मानबको श्रेणी जन्मले होइन कर्मले छूटीन्छ
बिद्या नै यस्तो धन हो जो जति बढ्यो उती नै बढ्छ
बस्तुहरु परिबर्तित हुदैनन तर हामी परिबर्तित हुन्छौ
कसैको अधिक प्रशंसा गर्नु वस्ताबमा उसलाइ धोका दिनु हो
कुनै पनी इमानदार ब्यक्ति एका एक कहिल्याई धनि बन्न सक्दैना
ठुला मनिसलाई जेल बनाउनु भन्दा सनालाई पाठशाला बनाउनु बेश
शुख चाहनेलाई बिद्या र बिद्या चाहने शुख कहिल्याई मिल्दैना
अध्ययन अकशामा चम्केको सूर्य झै चम्केको हुन्छ
आत्मा शान्त भए संसार स्वत शान्त हुन्छ
परिश्रम गर्न र धर्य गर्न सिक
क्रांति सानो चीज होइना तर सानो चीज बाट नै क्रांतिको जन्म हुन्छ
मलाई अशल आमा देऊ म तिमीलाई अशल राष्ट्र दिन्छु
मलाई रगत देऊ म तिमीलाई स्वतंत्रता दिन्छु
फुलको संगतले गर्दा धगोले पनी शिरमा चढ़ने मौका पाउछ
तिम्रो शरीर पबित्र आत्माको मन्दिर हो
जहा कनुनको अन्त हुन्छ त्याहा कुशासनको प्ररारम्भ हुन्छ
मानब को सबै भन्दा ठुलो हथियार आत्म विश्वास हो
मानबको सबै भन्दा निकट मित्र र कठोर दुश्मन सर्ब प्रथम उ स्वयं हो
Friday, May 8, 2009
Saturday, May 2, 2009
भनत म मेरो देश कीन फर्कौ ?
भनत म मेरो देश किन फर्कौ ?
सगरमाथा र बुद्द जन्मेको देश भनेर म कत्ति सम्म गर्ब गरौ?
देश को ळागी थुप्रै मरे म किन ब्यर्थमा मरू?
ब्यर्थमा मर्नका लागी म मेरो देश किन फर्कौ ?
न म स्वतन्त्र बोल्न सक्छु
न त निर्धक्क कतै डुल्न सक्छु
न म फूल बनेर कतै फूल्न सक्छु
म आंतक बन्न सक्दिन ,
कसैको निहत्या हत्या गर्ने हत्यारा बन्न सक्दिन
न त म लठेत बनेर कसैलाइ मरणास्नन पिट्नै सक्छु
अनि भनत म मेरो देश कीन फर्कौ
देशै फर्के भनेपनि
म पाईला राख्ने बीतीकै रगत रगत देख्ने छु बाटोभरी
ईषाभेट्नेछु आखाभरी
भोक देख्नेछु मनभरी
शोक देख्नेछु आगन भरी
महीनौ देखीको बेबारीशे ळाश को गन्ध पाउनेछु टाढैदेखी
म सडक भरी ढुंगामुढा देख्ने छु
काला टायरका धुँवाहरुको बीरोध भेट्नेछु
ळाग्ने छ कतै यि ढुंगामुढा र टायरहरु म फर्के को बिरोधमा बर्षिरहेछन
अनि भनत म मेरो देश कीन फर्कौ ?
म हिडीरहने सडकमा कृष्णभिर तगारो बन्ने छ
बाटा भरि म एम्बुसका तारहरुमा जेलिने छु
म थाहै नपाई गृहयुद्द को भुमरीमा फस्ने छु,
म जस्को पनि गोलि को शिकार बन्न सक्ने छु,
अनि भनत म मेरो देश कीन फर्कौ ?
मेरो गाऊ तर्ने त्यो पुल छैन रे,
बर्षौ भयो ओईलाएको सयपत्रि,जसमा कुनै फूल छैन रे,
म पढ्ने स्कुलमा त बम बारूद बस्यो रे
मेरो घर खालि गरी डर आतंक पस्यो रे
संगै हुर्की खेलेका साथीभाई कोहि मुग्लान त कोहि जंगल पसे रे
अनि भनत म मेरो देश कीन फर्कौ ?
मेरो देश जहा हत्याराहरु हत्या गर्न हत्याराहरुको साथ रमाऊछन
शाशकहरु शाशन हैन शोशण गर्न तम्मसिनछ्न
शाशकहरु शोशण गर्न शोशकहरुको हात चाहन्छन्
म मर्न सक्दिन शाशक हरुका लागि,
म गाऊन सक्दिन भक्ति गित राजाहरुका लागी,
अनि भनत म मेरो देश किन फर्कौ ?
त्यो देश जहा वालबालिकाहरु टूहुरा बनिरहेछन्
आमा बाहरु बेसहारा बनिरहेछन्
बुद्द सदाझै मौन बसिरहेछन
युद्द झन् झन् चर्किरहेछ
हिमाल पलपल गरेर पग्लिरहेछ
मन झन झन् टाढि रहेछ,
अनि भनत म मेरो देश किन फर्कौ ?
सहदेब

ओबामासंगको मेरो भेट
२००६ तिरकै कुरा हो ,अमेरिकाको रास्ट्रपति निर्बाचनको चर्चा चली रहदा एउटा अग्लो अग्लो, पातले पातले, कालो कालो बर्णको ब्यक्ति निकै नै चर्चित थियो.टेलीभिजन पत्र पत्रिकाले उनका बिचारहरू निकै नै प्राथमिकताको साथ छापथे र दाबी गर्थे यो मान्छे भोली अमेरिकाको रास्ट्पति बन्ने छ तर मलाई लाग्थ्यो यो मान्छे कसरी रास्ट्रपति बन्ला….भरखरको छ.. परम्परागत उसको छाला छैन..कपाल पनि सेतो खैरो छैन. तर पनि सबैले उनलाई आशाबादी दृष्टिले हेरेको हुनाले मलाई उनका बारेमा जान्न मन लाग्यो. एकदिन मैले मेरो बिदेशी साथिलाई सोधे."यो बाराक ओबामा भनेको कस्तो मान्छे हो? को हो उ "?साथीले भन्यो "उ तिमी जस्तै हो".मेरो साथीले बराक ओबामा "म जस्तै हो" भन्नुको अर्थ थियो युवा जोश जागर भएको , परिबर्तन मन पराउने र जे पनि गर्न सक्छु भन्ने सकारात्मक सोच भएको ब्यक्ति ! मेरो साथीले ओबामा म जस्तै हो भने पछि मलाई झन ओबामाको बारेमा थप कुरा जान्न, पढ्न मन लाग्यो.पुस्तकालयमा गएर उनका जीबनी,उनका पुस्तकहरु र दैनिक जसो हुने भाशणहरुलाई ध्यान दिएर सुन्न थाले….र बिस्तारै…. ओबामामा मैले आफुलाई देख्न थाले.. र म भित्र ओबामा देख्न थाले..बास्तवमा धेरै समानता थियो. अहिले त्यहि ब्यक्ति बाराक ओबामा अमेरिकाको रास्ट्रपति भएका छन. बिस्वको शक्तिशाली नेता बनेका छन र म उनको सम्पूर्ण समर्थक बनी सकेको छु ,उनी मेरो प्रेरणा बनेका छन र म मा उनको प्रभाब बढेको छ.तेसैले त जसरी भएपनी म बाराक ओबामालाई भेटन चाहन्थे.झन उनी रास्ट्पति भएपछि त उनलाई भेटने र नजिक बसेर कुरा गर्ने उत्साह निकै नै बढेको थियो .सपथ ग्रहणको दिनमा जसरी पनि वॉशिंगटन पुग्छु भन्दा भन्दै पनि जान पाइएन.म यो नया युगको नया नेतालाई जसरी पनि भेट्छु. मैले दृढ निश्चय गरे र यो मेरो सपना भयो. तर कसरी भेट हुन सक्छ ? संसारका शक्तिसाली नेतालाई म जस्तो एउटा साधारण नेपालीले कसरी भेटन सक्छ?केही उपाए छ त? मैले कामना गरी रहे…उनको यो कार्यकालमा जसरी पनि भेटन पाऊ भनेर…
म उनको वेबसाइटको सुरुदेखिकै पाठक हु. हरेक दिन नया नया ईमेल अथवा भिडिओहरु इमेलमा आई रहन्छ . यस्तैमा ओबामाको कार्यक्रमको बारेमा.एक दिन एउटा यस्तो ईमेल आयो….ओबामाले रास्ट्रपति पद भार सम्हालेको उपलक्ष्यमा आफ्नो अनलाईनका पाठकहरु मध्ये १०० जनालाई व्हाइट हाउसमा भेट घाट गर्ने रे. र जसले चाडो ईमेल मार्फ़त चाढै रेस्पोन्स गर्छ अर्थात सुरुको सयजनाले यो मौका पाउने छ भन्ने ईमेल रहेछ.मैले तुरुन्तै यो ईमेलको रेस्पोन्स गरी हाले.करोडौ पाठक भएको यो साईटमा मेरो ईमेल ले के मौका पाउला र….यो कुरा यत्तिकै भयो…..भोली पल्ट बधाई भन्दै अर्को ईमेल आई पुग्यो. खोलेर हेर्छु त मेरो नाम त्यो सय जनाको सुचिमा परेछ.ओ हो यो ईमेल पाए पछि मेरो खुशीको सिमानै रहेन..रास्ट्रपति संग भेट गर्ने दिनको निम्तो र मिति र समय सहित निमन्त्रणा पत्र हुलाक बाट आउदै छ रे….भने पछि त मेरो सारा सरीर खुसी ले नाच्न थाल्यो.अनेक थरि कल्पनाले म प्रफुलित भए.जे सोचेको थिय त्यहि पुरा हुने भयो.मैले यो कुरा मेरो त्यहि साथिलाई खुसी हुदै सुनाए र भने म व्हाइट हाउस जादै छु रास्ट्रपतिलाई भेटन…सुरुमा उसले पत्याएन.. पछि निमन्त्रणा पत्र देखाए पछि उसले पत्यायो र के गर्ने होला…कस्तो लुगा लगाउने होला..कसरी हात मिलाउने होला जस्ता बिषयमा मैले उ संग छल फल गरे…उसलाई रास्ट्रपति मानेर मैले हात मिलाउने र छोटो कुरा गरेको जस्तो अभिनय पनि गरे..मेरो खुसीमा मेरो साथी झन धेरै खुसी भयो.. पहिलो कुरा त के लगाएर जाने होला भनेर सोचे…राम्रो कोट किन्नु पर्ला र कोट र पाइंट नै लगाउनु पर्ला जस्तो लाग्यो तर दोस्रो बिचार आयो यो म संग जोडिएको कुरा हो…म संग मेरो देश नेपाल जोडिएको छ… नेपाली पन देखाउने मौका पनि त हो नि यो अन्तररास्ट्रीय स्थरमा . नेपाल छाडदा बोकेर आएको दौरा सुरुलाई सम्झिए .निकै राम्रो थियो…ढाका टोपी पनि थियो..कोट चाही नया किन्नु पर्ने भयो दौराको रंग संग मिलने… यी सबै तयारी एकै दिनमा सकेर म रास्ट्रपति भेटन उग्र प्रतिक्षामा बसे .
भोली पल्टै व्हाइट हाउसबाट सहभागीहरुलाई लिन लिमो कार आउने कार्यक्रम थियो. म सम्पूर्ण तयारीका साथ बसे…. साथीलाई फ़ोन गरे र उसले "good luck" भन्दै भन्यो be your self and don’t be so excited. मैले thank you भन्दै फ़ोन राखे… तल सडकमा लिमो कार आएको ख़बर आयो म मेरो डिजीटल कैमरा फोन र रास्ट्रपतिको लागी उपहार बोकेर लिमो चढे..ओ हो यो छ्ण मेरो जीबनको महत्व पूर्ण छ्ण थियो.जे जे अहिले भई रहेको थियो यो सबै मेरो जीबनमा पहिलो पटक हुदै थियो. म खुसी र उत्साहले प्रफुलित थिए…लिमो कार बिस्तारै व्हाइट हाउस तीर बढ्यो.कारमा भएका बिशेष सुरक्षा कर्मीहरुले मेरो उत्साह सजिलै पढे. र सोधे यो हात को के हो? मैले भने "यो रास्ट्रपति को लगी उपहार हो". उनिहरूले मलाई कैमेरा र सेल फ़ोन लिएर जान नमिल्ने कुरा येसैबेला बताए. अब के गर्नु आफ्नै कैमेराले रास्ट्रपतिको फोटो खिचौला भनेको कस्तो नमज्जा हुने भो…तर केही छैन त्यहि व्हाइट हाउसका फोटो ग्राफरले हाम्रो फोटो त खिचिदी हाल्छ्न होला नि भन्ने सोचे .लिमो कार व्हाइट हाउस नजिकैको रास्ट्रपति निवासमा रोकियो. त्यहा म जस्ता ९९ थरि ब्यक्तिहरु एक दमै उत्साहित भएर बसी रहेका रहेछन.
म लिमो बाट ओर्लने बित्तिकै सबैले पहिला मेरो ढाका टोपि र मेरो लवाई हेर्दै मेरो अनुहार हेरे.मैले सबैलाई मन्द मुस्कानका साथ हेरे. यो भिडमा त बाल बालिका,ब्रृद्द, महिला, युवा सबैको उत्तिकै सहभागिता रहेछ. त्यति मात्र कहा हो र? उपस्थित अनुहारहरु कोही कोरियन,चाइनीज , भारतीय,अफगानी,ईरानी,इराकी, प्यालेस्टैनी,इजराइली , मेक्सिकन सबै थिए…म बिस्वको बहु भाषी बहु सांस्क्रृतिक सहरमा बसेकोले उनिहरुको घर देश ठम्याउन गाह्रो भएन….यी सबैले आफ़्नो घर देशको परिचय दिने पोशाक लगाएका थिए..आफ्नो अनुहार कालो बुर्काले छोपेकी महिलासंग मेरो आंखा जुध्यो र हेल्लो भन्दै परीचय गरे. उनको नाम त बिर्से तर उनी हालसालै प्यालेस्टाईनको गाजांबाट अमेरिका शरणमा आइपुगेकी रहिछन आफ्नो जिउ ज्यान जोगाउदै.उनको आखामा परिवार र देश घर गुमाएको भाब सजिलै पढ्न सकिन्थ्यो . उनी मसँग धेरै बोल्न चाहिनन .त्यसपछि म अली बढि उमेर देखिने दारी जुंगा पनि नकाटेको अली मैलो मैलो देखिने कम्बल जस्तो गम्लन्ग ओडेर बसेको मान्छेको छेउमा गएर हेल्लो भन्दै मेरो नाम बताए….उसले पनि आफ्नो नाम र देश बतायो. उ अफगानी रहेछ. उसले युद्धमा आफ्नो घर परिवार सबै गुमाएको रहेछ…अहिले बाराक ओबामालाई भेटेर येस्तै घटना अर्को परिवारलाई नहोस भन्न आएको रे! अर्को एउटा मान्छे म संग how are u भन्दै हात मिलाउन आई पुग्यो मैले हात मिलाए र मैले उसको नाम र देश सोधे उ इराकी रहेछ मलाई उसंग धेरै कुरा गर्न मन लागेन. तर उ भने म संग कुरा निकै गर्न उत्सुक जस्तो देखिथ्यो. मलाई त्यहि घटनाको यहाँ सम्झना भयो…..जुन तपाई कालो दिन भनेर सम्झनु हुन्छ . उ संग मलाई कुरा गर्न मन लागेन. त्यहि भीड़मा एक बुवा आफ्नी घाइते छोरी बोकेर उभी रहेका रहेछन आत्मघाती बम हमलामा अनाहक परेको रे पकिस्तान मा ! आफ्नो सानो अनुहार सेतो बुर्काले छोपेकी र आफुलाई ईरानी बताउने एक बालिका हातमा सेतो गुलाबको फूल बोकेर उभिरहेकी थीईन. अन्य ब्यक्तिहरुमा अमेरिकन युवा युबतीहरु हातमा कागज पत्र र फाइलहरु र बोकेर उभी रहेका थिए भने रोगी र बृद्दहरु व्हील चियरमा बसी रहेका थिए. . मैले यो बाहिर उभिएको समयको राम्रै संग सदुपयोग गरे.अहिले यहाँ भेट भएका धेरै ब्यक्तिहरुको सम्पर्क ठेगाना केहि टिप्न पाईएन किन भने हामीलाई कापी कलम केहि लान दिएको थिएन….सम्झना भयो त केबल यी सबैको देश र परिबेश. लाग्थ्यो यी सबै संग ओबामालाई सुनाउने धेरै कुराहरु थिए…हामी सबै उत्साहको साथ रास्ट्रपतिलाई भेटन पर्खि रहेका थियौ….
अबको केहि मिनेट्मै बैठक कोठाको ढोका खुल्ने छ र हाम्रो भेट हुने छ आशाको साथ उदाएका ओबामासंग. बिस्तारै बैठक कोठाको ढोका खुल्यो रास्ट्रपति ओबामा स्वयम् ढोकाबाट निस्केर सबैलाई अगाडि आउन आग्रह गरे.हामी बिस्तारै लाममा बसेर अगाडी बढेऔ. रास्ट्रपतिले हसिलो पाराले भने" यसलाई आफ्नै घर सम्झनु होला र एता उता घुम्नु होला तर केहि पनि सामानहरु चलाउने र फ़ुटाउने चाही नगर्नु होला ".. अबको यो दृश्य मेरो मानस पटल सदा सर्बदा रही रहने छ मेरो पालो आयो म मुसुक्क हास्दै…मैले बर्षौ देखि देखेको चिनेको जस्तो मेरो मिल्ने साथी संग भेट्न अगाडि बढे झै … एउटा साधारण देखिने तर महत्व पूर्ण मान्छे अमेरिकाको रास्ट्रपति संग अत्यन्त आत्मियताका साथ हात मिलाए . उनले पनि मलाई बर्षौ देखि जानेको चिनेको जस्तै गरी हात मिलाउदै भने how are you buddy ?मैले i am doing great .. we all are doing great भने..त्तेत्तिनै बेला उनले मेरो टोपी प्रति इंगित गर्दै भने "nice hat " मैले thank you भने र i have gift for you भनेर आफ़्नो उपहार अगाडि राखे…मेरो उपहार थियो त्यहि ढाका टोपी! मैले टोपि दिदै भने यो संपूर्ण नेपालीको तर्फ़बाट तपाईलाई बधाई स्वरुप उपहार… म तपाईलाई टोपी लाइदिन दिन चाहन्छु भने र उनले सहर्ष स्विकार गरे र मैले टोपी लागाई दिए…र तुरुन्तै उपस्थित फोटोग्राफरहरुले हाम्रो फोटो पनि खिचिदिए… यो बिचमा उनले मेरो बारेमा भन्दा पनि नेपालको बारेमा सोधे..कस्तो छ आज भोली भनेर…मैले भने…राम्रो हुदै छ…पहिले जस्तो युद्ध छैन तर पनि जनताहरुको अनेकौ बहानामा अपहरण र हत्या भई रहेछ..तपाईले जस्तो परिवर्तन र आशाको संचार कसैले गर्न सकिरहेको छैन……नेताहरु देश कमजोर बनाएर पार्टी बलियो बनाउदै छन… लेख्ने र बोल्नेहरुले अझै पनि डराई डराई लेख्नु परी रहेको छ… आदि आदि. यो २/३ मेनेटको समयमा मैले के के भने के के ! तर यही बिचमा ओबामालाई एक पटक नेपाल आउन निमन्त्रणा दिन भने भुलिन .मेरो निमंत्रणा सहर्ष स्वीकार गर्दै उनले हुन्छ पनि भने ..मेरो खुशीको सात समुन्द्र पारी पुग्यो …सात माहादेश डुल्यो मेरो खुशिले ..यो मेरो लागी मात्र होइन एक नेपाली भएकोले यो संपुर्ण नेपालको गर्बको कुरा थियो…मेरो खुसीको कुनै देश थिएन…. म अगाडी बढे..छेउमा फर्स्ट लेडी मिसाइल ओबामा र छोरीहरु हातमा डिजीटल कैमरा बोकेर उभीरहेका थिए…मैले फर्स्ट लेडी मिसाइल संग पनि हात मिलाए र छोरीहरुलाई हेल्लो गरे….ओ हो मेरो सुद्धि!! मैले फर्स्ट लेडीलाई उपहार लान भुसुक्कै बिर्से छु…कम से कम एउटा पस्निमाको सल मात्र लिएर गएको भए पनि कस्तो राम्रो हुन्थो …के गर्नु यसरी उपहार लिएर जाने संस्कार बिस्तारै सिक्दै छु…तर मैले केहि उपहार नदिए पनि उनको मन्द मुस्कानमा कुनै कमी थिएन…..उनी thank you for coming भन्दै सबैलाई ककटेल लाउन्ज तीर जान आग्रह गर्दै थिइन …
म बिभिन्न कुराहरु मनमा खेलाउदै र त्यो ठुलो बैठक कोठाको दृश्यहरु हेर्दै अगडि बढे….र कल्पिये… .म एउटा साधारण मान्छेले आज अमेरीकाको रास्ट्रपतिलाइ भेटन पाए….मेरो खुशीमा सारा नेपालीहरु कति खुशी र गर्बित भए होलान….ओबामाले ढाका टोपी लगाएर म संग खीचेको फोटो भोली सारा पत्र पत्रिका, टी भि सबै तीर आउछ होला….कतिले मेरो अन्तर्बाता पनि लिन्छन होला..नेपाल सरकारले पनि सम्पर्क गरेर के के सोध्छन होला…..ओ हो म त कति महत्वपूर्ण ब्यक्ति हुने छु.यस्तै कुरा मनमा खेलाउदै म बिस्तारै ककटेल लाउन्जमा पुगे जहा थरि थरिका पिय पदार्थ र स्नायाक्सहरु थियो. सफा र सुन्दर टेबल कुर्शीले कोठा सजिसजाऊ थियो….. साधारण भेटघाट सकिए पछि सबै ककटेल लाउन्जमा जम्मा भए …रास्ट्रपति पनि आई पुगे र सबैलाई यसरी भेटन पाएकोमा र सबैले आफ्नो समय निकालेर भेटन आएकोमा धन्यबाद भने.स्याम्पेन्को ग्लास समाउदै! म पनि उत्साहित हुदै स्याम्पेनको ग्लास समाते………..
. …………तर दुर्भाग्य बस मेरो हातबाट स्याम्पेनको ग्लास चिप्लियो र भुईमा ठुलो आवाज निकाल्दै झ्यारम्मssss फुट्यो…….. …….. म झसंग भएर बिउझिए… यती खेर मेरो अलार्म घडीमा बिहान ५ बजेको घन्टी एक सुरले बजी रहेको थियो…………..
सहदेब पौडेल-न्यूयोर्क

म गोरु! हामी गोरु!!
म गोरु! हामी गोरु!!
फोन बास्,छ घ्डि बास्’छ
उजेलो हुन न्पाउदै कुखुरि का ‘”’आ भनेजस्,तो गर्छ!
ब्टुवाहरु टया""तु तु कराउछन्,
आखा मिच्।दै आग्;तान्दै म जराक जुरुक उठ,छु
नुवाइ धौवाइ गर्,न पर्यो भनि म कुवा पन्धेरा तिर लाग्छु
थाकेका गोरु गाई बाखरा बाखरि पर्खि रहेको देख्छु
म गोरु खेत्मा जान हतारिन्छु।।।।।।।।।।।घोडा जस्तो दौड्न्छु।।।।।।।
ग्धा जस्तो मेह्न्त गर्छु।।।।।।।अनि गोरु जस्तो थाक्छु!!!!!
बिहान यसो तातो पानी खोले खानु पर्यो भन्ठान्छु।।।।।
फेरि हतारिन्छु नारिनलाई जोतीनलाई
एकबिहानै म मेलोमा पुग्छु।।
हाइ हेल्लो गर्छु मन निराश भय्पनि ओठ का दुई छेउलाई बार्म्बार तन्,काउछु
ज्यान लाई स्न्चै छ भन्छु।।।।
यता दौड्न्छु उउता दौड,न्छु।।।।
म दाइगरिरहन्छु>>>>।>पराल जस्तो चुइगम च्पाउछु।
घास्; सालद खन्छु।।।
लुकिछिपि कुनाकप्चाम जिउ बिसौछु!!
लामो श्वास फेर्छु
पेरि म दौद्न्छु दै गर्छु खेत जोत्छु।
घडी दौडयाजस्तै म दौडि रहन्छु!
बिहान य्सै सम्यमा घडि क्राएकोथियो कुखुरा बसे झै मलाई बिउझाएथ्यो
म अन्य गोरु सँग साँझ भन्दा ढिलो मध्यरात भन्दा आगि
लुखुर लुखुर गोठ तिर लम्कन्छु
यात्रा भरि म थाकेको गोरु गधाहरु लाई भेट्छु
लखतरान परेक हरुको दिन सम्झन्छु
म बिउ को साढे झै बुरुक बुरुक उफ्रदै मातिइदै
म बाटमा देखेको गाई लाई हानि हाल्छु जस्तो गर्छु
म गोठ म पुग्छु।।।
गोठ मा म थाकेको आरु गोरु हरु को रमिता देख्छु।।
गोरु हरु गोरु हरुको जात्र पर्ब मा रमेएको देख्छु
म गोरु एकै छिन आज को जय्ला गन्छु।।
भोलि को घडी हेर्छु।।
एकै छिन देश बिदेश को रमिता हेर्छु साथी हरुको चर्तिकला पढछु।।।।
हेर्दा हेर्दै म भुसुक्क निदौछु ।।
बार्म्बार म झुकिन्छु कुखुरा बस्यो कि भनेर मेलो मा जान ढिलो भयो कि भनेर
म गोरु फेरि भुसुक्क निदौछु।।
थाहा नै नपाइ फेरि भोलि जोतीन तयार हुन्छु।।।।- सहदेव

Friday, May 1, 2009
आमाको बदलिएको परिभाषा
नेपाली समाजमा वैशाखकृष्ण अमावाश्याको दिन मातातीर्थ औँशीको नामले परिचित छ । जनजिब्रोले यस दिनलाई आमाको मुख हेर्ने दिनको नामले पुकार्ने गरेको पाइन्छ । यस दिन मीठामीठा खानेकुरा र नयाँ लुगाहरू दिएर आमाको सम्मान गर्ने चलन छ । यसै दिन काठमाडौँ उपत्यकाको मातातीर्थ भन्ने स्थानमा ठूलो मेला लाग्दछ । आमा नहुनेहरू त्यहीँ गएर स्नान गरी तर्पण पिण्डपानी दिएर दिवङ्गत आमालाई सम्झन्छन् । मातातीर्थ पुग्न नभ्याउनेहरू आ-आˆनै घरमा बसेर पनि आमाको सम्झना गर्दछन् । एक किंवदन्ती अनुसार मातातीर्थमा गई पिण्डपानी दिनाले आमाहरूको मृतआत्माले सद्गति पाउँछन् भन्ने धार्मिक विश्वास छ । मातातीर्थमा गएर वर्षको एकपटक पिण्डपानी दिएको भरमा आमाहरूको मृतआत्माले सद्गति पाउलान् नपाउलान् आमाको आत्मालाई सन्तुष्टपार्न जिवित छँदै राम्रोसित हेरविचार गर्नु पर्ला कि बूढेसकालमा एक पेट खान पनि वृद्धाश्रमको ढोका घच्घच्याउनु पर्ने परिस्थितिका बीच मातातीर्थ औँसी फेरि आइपुगेको छ ।
मानिस पशुपक्षी कीटपतङ्गलगायत समग्र प्राणी जगतका लागि नै किन नहुन् सबैका निम्ति आमाभन्दा नजिकको हितैषी र शुभचिन्तक अर्को हुनै सक्दैनन् । अर्कोले खाइदिँदा आफू सन्तुष्ट हुने यहाँसम्म कि जति बढी आˆनो भागसमेत नरहने गरी खाइदियो त्यति नै बढी सन्तुष्ट हुने संसारमा कोही हुन्छ भने त्यो आमा नै हो । प्रसव वेदनाले जति नै थलिएको भए पनि होसमा आउनासाथ पशुपक्षीले समेत पहिलो खोजी बच्चाकै गर्दछ । आमाहरूले आˆनो प्राणको उत्सर्ग गरेर भए पनि बालबच्चाको प्राणरक्षा गर्ने गरेको त व्यावहारिक यथार्थ नै हो । मानिसको मात्र होइन, पशुपक्षीमा समेत आˆनो प्राण दिएर बच्चाको प्राणरक्षाको प्रयास गरेको उदाहरण धेरै छन् । एकपटक एउटा चराको भालेपोथी आˆना नवजात शिशुलाई गुँडमा छोडेर आहारको खोजीमा बाहिर गएका रहेछन् । फर्केर आउँदा कुनै शिकारीले गुँडमा पसो थापेको रहेछ । बाबुआमा आएको चाल पाएर बच्चाहरू आˆनै शैलीमा चारा माग्न लागेको देखेर भाले छेउको डालीमा बसी विलाप गर्न लागेछ तर पोथी चाहिँ भुर्र उडेर गई शिकारीको पाशोमा परिछ । माया त बाबुलाई पनि थियो तर आपत्कालमा उसले चिन्ता मात्र गर्यो तर आमाले भने प्राणै दिन पनि पछि परिन । पौराणिक ग्रन्थहरूमा भेटिने यस्ता कथाहरूभित्र के कति सत्यता छ त्यो त थाहा छैन तर यस्ता प्रसङ्गले बच्चाको माया आमालाई भन्दा बढी अरू कसैलाई हँुदैन भन्ने कुराको सन्देश भने दिन्छ ।
उपनिषद् दर्शनले 'मातृदेवो भव' भनेर आमालाई देवतासरह मान्नुपर्छ भन्ने शिक्षा दिएको छ । आमा सबै तीर्थको पनि तीर्थ हुन् भन्ने कुरो हिन्दुधर्मग्रन्थहरूमा उल्लेख छ । वेदले प्रकृति पूजाको माध्यमबाट प्रकृतिलाई आमा मानी संरक्षण गर्नु पर्ने सन्देश दिएको छ । 'माता भूमि' अर्थात् पृथ्वीलाई समेत आमा मानेर त्यसको शुद्धीकरणतर्फ समर्पित हुनु पर्ने सन्देश वैदिक ग्रन्थहरूले दिएको छ । ठूलाठूला विपत्तिको समयमा देवताहरूले समेत माता भगवतीको शरण लिने गरेको प्रसङ्ग पौराणिक ग्रन्थहरूमा उल्लेख छ । देवताहरूमा आˆनै शक्ति थाहा नपाएर खैलाबैला मच्चिएको बेला माता भगवतीले हैमवती उमाको रूपमा प्रकट भई उनीहरूको हैसियत बोध गराउनुु भएको जानकारी केनोपनिषद्ले दिएको छ । अनिकालले तड्पिएको मानव समाज र पानीसम्म खान नपाएर तड्पिएको प्राणीसमाजलाई सोही मातृसत्ताले शाकम्भरी, शताक्षी, भ्रामरी, भीमा, दुर्गा आदि आवश्यकतानुसार विविध रूप लिएर बचाएको तथ्य इतिहास र पुराणहरूले सार्वजनिक गरेका छन् । मातृसत्ताको अपमान हुँदा घर पनि मसानघाट जस्तो बन्दछ । मातृसत्ताको सम्मान गर्न जाने मसानघाटमा पनि घरको जस्तै आत्मीय व्यवहार पाउन सकिन्छ । मातृशक्तिले चाहे भने स्वर्गलाई पनि नरक बनाउन सक्दछन् भने नरकलाई स्वर्ग बनाउने सामथ्र्य पनि राख्दछन् । मातृत्वको अपमान हुँदा रामायण र महाभारत लेखिएको र मातृशक्तिलाई सम्मान गर्न जान्दा ठूलाठूला विपत्तिबाट मुक्ति पाइएको प्रशस्त उदाहरण छन् ।
यसो त हिजोआज कतिपय बच्चा जन्माएर फाल्ने आमाहरू पनि भेटिएका छन् तर तिनीहरू आमा नभई आमाका नाममा कलङ्क हुन् । हरेकको जन्म पनि मातृगर्भबाटै भएको हुन्छ भने पालनपोषण पनि मातृसत्ताबाट भएको हुन्छ र समाप्ति पनि प्रकृतिरूपी माताको गर्भमा पुगेर नै भइरहेको हुन्छ । त्यसैले त चाहे हामी 'आमा' मा । मदर म्याम्या र वाँवाँ जे भन्ने गरिए पनि सम्झना मातृत्वकै हो । आखिर हामी सबैका सबै आपदविपद्को बेला सर्वप्रथम किन आमालाई सम्झने र बोलाउने गर्दछौँ ? उत्तर प्रष्ट छ किनकि आमाले नै पहिले सुन्ने गर्दछिन् ।
तथापि मातातीर्थ औँसीका दिन केही सन्दर्भ र प्रसङ्गहरू उठाउनु जरूरी छ । सौन्दर्य प्रशाधनको पछि लागेर पो हो कि कतिपय पढलेखा शिक्षित आमाहरूमा स्तनपान गराउनु आमा र बच्चा दुवैका लागि बरदान हो । बच्चाका लागि आमाको दूध अमृत समान हुन्छ भने नियमित स्तनपान गराउँदा आमाहरूले क्यान्सर जस्ता कतिपय जटिल रोगबाट उन्मुक्ति पाउने प्रसस्त सम्भावना रहन्छ भन्ने जान्दाजान्दै पनि सुत्केरी अवस्थादेखि नै आˆनो दूध सुकाएर बच्चालाई डिब्बाबन्द खुवाउने परम्परा बढेको छ । हुन त के गर्ने के नगर्ने भन्ने कुरा सबैको व्यक्तिगत स्वतन्त्रताको कुरा हो तर त्यति हुँदाहुँदै पनि हामीले बालबच्चा र आˆनो स्वास्थ्यहितको सवालमा ती आमाहरूको समर्पण र सतर्कतालाई पनि बिर्सन हुँदैन जसले नियमित स्तनपान गराउन आमा र बच्चा दुवैका निम्ति बरदान सावित हुन्छ भन्ने जानकारीभन्दा निकै टाढाको समाजमा रहेर पनि चाहे दुईचार वर्ष नै किन नबितोस् शरीर र प्रकृतिले साथ दिँदासम्म आˆना नानीलाई स्तनपान गराउने गर्दथे र यसैमा गौरव गर्दथे । यसतर्फ भने सबैको ध्यान जानैपर्ने देखिन्छ । जे होस संसारमा आमाभन्दा ठूलो शक्ति अर्को केही छैन र उनको सेवा गर्नु भनेको अप्रत्यक्षरूपमा आˆनै सेवा गर्नु हो । आमाको सम्मान गनर्ुु पर्ने मातातीर्थ औँशी जस्तो पर्वले हामीलाई यही सन्देश दिएको छ । वर्षको एकदिन केही मीठा खाने कुरा र एकाध नयाँ लुगा दिएको भरमा सहीरूपमा आमाको सम्मान हुँदैन । पर्व त एउटा प्रतीक मात्र हो । यसले सँधैभरि आमालाई सन्तुष्ट राख्ने प्रयास गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।- कमल रिजाल

Tuesday, April 28, 2009
अमेरिकाको मनाससमा भब्य नेपाली कार्यक्रम सम्पन्न , सबैजना नाच्न थालेपछी...

* अमेरिका नेपाल सहयोगी समाजद्वारा धन्यवाद र आभार ब्यक्त
* राजिब,सुनन्दा मैनाली परिवारले सबैभन्दा बढी ३००० अमेरिकि डलर नेपाली मन्दिर निर्माणका लागि सहयोग,
* बिभिन्न ब्यक्तिहरुबाट जम्मा ११५२२.११ डलर मन्दिर निर्माणका लागि सहयोग

थाहा छैन कस्तो भयो! तर उपस्थित धेरैले भने "मनाससको जस्तो राम्रो र ब्यबस्थित कार्यक्रम अमेरिकामा आज सम्म कमै देखिएको छ ।" टन्नै नेपालीहरुको उपस्थिती, केही अमेरिकनहरुको पनि सहभागिता र नाच, नायिका अनुपामा प्रसाइ, लोक तथा दोहोरी गायक रामप्रसाद खनाल, गायकहरु खेम सङ्रौला, गुरु ओली, डा. अनुप पहाडी का प्रस्तुती हरु, त्यस्तै अनुपामा प्रसाइद्वारा निर्देसित न्रित्यहरु ले दर्सकको मन खुबै जितेको देखियो। बर्सौं नेपाल टेलिभिजन मा सफल कार्यक्रम संचालक रहेका रामप्रशाद खनालको आकर्सक कार्यक्रम सन्चालन र ठट्यौलि सैली ले दर्सक ले भर्पुर मनोरन्जन मात्र गरेनन प्रसस्त हास्न र हास्य कलाकारको भूमिका पनि महसुस गरे । राम प्रसाद खनाल ले गाउदा सरा दर्सक गीत संगै झुमेर नाचे भने अनुपामा का छोरी र अन्य साना साना फुच्ची हरु को नाच आँखा झिम्म नगरि हेर्न लायक थियो । हुन त प्रस्तुत गीत हरु र न्रित्य कुनै एउटा पनि छि भन्नु पर्ने थिएन , भोले मान्दैनन भन्ने पप गीत मा र आयुस खरेल को अङ्रेजी नाच बेग्लाई प्रकारका थिए । कबिता कम् भएको राम्रै भयो भन्दै थिए दर्सक तर थाहा छैन संचालक राम प्रसाद खनालले कती कबी हरुका कबिता नबोलाएर गाली खाए । कार्यक्रममा कृष्ण निरौला, महेन्द्र कार्की, मेदिनी अधिकारी, अनुप पहारी , प्रेम सङ्रौला, राम खरेल, को उपस्थिती र शुभ कामना उल्लेख गर्न लायक थिए ।

अमेरिका नेपाल सहयोगी समाज (America Nepal Helping Society ) को आयोजना र नेपाल एजुकेस्नल कल्चरल सेण्टर ( Nepal Educational Cultural Centre ) को सपोर्टमा नेपाली नयाँ बर्ष २०६६ को उपलक्ष्यमा अप्रिल २६ मा मनाससमा भब्य नेपाली साँस्कृतिक कार्यक्रम, पटलक पिक्निक सफलतापूर्बक सम्पन्न भयो।
for more plz visit this link
http://www.nepalhorizons.com/beta/playvideo.php?n=nhc_may_03.wmv¤t_page=1
Manassas, Chantilly, Fairfax, Woodbridge, Gainesville, DC, Maryland, Virginia Area मा बस्ने 8०० सय भन्दा नेपालीहरु र केही बिदेसी पाउनहरुले समेत कार्यक्रमबाट भरिपूर्ण आनन्द लिएका थिए।

वर्षभरीका दुख पिडा भुलेर अत्यन्त हर्सोल्लासका साथ सम्पन्न सो कार्यक्रम स-साना बालबालिका स्वरमा नेपाली राष्ट्रिय गीतबाट शुरु भएको थियो। संस्थाका अध्यक्ष सागर कडेलले नेपाली बिचको सम्बन्ध सूदृढ र प्रबल हुनु पर्ने कुरामा जोड दिंदै नयाँ नया बर्षको शुभकामना दिई कार्यक्रमको बिधिवत शुभारम्भ गर्नुभएको थियो । संस्थाको तर्फबाट कमल भट्टराईले उपस्थित सम्पूर्ण ब्यक्तिहरुलाई स्वागत गर्दै अमेरिकाबासी नेपालीहरुको सम्बन्धलाई गाढा, अझै उपलब्धिमुलक बनाउनु पर्ने कुरामा प्रतिबद्ध हुनु पर्ने कुरामा जोड दिनु भयो । उक्त सांस्कृतिक कार्यक्रमको प्रमुख अथिती डा अनुप पहाडी ज्यु हुनुहुन्थ्यो भने कार्यक्रममा NECCका पूर्व अध्यक्ष कृष्ण निरौला,प्रेम सङ्रौला महेन्द्र कार्की,मेदिनी अधिकारि, हिमाली गाउँका अध्यक्ष लक्ष्मी गौडेल, नेपाल होराइजन्सका सुवुप्रताप केसी, सगरमाथा टेलिभिजनका राम खरेल ,नेपाली पोस्टका गिरिस पोख्रेल स्थानीय समाजसेवी राजीव तथा गोविन्द मैनाली लगायतका बिशिस्ठ ब्यक्तिहरुले सस्थाको यो कार्यक्रमको सर्हाना गर्नुभएको थियो।

बिभिन्न गितहरुमा स्थानिय नेपाली कलाकारहरुले प्रस्तुत गरेको नृत्यले दर्शकहरुलाई जुरुक जुरुक उचालेको थियो । सुरिलो स्वरका धनी लोकगायक राम प्रसाद खनालले प्रस्तुत गर्नुभएको रेसम फिरिरी ...रेसम फिरिरी ,अमेरिका ग्रिनकार्डको खेल,त्यसैगरी कार्यक्रमको बिच-बिचमा बाचन गरिएका कबिता, गजल, मुक्तकहरुले पनि उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए । कार्यक्रममा उपस्थित सबैलाई पटलक पिक्निक खानाको ब्यबस्था गरिएको थियो। सो अवसरमा नेपाली मन्दिर निर्माण सहयोगार्थ बिभिन्न ब्यक्तिहरुबाट जम्मा ११५२२.११(एघार हजार पाच् सय बाइस डलर एघार सेण्ट) डलर उठेको र अत्याबस्यक कामले अनुपास्थित केही साथीहरुले सो कार्यमा आफ्नो पूर्ण समर्थन रहेको आफुहरुले मन्दीरको लागि सग्दो सहयोग राशी दिने प्रण गर्नुभएको कुरा जानकारी गराइएको थियो। सो कार्यक्रमको डि सि नेपाल डट्कमले प्रतक्ष प्रसारण गरेको थियो।

यसै बिच समाज का तर्फ बाट अध्यक्ष्य सागर कंडेल ले एक प्रेस रिलिज जारी गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै नेपाली समुदाय र मन्दिर निर्माण मा सहयोग प्रदान गर्ने सबै धनबिर हरुलाई धन्यवाद ब्यक्त र आभार प्रकट गरेकाछन । - सुरेश शर्मा र कमल भट्टराईको संयुक्त रिपोर्ट
Saturday, April 25, 2009
इज्जत नफाल
त्रिविका उपकुलपति डा. माधवराज शर्मा र रेक्टर र्सूयलाल अमात्यलाई अखिल क्रान्तिकारीका विद्यार्थीले कालोमोसो दलेका छन् । किर्तिपुरस्थित विश्वविद्यालय केन्द्रीय कार्यालयमा प्रवेश गरी गरेको दुव्र्यवहारप्रति घृणा जागेर आयो । सरकारको नेतृत्व गर्ने पार्टीका भ्रातृ संगठनले गर्ने व्यवहार यही हो ? हिजो बुर्जुवा शिक्षाको नाममा किताबकापीमा आगो लगाउने, निहत्था शिक्षकको हत्या गर्ने, विद्यालयमा बम पड्काउने, पुस्तक होइन राइफल र गि्रनेटले भाग्य र भविष्यको फैसला गर्छ भन्दै विद्यार्थीलाई पढ्नबाट वञ्चित गराउने लगायत कैंयन अराजक गतिविधि गर्दै आएको माओवादीले उपकुलपतिलाई कालोमोसो लगाउँदैमा शिक्षामा आमूल परिवर्तन आउँछ ?त्रिविले बढाएको शुल्कप्रति सबै विद्यार्थी एकजुट भई समझदारी गर्दै समस्याको हल गर्नुपर्नेमा अराजकता निम्त्याई प्राज्ञिक व्यक्तिमाथि गुरिल्ला गतिविधि प्रस्तुत गरेर क्रान्तिकारीले आफ्नो वास्तविक चरित्रलाई नंग्याएको छ । त्रिविले गर्ने हरेक निर्णयमा कुलपतिको मुख्य भूमिका र जिम्मेवारी हुन्छ ।हिम्मत थियो भने कालो मोसो र दुव्र्यवहार त पहिले कुलपतिलाई गर्नुपर्ने हो उपकुलपतिलाई होइन ।
त्रिवि उपकुलपति र रेक्टरमाथिको अभद्र व्यवहारले मानिसको सर्वश्रेष्ठताकै उपहास गरेको छ । गुरुको स्थान मातापिता सरहको हुन्छ । मातृ देवो भव, पितृदेवो भव, आचार्य देवो भव भनेर हाम्रो प्रार्थनामै छ । चित्त नबुझेका कुरा राख्ने एउटा शिष्ट तरिका हुन्छ, मर्यादा हुन्छ । आफ्ना सन्तानसरह विद्यार्थीले पनि सफलता पाऊन् भन्ने हरेक गुरुको चाहना हुन्छ । त्रिविको यो अपि्रय घटनाले गुरुहरूको भावनामा ठेस पुगेको छ । नेपाल गरिब देश हो तर नेपालीहरू मनका धनी छन् मिलनसार छन्, मृदुभाषी छन्, शिष्ट छन् भनेर संसारमै प्रसिद्धि कमाएका छौं । यस्ता घटनाले विश्वमानचित्रमा हामीले कमाएको इज्जतमै प्रश्नचिह्न उठ्छ ।

Monday, April 6, 2009
जातीय विभेद नचर्काऊ
नयाँ संविधानमा विभिन्न जातजाति, वर्ग, क्षेत्रका समुदायले आफ्नो अस्तित्व र अधिकार खोजिरहेका छन् । मधेसीलाई मधेस चाहिएको छ भने थारूलाई थरूहट अनि तामाङलाई ताम्सालिङ चाहिएको छ भने राई, लिम्बू, किराँतलाई खम्बुवान र लिम्बुवान । कसैलाई सरकारी सेवामा आरक्षण त कसैलाई राज्य सञ्चालनमा पहँुच अनि कसैलाई आत्मनिर्णयको अधिकार । यो स्वाभाविकै हो तर एउटा जाति, वर्ग, क्षेत्रलाई अधिकार दिने नाममा अर्को जाति, वर्ग, क्षेत्रको अस्तित्व समाप्त पार्ने काम कदापि हुनु हुँदैन । बाहुनक्षेत्री समुदायभित्र जातका दलित नभए पनि विभेद र व्यवहारले दलित बनाइएकाहरू प्रशस्त छन् त्यस्तै उत्पीडन, गरिबी, अशिक्षा, रोग, भोकले घेरिएकाको संख्या पनि निकै ठूलो छ ।
बाहुनक्षेत्री भएकै कारण राज्यले उपलब्ध गराउने विभिन्न अवसरबाट समुदायलाई वञ्चित पार्न खोजिँदैछ । हो, राजनीतिक र सरकारी ओहदाको माथिल्लो तहमा अन्य समुदायको तुलनामा बढी भए पनि सम्पूर्ण बाहुनक्षेत्रीको जनसंख्यामा ज्यादै न्यून छन् । के बाहुनक्षेत्रीको सबैको हैसियत प्रचण्ड, गिरिजा, माधव, सूर्यबहादुर र कमल थापाहरूसँग दाँज्न मिल्छ । बाहुनक्षेत्री हुँदैमा सबै खराब हुन्छन् ? केही बाहुनक्षेत्रीको बदमासीको मूल्य सम्पूर्ण समुदायले चुकाउनुपर्ने हो ? अन्य समुदायमा सबै असल मान्छे मात्र छन् ?
बहालवाला मन्त्रीहरू बाहुनवाद भन्दै हिँड्छन् । यिनीहरू देशका मन्त्री हुन् कि एउटा समुदायको ? सबै कुरा बुझेर, हामीमात्र नेपाली हौं भन्ने भावना सबै जाति, वर्ग, क्षेत्रका समुदायमा पलाउनु जरुरी छ ।

शाश्वत वाणी
अमेरिका
म विश्वमा अरू धेरै मुलुकभन्दा अमेरिकालाई मन पराउँछु । यसको वास्तविक कारण म दीर्घकालसम्म आलोचनाको अधिकारमा जोड दिन्छु ।
वेम्स बाल्डिन
अमेरिका धून हो, यो निश्चय नै एकापसमा बज्छ ।
क्राउडस
अमेरिकाको सामथ्र्य के हो ? के त्यहाँ 'स्वतन्त्रता' देखि 'स्वतन्त्रता' सम्म पूर्णता र सन्तुलन छ ?
मार्लियन भोस
जनताको सामान्य चाहना के हो भने अमेरिका त्यति राम्रो होस् जति उसले प्रतिज्ञा गरेको छ ।
बारबारा जोर्डन
प्रेरक प्रसंग
वाचा होस् त यस्तो !
एक दिन काका कलेलकर गान्धीलाई भेट्न उनको निवासस्थान पुगे । त्यसवेला गान्धी आपmनो टेबुलमा राखेको सामान हटाएर यताउता केही खोजिरहेका थिए, तर उनले खोजेको कुरा भेट्टाउन सकिरहेका थिएनन् । त्यसैले उनी चिन्तित थिए । काका कलेलकरले देखे र सोधे, 'बापू ! तपाइर्ले के खोजेको ? मलाई भन्नुस् न म पनि तपाइर्ंलाई यसमा मद्दत गर्नेछु ?' गान्धीले भने, 'एउटा पेन्सिल हरायो, त्यो खोजिरहेको छु, केही क्षणअगाडि त यहीँ थियो, थाहा छैन, कहाँ राखेर बिर्सिएँ ।' काका कलेलकरले आफ्नो गोजीबाट पेन्सिल निकालेर गान्धीलाई दिँदै भने, 'ल यो लिनूस् पेन्सिल, अहिले यसैले काम चलाउनूस्, पछि खोज्नू !' गान्धीले भने, 'होइन काका, जबसम्म पेन्सिल भेटिँदैन, तबसम्म मलाई चैन मिल्दैन ।'
काका कलेलकरले भने, 'त्यो पेन्सिलमा यस्तो के खास कुरा छ जसका लागि तपाइर्ं यति धेरै चिन्तित भइरहनुभएको छ ? म पनि त्यो खोज्नेछु, यदि त्यो भेटिएन भने के बिग्रन्छ त ?' गान्धीले जवाफ दिए, 'काका ! तपाइर्ंलाई थाहा छैन, त्यो पेन्सिल मेरा लागि धेरै महत्त्वपूर्ण छ । त्यसमा एउटा सानो बालकको प्रेम जोडिएको छ । म त्यो भेट्टाएर मात्र आराम गर्नेछु ।' काका कलेलकरले उत्सुकताले सोधे, 'त्यो बच्चा को हो ? मलाई पनि त भन्नूस् !' गान्धीले भने, 'मद्रासको चार-पाँच वर्षको बालक, जसले बडो प्रेमले त्यो पेन्सिल मलाई दिएको थियो र मसँग वचन पनि लिएको थियो कि यो नहराउनू ! त्यसैले मैले त्यो सम्हालेर राखेको थिएँ ।' गान्धीको चिन्ता बुझेर काका कलेलकर पनि पेन्सिल खोज्न लागे ।
पछि, त्यो पेन्सिल एउटा फाइलको बीचमा अड्किएको पाइयो । गान्धीलाई त्यो सानो पेन्सिलले धेरैबेरसम्म चिन्तित बनायो । गान्धीले त्यो भेटिएपछि धेरै प्रशन्न हुँदै भने, 'अब शरीरमा ज्यान आयो ।' यस्ता थिए गान्धी ! यस्तो थियो उनको बच्चासँगको प्रेम र वाचाका पक्का ।

Wednesday, March 25, 2009
परीक्षार्थीलाई शुभकामना
परीक्षाको मर्यादा कायम भएन भने औचित्य पनि समाप्त हुन्छ। माध्यमिक शिक्षाको अन्तिम खुड्किलो मानिने एसएलसी परीक्षा बुधबारदेखि सुरु हुँदैछ। वार्षिक शैक्षिक कार्यतालिकामा यो सबैभन्दा ठूलो अभ्यास हो। यस वर्ष विद्यालय स्तरको शिक्षा पूरा गरेका ४ लाख १२ हजार ८१ जनाले १ हजार ४ सय ४ केन्द्रबाट एसएलसी दिन लागेका छन्। यिनमा ४७ हजार ४ सय ९० जना पुराना (एक्जेम्टेड)परीक्षार्थी हुन्। यस वर्ष क्षेत्रगत रूपमा प्रश्न पत्रहरू तयार गरिएका छन्। यति ठूलो कार्यक्रमको व्यवस्थापन पक्कै पनि सजिलो हुँदैन। परीक्षार्थीलाई अप्ठेरो नबाई परीक्षाको मर्यादा कायम गर्नु चुनौतीपूर्ण कार्य पनि हो।
उच्च शिक्षाको मूल ढोका मानिने हुनाले परीक्षार्थी र अभिभावकले एसएलसी परीक्षालाई विशेष महत्त्वसाथ विशेष तयारी गर्छन्। साथै एलएलसीमा बढी अङ्क ल्याउने होडमा उचित अनुचित उपाय पनि अपनाउने गरेको पाइन्छ। यस्तो अनियमिततामा विद्यार्थीमात्र हैन केन्द्राध्यक्ष, निरीक्षकहरूसमेत संलग्न हुने र उनीहरूमाथि कारबाही गरिने गरेको उदाहरण छ। यसरी कारबाहीमा परेका विद्यार्थीको भविष्य नै प्रभावित हुने गर्छ। अर्कोतिर, व्यवस्थापनमा भएका त्रुटिका कारण उत्पन्न तनाव र अप्ठेरोले पनि विद्यार्थीको परीक्षा प्रभावित हुन्छ। यसैले एसएलसी परीक्षाको व्यवस्थापन निकै संवेदनशील काम हो।
परीक्षाको मर्यादा महत्त्व पक्ष हो। परीक्षार्थी र व्यवस्थापन पक्ष दुबैले यसको मर्यादा कायम राख्न विशेष प्रयास गर्नुपर्छ। यसैगरी परीक्षा केन्द्र र वरपरको वातावरण शान्तिपूर्ण बनाउन पनि ध्यान दिनु आवश्यक छ। परीक्षामा खटिने सुरक्षाकर्मीलगायतका व्यवहार पनि संयमित र मैत्रीपूर्ण हुनु उत्तिकै जरुरी हुन्छ। परीक्षामा नक्कल गर्ने र गराउने प्रवृत्ति निरुत्साहित गर्नुपर्छ तर यसका लागि अपनाइने उपायले परीक्षार्थीलाई तर्साउने हुनुहुँदैन। एक दशक लामो अध्ययनको कसी केही दिन र घन्टाको परीक्षा मानिनु आफैँमा विडम्बना हो। त्यसमा पनि परीक्षार्थीले तनावको वातावरणमा जाँच दिनुपर्यो भने निश्चय पनि सही मूल्याङ्कन हुन सक्तैन।
अतः सम्बन्धित सबै पक्षले परीक्षाको मर्यादा कायम राख्ने र परीक्षार्थीले तनावमुक्त भएर जाँच दिने वातावरण बनाउन सबैले सहयोग गर्नुपर्छ। फलामे ढोका पार गर्ने प्रयासमा लागेका सबै परीक्षार्थीलाई हार्दिक शुभकामना!

Subscribe to:
Posts (Atom)