता हेरिदिन्छु” । उताबाट सधन्यबाद फोन राखीन्छ । ‘अरुको यत्रोविधि काम हुँदा हुँदैम पनि मलाई सम्झिरहेका रहेछन’ ऊ, वास्तविकता भन्दा धेरै परबाट तपाईको गुणगान गाउँन थाल्छ, तपाई भने त्यो मालामाल कम्पनीको को मान्छे होला र त्यसको के काम थियो होला भनेर सोच्दै गर्नुस ।

माथिका उदाहरणरुको अनुसरण गरेमा तपाई पनि एकदिन अवश्य ठूलो मान्छे बन्नु हुनेछ । त्यसैले तपाई पनि आजै देखी भुल्ने र गल्ती गर्ने बानी सिक्नोस्। एकचोटि गल्ती भएपछि सुधार्ने बानी छ भने त्यो पनि छाडनुस किनकि यहाँको चलन नै यस्तै छ :

अमर हुनलाई पहिला मर्नुपर्छ ।
महान बन्न धेरै गल्ती गर्नुपर्छ ।।

तपाईले कोहि नमरीकन अमर भएको मान्छे देख्‍नु भएको छ?, कोहि गल्ती नै नगर्ने महान् व्यक्तिलाई चीन्नु भएको छ ?

(गोरखापत्र ०१-०४-२०५६)

Sunday, June 14, 2009

बिचार कस्ता कस्ता !!!

ल हेर्नुस् मान्छेको सोच बिचार कस्ता कस्ता हुन्छन यकै छिन चर्चा गरौ...

कोही पनि मान्छे जन्मिदा ठुलो सानो भयर जन्मेको हुदैन सामान्यतया सुरुमा जन्मेको सबै मान्छेको तौल बराबर जस्तो नै हुन्छ, अनी कोही धेरै ट्यलेन्ट र कोइ कम ट्यालेन्ट हुदैन अथवा कसैको मोटो कसैको तिखो दिमाग हुदैन। अथवा कोही शक्तिशली र कोही कम्जोर भयर जन्मेको हुदैन, यो त सबै तपाईंको गाउ समाज र बातावरणमा भर पर्नेकुरो हो। अपबाद बाहेकका सबै मान्छे दुई हात, दुई खुट्टा, नाक कान लगायत रित्तो दिमाग लियर जन्मेको हुन्छ। ल हेनुस् तपाईं भन्नुहुन्छ नि फलानो त कती असल, फलानो कती मुर्ख अनी फलानोको छोरो त डाक्टर भयो रे, फलानोको छोरो पाईलट भयो रे एस्तै एस्तै कुराहरु गर्नुहुन्छ नि होइन ? तर तपाईंले कहिले सोचनु भयको छ त यो सबै कसरी भयो भनेर!!! शायद छैन होला। अब प्रसँग बादलेर अर्कै कुरा गरौ है त, मैले एस्तो मान्छे देखेको छु की तपाईंलाई कसैले हेर हेर::: कौवाले त तेरो कान नै लगिदियछ नि भनेर कसैल जिस्काउछ अनी तपाईंले दाँया बाँया केहीपनी नसोची अथवा तपाईंले आफ्नो कान नै नछामी खोइ खोइ कता ह कता कता ::: भन्दै पुरा!! आकाश तिर हेरी खुब कौवाको पछी पछी दुगुर्नुहुन्छ::ल हेर्नौस यो चै यक थरी मान्छे भयो, एस्को माने त तपाईं बुज्नुभयको छ नि होइन त। कुनै पनि घटनालाई यक तर्फीमात्र हेरेर निणय गर्ने हरु हुन्छन नि उनिहरु को चालामाला एस्तै हुन्छ। कुनै पनि घटना, गल्तीहरुको सकारात्मक र नकारात्मक दुबै पक्षलाई केलायर हेर्ने मान्छे प्राय कमै छनहोला।

तपाईंले आर्को थरी मान्छे लाई चिन्नु भयको छ त, पक्कै छ तर पनि म फेरी याद दिलाउछु ल।। मान्छे अकदमै लोभि पनि हुँदा रहेछन। अब लोभी भनेर कसलाई भन्ने त अनी कस्तो खाल्को लोभि त । ल हेर्नुस् फलानोले यती कमायो रे दुबइ बाट फर्कदा, फलानोको त एती कोठे घर छ उती कोठे घर छ, त्यो पनि कति राम्रो अनी एती पैसा बैंक ब्यालेन्स राखेको छ रे, ल हेर्नुस् त कस्तो लोभि मान्छेको जात !!!! उल्ले कती ढुख गरेर कमायाको होला त्यतापट्टी त उनीहरुको सोचै छैन उस्ले गरको दु:ख बाट यउटा राम्रो पाठ सिकनु, उजस्तो लगनसिल बन्नु अनी मेहनत गरेर नै सफल भाईदो राइछ भन्नु कहाँ हो कहाँ उल्टै उनिहरु भित्र भित्रै जलेका हुन्छन, आ-आफुमा मुर्मुरियका हुन्छन आफु आफैसँग। अनी उनिहरुले आफुले आफैलाई हिनताबोधको महसुस गर्न थालछन। अनी एउटा मानसिक तनाबको सिर्जना हुन्छ,नकारात्मक सोच र बिचारले उस्को मन छताछुल्ल हुन्छ अनी त्यो छताछुल्ल मनको करणले दुर्घटना निम्त्यउछ। ल हेर्नुस् त लोभको करणले के-के हुदोरैछ!!!!


मान्छे त कस्ता कस्ता हुन्छ हुन्छन यो त बणन गरेर साध्यनै हुदैन। अब बिचारको दृष्‍टिकोणले हेर्ने हो भने त म एउटा मान्छे संकुचित बिचारधारा र फराकिलो बिचार धारा भयका अब English भन्दा के भन्छन Narrow Minded and Wide Minded. अब संकुचित बिचारधारा भयका मान्छेहरुलाई कसरी बणन गरौ र म पुरानो रितिरिवाज, कलासस्क्रिती, मुल्य र मान्यतामा यकदमै अडिग रहने! ताकी यो समय र परिस्थिती अनुसार परिमार्जित गर्नुपर्ने हुन्छ त्यतापट्टी त सोच्दैनसोच्ने अनी कसैको सुझाब नसुन्ने अनी जातिय भेदभाबमा अडिग रहने मान्छे अझै कती छन कती, प्राय गरेर हाम्रा हजुरामा अनी आमा बाउहरु अनी उनिहरुकै डर र मायाममताका करण हामी जस्ता युबाहरु पनी हैन अब त एसोमा एसो गर्नु पर्छ भनेर भन्नेलाई उल्टै ए!! तेरो बाउ लाई सिकाउने भाईस होइन त भनेर झपार्ने गर्दछन अब एस्तो मान्छे लाई म कसरी सम्झाउने म त सक्दिन है!!!! तपाईं नै सम्झाउनुस् !!

तपाईंले आर्को थरी मान्छे लाई पनि चिनेकै हुनुपर्छ, कस्तो भने ने तपाईंले ख्याल गर्नु भयको छ कि छैन तपाईंकै माजमा तपाईंकै वोरिपरी एस्ता मान्छे हुन सक्छन, तपाईंले न चिनेको पनि हुन सक्छ। कसैले मत्लब तपाईंकै ज्ञायाङ मध्यकै कुनै साथीले राम्रो कार्यपर्गती गरेको छ भने उस्लाई कसरी डाउन गर्ने अथवा उस्लाई अनेक थरी जाल रचेर उलाई बिगार्ने हरपल कोशीस गरिराख्छन एस्ता मान्छे तपाईंकै वोरिपरी हुन्छन ख्याल राख्नुहोलानी!!!!!

अ त म तपाईंलाई माया गर्छु अनी तपाईं पनि मलाई माया गर्नुहुन्छ, धेरै भयो हर्मो मायापिरती बसेको तर हेर्नुस् न यहाँ एस्ता मान्छे पनि चन कि हाम्रो मायापिरती, मेलमिलाप अनी हामी बिच भयको खुशी पटक्कै देखी सहन्नन, अनी उनिहरु सोच्न थाल्छन यिनिहरुको मायापरिती कसरी बिगारने, छुटाउने…. मैले थाहा पायको उनिहरु कस्तो गर्दा राइछन भने, मेरो कुनी न राम्रो कुर अथवा कुनी न राम्रो बानी उस्लाई सुनाइदिने अनी भन्छन रे त्यो त एस्तो छ उस्तो छ, एसो गर्छ , उस्तो गर्छ नानाभाती कुरा लगैदिन्छन अनी आफु चै उसँग मख्ख पर्नेरे ल हेर्नुस् त उता मेरो बारेमा नराम्रो कुर लगाइदिन्छन अनी म सँग आउछन उस्को बारेमा न राम्रो कुरा लगाएदिन्छन। अब दुइटैको नजरमा दुइटै नराम्रो भयनत!!! अनी यक्ले आर्कालाई गल्ती लगाउनेगर्छौ अनी भयको तेती राम्रो सम्बन्धमा छारो, सिद्द्यो तपाईंहाम्रो सम्बन्ध। मतलब मान्छेले मान्छेलाई एसरी नै बिगारने गर्छन्….. Be careful with them. एस्को उधाहरण तपाईं आफ्नो गाउ, समाजमा हेर्नुस् अनी तपाईं पनि अध्ययन गर्नुस् र मैले भनको कुर ठिक हो वा होइन मलाई खबर गर्नु ……… Aakash

Friday, May 29, 2009

सधै भरी - जीवनमा सम्झनु पर्ने केही उपयोगी कुराहरु

मानव जीवनको ३ परम उद्देश्य :- दू:ख निवृति, स्वतन्त्रता र अमरता ।
मानिशमा नभई नहुने ३ गुणहरु :- आत्मानुशासन, प्रेम र सहयोग ।
यी ३ कुराहरु बाट सधै बच्ने कोशिस गर्नु पर्छ :- ख़राब संगत , स्वार्थ र निन्द्रा ।
यी ३ कुराहरुमा मन लगाए पछि उन्नति हुन्छ :- श्रम , विधा र इश्वर ।
हामी ले यी ३ जनाको सधै आदर गर्नु पर्छ :- आमा, बाबू र गुरुको ।
सधै भरी अधिनमा राख्नु पर्ने ३ कुराहरु :- काम , क्रोध र लोभ ।
यी ३ कुराहरुको याद राख्नु आवश्यक छ :- सोचाइ , कर्तब्य र मृत्यु ।
कसैले चोर्न नसक्ने ३ कुराहरु :- बुद्रि , सिप र हिम्मत ।
मानिश ले जिवनमा यी ३ कुराहरु एक पटक मात्र पाउछ :- आमाबाबु, सुन्दरता र जवानी ।
आफ्नो ह्रदयमा राख्नु पर्ने ३ कुराहरु :- दया, क्षमा र नम्रता ।
यी ३ कुराहरुलाइ कहिल्यै सानो नसम्झ :- शत्रु , ऋण र रोग ।
सबै लाइ प्यारो लाग्छ :- धन , सन्तान र पत्नी ।
हरेक क्षण आवश्यक पर्ने २ कुरा :- चनाखोपन र होशियारी ।
अरुलाई दिए पछि फिर्ता हुन गाह्रो पर्ने ४ कुराहरु :- पुस्तक , कलम , नारी र धन ।
गोप्य राख्नु पर्ने ८ कुराहरु :- आयु , धन, घरको भेद , मन्त्र , तप , दान, धर्म र अपमान ।
दया गर्नु पर्छ यी ५ जनाको :- बालक , वृद्र , भोकाएको मानिश , रोगी र असहाय ।
भब सागर बाट उत्रन खोज्नेले गर्नु पर्ने ३ कुराहरु :- भगवानको नाम, रूप र स्वरुपको ज्ञान ।
मनीशलाइ पतन गराउने ३ कुराहरु :- नारी , चुक्ली र झुटा ।
प्रतेक मनीश को अलग - अलग हुने ३ कुराहरु :- रूप , स्वभाब र भाग्य ।-बेदनाथ पुलामी

ज्ञानका दश मोतिहरू

१ जित्नका लागी केही चीज छ भने त्यो हो - प्रेम ।

२ पिउनका लागी केही चीज छ भने त्यो हो - क्रोध ।

३ खानको लागी केही चीज छ भने त्यो हो - दू:ख ।

४ दिनको लागी केही चीज छ भने त्यो हो - दान ।

५ देखाउनको लागी केही चीज छ भने त्यो हो - दया ।

६ लिनको लागी केही चीज छ भने त्यो हो - ज्ञान ।

७ बोल्नको लागी केही चीज छ भने त्यो हो - सत्य ।

८ त्याग्नको लागी केही चीज छ भने त्यो हो - इष्या ।

९ राख्नको लागी केही चीज छ भने त्यो हो - इज्जत ।

१० छोड्नको लागी केही चीज छ भने त्यो हो - मोह ।

Thursday, May 14, 2009

अमेरिका नेपाल सहयोगी समाज मनाससद्ररा NECCलाई रकम हस्तान्तरण


अमेरिका नेपाल सहयोगी समाज (America Nepal Helping Society ) को आयोजना र नेपाल एजुकेस्नल कल्चरल सेण्टर ( Nepal Educational Cultural Centre ) को सपोर्टमा नेपाली नयाँ बर्ष २०६६ को उपलक्ष्यमा अप्रिल २६ मा मनाससमा भब्य नेपाली साँस्कृतिक कार्यक्रम, पटलक पिक्निक सफलतापूर्बक सम्पन्न भएको थियो। सो अवसरमा नेपाली कल्चरल सेन्टरको सहयोगार्थ उठेको रकम आज एक कार्यक्रम बिच समाज अध्यक्ष सागर कंडेलले NECC अध्यक्ष डा.महेन्द्र कार्कीलाई हस्तान्तरण गर्नुभयो। उक्त कार्यक्रममा जम्मा १३६८१.११ डलर उठेको र कार्यक्रम सन्चालन गर्न खर्च भएको रकम ६८०.३९ कटाइ १३०००.७२ डलर हिसावको जानकारी NECC लाई दिइएको थियो। मन्दिर निर्माण सहयोगार्थ - सहयोगदाताहरु निम्न प्रकार हुनुहुन्छ।
1. RAJEEV, SUNANDA, ROHAN AND RONAK MAINALI $3,000.00
2. HEMANTA,MAYA,RAKCHYA & ROHAN ADHIKARI $1,211.11
3. DILIP&SUNITA NEPAL $1051.00
4. BISHNU & NIRMALA SHRESTHA &1011.00
5. RAMESH+KABITA & BRABESH BASHNET $1,011.00
6. DR GUN AND JUDI SUBEDI $1,001.00
7. MADHU,MINA,KISHOR AND KAJAL PANTHI+SHIVA ACHARYA $502.00
8. BHIM AND GOPAL REGMI $501.00
9. SAGAR KANDEL $501.00
10. THAKUR PUDASAINI $501.00
11. KAMAL,MANJU,KIRTI AND MILAN BHATTARAI $365.00
12. RISHI RAM+PABITRA,RAM PD+TIRTHA KHANAL $201.00
13. GOPAL KRISHNA SHARSHWATI AND SUNIL KHAREL $200.00
14. DILLI KANDEL $151.00
15. GAGAN KUNWAR $151.00
16. RAMESH AND MANJU KARKI $151.00
17. TILAK AND KAMALA KHAREL $151.00
18. JAGANNATH SHARMA $111.00
19. ANANTA AND PRARTHANA TIWARI $101.00
20. DEVI AND DEVINDRA PARAJULI $101.00
21. INDRA AND UTTRA SHRESTHA $101.00
22. ISHWARI AND PUSHPA PAUDEL $101.00
23. MUKTA PAUDEL $101.00
24. PADAM+MAYA NIREAULA $101.00
25. PRAMOD AND BIMALA BHATTA $101.00
26. UTTAM AND URMILA ADHIKARI $101.00
27. ANUP BHADRA $100.00
28. SUDHIR RAJ AND MANJU GAUTAM $100.00
29. ANIL LAMICHANI $51.00
30. BABU RAM SHARMA $51.00
31. BRAJESH POKHAREL $51.00
32. GOPAL AND DURGA SHARMA $51.00
33. GURU BHAGABATI $51.00
34. HUM AND SUBHA ALE $51.00
35. KRISHNA AND BINA GALAL $51.00
36. MADHAV UPADHAYA $51.00
37. MUKESH MAYAK $51.00
38. NAVA RAJ+ SHRIYAKHATIWADA,SASHI KALA SHARMA $51.00
39. PADAM REGMI $51.00
40. MUKUNDA PRASAD ADHACARI $51.00
41. PITAMBAR AND LAXMI BHATTARAI $51.00
42. SHANKAR GYAWALI $51.00
43. TEK RAJ +MANJU GYAWALI $51.00
44. PRAKASH SUBADI $41.00
45. CHANDRA SHRESTHA $35.00
46. DIPENDRA ACHARYA $25.00


अमेरिका नेपाल सहयोगी समाज कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै नेपाली समुदाय र मन्दिर निर्माण मा सहयोग प्रदान गर्ने सबै धनबिरहरुलाई धन्यवाद ब्यक्त र आभार प्रकट गर्दछ।

Sunday, May 10, 2009

triying to slide