Tuesday, April 28, 2009

अमेरिकाको मनाससमा भब्य नेपाली कार्यक्रम सम्पन्न , सबैजना नाच्न थालेपछी...






* अमेरिका नेपाल सहयोगी समाजद्वारा धन्यवाद र आभार ब्यक्त
* राजिब,सुनन्दा मैनाली परिवारले सबैभन्दा बढी ३००० अमेरिकि डलर नेपाली मन्दिर निर्माणका लागि सहयोग,
* बिभिन्न ब्यक्तिहरुबाट जम्मा ११५२२.११ डलर मन्दिर निर्माणका लागि सहयोग






थाहा छैन कस्तो भयो! तर उपस्थित धेरैले भने "मनाससको जस्तो राम्रो र ब्यबस्थित कार्यक्रम अमेरिकामा आज सम्म कमै देखिएको छ ।" टन्नै नेपालीहरुको उपस्थिती, केही अमेरिकनहरुको पनि सहभागिता र नाच, नायिका अनुपामा प्रसाइ, लोक तथा दोहोरी गायक रामप्रसाद खनाल, गायकहरु खेम सङ्रौला, गुरु ओली, डा. अनुप पहाडी का प्रस्तुती हरु, त्यस्तै अनुपामा प्रसाइद्वारा निर्देसित न्रित्यहरु ले दर्सकको मन खुबै जितेको देखियो। बर्सौं नेपाल टेलिभिजन मा सफल कार्यक्रम संचालक रहेका रामप्रशाद खनालको आकर्सक कार्यक्रम सन्चालन र ठट्यौलि सैली ले दर्सक ले भर्पुर मनोरन्जन मात्र गरेनन प्रसस्त हास्न र हास्य कलाकारको भूमिका पनि महसुस गरे । राम प्रसाद खनाल ले गाउदा सरा दर्सक गीत संगै झुमेर नाचे भने अनुपामा का छोरी र अन्य साना साना फुच्ची हरु को नाच आँखा झिम्म नगरि हेर्न लायक थियो । हुन त प्रस्तुत गीत हरु र न्रित्य कुनै एउटा पनि छि भन्नु पर्ने थिएन , भोले मान्दैनन भन्ने पप गीत मा र आयुस खरेल को अङ्रेजी नाच बेग्लाई प्रकारका थिए । कबिता कम् भएको राम्रै भयो भन्दै थिए दर्सक तर थाहा छैन संचालक राम प्रसाद खनालले कती कबी हरुका कबिता नबोलाएर गाली खाए । कार्यक्रममा कृष्ण निरौला, महेन्द्र कार्की, मेदिनी अधिकारी, अनुप पहारी , प्रेम सङ्रौला, राम खरेल, को उपस्थिती र शुभ कामना उल्लेख गर्न लायक थिए ।


अमेरिका नेपाल सहयोगी समाज (America Nepal Helping Society ) को आयोजना र नेपाल एजुकेस्नल कल्चरल सेण्टर ( Nepal Educational Cultural Centre ) को सपोर्टमा नेपाली नयाँ बर्ष २०६६ को उपलक्ष्यमा अप्रिल २६ मा मनाससमा भब्य नेपाली साँस्कृतिक कार्यक्रम, पटलक पिक्निक सफलतापूर्बक सम्पन्न भयो।
for more plz visit this link
http://www.nepalhorizons.com/beta/playvideo.php?n=nhc_may_03.wmv¤t_page=1
Manassas, Chantilly, Fairfax, Woodbridge, Gainesville, DC, Maryland, Virginia Area मा बस्ने 8०० सय भन्दा नेपालीहरु र केही बिदेसी पाउनहरुले समेत कार्यक्रमबाट भरिपूर्ण आनन्द लिएका थिए।




वर्षभरीका दुख पिडा भुलेर अत्यन्त हर्सोल्लासका साथ सम्पन्न सो कार्यक्रम स-साना बालबालिका स्वरमा नेपाली राष्ट्रिय गीतबाट शुरु भएको थियो। संस्थाका अध्यक्ष सागर कडेलले नेपाली बिचको सम्बन्ध सूदृढ र प्रबल हुनु पर्ने कुरामा जोड दिंदै नयाँ नया बर्षको शुभकामना दिई कार्यक्रमको बिधिवत शुभारम्भ गर्नुभएको थियो । संस्थाको तर्फबाट कमल भट्टराईले उपस्थित सम्पूर्ण ब्यक्तिहरुलाई स्वागत गर्दै अमेरिकाबासी नेपालीहरुको सम्बन्धलाई गाढा, अझै उपलब्धिमुलक बनाउनु पर्ने कुरामा प्रतिबद्ध हुनु पर्ने कुरामा जोड दिनु भयो । उक्त सांस्कृतिक कार्यक्रमको प्रमुख अथिती डा अनुप पहाडी ज्यु हुनुहुन्थ्यो भने कार्यक्रममा NECCका पूर्व अध्यक्ष कृष्ण निरौला,प्रेम सङ्रौला महेन्द्र कार्की,मेदिनी अधिकारि, हिमाली गाउँका अध्यक्ष लक्ष्मी गौडेल, नेपाल होराइजन्सका सुवुप्रताप केसी, सगरमाथा टेलिभिजनका राम खरेल ,नेपाली पोस्टका गिरिस पोख्रेल स्थानीय समाजसेवी राजीव तथा गोविन्द मैनाली लगायतका बिशिस्ठ ब्यक्तिहरुले सस्थाको यो कार्यक्रमको सर्हाना गर्नुभएको थियो।




बिभिन्न गितहरुमा स्थानिय नेपाली कलाकारहरुले प्रस्तुत गरेको नृत्यले दर्शकहरुलाई जुरुक जुरुक उचालेको थियो । सुरिलो स्वरका धनी लोकगायक राम प्रसाद खनालले प्रस्तुत गर्नुभएको रेसम फिरिरी ...रेसम फिरिरी ,अमेरिका ग्रिनकार्डको खेल,त्यसैगरी कार्यक्रमको बिच-बिचमा बाचन गरिएका कबिता, गजल, मुक्तकहरुले पनि उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए । कार्यक्रममा उपस्थित सबैलाई पटलक पिक्निक खानाको ब्यबस्था गरिएको थियो। सो अवसरमा नेपाली मन्दिर निर्माण सहयोगार्थ बिभिन्न ब्यक्तिहरुबाट जम्मा ११५२२.११(एघार हजार पाच् सय बाइस डलर एघार सेण्ट) डलर उठेको र अत्याबस्यक कामले अनुपास्थित केही साथीहरुले सो कार्यमा आफ्नो पूर्ण समर्थन रहेको आफुहरुले मन्दीरको लागि सग्दो सहयोग राशी दिने प्रण गर्नुभएको कुरा जानकारी गराइएको थियो। सो कार्यक्रमको डि सि नेपाल डट्कमले प्रतक्ष प्रसारण गरेको थियो।



यसै बिच समाज का तर्फ बाट अध्यक्ष्य सागर कंडेल ले एक प्रेस रिलिज जारी गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै नेपाली समुदाय र मन्दिर निर्माण मा सहयोग प्रदान गर्ने सबै धनबिर हरुलाई धन्यवाद ब्यक्त र आभार प्रकट गरेकाछन । - सुरेश शर्मा र कमल भट्टराईको संयुक्त रिपोर्ट

Saturday, April 25, 2009

इज्जत नफाल

त्रिविका उपकुलपति डा. माधवराज शर्मा र रेक्टर र्सूयलाल अमात्यलाई अखिल क्रान्तिकारीका विद्यार्थीले कालोमोसो दलेका छन् । किर्तिपुरस्थित विश्वविद्यालय केन्द्रीय कार्यालयमा प्रवेश गरी गरेको दुव्र्यवहारप्रति घृणा जागेर आयो । सरकारको नेतृत्व गर्ने पार्टीका भ्रातृ संगठनले गर्ने व्यवहार यही हो ? हिजो बुर्जुवा शिक्षाको नाममा किताबकापीमा आगो लगाउने, निहत्था शिक्षकको हत्या गर्ने, विद्यालयमा बम पड्काउने, पुस्तक होइन राइफल र गि्रनेटले भाग्य र भविष्यको फैसला गर्छ भन्दै विद्यार्थीलाई पढ्नबाट वञ्चित गराउने लगायत कैंयन अराजक गतिविधि गर्दै आएको माओवादीले उपकुलपतिलाई कालोमोसो लगाउँदैमा शिक्षामा आमूल परिवर्तन आउँछ ?त्रिविले बढाएको शुल्कप्रति सबै विद्यार्थी एकजुट भई समझदारी गर्दै समस्याको हल गर्नुपर्नेमा अराजकता निम्त्याई प्राज्ञिक व्यक्तिमाथि गुरिल्ला गतिविधि प्रस्तुत गरेर क्रान्तिकारीले आफ्नो वास्तविक चरित्रलाई नंग्याएको छ । त्रिविले गर्ने हरेक निर्णयमा कुलपतिको मुख्य भूमिका र जिम्मेवारी हुन्छ ।हिम्मत थियो भने कालो मोसो र दुव्र्यवहार त पहिले कुलपतिलाई गर्नुपर्ने हो उपकुलपतिलाई होइन ।
त्रिवि उपकुलपति र रेक्टरमाथिको अभद्र व्यवहारले मानिसको सर्वश्रेष्ठताकै उपहास गरेको छ । गुरुको स्थान मातापिता सरहको हुन्छ । मातृ देवो भव, पितृदेवो भव, आचार्य देवो भव भनेर हाम्रो प्रार्थनामै छ । चित्त नबुझेका कुरा राख्ने एउटा शिष्ट तरिका हुन्छ, मर्यादा हुन्छ । आफ्ना सन्तानसरह विद्यार्थीले पनि सफलता पाऊन् भन्ने हरेक गुरुको चाहना हुन्छ । त्रिविको यो अपि्रय घटनाले गुरुहरूको भावनामा ठेस पुगेको छ । नेपाल गरिब देश हो तर नेपालीहरू मनका धनी छन् मिलनसार छन्, मृदुभाषी छन्, शिष्ट छन् भनेर संसारमै प्रसिद्धि कमाएका छौं । यस्ता घटनाले विश्वमानचित्रमा हामीले कमाएको इज्जतमै प्रश्नचिह्न उठ्छ ।

Monday, April 6, 2009

जातीय विभेद नचर्काऊ

नयाँ संविधानमा विभिन्न जातजाति, वर्ग, क्षेत्रका समुदायले आफ्नो अस्तित्व र अधिकार खोजिरहेका छन् । मधेसीलाई मधेस चाहिएको छ भने थारूलाई थरूहट अनि तामाङलाई ताम्सालिङ चाहिएको छ भने राई, लिम्बू, किराँतलाई खम्बुवान र लिम्बुवान । कसैलाई सरकारी सेवामा आरक्षण त कसैलाई राज्य सञ्चालनमा पहँुच अनि कसैलाई आत्मनिर्णयको अधिकार । यो स्वाभाविकै हो तर एउटा जाति, वर्ग, क्षेत्रलाई अधिकार दिने नाममा अर्को जाति, वर्ग, क्षेत्रको अस्तित्व समाप्त पार्ने काम कदापि हुनु हुँदैन । बाहुनक्षेत्री समुदायभित्र जातका दलित नभए पनि विभेद र व्यवहारले दलित बनाइएकाहरू प्रशस्त छन् त्यस्तै उत्पीडन, गरिबी, अशिक्षा, रोग, भोकले घेरिएकाको संख्या पनि निकै ठूलो छ ।

बाहुनक्षेत्री भएकै कारण राज्यले उपलब्ध गराउने विभिन्न अवसरबाट समुदायलाई वञ्चित पार्न खोजिँदैछ । हो, राजनीतिक र सरकारी ओहदाको माथिल्लो तहमा अन्य समुदायको तुलनामा बढी भए पनि सम्पूर्ण बाहुनक्षेत्रीको जनसंख्यामा ज्यादै न्यून छन् । के बाहुनक्षेत्रीको सबैको हैसियत प्रचण्ड, गिरिजा, माधव, सूर्यबहादुर र कमल थापाहरूसँग दाँज्न मिल्छ । बाहुनक्षेत्री हुँदैमा सबै खराब हुन्छन् ? केही बाहुनक्षेत्रीको बदमासीको मूल्य सम्पूर्ण समुदायले चुकाउनुपर्ने हो ? अन्य समुदायमा सबै असल मान्छे मात्र छन् ?

बहालवाला मन्त्रीहरू बाहुनवाद भन्दै हिँड्छन् । यिनीहरू देशका मन्त्री हुन् कि एउटा समुदायको ? सबै कुरा बुझेर, हामीमात्र नेपाली हौं भन्ने भावना सबै जाति, वर्ग, क्षेत्रका समुदायमा पलाउनु जरुरी छ ।

शाश्वत वाणी

अमेरिका
म विश्वमा अरू धेरै मुलुकभन्दा अमेरिकालाई मन पराउँछु । यसको वास्तविक कारण म दीर्घकालसम्म आलोचनाको अधिकारमा जोड दिन्छु ।
वेम्स बाल्डिन

अमेरिका धून हो, यो निश्चय नै एकापसमा बज्छ ।
क्राउडस

अमेरिकाको सामथ्र्य के हो ? के त्यहाँ 'स्वतन्त्रता' देखि 'स्वतन्त्रता' सम्म पूर्णता र सन्तुलन छ ?
मार्लियन भोस

जनताको सामान्य चाहना के हो भने अमेरिका त्यति राम्रो होस् जति उसले प्रतिज्ञा गरेको छ ।
बारबारा जोर्डन

प्रेरक प्रसंग
वाचा होस् त यस्तो !
एक दिन काका कलेलकर गान्धीलाई भेट्न उनको निवासस्थान पुगे । त्यसवेला गान्धी आपmनो टेबुलमा राखेको सामान हटाएर यताउता केही खोजिरहेका थिए, तर उनले खोजेको कुरा भेट्टाउन सकिरहेका थिएनन् । त्यसैले उनी चिन्तित थिए । काका कलेलकरले देखे र सोधे, 'बापू ! तपाइर्ले के खोजेको ? मलाई भन्नुस् न म पनि तपाइर्ंलाई यसमा मद्दत गर्नेछु ?' गान्धीले भने, 'एउटा पेन्सिल हरायो, त्यो खोजिरहेको छु, केही क्षणअगाडि त यहीँ थियो, थाहा छैन, कहाँ राखेर बिर्सिएँ ।' काका कलेलकरले आफ्नो गोजीबाट पेन्सिल निकालेर गान्धीलाई दिँदै भने, 'ल यो लिनूस् पेन्सिल, अहिले यसैले काम चलाउनूस्, पछि खोज्नू !' गान्धीले भने, 'होइन काका, जबसम्म पेन्सिल भेटिँदैन, तबसम्म मलाई चैन मिल्दैन ।'

काका कलेलकरले भने, 'त्यो पेन्सिलमा यस्तो के खास कुरा छ जसका लागि तपाइर्ं यति धेरै चिन्तित भइरहनुभएको छ ? म पनि त्यो खोज्नेछु, यदि त्यो भेटिएन भने के बिग्रन्छ त ?' गान्धीले जवाफ दिए, 'काका ! तपाइर्ंलाई थाहा छैन, त्यो पेन्सिल मेरा लागि धेरै महत्त्वपूर्ण छ । त्यसमा एउटा सानो बालकको प्रेम जोडिएको छ । म त्यो भेट्टाएर मात्र आराम गर्नेछु ।' काका कलेलकरले उत्सुकताले सोधे, 'त्यो बच्चा को हो ? मलाई पनि त भन्नूस् !' गान्धीले भने, 'मद्रासको चार-पाँच वर्षको बालक, जसले बडो प्रेमले त्यो पेन्सिल मलाई दिएको थियो र मसँग वचन पनि लिएको थियो कि यो नहराउनू ! त्यसैले मैले त्यो सम्हालेर राखेको थिएँ ।' गान्धीको चिन्ता बुझेर काका कलेलकर पनि पेन्सिल खोज्न लागे ।
पछि, त्यो पेन्सिल एउटा फाइलको बीचमा अड्किएको पाइयो । गान्धीलाई त्यो सानो पेन्सिलले धेरैबेरसम्म चिन्तित बनायो । गान्धीले त्यो भेटिएपछि धेरै प्रशन्न हुँदै भने, 'अब शरीरमा ज्यान आयो ।' यस्ता थिए गान्धी ! यस्तो थियो उनको बच्चासँगको प्रेम र वाचाका पक्का ।

Wednesday, March 25, 2009

परीक्षार्थीलाई शुभकामना

परीक्षाको मर्यादा कायम भएन भने औचित्य पनि समाप्त हुन्छ। माध्यमिक शिक्षाको अन्तिम खुड्किलो मानिने एसएलसी परीक्षा बुधबारदेखि सुरु हुँदैछ। वार्षिक शैक्षिक कार्यतालिकामा यो सबैभन्दा ठूलो अभ्यास हो। यस वर्ष विद्यालय स्तरको शिक्षा पूरा गरेका ४ लाख १२ हजार ८१ जनाले १ हजार ४ सय ४ केन्द्रबाट एसएलसी दिन लागेका छन्। यिनमा ४७ हजार ४ सय ९० जना पुराना (एक्जेम्टेड)परीक्षार्थी हुन्। यस वर्ष क्षेत्रगत रूपमा प्रश्न पत्रहरू तयार गरिएका छन्। यति ठूलो कार्यक्रमको व्यवस्थापन पक्कै पनि सजिलो हुँदैन। परीक्षार्थीलाई अप्ठेरो नबाई परीक्षाको मर्यादा कायम गर्नु चुनौतीपूर्ण कार्य पनि हो।
उच्च शिक्षाको मूल ढोका मानिने हुनाले परीक्षार्थी र अभिभावकले एसएलसी परीक्षालाई विशेष महत्त्वसाथ विशेष तयारी गर्छन्। साथै एलएलसीमा बढी अङ्क ल्याउने होडमा उचित अनुचित उपाय पनि अपनाउने गरेको पाइन्छ। यस्तो अनियमिततामा विद्यार्थीमात्र हैन केन्द्राध्यक्ष, निरीक्षकहरूसमेत संलग्न हुने र उनीहरूमाथि कारबाही गरिने गरेको उदाहरण छ। यसरी कारबाहीमा परेका विद्यार्थीको भविष्य नै प्रभावित हुने गर्छ। अर्कोतिर, व्यवस्थापनमा भएका त्रुटिका कारण उत्पन्न तनाव र अप्ठेरोले पनि विद्यार्थीको परीक्षा प्रभावित हुन्छ। यसैले एसएलसी परीक्षाको व्यवस्थापन निकै संवेदनशील काम हो।
परीक्षाको मर्यादा महत्त्व पक्ष हो। परीक्षार्थी र व्यवस्थापन पक्ष दुबैले यसको मर्यादा कायम राख्‍न विशेष प्रयास गर्नुपर्छ। यसैगरी परीक्षा केन्द्र र वरपरको वातावरण शान्तिपूर्ण बनाउन पनि ध्यान दिनु आवश्यक छ। परीक्षामा खटिने सुरक्षाकर्मीलगायतका व्यवहार पनि संयमित र मैत्रीपूर्ण हुनु उत्तिकै जरुरी हुन्छ। परीक्षामा नक्कल गर्ने र गराउने प्रवृत्ति निरुत्साहित गर्नुपर्छ तर यसका लागि अपनाइने उपायले परीक्षार्थीलाई तर्साउने हुनुहुँदैन। एक दशक लामो अध्ययनको कसी केही दिन र घन्टाको परीक्षा मानिनु आफैँमा विडम्बना हो। त्यसमा पनि परीक्षार्थीले तनावको वातावरणमा जाँच दिनुपर्‍यो भने निश्चय पनि सही मूल्याङ्कन हुन सक्तैन।
अतः सम्बन्धित सबै पक्षले परीक्षाको मर्यादा कायम राख्‍ने र परीक्षार्थीले तनावमुक्त भएर जाँच दिने वातावरण बनाउन सबैले सहयोग गर्नुपर्छ। फलामे ढोका पार गर्ने प्रयासमा लागेका सबै परीक्षार्थीलाई हार्दिक शुभकामना!

Thursday, March 19, 2009

लगातार १२४ घण्टा सम्मको भाषण

तपाईं आफूलाई पर्याप्त जानकारी भएको विषय वस्तुमाथि बढीमा कति समयसम्म धारा प्रवाह भाषण गर्न सक्नुहुन्छ ? तपाईंको त कुरै छोडौँ आफूलाई भाषणमा पोख्त ठान्ने बडे बडे नेतागणहरूलाई समेत बढीमा दुई चार घण्टाभन्दा अधिक भाषण गर्न गाह्रो हुन्छ तर एक जना फ्रेन्च नागरिकले हालै मात्र लगातार एक सय २४ घण्टासम्म भाषण गरेर सबैलाई आश्चर्यमा पारिदिएका छन् र उनको नाम अधिकतम समय भाषण गर्न सामथ्र्य राख्ने व्यक्तिका रूपमा 'गिनिज बुक अफ वल्र्ड' मा दर्ज हुने भएको छ ।

फ्रान्सेली नागरिक लुई कोलेटले विश्व चर्चित स्पेनिस कलाकार साल्भाडोर दाली तथा क्याटालिन संस्कृतिलगायतका विषयमाथि लगातार एक सय २४ घण्टासम्म भाषण दिएका हुन् । दक्षिण फ्रान्सस्थित पार्पिग्नान सहरमा उनले उपरोक्त विषयलाई लिएर लगातार पाँच दिन चार रात ठूलो जनसमूहबीच भाषण गरेका थिए ।

यसअघि एक जना भारतीय नागरिकले लगातार एक सय २० घण्टा सम्म धारा प्रवाह भाषण दिएर गिनिज बुकमा रेकर्ड दर्ज गराएका थिए । कोलेटले ति भारतीय नागरिकलाई समेत माथ गरेका छन् । यसभन्दा पहिले पनि सन् २००४ मा कोलेटले लगातार ४८ घण्टासम्म भाषण गरेका थिए ।

Wednesday, March 18, 2009

नाटक-सुझाव संकलनको

संविधान निर्माणमा आमजनतालाई सहभागी बनाउनु निकै राम्रो हो । तर, कहिलेकाहीँ यस्ता काम भाँती नपुर्‍याई गरिँदा त्यसको परिणाम पहिले-पहिले गाउँघरमा सांस्कृतिक कार्यक्रम वा थिएटरका बीच-बीचमा हास्यप्रधान कार्यक्रम देखाउने जोक्करको जस्तो बन्न जान्छ भन्ने यतिवेला नेपालमै चरितार्थ हुँदै छ । केही दिनदेखि संविधानसभाका सदस्यहरू गाउँ-गाउँमा पुगेका छन् । कतिपयले बेइमानी गरेर भत्ता मात्र पचाएको भए पनि धेरैले गाउँ-गाउँमा पुगेर जनताका दैलामा उनीहरूको रायसुझाव संकलन गर्ने प्रयत्न गरेको देखिएको छ । तर, जनमत संकलनका लागि अपनाइएको विधि र जनताका प्रतिक्रिया हेर्दा भने यो काम केवल एउटा सस्तो हास्य-टेलिसिरियलजस्तो देखिँदै छ । स्वयं राय संकलनमा संलग्न सभासद् र सर्वसाधारणको प्रतिक्रिया पनि त्यस्तै छ ।

पहिलो कुरा त जनतालाई छोटो समयको सूचनाका आधारमा सुझाव दिनका लागि भेला हुने खबर जान्छ । जब तिनीहरू तोकिएका स्थलमा पुग्छन्, तब त्यहाँ तोकिएका सभासद् सबै पुग्दैनन् या कहिलेकाहीँ त केवल कर्मचारी मात्र पुगेका हुन्छन् । जब सभासद् भेटिन्छन् अनि तिनले तोकिएको कामका बारेमा जानकारी दिँदा आ-आफ्ना पार्टीका एजेन्डाका पक्षमा जनमत निर्माण गर्न वा अर्को पार्टीका बारेमा केही न केही आक्षेप लगाउन चुक्दैनन् । लौ त्यस्तो भएन, तिनले जनतालाई संविधानमा के-के कुरा राख्ने हो, बताउनुस् भनेर भनी नै हालेछन् र प्रश्नावलीमा भएका कुराको व्याख्या नै गरेछन् भने पनि त्यो आमनेपाली जनताको समझभन्दा परका कुराका पोकाहरूले भरिएको हुन्छ । जनताले त्यसमा आफ्नो राय राम्ररी दिन सक्दैनन् । अर्को कुरा प्रस्तुत गरिएका प्रश्नावली यति जटिल -संवैधानिक कानुन र राजनीतिशास्त्रमा एमए गरिरहेका विद्यार्थीका लागि तीनघन्टे परीक्षामा सोधिने प्रश्नजस्ता) छन् कि सर्वसाधारणका लागि ती प्रश्नसँग वा त्यस्ता प्रश्न सोध्नेसँग संवाद कायम गर्नै गाह्रो हुन्छ ।

यति भएपछि संविधानसभाका सभासद् र जनताका बीच नयाँ संविधानबारे खासै संवाद हुँदैन । बरु जनताका प्रश्नले ती घेरिन्छन् । निर्वाचनका वेला गरिएका विकासे वाचाका कुरा, रोजगारीका कुरा र केही भएन भने चुनाव जितेपछि गाउँ नफर्केका कुरा उठ्छन् । अलि पढालिखा टाठाबाठा परेछन् भने तिनले त भाउ-बेसाहादेखि पार्टीहरूका बीचका कलहका कुरा झिकेर संविधान बन्ने कुराप्रति नै यसरी आशंका व्यक्त गरिदिन्छन् कि सभासद्लाई आफ्नो इज्जत जोगाएर फर्किनै धौ-धौ पर्छ । अनि, कुनै एनजिओ वा आइएनजिओको सामाजिक परिचालक वा सहजकर्ताको जस्तो प्रश्नपत्रको पोको बुझाएर र्फकन्छन् । यो एकप्रकारले समय, स्रोत र प्रतिष्ठाको दुरुपयोगजस्ता विधि अपनाउन जुनसुकै दाताले उक्साएर हाम्रो संविधानसभालाई उल्लू बनाउन खोजेको भए पनि परिणाममा धोकासिवाय केही होइन । हाम्रा काम आफ्नै विशेषताअनुरूप गरिने चलन नयाँ नेपालमा पनि नचल्ने भो ।

Monday, March 16, 2009

कारबाही गर

मुलुकमा गणतन्त्र स्थापना भइसक्दा पनि नेतामा विलासी, स्वार्थी र मोजमस्तीको चरित्र कामयै रहेको देख्दा लाज भइरहेको छ । देशमा लोडसेडिङका कारण उद्योग, कलकारखाना प्रायः बन्द हुने अवस्थासँगै मानिसको दैनिक जीवन कष्टकर भइरहेका बेला पूर्वप्रधानमन्त्रीदेखि बहालवाला मन्त्री र कर्मचारीले समेत करोडौं पर्ने चिल्ल गाडी निजी प्रयोजनमा उपभोग गर्नु निन्दनीय छ ।

नेपाली जनताको थाप्लामा ऋणको भारी बोकाएर महँगा गाडी खरिद गर्ने र निजी प्रयोजनमा ल्याउने प्रवृत्ति चमेलियामात्र नभई अन्य आयोजनामा पनि रहेको छ । यो नेपाली जनतामाथि गरेको घोर अन्याय हो र लोकतन्त्र तथा नेपाली जनताले नेतामाथि गरेको विश्व्सको अपमान हो ।

सर्वसाधारण जनता भोकमरी, अभाव र अनेकौं संकट भोग्न बाध्य भइरहेको बेला नेता भने सुविधा भोग गर्न र आर्थिक लाभ लिन तल्लीन छन् । ठूला आयोजनाबाट ठूलै आर्थिक घोटाला हुने गरेको छ । त्यसैले अहिले सञ्चालन भइरहेका र हुन लागिरहेका आयोजनामा आर्थिक घोटाला रोक्न सरकारले विश्वासिलो आधार दिन सक्नुपर्छ ।

गाडी फिर्ता गर्न लगाउने, आयोजनाबाट अनुचित फाइदा लिनेलाई कारबाही गर्ने र आयोजनाबारेमा संसदीय सुनावाइ गर्ने तथा जनतालाई यथार्थ जानकारी गराउने कदम तत्काल चालियोस। यो सरकार पनि विगतको निरन्तरता नै हो भन्ने बुझाइ सर्वसाधरणमा छ ।- अर्जुन भट्टराई

Sunday, March 15, 2009

भाषामाथिका चुनौती

आदिवासी जनजातिहरूलाई अहिले आ-आˆनो मातृभाषा जोगाउने काम चुनौतीपूर्ण बनिरहेको तर्फ हालै आयोजित एउटा कार्यक्रममा सङ्केत गरिएको थियो । कुनै पनि भाषा त्यो चाहे अल्पसङ्ख्यक, आदिवासी र जातीय समूहले बोल्ने सीमित भाषा होस् चाहे सबै भाषाकाबीच सम्पर्क भाषाका साथै राष्ट्रिय रूपमा सरकारी कामकाजको राष्ट्रिय भाषा होस्, ती सबै राष्ट्रिय सभ्यता र संस्कृतिका अभिन्न अङ्ग हुन् । तिनीहरूको संरक्षणमा सिङ्गो राष्ट्र गम्भीर हुनु जरुरी हुन्छ । हुन त राज्यले मातृभाषामा शिक्षाको व्यवस्था गर्दै तिनको आवश्यक पाठ्यक्रम, पाठ्यपुस्तकहरू लेख्ने-लेखाउने काम पनि सुरु गरिसकेेको छ । यसको पूर्ण कार्यान्वयन पछि यी चुनौतीमा निश्चय नै केही कमी आउने छ नै ।

भाषिक चुनौतीको सामना गर्न त्यति सहज भने देखिँदैन । भाषा-संस्कृतिको प्रश्न राजनीतिक स्वार्थ साधनको लागि बोलिने नारा मात्र होइन । यो मूलतः जातीय समूहसँग गाँसिएको अस्मिताको प्रश्न हो । राष्ट्रिय सभ्यताको निर्माणमा सबै भाषाभाषी, जातजाति र भाषा-संस्कृतिको उत्तिकै योगदान रहने यथार्थ स्वीकारेर एकको विकास अर्काको हानि नभएर सहयोगी हो भन्ने यथार्थ स्वीकार्ने हो भने एकले अर्काको विकासमा सहयोगी बन्न कुनै सङ्कोच गर्नुपर्ने देखिँदैन तर यस विपरीत एक अर्काप्रति विद्वेष र ईष्र्याजन्य निषेधका स्वरहरू पनि सुनिन थालेको छ, जुन निश्चय नै स्वस्थ प्रवृत्ति होइन ।

नेपालका सबै आदिवासी, जनजाति र अन्य भाषिक समुदायका भाषाले आज बेहोर्नु परिरहेको चुनौती सामना गर्नका लागि एउटा प्रभावकारी माध्यम मातृभाषामा शिक्षाको अवधारणाको व्यावहारिक प्रयोग नै हो तर यसलाई सफल तुल्याउन अन्तर्मनदेखिकै प्रतिबद्धता सर्वप्रथम मातृभाषी समुदायमै विकसित हुनु जरुरी छ । आफ्नो भाषाप्रतिको अनुरागलाई राजनीतिक नाराको तहबाट माथि उठाएर व्यावहारिक प्रयोगका तहमा लैजान सकियो भने हर प्रकारका चुनौती सामना गर्न नसकिने होइन । भाषाको सम्बर्द्धन, विकास र उन्नयन कोरा नाराबाट सम्भव हुँदैन, त्यसको व्यावहारिक प्रयोगको प्रभावकारिताले नै यसलाई सफलताको सिँढी चढाउन सघाउँछ । मातृभाषामा शिक्षाको व्यवस्था भएर पनि विद्यार्थीलाई त्यो भाषा पढ्न अभिभावकबाट प्रेरणा प्राप्त भएन भने यसले सफलता पाउन सक्दैन । पाठ्यसामग्री तयार गर्न राज्यले सघाउनुपर्छ तर तिनको लेखन र सिर्जनामा सम्बन्धित भाषाभाषी नै तत्पर हुनुपर्छ । ती भाषा बोल्ने अभ्यास सर्वप्रथम घरैदेखि हुने वातावरण बन्न सकेन र कमाउ भाषा अङ्ग्रेजी बिग्रने डरले मातृभाषामा बोलचाल गर्न निरुत्साहित गर्ने अहिले देखिन थालेको प्रवृत्तिमा कमी आउन सकेन भने अल्पसङ्ख्यक जनजाति र अन्य जातीय समुदायका भाषा मात्र होइन, आजको राष्ट्रिय तथा सम्पर्क भाषाको ठाउँसमेत बाहिरी भाषाले लिन असम्भव छैन । आज छिमेकका र विश्वका शक्तिशाली भाषा तथा तिनका प्रसारक सञ्चार सञ्जालका कारण कुनै पनि साना राष्ट्र र जातिका भाषा सुरक्षित छैनन् । तिनको संरक्षण हामीजस्ताका लागि ठूलै चुनौती बनिरहेका छन् । यी चुनौती अहिले अल्पसङ्ख्यक जनजातिका भाषाभाषीले जति अनुभव गर्नु परिरहेको छ, भाषिक-सांस्कृतिक तीव्र दबाब खेपिरहेका हाम्रोजस्ता मुलुकका बहुसङ्ख्यकले बोल्ने र शासकीय भाषाको आरोप लाग्दै आएको राष्ट्रिय भाषाले पनि चाँडै नै कडा चुनौतीको सामना गर्नु नपर्ला भन्न सकिन्न ।

सहमति, सहकार्य र एकता अपरिहार्य

शान्ति प्रक्रियाको महत्त्वपूर्ण एउटा पाटो सेना समायोजनसम्बन्धी विषय समयमै टुङ्गो लाग्न नसक्दा विस्तृत शान्ति सम्झौतामा उल्लेख भएका सर्त र भावनाको पूर्ण पालना हुन सकेन । सम्झौता उल्लङ्घन हुँदा सेना समायोजनको विषय सर्वोच्च अदालतसम्म पुग्यो । अदालतले अन्तरिम आदेश जारी गरिसकेको हुनाले अब सेना समायोजनको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने जिम्मेवारी राजनीतिक दलहरू र नेपाल सरकारकै हो । विस्तृत शान्ति सम्झौता अनुसारका आयोग समयमै बनेका भए विवाद पनि कम हुँदै जान्थे र सुल्भिन्थे पनि । शान्ति प्रक्रियालाई सफल पार्नमा आपसी विवाद कम पार्दै लैजानुपर्नेमा कुनै विवाद छैन । संविधानसभाको निर्वाचन सम्पन्न भई देश नयाँ संविधान निर्माणको प्रक्रियामा अग्रसर भएको बेलामा देशका कतिपय भागमा विभिन्न समुदायले अधिकार र पहिचानको कुरा उठाइरहनुभएको छ । यो बेलामा राज्य कमजोर भएको हो कि भन्ने आशङ्का उठ्न सक्छन् तर द्वन्द्वको सही निकास ननिक्लेसम्म र संविधानमा जनताका अधिकार सुनिश्चित नहुन्जेलसम्म राज्यका सबै पक्षले संयम र विवेकपूर्ण कार्य गर्नैपर्छ ।

सुरुका दिनमा शान्ति प्रक्रियालाई अगाडि बढाउन जसरी राजनीतिक नेतृत्व तहबाट त्याग बलिदानी र कुशल नेतृत्व प्रदान भएको थियो अहिले पनि त्यही अपेक्षा गरिएको छ । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने जिम्मेवारी सबै राजनीतिक दल, सरकारको नेतृत्व, नागरिकसमाजको पनि हो । सेना समायोजनमा ढिलाइ हुँदा केही अविश्वास पैदा भयो । तर यसलाई विश्वासमा परिणत गरेर सही निकास निकाल्नुको कुनै विकल्प छैन । असमझदारीले अविश्वास बढाउँछ, अविश्वासले द्वन्द्व निम्त्याउँछ र द्वन्द्व चर्कंदा शान्ति प्रक्रियामा ठेस पुग्दछ । संविधान निर्माण प्रक्रियालाई सहज र सरल ढङ्गले अगाडि बढाउन विगतमा जस्तै दलहरू र विशेष गरी उच्च राजनीतिक नेतृत्व तहमा सहमति, सहकार्य र एकताको राजनीतिलाई अगाडि बढाउनु आजको अपरिहार्य आवश्यकता हो । सेना समायोजनका लागि प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समिति बनिसकेको हुनाले अब ढिलाइ नगरी निकासको बाटो खोलिनुपर्छ ।

शान्ति प्रक्रियाका मुख्य दुई मुद्दा सेना समायोजन र संविधान निर्माण कार्यलाई हामीले अत्यन्त सुझबुझ राखी संयम भएर अगाडि बढाउनुपर्छ र यसैमा सबैको हित गाँसिएको छ । राज्य सङ्क्रमणकालबाट अगाडि बढिरहेकाले यस्तो बेलामा अस्थिरता चाहने तìवहरूले अनावश्यक चलखेल गर्न सक्छन्, त्यसबाट हामी बेलैमा सजग र सतर्क हुनु जरुरी छ । दलहरूको एकता नै आजको अजय शक्ति हो, त्यसलाई नयाँ नेपाल निर्माणको महान् कार्यमा लगाऔं र सहमति, सहकार्य एवं एकताको सूत्रलाई आत्मसात् गरौं । यसैले हामीलाई सुन्दर नेपाल निर्माणको सही गन्तव्यमा पुर्‍याउँछ ।