Saturday, May 7, 2016

मेरी आमाको कसम

लामो बेलायत बसाईपछि सन् २००९ मा स्थायी रूपमा नेपाल फर्किँदा मैले कान्तिपुर दैनिकमा लेखेको थिएँ, ‘म फर्किएर कैयौं नेपालीहरूले झैं हिलोमा कमल फुलाउन नसकुँला, आकासको तारा खसाउन नसकुँला। म त्यस्तो कुनै महान् लक्ष्य लिएर फर्किन लागेको पनि होइन। तर ...कल्याणको काममा कसैका लागि पनि साहायकसिद्ध हुन पाएँ भने म आफूलाई भाग्यशाली सम्झने छु।’
फर्किएपछिका वर्षहरुमा मैले आफ्नो अधिकांश निजी समय त्यही काममा व्यतित गर्दै आएको छु। मैले परोपकारी गतिविधिमा संलग्न थुप्रै व्यक्ति या संस्थाहरूलाई कसैलाई समय खर्चिएर, कसैलाई व्यक्तिगत पैसा खर्चिएर र कसैलाई कोष संकलन गरिदिएर सहयोग गरेँ। साथमा आफू नै संलग्न भएर जन्माएको परोपकारी संस्था हेल्प नेपाल नेटवर्कका लागि गर्नु पर्ने कामहरू त आफ्नो ठाउँमा छँदै थियो। ‘व्यावहारीक परोपकार’ र ‘परोपकारी पत्रकारिता’ मेरो जीवनको लगाव बन्यो जसलाई मैले शब्द र कर्मबाट सधैँ प्रवर्धन गर्न चाहेँ।
हाम्रो समाजमा नकारात्मक खबर सुख्खा जंगलको डढेलो झैं फैलिने तर सकारात्मकताको चर्चा हत्तपत्त नहुने प्रकृतिको छ। सामान्यतया, नकारात्मकताको चर्चाले नकारात्मक नै र सकारात्मकताको चर्चाले सकारात्मक नै तरङ्ग सृजना गर्छ। जति हामीले राम्रोलाई प्रवर्धन गर्न सक्यौं त्यति नै समाजमा सकारात्मकता हावी हुने हो। त्यसैले मान्छे हुनाको परिणामस्वरूप म आफैंमा निहित अनेकौं कमजोरीका बाबजुद, मेरो पछिल्लो चरणका लेखाइमा मैले सकभर सकारात्मकताको मात्र चर्चा गर्न प्रयास गरेँ। त्यसैको परिणाम थियो परोपकारी स्तम्भ-निबन्धहरूको संग्रह,‘खान पुगोस्, दिन पुगोस्’।
राम्रो मन, वचन र कर्मबाट प्रेरित नेपालभित्र र बाहिरका ठूलो संख्यामा रहेका नेपालीहरूसँग मिलेर अनेकौं कार्यहरू गर्ने क्रममा मैले अत्यन्तै ठूलो सदभाव र सहयोग पाएँ, जुन सम्झिँदा पनि मेरो अन्तरआत्मामा एउटा अनौठो खुशी र शक्ति जागृत हुन्छ। त्यो सहयात्राका क्रममा अनगिन्ति नेपालीहरूसँग मिलेर गरेका सयौं साना-ठूला परोपकारी कार्यहरू मेरो जीवनको सबभन्दा ठूलो सम्पत्ति हो। तर ती सारा कामहरू गर्ने क्रममा मैले सिकेको एउटा पाठ के हो भने, जीवनको कुनै लगाव र विश्वासलाई बृहत्तररुपमा प्रवर्धन गर्न चाहने हो भने त्यो कहिल्यै सहज नहुने रहेछ, खासगरी त्यो आर्थिक पक्षसँग जोडिएपछि।
किनभने, हरेक समाजमा एउटा यस्तो वर्ग हुन्छ जसले तपाईं नहिँड्दा ‘त्यो हिँड्दै हिँडेन’ भन्छ र हिँड्दाखेरी ठेस लाग्यो भने उठाउन आउँदैन बरू ‘देखिस्...मैले त भनेकै हो नि, त्यो फटाहा र ढोँगी थियो, लड्यो’ भनेर टिप्पणी गर्छ। संकिर्णताबाट ग्रस्त त्यो सानो वर्ग ‘मह काड्नेले हात त सधैं चाटी हाल्छ नि’ भन्ने विश्वास गर्छ। यो समाज जतिसुकै भ्रष्ट भए पनि, यही समाजमा राम्रो काम गर्न चाहाने प्रशस्त मान्छेहरू पनि छन् भनेर त्यो वर्गले सोच्दै सोच्दैन। मान्छेलाई समष्टिगतरूपमा मुल्यांकन गरिनु पर्छ, कोही पनि मान्छे पूर्ण हुन सक्दैन र हरेक सकारात्मक मान्छेले केवल पूर्णतातिर इमान्दारीपूर्वक अघि बढ्ने प्रयासमात्र गर्न सक्छ भन्ने सो वर्गका सदस्यहरू बुझ्नै चाहदैंनन्। उनीहरू तथ्य खोज्न चाहदैंनन्, हल्लैहल्लामा रूमल्लिएका हुन्छन्। तिनले आफूलाई पूर्णरूपमा ज्ञानी र विवेकी सम्झिन्छन् र आफूले मन नपराएको व्यक्तिमा अज्ञानता र विवेकशुन्यता मात्र भेट्दछन्। किनभने, ती समाजका काँडा हुन्, तिनको काम नै घोच्ने हो।
तर नकारात्मक सोच भएका मान्छेहरूको संख्या सधैं सानो हुन्छ। तिनको केवल आवाज ठूलो हुन्छ। त्यसैले कहिलेकाहीँ धेरैलाई तिनकै आवाज समाजको प्रतिनिधि आवाज हो कि भन्ने भान पर्छ। ती विषालु हुन्छन् र कहिलेकाहीँ कतिपयलाई सिँगो समाज नै विषाक्त छ कि भन्ने प्रतित हुन्छ। ती आक्रामक हुन्छन् र हिँसात्मक हुन्छन्। त्यसैले तिनको संख्या सानै किन नहोस् सिधा बाटोमा हिँड्नेहरू तिनीहरूदेखि डराउँछन्। ती सेतो कमिजमा लागेको कालो मसीको दाग जस्तै हुन् जसले सबैका आँखा खिच्दछन् तर तिनले सम्पूर्ण कमिजलाई कालो बनाउन सक्दैनन्। समाजमा राम्रो काम गरिरहेका कतिपय व्यक्तिहरूले मसँग त्यस्ता मानिसहरूले दिएको दु:खका बारे बारम्बार गुनासो गरेपछि मैले ‘निन्दकहरु’ शीर्षकको एउटा यस्तो कविता लेखेको थिएँ:
समालोचकहरू सन्तुलित हुन्छन्
निन्दकहरु नकारात्मकै हुन्छन्

तर ती खाक्सी जस्तै हुन्
जति ती धसिंदै जान्छन्
त्यति तिमी चम्किंदै जान्छौ, साथी
चिन्तै नगर!

ती भुसका आगो हुन्
आफैंभित्र भतभत बल्छन्
छटपटाउँछन्
खरानी हुन्छन्
तिमी त अटल दियो हौं, साथी
चिन्तै नगर!

ती दुखेका मन
विषाक्त मस्तिष्क हुन्
ती टुटेका मुटु
फुटेका आशा हुन्
 ती वक्र दृष्टिका नायक हुन्
आफैसँग हारेका आत्मा हुन्
आत्मग्लानीले पोलेका तावा हुन्
ती बल्दै जान्छन्
ती डढ्दै जान्छन्
 तिमी त तमसो मा बलेको ज्योति हौं, साथी
चिन्तै नगर!
(कविता संग्रह 'रवीन्द्र मिश्रका कविता'बाट) त्यति बोध हुँदाहुँदै र बारम्बार अरूका लागि अनौपचारीक मनोबैज्ञानिक परामर्शदाताको काम गर्दा गर्दै पनि म आफैंलाई बेलाबखत दिक्क लाग्ने नगरेको होइन। नकारात्मकताले गाँजेका व्यक्तिहरुको त कुरै छोडिदिउँ, तिनले त के-के लेख्छन्, लेख्छन्! केही समयअघि चर्चित समिक्षक तथा साहित्यकार हरि अधिकारीले समेत ‘रवीन्द्र मिश्रको कविताले ३५ लाख कमायो अरे’ भनेर एउटा लोकप्रिय अनलाइन पत्रिकासँगको अन्तर्वार्तमा भनेछन्। उनले त्यति भनेका के थिए, कविता वाचन गरेर मिश्रले लाखौं कुम्ल्यायो भन्नेहरुको कमी रहेन। अधिकारीजस्ता कालो र सेतो दुबै पक्षमा समदृष्टी राख्ने समिक्षकले वास्तविकता के हो भनेर एक पटक सोधिदिएको भए हुन्थ्यो।
तर उनले मेरो पुस्तकको सम्पुर्ण लेखकश्व चितवनका चेपाङ्गहरूका लागि असाध्यै राम्रो काम गरिरहेको मितेरी फाउण्डेशनलाई जान्छ र मैले गत एक वर्षमा परोपकारी कविता वाचनबाट जम्मा गरिदिएको झण्डै ५० लाख रूपैयाँबाट मैले एक पैसा पनि लिएको छैन, त्यो सबै रकम परोपकारी कार्यहरुका लागि गएको छ भन्ने बुझ्न आवश्यक नै ठानेनन्। मनमा जे आयो, त्यही ठोकिदिए शानका साथ। त्यसले पितामाता समानको उमेरका, शरीरमा किरा परेका, सडकमा त्यागिएका, मानसिक सन्तुलन गुमाएका बृद्धबृद्धा, अनाथ बालबालिका र विभत्सरुपमा बलात्कृत भएर अलपत्र परेका महिलाहरूको हेरचाह गर्ने मानव सेवा आश्रमजस्तो मैले सहयोग गरेको संस्थाको हितलाई कति घात गर्छ भन्ने सोच्दै सोचेनन्।
मैले असाध्यै धेरै सामना गर्नु पर्ने टिप्पणीचाहिँ परोपकारी गतिविधिको शिलशिलामा म पनि संलग्न भएर हेल्प नेपाल नेटवर्कका लागि संकलन गरिएको कोषसँग सम्बन्धित छ। कतिपयको चिन्ता मैले संकलित पैसा हिनामिना गरेँ भन्ने हुन्छ। एउटा आरोप परोपकारका लागि संकलन गरिएको पैसा रातो बंगालाजस्तो धनाड्य स्कुललाई दियो भनेर फैलाइएको हौवा छ। के म र मसँग काम गर्ने साथीहरू पागल हौं? के हाम्रो नाक छैन? के हाम्रो स्वाभिमान र इज्जत छैन? कि ती आरोप लगाउनेहरुमात्र चेतना भएका मान्छे हुन् र हामीचाहिँ पशु हौं? हामीले बारम्बार भनिसक्यौं, हामीले रातो बंगाला स्कुललाई एक पैसा पनि दिएको छैन, रातो बंगला स्कुलको परोपकारी अंग रातो बंगाला फाउण्डेशनको प्राथमिक शिक्षामा रहेको विशेषज्ञता प्रयोग गरेर ४ लाख ९६ हजार रूपैयाँ हाम्रो तर्फबाट खर्च गरेर काभ्रे जिल्लाका ९ वटा प्राथमिक विद्यालयका शिक्षकहरूलाई तालिम दिएका हौं भनेर। ती स्कुलहरू सो तालिमबाट यति खुशी भएका थिए कि उनीहरू त्यस्तै तालिम फेरि भइदिए हुन्थ्यो भन्ने चाहिरहेका छन्। तर नकारात्मकताका नायकहरू तथ्य बुझ्न चाहदैंनन्। ती सोच्छन् हामी पैसा खाने डाँका हौं र उनीहरू वुद्ध हुन्!
मैले कतै भ्रष्टाचार विरोधी मन्तव्य दिएँ भनें, उनीहरू उफ्रिदै लेख्छन्,‘तँ नै भ्रष्टाचारी होस्!’ उनीहरू बुझ्नै चाहदैंनन् कि हेल्प नेपाल नेटवर्कले स्थापनाकालदेखि नै परोपकारका लागि दिइएको पैसाबाट एक पैसा पनि कार्यलय संचालन र तलबका लागि खर्च गर्दैन। यो एउटा असामान्य शैली हामीले सदा कायम राखेका छौं र कार्यलय संचालनका लागि छुट्टै अक्षय कोष निर्माण गरेका छौं। संकलित कोष कसरी प्रयोग भएको छ भन्ने कुरा हेल्प नेपाल नेटवर्कको फेसबुक पेज (https://www.facebook.com/helpnepal.net/) र मेरो आफ्नै पेजमा फोटोहरूसहित बारम्बार अध्यावधिक गर्ने गरेका छौं। तर फेसबुक पेजमा हालेका सन्देश समान्यतया सो पेजलाई ‘लाइक’ गर्नेहरुमध्ये लगभग १५ प्रतिशत कहाँ मात्र पुग्ने विभिन्न अनुसन्धानले देखाएको छ। बाँकी ८५ प्रतिशत कहाँ त्यो नपुग्न सक्छ। जसले हामीले बेलाबेलामा दिएको जानकारी हेरेका हुँदैनन् तिनले हामीले पहिले नै त्यसबारे लेखिसकेको हुन सक्छ भनेर सोच्दै सोच्दैनन्। आफूले प्रश्न गरेकै बेला जवाफ खोज्दछन्। पब्लिक पेजमा अलि धेरै ‘लाइक’ भएकाहरूले हरेक प्रश्नको जवाफ दिन असम्भव त हुन्छ नै, फेरि हरेक पटक ‘तैंले पैसा खाइस्’ भन्दा स्पष्टिकरण दिइरहनु आवश्यक पनि हुँदैन।
यो देशका अधिकांश अंगहरु यति अव्यवस्थित ढंगबाट चलेका छन् कि यहाँ कुनै न कुनै समयमा बाध्यतावस् या अनजानवस् अधिकांश नागरिकले कहिँ न कहिँ नियम-कानुन तोडेकै हुन्छन्। अरु त कुरै छोडिदिउँ, नियम लागु गर्नेहरू नै त्यो समस्याबाट बच्न सकेका हुँदैनन् भन्ने कुरा ढुक्कसँग भन्न सकिन्छ। त्यो दृष्टिकोणबाट हेर्यो भने नियम-कानुनले नछुने यो देशका अत्यन्तै विकट गाउँमा बस्ने जनता बाहेक बाँकी सबैजसोलाई सचेत तुल्याउने या कानुनी कारवाही गर्ने ठाउँ रहन्छ। तर हाम्रो समस्या बाध्यता र अनजानमा हुने त्यस्ता अनियमितता होइन। हाम्रो समस्या नियतवस हुने भ्रष्टाचार हो।
त्यही परिप्रेक्षमा आज मैले ‘परोपकारका लागि उठाएको पैसा तैंले खाइस्’ भनेर बारम्बार आरोप लगाउनेहरूलाई सार्वजनिकरूमा विनम्रतापूर्वक केही भन्ने निर्णय गरेको छु। किनभने, यो हाम्रो समाजमा इमान्दारीपूर्वक काम गर्ने र आधारहीनरूपमा तथानाम चरित्र हत्या गर्न प्रयास गर्ने दुबैका लागि सान्दर्भिक हुनसक्छ। हुन त नेपालमा शब्दमा त्यति ठूलो आदर्श र शक्ति निहित  भएको भए हाम्रा कयौं भ्रष्ट नेता तथा प्रशासकले सदाचारका विषयमा जनाएका प्रतिबद्धता र दिएका भाषणहरू हामीले विश्वास गर्नु पर्ने हो, तर हामी गर्दैनौं। तैपनि कुनै शब्द र वाक्यहरू यस्ता हुन्छन् जुन महानीच र महाभ्रष्टले पनि भन्ने आँट गर्दैनन्।
तर म भन्छु र आज आमाको मुख हेर्ने दिनमैं भन्छु: ‘मैले नियतवस एक पैसा भ्रष्टाचार गरेको भए र मैले परोपकारका लागि संकलन गरेको रकमबाट एक त के आधा पैसा पनि हिनामिना गरेको भए, मलाई मेरी बृद्ध आमाको रगत पिए बराबरको पाप लागोस्!’ जसले बारम्बार पैसाको विषयलाई लिएर मेरो या अन्य कसैको चरित्र हत्या गर्ने प्रयास गरेका छन्, तिनमा पनि यति भन्ने आँट भए, म तिनीसँग चित्त दुखाउने होइन, तिनको जयजयकार गर्नेछु।-रवीन्द्र मिश्र

Wednesday, January 20, 2016

सेल्फी पुराण !

सेल्फी पुराण ! 
श्री गणेशाय: नम ! 


आफैले आफ्नो हत्या गर्नुलाई आत्माहत्या भने जस्तै, आफैले आफ्नो फोटो खिच्नुलाई सेल्फी भनिन्छ । अथवा भनिदो रहेछ थाहा पाईयो । त्यसैले होला कता कता यो पनि आत्माहत्या जस्तै भयानक र बीभत्स देखिन्छ । सेल्फी हान्दा चोरी औलो र माझी औलो अग्रेजी बर्णमालाको २२औं अक्षर V जस्तो बनाउएर थुतुनो बिगार्नु अनिवार्य सर्त हो । जमानत जफत भएका विपक्षीका हिसिला,आङकाजी र सरिता गिरी हुन कि भुकम्पसंग हारेर घाईते भएको सरकारका सुशील बामदेब र रामशरणहरु हुन ! चाहे जो होस र जतिसुकै ठूलो हरीलठ्ठक हरूवा होस सेल्फी हान्दा बिजयको प्रतीक victory को "V"को साथमा थुतुनो च्वाँचेको जस्तो चुच्चो बनाउनै पर्छ । नत्र सेल्फी - गयल !आत्माहत्या असफल !! 

पहिला पहिला सेक्स्पियरका कथा जस्तै सेल्फी दुई प्रकारका मात्रै हुन्थे ! संयोगान्तक र वियोगान्तक !! भर्खरै लप पारेकी छिमेकीकी छोरीसंग जोडी बाधेर गाला टासी जोर थुतुनो चुच्चो परेरे "V" मा पोज दिनु संयोगान्तक सेल्फीको उत्तम नमुना भई गयो ! परलोक गमन भएका बाउको लासमाथी बियोगमा छाती पिटिपिटी रोईरहेकी आमालाई पृष्ठभुमिमा राखेर छोराले खिचेको सेल्फी वियोगान्तक सेल्फीको सर्बोच्च कोटीमा पर्छ । तर महाभुकम्प २०७२ पछी सेल्फिको संसारमा उद्दार र राहत भन्ने थप २ प्रकृतिका सेल्फी थपिएर ४ जातको सेल्फीले फेसबुकका भित्ता झन भयावह र बीभत्स बनाएको छ ।

च्याट्ट संग बिहामा सिलाएका टाईसुट धरी भए आफ्नो नभए मागेको कालो चस्मा जखी सकेपछि उद्दारमा प्रयोग भैरहेको बेल्चा एकैछिनलाई मागेर हातमा देखिने गरि लिएपछि भग्नावशेष माथी उपयुक्त प्रकाशको संयोजनमा लिएको सेल्फिलाई उद्दार सेल्फी भनिन्छ भने, एकाबिहानै उठि डाबरलाल दन्तमन्जनले दुईपटक दांत माझेर नरिबल छाप तेल लगाई चिटिक्क कपाल कोरि श्रीमतीजिले टक्र्याएको ब्रेकफास्ट ज्युनार गरिसकेपछि लुटेर, धुतेर, खोसेर, मागेर जे जसरी हात लागेको होस ! हात लागि भएको राहत एक समारोह बिच मोती झै टल्केको दांत ङीच्च देखाउदै हासेर पीडितलाई राहतको बोरा दिदै गर्दा लिएको सेल्फिलाइ राहत सेल्फी भनिन्छ । 


आत्माहत्या गर्ने कर्ताले आफ्नो शरीरको हत्या गर्छ र संसारबाट बिदा लिन्छ । बिपत्तिका बेला चारो हालेर सेल्फी हान्ने सम्बन्धि दलको नेताले आफ्ना संबेद्नाहरुको हत्या गर्छन र आफ्नो नकचरो अनुहार संसारलाई चिनाउछ्न । फलानो दलको तन्नेरी संघ र ढिस्कनो दलको तरुनी संघका नाममा उद्दार र राहतको अभिनय गर्दै राजनैनिक फाईदाका लागि सेल्फी हान्ने राजनैतिक दलका सेल्फिप्रेमी हनुमानहरु हुन अथवा लिम्बुवान त्रिपाल र मधेसी चामल अनि आर्यखस चाउचाउ र जयमुसी चिउरा बाडेर खिचिएका सेल्फीहरु हुन । ती सेल्फि पुराणका सबभन्दा घटिया र संवेदनाहिन सेल्फीहरु हुन । भुकम्पलाई स्वर्णिम अबसर ठान्दै आफ्ना आफ्ना नारा, एजेन्डा र धर्मको पहाड बोकेर प्रचार गर्ने यी सेल्फिदेबहरुको भित्री नियत पीडितलाई राहत उपलब्ध गराउनु हैन आफुलाई दान शिरोमणि बलीराज प्रमाणित गर्दै सकेको फाईदा उठाउनु हो । त्यसैले सेल्फी पुराणका यी अनेकौं सेल्फि देबहरुको नियत बुझौं र भक्तहरूले आजै आफ्ना आफ्ना सेल्फिदेबलाई तर्पण दिएर बिषर्जन गरौ ! 
इति इस्कन्दे पुराणखण्डे माग माहात्मे कुमार अगस्ते सेल्फी पुराण इति !! -सन्तोष चिमरिया 
हरी शरणम .........

Tuesday, January 19, 2016

उट्पट्याङ र प्रतिवादी -१

 मेरी प्रेमिकाको आँखा गिद्धका जस्ता हुन् 
उनी बोल्दा कागको जस्तो आवाज आवस
बस्दा कालिमाटिको थुप्रो जस्तै देखिउन 
हिँड्दा मरुभूमिको उँट जस्ती हुन् उनी 
चिम्पान्जिको जस्तो थुतुनो होस् उनको
मयुरका जस्ता कत्ला परेका खुट्टा हुन्
गणेशको जस्तो ठूलो भुँडी भएकी
चिप्ले किराको जस्तो शरीर होस्
लामखुट्टेका जस्ता हात हुन्
चिबेको जस्तो स्वभाब भएकी हुन्
कोकलेको जस्तो बानी होस् उनको
गलामा ठूलो गाँड भएकी हुन् उनी
अनुहार भरि कालो पोतो आएकी
हेर्दैमा हेर्दै घिनलाग्दी शरिर भएकी
उनी बोल्दा २ फीट पर सम्म सास गनाएर बान्ता आउने
तर जे भए पनि उनी मेरै मात्र हुन् ।
१६ जनवरी २०१६
कृष्ण  
यस्तो कल्पना कसले गर्छ ? सबैले कि त प्रेमिकाको प्रसंसामा लेख्छन कि बिछोड भयो भन्दै गाली गर्दै लेख्छन । हुन त मेरो बिचारमा राम्री हुनु उनी र पति दुबैको लागी असुरक्षा हो । यो चाँहि मेरा हजुरबाको उखानबाट । "जाग्गा किन्नु ढाँडे बिहे गर्नु गाँडे " यो मैले अनौठो रुपमा विपक्षमा लेखेकोले यसलाई प्रतिवादी साहित्य भन्नु पर्छ भन्ठान्छु म ।

Thursday, January 14, 2016

एक पटक घुम्नै पर्ने 'रुरु'


 
 
नेपालमा हिन्दुका चारधाम अर्थात् चार मुख्य तीर्थस्थलमध्येको रुरु क्षेत्र (रिडी) को पौराणिक महिमा अपरम्पार छ। यस क्षेत्रको संरक्षण र प्रवर्द्धन गरी धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ सरकारले हालै हुलाक टिकट प्रकाशन गरेको छ।
 यहाँको मुख्य मन्दिर ऋषिकेशको चित्रांकित पाँच रुपैयाँको टिकटमा सञ्चारमन्त्री डा.मीनेन्द्र रिजालले टाँचा लगाएका थिए। यसबाट रुरुवासी प्रसन्न छन्।
 रुरु क्षेत्रमा धर्म संस्कृति र प्रकृतिको आनन्द प्राप्त गर्न आउने पर्यटकको संख्या पनि उत्साहजनक ढंगले बढेको तथ्यांक रुरु क्षेत्र व्यवस्थापन समितिसँग छ। 

पहिले यो क्षेत्र धर्म, संस्कृति, शिक्षा र व्यापारको केन्द्र थियो। पूर्वपश्चिम राजमार्ग, तानसेन-रिडी-तम्घास एवं ग्रामीण क्षेत्रमा सडकको सञ्जाल विस्तारपछि रिडीको व्यापार तानसेन हुँदै बुटवल झरेको हो। 
 
पहिले रोल्पा, रुकुम, प्यूठान, बाग्लुङ पश्चिम नेपालका सबै क्षेत्रका मानिसको मुख्य व्यापार केन्द्र्र रिडी थियो। त्यसैको निरन्तरता अहिले पनि माघेसंक्रान्ति र एकादशी मेलामा रोल्पा रुकुमका घरबुना राडी, पाखी, कम्बल, नाङ्लो, डोकोको निकै व्यापार हुन्छ। 
 
अब रिडी फेरि पर्यटकीय नगरीको रूपमा चम्किन थालेको छ। यहाँका पुरातात्त्विक मठमन्दिर, पाटीपौवा, गुफाकन्दरा, पुराना घर र विशेष ढुंगा (छापा) बिछ्याइएका सडक, ऋषि आश्रम, ऐतिहासिक दरबार, प्राचीन संस्कृत पाठशाला, नेपालको ताजमहल भनिने रानीमहल आदि सम्पदा प्रति पर्यटक आकर्षक भएका छन्।
 
सरकारले १४ करोड रुपैयाँ लागतमा एसियाकै नमुना हुने गरी गुल्मी, पाल्पा र स्याङ्जा तीन जिल्ला जोड्ने तीनमुखे आकर्षक झोलुंगेपुल निर्माण थालेको छ। ३० करोड रुपैयाँ लागतमा स्याङ्जा र गुल्मी जोड्ने पक्की पुल पनि निर्माण सुरु भएको छ। 
 
आर्थिक गतिविधि बढेकाले पुरानो राष्ट्रिय वाणिज्य बैंकको शाखा पुनस्र्थापना, बजारको सडक पक्की र कालीगण्डकी कोरिडोरलाई रिडीको बगर हुँदै लैजानु मागको स्थानीयको छ। 
 
रुरु क्षेत्रमा आयोजना गरिने रामनवमी मेलामा यस वर्ष विगतको वर्षको तुलनामा भक्तजन आगमन बढेको छ। रुरु क्षेत्रलाई भक्तजनले भगवान् विष्णुको निवासस्थल मान्ने गर्छन्।
 
रुरु क्षेत्र व्यवस्थापन समितिको अभिलेखअनुसार कालीगण्डकी किनारका विभिन्न वेणी र घाटहरूमा गरी यसै वर्षको मकर (माघी) स्नान मेलामा १० लाखभन्दा बढी भक्तजनले गंगास्नान गरेका थिए। 
 
त्यसअघि कार्तिक स्नानमा पनि लाखौं भक्तजन सहभागी भएका थिए। रुरु क्षेत्र, मुक्तिनाथ, देवघाट, त्रिवेणीलगायतका विभिन्न स्थानमा भक्तजनहरूले श्रद्धापूर्वक आध्यात्मिक उद्देश्यले गंगास्नान गर्ने गर्छ।
 
कालीगण्डकी किनारका रुरु क्षेत्र, मुक्तिनाथ र देवघाट तीर्थस्थलका रूपमा पौराणिक कालदेखि नै प्रसिद्ध हुन्। भगवान् विष्णुको प्रिय क्रीडास्थलको रूपमा यी ठाउँहरूको वराह र स्कन्दपुराणको हिमवत् खण्डमा चर्चा छ। 
 
श्रीमद्भागवद् र महाभारतमा समेत रुरु क्षेत्रका हृषिकेशव भगवान्को चर्चा छ। नेपालमा हिन्दुका चार मुख्य तीर्थस्थल अर्थात् चारधाममध्येका दुईधाम मुक्तिनाथ र रुरु क्षेत्र हुन्। अरू दुई धाम काठमाडौंको पशुपतिनाथ र सुनसरीको वराह क्षेत्र हुन्। 
 
कालीगण्डकी नदी आफैं पनि भगवान् विष्णुको गलाबाट पसिनाको रूपमा उत्पत्ति भएको मान्यता छ। कालीगण्डकीलाई कलियुगमा श्रेष्ठ तीर्थस्थलको रूपमा पुराणमा वर्णन गरिएको छ। 
 
कालीगण्डकीको उत्पत्तिस्थल मुक्तिनाथदेखि रुरु क्षेत्र, देवघाट र त्रिवेणीसम्म धेरै वेणी र घाटहरूमा भक्तजनहरूले आफ्नो सुविधाअनुसार स्नान र पूजा गरी भगवान् विष्णुप्रति आस्था र श्रद्धा प्रकट गर्ने गर्छन्। 
 
कालीगण्डकी किनारका रुरु क्षेत्र, मुक्तिनाथ र देवघाट तीर्थस्थलका रूपमा पौराणिक कालदेखि नै प्रसिद्ध हुन्। भगवान् विष्णुको प्रिय क्रीडास्थलको रूपमा यी ठाउँहरूको वराह र स्कन्दपुराणको हिमवत् खण्डमा चर्चा छ। श्रीमद्भागवद् र महाभारतमा समेत रुरु क्षेत्रका हृषिकेशव भगवान्‌को चर्चा छ।
 
मुक्तिनाथ विष्णु र गण्डकीको उत्पत्तिस्थल, रुरु क्षेत्र उनको निवासस्थल, देवघाट देवताहरूले नुहाउने घाट र त्रिवेणी विष्णुले गजेन्द्रनामक हात्तीलाई गोहीको कब्जाबाट मुक्त गराएका पवित्र स्थलहरू हुन्। 
 
गजेन्द्रलाई मोक्ष दिलाउने क्रममा सुदर्शन चक्रले ढुंगा घोटिएर शालिग्राम शिला अर्थात् चक्रशिला निर्माण भएको मान्यता छ। कालीगण्डकीमा पाइने चक्रशिला संसारमा अन्यत्र कतै नपाइने भएकाले यसलाई विष्णुको अवतारको रूपमा भक्तजनले श्रद्धा गर्ने गर्छन्। कालीगण्डकीलाई चक्र नदी पनि भनिन्छ।   
    
रुरु क्षेत्रको पौराणिक महत्त्व यहाँको हृषिकेशव मन्दिरमा प्रचलित पुजारी परम्पराबाट पनि स्वत: सिद्ध हुन्छ। यो मन्दिरमा झन्डै पाँच सय वर्ष अघिदेखि यसै क्षेत्रअन्तर्गतको अर्गलीका भट्टराई परिवारले मात्र सनातन ढंगले पूजा गरिरहेका छन्। यद्यपि अहिले यो परम्परा संकटमा पर्न थालेको छ।
 
तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनले रुरु क्षेत्रको अर्गलीका भट्टराईलाई पुजारीको काम गर्न लालमोहर प्रदान गरेका थिए। अहिलेसम्म यही परिवारले नै यो काम गरिरहेको छ। 
 
बसाइँसराइँ, संस्कृत शिक्षाको पढाइ नहुनु एवं शास्त्रबमोजिमको पवित्र आहारविहार भएका योग्य ब्राह्मणको कमी हुँदै जानु आदि कारणले पाँच सय वर्षदेखि निरन्तर चलिरहेको परम्परा संकटमा पर्न थालेको हो। 
 
हृषिकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त रेग्मीका अनुसार अर्गलीमा अहिले जम्मा १२ घर भट्टराई छन्। दुईचारजना बूढा भट्टराईहरू रहुञ्जेल अझै केही वर्षसम्म यो परम्परा चले पनि युवा पिँढीमा शिक्षा एवं आहारविहारको परीक्षामा उत्तीर्ण हुने व्यक्तिहरू पाइन छाडेका छन्। 
 
अहिलेसम्म अर्गलीमै बसोबास गरी हृषिकेश गुठीको जग्गा उपभोग गर्ने भट्टराई परिवारबाहेकका व्यक्तिहरूलाई पुजारी नियुक्त गर्ने गरिएको छैन। यो परिवारमा योग्यता पुगेका व्यक्तिहरू पाइन छाडेपछि परम्परालाई निरन्तरता दिन समस्या पर्ने अध्यक्ष रेग्मीको भनाइ छ। अहिले जीवित पुराना बूढाहरू शास्त्रीय ज्ञानको अतिरिक्त पवित्र आहारविहारको परीक्षामा खरो उत्रेको अनुभवसमेत उनले बताए।
 
यो मन्दिरको पुनस्र्थापना मणिमुकुन्दले नै गराएका थिए। विक्रम सम्वत् १५७५ देखि १६१० सम्म शासन गरेका मणिमुकुन्दले रुरु क्षेत्रको कालीगण्डकीमा स्नानको क्रममा नदीभित्र हृषिकेश (भगवान् विष्णु) को सपरिकर (जयविजय पार्षद र शंखचक्र आयुधसहित) चतुर्वाहु कृष्ण वर्णको तीन फुट नौ इन्च अग्लो मनोहर मूर्ति भेटाए। 
 
यसलाई राजधानी भैरवस्थान लैजान चाहेकोमा सबै प्रयास विफल भएपछि नदीकिनारको पखेरोमा स्थापित गरिएको एेतिहासिक प्रमाण छ। स्वयं उत्पत्ति भएको शालिग्रामको यस्तो मनोहर मूर्ति संसारमा दुर्लभ भएको मानिन्छ।
 
मणिमुकुन्दले नियमित पूजा र अक्षताको लागि अर्गलीको खेतको गुठी र भट्टराई परिवारलाई पुजारी नियुक्त गरी लालमोहर गरिदिएका थिए। खेतमा सिँचाइको लागि जोर्ते कुरुङ खोलाबाट कुलो निर्माण गराएका थिए। जो राजकुलो जेठीको नाममा अहिले पनि चल्छ। 
 
गुठी जग्गाको चौकिल्लाको लालमोहर १८९८ सालमा तत्कालीन राजा राजेन्द्रविक्रम शाहले गरिदिएका थिए। गुठीको खेतमा रोपाइँ गर्दा बाजागाजा, गीत र नृत्यसहित ठूलो उत्सवको रूपमा गरिन्छ।
 
यहाँ पुजारी बन्न शास्त्रीय ज्ञानको अतिरिक्त सात्विक आहार, सदाचार अर्थात् एकनिष्ठ यौनसम्बन्ध र सजातीय मागी विवाहबाट जन्मेको व्यक्ति हुनुपर्छ। यसको परीक्षण एवं पालो बाँध्ने काम भट्टराई परिवारले नै गर्दछन्। 
 
पारिश्रमिक भगवान्को मूर्तिमा भेटी स्वरूप भक्तले चढाएको रकम पाउँछन्। अड्का (अक्षयकोष) मा दान गरेको धनमाल मात्र मन्दिरको हुने परम्परा छ। अहिलेसम्म भट्टराई परिवारले खुसीसाथ सेवा गरिरहेको अध्यक्ष रेग्मीले बताए। 
 
मन्दिरमा माघेसंक्रान्ति, रामनवमी, कृष्णजन्माष्टमी, हरिबोधनी एकादशी आदि पर्वमा विशेष मेला लाग्छ। एकादशी र माघे संक्रान्तिमा भगवान्को भव्य रथयात्रा गरिन्छ। कात्तिक महिनामा गण्डकी स्नान मेला लाग्छ। यस वर्ष कार्तिक स्नानमा झन्डै एक लाख भक्तजन सहभागी भएको तथ्यांक छ।
 
यो क्षेत्रमा संस्कृत शिक्षाको पुनर्जागरण कार्यक्रम पनि सञ्चालन भएको छ। रुरु संस्कृत तथा साधारण माध्यमिक विद्यालयलाई मित्रराष्ट्र भारतको नेपालस्थित राजदूतावासको तीन करोड ९२ लाख रुपैयाँ आर्थिक सहयोगमा आधुनिकीकरण गर्ने काम भइरहेको छ। अत्याधुनिक भवन, पुस्तकालय र कम्प्युटरको सञ्जाल निर्माण भइरहेको छ।
 
१९६९ सालमा स्थापित उक्त विद्यालय मुलुककै पुरानो शैक्षिक धरोहर एवं गुल्मी जिल्लाको पहिलो विद्यालय मानिन्छ। औपचारिक आधुनिक शिक्षा लागू हुनुअघि यही विद्यालयमा गुरुकुल शिक्षाअन्तर्गत वेद, चण्डी आदि ग्रन्थ पढाइन्थ्यो। 
 
त्यसैले रुरु क्षेत्रको मुख्य प्राचीन शैक्षिक केन्द्र रोजेर भारतीय दूतावासले सहयोग गरेको हो। विद्यालयबाट उत्पादित विद्यार्थीका लागि शास्त्री तहसम्म पढाउन रुरु विद्यापीठ सञ्चालित छ।
 
रुरु क्षेत्र प्राचीनकालदेखि नै शिक्षा, संस्कृति र व्यापारको केन्द्र थियो। यहाँ देवदत्तमुनिले तपस्या गरी शिवतत्त्व अर्थात् अष्ठसिद्धि प्राप्त गरेका थिए। 
 
उनकी सुपुत्री रुरु कन्याले पनि यही तपस्या गरी भगवान् विष्णुको प्रत्यक्ष दर्शन गरेकी थिइन्। विष्णुको वरदानले नै रुरु क्षेत्रनामक श्रेष्ठ तीर्थस्थल स्थापना भएको हो। 
 
भक्तजनले यहाँको हृषिकेश मन्दिरको मूर्तिलाई भगवान् विष्णुले रुरु कन्यालाई प्रत्यक्ष दर्शन दिएको साक्षात स्वरूप मानेर पूजा गर्दै आएका छन्। रुरु क्षेत्रमा देवदत्त, और्ब, वशिष्ठलगायत धेरै ऋषिमुनीले आश्रम स्थापना गरी तपस्या गरेको शास्त्रीय प्रमाण छन्। 
 
और्बको नामबाट अर्गली नामकरण भएको हो। केही वर्षअघि स्वर्गारोहण नहुँदासम्म देवघाटमा बस्ने गलेश्वर बाबा पछिल्ला कहलिएका ऋषि हुन्। 
 
तत्कालीन राजा वीरेन्द्रले अनौपचारिक भ्रमणमा गलेश्वर बाबासँगको भेटमा देवघाटलाई पर्यटकीय गन्तव्य बनाउन पुल बनाइदिने प्रस्ताव राख्दा बाबाले यो पुण्य क्षेत्रलाई भीडभाडयुक्त नभई शान्त तपोस्थलको रूपमा रहन दिन आग्रह गरेका थिए। तथापि अहिले देवघाट भीडभाडयुक्त पर्यटकीय गन्तव्य बनेको छ।महेन्द्र थापा 

Wednesday, January 13, 2016

भन्नुहोस् नेताजी, के जवाफ फर्काऊँ?

भूपेन दाइ! हामीलाई नेताहरुले यसरी किन भुलेका? सहिद परिवारलाई किन यतिसम्म हेला गरेका?'' ती बहिनीको प्रश्नले मलाई नाजवाफ बनायो।
यस्तो प्रश्नको चितबुझदो जवाफ मसँग थिएन। यस्ता प्रश्नका जवाफ दिन सिपालु म नेता पनि त थिइनँ।
आफ्नै उबडखावड जिन्दगीका मोडमा हिँड्दाहिँड्दै थकाई लागेर बिसाइरहेको म धेरै समयपछि कुनै प्रशनले अल्मलिएँ।
अघिसम्म तछाडमछाड गर्दै शब्द ओकलिरहेका मेरा औंला निशब्द भए। केही समय बितिसक्दा पनि जवाफ नपाएपछि उनले फेरि सोधिन्,'तपाईं पनि त आन्दोलनमा सहभागी भएको मान्छे। हामीले तपाईंहरुसँग आशा नगरे कोसँग गर्ने त? किन चुपचाप बस्नुभएको?'
चुपचाप हुनु र नाजवाफ हुनुको अन्तर कसरी बुझाऊँ।
बेकारको अन्तरको कुरा बुझाउन थाले साध्य हुनेवाला पनि थिएन। उनको अपेक्षा एकातर्फ थियो मेरो मस्तिष्कको तरंग अर्कोतर्फ।
प्रश्नको भारले रन्थनिएँ।
उनी सहिद परिवारकी छोरी हुन्। मैले थाहा पाएसम्म उनले जन्मिँदै भोगिन् बाबा नुहुनुको पीडा। अरुजस्तो औंला समातिदिएर लखरलखर हिँड्न सिकाउने उमेरमा उनका बा भने देशका कुन कुनामा राइफलको टि्रगर समाउँदैथिए। र, समाउँदासमाउँदै ढले एक दिन कहिल्यै नब्युझनेगरी।
बाल्यकालमा सबैभन्दा पहिला मुखमा झुण्डिने शब्द हुन् –आमा! बाबा!
उनले पनि उच्चारण गरिन् बाबा भनेर। तर त्यो शब्दको जवाफ कहिल्यै सुन्न पाइनन्। सायद समयले आँखाभरि आँसु दिएर त्यो अबोध बालिकालाई जवाफ फर्कायो होला। मनले नमानीनमानी चित्त बुझाउन बाध्य भइहोलिन् उनी। आमाले पनि कहिल्यै तारा त कहिले कोशौं पारिको दृश्य देखाएर भनिहोलिन्, …नानी, तिम्रा बा तिम्लाई गुुडिया, धेरै कापी कलम ल्यादिन उः त्यो डाँडापारि जानु भाछ। तिमी नरोए छिटै आउनुहुन्छ। नरोऊ है।'
तर आज पढाइको सिलसिलामा आमाभन्दा नि टाढा छन् उनी। अब उनले बुझिसकेकी छन्  कि त्यो डाँडापारिको अपरिचित सहरबाट उनको कोही आफन्त आउनेवाला छैन। न त साथमा पीडाको भार साटिदिने आमा नै छिन्।
अब त उल्टै आमाका आँसु पनि पुछिदिनुपर्नेछ उनले। बूढेसकालमा सहारा दिने लौरो युवाकालमै गुमाएकी हुन् आमाले पनि। त्यसैले त होला मलाई दाइ सम्झेर यसरी अप्रत्याशितरुपमा सोधेकी।
यस्तै सोच्दै थिएँ।
उनको अर्को मेसेजले सोचाइको क्रम बिथोलिदियो।
'दादा हजुर पनि नबोल्ने हो अब?'
उनका प्रश्नले पिनजसरी क्रमैसँग भित्रभित्रै खोपिरहे। भन्न मन थियो।
'बोल्न मन त धेरै छ नि नानु, तिमीसँग। तर, बोल्नलाई उपयुक्त शब्द छैनन् मसँग। नेताजसरी झट्ट जवाफ फर्कादिएर झनै तिम्रो चित्त के दुखाउनु!'
यद्यपी अब नबोलेर सुख पाइनेवाला पनि थिएन। म आफैँभित्र पनि एक प्रकारको उकुसमुकुस भइसकेको थियो। त्यस्ौले यति मात्र भनेँ, 'यो प्रश्नको जवाफ त मसँग नि छैन नानु। जवाफ भेटेसि फर्काउँछु ल। टेक केयर!'
यति सुनेसि उनी धन्यवाद टक्रयाएर बिदा भइन्। तर, अब सोच्दैछु जवाफ फर्काउनु मेरो बाध्यता मात्र नभई जिम्मेवारी पनि हो। उसो त मैले पनि त सुनेका छु विगतमा ती श्ाब्द। कतै भनेको पनि होला।
'पार्टी भनेको बाआमा परिवार सबै हो। त्यसैले यो समय घरपरिवार छोडेर देशबारे सोचाँै। आज देश बनाऔँ। भोलि परिवार बनाऔंला।'
खोज्दैजाँदा कहीँकतै घोषणापत्र र पत्रकार सम्मेलनमा केही जवाफ अवश्य भेटिन्छन्।
जस्तैःसहिद परिवारलाई यो दिइनेछ। त्यो दिइनेछ।
काठमाडौँमा नेताजी सहिद परिवारका लागि विनियोजन गरिएको बजेटबारे सुनाउँदा गर्वानुभूति गर्छन्। राहत छुट्याइएको पैसाको कण्ठस्त हिसाब हुन्छन् उनीहरुसँग।
तर जबजब यस्ता घोषणापत्र र आश्वासनबारे सुन्छु, मेरो मनमा झनै प्रश्न उम्लिन थाल्छन्। सोध्न मन लाग्छ, नेताजी सुत्केरी अवस्थामा श्रीमान्को हातको न्यानो स्पर्शको अभाव खेप्नुपरेको ती दिदीको भावनाको मुल्य कति होला? बाआमा हामी भनी तपाईंले कलिलो उमेरमै आफनो पछाडि हिँडाएको त्यो कलिलो युवकको खाइलाग्दो बैंसको मूल्य कति होला? बूढेसकालको लाठी मानिने छोरा नै सहिद भएपछि एक्लै लखरलखर हिँड्नुपर्ने ती वृद्धवृद्धाको पीडाका कति मूल्य पाइएला? अनुहार नै देख्न नपाए नि बाबालाई सम्भि्करहने त्यो बहिनीको पीडादायी त्यो सम्झनाको मूल्य तपाईको हिसाबकिताबमा कति पर्ला?
ल, ठिक छ। तपाईंलाई मूल्य तोक्ने छुट भइहाल्यो। तपाईंले बाँड्ने राहतका प्याकेज लग्न ती टुहुरा आइपुग्लान् जिल्ला सदरमुकाम? साँच्ची, हिजो त्यो बाउ, आमा, छोरो, छोरी ....! ती  सबैलाई त तपाईंले घरबाटै खोसेर लग्नुभएको थियो नि।  आज त्यही घरको आँगन टेक्न तपाईंका खुट्टामा किन कामज्वरो आउँछ?
ल, छाड्नुस राहत अनि पैसाका कुरा।
तपाईंलाई सोध्न मन लाग्यो, तपाईंको मूल्य कति हो? सायद यसको जवाफ एकछिन सोच्नुभयो भने तपाईं आफैँ नाजवाफ हुनुहुनेछ। अझै नि नैतिकतामा बिर्को नलागेको भए बुझ्न ुहुनेछ कि मान्छेको मूल्य राहतका प्याकेजमा नभई भावनासँग जोडिएको हुन्छ।
लाग्दैन कोही यो राहत या अनुदानको आशा गरेर तपाईंपछाडि जीवन सुम्पेको थियो। तपाईंको एक आदेशमा नै प्राण आहुती दिन तयार भएको थियो।
हो, थिए होलान् सपना।
जस्तैः सबै बराबर हुने। अन्यायले देश छाड्ने। समानताको आभास हुने। तपाईंलाई याद हुनुपर्ने आफन्त गुमाएका ती मानिस रुँदा पनि हिजो आँसु लुकाई रुन्थे। सोचे होलान्, तपाईं हिँड्ने बाटो चिप्लो नभईदिओस् ता कि लड्न नपरोस्। कतिले तपाईंकै अनुहार हेरी छोरा गुमाउनुको पीडा भुले।
साँच्ची नेताज्यू, यी भावनाका अगाडि हिजोआज तपाईंले राजधानीबाट घोषणा गर्ने राहत प्याकेजको आवाज निकै धमिलोगरी ती गाउँबस्तीमा पुग्छ। तपाईंले घोषणापत्र या यो संविधानमा लेखेका शब्दले ती भावनात्मक प्रश्नको चित्तबुझ्दो जवाफ दिन सक्दैन। जवाफ त तपाईंले दिन आवश्यक छ।
त्यो पनि तपाईंको आफनै मुखबाट।
त्यही गाउँ, त्यही घरको आँगनमा उभिएर जहाँबाट सुनौलो भविश्यको आशा देखाई तपाईंले हिँडाल्नु भएको थियो, १५ हजार भन्दा बढी ती मानिसलाई। र, जवाफ दिनुभन्दा पहिला त धेरै सुन्न आवश्यक छ। १० औं वर्ष बगेका आँसुको आवाज। छोराको अभावमा बैसाखी टेक्दै हिँडेका ती वृद्ध बाआमाका पैतलाको आवाज। महसुस गर्न आवश्यक छ सहिद परिवार भई छटपटाउनुका पीडा। परिवारको अभावमा आफन्त खोजी हिँड्ने ती युवायुवतिका आवाज। बल्ल तपाईंले भेट्नु होला उपर्युक्त जवाफ।
र, साँच्ची त्यो बहिनीलाई चित्तबुझ्दो जवाफ दिन नसक्दा मभित्र पनि उकुुसमूकुस चलिरहेछ। म  पनि मुक्ति चाहन्छु यस्ता प्रश्नबाट।
ल, भन्नुस् नेताजी के जवाफ फर्काऊँ? 


Wednesday, January 6, 2016

यो मेरो टोपी हो...

धोती र टोपीको न तुलना हुनसक्छ न ती एकअर्काका विकल्प हुन्। एउटा कम्मरमुनि लगाइने, लाज ढाक्ने समेत प्रयोजनको बस्त्र हो, अर्को टाउको ढाक्ने। त्यसैले टोपी वा धोती भनेर तिनलाई 'विरोधी खेमाका' बनाउन जरूरी छैन।
बिक्रम राई
म गोपाल योञ्जनको गीत गुन्गुनाउँदै लेखिरहेको छु, 'मेरो टोपी कैलाशको शिर जस्तो, हिमालको भीर जस्तो...'
१ जनवरीलाई 'नेपाली टोपी दिवस' का रूपमा चलाउने चलन हलुकैसित चल्यो। परारसाल फेसबूकमा कसैले आह्वान गरेको देखें, हिउँदको दिन, यसै पनि कुनै न कुनै टोपी लगाइन्छ नै, मैले भादगाउँले टोपी ढल्काइदिएँ। पोहोर दोस्रो वर्ष, दर्जीले सिलाएको टोपी लगाएँ।
दर्जीले सिलाएको टोपी हिजोआज कम प्रचलनमा छ तर त्यो टोपी र त्यसका शिल्पीहरू बिर्सन सकिन्न। टाउको नापेर 'उब्रेको कपडा' बाट सिलाइदिने दर्जीहरूकै कारण टोपी नेपाली पहिरनको अङ्ग बनिरहन सकेको हो। यस्तो टोपी पोहोरै लगाइसकेकाले यो वर्ष चाहिं तेह्रथुमे सुब्बाकहाँ बुनिएको ढाका टोपीको पालो आयो।
केही दिनअघि एउटा नक्कल पुतली (म्यानिकिन) का टाउकामा ढाका टोपी देखें, आकर्षक लाग्यो। फोटो खिचें र 'नेपाली टोपी दिवस, १ जनवरीको पूर्वसन्ध्यामा' भनेर ट्वीट गरें, “पुतली नानीलाई त सुहाउने नेपाली टोपीले कसलाई नसुहाउला र?”
अपेक्षित नै थियो, प्रतिक्रिया आइहाल्यो, बोस्टन, अमेरिकामा बस्ने फोटोग्राफर विमल नेपालले लेखे, “टोपी नेपाली हो? अनि धोती नि?” उनको आशय थियो, दुवै पहिरन मौलिक नेपाली होइनन्, टोपीलाई मात्र किन यत्रो महत्व दिएको? 'आफ्नो भाषा आफ्नो भेष' को आत्मरतिबाट निस्किनुपर्छ आदि!
कसैले किन मनाउने टोपी दिवस? भन्दा मेरो चाहिं सबभन्दा सजिलो उत्तर हो, नमनाउने किन?
थप प्रश्न पनि आइहाल्दो रहेछ, धोती दिवस चाहिं किन नमनाउने?
जवाफ अनेक हुनसक्छन्। प्रश्नकर्तालाई नै अनुरोध गर्न सकिन्छ, मलाई टोपी मनपर्छ त्यसैले टोपी दिवस मनाउनतिर लागें। तपाईंलाई धोती मनपर्ने रहेछ, धोती दिवसको थालनी गर्नोस्! नभए, आफ्नो कुनै प्रतिबद्धता नभएको विषयमा प्रश्न मात्र गर्नुको के अर्थ? मधेशको सम्मानमा केही साथीहरूले केहीअघि काठमाडौंमा धोती जुलूस गर्दा त्यसलाई विवादमा तान्न कसैले खोजेन भने '१ जनवरीमा सबैले टोपी लगाऊँ' भन्ने आह्वानको विरोध किन गर्नुपर्‍यो?
ठूला प्रश्न जति पनि गर्न सकिन्छ, सानै भए पनि जवाफ फेला पार्ने पो पार्ने! माघेसंक्रान्ति आउँदैछ, प्रश्न गर्न सकिन्छ, अफ्रिकाबाट आएको तरुलको पर्व हुने, पेरुबाट आएको आलुको पर्व किन नहुने?
गोपेन राई
वास्तवमा धोती र टोपी जोडेर बनाइएको प्रश्नको कुनै अर्थ छैन। यी दुईको तुलनै हुँदैन। एउटा कम्मरमुनि लगाइने, लाज ढाक्ने समेत प्रयोजनको बस्त्र हो, टोपी चाहिं टाउको ढाक्ने। ती एकअर्काका विकल्प हुनै सक्दैनन्, त्यसैले टोपी वा धोती भनेर तिनलाई 'विरोधी खेमाका' बनाउन जरूरी छैन। 'धोती न टोपी हुनु' भन्ने उखानको पनि संकेत हो यी दुवै कुरा एकसाथ लगाइन्छन्। धोती लगाउने मेरा हजुरबाहरूले 'तयार नपरी' अर्थात् धोती नलगाई भात खाएको मैले कहिल्यै देखिनँ। तर उहाँहरूको शिरमा टोपी कहिल्यै छुट्दैनथ्यो, खाना खाँदा बाहेक। मधेशमा पनि धोती लगाउँछन् र आवश्यकता र चाहना अनुसार पाग वा पगडी वा टोपी जस्ता विभिन्न शिरपोसले टाउको न्यानो राख्छन् वा सजाउँछन्। धोती लगाउने भारतका अन्य भागमा पनि ठाउँ र चलन अनुसारका शिरपोस छन्।
कहाँबाट आयो टोपी?-- केदार शर्मा

Wednesday, December 23, 2015

Most Awesome Lines .....!

" दिमाग , बदाम खाएर होइन धोका खाएर मिल्दछ "
" कसैले गरेको सहयोग कहिल्यै नबिर्सनुस ........ आफुले गरेको सहयोग कहिल्यै नसम्झनुस "
" जुन कुरा दिलमा छ त्यसलाई बोल्ने हिम्मत राख्नुस ..... र जुन कुरा कसैको दिलमा छ त्यसलाई बुझ्ने कोसिस गर्नुस "
" गैर को छोरीमाथी प्राण दिन्छौ ...... जब आफ्नो छोरी हुन थाल्छ तब त्यसको ज्यान लिन्छौ "
" कसरी बितिरहेको छ जिन्दगी यो त सोध्छन हर कोहिले ........ तर कसरी बिताइरहेको छु यो कसैले सोध्दैनन "
" दर्द हमेशा आफ्नाले नै दिन्छ , नत्र गैर व्यक्तिलाई के थाहा , तपाइको दुख के कुरासँग छ "
" भोलीको दिन कसले देखेको छ
आजको दिन गुमाउने किन ,
जुन घडीमा हाँस्न सकिन्छ
त्यो घडीमा रुने किन "
" जिन्न्दगीमा कसैले साथ दिदैन यो कुरा आजै बुझिहाल्नुस , मान्छेले तपाइलाई तबमात्र सम्झन्छ जब उ संकटमा परेको हुन्छ "
ऐना हेरि एक पागल भन्छ यसलाई कहा देखे देखे जस्तो लाग्छ, फेरि खुबै सोचेर भन्छ हैट अस्ति संगै कपाल कटाको थियौ म पनी कस्तो पागल जस्तो
दीदी भन्दा नि रिसाउँछन्, बैनी भन्दा सानो बनायो भन्छन्,
बुढी त्यसै भन्न मिलेन के गरु त नि म 😍😎😳
मर्नु त डर छैन, सास फेर्न'पो गाह्रो होला भन्ने डर लागिरछ ।

किन फुर्दैन मलाई साहित्य ..

न साहित्यकार हुनसक्छु म न गीतकार 
न गजल फुर्छ अरुलाई जस्तो क्षण क्षण
म त जैले खानैको मात्र काल
सबको मिल्छ तालैताल किन म बेताल । 

न गीत गाउनै आउँछ गायक बन्न
न राजेश दा जस्तो ज्यान छ नायक बन्न
छ त केवल एक घ्याम्पे भुँडी लमतन्न
हसुर्‍यो एकभारी ढ्याउ काड्यो छाम्दै भुँडी टन्न ।।
कैले उभो लाग्ने हुँला म हन्तकाली यो तालले
उभो त भन्दैछु, उप्परै घिसार्दो पो हो कालले
वाक्स दिक्स भो छोरो हैरान उत्तिकै छ
प्रगति नगर्ने भो यो छोरोले यस्तै यै चालले ।।।
न नेता बन्न सक्छु त झुट बोल्न ढाँट्न आउँदैन
राजनीतिको पहिलो शिक्षा झुट बोल्नु ढाँट्नु नै हो
जुन मुख्य कुरै मलाई आउँदै आउँदैन
झुट ढाट नबोली नेता जनतामा छाउदै छाउदैन  ।।।।
 तेसैले पुर्पुरोमा राखि हात गुन्गुनाउछु बरु:
कोकोलेले मकै खायो हान खोयाले
मरेपछी के को माया बाँध चोयाले  ।।।।।
सबैको जय होस् !!-माइनस पुमा 

Wednesday, December 2, 2015

A letter to our daughter

Mark Zuckerberg
2 hrs
Priscilla and I are so happy to welcome our daughter Max into this world!
For her birth, we wrote a letter to her about the world we hope she grows up in.
It's a world where our generation can advance human potential and promote equality -- by curing disease, personalizing learning, harnessing clean energy, connecting people, building strong communities, reducing poverty, providing equal rights and spreading understanding across nations.
We are committed to doing our small part to help create this world for all children. We will give 99% of our Facebook shares -- currently about $45 billion -- during our lives to join many others in improving this world for the next generation.
Thank you to everyone in this community for all your love and support during the pregnancy. You've given us hope that together we can build this world for Max and all children.

https://www.facebook.com/notes/mark-zuckerberg/a-letter-to-our-daughter/10153375081581634?fref=nf



Saturday, November 28, 2015

१४ अञ्चल ७५ जिल्ला :लौ सुनौं है यो नेपाली गीत

के हो त थ्याँग्स गिभिङ्ग (Thanks Giving) र ब्ल्याक फ्राइडे (Black Friday) ?

अमेरिका,नोभेम्वर २६ | आज अमेरिकामा राष्ट्रिय चाडकै रुपमा थ्यांक्स गिभिङ्ग मनाइदैछ | नोभेम्वर महिनाको अन्तिम बिहीवार यसरी अमेरिकामा थ्यांक्स गिभिङ्ग मनाइन्छ | अमेरिकामा क्रिश्चियनहरुको महत्वपूर्ण चाड क्रिसमसभन्दा पनि आजको थ्यांक्स गिभिङ्गलाई बढी मान्छेहरुले मनाउने गरेको पाइएको छ | क्रिसमस धार्मिक चाड भएको तर थ्यांक्स गिभिङ्ग चाहिं सबै जाति,धर्म र सम्प्रदायका अमेरिकनहरुले मनाउने एक अध्ययनले देखाएको छ | यस अर्थमा थ्यांक्स गिभिङ्गले अमेरिकामा रहेका सबैको राष्ट्रिय पर्वको मान्यता पाएको छ | आजको दिनदेखि अमेरिकामा चाडबाडको मौसम सुरु हुन्छ |
थ्यांक्स गिभिङ्गपछि अब प्रमूख महत्वपूर्ण चाड क्रिसमस र नयाँ वर्ष रहेको छ | आजको दिन अमेरिकामा सरकारी राष्ट्रिय छुट्टी दिइने हुनाले यसलाई लामो छुट्टीको समय समेत भनिन्छ | थ्यांक्स गिभिङ्गपछि शुक्रवारको एक दिन अधिकांशले छुट्टी लिने र शनिवार र आइतवार समेत गरी चार दिन छुट्टी लिएर पारिवारिक भेटघाट गर्ने परम्परा छ |
थ्यांक्स गिभिङ्गको यही चाडमा पारिवारिक भेटघाट,आफ्ना आफन्त,नातेदार एकै ठाउँ भेला भै टर्की खाने चलन छ | थ्यांक्स गिभिङ्गमा नै अमेरिकामा सबैभन्दा बढी सवारी चाप समेत हुन्छ | अर्थात् हवाई एवं सडक यात्रा दुवैमा अत्यधिक भीडभाड हुन्छ |
थ्यांक्स गिभिङ्ग मनाएर टर्की खाएपछि ब्ल्याक फ्राइडे सुरु हुन्छ | ब्ल्याक फ्राइडेमा अमेरिकामा सबै सामान अत्यधिक सस्तोमा किन्न पाइन्छ | इलेक्ट्रोनिक,घरायसी,लत्ता कपडा जस्ता सामानहरु सबै मलहरुमा अत्यधिक छुटमा किन्न पाइन्छ | तर यस्तो सामानको संख्या कम र क्रेता बढी हुने हुनाले बिहीवार रातीदेखि नै ग्राहकहरु सपिङ्ग मल र केन्द्रमा लामो लाइनमा बस्ने गर्दछन् |
के हो थ्यांक्स गिभिङ्ग ?
थ्यांक्स गिभिङ्ग एक अर्कामा धन्यवाद साटासाट गरेर आभार व्यक्त गर्ने एक चाड हो | अमेरिकी संसदको तल्लो सदन कंग्रेसले थ्यांक्स गिभिङ्गलाई राष्ट्रिय चाडको रुपमा सन् १९४१ मा अनुमोदन गरेको थियो | यद्यपि दूई वर्ष अगाडी नै सन् १९३९ मा राष्ट्रपति फ्र्यांकलिन रुजवेल्टले यसलाई स्वीकार गरेर आरम्भ गरेका थिए |
यस अघि सन् १६२१ मा नै थ्यांक्स गिभिङ्गको सुरुवात भैसकेको इतिहास छ | थ्यांक्स गिभिङ्गको अमेरिकी प्रचलन न्यु इङ्ल्यान्डबाट सुरु भएको मानिए पनि यसको अभिलेख एटलान्टिकसम्म भेटिन्छ | मेफ्लावर भन्ने ठाउँबाट छुट्टिएर पुरिटान्स आएका मनिसहरुले आफुसँगै काठिन समयमा तथा सन्चो नभएको बेला पनि ब्रत बसी भगवानलाई धन्यवाद भन्ने चलन भित्र्याएका थिए ।
थ्यांक्स गिभिङ्गको अर्को प्रचलनको पृष्ठभूमि सन् १६२१ तिर हालको म्यासाचुसेट्स राज्यको प्लेमथ उत्पादन केन्द्रसंग जोडिएको छ | जस अनुसार बेलायतबाट तीर्थ गर्न भनी आएका धर्मिक शरणार्थीहरु र रैथाने अमेरिकनहरुबीचको सम्बन्ध देखाइएको छ । सन् १६२० मा धेरै शरणार्थी तीर्थयात्रीहरु नयाँ ठाउँमा खडेरी परेको बेला भोकमरीका कारण मरेका थिए । रैथाने अमेरिकनहरुले बाँचेका शरणार्थीहरुलाई खेतीपाती गर्न, माछा मार्न र सामुद्रिक खानेकुरा खान सिकाएका थिए । आफुहरुलाई यसो गर्न सिकाएबापत ती शरणार्थीहरुले रैथाने अमेरिकीहरुलाई धन्यवाद भन्न सन् १६२१ मा एक भोजको आयोजना गरे | तत्पश्चात हरेक वर्ष यसरी यो क्रम सुरु भयो र पछि अमेरिकी सरकारले यसलाई राष्ट्रिय चाडका रुपमा अवलम्बन ग-यो |
प्रथम अमेरिकि राष्ट्रपति जर्ज वाशिङ्टनले सन १७८९ अक्टुबर ३ मा औपचारिक रुपमै अमेरिकाभरि यो पर्व मनाउने घोषणा गरेका थिए । सन् १८४६ मा अमेरिकी लेखिका साराह जोसेफा हेलले यो पर्वमा राष्ट्रिय बिदा हुनुपर्ने भन्दै अभियान नै चलाइन् । पछि १८६३ बाट अमेरिकाभरि यो पर्वलाई राष्ट्रिय बिदा दिने निर्णय गरियो ।-
साभार लेखनाथ भण्डारी

थ्यांक्स गिभिङ (Thanks Giving) र ब्ल्याक फ्राइडे (Black Friday) को यस्तो रहेछ इतिहास (स्रोतः स्थानीयहरुलाई सोधनी र गुगल)
कसरी सुरु भयो थ्यांक्स् गिभिङ्ग ?
–––––––––––––––––––––––––
थ्यांक्स् गिभिङ्ग चाड अमेरिकाको निकै प्रसिद्ध चाड हो । यसको कथा आजको एक जना श्याम्युल नाम गरेको रैथानेले यसरी सुनाएको थियो मलाई ।
त्यतिबेला जब युरोपलगायत बाह्य संसारबाट अमेरिकामा मानिसहरु आउन थालेका थिए; तिनीहरु यहाँ आए तर जिविकोपार्जनका लागि यिनीहरुलाई समस्या भएर ल्यायो । भोकले टाट पल्टने अवस्थामा पुगेका यी नयाँ आप्रवासीहरुलाई यहाँ पहिलेदेखि नै बसोबास गरेका रेड इन्डियनहरुको मद्दत जरुरी भयो । यसरी यहाँका रैथानेहरुले नयाँ मानिसहरुलाई टर्की खुवाएर उनीहरुको भोक हटाइदिए र यहाँको जीवन बाँच्न सिकाएका थिए । त्यसपछि नयाँहरुले पुरानाहरुलाई त्यो सहयोग र मद्दतवापत सामुहिक रुपमा धन्यवाद दिए । पछि यही कुरा परम्परा बन्यो र आजभोलि धन्यवाद दिने–लिने लगायत आफन्तजनसँग पनि भेटघाट गर्ने एवम् आपसमा धन्यवाद साटासाट गर्ने चलनको रुपमा विकासिक भएको छ यो थ्यांक्स् गिभिङ्ग ।
तसर्थ भोलि, भए सबैले टर्की खानुहोला, खुवाउनुहोला । नभए कुखुरा नै भए पनि टर्की मानेर खाए केही फरक पर्दैन ।
अर्को कुरा, यो चाडसँग तुरुन्तै ब्ल्याक फ्राइडे (कालो शुक्रबार) पनि जोडिएर आउँछ । उही रैथाने श्याम्युलले बतायो, त्यो थ्यांक्स् गिभिङ्गपछि ती नयाँ बाहिरबाट आएका मान्छेहरुले यहाँका आदिवासी रैथानेहरुलाई कम्बल (ब्ल्यांकेट)हरु ओढ्नका लागि दिए, तर दुर्भाग्य ती कम्बल ओढ्ने धेरै आदिवासीहरु विभिन्न रोग लागेर मरे । श्याम्युल भन्छ– शायद ती कम्बलहरुमा विभिन्न उपियाँ, उडुस, जुम्रा वा अन्य कुनै घातक कीरा वा कुनै घोल थियो होला र त्यसको असरले ती आदिवासीहरु मरेका हुन सक्छन् । त्यहीं दुःखदायी घटनापछि ब्ल्याक फ्राइडे सुरु भएको देखिन्छ । खासमा यो कालो शुक्रबार थ्यांक्स् गिभिङ्गपछिको पहिलो शुक्रबार पर्दछ ।
सुनेर जानेको कुरा यति हो । अरु नयाँ रोचक तथ्य भए तल लेखिपठाउँ ।
कसरी सुरु भयो ब्ल्याक फ्राइडे ?
–––––––––––––––––––––
सेप्टेम्बर १८६९ तिर जब अमेरिकाका दुई फाइनान्सर कम्पनिहरु जे गोल्ड र जिम फिस्कले राष्ट्रिय देशको आपूर्ति खरिद गरे, तब अमेरिकामा सुनको व्यापार मन्दीतिर गयो र अमेरिकाको संघीय सरकारले बजारमा थप अरु बढी पैसा लगानी परेको थियो । यस बेलाको त्यो सुन बजारमा आएको मन्दीले जनताको वचत तथा स्कोरमा पनि नराम्रो असर परेको थियो र यही घटनाका कारण ततकालीन राष्ट्रपतिले राजीनामा पनि दिनुपरेको थियो ।
त्यस्तै अर्को इतिहास अनुसार अमेरिकाको फिलाडेल्फियाका प्रहरी अधिकारीहरुले थ्यांकस् गिभिङपछिको शनिवारका दिन आर्मी र नेभीहरुको फुटबल खेलको आयोजना गरेका थिए तर शुक्रबारका दिन नै पैदल यात्री तथा सवारी जाममा परेकाहरुको उक्त खेल हेर्न सिटीको शपिङ सेन्टरतिर भीड लाग्यो । र त्यसबेला जसजसले काम गर्नुपरेको थियो, उनीहरुले यसलाई कालो समय वा कालो शुक्रबार (ब्ल्याक फ्राइडे) भन्ने थाले ।
Happy Thanks Giving and Black Friday.
सुनेको र खोजेर जानेको यत्ति हो, अरु नयाँ भए जाानकारी पाऊँ ।-साभार 
Narayan Adhikari

Wednesday, November 18, 2015

आमालाई......

दुइ मिनेट को समए निकालेर यो सानो म्यासेज पढ्ने प्रयत्न गर्नु होला
,,,
एकदिन श्रीमान घर आउँदा निक्कै अबेर भएछ ।
अनि घर आएर ढोकाबाट भित्र छिर्न नपाउदै श्रीमतीले भनीछिन.......
श्रीमती:- कहाँ जानू भएको थियो ? मैले हजुरको अफिसमा पनि फोन गरि सोधे । हजुर त आज अफिसपनि जानू भएन रे ! के हो यस्तो चाला ? अनि यो हातमा भएको झोला कस्तो गनाई रहेको छ । के हो यो ?
श्रीमान:- म.....म......म आमालाई लिन गएको थिए । आमा अब यहीँ बस्नु हुन्छ । यो झोला आमाको हो । यस्मा आमाको कपडाहरु छ ।
श्रीमती:- ( रिसले मुर्मुराउदै ) दिमाग त सहि छ हजुरको ? किन आमालाई यहाँ ल्याउन पर्यो र ? हजुर कै दाजुभाइले हेरि हाल्छ नि, त्यसै माथी हजुरको तलबले के नै हुन्छ र ? छोरा-छोरीलाई पढाउन त गाह्रो भैरहेको अबस्थामा अब यो बुढीलाई कसरी पाल्ने ?
श्रीमान:- त्यस्तो नभन, आमाको सेवा गर्न त हाम्रो धर्म र कर्तव्य हो नि ।
श्रीमती:- आफै बाच्न धौ-धौ परेको बेलामा म त सक्दिन ।
यति भन्दै श्रीमतीले श्रीमानको हातबाट झोला खोसेर बाहिर लगेर फ्यालिदिन्छ । अनि यसो बाहिर हेर्दा त आफ्नै आमा पो रहेछ । अनि हत्तनपत्त झोला उठाउदै आमालाई लिएर भित्र आउँछे र श्रीमानलाई भन्छे ।
श्रीमती:- अघि नै भन्न पर्दैन ? मेरो आमा हो भनेर !
श्रीमान:- तिमिले मलाई बोल्ने मौका कहाँ दियौ र ? एकोहोरो आफू मात्रै बोलेको बोलै । तिम्रो दाजु र भाउजुले तिम्रो आमालाई घरबाट निकाली दिएका रहेछन । अनि मैले थाहा पाए, म अफिस नगै कन आमालाई लिन गएको थिए ।
श्रीमती:- ( मुस्कुराउदै ) कत्ती जात्ती र बुझ्ने हुनुहुन्छ है मेरो प्यारो बुढो । ( यत्ती भन्दै उ आमालाई लिएर भित्र कोठामा जान्छे )
:
-यस्तै छ सन्सार, भनिन्छ घर बनाउनु र भत्काउनुमा आईमाईको ठुलो हात हुन्छ । जुन घरको नारी समझदार, दयालु र बुद्धिमानी हुन्छ । त्यो घर आफैंमा स्वर्ग हो । हरेक बिबाहित नारिले यो सानो लेख अबस्य पढिदिनु होला ।

Wednesday, November 11, 2015

“यसपाली नि आउन पाइन तिहारमा”

करेसाबारिमा लहलह मखमली फुल्यो होला।
आगनीको वरिपरि सयपत्री झुल्यो होला।।
कोसेलिको पोको बोकी दिदी माइत आउँदै होली।
परदेसी दाई आउला कि भन्दै बहिनी बाटो हेर्दै होलि।।
पुरानो टाइचिनको नयाँ चिउरा दशै अघी कुटेको रे।
सेल पकाउन पाथी चामल हिजो मात्रै भुटेको रे।।
कौवा,कुकुर,गाइ,गोरु सबैतिर झिलिमिली।
खुशी होलान दिदिबहिनी हासखेल मिलिजुलि।।
साथीभाइ छिमेकका देउसिभैली खेल्दै होलान।
नाच्दा गाउदा भट्ट्याउदा मेरो नाम नि लिदै होलान।।
देउसिको जम्मा पैसा भाईले तासमा हार्‍यो होला।
जागिर खाइ दिउला भन्दै उधारोमा टार्‍यो होला।।
बिना आफन्त बिदेशमा कुन दसैं के तिहार।
पोहोर जस्तै भाईटिकामा यसपाला नि खाली निधार।।
मेरो फोटो वरिपरि तेलको धारा कोरे होलान।
पिरबाधा सारा शत्रु ओखरमा फोरे होलान।।
यसपाली नि यस्तै भयो आउन पाइन तिहारमा।
अर्को साल लाउन पाऊ सप्तरङ्गी टिका निधारमा।।
मखमली फुलजस्तै हासिरहुन दिदिबहिनी।
सप्तरङ्गी टिका सँगै खुशी रहुन दिदिबहिनी।। ​ramkrishna2038@gmail.com

Saturday, October 31, 2015

== शुभ बृद्ध-दिवस ! ==

बृद्ध भनेको सभ्य भाषामा बुढो
 अरुलाई बुढो, बुढो भनेर जिस्क्याइन्थ्यो ...
 अहिले आफै बुढो !
 दांत गइ सके, कानले सुन्नै छोड्यो
 कपाल खुइलिन थाल्यो, आँखाले देख्न छोड्यो
 बुढो भएकै त होला नि ...
 रहरले बुढो भएको हो र?
 आफु त सित्तैमा बुढो! --
 जिउ बुढो भए नि मन बुढो नहुने
 अझैं नि रेखा थापाको नाम सुन्नै नहुने
 तिन्को नाम सुन्दा अहिले नि रौँ ठाडो हुने
 तीन नेत्र खुलेर आउने, कान टाठो हुने मुखमा
दांत नभए नि, मुस्कान भरेर आउने बुढो भएर के ...
 रहरले बुढो भएको हो र? आफु त सित्तैमा बुढो !
-- http://kantipath.com/np/?p=27450#sthash.HXJNpYEF.dpbs -


== दर खाने हैन? ==
एक हप्ता पहिले सीता दिदी कहाँ दर
त्यसको भोलि पल्ट गीता दिदीकोमा दर
एक महिना दिन पहिल्यै देखि 
पार्टी हुन लाग्यो घर घर 
खोइ, दर त खान हुन्थ्यो, बैनी
छेरपाटी लाग्ने डर !
-
अस्तिका दिन साँइली कहाँ दर
हिजो मात्रै माइलीको घरमा दर
अधिकारी दिदीले पनि साह्रै गरिन कर
राख्दै गरिन तरै माथि तर
खोइ, दर त खान हुन्थ्यो, बैनी
छेरपाटी लाग्ने डर !
-
तीजको त आएको छ लहर
बेस्सरी कम्मर भाँच्दै नाच्ने छ रहर
नाच्नु अघि खान मन छ दर
तर यो पेटको अब केहि छैन भर
खोइ, अँझैँ पनि दर त खान हुन्थ्यो, बैनी
छेरपाटी लाग्ने डर !
-----------j.r joshi

Friday, October 30, 2015

जिन्दगीको

ध्यानपुर्वक दुईपटक पढ्नुहोस । जिन्दगीको दिमाग हल्लाइदिने खालको सत्य !! दोश्रो पटक प्रकाशित - जुनदिन हाम्रो मृत्यु हुन्छ , हाम्रो पैसा बैंकमा नै रहन्छ । हामी जिउँदो हुँदा लाग्छ हामिसित खर्च गर्न पर्याप्त धन छैन। जब हामी जान्छौ तब धेरै धन बिना खर्च नै बचेर जान्छ । एकजना चिनियाँ बादशाह को मृत्यु भयो । उ आफ्नो विधवाको लागि बैंकमा 1.9 मिलियन डलर छोडेर गयो । विधवाले जवान नोकरसित विवाह गरिन । त्यो नोकरले भन्यो " म हमेशा सोच्थे कि म आफ्नो मालिकको लागि काम गर्थे , तर अब दिमागमा आयो कि मालिक नै हमेशा मेरो लागि काम गर्थ्यो " यसबाट के सिक्न सकिन्छ ? * धेरै आवश्यक छ कि अधिक धन आर्जन गर्नुभन्दा अधिक जीवन बाँच्न सिकौ । * राम्रो र स्वस्थ शरीरको लागि लागि प्रयास गर्नुस । * महंगो फोनको 70% फंकशन अनुउपयोगी रहन्छ । * महंगो कारको 70% गतिको उपयोग हुदैन । * पुरै अलमारी दराजमा 70% कपडा त्यतिकै राखिएको हुन्छ । * पुरै जिन्दगीको 70% कमाई अरुको उपयोग को लागि छुट्ने गर्छ । * 70% गुणहरुको उपयोग हुदैन भने 30% गुणहरुको उपयोग कसरी हुन्छ । * स्वस्थ भएर पनि निरन्तर चेक अप गर्नुस । * प्यास नलागे पनि पानी अधिक पिउनुस । * हरेक पल मा आफ्नो अहम त्याग्नुस । * शक्तिशाली भएर पनि सरल हुनुस । * धनी नभएर पनि परीपुर्ण हुनुस , सुन्दर जीवन जिउनुस । काबुमा राख्नुस - प्राथनाको समयमा आफ्नो दिललाई । काबुमा राख्नुस - खाना खाने समयमा पेटलाई । काबुमा राख्नुस - कसैको घर जादा आँखालाई । काबुमा राख्नुस - कार्यक्रममा जादा आफ्नो बोलिलाई । काबुमा राख्नुस - अर्काको धन देख्दा लोभलाइ । भुलिदिनुस - आफ्नो राम्रो कर्मलाई । भुलिदिनुस - अर्काको गल्तिलाई । भुलिदिनुस - अतितको तितो संस्मरणलाई । छोडीदिनुस - अरुलाई तल देखाउन । छोडीदिनुस - अर्काको धनमाथी चाहना राख्न । छोडीदिनुस - अरुको सम्वृद्धी देखेर जल्न । छोडीदिनुस - अर्काको चम्चागीरी गर्न । छोडीदिनुस - अरुको सफलतामा दुखी हुन । मन परे शक्दो शेयर गर्नुस ।

यस्ता केही भोग्न नपरोस्

युद्ध भोगियो, नाकाबन्दी भोगियो, भुईचालो भोगियो, म्याच फिक्सिङ भोगियो। जे जे भोग्नु पर्ने हो, हाम्लाई नि भोग्छौं, अब पछिकाले यस्ता केही भोग्न नपरोस्। यो श्रीमान्‌लाई 'बाबा' भनेर संवोधन गर्ने चलन कहिलेदेखि सुरु भएछ? छोराछोरीको नि 'बाबा', श्रीमतीको नि 'बाबा', अझ कतिपय श्रीमान्‌ले नि श्रीमतीलाई 'बाबा' नै भनेको सुन्छु। जय बाबा श्रीमान् श्रीमती जस्तै डिभोर्स गर्न मिल्ने भए कति जना बाबुनानीले आफ्ना आमा बाबुसँग डिभोर्स गर्दा हुन्, दिक्क मानेर...। मेरा छोरीका अनुसार Almost 90% teenagers. यो परफ्युम कि सेन्ट भन्ने जात पनि पुरानो भएपपछि रक्सी जस्तो गन्हाउने हो कि रुघा/पिनासले आफ्नो नाक बिग्रेको हो? एक दशक जति अघि एक जना मित्रले उपहार दिएको अत्तर वर्षमा मुश्कीलले दुई तीन चोटि जति छर्किदो हुम्। आज बास्नादर भ'र अफिस जान पर्‍यो भनेर छर्कदाँ पुरै रक्सी जस्तो गन्हाएको महसुस पो भइरहेको छ । बाटामा अर्को अत्तर किनीवरी छर्किएर अफिस जान पर्ला । के के झ्याङ्लो आइलाग्छ, आइलाग्छ जीवनमा। यो अलि पुरानो जिन्स पेन्ट लाउँदा अलिक होस गर्नै पर्ने रहेछ। लगाइरहेको जिन्स पेन्ट कमाकिइसकेको (मक्किइसकेको) रहेछ, पत्तो भएन। मोटरसाइकबाट ओर्लदाँ जाँघमा तीन इन्च जति च्यातिई त गो। आफू भने कार्यक्रमको अतिथी बन्न हिंडेको। पाइन्ट भित्र घुसारेको लामो सर्टलाई बाहिर ल्याएर, छोपेर काम चलाइयो। हास्नुपर्ने कारण धेरै छन् हा हा हा... एउटा महायज्ञमा जान सात सात वटा हेलिकप्टर प्रयोग गर्छन्, प्रधानमन्त्री, मन्त्रीहरु र ठूला भनिएका दलका नेताहरु। अनि दुर्गममा सुत्केरी व्यथा लागेका महिलाहरु बेलामा हेलिकप्टर पुर्‍याउन नसक्दा मर्छन्। ती सात मध्ये एउटा ठूलोमा यी सबै कोचिएर महायज्ञ गए भो, बाँकी ६ वटा हेलिकप्टर पुस्तक नपुगेका विद्यालयमा पुस्तक पुर्‍याउन यी नेताहरुलाई के के ले छेक्छ ? त्यस्सै रिस उठ्ने त होइन के नागरिकलाई ? i) गरिब घरपरिवार पहिचान र परिचय पत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डको कार्यकारी उपाध्यक्षमा दुर्गा भट्टराई* नियुक्त । (चैत २६, २०६८। *बाबुराम भट्टराईकी भाइ-बुहारी) ii) गरिब घरपरिवार पहिचान र परिचय पत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डको कार्यकारी उपाध्यक्षमा चिन्तन पौडेल* नियुक्त । (कात्तिक २१, २०७१। *रामचन्द्र पौडेलका छोरा) गरिबी निवारण गर्न बनेको कोषले नेताहरुको गरिबी निवारण गरिदेओस्, प्रभु। फेसबुक चलाउनेहरुको त जेनतेन चलेकै छ, अरु नेपालीको त आजभोलि कतिलाई पो मतलब होला र? श्रीमती, साली, भाइ, बहिनी र परिवार अथवा आफन्तका एक जनालाई पनि सभासद वा मन्त्री बनाउन नसक्ने नेतालाई कति टेन्सन भइरा'होला। छिमेकी नि भन्दाहुन्- फुँई नगरे भो। बिचरा.....दिपक भट्ट्राईबाट https://www.youtube.com/watch?v=JnWyiChMn5c

Thursday, October 29, 2015

आफ्नै कुरा-भर्जिनिया

५ बर्ष भैसकेछ लेख्ने बानि छूटेको अबचाहि आफुलाइ मनपरेका आफ्नै आदि इत्यादि अनि कपि पेस्ट... गणतान्त्रिक नेपालको इतिहासमा पहिलो महिला राष्ट्रपतिमा निर्वाचित विद्यादेवी भण्डारी:हार्दिक बधाई !(३सय२७ मत,कांग्रेसका कुलबहादुर गुरुङलाई २सय१४ मत प्राप्त) राष्ट्रपतिय चुनावको अचम्मैको परिणाम ! आठ मत बदर । यस्ता त छन सासद ! ड्राइभर लाइसेन्सको लागि योग्यता खोज्ने मन्त्री,सभासद बन्नको लागि औथाछाप भएपनी हुने र यिनिहरुले मात्रै अबसर पाउने देशमा बदर हुनु नौलो लागेन मलाइ।- @ektarey ती "गँवार" लोकतन्त्रका भेडाहरूका सांसद पद खोसे नि पाप लाग्दैन ।"हुड्के दाई ~ती आठजनाको नाम के हो...थाहा चाहियो! राम्रो नेपाली फुटाउदी रहिनछन् सभामुख,घरमा पढ्न परो !चुरो एत्ती! हाम्लाई असजीलो लाग्ने! नेवाङको बोली सुनेकालाई त खल्लो लाग्ने!भैरे नेपालमा भारत फेरि पनि असफल-नारायन अधिकारि –––––––––––––––––––––––– अध्यक्ष र उपाध्यक्ष दुवै प्रधानमन्त्री र राष्ट्रपति ––––––––––––––––––––––––––––––––– देशमा राष्ट्रपति एवम् प्रधानमन्त्री दुवै पदमा एमाले अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् । दुवैलाई हार्दिक बधाई एवम् कार्यकाल सफलताको शुभकामना छ । यो घटनालाई कसैले कम्युनिस्ट आन्दोलनको सफलतासँग जोडेर हेरेका छन् । तर यो भ्रममा नपरौं यो कम्युनिस्ट आन्दोलनको सफलता होइन र हो भन्ने प्रयास नगरे पनि हुन्छ किनभने नेपालमा अहिले कुनै कम्युनिस्ट आन्दोलन चलिरहेको छैन र एमाले कुनै कम्युनिस्ट वाद बोकेर कहीं पुग्न आन्दोलनरत छैन । देशका आवश्यकता र घटनाक्रमले यो संयोग जुटाएको हो । अलि फरक कुरा– नेपालमा फेरि पनि भारत असफल –––––––––––––––––––––––––––––––––– – भारत नेपालमा संविधान तत्काल जारी नहोस् भन्ने चाहन्थ्यो तर जारी भयो । – भारत सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन चाहन्थ्यो तर भए केपी ओली । – भारत महन्थ ठाकुरलाई राष्ट्रपतिमा बनाउन चाहन्थ्यो तर भइन् विद्या भण्डारी । अचम्म तर सत्य ––––––––––– प्रचण्डले एमालेलाई यति ठूलो सफलता दिलाए जति एमाले स्वयमले आफ्नो जीवनकालमा प्राप्त गर्न सक्दैनथ्यो । – चुनाव हारेर ढोकाबाट छिर्न नसकेका माधव कुमार नेपाललाई प्रचण्डले झ्यालबाट तानेर प्रधानमन्त्री बनाइदिए । – भारत चाहन्थ्यो झलनाथ खनाल प्रधानमन्त्री नहून् तर प्रचण्डले झलनाथ खनाललाई पनि प्रधानमन्त्री बनाइदिए । – प्रचण्डले भद्र सहमतिको सबैभन्दा ठूलो वकालत गरे । भद्र सहमति लागू नभएपछि प्रचण्डले केपी ओलीलाई आफ्नौ पूर्ण समर्थन दिएर प्रधानमन्त्री बनाइदिए । – प्रचण्ड कै बलमा विद्या भण्डारी राष्ट्रपति बनिन् । कसैलाई यो कुरा पूर्वाग्रह लाग्न सक्छ तर तथ्यले देखाउँछ यथार्थ यही नै हो । Sujan Pandit एकदमै सही कुरा भन्यौ मित्र।एमालेको अहिलेको सबै सफलतामा सबभन्दा ठूलो सहयोग प्रचण्डबाट नै भएको हो।अब एमालेले एमाआोवादीसंग पार्टी एकता गरे हुन्छ र प्रचण्डलाई अध्यक्ष मानेर गए हुन्छ। (Kedar Sharma हार्ने डरले चुनाव नलड्ने र मिलेमतो गर्दै हिँड्ने हो भने लोकतन्त्र हैन मिलेमतोतन्त्र हुन्छ। पराजय र लाञ्छनाको हलाहल निल्न तयार नेका,धन्यवाद!) टि.भि.बाट साभार-राष्ट्रपति निर्वाचनमा पराजित भएपछि नेपाली कांग्रेसका पुराना नेता कुलबहादुर गुरुङले आफु प्रजातान्त्रिक प्रणलीलाई स्विकार गर्ने नेता भएको बताएका छन् । उनले चुनावमा एक जना मात्रै विजयी हुने भएकाले आफ्नो हार विद्याको जितकालागि भएको बताए । गहभरी आँशु पार्दै बयोबृद्ध नेता गुरुङले नेपालमा गणतन्त्र घोषणा गर्दाको क्षण सम्झदै महिला राष्ट्रप्रमुख भएकाले आम नेपालीको जित भएको बताए । उनले आफु राष्ट्रपतिकालागि सबैभन्दा उपयुक्त पात्र भएको तर, राजनीतिक रुपमा आफुहरुको मत कमजोर भएकाले पराजीत हुनुपरेको बताए । नयाँ राष्ट्रपतिले संविधान कार्यान्वयन गर्न अभिभावकीय भुमिका खेल्नुपर्ने भन्दै भण्डारीले उक्त भुमिका निभाउन सक्ने उनको भनाई थियो । Chandra Bhandari-कांग्रेस भित्रका केही सीमित व्यक्ति जसले काग्रेसको इतिहास, मूल्य र मान्यताको सघै अपमान गर्दै आए । आफनो व्यक्तिगत स्वार्थका लागि निर्लज्ज भक्तिभाव र सत्तालिप्सामा आफनो अस्तित्व समर्पण गरी काग्रेसलाई सघै असफलताको बाटो हिडाए । त्यही प्रवृतिको निरन्तरताको पीडापूर्ण उपहार हो - "एउटा निष्ठावान राष्ट्रवादी व्यक्ति काग्रेसको राष्ट्रपतिका उमेध्दार के.वि.गुरुड.को पराजय " । अब कांग्रेसका युवा पिडीको विकल्प काग्रेसको निर्मम शुध्दीकरण हो । (Shankar Pokhrel-महिला राष्ट्रपतिका रुपमा इतिहास रच्न सफल हुनुभएकोमा विद्यादेवी भण्डारीज्यूलाई वधाई । मातृशक्ति अव राष्ट्र शक्ति पनि।)सफल कार्यकालको शुभकामना!!!!! जएे नेपाल !!! "सुशिल कोइरालाको शासनकालमा सत्तासिन भतुवाहरूलाइ गरीव राष्ट्रको ढुकुटीबाट २ अर्ब ८४ करोड ७० लाख रुपियाँ 'सहयोग' वितरण ।"-देवेन्द्र कोइराला तितो सत्य !भैरे नेकाका सत्य, निस्ठावान कोङ्रेशले सेर बहादुर , राम चन्द्र र सुशिललाई आजैका मिती देखी अबकास दिनुपर्छ ! हरी लम्फु काम छैन ! अरुबाट चल्नेको के काम? Kedar Sharmaबा भन्नु हुन्थ्यो,"पढे जे पनि हुन सक्छौ, नपढे पुलिस, अञ्चलाधीश वा मन्त्री मात्र हो!" अहिले प्रहरी हुन पढ्नै पर्छ,अञ्चलाधीश हटे, बाँकी...!

Sunday, December 12, 2010

हाम्रा नेता र पार्टी नेत्त्रित्व

अहिले सम्म मैले बुझे अनुसार मान्छे मरेपछी स्वर्ग वा नर्कमा पलायन हुने जात हो ,बाचुन्जेल आफु र आफ्नो परिवार ,अनी आफन्त र आफ्नो पार्टिमात्र मात्र बाचे पुगे सोच राख्ने हालका हाम्रा नेता र पार्टी नेत्त्रित्व बर्गले सन्ततीको सुन्दर उन्नतीको कामना गर्दै उनिहरुको भविस्य कल्पे कति राम्रो हुनेथियो होला हाम्रो नेपालमा!साच्चै हाल जनतालाई यसरी झुक्याइ रहेका छौ तर के आफुले आफुलाइ ढाट्न सक्छौ?कसको लागि काम गरिरहेको छु भनेर हे ६०१? हाम्रो पार्टी ,हाम्रो मान्छे भन्नुको सट्टा राम्रो मान्छे हुनु पर्छ भनेर अनुसरण गर्ने बेला आएनर? नत्रभने मेरो बिचारमा तिमीहरुलाई नर्क स्वागत गर्न आतुर छ है चेतना भया!!!

Sunday, September 26, 2010

सीएनएन हिरो अफ द एअरको दाबेदारिमा अनुराधा कोइराला


अमेरिकी टेलिभिजन संस्था सीएनएन ले ३ वर्षदेखि प्रदान गर्दे आएको प्रसिद्ध सीएनएन हिरो पुरस्कारको दाबेदारिमा नेपालमा महिला तथा बालबालिका बेचबिखन रोक्न आफ्नो महत्पपूर्ण योगदान गरिरहनुभएकी माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला पर्नुभएको छ । अमेरीकाको जर्जियामा आफ्नो मुख्य कार्यालय रहेको उक्त संस्थाले संसारभरमा मानव अधिकार, सामाजिक वातावरण र राजनितिक क्षेत्रमा विशेष योगदान गर्नेलाई मनोनयनमा पार्ने गर्दछ । विश्वभरबाट हजारौको संङख्यामा दाबेदारीमा परेका मध्येबाट २५ जना विश्व नायकमध्येबाट पनि नेपालकी अनुराधा कोइराला उत्कृष्ट १० मा पर्न सफल हुनुभएको हो । सीएनएन टेलिभिजनले बिहिबार राति सार्वजनिक गरेको नतिजामा कोइराला उत्कृष्ट दशमा पर्नुभएको हो । प्रतिस्प्रधामा रहेका उत्कृष्ट १० मध्येबाट पनि आगामि नोमेम्भर २५ मा हुने अनलाइन भोटिङको नतिजाले सीएनएन हिरोको छिनोफानो गर्नेछ । उत्कृष्ट १० मा परेको थाहा पाएलगक्तै माइती नेपालका तर्फबाट एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको थियो । उहाँले 'अधिकार विहिनलाई रक्षा गरेकोमा' उक्त मनोनयनमा पर्न सफल हुनुभएको सार्वजनिक गरिएको नतिजामा उल्लेख गरिएको छ । यस्तै बिहिबार नतिजा बाहिर आएपछि शुक्रबार कोइरालालाई एक सम्मान कार्यक्रमको आयोजना पनि गराइएको थियो । आफु उत्कृष्ट दशमा परेकोमा खुसी व्यक्त गर्दे कोइरालाले सम्पूर्ण नेपाली इन्टरनेट प्रयोगकर्तालाई भोट गर्न अनुरोध पनि गर्नुभएको छ । नेपाली समाज र मिडियाको सहयोगले आफु उत्कृष्ट दशमा पर्न सफल भएको भन्दै उहाँले अब आफुलाई सीएनएन हिरो बनाउने महत्वपूर्ण सहयोग पनि नेपाली समाज र मिडियाको रहेको सम्मान कार्यक्रममा बताउनुभएको थियो । ओखलढुङ्गामा गुरुङ परिवारमा जन्मेर भारतको कोलकक्ताबाट स्नातक गर्नुभएकी कोइरालाले १७ वर्षअघि 'माइती नेपाल'को स्थापना गर्नुभएको थियो । 'माइती नेपाल' खासगरी चेलीबेटी बेचबिखनविरुद्ध कार्यरत संस्था हो, यसबाहेक उक्त संस्थाले विदेशमा यातना पाउने, असाहाय र अन्यायमा परेका महिला, घरेलु हिंसाबाट पिडित महिला र एच.आइ.भी. पिडित महिलाहरुलाई विशेष सहारा बन्दै आएको छ । अनुराधा पौडेललाई अनलाइन भोटिङ गर्न www.cnn.com/heros मा गई विनासर्त भोट गर्न सकिन्छ ।

Saturday, September 18, 2010

derai facebook nahernus

009