Saturday, January 24, 2009

some photos










Tuesday, January 20, 2009

बाख्रागोठाला देखि कमाण्डर इन चिफ सम्म


ठुलाबडा मानिसले भनेको सुनेको थिए बाच्नुपर्छ जीन्दगिमा के के देखिन्छ के के? समयले मानिसलाई कहाँ बाट कहाँ पुर्याउछ? के बाट के बनाउछ ? हामीहरुले मान्नैपर्छ समय यती बलवान छ कि केही समय भित्रै कुनै पनि ब्यक्तिको जीवन,स्थिती अनि रहनसहनमा आकाश जमिनको फरक ल्याउछ। तर त्यसका लागि पक्कै कडा मिहेनत,लगन आदी हुनैपर्छ। यही समयको परिबन्दले गर्दा म नेपालमा जन्मिएको ब्यक्ती हाल जिन्दगीको अनकन्टार भुमी अमेरिकामा छु। सबै जस्तै म पनि भोलि आकाश पातल ,स्वर्ग नर्क कहाँ पुग्छु अत्तोपत्तो छैन। अब प्रसँग सोझै शीर्षकमा ल्याउ कडा परिश्रम ,मिहेनत,लगन र समयको मागले गर्दा बारक ओबामा औपचारिक रुपमा ४४औअमेरिकी राष्ट्रपती भैसकेका छन्, वाइट हाउस भित्र प्रबेस गरिसकेका छन। भर्खरै इनग्र्याचुलेसन कार्यक्रम सकिएको छ। मेरा यी दुई आँखा जिन्दगीमा पहिलोपटक यति धेरै भवसागर मानिसहरु उक्त कार्यक्रमको लागि सलहझै हुम्मिएको प्रतक्ष देखिरहदा थकित भएका छन। अमेरिकी जनताहरुका लागि उनी अविस्मरणीय पात्र भइसकेका छन। अब सुरु गरौ उनको बिगत बारे।
बाराक ओबामाको जन्म सन् १९६१ अगस्त ४ अमेरिकाको होनोलुलु, हावाईमा भएको हो। एउटा सामान्य परिवारमा जन्मिएको मानिस आज महाशक्ती राष्ट्र अमेरिकाको कमान्डर इन चिफ पद उनको नाममा भइसकेको छ। अमेरिकी इतिहासमा भएको सबैभन्दा रोमान्चक चुनावमा उनको नाम ४४औं राष्ट्रपति बनाउँदै देश पहिलो कालो जातीको पहिलो राष्ट्रपतिको रूपमा चिनिएको छ। तर ह्वाइट हाउसम्मको उनको यात्रा सजिलो भने पक्कै थिएन । प्रसिद्ध अँग्रेजी पत्रिका टाइमले जव ओबामालाई कभरमा राख्यो तब धेरै मान्छे छक्क परे । टाइमले यो कालो जातको मान्छे अमेरिकी राष्ट्रपतिय निर्वाचनमा आफ्नो दावी गर्दैछ र संसारलाई अमेरिका एउटा परिवर्तनको संकेत गर्दैछ भनेर लेखेको थियो । जुन कुरा अहिले साचो भएको छ। आखिर संसारलाई परिवर्तनको सन्देश दिदैँ, राष्ट्रियता सबैभन्दा माथी छ भन्दै अमेरिकी जनताले ४७ बर्षिय अफ्रिकन-अमेरिकन बाराक ओबामालाइ राष्ट्रपति बनाइ छाडे। यसरी अब्राहम लिंकनपछि दोस्रोपटक एकजना दरिद्र र श्रमिक वर्गीय परिवारबाट आएको व्यक्ति अमेरिकाको राष्ट्रपति बनेका छन् । पहिला राष्ट्रपतिको उम्मेदबारमा मनोनयन हुन नै उनले सिनेटर हिलारी रोधाम क्लिटनसँग कडा प्रतिस्पर्धा गर्नुपर्यो । हक्की स्वभाव र बोलीचालीमा कडा मिजासका ओबामाले राजनीति सुरु गरेपछि यो आदर्शलाई कहिल्यै त्यागेनन् । सन् २००४ मा डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा दिएको भाषण पछी मात्र उनलाई अमेरिकी जनताले अलि अलि चिनेका हुन तर उनको देश प्रतिको फरक भावना,स्पष्ट दृष्‍टिकोण, तीक्ष्ण बुद्धि, विलक्षण बोल्ने क्षमता र निरन्तर मिहेनतले गर्दा आज उनलाई नचिन्ने कमै मानिस होलान। यीनै क्षमताले गर्दा उनी सिनेटरको चुनाव जिते र हेर्दा हेर्दै उनी संचार माध्यममा छाउन लागे।

बाराकको पारिबारिक स्थिती पनि अली भिन्न प्रकारको छ। उनका बुवा केन्याली गरिब बाख्रागोठाला थिए भने आमा अमेरिकी हुन् । ओबामा दुई वर्षको हुँदा उनको बुवा र आमाबीच सम्बन्ध विच्छेद भएको थियो ।सन १९८२को एक सडक दुर्घटनामा उनका बाबुको मृत्‍यु भएको थियो। हावर्डमा पढ्ने अवसर पाएका उनका बुवाले पैसा नभएका कारणले सबै परिवारलाई त्यहा लैजान सकेनन। पढाइ सकेपछि उनका बुवाले केन्या सरकारका लागि काम गरे । बाराक छ बर्षको हुँदा उनकी आमाले एक इन्डोनेशियन नागरिकसँग विवाह गरिन । त्यसपछि उनको पुरै परिवार जकार्तामा बसाइँ सरे । त्यहाँ उनी चार बर्षसम्म बसे र उनले धर्म निरपेक्ष विद्यालयमा अध्ययन गरे । दश बर्षको उमेरमा उनी आफ्नी हजुरआमासँग बस्न हवाई गए जहाँ उनले आफ्नो बाल्यकाल र किशोरावस्था विताए । संयोगले बाराकका दुबै बुवा मुसलमान थिए तर ओबामा भने इसाइ हुन् । कोलम्बिया विद्यालयबाट उनले राजनीति शास्त्रमा पढाइ गरे र फेरी शिकागो गए । सन् १९८८मा उनले हावर्ड ल स्कुलबाट कानुनमा स्नाकोत्तर गरे । उनी हावर्ड ल रिभ्यूको पहिलो अफ्रीकी-अमेरिकी अध्यक्ष पनि बने । पढाइ पुरा गरेपछि उनले सामाजिक क्षेत्रमा हात हाले । उनले शिकागोमा सानो ठुलो धेरै काम गरे । कहिले उनले मतदाता पञ्जीकरण अभियान चलाए त कहिले संवैधानिक कानुनको बिषयमा भाषण दिए । उनले आमजनताको वकिलको रूपमा पनि काम गरे । १९९२ देखि २००४ सम्म सिकागोको युनिभर्सिटीको ल स्कुल'मा संवैधानिक कानुनका प्राध्यापक पनि भए। यस अबधिमा उनले बिभिन्न आरोह अबरोहविच दुइवटा किताव लेखिसकेका थिए। सन् १९९५मा लेखिएको "ड्रिम्स फ्रम माइ फादर" उनी राजनीतिमा आउनु अघि नै लेखिएको हो । यसमा उनले आफ्नो तीनतिर बसिरहेको परिवारको बारेमा, आफ्नो बुवाको अनुपास्थितीको बारेमा लेखेका छन् । उनको अर्को पुस्तक "द अडसिटी अफ होप" एक किसीमको राजनीतिक दस्तावेज हो । उनको नितीको बारेमा यो पुस्तकमा लेखिएको छ ।


ओबामाले एक कानुन व्यवसायी मिशेल सँग सन् १९९२ विवाह गरे । हाल उनका क्रमश ११ वर्षिय र ८ वर्षिय मालिया र शासा नामका दुई छोरीहरू छन् । ओबामाले सन् १९९६ मा पहिलो पटक इलिनोइस राज्य सिनेटको निर्वाचन जिते । यहाँ उनले दलगत श्वार्थभन्दा माथी उठेर काम गर्ने राजनितीज्ञको छवी बनाएका छन् । उनले गरिबको लागि करमा राहत, मृत्युदंड सम्बन्धी कानुनमा महत्वपुर्ण परिवर्तनको लागि काम गरेका छन् । यसैको फलस्वरूप सन् २००४मा उनलाई अमेरिकी सिनेटको लागि चुनियो । ओबामा शुरूदेखि नै इराक युद्धका विपक्षमा छन् । सन् २००३ मार्चमा इराकमा हमला हुनुअघि नै उनले युद्धको आशंकाको बारेमा कुरा गरेका थिए । उनले इरानसँग बिना सर्त वार्ता गर्न पनि बताएका छन् । अमेरिकी राजनीतिमा उनको छवि द्रुत गतिले अगाडी बढेको छ र अहिले संसारको ध्यान उनीमा केन्द्रित छ । अमेरिका अहिले सन् १९३० मा देखिएजस्तो आर्थिक मन्दीको भुमरीमा परेको छ । रिपब्लिकन पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने उदार अर्थतन्त्रका पक्षधर जर्ज डब्लु बुसले अमेरिकी अर्थतन्त्र सुधारका लागि चालेका यावत् कदमहरू असफल भएको बेलामा ओबामा अमेरिकी सत्ताको साँचो सम्हाल्दै छन् । ५२ प्रतिशत मत पाएर राष्ट्रपतिमा निर्वाचित ओबामाले अमेरिकी अर्थतन्त्रलाई सुधार्ने विश्वास गरिएको छ ।

ओबामाको विजय यसकारण पनि महत्त्वपूर्ण मानिएको छ, अमेरिकामा सदियौंदेखि वर्णविभेद कायम रहेको छ । अमेरिकामा रहेका श्वेतहरूले अश्वेतलाई अझै पनि राज्यका सबै स्रोतहरू उपभोग गर्नबाट वञ्चित गर्दै आएका छन् । यो क्रम भंग भयो भने पनि अमेरिकामा रहेका धेरै अश्वेतले ओबामाको विजयलाई कालान्तरसम्म ऐतिहासिक घटनाको रूपमा लिनेछन् । आफ्नो विजयपछि दसौं हजार समर्थक र शुभेच्छुकमाझ खुसी बाँड्दै ओबामाले भनेका थिए 'हामी अहिले यहाँ विजयोत्सवका लागि हाजिर भएका छौं । यो विजय नयाँ युगको सुरुवात हो । संकटग्रस्त अमेरिकन अर्थतन्त्रबाट पार पाउन सके नयाँ युगको सुरुवात हुनेछ ।' चुनावकै समयमा सार्वजनिक भएका विभिन्न सर्वेक्षणहरूले पनि डेमोक्र्याट उम्मेदवार ओबामाले मात्र अमेरिकन अर्थतन्त्रलाई सुधार गर्न सक्ने बताउँदै आएका थिए। चुनावी परिणाम आएलगत्तै उनी शान्त मुद्रामा समर्थकसामु उभिए र भने, 'अमेरिकामा परिवर्तन आएको छ ।'"एउटा दास युगबाट रुपान्तरित हुँदै एउटा काला जातिको मानिस राष्ट्रपती सम्म हुन सक्नु हाम्रो लागि अत्यन्त खुशीको कुरा हो । बल्ल हामी अमेरिकी नागरिक भएको महशुस गरेका छौ ।"दुईसय बर्षिय अमेरिकाको राजनितिक इतिहासमा पहिलो पल्ट अफ्रिकन अमेरिकन राष्ट्रपतिको हैसियतमा उनि उभिएर यो देशमा सबैले भन्ने "ल्याण्ड अफ अपरच्युनितटी" वास्तवमै हासिल गर्न सकिने रहेछ भन्ने उदाहरणको रुपमा सबैलाई हौसला दिदै विजयको उदघोषण गरेकाछन नयाँ राष्ट्रपति ओबामा ,जो आफैमा एउटा महान इतिहास बनेकाछन र बनाएकाछन हरेक नागरिकको एउटा उदाहरणको पात्र । उनले गर्वका साथ अगाडि भने " बृद्ध बालक, धनि गरिब, डेमोक्रयाट, रिपब्लिकन, काला गोरा, हिस्पानीक, एसियन, नेटिभ अमेरिकन, गे, अपांग, सपांग, निर्वल सबैलाई समेटेर जान सक्ने देश हो यो र यो मात्र रातो र निलो रंगले बनेको देश हैन यो एउटा संयुक्त राष्ट्र हो र जहिलेपनि संयुक्त रहि रहने छ । अमेरिकामा परिवर्तन आएकोछ र यो परिवर्तन हरेक नागरिकले महसुस गर्नेछन् ।"अमेरिकाको शक्ती भनेको बन्दुक र युद्ध होइन, प्रजातन्त्र, मानव अधिकार र आदर्श हो"यो अभिव्यक्तीले पनि उनको शान्तिप्रतिको प्रतिवद्धता व्यक्त गर्दछ । बिजयको पहिलो दिन उनले दिएको बक्तब्य र राष्ट्रपती भइसकेपछी १८ मिनेट लामो ब्यक्तब्यमा पनि उपर्युक्त कुरामा अझ जोड दिदै उनले अगाडि भनेका छन "अमेरिका विश्वको एक महान लोकतान्त्रिक मुलुक हो,आज विश्वको नजर हामीमाथि छ अमेरिका आज जस्तो छ त्यो नेताहरुको बुद्धिले होइन जनताहरुले गर्दा हो।"अमरीकी संविधानको चर्चित अंश 'परस्यूट ऑफ़ हैप्पीनेस'बाट प्रेरणा लिदै उनले भने 'हामी सबै मनिसहरु समान,स्वतन्त्र र सबैको लागि आफ्नो तरिकाले खुशी खोज्नको लागि अवसर मिल्नुपर्छ।'


आठ बर्ष सम्मको बुशको असफल बिदेश निती र र धरासायी हुन लागेको अमेरिकि अर्थतन्त्रलाई सम्हाल्ने र वासिङ्टनलाई परिवर्तन गरी जनताको शासन स्थापित गर्ने नारा दिएर ओबामाले लाखौं लाख नयाँ मतदाता, युबा विद्यार्थीहरुको मत मात्र प्राप्त गरेका छैनन् अमेरिकामा टाउको दु:खाइ बनिरहेको आप्रबास समस्यालाई गैर कानुनी आप्रबासिहरुको पक्षमा समाधान गर्ने बाचा गरेर लाखौं अमेरिकाको नागरिकता प्राप्त गरिसकेका हिस्प्यानिक र अन्य आप्रबासिहरुको मत पनि उछिट्ट्याउन सफल भएका छन् ओबामाको अमेरिकि समाज बदल्ने, राजनीति जनताको पक्षमा ल्याउने र अमेरिकन सपना कायम राख्ने नारा नै यो निर्वाचनको प्रमुख आकर्षण र बिजयको एकमात्र कारण हो । विश्व समुदायमा गुमेको अमेरिकी साख पुनर्जिबित गर्न ओबामाको नयाँ अनुहार सहायक सिद्ध हुनसक्छ । त्यसैले ओबामा सँग समस्या र चुनौती को पहाड सँगै सम्भावना र अबसर पनि त्यतिकै मात्रामा छ । आशा गरौ अमेरिकामा परिवर्तन हुनेछ, वासिङ्टन जनताको पक्षमा काम गर्ने छ, अमेरिकी सपना पुनर्बहाली हुनेछ,अमेरिकी अर्थतन्त्र फेरी बलियो हुनेछ जस्ले अमेरिकामा बस्ने मात्र होइन जसरी अमेरिका बिग्रदा विश्वकै अर्थतन्त्र बिगार्ने गर्छ त्यसै गरी पुनर्स्थापित अर्थतन्त्रले विश्वलाई फेरी नयाँ ट्र्याकमा ल्याउने छ । यही सोचाइ भएरनै होला उनको बिजयमा अमेरिका बासी मात्र होइन सारा विश्व खुशी भएको।



कमल भट्टराई मनासस-भर्जिनिया
bhattaraikamal1973@gmail.com

Monday, January 19, 2009

जीवन

रात; निदाउनेहरुका लागि हो
आँसु; रुनेहरुका लागि हो
विश्राम; थाक्नेहरुका लागि हो
जिब्रो; बोल्नेहरुका लागि हो
रुप; देखाउनेहरुका लागि हो
मृत्यु; हार्नेहरुका लागि हो

कालो रात हैन, उज्यालो दिन चाहन्छु म
बग्ने आँसु हैन, उन्मुक्त हाँसो चाहन्छु म
विश्राम हैन, निरन्तर हिँड्ने पाइला चाहन्छु म
बोल्ने जिब्रो हैन, पौरखी पाखुरी चाहन्छु म
सुन्दर रुप हैन, सफा मन चाहन्छु म
पराजित मृत्यु हैन, संघर्षशील जीवन चाहन्छु म

किनकी,
जाग्नेहरुका लागि हो, दिन
खुसी हुनेहरुका लागि हो, हाँसो
हिँड्नेहरुका लागि हो, पाइला
पौरख गर्नेहरुका लागि हो, पाखुरी
खुल्नेहरुका लागि हो, मन
जुध्नेहरुका लागि हो, जीवन । एकल यात्री

मान्छेहरु

आज भोली मानिसहरु फेरी हास्न छाडेका छन्
किन हो कुन्नी कुराहरु मन मै राख्न थालेका छन्
हिमाल चढ्‍न चालिएका पाइलाहरु शिखरमा कहिल्यै नपुग्ने भएका छन्
आफैले हिड्‍न थालेका बाटाहरु आफैले विर्सन थालेका छन्
आजभोली खै किन हो कुन्नी सबै मानव जाति हास्न छाडेका छन्

एउटा लक्ष लिएर बाटो लागेकाहरु लक्षमा पुग्न छाडेका छन्
थालिएका काम पनि अधुरो अधरै छाड्‍न थालेका छन्
देश बनाउछु भनि लागेका नेताहरु देशै छाडी भाग्न थालेका छन्
धिकार दिलाउन लागेकाहरु आफै घर भत्काउन थालेका छन्
आजभोली खै किन हो कुन्नी सबै मानव जाति हास्न छाडेका छन्

मानवताको अर्थ नबुभी रहरहरुको लहर बोकी दौडन थालेकाहरु
आफुले गर्न सक्नेकामहरु पनि विचैमा छाड्‍न थालेका छन्
आफ्नै स्वार्थ पुरा गर्ने मात्र ध्येय राखी अरुलाइ कन्याउन थालेका छन्
न्‍षड्‍यन्त्रको जालो बुनि सुन्दर सपनाको पालुवा भाच्न थालेका छन्
आजभोली खै किन हो कुन्नी सबै मानव जाति हास्न छाडेका छन्

जन्मने वितिकै थालिएका कामहरु अनि आफ्नै कर्तव्य विर्सेर
जो पनि अरुलाइ भाजोहाल्न मात्र सिक्न थालेका छन्
एक पटक एकतान्त्रिय तानाशाहिको गन्ध फैलाउन खोजेका छन्
आफ्नै गाउँघर बनाउछु भनि लागेकाहरु आफ्नै पेट भर्न लागेका छन्
आजभोली खै किन हो कुन्नी सबै मानव जाति हास्न छाडेका छन्
मान्छे माथि मान्छेको भिडमा आफै आफै हराउन थालेका छन्
-manu

आँखा

मेरी आमासँग एउटा मात्र आँखा थियो । एकआँखे ती मेरी आमा कुरुपताकी प्रतिमूर्ति थिइन त्यसैले म घृणा गर्थे म उनलाइ । उनको र मेरो सम्बन्धको बारेमा कसैसँग परिचय खुलोस भन्ने म चाहँदैनथेँ । उनी एउटा विद्यालयमा विद्यार्थी र शिक्षकहरूलार्इ खाना पकाउने र लुगाफाटो धोइदिने काम गर्थिन। त्यही आम्दानीबाट हाम्रो परिवारको गुजारा चल्ने गरेको थियो ।

अचानक एकदिनको कुरा हो, मेरी आमा मेरो पढाइको बारेमा बुभन मेरो स्कुलमा आइन्‍ । मैले मेरा साथीहरूलार्इ उनी मेरी आमा हुन्‍ भनेर चिनाउन सकिन, किनकि मेरी आमा अत्यन्तै कुरुप थिइन्‍ । उनी त्यसरी मेरो स्कुलमा आउँदा मलार्इ अत्यन्तै नराम्रो लाग्यो । मैले उनलार्इ कर्के आँखाले हेरेँ र बाहिरतिर दौडिएँ ।

अर्का दिन मेरो एकजना साथीले मसँग मेरी आमाको बारेका कुरा उठायो । उसले मलार्इ भन्यो "छ्‍या तिम्री आमाको त एउटा मात्रै आँखा । कस्ती काली तिम्री आमा त ! त्यस्ती कुरुप बुढीलार्इ आमा भन्न तिमीलार्इ लाज लाग्दैन ?" उसको कुरा सुनेर म मरेजस्तै भएँ । आखिर त्यस दिन मेरी आमा किन स्कुलमा आएकी होलिन्‍ ? उनीप्रतिको रिस र आत्रोशले म आफैँलार्इ चिथोरुँ जस्तो लाग्यो । साथीहरूको अगाडि बेइज्जत भएको भन्ठानी मलार्इ भुतुक्क मरुँ जस्तो पनि लाग्यो ।

एकदिन मैले आमालार्इ बेसरी भपार्दै भनेँ "तिमी किन गयौ मेरो स्कूलमा, आफ्‍नो कुरुपता प्रदर्शन गरेर किन मेरो बेइज्जत गर्‍यौ?" मैले आबेगमा नै भनिदिएँ "तिमी मर्न नसकेकी बुढी ।" मेरी आमाले कुनै प्रतिउत्तर दिइनन्‍ । मैले आमालार्इ गरेको गाली सम्भेर मलार्इ कत्तपनी पछुतो लागेन किनकि म उनीसँग असाध्य रिसाएको थिएँ । उनको कुरुपताले ममा घृण भाव बढाइरहेको थियो ।

मलाइ त्यो घरबाट धेरै टाढा भाग्न मन लाग्यो ताकि अब उनीसँग कहिल्यै भेट नहोस्‍, उनको कुरुप अनुहार देख्नै नपरोस्‍ ।

दिनहरू बित्दै गए । त्यसपछि मैले धेरै मेहनेतका साथ पढेँ । मैले स्वदेशमा मात्र होइन विदेश गएर पढ्‍नसमेत छात्रवत्त पाएँ । मैले धेरै पढेँ र पछि बिहे पनि गरेँ । शहरमा एउटा सुन्दर घर पनि बनाएँ । यतिखेर मेरा आफ्नै छोराछोरी पनि भइसकेका थिए ।

म आफ्नै संसारमा मस्त थिएँ । मेरो मस्तीको सँसारमा एकदिन अचानक मेरी आमा आइपुगिन्‍ । मेरो घरको ढोकामा मेरी आमा उभिएकी थिइन। उनीसँग भेट नभएको निकै भइसकेको थियो । बुढ्‍यौलीका कारण उनको कुरुपता अभै बढेको थियो । उनले आफ्ना नातिनातिनालार्इ त देखेकीसम्म थिइनन्‍ । मेरो ढोकामा उभिएको उनको त्यो कुरुप अनुहार देखेर मेरा बच्चाहरूले उनलार्इ बेसरी जिस्क्याए, गिज्याए । उनले मेरा सन्तानलार्इ गाली गरिन्‍ र थप्पड पनि लगाइन्‍ । मेरो घरआँगनमा मेरै सन्तानले गाली र थप्पड खाएको देख्दा मलार्इ असैह्य भयो । मैले उनलार्इ बेसरी कराएँ । "तिमी किन आएकी यहाँ ? कसले बोलायो तिमीलार्इ ? तिम्रो यो अनुहार लिएर कहिल्यै आउनुपर्दैन यहाँ । जाउ, गइहाल तुरुन्त गइहाल ।" मेरो गाली सुनेर उनले विस्तारै जवाफ दिइन्‍"माफ गर, सायद मैले गलत ठेगाना समातेछु । म तिम्रोमा आएर अब कहिल्यै पनि तिमीलार्इ दुख दिने छैन ।" यति भनेर उनी त्यहाँबाट तुरुन्तै हराइन।

अरू केही वर्ष बितेर गए । एकदिनको कुरा हो गाउँको मेरो पुरानो विद्यालयमा पुनर्मिलन समारोहको आयोजना गरिएको र त्यसमा अनिवार्य सहभागी हुन लेखिएको निम्तोपत्र मेरो हातमा पर्‍यो । कुनै विजनेस टि्रपमा जाँदैछु भनेर मैले मेरी श्रीमतीलार्इ ढाँटेँ र म मेरो पुरानो विद्यालयको त्यो समारोहमा भाग लिन गएँ ।

समारोहको अन्त्यसँगै त्यहीँ नजिकै रहेको मेरो पुरानो गाउँमा घुम्न मलाइ उत्सुकता जागेर आयो । म मेरो पुरानो गाउँतिर गएँ । मैले गाउँलेहरूबाट मेरी कुरुप आमा मरिसकेको थाहा पाएँ । आमाको मृत्यूमा मलार्इ कुनै विस्मात लागेन । एक सामान्य घटना घटेजस्तै मैले त्यसलार्इ सहज ढंगले पचाएँ । उनका लागि मसँग एक थोपा आँशु पनि थिएन । तर मृत्यूअघि मेरी आमाले मलार्इ लेखेको एउटा चिठी गाउँलेहरूले मेरा हातमा थमाइदिए । चिठी खोलेँ र पढ्‍न थालेँ । चिठीमा यस्तो लेखिएको थियो

मेरो प्रिय छोरा,
मलाइ माफ गर म तिम्रो घर आएर तिम्रै छोराछोरीलार्इ गाली गरेँ । मैले तिमीलाइ पटक पटक दु:ख पनि दिएँ । तिमी आफूले पढेको गाउँको विद्यालयमा आउँदैछौ भन्ने थाहा पाएर म निकै खुसी भएकी थिएँ तर तिमीलाइ हेर्न म उठ्‍न सकिन छोरा । म निकै बिरामी थिएँ । तिमीलाइ हेर्ने मेरो अन्तिम धोको पनि पूरा गर्न सकिन । तिमी ठूलो हुँदा सम्म मैले तिम्रो चित्त बुझाउन कहिल्यै पनि सकिन । छोरा, तिम्रो आँखामा म सदा घृणको पात्र भइरहेँ । मैले तिमीलाइ निकै दु:ख दिएकी छु ।छोरा, तिमीलाइ थाहा छैन जब तिमी सानो थियौ अचानक एउटा दुर्घटनामा परेका थियौ । त्यही दुर्घटनामा तिमीले एउटा आँखा गुमायौ । एउटी आमा भएकीले मैले तिमीलार्इ एउटा मात्र आँखा भएको हेर्न सकिन । हुन पनि कसरी सक्नु, आफ्नै सन्तान एउटा मात्रै आँखा लिएर हुर्किरहेको छ । तिम्रा साथीहरूले तिमीलार्इ एकआँखे भनेर हेपेको र जिस्काएको मैले सहनै सकिन । अनि एकदिन मैले तिमीलार्इ अस्पत्ताल लिएर गएँ । अस्पतालमा आँखा किनेर प्रत्यारोपण गर्न धेरै रकम चाहिने रहेछ तर मसँग त्यति धेरै पैसा कहाँ थियो र ? अन्तत: डाक्टरलार्इ मैले मेरो आफ्नै एउटा आँखा झिक्न लगाएँ र तिम्रो बिगृएको आँखामा प्रत्यारोपण गरिदिएँ । अब तिमीसँग दुइवटै आँखा भए । आहा, तिमी कति सुन्दर देखियौ । मेरा निम्ति जीवनको यो अत्यन्तै दुर्लभ खुशी थियो ।
प्यारो छोरा, आज मलार्इ निकै गर्व लागिरहेको छ । मेरो सन्तान जसले आज मेरै आँखाबाट संसार हेरिरहेको छ । आखिर के नै फरक भयो र मैले हेर्ने संसार आज मेरै आँखाबाट मेरो आफ्नै छोराले हेरिरहेको छ । त्यो त्यही आँखा हो, जुन आँखाले मैले पहिले संसार हेर्ने गर्दथेँ आज मेरो छोराले हेरिरहेको छ । म निकै खुसी छु छोरा । म अब यो संसारमा रहनु र नरहनुमा केही फरक छैन किन कि मेरो ठाउँमा आज मेरो छोरा छ अनि मेरै आँखाले यो अनुपम संसार हेरिरहेको छ । तिमी जहाँ रहन्छौ सुखी रहनु, सम्पन्न रहनु यो मेरो आशिर्वाद तिमीलार्इ । छोरा तिमीले अब कुनै पनि बेला सोच्नुपर्दैन कि तिम्री यो कुरुप आमा आएर तिमीलार्इ फेरिफेरि दु:ख दिनेछ । तिमीलार्इ नहेरी बस्न नसकेकीले मात्र कहिलेकाँही तिमीलार्इ भेट्‍न आउँथे, अब त त्यो दिन पनि सकियो छोरा, अब तिमी सधैसधै सुखी रहनु । मेरो सारा आशिर्वाद र माया तिमीलाइ ।
उही तिम्री
कुरुप आमा

(इन्टरनेटमा अङ्‍ग्रेजी भाषमा रहेको अज्ञात लेखकको यो कथा सुमन भट्टरार्इले रुपान्तर गर्नुभएको हो । यो अवस्था नेपालका कतिपय परिवारमा देख्न सकिन्छ । मैले पढेका कथाहरु मध्येमा यो कथा वास्तविकता सँग नजिक पाएकोले तपार्इहरुलार्इ पनि पढ्‍ने मौका दिन मन लाग्यो, हुन सक्छ तपाइहरु मध्ये कतिले त यो कथा पहिले नै पनि पढि सक्नु भएको होला त्यसको लागी क्षमा प्रार्थी पनि छु )

बिश्वपरिक्रमाको तेश्रो वाषिर्कोत्सव सम्पन्न

वाशिङ्टन डि.सी.जनवरी १७,
वाशिङ्टन डि.सी. क्षेत्रवाट नियमित रुपमा विगत २ वर्षेखि प्रकाशित हुँदै आइरहेको पाक्षिक अखवार विश्वपर्रि्रमाको तेश्रो वाषिर्कोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भयो । सो कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली दूतावास अमेरिकाका कार्यवाहक राजदूत काल्रि्रसाद पोखरेलले विश्वपर्रि्रमाको नियमित प्रकाशनले नेपाली जन समुदायमा सूचना र समाचारको वाहकको मात्र काम नगरी नेपाली भाषा , साहित्य, संस्कृतिको सर्म्वर्धनमा समेत उल्लेखनीय योगदान पुर्‍याएको चर्चा गर्दै दूतावासले सक्दो सहयोग गर्ने वताउनु भयो ।विशेष अतिथिको आसनवाट वरिष्ठ जेष्ठ पत्रकार गोकर्ण्र्ााव पाण्डेले साहित्यकारले पत्रकारिता गर्दा समाजलाई अझ उत्तम हुने वताउँदै कवि मोतिराम भट्ट एवम् महाकवि देवकोटाले पत्रकारिता गरेको दृष्टान्त प्रस्तुत गर्नुभयो ।

सो समारोहमा वाषिर्कोत्सवको उपलक्षमा आयोजित उत्तर अमेरिकाका महिलाहरुको महिला कविता प्रतियोगिताका लागि प्राप्त कविताहरु प्रस्तुत गरिएका थिए ।प्रतियोगितामा सामेल कवयित्रीहरु सिर्जना घिमिरे, सुलेखा भण्डारीले आफ्ना कविता प्रस्तुत गरेका थिए भने कविता पठाएर प्रतियोगितामा सामेल कविताहरु टीका पुन, शाश्वत पराजुली एवम् मुक्ति दवाडीले वाचन गरेका थिए ।

प्रतियोगितामा सामेल कविताहरुको मूल्याङ्कन समितिका संयोजक कवि वसन्त श्रेष्ठले प्रतियागी कविताहरु स्तरिय भएको वताउँदै प्रतियोगिताको नतिजा प्रस्तुत गर्नु भएको थियो, जस अनुसार विस्कानशीनकी मीना दाहाल प्रथम, म्यासाच्युसेट्सकी आकृति शर्मा दोश्रो तथा नर्थ क्यारोलाइनाकी कविता घिमिरे र भर्जिनियाकी मञ्जु पुन तेश्रा भ्ाएका थिए । प्रतियोगितामा सामेल उपस्थित पुरस्कृत एवम् सहभागी कवयित्रीहरुलाई प्रमुख अतिथिले पुरस्कार एवम् प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

सोही समारोहमा वाशिङ्टन डि.सी.मेट्र्रो इलाकामा लामो समयदेखि समाज सेवा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्नुहुने अगुवा समाजसेवीहरु राम मालाकार तथा कृष्ण निरौलालाई सम्मान गरिएको थियो ।

सो समारोहमा नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष गिरिश पोखरेल, एन्वाका अध्यक्ष माधवी वस्नेत, एएनएसका अध्यक्ष विष्णु थापा, एएनएका महासचिव मेदिनि अधिकारी, नेवा अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्ष राजेश श्रेष्ठ, नेपाल पासा पुच अमेरिकायका अध्यक्ष मीरा श्रेष्ठ, प्रख्यात लोकगायक प्रेमराजा महत तथा सम्मानित व्यक्तित्वहरु राम मालाकार तथा कृष्ण निरौलाले शुभकामना मन्तव्य प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमका सभापति एवम् विश्वपर्रि्रमाका प्रधान सम्पादक गोविन्द गिरी प्रेरणाले आफू मूलत साहित्यकार भएकाले नेपाली अक्षरलाई अमेरिकाका नेपालीहरुको घर दैलोमा पु्रर्‍याउन यसको प्रकाशन शुरु गरेको वताउँदै विदेशी भूमिमा नेपाली भाषा साहित्य र संस्कृतिको जगर्नालेनै आफ्नो पहिचान कायम राख्न सकिने वताउनु भयो ।
भर्जिनियाको आर्लिङ्टन केन्द्रिय पुस्तकालयको सभाकक्षमा सम्पन्न सो वाषिर्कोत्सव समारोहको सञ्चालन शाश्वत पराजुलीले गर्नु भएको थियो ।

Friday, January 16, 2009

स्मरणशक्ति कसरी बढ्छ ?

मानिसले बोलेको हरेक शब्द, पढेको हरेक किताब वा हेरेको हरेक सिनेमाको याद उसको दिमागमा सधैं-सधैंका लागि संग्रहित भएको हुन्छ । व्यक्ति ९९ वर्ष बाँचे पनि ती स्मृतिहरू उसको दिमागमा जस्ताको तस्तै रहिरहन्छन् । यदि कुनै कुराले तपाईंको ध्यान आकषिर्त गर्छ वा हेर्ने, सुँघ्ने, छुने वा अनुभूति गर्ने इन्दि्रयलाई उत्तेजित गर्छ भने तपाईंले त्यसलाई सजिलै सम्झनुहुनेछ । स्मरणशक्ति बढाउनका लागि निम्न उपाय अपनाउन सकिन्छः

पढ्दा सक्रिय रूपले पढ्नुपर्छ ।

पढेको कुरामा ध्यान एकाग्र हुनुपर्छ र त्यसमा पूरा रुचि पनि हुनुपर्छ । पढेको विषयवस्तुलाई व्यस्थित रूपले संगठित अर्थात् सूचीबद्ध गर्नुपर्छ ।पढेको वा सुनेको विषयवस्तुलाई नोटकपीमा संक्षिप्त र व्यवस्थित रूपमा सारांश उतार्नुपर्छ । पछि सारांशलाई सही ढंगले विस्तार गरेर नोट बनाउनुपर्छ । पढेको कुरालाई पहिचान गर्न मात्र होइन, त्यसलाई तपाईंले पुनः उत्पादन गर्न अर्थात् लेख्न वा अरूलाई बताउन सक्षम हुनुपर्छ । स्मरणशक्ति त्यही व्यक्तिको उत्कृष्ट हुन्छ, जसले आफूले पढेको कुरा याद गर्ने चेष्टा गरिरहन्छ र त्यसलाई एकआपसमा व्यस्थित ढंगले उन्ने (जालो बुन्ने) वा शृंखला बनाउने प्रयत्न गर्छ । यसो गर्नका लागि स्कुल, कलेज वा सिक्ने ठाउँमा नास्ता खानका लागि छुट्टयाइएको अथवा कतै बसिरहँदा वा हिँडिरहँदाको खाली समय उपयोग गर्न सकिन्छ ।

सारांशमा, राम्ररी सम्झनका लागि राम्ररी पढ्नुहोस्, राम्ररी बुझ्नुहोस्, त्यसलाई मनमनै याद गर्नुहोस्, फेरि सिक्नुहोस्, फेरि याद गर्नुहोस् । यसरी स्मरणशक्ति विकसित हुँदै र तीक्ष्ण बन्दै जान्छ । आफ्नो दायाँ मस्तिष्कलाई अर्थात् कल्पना, लयात्मकता, शैली र दिवास्वप्नजस्ता कुरालाई उपयोगमा ल्याउन कहिल्यै नबिर्सनुहोस् । यिनको सहायताले स्मरणशक्ति सजिलै खारिँदै जान्छ । आफ्नो दिमाखलाई 'यो यो कुरा सम्भिmराख' भनेर आदेश दिनुहोस् । दिमाखले तपाईंले दिएको आदेश पालना गर्नेछ । पढेको वा सुनेको कुरा राम्ररी फाइलिङ गर्ने, सूचीबद्ध गर्ने र रेकर्डिङ गर्ने कुरामा ध्यान दिनुहोस् । भद्रगोल पारेर थुपारेको भण्डारबाट चाहिएको कुरा समयमै खोजेर निकाल्न सकिँदैन । त्यसैले दिमाखमा सम्झन पर्ने सबै विषयवस्तु राम्ररी व्यवस्थित पारेर मिलाएर राख्नुहोस् । पढ्दा वा सुन्दा नअलमलिनुहोस् । पढेको कुरा राम्ररी बुझ्नुभएको छैन वा सुन्दा राम्ररी सुन्नुभएको छैन भने त्यस्तो अस्पष्ट कुरा सम्झन पनि सकिँदैन । तथ्यहरू पढ्दा तिनको सन्दर्भ र पृष्ठभूमि पनि याद गर्नुहोस्, जसले गर्दा आवश्यक परेको बेला तथ्यहरू सजिलै सम्झन सकिन्छ । जस्तो- रकेटको बारेमा केही तथ्य सम्झनुपर्दा पहिला सगरमाथा टेक्ने निल आर्मस्ट्रङको बारेमा पनि सम्झनुहोस् । पढ्दा पाठको सम्पूर्ण आशय साङ्गोपाङ्ग बुझ्नुहोस्, जसले गर्दा तपाइंलाई जुनसुकै कोणबाट प्रश्न सोधे पनि उत्तर दिन सजिलो हुनेछ । जानकारी र सूचनाहरूलाई स-साना खण्डमा टुक्र्यायाएर सम्झने चेष्टा गर्नुहोस् । यसो गर्दा सम्झन दिमाखलाई धेरै बल पर्दैन । जानकारीहरूको एउटा दिमागी नक्सा तयार पार्नुहोस् ।आत्मविश्वास बढाउनुहोस् । मेरो स्मरणशक्ति सबैको भन्दा तीखो छ, मैले सबैले भन्दा राम्ररी सम्झन सक्छु भन्ने आत्मविश्वास दृढ बनाउनुहोस् । एक दिन मात्र चिताएर पुग्दैन, यस्तो आत्मविश्वास दृढ बनाउन लामो समय मनमनै अभ्यास गरिरहनुपर्छ, दोहोर्‍याइरहनुपर्छ । हीनताबोध त्यागिदिनुहोस् । आफूलाई कमजोर ठान्न थाल्नुभयो भने विस्तारै तपाईं साँच्चै कमजोर बन्दै जानुहुनेछ । आफ्नो स्मरणशक्ति कमजोर छ भनेर सोच्ने यो दुनियाँमा तपाइं मात्र होइन, करोडौं मानिसले यस्तै सोच्छन् । अतः चिन्ता नगर्नुहोस् ।

दिमागको क्षमता असीमित छ भन्ने हेक्का राख्नुहोस् । त्यसलाई कसरी अधिकतम् उपयोग गर्ने भन्नेबारेमा सोचिरहनुहोस् । अल्बर्ट आइन्स्टाइनले भनेकै हुन् : मानिसको मस्तिष्कको १० प्रतिशत पनि उपयोग भएको छैन भनेर । यसलाई पूरापूरा उपयोग गर्न नसके पनि ५० प्रतिशत उपयोग कसरी गर्न सकिन्छ, यसबारेमा सोच्नुहोस् ।

लामो सूची सम्झनुपरेको छ भने सूचीमा भएका कुराहरूलाई एउटै शृंखलामा लिंक गर्नुहोस्, त्यसलाई बढाईंचढाईं अर्थात् अतिरञ्जना गरेर एउटा हास्यास्पद, रंगीन र रोचक कथाजस्तो बनाउनुहोस् र सम्झने चेष्टा गर्नुहोस् । यसरी लामो लामो सूचीहरू पनि सजिलै सम्झनुहुनेछ ।

सूचीमा भएका आइटमहरू सम्झनका लागि तिनलाई परिचित चिज वा वस्तुसँग जोड्ने वा हरेकलाई सुहाउँदो नम्बर दिने पनि गर्न सकिन्छ ।अध्ययनको गति जति तेज हुन्छ, त्यति नै एकाग्रता बढ्छ । त्यसैले लोसे चालले होइन, गतिशील रूपमा अध्ययन गर्नुहोस् ।

Thursday, January 15, 2009

फेयर फ्याक्स भर्जिनियामा कबि गोष्टी सम्पन्न

कमल भट्टराई, फ्ययरफ्याक्स भर्जिनिया, जनवरी १२, २००९
महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवाषिर्की अवसरमा अमेरिकाको फेयरफ्याक्स भर्जिनियामा कवि गोष्ठी सफलतापूर्वक सम्पन्न भयो । लेखनाथ भण्डारीको स्वागत वक्तव्यबाट सरु भएको उक्त कार्यक्रमका प्रमुख अतिथि हनहन्थ्यो हरि घिमिरे । उक्त कवि गोष्ठीमा ५ जना कविहरु होमनाथ सुबेदी, होमराज लम्साल, सुदिपभद्र खनाल, गोविन्दगिरी प्रेरणा र प्रकाश नेपाललाई आफ्ना ३।३ वटा कविता बाचन गर्न अनुमती दिईएको थियो । टीका पुनको संचालनमा सम्पन्न कवि गोष्ठीमा उपस्थित दर्शक तथा श्रोताहरुबाट पतक्ष्य दोहोरो अन्तक्रियाले गर्दा कार्यक्रम राम्रो र झन् रोचक भएको थियो । कवि बाशु श्रेष्ठले कविहरुको परिचय गराउनु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि हरि घिमिरेले बाचित कविताहरुको विस्तृत समिक्षा गर्दै कविता र कवि भनेका श्रीमान् र श्रीमती जस्तै हन् भन्नभयो। उक्त कार्यक्रमको डिसीनेपाल डट कम ले प्रतक्ष्य प्रसारण गरेको थियो।

Sunday, January 11, 2009

क्रान्तिकारी हुँ भन्ने ?

माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि देशले विस्तारै काचुली फेर्नेछ,देशमा जताततै शान्ति छाउने छ,लगानीको वातावरण बन्ने छ,अझ सरकारको नेत्रित्व गरेपछि त, माओवादीको सरकार देश र जनताप्रती पूर्ण रुपले उत्तरदायी हुनेछ। दश, प्रन्ध हजार कमाउन विदेशिनु पर्ने छैन,रुल रेगुलेशनको पालना हुनेछ आदी इत्यादी लगायतका राम्रा कार्यले देश नयाँ नेपालमा प्रवेश गर्ने छ भन्ने आशा प्राय सबैले सोचेका थिए । तर,बिडम्बना माओवादी शान्ति प्रक्रियामा आएको तीन वर्ष बिति सक्यो। आफ्नै सरकारले हनिमुन पिरिएड पार गरिसक्यो। यस अवधिमा देशमा बिकास कार्य हुनु कता हो कता महंगी, अभाव र कमजोर शान्तिसुरक्षाले मुलुकलाई आक्रान्त पारेको छ। दिनहुँजसो व्यक्ति हत्याको श्रृंखला बढ्दो छ। जनताले सधैं असुरक्षाको महसुस गरिरहेका छन्। बन्द,अपहरण,हत्या, हिंसा, अशान्ति लुट, असुरक्षामा भारी वृद्धि भएको छ । सर्वसाधारण जनतालाई नेपालमा क्रमिकरूपमा बढ्दै गएको महंगीले यहाँबाट विदेशिन बाध्य बनाउन लागेको छ।


सर्वहारा जनताका लागि राजनीति गर्दै आएको भाषण ठोक्ने राजनीतिक दल माओवादीका एक नम्बरका क्रान्तिकारी हुँ भन्ने नेताहरूलाई पनि देश बिकास तथा चर्को महंगीका विषयमा गम्भीरतापूर्वक सोच्ने फुर्सद कहिल्यै भएन भाषणमा मात्रै चर्को क्रान्तिका कुरा गर्ने व्यवहारमा नउतार्ने प्रबिर्तीको तिब्र गतिमा बिकास भइरहेको छ अर्थात माओवादीको भनाइ, गराइ र व्यबहारमा आकाश जमिनको फरक छ । इमान, जमान,राजनीति सिद्धान्त जनता र मुलुक केही होइनन् आफू र आफ्नो पार्टी भनेर माओवादी सरकारमा गएको हो भने त ठिकै छ, होइन दशौं हजार शहीद, राष्ट्र,अशिक्षा, युद्धका अपांग तथा गरिबीको रेखामुनिका जनताका विषयमा पनि सरकार जवाफदेही हुने पर्ने होइन र? एकातर्फ,अनाबस्यक एककोहोरो सुगारटाइ-आफ्ना लडाकूजत्थालाई नेपाली सेनामा समायोजन गर्ने तर्फ बढी केन्द्रित हुनुले माओवादीको नियतमा प्रसस्त संका गर्ने ठाउँ त छदैछ। अर्कोतर्फ, सर्पले काचूली फेरेजस्तै आफ्ना भाषण फेर्न माओवादी नेताहरु निपूर्ण, ब्यस्त र तल्लिन भएको कारणले गर्दा उनिहरुको कुन चाँही कुरा सत्य हो जनताले कसरी छुट्याउने/पत्याउने?


आफैं सरकारमा भएर मालिक–मजदुरबीच तनाव उत्पन्न गराउनु। मिडियामा तोडफोड ,मालिकलाई शोषक, मजदुरलाई सर्वहारा भन्दै उचाल्नु। स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन युनियन उचाल्नु माओवादी राज्यसत्ता कब्जा गर्ने नीतिभित्रकै कुरा हुन्। आफै सत्तासिन प्रधानमन्त्री भएर वर्तमान सरकार ढालिए देशको अस्तित्वसमेत नरहने ठोकुवा र जनबिद्रोह मार्फत सत्ता कब्जा गर्ने धम्की दिनुले नेपालको राजनितीमा फेरी अर्को कालो बादल मडारिन थालेको आभाश मिल्छ । जब सरकार नै कानुनी राज्यको खिल्ली उडाउने काममा लाग्छ भने जनताले कसबाट शान्ति सुरक्षाको अपेक्षा गर्ने? अहिलेको स्थितिलाई अध्ययन गर्ने हो यसबाट के स्पस्ट हुन्छ भने हामी अराजकतातिर उन्मुख हुँदै गइरहेका छौं मुलुक नजानिँदो ढंगबाट लोकतन्त्रतिर होइन, अधिनायकवादतिर लम्कँदैछ। ।
जताततै समस्यै समस्या धार्मिक आस्थामा विश्वास नगर्ने पार्टीले पशुपतिनाथको पुजारीमा पशुपति क्षेत्र विकास कोषको नियम क्रमभंग गर्दै सकारात्मक कार्य नेपाली पुजारी नियुक्त गर्यो । कुनै संस्थानको महाप्रबन्धक फेरेजस्तो । तर प्रकृया पुर्याउन सकेन । जसका कारण नागरिक समाज आन्दोलित बन्यो र सरकार झुक्न बाध्य भयो। यसबाट पनि के भान हुन्छ भने यो सरकारले हतारमै निर्णय लिन्छ,दीर्घकालिन सोचको अभाव छ।
विश्वमा जलस्रोतको दोस्रो धनी मुलुक नेपाल हाल अन्धकारमय बनेको छ। हाम्रो लागि यो भन्दा दुर्भाग्यको कुरा अरु के हुन सक्छ? लोडसेडिङ बढाउँदै लगि दैनिक १६ घण्टा पुर्याएपछि मुलुक प्रगति र समुन्नतिको नयाँ युगतिर अग्रसर हुने हैन पछौटे, गरिबी र पुरातनवादी पुरानो युगमा फर्किने लक्षण देखिएको छ । नेपालसँगै प्रजातान्त्रिकरणको युगमा प्रवेश गरेका मुलुकहरु विकासका गतिले कहाँ पुगिसके? तर, हामी नयाँ नेपालको गफ हाँक्दाहाँक्दै टुकी युगमा फर्कदैछौं। यस्तो स्थिति आउनुका पछाडि हाम्रा शासकहरु जिम्मेवार छन्। शासकहरुमा मुलुक र जनताप्रति अलिकति मात्रै जिम्मेवारबोध हुन्थ्यो भने हामी यो स्थितिमा पुग्ने नै थिएनौं। त्यसैले आफ्नो निहित स्वार्थपूर्तिका लागि सिंगो मुलुकलाई भड्खालोमा हाल्नुभन्दा माओवादीका लागि सत्ता हातमा आएको बेला केही गरेर देखाउने राम्रो अवसर पनि हो । उनीहरुले पनि यो कुरा नबुझेका होइनन्। तर, उनीहरु आफैंप्रति इमान्दार नभएको, बोली र व्यवहारको अन्तरले पनि इमान्दार छैनन् भन्ने देखाउँछ। त्यसैले हाल प्रशासनदेखि जनता एकदमै रुष्ट छन्।
कुनै पनि देशको सफलतामा इमानदारिता, दूरदृष्टि र प्रतिबद्धता साथमा भ्रष्टाचारमुक्त कर्मचारीतन्त्र रहनु आवश्यक रहन्छ ।०६३ सालको जनआन्दोलनबाट सफलता प्राप्त गरेपछि नयाँ नेपाल बनाउने सपना हामीले पाएका छौं र देख्यौं पनि । तर आज खोइ हाम्रो सपनालाई कहाँ बज्र पर्‍यो ? हामी अलमलिन थाल्यौं । प्रधानमन्त्री प्रचन्डले पटक-पटक दिएको अभिव्यक्ति 'म कन्फ्युजमा छु' भन्ने वाक्यले हामीलाई झन् सोच्न बाध्य बनाइरहेको छ । जुन जोगी आए पनि कानै चिरेको भनेझैं जसको क्रान्तिकारी सरकार आए पनि देश र जनतालाई उस्तै!देश र जनतालाई उस्तै !!

Friday, January 9, 2009

बुढो गोरु न आफु जोत्ने न अरुलाई छोड्ने

नेपाली कांग्रेसका लागि पार्टी सभापति गिरिजाप्रसाद कोइराला बुढो गोरु समान बनेका छन । त्यो गोरु जो न अरुलाई जोत्न दिन्छ न आफु नै जोत्नसक्छ । जसका कारण कांग्रेस नामको बारी बांझो बन्दै गएको छ । उब्जाउहिन भुमि बन्दैछ । प्रशंग कांग्रेस संसदिय दलको नेताको हो । सबैले अनुमान गरेका थिए अब कोइराला पार्टीको अभिभावकको रुपमा बस्नेछन । आफुभन्दा अगाडि नै नेतृत्व स्थापीत गरेर पार्टी संचालनको विधि सिकाउनेछन अर्थात जोत्न सिकाउने छन । तर छांट देखिएको छैन । उनी न हलो रुपी पार्टीको जुवा आफु छोड्छन न जोत्ने ताकतनै छ ।शरिर बुढो भएपनि मन तरुनो नै हुन्छ भन्ने उखान त छ । तर यर्थाथ यो पनि हो कि मन तरुनो भएर मात्र भएन सोच्ने शक्ति र शारिरिक कि्रयशिलता पनि महत्वपुर्ण हो । त्यसमा पनि अहिले कांग्रेसका कोइराला पछि को नेता हुने होला भन्ने चर्चा यथावत छ । ६ महिना पछि १२ औं महाधिवेशन हुंदैछ । यस्तो बेलामा उनले संसदिय दलको नेतामा पार्टीको भावी नेतृत्व लिनसक्ने नेतालाई चयन गर्न सहज बाटो निर्माण गरी नेतृत्व हस्तान्तरण गरेर वाहवाही पाउनुपर्ने हो ।तर,राजनीतिको अधिकांश समय गाली खाएर अगाडि बढेका कोइराला जीवनको अन्तिमकालमा पनि गालीनै पि्रय रहेको प्रमाणित गर्दै संसदिय दलको नेता आफैं बन्ने दाउंमा लागेका छन ।
window.google_render_ad();
विचरा अरु नेताहरुले गर्ने के बालहठ र बृद्धहठको केही लाग्दैन भन्ने अर्को उखाननै छ । अझै पनि नेतृत्वमै बस्ने रहर गरेपछि कसको के लाग्छ र । संसदिय दलको नेता बन्न कसैले चासो नै नदेखाएका भने हैनन नै । कांग्रेसको संसदिय दलको नेताका रुपमा प्रारम्भमा शेरबहादुर देउवाको नाम आएको थियो । उनले संसदिय दलको नेता बन्ने सर्तमा पुष्पकमल दाहाल प्रचण्डसंग हार्ने निश्चित भएपनि प्रधानमन्त्रीका लागि भिडेका थिए । तर विचमा च्यंाखे थाप्न आइपुगे रामचन्द्र पौडेल ।
त्यसमा कुलबहादुर गुरुगं पनि थपिएपछि विस्तारै कांग्रेसका संसदिय दलको नेताका विषयमा विवाद बढ्दै गयो । यही मौका छोपेर कोइरालाले अब कसैलाइ नछोड्ने आफैं नेता बन्ने उद्घोष मात्र गरेनन आफु विरुद्ध उठ्ने कोही छ भनेर उल्टो लल्कारे पो ।
कांग्रेसका कोइराला विरासत बोझ बनिसकेको छ । पार्टीका लागि उनले जत्ति गर्नसक्थे गरिसकेका छन । अब उनको पालो भनेको आराम गर्नेनै हो । संविधान सभा चुनावको नतिजाले पनि अब कांग्रेसमा नेतृत्व हस्तान्तरण र रुपान्तरणको बेला भइसकेको स्पष्ट शन्देस दिएको हो नै । कांग्रेसका युवा पुस्ताले पनि यसको माग गरिरहेका छन नै । तर खोइ कोइरालाको कानभित्र त्यो आवाज छिर्न सकेको छैन । उनी अझै टसको मस नभई नेतृत्वमै बस्ने प्रयास गरिरहेका छन नै ।
यसमा मुल समस्या भनेको दोस्रो पुस्ता भनिने लुते नेताहरुका कारण पनि हो । बाहिर जे बोलेपनि कोइरालाको अगाडि चु गर्न सक्दैनन देउवा पौडेल र गुरुगं ।मुल रुपमा अहिले कांग्रेसले लिएको प्रतिपक्षी दलको भुमिका रचनात्मक रुपमा निभाउने हो भने संसदिय दलको नेतमा कि नरहरी आचार्य लगायतका दोस्रो पुस्ताका नेतामा नेतृत्व हस्तान्तरण गर्ने नै हो ।तर के गर्ने यि नेताहरु नै लाचार छन । अरुले पस्किएर दिए खाने न हुन । यदी उनीहरुले बोलेको पुरा गर्ने हो भने यो पाला संसदिय दलको नेता सर्वसम्मत चयन गर्नुहुन्न । हारे हारिन्छ कोइराला विरुद्ध दोस्रो पुस्ताका नेता कोइराला विरुद्ध भिड्नै पर्छ नै ।